३९ दुष्टहरु कहिले पनि चित्त बुझ्दैन
रत्नमान डंगोल
पाण्डवहरु वनवासमा बसेको बेला धेरै जना ब्राह्मणहरु उनिहरुलाई भेट्न आएका थिए । त्यस मध्ये एक जना ब्राह्मण हस्तिनापुरमा गएर धृतराष्ट्रलाई भेट्न गएका थिए । धृतराष्ट्रले उनलाई इज्जतसाथ सत्कार गरे । अभागी कर्मले गर्दा राजकुमार भएर जन्मेका (#??) पाण्डवहरुले कसरी घाम र वतासको शरणमा (#हामी सबै नै शरणमा छौँ) बसेर ठूलो दु: र कष्ट भोगेका थिए, सबै कुरा धृतराष्ट्रलाई सो ब्रह्मणले सुनाएको थियो । सो कुरा सुनेर धृतराष्ट्रलाई साँचैनै दु:ख लागेको थियो होला, तर वास्तवमा त्यो भन्दा ठूलो दु:ख आफ्ना छोराहरुलाई आइपर्न सक्ने भविष्यमा हुने परिणामको थियो । युधिष्ठिरले रीसाहा भीमलाई निग्रानीमा राख्न सकेको थियो कि थिएन, धेरै दिनसम्म दु:ख कष्टमा रहेका पाण्डवहरुको रीस एक दिन बाँध भत्काएर बाढी आए जस्तै आउन सक्छ भन्ने सम्भावना भएकोले धृतराष्ट्रलाई ठूलो डर थियो । धृतराष्ट्रले चिन्ता लिएर यसरी गौर गरेर बिचार गर्दथे –“ अर्जुन र भीमले अवश्य पनि हामीलाई बदला लिन खोज्नेछ । शकुनि, कर्ण, दुर्योधन र अदूर दर्शी दुशासन सबै नै महको चाका खोज्न जोखिम गरी रुख माथि बसेका छन् भने फेदमा तिनीहरुको सर्बनाश गर्न ह्वाँ गरी मुख बाइरहेका भीमको रीसको गहिरो खाल्टो छ ।” त्यस आँखाको अन्धो धृतराष्ट्रले बिचार गर्दथे – “ हरे, हामी किन लोभ र लालसाको सिकार बनेको होला ? हामीलाई यस्मा गरिबीले धकेलेको पनि होइन । हामीले अन्याएको मार्ग किन लियौँ । (#हारेको सबै फिर्ता दिनु, आधा राज्य दिनु त अन्याय होइन है – जुवामा हार्ने / खेल्नेलाई खै के भन्ने ?)। सन्तोष भएर आफ्नो अथाह सम्पतिको भोग गर्नुको सट्टा शक्ति र अधिकारको लोभमा फसेर आफ्नो नभएको कुराको लोभ गरेँ (#त्यो त ठिक होइन । मानिसको रोग । पाण्डव र कृष्णमा त्यो रोग झन् बढी छ जस्तो लाग्छ मलाई ।) कुकर्मले तीतो फल नफलाई छाड्दैन । (#ठिक, त्यसैले पाण्डवहरुले वनबास भोग्नु प-यो)। अर्जुन दिब्याश्त्र लिएर स्वर्गबाट फर्कि सकेको छ । बदला लिने इच्छाले बाहेक उनलाई स्वर्गबाट पृथ्वीमा फर्कन केले उक्साउन सक्थ्यो र ? (#ठिक ! शत्रुलाई कमजोर नठान, सँधै तम तयार भएर बस्नु पर्छ )। यही परिस्थितिलाई नै हामीले निम्त्यायौँ कमायौँ । (#पाण्डवहरु झन बढी जिम्मेवार छन् )। यी चिन्ताहरु मनमा खेलाएर पनि उनलाई केही शान्ति दिएन । धृतराष्ट्रलाई यसरी पीर परेको थियो । शकुनि, कर्ण, र दुर्योधन सुखले मक्ख परेक थिए । आफुहरुको अभ्युदयमा परस्पर खुशियालीको बधाई दिँदै धेरै आनन्द लिएका थिए । (# आखिर – बिनास काले बिपरित बुद्धि – धन्य कुरु बंश – कौरब तथा पाण्डव) । कर्ण र शकुनिले दुर्योधनलाई भने – “ युधिष्ठिरको हातमा भएको राज्य हाम्रो भएको छ । अब हामी डाहाले जल्नु परेको छैन ।” दुर्योधनले जवाफ दिए – “ कर्ण, सब कुरो ठिक छ । तर पाण्डवहरुको दु:ख मेरै आँखाले देख्नु र हामीहरुको सुख देखाएर उनिहरुको दु:खलाई अन्तिम चरणमा पु-याउनु हर्ष माथि हर्ष हुँदैन र ? जंगलमा गएर पाण्डवहरुको दु:ख हेर्नु हाम्रो सुखलाई पूरा गर्ने बाटो हो । तर मेरो पिताले आज्ञा दिन मान्ने छैन ।” भनी सुख भोग गर्न नदिने बाबुको निर्दयितामा दुर्योधनले आँशु बहाए । (#मूर्ख बुद्धि) । दुर्योधनले