Post 45 ४५ मत्स्य
देशलाई बचायो (Matysa Kingdom of King Birat was defended)
Ratna Man Dongol
किचकको मृत्युले राजा बिराटका प्रजाहरुमा द्रौपदी एकजना डर
वा भयकी आइमाई बनिन् । “सबैको दिल चोर्न सक्ने गरी राम्री भएकी तर उत्तिकै
डरलाग्दो पनि छिन् । उनलाई गन्धर्बहरुले सुरक्षा गेरका छन् । तिनी शहरमा जनताहरु र
राज परिवारको लागि खतरा भएको छ । (#किन ? झन् असल मान्नुको सट्टा) । किन भने
गन्धर्बहरुलाई बैमनुष्यताको रीसमा कुनै कुरामा रोक लगाउन नसकिने हुन्छ ।
द्रौपदीलाई शहरबाट निकाल्नु नै धेरे वेश हुने छ ।” भनि बिचार गरेर शहरबासीहरु सुदेस्ना कहाँ गएर
द्रौपदीलाई देश निकाला गर्न बिन्ति गरे ।(#झन् दुश्मनि भएन र ?)। सुदेस्नाले
द्रौपदीलाई भनि – “ तिमी निसन्देह धर्मात्मा छौ, तर कृपा गरी हाम्रो देश छोडेर जाउ
। अब मलाई तिम्रो आवश्यकता छैन, तिमीबाट मैले प्रसस्त सेवा प्राप्त गरी सकेँ ।”
गुप्तबासमा बस्ने कबोल गरेको समय अवधि पूरा हुन एक महिना
मात्र बाँकि थियो । द्रौपदीले थप एक महिना मात्र बस्न दिन बिशेष अनुरोध गरीन् ।
त्यस बेला सम्म आफ्ना गन्धर्ब पोइहरुले आफ्ना उद्देश्यहरु पूरा भै सकेको महसूस गरी
उनीलाई साथै लिएर जानेछन् भनी । गन्धर्बहरुले बिराट राजा र प्रजाहरुको ठूलो गुण
मान्ने छन् पनि भनिन् । कृतज्ञ होस या नहोस, गन्धर्ब रिसाए भने भयानक अनर्थ हुन
सक्थ्यो भन्ने ठानेर सुदेस्नाले द्रौपदीको अनुरोधलाई नाईनास्ति गर्न सकिनन् ।
तेह्रौँ वर्षको शुरु देखि दुर्योधनको बिशेष आदेशमा उनका
गुप्तचरहरुले लुक्न सक्ने सबै ठाउँमा पाण्डवहरुको खोजतलाश गरेका थिए । धेरै महिना
सम्म तलाश गर्दा पनि फेला नपरे पछि तिनीहरुले दुर्योधनलाई पाण्डवहरु फेला नपरेको
कुर भन्न गए । “दु:ख कष्ट सहन नसकेर शायद
पाण्डवहरु मरी सकेको पनि हुन सक्छ” पनि भनेका थिए । (#दुर्योधन प्रति निष्ठावान
नभएर हो कि ?)। झण्डै एक महिना पछि एउटा आइमाईको कारणले कुनै गन्धर्बले किचकलाई
मा-यो भन्ने खबर दुर्योधन कहाँ आई पुग्यो । किचकलाई मार्न सक्ने भीम र बलराम दुई
जना मात्र थियो भन्ने कुरा दुर्योधनलाई पनि थाहा थियो । त्यस हिसाबले दुर्योधनले
शंका गरे कि बदला लिने गन्धर्ब भीम हुन सक्छ र कारण भएकी आइमाई चाहिँ द्रौपदी हुन
सक्छ । दुर्योधनले सो अडकल लगाएको कुरा खुला सभामा भनेका थिए ।
दुर्योधनले भन्यो – “ पाण्डवहरु बिराटको देश मत्स्यमा भएको
मलाई शंका लागेको छ । हामीहरुसित
मित्रता नगाँस्ने बांगो भएका राजाहरु मध्ये एक जना उनै पनि थियो । उनको देशमा
