Friday, November 1, 2013

६३ कृष्णको शिक्षा (भागवत गीता Krishna's teaching – the Bhaagvat gitaa)

६३ कृष्णको शिक्षा (भागवत गीता Krishna's teaching – the Bhaagvat gitaa)

Ratna Man Dongol

            युद्धको लागि सब कुराको तयारी पूरा भयो । दुबै तर्फका सेनाहरु भेला भए । युद्धका परम्पराका नियमहरु मान्न आफु-आफुमा दुबै पक्ष तयार भएका थिए । युद्धमा गरिने ब्यबहारको नीति र युद्ध सन्चालनको तरिकाहरु समय समयमा बदलिन्छ । महाभारतको युद्धको समयमा जो चलेको थियो त्यही नियमहरु मनमा सम्झी राख्यो भने मात्र हामीले यस काब्यको मर्म बुझ्न सक्छौँ, होइन भने यस कथाको ठाउँ ठाउँमा शंका उपशंका भै रहन सक्छ ।
            जो घटेको छ त्यसबाट त्यसबाट पाठकले कुरु क्षेत्र युद्धमा हुन आएका युद्ध-नीतिको बिचार लिन सक्छ । प्रत्येक दिन सूर्य अस्ताए पछि युद्ध बन्द गरेर शत्रुको भाव त्यसै मेटिन्थ्यो । द्वन्द युद्ध बाराबरीको बिच मात्र हुन सक्दथियो । धर्ममा नमिलेको तरिका प्रयोग गर्न पाईँदैन थियो । भूमी छाडेर भागेकालाई आक्रमण गर्दैन थियो । घोड चढीले घोड चढीलाई मात्र आक्रमण गर्न पाइन्थ्यो । पैदल सिपाहीलाई घोड चढीले आक्रमण गर्न पाईँदैन थियो । त्यस्तै हिसाबले रथ चढीले र हाथीका फौजले शत्रु पक्षका त्यस्तै फौजहरुसित मात्र युद्ध गर्न पाईन्थ्यो । भागेका र आत्म समर्पण गरकाहरु सुरक्षित हुन्थे । युद्धमा संलग्नहरुले युद्ध शुरु नभएको बेला सम्म कसैले पनि एकार्कालाई शस्त्र प्रहार गर्न पाईँदैन थियो । निशस्त्र भएका अथवा ध्यान कतै लगाएर बसेका अथवा युद्ध क्षेत्रबाट भाग्न खोजिरहेका अथवा कवच नभएकाहरुलाई हत्या गर्न हुँदैन थियो । युद्ध नगर्ने नोकर चाकर, शङ्ख बजाउने अथवा ढोल बजाउनेहरुलाई बाण हान्ने गरेका थिएन । कौरबहरु र पाण्डवहरुले गंभिरता पूर्बक घोषणा गरेको र अपनाएका नीतिहरु यिनि नै थिए ।
समयको परिवर्तनले मानिसहरुका उचित अनुचित बिचारहरुमा धेरै नै अदल बदल भैसकेको देखा परेका छन् ।आधुनिक युद्ध नीतिमा आक्रमणबाट कोही पनि छुटेका छैनन् । जंगी खरखजानालाई मात्र हैन नबोल्ने घोडा, ऊँट खच्चर जस्ता जनावरहरु, औषधि भण्डार तथा सबै उमेरका कामदारहरुलाई पनि संकोच नमानी आक्रमणको निशाना बनाएर नाश गरिन्छ ।
कुनै कुनै बेला महाभारतको युद्धको बेलामा पनि प्रतिस्पर्धि फौजहरुको बिचमा वहियाति कार्य पनि चलेको थियो । कुनै न कुनै कारणले गर्दा मानिएका युद्धका नियमहरु भंग भएको हामीले यस कथामा छर्लङ्ग देख्न सक्छौँ । तर सबै तिर बिचार गरेर हेर्दा सम्मानित तथा मानविय युद्धका सकार गरिएका नीतिहरु कुरुक्षेत्रमा दुबै पक्षले मानेका थिए । बिच बिचमा लाज लाग्दो र अन्याय पूर्ण नीति नियम भंग भएको पनि थियो ।
