Wednesday, October 2, 2013

५७ संसर्ग र कर्तब्य


Post 57 ५७
(Attachment and Duty)
(आफ्नोपन / नजिकको नाता / नाता सम्बन्ध / संलग्नता / घनिष्टता) संसर्ग र कर्तब्य
रत्नमान डंगोल

 कृष्ण हस्तिनापुर गएर बार्ताबाट हुने शान्तिको केही पनि सम्भावना नभएको कुरा सुनाउँदा कुन्तीलाई हैरानि भएको थियो । उनलाई थाहा भयो कि युद्ध हुने नै भयो । कुन्तीलाई पीर प-यो । कुन्तीले मन मनै बिचार गर्न थालिन् –'अपमानहरु जे भए पनि सहनु; कुनै राज्य नमागेर युद्धलाई रोकौँ भनेर मैले मेरा छोराहरुलाई कसरी भन्ने ? मेरा छोराहरुले क्षत्रिय परंपरागतको बिपरित कुरा कसरी स्वीकार गर्न सक्ने ?' । त्यतिकैमा उनले फेरि बिचार गरिन् –"लडाईँमा परस्परलाई मारेर कुल सबै नास भै सके पछि कस्तो सुख र कस्तो फायदा हुन सक्छ ? मैले यो दोधारको संकष्टलाई कसरि सामना गर्ने ?" । "एकातिर सर्बनाशको चिन्ता र आर्कोतिर क्षत्रिय मर्यादाका दाविहरु" – यसरी उनी दु:खी भइन् । (#॥दुबै पक्षहरु गलत छन् तर यो अवस्था सृजना गर्नमा कृष्ण र पाण्डवहरु बढी जिम्मेवार मान्नु पर्छ । अहँकारी, लोभी, नाजायज, चापलुसी, अधर्मी चाकडी बाज पाण्डवहरुलाई चुप लागेर बस, लडाईँ नगर किन भन्न नमिल्ने ? ।॥)। "भीष्म, द्रोण र कर्ण (अनि असोत्थामा नि ?) तिनै जनाको संयुक्त शक्तिलाई मेरो छोराहरुले कसरी पराजय गर्ने ? (#॥कर्ण पनि त तिम्रो नै छोरा हो, बिबहा हुनु भन्दा अगाडि पाएको॥ हारला भन्ने डरले लडाई नगर्ने ? ॥)।  तिनीहरु आज सम्म कहिले पनि पराजय नभएका बीरहरु हुन । तिनिहरु सम्झेर आउँदा मेरो मुटु थर्कन्छ । अरुहरुको बिषयमा मलाई पीर छैन । पाण्डवहरुलाई मार्न सक्ने क्षमताले लिएर लड्न सक्ने यिनै तीन जना हुन । यिनीहरु मध्ये द्रोणाचार्यले माया लागेर होस् या आफ्नै चेला सम्झेर होस् या त आफ्नै चेलाहरु सित युद्धमा सामना नगर्ने इच्छा गरेर पाण्डवहरुलाई नमार्न पनि सम्भव छ । भीष्म पितामहले पक्कै पनि तिनीहरुलाई मार्ने छैन । तर पाण्डवहरुको मुख्य शत्रु नै कर्ण हो । उनि मेरा अरु छोराहरुलाई मारेर दुर्योधनलाई खुशि तुल्याउनमा उत्सुक भएको छ । कर्ण महान शस्त्रधारी लडाकु हुन् । मेरा अरु छोराहरुको बिरोधमा युद्ध गर्न लागेको उनलाई सम्झेर आउँदा मेरो मुटुलाई आगोमा दाउरा जले जस्तै दु:खले जलाएको छ । कर्णलाई भेटेर उनलाई उनको जन्मको कुरा सुनाएर दुर्योधनको पक्ष छोड्न लगाउने सुनौला मौका यहि हो । दुर्योधनको पक्ष छोड्न उनलाई कर लाग्ने छ" । (#॥कर्णको मृत्यु, दु:ख, अवस्था ईत्यादि बारे चाहिँ चिन्ता छैन ! धन्य माता ! पाण्डवहरु र कृष्णलाई चाहिँ किन नभनेकि ? कृष्णलाई त सबै कुरा थाहा थियो ॥)।
कर्णले सदाकाल दैनिक पूजापाठ गर्ने ठाउँ गंगाजीको किनारमा आफ्नो बाल बच्चाहरुको लागि यस्तो चिन्ता लिएर दु:खि भएकी कुन्ती गइन् । कर्ण त्यहाँ आफ्नो पूजा पाठमा लागेका थिए । हातहरु उठाएर पूर्ब हेरी उनि गहिरो ध्यानमा थिए । उनको पछाडि उभिएर कुन्ती पर्खि राखिन् । पिठ्युँमा घामको ताप नलागे सम्म कुनै कुराको परबाह नराखि ध्यानमा मग्न भै कर्ण बसेका थिए । (#॥हे भगवान ! पूर्ब तिर हेरेर बसेका वा उभेकाको पिठ्युँमा घामको ताप कहिले पर्ने होला ?॥)।
