६२ असहयोग (Non-coperation)
रत्नमान डंगोल
महाभारतको युद्ध शुरु हुनु अगाडिको दिन थियो । कौरबहरुको सेनामुख भएका भीष्म पितामह, उनको बीरताको साहस तथा मन चंगा भएकोबाट उनलाई प्रेरणा दिन खोजिरहेका दुर्योधन संगै बसेका थिए । भीष्मले कौरब पक्षमा लागेका बीरहरुको शक्ति, दक्षता र पराक्रमको बारेमा बयान गरेको थियो । दुर्योधनको मन खुशि भएको थियो । तयसैबेला उनिहरुको कुरामा कर्णको बिषय उठ्यो । भीष्मले भन्यो –"कर्णले तिम्रो माया पाएको छ । तर म उनको धेरै चिन्तन गर्दिन । पाण्डवहरु प्रतिको उनको ठूलो शत्रुता म निको मान्दिन ।(#॥बिश्वासघाति भीष्म, युद्ध के मित्रहरुको बिचमा हुन्छ त ?॥)। उनि साह्रै घमण्डि छ । उनको अहँकारको सीमा छैन । उनि अरुहरुलाई होच्याउने गर्दछ । (#॥जे मनाम आयो सुनाएर गालि गलौच गरेर कर्णको मन दुखाउने नीच पाण्डवहरु चाहिँ मन पराउने ? कर्णसंग न अहँकार छ, न घमण्ड छ, न कसैलाई होच्याउँ छ ॥)। मैले उनलाई देशका बीरहरु माथिको दर्जा दिने छैन । फेरि जन्मँदै देखि भएको दिब्य कुन्दलि-कवच दानमा दिई सकेको छ । त्यसकारण युद्धमा मलाई सहायता दिने खालका उनि छैन । उनमा परशुरामको सराप पनि छ, जस्को कारणले मन्त्र बिर्सेर उसंग भएको दिब्य शस्त्रको उपयोग गर्न सक्ने छैन । अत: कर्ण र अर्जुनसंग हुने युद्धमा उनको लागि अर्जुन घातक हुनेछ । (#॥तैपनि तिमी किन डराउँछौ, कर्णलाई युद्धमा समावेश गर्न ? तिमीले भनेका सबै ठिक भएर पनि कर्णलाई अर्जुनले हराउन सक्दैन थियो किनभने कर्णसित इन्द्रले दिएको दिब्य शस्त्र थियो, जस्ले कसैलाई पनि मार्न सक्थ्यो, कृष्ण वा कसैको पनि केहि लाग्दैन थियो । सो शस्त्रबाट कर्णलाई निशस्त्र नगरे सम्म युद्धमा कर्णलाई भाग लिन दिनु अर्जुनको लागि खतरा थियो, त्यसैले अवरोध खडा गरेर कर्णलाई जति सक्यो त्यति युद्धबाट टाढा राख्न खोज्यौ । तर ती सबै जानेका कुराहरु कसरि थाहा पायौ र किन दुर्योधनलाई भनेनौ ? अधर्मी बिश्वासघाति भीष्म !॥)। भीष्मले कुराहरु नदबाई यसरी बोलेका थिए । ती कुराहरु दुर्योधन र कर्णलाई साह्रै नमज्जा लागेको थियो । कुराहरुलाई झन बटार्न पितामहको कुरालाई समर्थन गरी द्रोणले भन्यो –" कर्ण घमण्डी छ । आवश्यकता भन्दा बढी नै दृढ छ । अति ध्यान दिनु पर्ने युद्धको सुक्ष्म अवस्थामा उसले भुल गर्नेछ । बेहोसी भएर पराजय हुनु पर्नेछ ।"(#॥श्याबास गुरु ! अर्जुनलाई बचाउन खूब कुरा बंगायौ – भीष्मले जस्तै आफु मरेर पनि दुर्योधनलाई बिश्वास घात गर्दैछौ !॥)।