आफ्ना अधिनमा रहेका राजाहरुलाई सम्बोधन गरी भीष्मले भने –"हे बीरहरु, तिमीहरुको लागि गौरबशाली अवसर आएको छ । तिमीहरुको लागि स्वर्गको द्वार खुलेको छ । इन्द्र र ब्रह्मा सित सहवास गर्ने हर्षले तिमीहरुलाई पर्खेको छ । तिम्रा बाबु बाजेहरुको मार्गमा लागेर क्षत्रिय धर्म गर । खुशि साथ युद्ध गरेर कीर्ति र गौरब प्राप्त गर । क्षत्रियले रोगबाट वा बुढो भै ओछ्यान पल्टेर मर्न चाहँदैन । रणक्षत्रमा मर्न बढी चाहन्छन् ।" यस भाषण पछि राजाहरुले आ-आफ्ना बिकुल बजाउने आदेश दिए ।  कौरबहरुको जय भनेर नारा लगाएका थिए ।
भीष्मको झण्डामा ताडिको रुख र पाँचवटा ताराहरु थिए । अश्वत्थामाको झण्डामा हवामा उडि रहेको सिँहको पुच्छर थियो । द्रोणको सुनौलो रंगको झण्डामा योगीको भिक्षा पात्र र धनुष थियो । दुर्योधनको गौरबमय ध्वजामा टाउको फुलाएर गौमन साँप गौरबले नाचेका थिए । कृपाको झण्डामा साँढे  र जयद्रथको झण्डामा बनेलको निशाना थियो । अरुहरुको पनि त्यस्तै गरी झण्डाहरुमा निशानाहरु थिए ।
युद्ध रचनामा मिलेको कौरब सेना देखेर युधिष्ठिरले अर्जुनलाई आदेश दिए (#॥ किन अर्जुनलाई ? दृष्टद्युम्न सेना प्रमुख होईन र ?॥) –"शत्रुको फौज बिशाल छ । हाम्रो फौज सानो भएकोले हामीलाई कमजोरी मात्र गर्ने रचना गर्नु भन्दा बरु हाम्रो रणचातुर्यहरुलाई एकत्रित गर्नु पर्छ । त्यसैले हाम्रो फौजहरुलाई सियोको रचनामा मिलाउनु ।"
त्यस बेला अर्जुनले परस्परको हत्या गर्न तयार भएका दुबै पक्षका सेनाहरु देखे पछि उनको मनमा खलबली मच्चियो । कृष्णले उनको मनको ताप र शंकाहरु छुटाउन उनि सित बोलेका थिए । यसै शंकाको अवस्थामा कृष्णले उत्तेजीत भएर दिएको उपदेश नै भागवत गीता हो । त्यस गीताले करोडौँ  मानिसहरुको हृदयले भगवानको बाणी भनेर मानेका छन् ।(#॥सो ठिक हैन भनि नतिजाले स्पष्ट पार्छ॥)। यस गीतालाई मानवीय साहित्यको भण्डारहरु मध्ये एउटा हो भनि पढ्ने साराले मानेका छन् । ' फलको इच्छा नगरी गरेका कर्म गर्ने, वा आफ्नो काम गर्ने ' भन्ने कुरा नै यस गीताको मूलभूत उपदेशले जीवनको अन्धकारमय वातावरणलाई प्रकाशमा ल्याउन खोज्ने गरीब वा धनी, ज्ञानी वा अज्ञानी, सबै मानवका जीवनबृत्ति चलाउने मार्ग यसमा देखाएको छ । (॥# फलको आशा नगर्ने भन्ने पनि एउटा आशा नै हो । कुनै पनि कार्य बिना फल वा नतिजा हुनै सक्तैन । तर सो फल आफ्नो भन्दा अरु सबै मानवको कल्याणको लागि हुनु जरुरी छ र सो फल प्राप्त हुन्छ हुँदैन, थाहा छैन । नत्र कृष्णले नर संहार गर्ने युद्धको लागि किन उक्साउने ? आफ्नो अहंकार, रीस, इबी, डाहा जस्ता गुणहरुले ठिकलाई बेठिक र बेठिकलाई ठिक सिद्ध गर्न सकिन्छ भन्ने प्रमाणित गर्नु न छ !!॥)


क्रमश:
६४ युधिष्ठिर आशिष माग्न जान्छ (Yudhisthir seeks benediction)
रत्न मान डंगोल

No comments:

Post a Comment