पाठ पूजा सके पछि कर्णले फर्केर हेर्दा चर्को घामबाट बच्न कपडाले टाउको छोपेर उनको पछाडि उभी रहेकी कुन्तीलाई देखे । पाण्डुका महारानी पाण्डव राजकुमारहरुको मुमा (#॥गलत कर्ण, तिमीलाई पनि थाहा छैन रहेछ पाण्डवहरु कस्का सन्तानहरु॥) उनको पाठपूजा नसकुन्जेल धैर्य गरी उनलाई पर्खिरहेको कुराले उनको मनमा ठूलो खलबली भै उनलाई आश्चर्य लाग्यो । चलन अनुसारको सनमान गरेर कर्णले सोधे –"राधा र सारथि अधिरथ पुत्र म तपाईँलाई प्रणाम गर्दछु । म तपाईँ कै सेवामा छु । महारानी, तपाईँको लागि मैले के गर्नु प-यो ?" । कुन्तीले भनिन् – "कर्ण तिमी राधाको छोरा होइन । तिमी सारथी जातको हो भनेर पनि नसम्झ । (#॥किन ? जस्ले पालन पोषण ग-यो उसैको सन्तान हुन्छ ॥)। कुन्ती भनि जानिएकी राज खानदानको पृथाको गर्भवाट जन्मेका सूर्यको पुत्र हौ । तिमी भाग्यमानि होस्" । अनि कुन्तीले कर्णको जन्म बारे बिस्तारमा बताइन् । कुन्तीले भनिन् –"कानमा सुनको कुण्डलि कवच सहित पूर्ण फलामको पोशाक लगाएर जन्मेका (#॥क्या जन्म॥) तिमीले पाण्डवहरु आफ्ना भाइहरु हुन भनि नजानेर दुर्योधन सित मिलेका छौ ।(#॥पाण्डवहरुको जन्म बारे पनि किन नभनेको ? वाह रे कुन्ती ! पाण्डवहरुलाई कर्णको जन्मबारे पहिला नै भनि राखेको भए अर्जुन र उसको टक्कर हुनु अगाडि नै उनिहरुले कर्णलाई चिनी हाल्थे ।॥)। पाण्डवहरु सित वैमनश्यता गर्न पुगेका छौ ।(#॥वैमनश्यताको शुरुवात गर्ने त अर्जुन/पाण्डवहरु नै थिए ॥)। धृतराष्ट्रका छोराहरुको अधिनमा बस्न तिमीलाई सुहाउँदेन । पाण्डवहरु सित मिलेर देशका राजा भएर बस । तिमी र अर्जुन मिलेर त्यस दुष्टलाई (#॥किन दुष्ट ?॥) दमन गर्न सकोस्, जम्मै संसार तिम्रो चरणमा पर्नेछ । तिम्रो कीर्ति तिम्रा दाजुभाइहरु भएका बलराम र कृष्णको जस्तै टाढा टाढा फैलने छ । (#॥कर्णको कीर्ति कसैको भन्दा कम छैन ॥)। तिम्रा पाँचै जना भाइहरुले घेरिएर बसेको बेला तिम्रो तेज देवताहरुको माझमा बसेका ब्रह्माको जस्तो हुनेछ । जटिल बातावरणमा मानिसले प्रिय माता-पिताको मनलाई चित्त बुझाउने कार्य गर्नै पर्छ । यो हाम्रो शास्त्रानुसार सबै भन्दा उच्च धर्म हो" । (॥#प्रिय माता पिताको त हो, तर कुन्ती ........॥)
सूर्यको भाव भक्ति सकिएको बेला आमाले आफुलाई यसरि बोले पछि सूर्य देबताले कुन्तीको अनुरोध स्वीकारेको थियो भन्ने कर्णले आफ्नो मनमा कुनै लक्षण पर्न आएको कुरा उनको अन्तस्करणले महसुस गरे । तर सूर्य देबताले उनको शक्ति र मनको बलको परिक्षण गरिरहेको होला भनि उनि आफैले जाँच गरेर हेरे । उनले आफुलाई लालसामा परेको पाउन चाहेन ।
उनले मनमनै बिचार गरी स्वार्थताको लालसा गर्नु र प्राकृतिक माया गर्नु दुबैलाई रोके । उनले दु:ख लागे पनि दृढ भएर भने –"प्रिय माता, तपाईँले भन्नु भएको कुरा धर्म बिरुद्ध छ । यदि मैले धर्मको बाटो फेरेँ भने युद्ध भूमिमा मलाई शत्रुले गर्ने कुनै पनि घातक भन्दा ठूलो घातक मैले म आफैलाई गरेको हुन्छु । मेरो क्षत्रिय जन्मसिद्ध हक म नाबालकको बेला नदीमा फ्याँकेको बेला नै तपाईँले टुटाई सक्नु भएको छ । अहिले आएर तपाईँले मलाई मेरो क्षत्रिय कर्मको कुरा गर्नु भएको छ । मेरो जन्मले पाएको