२१ जराशन्धको बध
तीन पल्टनका
सेनापति, बृहदरथले मगधको राज गरी ठूलो बीर भन्ने नाम कमाएका थिए । उनले काशीका
राजाका जुम्ल्याहा छोरीहरुसंग बिबाह गरेका थिए । दुबैमा पक्षपात गर्ने छैन भनि
वाचा गरेका थिए । बृहदरथलाई धेरै बर्ष सम्म सन्तान भएन ।उनि बुढो भएको बेला मंत्रिहरुलाई
राज्य सुम्पेर दुबै रानीहरु साथ लिएर जंगल तिर गए । तपस्या गर्न लागे । उनि
संतानको लागि मनमा दु:ख पूर्ण चिन्ता लिइ गौतम परिवारका कौशिका ऋषि कहाँ गए । करुणाले प्रभावित भएर के
चाहियो भनेर ऋषिले सोधे । । राजाले जवाफमा भने – “मेरो संतान छैन । राजपात छोडि जंगलमा आएर बसेको छु । मलाई
सन्तान दिनुस् ।” ऋषिलाई करुणा जाग्यो । राजालाई कसरि मद्दत गर्ने भनि शोचि राखेको
बेला एउटा आँप उनको काखमा खस्यो । उनले
आशिर्बाद दिएर त्यो आँप राजालाई दिए र भने
– “यो लैजाउ तिम्रो इच्छा पुरा हुनेछ ।” राजाले त्यस आँपलाई आधा आधा गरी काटे र
दुईटै स्वास्नीहरुलाई एक एक टुक्रा दिए । दुबैलाई पक्षपात गर्ने छैन भन्ने
आफ्नो वचन राख्न उनले त्यसो गरेका थिए । रानीहरुले त्यो फल खाएको केही समय
पछि दुबै जना गर्भवति भए । बेला पुगे पछि सुतकेरी भए । हर्ष हुने चिताएकोमा बच्चा
जन्मदा झन् ठूलो दु:खमा पारे । किन भने दुबैले आधा आधा भाग बच्चा पाए । प्रत्येक
भाग घिन लाग्ने आधा मासुको डल्लो जस्तो देखिने बेढंगको जन्म भएको थियो । तिनीहरु बास्तवमा एउटा कान,
एउटा आँखा, एउटा खुट्टा, एउटा हात, आधा मुख इत्यादि भै एउटै बच्चाको देब्रेको र
दाहिनेको आधा आधा भागमा छुट्टिएको थियो । शोकमा परेका तिनीहरुले घिन लाग्दो मासुका
टुक्राहरु कपडाले बेरेर फ्याँक्न लगाए ।
अह्राए मुताविक नोकरहरुले त्यस कपडाको पोको सडकमा फोहोर मैला थुपार्ने ठाउँमा
फालिदिए । एउटा माँसाहारी राक्षस त्यस ठाउँमा अचानक आइ पुग्यो । मासुका दुई टुक्रा
देखेर अति खुशि भयो । दुबै टुक्राहरु एकै ठाउँमा राखे । अचानक दुबै टुक्रा जोडिएर
एउटा सिँगो बालक बन्यो । त्यो ताजुबमा परेकी राक्षसीले त्यस बालकलाई मार्ने ईच्छा
गरेन । एउटी राम्री आइमाईको भेष गरेर त्यो बालाकलाई ‘यो तिम्रो बच्चा” भनि राजालाई
दिए ।
राजा अत्याधिक
खुशि भए । त्यस बालक स्वास्नीलाई सुम्पि दिए । त्यही बालकलाई नै जराशन्ध भनियो ।
उनि अति शारीरिक बल भएका मानिस भएर ठूलो भयो । दुईटा अलग अलग भाग जोडिएर बनेकोले
उनको शरीरमा एउटा कमजोरि थियो । प्रशस्त जोड ग-यो भने उस्को शरीरलाई दुई फ्याकलामा
पहिला जस्तै छुट्याउन सकिन्थ्यो । यस घट लाग्ने कथामा महत्वपूर्ण तथ्य यही छ कि
संगै जोडिएका दुईटा हिस्साहरु छुट्टिन सकने गरी कजोरिको रुपमा रहि रह्यो ।
जराशन्धलाई पराजय गरेर मार्ने भन्ने निर्णय भए पछि श्री कृष्णले भने –
“जराशन्धका हस्मा, हिडम्बका, कंस र अरु
मित्रहरु अब छैनन् । अब एक्लो भै सकेकोले उनलाई मार्ने बेला यही छ । फौज लिएर
लड्नु बेकार छ । उनलाई द्वन्द युद्धमा लल्कारेर मार्नु पर्ने छ । त्यस जमानामा मान्नु पर्ने रितिथिति अनुसार
क्षत्रीयले हतियार लिएर वा नलिएर द्वन्द युद्धको चुनौतिलाई स्विकार्नु पर्दथ्यो ।
मुक्का मुक्कि वा लुछा लुछ वा समाता समात गरी मरणान्तक सम्म कुस्ति लडेर
जराशन्धलाई मार्नको निमित्त कृष्ण र पाणडवहरुले गरेको क्षत्रीय परम्परा अनुसारको
उपाय यही थियो । तिनीहरुले पातको वस्त्र लगाएर, हातमा पवित्र कुशको पात लिएर धर्म
ब्रत लिएका मानिसको जस्तो भेष गरेर
तिनीहरु मगध राज्यमा पसेर जराशन्धको राजधानिमा पुगे । कुलक्षणको आभासले
