32 ऋष्यश्रृङ्गी
रत्नमान डंगोल
मानिस इन्द्रिय सुखको पूर्ण अज्ञान भएर हुर्के छ भने त्यस्ता ब्यक्तिलाई
ब्रह्मचर्यमा रहनु सजिलो हुन्थ्यो भन्ने धारणा लिनु भूल हो । अनजानले मात्र बचाएका
धर्म निम्न कथाले दृष्टान्त दिए जस्तै धेरै असुरक्षा हुन्छ । यो कुरा रामायणमा पनि
भनिएको छ तर त्यतिको बिस्तारमा छैन । सृष्टिकर्ता ब्रह्मा जस्तै उज्वल भएका
बिभाण्डक ऋषि जंगलमा आफ्ना छोरा ऋष्यश्रृङ्गीको साथमा बसेका थिए । आफ्ना बाबु
बाहेक मर्त्यमण्डलमा कुनै पुरुष तथा स्त्रीसंग ऋष्यश्रृङ्गीको भेट घाट भएको थिएन ।
कुनै समयमा अंग देशमा अधोर अनिकाल परेको थियो । बर्षात नभएर बालीनाली सुकेर गयो र
मानिसहरु खान नपाएर मरे । सबै जिवात्माहरु आपतमा परेका थिए । त्यस देशका राजा
रोमपद अनिकालबाट राज्यलाई बचाउन कुनै उपायको सल्लाहा लिन ब्राह्मणहरुलाई भेट्न गए
। ब्राह्मणहरुले भने – “पूर्ण ब्रह्मचर्यमा बसेका ऋष्यश्रृङ्गी भन्ने एउटा नव युवक
ऋषि छ । उनलाई हाम्रो राज्यमा आउन भनि बोलाउ । तपस्याको प्रभावले जहाँ जहाँ गए
त्यहाँ त्यहाँ उनले बर्षात गराएर धन धान्य गराउने शक्ति पाएको छ” । (#॥गधाहरु,
अहिले सम्म किन चुप लागेर बसेको त ? ऋष्यशृङ्गि भएकै ठाउँ त हो नि, बर्षाद किन
नभएको ?॥)। राजा बिभाण्डकले ऋषिको कुटीबाट ऋष्यश्रृङ्गीलाई ल्याउन सक्ने उपायहरुको
बारेमा भारदारहरुसित सरसल्लाह गर्न लागे । भारदारहरुको सल्लाह अनुसार उनले देशका
सबभन्दा मोहीनी तरुनीहरुलाई बोलाई जम्मा गरेर ऋष्यश्रृङ्गिलाई अंग देशमा ल्याउने
जिम्मा दिए । (#॥किन आफै सिधै गएर इज्जत साथ कुरा गरेर ल्याउन के मिलेन ?॥)। ती
आईमाईहरु दोधारमा परेका थिए । एकातिर तिनीहरुलाई राजाको आज्ञा नमानेमा राजाको डर,
अर्को तिर ऋषिको क्रोधको डर थियो । अन्त्यमा अनिकालबाट पिडित देशलाई बचाउने
कल्याणकारी कार्य सिद्ध गर्नमा भगवानको भरमा परी तिनीहरुले ऋष्यश्रृङ्गिलाई ल्याउन
कुटीमा जाने निश्चय गरे । कुटीमा पठाउन अघिबाटै त्यस कार्यको निमित्त तिनीहरुलाई
सब कुराले सु-सज्जित गरी दिएका थिए । तरुनीहरुको त्यस दलका नायिकाले एउटा ठूलो डुंगाको
माझमा नक्कली आश्रम र फूलहरु र लहराहरु सहित भएको एउटा फूलबारी बनाए । तिनले त्यस
नाउलाई बिभाणडकको कुटीको नजिकको नदीमा एकान्त गरी राखेका थिए । डराई डराई तिनीहरु
त्यस नक्कली आश्रममा बस्न गएका थिए । एक दिन डराई डराई कन बिभाण्डकको आश्रममा
तिनीहरु गए । तिनीहरुको भाग्यले ऋषि बिभाण्डक त्यति बेला कुटीमा थिएन । मौका त्यही
बेला थियो भन्ठानेर एउटी राम्री चाहीँ तरुनी ऋषिको छोरा ऋष्यश्रृङ्गि कहाँ पुगे ।
तिन्ले ऋष्यश्रृङ्गिलाई यसरि सम्बोधन गरी भने – “ महान ऋषि, के तपाइँलाई बेशै छ ?
