९० अब एकै चोटि ९० जयद्रथको बध
(अभिमन्युको हत्या हुनुको दोष अर्जुनले जयद्रथलाई दिएर प्रण गरेको थियो कि भोलि पल्टको सूर्य अस्ताउनु अगाडि जयद्रथलाई बध गर्न सकिएन भने आफै आत्मदह गरेर मर्ने छ । ८१मा भनिए जस्तै अभिमन्युको मृत्युको दोष जयद्रथलाइ दिन सकिन्न । अर्जुन बिनाको पाण्डव सेनालाई जयद्रथ एक्लैले हराएको देखिन्छ ।)
रत्नमान डंगोल
दुर्योधनले भन्यो –"फैसला हुने समय आएको छ, कर्ण । आज रात पर्न अघि जयद्रधको हत्या हुने छैन, आफ्नो प्रण पुरा नभएमा अर्जुन बेइज्जत भएर आफै मर्ने छ । अर्जुनको मृत्युको साथै पाणडवहरुको सर्बनाश अवश्य छ । झगडा बिना सम्पूर्ण सार्बभौँमसत्ता सबै हाम्रो हुनेछ । धनन्जयले बिचार नपु-याई सम्भव नै नभएको प्रतिज्ञा गरेको थियो, उनि आफ्नै हातबाट मर्नु पर्ने भगवान कै बिधी रहेछ । अहिले मेरो ग्रह दशा राम्रो भएको जस्तो छ । हामीले यो मौका गुम्न दिनु हुँदैन । हामीले जसरि भए पनि उस्को आक्रमण असफल भएको हेर्नु पर्छ । सबै कुरो तिम्रोमा भर पर्दछ । तिम्रो महान युद्धकलाको परिक्षा आजै हुने छ । देखाउ आफ्नो खुबि । हेर पश्चिम दिशामा घाम डुब्दैछ । केहि समयमा रात पर्दैछ । त्यति बेला सम्ममा अर्जुनलाई जयद्रथसम्म पुग्न सक्ने सम्भव छैन । मैले सम्भावना देखेको छैन । तिमी, अश्वत्थामा, सल्य, कृपा र म, हामी सबै मिलेर जयद्रथको सुरक्षामा बस्नु पर्छ । घाम अस्ताउने केहि बेर सम्म हामीले जयद्रथलाई अर्जुनको हात पार्न दिन हुँदैन । अर्जुन असफल भएको हामीले हेर्न पाउनु पर्छ । यसको लागि हामीले सकभर कोशिस गर्नै पर्छ "। कर्णले जवाफ दियो –"राजा, भिमसेनले मलाई सर्बत्र घाउ पारि दिएको छ । म यस्तो थाकेको छु कि मेरो शरीरमा शक्ति नै नभएको जस्तो भएको छ । तै पनि म भएभरको शक्ति लगाएर लड्नेछु । म तिम्रै सेवा गर्न मात्र बाँचेको छु ।" कर्ण र दुर्योधन यसरि योजना गरिरहेको बेला घाम अस्ताउन अघि जयद्रथसम्म पुग्ने गरी अर्जुनले भएभरको बल लगाएर कौरबसेलाई भयंकर आक्रण गरिरहेको थियो । कृष्णले पाँच जन्य मुखमा राखी ऋषभस्वरमा ठूलो स्वर हुने गरी बजायो । जुन स्वरले आफ्नै सारथिलाई रथ लिएर तुरुन्तै आउनु भन्ने संकेत दिएको थियो । सो रथ आई पुगे पछि सत्यकि तेस्मा चढेर कर्णलाई ब्यस्त गराई राख्न भयंकर गरी दक्षता पूर्बक कर्णलाई आक्रमण गरे । दारुकाको रथ हाँक्ने चातुर्य तथा सत्यकिको धनुष चलाउने तरिका यस्तो थियो कि देवताहरुलाई सो भिड़न्त हेर्न तल ओर्लन लगाएको थियो । कर्णको रथको चारै वटा घोडाहरुलाई निर्बलियो पारेर सारथिलाई खसालि दियो, ध्वजा खसालि दियो र रथलाई चूर्ण पारी दियो । महान कर्ण रथ बिहिन भएर बसे । कौरब सेनामा हाहाकार मच्चियो । कर्ण दौडेर दुर्योधनको रथमा चढ्यो । सञ्जयले घटनाहरु सुनाउने क्रममा यति बेला धृतराष्ट्रलाई भने –"धनुर्बिद्यामा सब भन्दा निपूर्ण भएकाहरु कृष्ण, अर्जुन र सत्यकि नै हुन् । तिनीहरुको दाँजोमा अरु कोहि पनि छैनन् ।" (#॥ किन जयद्रथ, कर्ण र एकलब्य नि ?॥)।