जराशन्धलाई दिक्क लागेको थियो । त्यस बिपदलाई शान्त गराउन जराशन्धले पुरोहितद्वारा
रीतपूर्वक शान्ति गर्ने बिधिहरु गराए । आफुले पनि ब्रत लिएर तपस्या गरेका थिए
।कृष्ण, भीम र अर्जुन बिना हतियार दरबार भित्र पसे । तिनीहरुको भद्र छाँटकाँट ठुला
कुलको संकेट भए जस्तो लागेर जराशन्धले उनिहरुलाई सनमान गरी सत्कार गरे । भीम र
अर्जुनले झूठ बोल्न पर्ला भनेर केही बोलेन । तिनीहरुको पक्षमा कृष्णले भने –“तिनीहरु
दुई जनाले तपस्या कै सिलसिलामा अहिलेलाई मौन ब्रत लिएका छन् । आधारात पछि मात्र
तिनीहरुले बोल्न सक्ने छन्” । जरासन्धले उनिहरुलाई यज्ञ स्थलमा लगेर राखे । आफु
दर्बार तिर फर्के । ब्रत लिएका भद्र पाहुनाहरु सित भेटघाट गर्ने, उनिहरुको फुर्सत
र सुबिधामा कुरा कानि गर्ने जराशन्धको नियम थियो । यसै मुताबिक आधारातमा उनिहरुलाई
बोलाए । उनिहरुको चाल चलन, हाउ भाउमा जराशन्धलाई शंका लाग्यो । तिनीहरुको हातमा
धनुष तानको दाम लागेको र त्यस्का अलावा तिनीहरुमा क्षत्रीय हाव भाव भएको पनि देख्न
लागे । जराशन्धले तिनीहरुको तथ्य कुरा सोधे र साँचो कुरा भन्नलाई आग्रह गरे ।
जवाफमा तिनीहरुले खसो खास कुरा भने । “हामी तिम्रा शत्रुहरु हौँ । अहिल्यै मल्ल
युद्ध गर्न चाहन्छौँ । तिमीसंग लड्न तिमीलाई ईच्छा लागेका हामीहरु मध्ये एक जनालाई
छान्न सक्छौ” । तिनीहरु को हुन भन्ने कुरा थाहा पाए पछि जराशन्धले भने – “कृष्ण
तिमी एउटा गोठाला हौ, अर्जुन भर्खरको केटो
नै छ । भीम शरीरिक बलमा प्रशिद्ध छ । त्यसैले म उनै सित लडने इच्छा गर्दछु” ।” भीम
निशस्त्र भएकोले जराशन्धले बिना हतियार उनिसंग भिडन हाँक दिएर मन्जुर गरे । भीम र
जराशन्ध बलमा यस्तो बराबर थियो कि उनिहरु तेह्र दिन सम्म एक छिन पनि आराम नलिई एक
अर्का संग लगातार कुश्ति लडे । कृष्ण र अर्जुन कहिले जित्ने र कहिले हार्ने चिन्ता
लिएर हेर्दै गरे । चौधौँ दिन जराशन्धमा शिथिलता आएको संकेट देखाए । कृष्णले
जराशन्धको अन्त हुने बेला आएको छ भनि भीमलाई इशारा गरे । भिमले उनलाई तुरुन्तै
उचालेर सयौँ पटक फन फनि घुमाएर जमिनमा फालि दिए । जराशन्धको खुट्टा समातेर शरीरलाई
दुई भागमा चिरेर छुट्याई दिए । अनि हर्ष गरी भीमले सिँहनाद गरेर कराए । त्यो दुई
फ्याँक्लाहरु फेरि तुरुन्तै जोडन लागे र
जराशन्ध फेरी सिँगो शरीरको भयो र उफ्रेर भीम माथि पुन: आक्रमण ग-यो । भीम त्यो
देखेर जिल्ल प-यो । अब के गर्ने भनेर दोधारमा परे । त्यसबेला कृष्णले एउटा पराल
टिपेर दुई फ्याक्ला गरी उल्टो दिशा तिर फ्याँकेर भीमलाई देखाए । सो इशारा अनुसार
भीमले फेरि जराशन्धलाई दुई टुक्रामा चिरेर उल्टो दिशातिर हरेक टुक्रा फालि दिए । ती टुक्राहरु फेरी आएर
जोड्न सकेन । यसरी जराशन्धको अन्त भयो । थुनिएका राजाहरुलाई छुट्याई दिए ।
जराशन्धको छोरालाई मगधको राजा बनाएर कृष्ण, भीम र अर्जुन इन्द्रप्रस्थ फर्के ।
जराशन्ध बिते पछि राजसूय यज्ञको बाटो खुल्ला भयो । पाणडवहरुले त्यस यज्ञ धुम धाम
सित गरेका थिए । युधिष्ठिरले बादशाहाको पदवि पाए । त्यस उत्सवमा एउटा मात्र घटनाले
मात्र बाधा पु-याएको थियो । उत्सव सकिन लागेको बेला प्रथम परस्कार दिने बिला
शिशुपाले राजकुमारहरुको सभामा कृष्णको अनादर गरे र उनिसंग लडन चुनौति दिए । त्यस
लडन्तमा कृष्णले शिशुपाललाई मारी दिए । (त्यस् लडन्तको बारे यस पछिको खण्ड ’२२. पहिलो
पुरस्कार’मा बताईएको छ ।)
22 २२. पहिलो पुरस्कार र
शिशुपालको अन्त
No comments:
Post a Comment