के तपाईँले पुग्ने गरी कन्दमूल पाउनु भएको छ ? के जंगलका ऋषिहरुको तपस्या सन्तोष
जनकले चलिरहेको छ ? तपाईँको पिताको गौरब बढ्दै गई रहेको छ । के तपाईँको वेदको
अध्ययन राम्ररी चलिरहेको छ ?” । त्यस जमानामा ऋषिहरु आपसमा जसरी ब्यबहार गर्ने
गर्दथ्यो त्यसै प्रकार उनीले ब्यबहार गरेकी थिई । त्यस नवयुबक ऋष्यश्रृङ्गिले मानवका त्यस्ती राम्री स्वरुप पहिले कहिँ पनि
देखेका थिएन र त्यस्ता स्वर पनि सुनेका थिएन । पहिले कहिले पनि उनले आईमाई भनेको
प्राणि नै देखेका थिएन । तापनि, यस सुन्दर रूप देखे देखि बिशेष गरी स्त्री जातीको
संसर्गको निमित्त जागृत भएर आउने तृष्णा उनको मनमा खेल्न थाले । उनले सुन्दरीलाई
आफु जस्तै नवयुबक थियो भन्ने थाने, रोक्नै नसक्ने अपूर्ब हर्ष उनको मनमा दौडिरहेको
उनले महसूस गरेका थिए । कुरा गर्न आउने त्यस सुन्दरीलाई राम्ररी हेरेर जवाफ दिए –“तिमी
एउटी उज्वल ब्रह्मचरी जस्तो देखिएकी छौ । तिमी को हौ ? तिमीलाई मेरो प्रणाम छ ।
तिम्रो कुटी कहाँ छ ? तिमीले कस्तो तपस्या गरिरहेकी छौ ?” अनि उनले सुन्दरीलाई चलन
अनुसार सौगातहरु दिए । सुन्दरीले उनलाई भने – “ यहाँबाट तीन योजन टाढा मेरो आश्रम
छ । तपाईँलाई फलफूल ल्याई दिएकी छु । तपाईँको सम्मान ग्रहण गर्न म योग्य छुइन । तर
तपाईँको चलन अनुसार तपाईँलाई प्रणाम गर्दछु । सुन्दरीले प्रेम पूर्बक ऋष्यश्रृङ्गिलाई
अंकमाल गरिन्, आफुसंग ल्याएको फलफूल मीठाईहरु खुवाए, बास्ना आउने फूलहरुले सिँगारी
दिए । असल खालका सोमरस पान गराई दिए । ठूलो सम्माननीय पाहुनाहरुलाई गर्ने मर्यादा
भनी ऋष्यश्रृङ्गिलाई फेरी अंकमाल गरिन् । सोचे जस्तै उनको तरिका ऋष्यश्रृङ्गिलाई
खूब मन प-यो भनि उनले ठानिन् । बिभाण्डक ऋषि फर्कने डरले अग्नि होत्र होम गर्ने बेला भयो भनि त्यस सुन्दरीले
ऋष्यश्रृङ्गि संग बिदा लिएर बिस्तारै कुटीबाट बाहिर निस्के । बिभाण्डक कुटीमा
फर्केको बेला जताततै मीठाईहरु छरिएर फोहर भएको देखेर दिक्क माने । कुटी सफा गरिएको
थिएन । झारपातहरु र लहराहरु जता ततै छरिएकोले ज्यादै फोहर देखिएको थियो । छोराको
अनुहार सदा झैँ चहकिलो देखिएको थिएन । तर प्रेमको आकाँक्षाले दु:खित भएर अनुहार
अँध्यारो देखिएको थियो । सँधै गर्नु पर्ने कुटीको साधारण काम पनि गरेको देखिएन । बिभाण्डकले
हैरान भएर ऋष्यश्रृङ्गिलाई सोधे – “प्रिय पुत्र, अहिले सम्म पनि तिमीले होमको लागि
दाउरा किन जम्मा गरी नसकेको ? यी राम्रा बिरुवाहरुको लहराहरु कस्ले बिगारेको ? के
गाईको दूध दुही सकेका छौ ? तिम्रो सेवा गर्न यहाँ कोही आएको थियो कि ? यो अपूर्ब