अर्जुनले कौरबहरुको छेकथाम तोड्यो । जयद्रथ भएको ठाउँमा पुगे । अभिमन्युको हत्या र कौरबहरुले गरेको अन्यायहरुको सम्झनाले जलेका अर्जुनले भयानक रुपमा लड्न थाले । (#॥ अर्जुनले सोचे अनुसार त्यस्तो केहि पनि भएको र गरेका थिएन ॥)। उनि सभ्यसाचिन (दुबै हात समान रूपले चलाउन सक्ने) भएकोले कहिले बाँया र कहिले दाहिने हातले बाणहरु बर्षाए । शत्रुहरुमा त्रास र खलबलि मचाई दियो । मानौँ पञ्जा फुकार काल नै रणभूमीमा आएको जस्तो भयो । अस्वत्थामा र सिन्धुराजालाई रक्षा गर्ने भएका अरु महान योद्धाहरु र अर्जुनको बिचमा भएको युद्धको बर्णन गर्न सक्ने महाभारतको कथा लेख्ने कवि मात्र थिए । तिनीहरु भयानक गरी लडे । सबै जनालाई अर्जुनले पराजित गरे । कसैले पनि अर्जुनलाई जयद्रथ सम्म पुग्नबाट रोक्न सकेन । अर्जुनले जयद्रथ माथि आक्रमण शुरु गरे । ती दुई बिच युद्ध धेरै बेर चल्यो । दुबै जनाले पश्चिम दिशा तिर हेर्ने गरेको थियो । किनभने, दिन बित्ने बेला भै रहेको थियो । सूर्य अस्ताउने बेला थियो । जयद्रथ कम खालको योद्धा थिएन । अर्जुनलाई आफ्नो बल दक्षता प्रयोग गर्न मुश्किल परेको थियो । आकाश मण्डलमा दुब्न लागेको सूर्य रातो भएको थियो । तर युद्ध सकिएको थिएन ।
" समय अलिकति मात्र बाँकि छ । जयद्रथ बाँचिएकै छ । अर्जुनको आक्रमण बिफल भएको छ । प्रतिज्ञा पूरा नभएर अर्जुनको बेइज्जति हुन लागि रहेको छ । " भनि दुर्योधन मन मनै खुशि भएका थिए । त्यस पछि अन्धकार भयो । दुबै पक्षमा कोलाहल हुन थाल्यो । घाम अस्ताई सक्यो । जयद्रथ मारिएको छैन । अर्जुन पराजय भएको छ । " भनि पाण्डवहरु खिस्रिक्क भयो । कौरब सेनामा हर्षको लहर चल्यो । जयद्रथले पश्चिमतिरको आकाश मणडल हे-यो । " अब म बाँचे " भनेर मन मनै बिचार गरे । किन भने त्यस बेला उस्ले सूर्यलाई देखेन । अर्जुनबाट हुने भएको प्रतिज्ञाको समय अवधि सकियो भन्ने उस्को बिचार थियो ।
त्यस बेला जे जस्तो भए पनि कृष्णले अर्जुनलाई भन्यो – " सिन्धुराजाले आकाश मण्डल हेरी रहेको छ । यो अन्धकार मैले गराएको हो । अहिले सम्म घाम अस्ताएको छैन । आफ्नो प्रण अनुसारको काम गर । मौका यहि छ । जयद्रथ सुरक्षा देखि अलग्ग रहेको छ । " गान्धिवबाट बाण छुट्यो । उडेर गएको बाणले जयद्रथको टाउकोलाई पनि ऊडाएर लग्यो । कृष्णले कराएर भन्यो – " अर्जुन, जयद्रथको टाउकोलाई जमिनमा खस्नु भन्दा पहिले नै अर्को बाण हानेर त्यस्लाई उस्को बाउ बृधक्षेत्रको काखमा पु-याई देउ । छिटै बाण हानि हाल । " अर्जुनले तुरुन्तै अर्को बाण हान्यो । त्यस बाणले जयद्रथको टाउकोलाई उडाएर चराले लगे जस्तो लग्यो । त्यो एउटा अपूर्बको घटना थियो ।
बृधक्षेत्र आँखा चिम्लेर आफ्नो आश्रमको खुला ठाउँमा ध्यानमा मग्न भएर बसेका थिए । त्यसै बेला सुन्दर कपाल र सुनको मुन्द्रि लगाएको उनको छोरा जयद्रथको टाउको उन कै काखमा सस्यो । बिस्तारै खसेकोले बृधक्षेत्रले चालै पाएन ।ध्यान सकेर बृधक्षेत्र उठ्यो । त्यो टाउको गुडेर भुईँमा खस्यो । टाउको भुईँमा पर्ना साथ बृधक्षेत्रको टाउको पनि सयौँ टुक्रा भएर फुट्यो । बाबु र छोरा दुबै जना एक साथ बहादुरहरुको लोकमा पुगे ।
केशब, धनन्जय, भीम, युधामन्यु र उत्तमौजाले आ-आफ्नो शंख बजायो । (अधर्मि) धर्मराजले विजयको घोषणा सुनेर जान्यो कि अर्जुनले कबोल गरे जस्तै जयद्रथलाई मा-यो । त्यस पछि युधिष्ठिरले द्रोणको बिरुद्ध भिषण गरेर फौज हाँके । रात परि सक्यो तर युद्ध रोकिएन । चौधौँ दिनको युद्धमा घाम अस्ताएको बेला पनि युद्धको नियमलाई मानिएन । दिन पर दिन जोश बढेकोले नियम र बन्देजहरु एक एक गरि भंग हुँदै गएको थियो ।
क्रमश: ९१ द्रोणको अन्त्य रत्नमान डंगोल