मात्रृ स्नेह दिनु भएको थिएन, र अब आएर अरु छोराहरुको भलोको बिचार गरी मलाई तपाईँले मेरो जन्मको कुरा सुनाउनु भएको छ । यदि अहिले म पाण्डवहरुसित मिल्न गएँ भने डराएर मैले यसो गरेछ भनि के संसारले 'हा हा' गर्दैन र ? मैले धृतराष्ट्रका छोराहरुको नुन खाएको खाएको छु । तिनीहरुको मण्डलिको बिश्वासिलो साथिको स्थान पाएको छु । तिनीहरुले मलाई दया, प्रेम र ईज्जत गरेका छन् । सबै चाहिने कुराहरुको हेर बिचार गरेका छन् । अब युद्ध हुन लागेको बेला तपाईँले मलाई ' नुनको सोझो ' नगर्ने कुरा गर्नु हुन्छ,  पाण्डवहरु सित मिल्न आऊ भन्नु हुन्छ । धृतराष्ट्रका छोराहरुले युद्धको बाढीबाट उनिहरुलाई पार गराउन सक्ने नाउ जस्तै मलाई ठानेका छन । तिनीहरुलाई यस युद्ध मैले नै गर्न लगाएको हुँ । अब मैले उनिहरुलाई कसरी छोड्ने ? बिश्वास घाती, नीच तथा बैगुनी कसरी हुने ? यो जुनि र पछिको समयले कस्तो मुल्यांकन गर्ने होला ? प्रिय माता, चाहियो भने मैले आफ्नो ज्यान दिएर भए पनि आफ्नो ऋण तिर्नु पर्ने हुन्छ । अन्यथा म मामुलि चोर जस्तै हुने छु । अब हुने यस युद्धमा निश्चय नै तपाईँका छोराहरुको बिरुद्धमा मेरो भए भरको शक्ति लगाएर लड्ने छु । कौरबहरु र तपाईँ दुबैलाई धोखा दिन सक्दिन । मलाई माफ गर ।" (#॥हे कर्ण, माफी माग्नु पर्ने किन ? माफी त लाज सरम नभएकी नीच कुन्तीले पो माग्नु पर्ने होइन र ? आमा भन्न पनि लाज लाग्दो कुरा भए पनि – जन्माउने भनेको त भगवानको आशिर्बाद हो, यसमा मानिसले घमण्ड गर्ने कुरा केही पनि छैन । स्याहार सुसार गरेर प्रेम पूर्बक नाबालकलाई हुर्काउनु पो सबै भन्दा ठूलो पूजा हो । सो कार्य गर्ने भएकीले पो आमा सबै भन्दा पुज्य छिन् । सो नगरेकीले तिम्रो लागि कुन्ती पुजनीय छैन – त्यसमा पनि पाँचजना मध्ये चार जना नाजायज पोईहरुबाट बच्चाहरु जन्माएकी !! ॥)
आफ्नो कुरालाई अगाडि बढाउँदै भने –"मेरो आमाको इच्छालाई मैले बिलकुलै खेर जान दिन्न । मबाट अर्जुनलाई अलग्ग गर्नुस् । या त उ या म मात्र यसयुद्धमा बाँच्न पाउने छ । हामी दुईमा एउटालाई मर्नै पर्ने छ । मलाई जे जस्तो गरे पनि मैले तपाईँका अरु छोराहरुलाई मार्ने छैन । बीर पुत्रहरुका आमा, त्यसो भए पनि तपाईँ सित पाँचै जना छोराहरु रही रहने छन्"। (#॥ हे कर्ण, तिम्रो मनोबल गिराउनु थियो, सो भयो । अर्जुन त मर्नेवाला हैन – बस कुन्तीले भन्यो ' आमा ' तिमीले मान्यौ । रंग मन्चमा पहिलो पटक भेट हुँदा कुन्तीले भनेको भए यो अवस्था नै आउने थिएन ॥ र, अरुलाई नमार्ने भनेर तिमीले दुर्योधन प्रति बिश्वास घात ग-यौ, धिक्कार छ तिमीलाई !॥)
क्षत्रिय धर्ममा रहने धृढ गरी आफ्नो जेष्ठ पुत्रले यसरी बोलेको कुन्तीले सुने पछि उनको मनमा खलबली र बिपरित भवनाहरु जाग्यो । बोलिरहनु उचित हुने नठानि कर्णलाई अंकमाल गरिन् र चुपचाप त्यहाँबाट हिँडिन् । घर फर्कँदै तिनीले बिचार गरिन् –"भाग्यमा लेखेको कुरा कस्ले मेटाउन सक्छ ? उनले मेरा चार जना छोराहरुलाई केहि पनि नगर्ने वचन दिएको छ । त्यति नै भए पुग्छ । भगवानले उनलाई आशिर्बाद देवोस् ।"

क्रमश:
५८ पाण्डवहरुको सेनामुख (Generalissimo)

रत्नमान डंगोल

No comments:

Post a Comment