माला तिमीलाई कस्ले दियो ? तिमी किन निदाउरो देखिएका छौ ?” त्यस सिधा साधा
ऋष्यश्रृङ्गिले जवाफ दियो – “ अपूर्ब रुपकी एउटी ब्रह्मचरी यहाँ आएकी थिई । उनको
तेज र रुप शोभा अथवा उनको स्वरको मिठास म बर्णन वा बयान गर्न सक्तिन । उनको बोली
सुनेर, उनका नजरहरु देखेर अवर्णनीय आनन्द र मोहले मेरो भित्रात्मा भरिएको छ । उनको
माया मर्यादाको चलन भनि उनले मलाई अंकमाल गरेको बेला मलाई अघि कहिल्यै थाहा नभएको
आनन्द लाग्यो । सब भन्दा मीठो फलहरु खाँदा पनि मलाई त्यस्तो आनन्द लागेको थिएन” ।
अनि बाबुलाई उनको स्वरुप, सुन्दरता र चाल चलन बारे सकभर बताए । ऋष्यश्रृङ्गिले
जिद्दी गरेर फेरी भने – “त्यस ब्रह्मचरीको साथमा बस्ने इच्छाले मेरो शरीर जलेको छ
। गएर उनलाई भेटी कुनै तरिकाले उनलाई यहाँ ल्याउने मेरो तिब्र इच्छा जागेको छ ।
उनको भक्तिभाव र तेजको बारेमा कुनै बिचार म तपाईँलाई कसरी भन्न सकुँ थाहा छैन ।
उनलाई फेरी हेर्न मेरो मन ढुक ढुकी भएको छ । जब ऋष्यश्रृङ्गिले यहाँ सम्म भएको
अन्जान तृष्णा र दिकदारीको कुराहरु ब्यक्त गरे तब पछी मात्र के हुन आयो भन्ने कुरा
बिभाण्डकले थाहा पाए । उनले भने – “बाबु छोरा, तिमीले देखेको त्यो कुनै ब्रह्मचरी
थिएन । त्यो त हामीलाई तपस्या गर्न नदिई धोखा दिने राक्षसहरुले जस्तै गर्न खोजेका
धोखा पूर्ण राक्षसी थियो । त्यसैको लागि उनीहरुले जस्तै अनेक किसिमको छलकपट तथा
खेलबाजीको उपाय गर्दछन् । तिनिहरुलाई आफ्नो नजिक आउन न देउ” । त्यस पछि बिभाण्डकले
जंगलमा तीन दिन सम्म सो हानी गरेकी त्यस दुष्टहरुलाई भेटाउन खोज तलास गरेका थिए ।
आफ्नो उद्देश्यमा सफल हुन नसकी निराश भएर फर्के । बिभाण्डक कन्दमूल लिन कुटीबाट
बाहिर गएको अर्को मौका पारी त्यस सुन्दरी ऋष्यऋङ्गि भएको ठाउँमा फेरी बिस्तारै
पाइला हाली आइपुगी । ऋष्यऋङ्गीले उनलाई टाढैबाट देख्ने बितिक्कै जुरुक्क उठेर पानी
थुनिएको बाँध फुटेर पानी ह्वाल ह्वालती बगेको जस्तै हस्याँग फस्याँग गरेर उनलाई
स्वागत गर्न दौडे । कति पनि नपर्खि ऋष्यऋङ्गि उनको समिपमा गएर चलनानुसार उनलाई प्रणाम
गरेर भने -“ओ तेजस्वी ब्रह्मचरी, मेरो
पिताजी नफर्कँदै तिम्रो कुटीमा जाऔँ” । सुन्दरीले जुन आशा लिएर काम गरेका थिए ठीक
त्यहि अनुसार भयो । कुटी जस्तो बनाएको त्यस नाउमा उनिहरु संग संगै पसे । नवयुवक
ऋष्यऋङ्गि पस्ना साथ त्यो दुङ्गा आफ से आफै चल्न थाल्यो । बाँधिएको डोरी किलोबाट
छुट्यो । सो दुंगा आफै अंग राज्य तिर सुरुर्र बगेर गयो । मनले चिताए जस्तै नवयुबक