त्यस्ता कडा वचनले गर्दा कर्ण आक्रोसित भए । आँखा रातो पारी पितामह तिर हेरेर भन्यो – "पितामह, तपाईँले मन नपराएर र डाहले मलाई सँधै होच्याउनु हुन्छ । मैले केही नभनेतापनि मलाई होच्याई कुरा गर्ने मौका कहिल्यै पनि छुटाउनु हुन्न । दुर्योधनको लागि तपाईँको छेडहरु र घोच्याईहरु सबै सहेर बसेको थिएँ । भोलि देखि शुरु हुने युद्धमा मेरो कुनै काम हुने छैन भनि तपाईँले भन्नु भएको छ । मेरो दोषारोपण सुन्नुहोस् । कौरबहरुलाई असफल पार्न खोज्ने तपाईँ हुनु हुन्छ, म होइन । तपाईँ आफ्नो मनको वास्तविक कुरा किन लुकाउनु हुन्छ ? तथ्य कुरा यहि हो कि तपाईँको दुर्योधन प्रति कुनै सच्चा माया स्नेह छैन । तर, दुर्योधनलाई सो कुरा थाहा छैन । म प्रति द्वेष गरेर तपाईँले म र दुर्योधन बिच फाटो गर्न र उसलाई म देखि बिपरित गराउन उनको मनमा विष हाल्न खोज्नु भएको छ । तपाईँको अर्को दुषित बिचार – तपाईँले मेरो शक्तिलाई होच्याएर मलाई तल झार्न लाग्नु भएको छ । (॥#हे कर्ण, किनभने पाण्डवहरुलाई मार्न सक्ने क्षमता तिमीसित छ भन्ने कुरा भीष्म र द्रोण दुबैलाई थाहा छ॥)। तपाईले क्षत्रियलाई नसुहाउने ब्यबहार गर्न लाग्नु भएको छ । सिर्फ उमेरले मात्र योद्धाहरुलाई इज्जत दिलाउँदैन तर पराक्रमले दिन्छ । हाम्रो सम्बन्धमा बिष हाल्ने काम नगर्नुस् ।" त्यस पछि कर्णले दुर्योधनतिर हेरेर भन्यो –"हे बीर योद्धा, बिचार गर र आफ्नो भलाई तिर लाग । पितामहको धेरै भरोसा नलेउ । (॥# दुर्योधन त मूर्ख न हो, पाण्डवहरुलाई मार्न सक्दिन भन्दा भन्दै पनि भीष्मलाई सेनाको नेतृत्व दियो॥)। उहाँले हामी दुईको बिचमा फूट ल्याउने बीज छर्न खोज्नु भएको छ । उनले गरेको मेरो मूल्यांकनले तिमीलाई खतरामा पार्ने छ । मलाई होच्याएर उहाँले मेरो साहस घटाउन खोज्नु भएको छ । बुढापाले गर्दा उहाँ कमजोर भै सक्नु भएको छ । उहाँको बेला बिति सकेको छ । उहाँको अहँकारले गर्दा उहाँलाई कसैको पनि मर्यादा प्राप्त हुने छैन । उमेरको मर्यादा हुन्छ भने अनुभव पनि उपयोगि हुन्छ । तर हामीहरुलाई शास्त्र र अनुभवले बताउँछ कि बुढो भएर पाके पछि कुहिएर नाश हुन्छ । तिमीले भीष्मलाई सेनामुख बनाएका छौ, मलाई थाहा छ अरुहरुको बीरताबाट उहाँले केही कीर्ति प्राप्त गर्नु हुने छ । तर उहाँ अधिकारमा रहेसम्म मैले अस्त्र लिने छैन । उनि पतन भै सके पछि मात्र मैले युद्धमा भाग लिने छु ।" (#॥हे स्वार्थी मूर्ख, विश्वासघाट गर्दै छौ । दुर्योधन आफैलाई नेतृत्व लिएर सबैलाई खास जिम्मेवारी दिएर तिमी चाहिँ अर्जुनसित भिडेर अर्जुनलाई बध गर्छु – किन नभनेको ? तिमीमा आत्म बिश्वास छ, अहँकारी होइनौ, बरु भीष्म र द्रोण हुन् ॥)।