आक्रमण गरी त्यहाँका गाईहरु लिएर आउनु
राम्रो हुन्छ । यदि पाण्डवहरु त्यहाँ लुकिरहेको भए , बिराटको अतिथी सत्कारको ऋण चुकाउन उनीहरु पक्कै पनि हामीहरु सित लड्न
निस्कने छन् । (#आवश्यक छैन, समयावधि नसकेमा त झन जरुरि छैन)। हामीहरुले निश्चित
एकिन गरेर उनिहरुलाई फेला पार्न सक्ने छौँ । यदि हामीले उनिहरुलाई करारको समय
अगाडि फेला पा-यौँ भने, पाण्डवहरु फेरी अर्को बाह्र बर्ष वनबासमा जानु पर्ने छ ।
पाण्डवहरु त्यहाँ नभएमा पनि बित्ने कुरा केहि छैन । राजा बिराटलाई घुँडा टेकाउने
मौका यहि हो । त्रिगर्ताका शासक, राजा सुसर्माले मलाई दिलै देखि भरोसा दिएका थिए -
मत्स्यका राजा मेरो शत्रु हो । किचकले मलाई धेरै दु:ख दिएको थियो । किचकको
मृत्युले बिराटलाई धेरै कमजोर तुल्याएको
हुनु पर्छ । अब बिराटलाई आक्रमण गर्ने आज्ञा मलाई देउ भनेर उनले मलाई भनेका थिए ।”
कर्णले त्यस प्रस्तावको सहमति स्वरुप
हाँमाहाँ मिलाए । सुसर्माले दक्षिण दिशातिरबाट हमला गरी त्यस दिसा तर्फ बिराटका
सेनालाई रक्षार्थ लगाई दिने । अनि दुर्योधनले कौरब सेना लिएर बिलकुल असुरक्षित
उत्तर तिरबाट बिराटलाई अकस्मात हमला गर्ने भन्ने कुरामा तिनीहरु एकमत भई निष्कर्षमा
आएका थिए । सुसर्माले दक्षिण तिरबाट बिराटलाई हमला गरेर गाई बस्तुहरु कब्जा गरे ।
बाटोमा परेको बगैँचा र खेतहरु सबै भताभुँग पारी दिए । गोठालोहरु डरले दु:ख मानेर
बिराट कहाँ दौडेर गए । अहिले किचक बाँचेको भए हुने थियो भनि राजा बिराटले सोचे,
उसले त्यस आक्रमणकारीहरुको मिति पु-याई दिने थियो । जब कंक(युधिष्ठिर)लाई राजा
बिराटले यसो भनेको थियो तब कंकले भन्यो – “ राजा दु:ख नमान्नुस । म सन्यासी भए पनि
युद्ध सञ्चालनमा निपुर्णता हासिल गरेको छु । तपाईँको भान्छे बलाल, तबेला रक्षक धर्मग्रन्थि
र गोठमा हेरचाहा गर्ने तन्त्रीपाल समेतलाई रथमा चढी हामीलाई मद्दत गर्न आदेश
दिनुहोस् । तिनीहरु पनि ठूला ठूला लडाकुहरु हुन भन्ने मैले सुनेको थिएँ । चाहिने
रथ र अस्त्रहरु हामीलाई दिने भनेर सैनिकहरुलाई आदेश दिनु होस् । ” (युधिष्ठिरलाई
कंक, भीमलाई बलाल, अर्जुनलाई बृहन्नला, नकुललाई धर्मग्रन्थि, सहदेबलाई तन्त्रिपाल
र द्रौपदीलाई सैरन्ध्री भन्ने नामहरु
बिराटको दरबारमा प्रचलित भएका थिए)। राजा बिराट धेरै खुशि भए
। कंकको अनुरोध बमोजिम् सैन्य बल पुरा / स्वीकार गर्न अति उत्सुक भए । रथहरु तयार
भए । अर्जुन बाहेक सबै पाण्डवहरु बिराटका फौज लिएर सुसर्मा र उनका फौजलाई रोक्न
हिँडे । दुबै पक्षमा धेरैको ज्यान हताहत गरेर बिराटको सेना र सुसर्माको सेनाको बिच
