Post 43 ४३ घरायसी कार्यहरुको बाँडफाँड
रत्नमान डंगोल
“ओ ब्राह्मणहरु, धृतराष्ट्रका छोराहरुले हामीलाई धोखा दिएको
छ, हाम्रो राज्य लिएको छ र हामीलाई कंगाल तुल्याएको छ ।(#किन रोईस मंगले, आफ्नै
ढंगले !)। हामीले अहिले सम्म जंगलमा बसी हर्ष गरी आनन्दले यी वर्षहरु बितायौं । वनबासको
तेह्रौँ बर्ष आइपुगेको छ । यसका लागि तपाईँहरुबाट हामी छुट्टिनु पर्ने भएको छ ।
हामीले दुर्योधनका गुप्तचरहरुले थाहा नपाउने गरी अबको एक वर्ष बिताउनु परेको छ ।
निडर भएर बाहिर निस्केर हामीहरु फेरी साथै भेट्ने दिन कहिले आउने हो पर्खेर हेर्नु
छ । सो दिन बारे भगवानलाई मात्र थाहा छ । अब हामी जानु अघि हामीलाई आशिर्वाद
दिनुस् । डराएर अथवा पुसकार पाउने आशाले हामीलाई धृतराष्ट्रका छोराहरु कहाँ
पु-याउने वा धोखा पु-याउने इच्छा भएका मानिसहरुबाट हामी बच्न सकोस्” । त्यस बेला
सम्म पाण्डवहरुका साथमा बसेका ब्रह्मणहरुलाई युधिष्ठिरले यसरी बोलेका थिए । उनले
यी वचनहरु बोल्दा उनका बाणी मानसिक समवेदनाले कामेका थिए ।
धौम्यले उनलाई धैर्य दिलाएर भने – “छुट्टिनु भनेको गाह्रो छ
। बिपदहरु धेरै र ठूला छन् । निरुत्साह हुनु पर्ने कारण केही छैन । तिमी धेरै
बुद्धिमान र बिद्वान छौ । तिमीहरुले भेष बदल्नु पर्छ । राक्षसहरुले दमन गरेको बेला
देबराज इन्द्रले ब्राह्मणको भेष गरेर निशादको देशमा थाहा नपाउने गरी बसेका थिए ।
त्यसरी लुकेर बसेको बेला उनले शत्रुहरुको नास गर्ने प्रबनध गरेका थिए । तिमीहरुले
पनि त्यस्तै गर्नु पर्छ । बिश्वेश्वर महाबिष्णुले अदितीको गर्भमा बसेर मानवको जन्म लिई संसारलाई मोक्ष
गर्न राजा बलिको राज्य हरण गरेका थिएनन् र ? मानिसको शरणदाता भएका नारायण भगवानले
असूर राजा बृत्रलाई पराजय गर्न इन्द्रको शस्त्रमा के बसेका थिएन र ? सर्बब्यापी
बिष्णु भगवानले रावणको बध गर्नको लागि मर्त्यमण्डलमा दशरथको छोरा भई जन्मेर अनेकौँ
दु:खहरु भोगी कैयौँ बर्ष बिताएका थिएनन् र ? पहिले पहिले महात्माहरुले कल्याण कारी
कार्यहरुको लागि अवतार लिने गरेको पाईन्छ । तिमीले पनि त्यस्तै गरेर शत्रुहरुलाई
पराजय गर्नेछौ र समृद्धी प्राप्त गर्ने छौ” । (# कथै कथा – भगवानलाई पनि त्यसो
गर्नु पर्छ र ?) । युधिष्ठिरले ब्राह्मणहरुसित बिदा लिए । साथमा रहेका मानिसहरुलाई
घर जाने आज्ञा दिए । पाण्डवहरु जंगलको एकान्त ठाउँमा गए । भबिष्यको कार्यको बारे छलफल गरे । दिक्क भएर
युधिष्ठिरले अर्जुन सित सोधे –” विश्ववातावरण बारे तिमीलाई छलफल गर्ने धेरै ज्ञान
छ । तेह्रौँ बर्ष बिताउन हामीहरुको लागि सबै भन्दा उपयुक्त कुन ठाउँ होला ?”
