३५ चान चुने ज्ञानले मात्र पुग्दैन (Mere Knowledge Is Not Enough)
रात्नमान डंगोल
ऋषि रैभ्यका एउटा चेला राजा बृहद्युम्नले ठूलो यज्ञ गरे ।
त्यस यज्ञमा काम गराउन लगाउन गुरुका दुबै छोरालाई (परबसु र अर्बबसु) पठाउन राजाले ऋषिसंग मागेका थिए । बाबुका आज्ञा लिएर ऋषिका
दुबै छोराहरु हर्षले राजाको राजधानीमा गए । यज्ञको लागि प्रबन्ध भईराखेको बेला,
परबसुले एक दिन रातभरी एक्लै हिँडेर गई स्वस्नीलाई भेट्ने इच्छा गरे । उनि उज्यालो
नहुँदै कुटीमा पुगे । कुटीको नजिकै अँध्यारो ठाउँमा झम्टनलाई कुरेर बसेको कुनै
एउटा जनावरलाई देखे । परबसुले हतियार प्रयोग गरेर त्यस जनावरलाई मारी दिए । तर डर
र चिन्ता मान्नु पर्ने गरी उनलाई पछिबाट थाहा पाए कि उनले त आफ्नै बाबुलाई पो
मार्न पुगे छ । उनका बाबु जंगली जनावरको छाला ओढेर अँध्यारो ठाउँमा बसेको रहेछ ।
(#॥शायद डरले सुरक्षित हुन होला॥)। उनले तुरुन्तै महसूस गरे कि सो भयंकर घटना
भारद्वाजको श्रापको कारणले भएको थियो । उनि छिटै बाबुको काज काजक्रीया सकेर
अर्बबसु भएको ठाउँमा पुगे (#॥राजाको राजधानीमा, तर स्वास्नी ? ।॥) र, सो पाप पूर्ण
घटना बारे सबै कुरा भने । तर यो घटनाले राजाको यज्ञलाई कुनै बाधा हुने छैन । मैले
अन्जानमा गरेको पापको प्रायश्चित मेरो लागि तिमी गएर गरी देउ । अन्जानमा गरेको
पापको प्रायश्चित त्यसरी पनि हुन सक्छ । सो पापको प्रायश्चित गर्न यदि मेरो सट्टा
तिमी लाग्यौ भने म राजाको यज्ञ सम्बन्धि सबै काममा सहायता पु-याउन सक्छु । कसैको
सहायता नभए पनि सो काम गर्न सक्छु, जो काम तिमी एक्लैले गर्न सक्दैनौ” । धर्मात्मा
भाइ अर्ववसुले मञ्जुर गरेर भने –“ तपाईँ राजाको यज्ञमा बसे हुन्छ । ब्राह्मण भएका
बाबुलाई मारेको भयानक पापबाट तपाईँलाई मोक्ष दिलाउन मैले तपस्या गर्छु” । त्यस
धर्मात्मा अर्बवसुले त्यसै मुताबिक आफ्ना दाज्यूले गरेको पापको प्राश्चित गर्ने
गर्ने काम आफुले लिए । त्यो कार्य सकेर उनि दाज्यूलाई भेटेर यज्ञमा सहायता गर्न
राजाको दरबारमा आएका थिए । प्रतिनिधि द्वारा गरेको पापको प्रायश्चित हुन नसक्ने
भएकोले परबसुको पाप छुटेको थिएन । दुष्ट बिचारहरुले परवसुको मति भ्रष्ट भयो । भाइ
अर्ववसुको अनुहार ऊज्वल भएकोमा इर्ष्या गरेर उस्लाई कुनै अन्यायमा बात लगाएर
बेइज्जत गर्ने परवसुले अठोट गरे । त्यसै मुताविक अर्ववसु यज्ञ स्थलमा बसेको बेला
राजाले सुन्ने गरी परवसुले ठूलो स्वरमा चिच्याएर भने – “यस मानिसले एउटा ब्राह्मणको
हत्या गरी पाप गरेको छ । त्यसलाई यज्ञ स्थलमा कसरी आउन दिन सकिन्छ ?” । अर्बवसुले
झोँकिएर त्यो दोषारोपन होइन भनि बिरोध गरे । तर उनको कुरा कसैले पनि सुनी दिएन ।
राजाको आज्ञाले अर्ववसुलाई यज्ञ स्थलबाट बदनाम गरी निकाली दिए । अर्बवसुले आफु
निर्दोष भएको कुरा दोह-याई तेह-याई प्रतिवाद गरे – “सो पाप गर्ने मेरो दाज्यू हो
तर सो काम भूलबाट भएको थियो । प्रायश्चितको बिधिहरु गरेर मैले उनिलाई बचाएको छु” ।
यस प्रकारको कुराले उसलाई झन् (अर्बवसुलाई) खराब भयो । उनले गरेका प्रायश्चितका कार्य आफ्नो
अपराधको लागि थिएन भन्ने कुरो कसैले पनि पत्याएनन् । सबै जनाले आफ्नो निरपराध
दाजुलाई झुट्ठा दोषारोपन गरी उनी आफ्नो पाप लुकाउन लागि रहेका थिए भनि बिचार गरे ।
भयानक अपराधको झुट्ठा दोषारोपन भएको र त्यसमा
पनि फेरी फटाहा भन्ने बदनामी भएका त्यस धर्मात्मा अर्बवसुले यस लोकमा न्याय
पाउन निराश भएर वनमा गई घोर तपस्या गर्न लागे । देबताहरुको करुणा भयो र उनिसँग
सोधे –“ ओ धर्मात्मा, तिमी के वरदान खोज्छौ ?” । त्यस बेला ठूलो बिचार र गहिरो
ध्यानले गर्दा दाजुको कारबाहीबाट भएको सबै रीस छुटी सकेको थियो । यसैले बाबु फेरी
बाँचेर आउन् र उनका दाज्यूको दुष्टता र उनले गरेको पापबाट छुट्न सकोस् भनि उनले
प्रार्थना मात्र गरे । देबताहरुले उनको प्रार्थना पु-याई दिए । लोमसले रैभ्यको
कुटी नजिकको स्थानमा युधिष्ठिरलाई यो कथा सुनाएर भने –“ओ पाण्डवहरु, यहाँ नुहाएर
यस तीर्थमा तिमीहरुको रीस रागहरुलाई बगाई देऊ । अर्बवसु र परवशु दुबै जना एउटा
महान विद्वानका छोराहरु थिए । बिद्या एउटा कुरा हो भने धर्म अर्कै कुरा हो । यदि
कसैले सत्कर्म खोज्ने र असत् कर्म छोड्ने हो भने सत् असत् दुबैको भेद जान्नु पर्छ
भनेको कुरा सत्य हो । तर सो ज्ञान सबैको हृदयमा भिजेको हुनु पर्छ । जीवनको हरेक कार्यलाई
प्रभावित पार्ने हुनु पर्छ । त्यसो भएमा मात्र ज्ञान भनेको बास्तवमा धर्म हुन्छ ।
मनमा खेलिरहेका तर हृदयमा नपचेका ज्ञानले धर्मको परिचय दिन सक्तैन । त्यस्ता
ज्ञानहरु हाम्रो लुगाहरु जस्तै बाहिरको देखौवा मात्र हो । हाम्रो वास्तविक अंग हुन
सक्तैन” ।
क्रमश: ३६ अष्ट:बक्र रात्नमान
डंगोल
No comments:
Post a Comment