अहँकारीलाई कहिले पनि आफु अहँकारी छु भनि महसूस हुँदैन । (#॥जस्तै द्रोण र भीष्म॥)। अहँकारी भनि दोष दिएको बेला त्यस्ले दोष दिने मानिसलाई नै दोष दिन्छ । (॥#अहँकारीले मात्र अरुलाई अहँकारी भनी दोष दिन्छ ।॥)। त्यस्को बुद्धि बिचार जटिल हुन्छ । आफ्नो कसुर देखाउन अरु कसैबाट गराएको भन्ने सम्झिन्छ । यो कुरा यस उप-कथामा राम्ररी देखाएको छ ।
भीष्मले रीसलाई थामेर जवफ दियो – "सूर्य पुत्र, हामीहरु संकट कालमा छौँ, त्यसैले यति बेला तिमी मर्न सकेका छैनौ (वा बाँच्न नछोडेको छैनौ ?) । तिमी कौरबहरुको लागि धेरै चलाख तीक्ष्ण बुद्धि भएको दुष्ट दानव हौ ।" (॥#वाह रे ! दुष्ट, विश्वासघाती, अहँकारी भीष्म॥)।
दुर्योधनले दु:ख मानी भन्यो –"गंगा पुत्र पितामह, मलाई तपाईँहरु दुबैको सहायता चाहिएको छ । तपाईँहरु दुबैले बीर कार्य गर्नु हुने छ । मलाई केही पनि शंका छैन । भोलि बिहान सबेरै युद्ध शुरु हुनेछ । शक्तिशाली शत्रुको अगाडि साथि-साथीको बिचमा झगडा हुन नदिनुस् । (#॥धिक्कार भीष्म, पनातीले अर्ति दिनु प-यो॥)।"
तर भीष्म सर्बोत्तम अधिपत्यमा रहे सम्म कर्णले शस्त्र धारण नगर्ने भए, यसैमा अडान लिए । सो अनुसारको अनुभव गरोस् भनेर दुर्योधनले कर्णलाई त्यसै गर्न दिए । (#॥हे दुर्योधन, बुद्धिमा घाम नलागे पछि के गर्ने ! त्यत्रो शक्तिलाई हेला ग-यौ, युद्धमा हार खानु प-यो, अरुलाई नै नेत्रृत्व दिने बिचार किन नआएको ? ॥). कर्णका सबै मानिसहरुले भाग लिए पनि उनि चाहिँ युद्धको प्रथम दश दिन सम्म अलग्ग नै रहेका थिए । दशौँ दिनको अन्तमा महान (#॥ कि तुक्ष्य ?॥) भीष्म शरीर भरी बाण लागेर रणभूमिमा लडे । कर्ण गएर सनमान पूर्बक ढोग गरी माफि र आशिर्बाद मागे । सो उनले पाएको थियो । (#॥ कर्ण बिनाको युद्धमा कौरबको क्षति भए पछि॥)। तद पश्चात आफु सहयोगि भै कौरब सेनाको अधिपत्यमा भीष्म पछि द्रोणलाई सेना प्रमुख गर्ने प्रस्ताव कर्णले राखेका थिए । द्रोण पनि पतन भए पछि कर्णले अध्यक्षता ग्रहण गरी कौरब सेनाको नेत्रृत्व गरेका थिए ।
क्रमश:
६३ कृष्णको शिक्षा (Krishna's teaching – the gita)
Ratna Man Dongol
No comments:
Post a Comment