भयानक युद्ध भयो । सुसर्माले बिराटलाई हमला गरे । रथबाट ओर्लि पैदल लड्नु पर्ने
गरी राजा बिराटको रथलाई घेरामा पारी सुसर्मा उनको रथ माथि चढे । राजा बिराटलाई
समातेर बन्दी बनाएर रथमा राखे । राजा बिराटलाई बन्दी बनाएको देखेर मत्स्यका सेना
अत्तिएर यता उता भाग्न थाले । सोही बेला सुसर्मालाई आक्रमण गरी राजा बिराटलाई
छुटाउन र छरिएका मत्स्यका फौजलाई सम्हाल्न भीमलाई हुकुम दिए । युधिष्ठिरका सो कुरा
सुने पछि भीमले एउटा रुख उखेल्न लागे तर युधिष्ठिरले रोकेर भने – “ त्यस्तो चर्को
कार्य नगर । युद्धको जस्तो हल्ला नगर । त्यसो गरेमा तिमीलाई सबैले चिन्ने छन् ।
धनुष बाण लिएर रथबाट अरुले जस्तै लाडाईँ लड ।” त्यसै मुताविक रथमा चढेर भीमले
सुसर्मा माथि आक्रमण गरे । राजा बिराटलाई छुटाए । सुसर्मालाई बन्दी गरे । मत्स्यका
छरिएका फौजले नयाँ रचना लिएर सुसर्माको फौज माथि हमला गरेर हराई दिए । सुसर्मा
पराजय भएको खबर सुन्ने बितिक्कै शहरबासिहरु अत्यधिक खुशी भए । उनिहरुले शहरमा
सिँगार पटार गरी बिजयी राजाको फिर्ती सवारीमा स्वागत गर्न तत्पर भई गए ।
राजा बिराटलाई स्वागत गर्ने ठिक त्यसै बेला उत्तर तिरबाट दुर्योधनका फौज ओहिरेर शहर बाहिर रहेका गाईहरुको
गोठहरुमा लुटपात मचाउन थाले । कौरब सेनाहरुले त्यहाँ भएका अनगिन्ति गाईहरुलाई
घेरामा पार्न थाले । गोठालोका नायक शहरमा गएर राजकुमार उत्तरलाई भन्यो –“
राजकुमार, उत्तर दिशा तिरबाट कौरबहरु आई हाम्रा गाई बस्तुहरु लुट्न लागिरहेका छन्
। राजा बिराट बिगर्ताका शासक सुसर्मा संग लड्न दक्षिणतिर जानु भएको छ । हामीहरुको
रक्षा गर्ने कोहि नभएकोले हामीहरुलाई त्रास / डर भएको छ । राजाको छोरा तपाईँ नै
हुनु हुन्छ । हाम्रो रक्षा गर्नु होस् । तपाईँको कुलको इज्जतको लागि तपाईँ आएर
गाईहरु फर्काउन तपाईँ संग प्रार्थना गर्दछौँ ।” गोठालेको नायकले जनताहरु तथा
त्यहाँका आइमाईहरुको अगाडि राजकुमार उत्तर संग सो कुरा जाहेर गरेको बेला फुर्तिले
राजकुमार उत्तरको रगत तातेर आयो र घमण्ड गरी भने – “ यदि मेरो सारथि हुने कोही
मानिस पाउन सकेको मात्र भए म एक्लैले
गाईहरु फर्काउने छु । मेरो हातको शिप देखाउने छु । म र अर्जुनमा केही फरक छैन भनि
मानिसहरुले थाहा पाउने थियो ।” राजकुमार उत्तरले त्यसो भनेको बेला द्रौपदी भित्री
खोपिमा बसेर मन मनै हाँसेर बसेकी थिइन् । राजकुमारी उत्तरा कहाँ दौडेर गएर
द।रौपदीले भनिन् –“ राजकुमारी उत्तरा, देशमा ठूलो बिपद आइपरेको छ । कौरब सेना