ऋष्यऋङ्गीले आनन्द र मज्जाले यात्रा गरे । उनि अंग देशमा पुगे पछि विश्व तथा यस्को
वातावरण बारे जंगलमा बस्दा भन्दा वास्तविक जानकारी प्राप्त गरे । ऋष्यऋङ्गीको
प्रवेशले रोमापदलाई अति अति खुशि लाग्यो । उनले त्यस स्वागत योग्य पाहुनालाई आफ्नै
लागि तयार गरिएको ऐश आरामले युक्त गरिएको खोपिमा लगे । ब्राह्मणहरुले पूर्ब बाणि
गरे जस्तै ऋष्यऋङ्गिले त्यस देशमा पाईला हाल्ने बितिक्कै बर्षाद ओहिरन लाग्यो ।
तलाउ र नदीहरु पानीले भरीपूर्ण भए । जनताहरु खुशिले नाच्न थाले । रोमापदले आफ्नी
छोरी शान्तालाई ऋष्यऋङ्गी संग बिबाह गरी दिए । आफुले योजना गरे अनुसार सबै सफल
भएता पनि राजाको मनमा शान्ति थिएन । किनभने, बिभाण्डकले छोरा खोज्न आएर उनलाई सराप
दिन सक्दथियो । त्यस कारण उनि सारै नै डराई रहेका थिए । राजाले बिभाण्डक आउने बाटो
भरी नै गाईहरुको पङ्ति राखेर गोठलाहरुलाई ऋष्यऋङ्गीको नोकरहरु थिए र आफ्ना मालिकका
पितालाई सन्मान गरी स्वागत गर्न र उनको सेवा गर्न बसी राखेको भनि सिकाएका थिए ।
बिभाण्डकलाई शान्त गर्ने उपाय गरेका थिए । कुटीमा कहिँ पनि छोरालाई नदेखेर रीसाएका
बिभाण्डकले अङ्गका राजाको काम हुन सक्छ भनि अनुमान गरे । भयंकर नदीहरु तरी र
गाउँहरु पार गरेर मानौँ राजालाई जलाउने जस्तो रीस गरी अंग देशको राजधानी तिर हिँडे
। तर जाँदा जाँदा हरेक ठाउँमा उनको छोराको भनिएका नोकरहरुले आदर पूर्बक सेवा गरेको
र असल खालका गाईहरु देखेर राजधानि पुगेको बेला सम्ममा उनको रीसको भावना त्यसै हराएर गयो । उनि राजधानी पुगेको
बेला ठूलो सन्मानले उनको स्वागत भयो । उनलाई राजाको दरबारमा लगे । त्यहाँ स्वर्गका
राजा जस्तै ठाँट संग बसि रहेको आफ्ना छोरालाई देखे । बगलमा बसेकी उनकी पत्नी
राजकुमारी शान्तालाई उनले देखे । उनको ठूलो सुन्दरताले उनलाई धैर्य गराएर खुशी
तुल्याएको थियो । बिभाण्डकले राजालाई आशिर्बाद दिए । उनले छोरालाई आज्ञा दिएर भने –
“राजालाई खुशी हुने कुरा सबै गर । एउटा छोरा पाए पछि जंगलमा मसित बस्न आउनु ।
ऋष्यऋङ्गीले आफ्ना बाबुले भने जस्तै गरेका थिए । लोमसले युधिष्ठिरलाई संबोदन गरी
यो कथालाई यसरी टुंग्याएका थिए –“दमयन्ती र नल, सीता र राम, अरुन्धती र बशिष्ठ,
लोपामुद्रा र अगस्त्य, द्रौपदी र तिमी, शान्ता र ऋष्यऋङ्गीले समय आए पछी वनमा गएर आफ्नो
प्रेम र भगवानको पुजा गरी जिन्दगी बिताएका थिए । ऋष्यऋङ्गी बसेको कुटी यही हो ।
यहाँको पानीमा नुहाएर शुद्ध होऊ” । पाण्डवहरुले त्यहाँ स्नान गरेर पुजापाठ गरे । क्रमश: ३३ यबक्रिदाको कथा
No comments:
Post a Comment