फेरी भन्यो – “ राजा पाण्डवहरु देखि डराएको छ । किनभने, उनिहरु सित तपस्याको शक्ति छ भन्ने उहाँले बिचार गर्नु भएको छ । हामीलाई बिपद आउला भन्ने डरले जंगलमा गएर उनिहरु सित भेट्ने अनुमति दिनु हुन्न । तर म तिमीहरुलाई भन्दछु – हामीहरुले यहाँ सम्म गरेको परिश्रम द्रौपदी, भीम र अर्जुनलाई जंगलमा बसेको देखे बिना नै बिताउनु परेको छ । सो महान हर्ष हुने मौकाको फायदा बिनाको यो जीवन बेकारको जस्तो मलाई लागेको छ । मलाई धेरै दु:ख लागेको छ । जंगलमा गएर पाण्डवहरुको दु:ख हेर्न जंगलमा जानको लागि राजाको अनुमति लिने ऊपायको लागी तिमी र शकुनि मामाले अक्कल लगाउन नै पर्छ । (#घाउमा नून छर्कने बुद्धि !) । भोलि पल्ट बिहान सबेरै उज्यालो मुख गरेर कर्ण दुर्योधन कहाँ गए । तकलिफ हट्ने एउटा उपाय भेट्टाएँ भनेर सुनाउन लागे । उनले भने – “ गाईहरुको बार्षिक मौज्दात जाँच गर्न भनि द्वेतवनको हाम्रो गोठमा जाने कार्यक्रम गरेर राजाको अनुमति मागेमा के होला, तिम्रो के बिचार छ ? । राजाले अवश्य त्यस कुरामा बाधा बिरोध गर्न सक्नु हुने छैन ।” शकुनि र कर्णले यस नविन बिचारमा खुशी भएर ताली बजाए । अनि राजाको आज्ञा लिन भनि गोठलाका नायकलाई राजा कहाँ पठाए । (#गल्ति गरिस् मूर्ख – आफै नगएर) । तर राजाले आज्ञा दिएनन् । उनले भने – “शिकारमा जानु वास्तवमा राजकुमारहरुको लागि फायदाको कुरा हो । गाईहरुको मौजदाद जाँच्नु पनि आवश्यक कुरा हो । तर त्यस जंगलमा पाण्डवहरु बसेका छन् भन्ने मैले सुनेको छु । तिमीहरुलाई त्यहाँ जान आदेश दिन सकिने अवस्था छैन । भीम र अर्जुन बसेको ठाउँको नजिकमा तिमीहरुलाई जाने अनुमति मबाट हुन सक्तैन । त्यहाँ ऊहिले पनि रीस र मुठभेद हुन सक्ने अवस्था छँदै छ ।” दुर्योधनले भने –“ हामीहरु उनिहरुको नजिकमा जाने छैनौँ । बरु हामीहरु साबधान भएर उनीहरु देखि पर नै रहने छौँ ।” राजाले भने –“जति सुकै होशियारी भए पनि नजिकमा बिपद आउने नै छ । नजिकमा राखिएको भाँडा कुँडा ठोकिन्छ ठोकिन्छ, आवाज निस्कन्छ । पाण्डवहरुको वनवासमा उनिहरुको दु:खहरु एक्कासी हेर्न जानु उचित पनि होइन । तिम्रा सिपाहीहरु मध्ये कोही कोही सिमाना नाघेर गई खराब काम गर्न सक्छन् । (#तिम्रा सिपाहीहरु पनि त्यस्ता नालायक अनुशासन हीन भएका ?) । त्यसबाट तिमीहरुलाई दु:ख पु-याउन सक्छ । गाईहरु जाँच गर्न अरु कोही जान सक्छ ।” शकुनिले भन्यो – “ हे महाराज, युधिष्ठिरलाई धर्मको मार्ग थाहा छ । उनले धर्म छोड्दैन । उनले सभासद सबैको अगाडि प्रण गरेको छ । अरु सबै पाण्डवहरुले उनको आदेश मान्ने छन् । कुन्तीको छोराहरुले हामी उपर केही पनि शत्रुताको काम गर्ने छैनन् । शिकार खेल्ने मन गरेका दुर्योधनलाई नरोक । गाईहरुको मौजदाद गरी उनलाई फर्कन देउ । म पनि उनिहरुको साथमा जानेछु । हामीहरु मध्येका कोही पनि पाण्डवहरुको नजिक कहिँ पनि जानेमा मैले बिशष रेखदेख गर्नेछु ।” राजाले सदा झैँ मान्ने भएर भने –“ उसो भए ठिक छ, जाउ । तिमीहरु खुशी मनाउ ।” बैमनष्यताले भरीएका हृदयले सन्तोष मान्दैनन्, चिन्दैनन् । बैमनष्यता भनेको भयानक आगो हो । आगोले दाउरालाई बालेर बढेर जाने जस्तै बैमनष्यता मनमा राखी राखेमा सो पनि बढ्दै जान्छ ।
४० दुर्योधनको बेइज्जती
रत्नमान डंगोल
No comments:
Post a Comment