उत्तरबाट बढेर आई शहर बाहिर रहेका गाईका गोठहरु र गाईहरु कब्जा गरी सकेका छन् भनि
गोठालाहरु आएर राजकुमार उत्तरलाई जाहेर गर्न आएका छन् । राजकुमार उत्तर उनिहरु सित
युद्ध गर्न तत्पर भएका छन् । उनलाई एउटा सारथिको खाँचो परेको छ । के त्यस्ता जाबो
कुराले विजय र महिमाको मार्गमा बाधा पार्ने ? म तपाईँलाई भन्दछु कि बृहन्नला अर्जुनको
सारथि भै सकेका थिए । म पाण्डवहरुको महारानीका सेवामा बसेको बेला मैले सो कुरा
सुनेकी थिएँ । बृहन्नलाले अर्जुनबाट
धनुर्बिद्या पनि सिकेका थिए भनेर पनि मैले
थाहा पाएकी छु । तुरुन्तै जानु भै राजकुमारको रथ हाँक्न उसलाई आदेश गर्नुहोस् ।”
राजकुमारी उत्तरा
दाजु कहाँ दौडेर गइन् । र, भनिन् – “पाण्डवहरुको
दरबारमा नोकरी गरी सकेकी सैरन्ध्रीबाट सुने कि बृहनला निपूर्ण सारथि छ । उनि साँचै
नै पाण्डव बीर अर्जुनको सारथि भई सकेका थिए । उनलाई लिएर तुरुन्तै कौरबहरु संग
युद्ध गर्न जाउ र हामीहरुलाई बचाउ र कीर्तिमान होउ ।” राजकुमार उत्तरले मञ्जुर गरे
। राजकुमारी उत्तरा तुरुन्तै नाचघरमा गइन् र सारथि हुनु प-यो भनि बृहनलालाई खबर
गरिन् । राजकुमारी उत्तराले भनिन् – “कौरबहरुले मेरो बाबुको गाईहरु र धन लुटेर
गइरहेका छन् । ती दुष्टहरुले राजा नभएको बेला फायदा उठाउन लागिरहेका छन् । तिमी
अर्जुनको सारथि भई सकेका छौ रे, अनि रण नीतिमा पनि निपूर्ण भएका छौ रे भनि
सैरन्ध्रीले भनी । गएर राजकुमार उत्तरको रथ हाँकी देउ । नडराउ, राजकुमार उत्तरले
तिम्रो रक्षा गर्ने छ ।” तर्से जस्तो गरेर, हाँसो लुकाई अनकनाएको र नजानेको जस्तो
भान गरेर अर्जुन (बृहनला)ले सहमत गरे । उनले कवच पनि लगाउन नजानेको जस्तो गरे ।
बेढंगले लगाएर सबैलाई हँसाए । “अर्जुनको रथ हाँक्न पो डर लाग्दैन, अरुको त ....”
भनेर पनि सुनाए । अर्जुन (बृहनला) डराएकोमा दरबारका आइमाईहरुले हाँसो गरे । “राजकुमार
उत्तरले तिमीलाई रक्षा गर्ने छ नडराउ” भनि फेरी राजकुमारी उत्तराले भनिन् ।
अर्जुनले केही समय यस्तै ठट्टामा बिताए ।
उनले घोडाहरु सजाए पछि उनी निपूर्ण सारथि रहेछ भनि सबैले जाने । उनले लगामहरु
समतेको बेला उनलाई मन पर्ने भई घोडाहरुले उनको आज्ञा सजिलै सित पालन गर्ने भए ।
“राजकुमार उतर बिजयी हुनेछ । हामीले शत्रुका जडिहरु जडेका पोशाकहरु छिनालेर ल्याई
बिजयको पुरस्कार जस्तै तिमीहरुलाई बाँडी दिने छौँ ।” भनी राजकुमार उत्तरलाई युद्ध
गर्न बाहिर रथ चलाई लगेको बेला बृहनलाले दरबारका आइमाईहरुलाई भनेका थिए ।
Post 46 ४६ राजकुमार उत्तर
रत्नमान डंगोल
No comments:
Post a Comment