अर्जुनले जवाफ दिए – “ ओ बडा महाराज, कालका देबता यमले हामीलाई वरदान दिनु भएको
तपाईँलाई थाहा नै छ । हामीले कसैले पत्ता नपाउने गरी आउने बाह्र महिना बिताउन
सक्ने छौँ । केही समयको बसोबासको लागि पाञ्चाल, मत्स्य, साल्भ, बिदेह, वल्हिका,
दशर्ना, सुरसेन, कलिङ्ग र मगध जस्ता राज्यहरु मध्यबाट चुन्न धेरै राम्रो हुने छ ।
अब चुन्ने काम चाहिँ तपाईँको हो । तर मैले राय दिने भए बिरात राजाको मत्स्य देश
सबै भन्दा वेश हुने छ । यो देश फले फुलेको छ । उत्तिकै रमाइलो पनि छ ।”
युधिष्ठिरले जवाफ दिए – “मत्स्यका राजा बिराट धेरै बलियो छ
। उनले हामीलाई धेरै माया गर्छ । उनि पूर्ण बिचार भएको ब्यक्ति हुन । धर्म
निष्ठामा पनि लागेका छन् । उनि दुर्योधन संग दब्ने र तर्सिने पनि छैन । बिराट कै
राज्यमा गुप्तबास बस्नु सबै भन्दा ठिक हुनेछ, मेरो सहमत छ ।”
अर्जुनले प्रश्न गरे - “राजा, त्यसो भए बेसै भयो, बिराटको
दरबारमा तपाईँले के काम लिने बिचार गर्नु भएको छ ?” यो प्रशन सोधेको बेला, राजसूय
यज्ञ गरी सकेका महान तथा निष्पापी राजा युधिष्ठिरलाई भेष बदलेर नोकरी गर्नु पर्ने
भएको बाध्यता सम्झेर अर्जुन धेरै दु:खी भएका थिए ।
युधिष्ठिरले जवाफ दिए –“ मलाई दरबारीया सेवामा लिनु भनी
बिराट संग माग्ने बिचार गरेको छु । मैले कुराकानि गरेर, पासा खेलेर उनलाई खुशि
पार्न सक्छु जस्तो लागेको छ । मैले सन्यासीको पोशाक लगाउने छु । ग्रहगतिको लक्षण-कुलक्षण
हेर्ने मेरो दक्षता र ज्यतिष शास्त्रको ज्ञानले र त्यस्तै बेदबेदांग नीतिहरु,
राजनैतिक र अरु बिज्ञानका कुरहरु सुनाई उनलाई चित्त बुझाएर ब्यस्ता गराई राक्न
सक्ने छु । वास्तवमा मलाई सावधान हुनु पर्नेछ तर मेरो बारेमा चिन्ता नलेउ । म
युधिष्ठिरको घनिष्ठ मित्र भएको थिएँ र उनिसंग बस्न पाएको बेला यी कुराहरु जानेको
थिएँ भनी मैले उनलाई भन्ने छु ।” “ओ भीम, बकासुर र हिडिम्बा राक्षसहरुलाई मारेका
तिमीले बिराट कहाँ के काम रोज्ने छौ ? तिमीले बकासुरलाई मारेर हामीलाई बचाएका थियौ
। बीरता र बल तिमीबाट भल भलति बगिरहेको छ । कुन भेष लगाएर तिम्रो शक्तिशाली
ब्यक्तित्व लुकाएर मत्स्यको देशमा नचिनिने गरी बस्न सक्ने गराउँछौ ?” भीमलाई यो
प्रश्न गर्दा युधिष्ठिरले आँशु चुहाएका थिए ।
भीमले हाँसी हाँसी जवाफ दिए – “महाराज, बिराटको दरबारमा भान्छेको
काम लिने मेरो बिचार छ । मेरो भोक पनि ठूलो छ । म पकाउनमा पनि सिपालु भएको छु ।
तपाईँलाई थाहानै छ । (#सूर्य देबले दिएको पात्रको खाना खानेले पकाउन सिक्न पनि
जाने ?)। बिराट राजाले कहिले पनि स्वाद नपाएका खाना तयार गरी मैले उनलाई खुशि
पार्ने छु । मैले जंगलबाट सुखेका रुखहरु काटेर दाउराको थुप्रो ल्याउने छु । मैले
दरबारमा आएका पहलमानहरुसित कुश्तिमा जितेर / खेलेर राजालाई हसाउने पनि छु ।” यस
कुराले युधिष्ठिरलाई चिन्ता लाग्यो । किनभने, यदि भीमसेन कुश्ति खेलमा लागे भने
तिनीहरुलाई बिपद पर्न सक्ने भएकोले उनलाई डर थियो । भीमले उनको डर हटाउन तुरुन्तै
यसरी भने –“ म कसैलाई मार्ने छैन । मैले कुनै कुश्तिबाजलाई योग्य चालबाजी मात्र
गर्ने छु । तर कसैलाई मार्ने छैन । मैले मस्त साँढेहरु, राँगोहरु र जंगली
जनावरहरुलाई काबुमा लिएर बिराटराजालाई पूरा मनोरन्जन गराउने छु । त्यस पछि
युधिष्ठिरले अर्जुनलाई बोलाएर भने – “तिमीले कुन पेशा लिने बिचार गरेका छौ ?
शिखरमा पुगेको बीरतालाई तिमीले कसरी लुकाउने छौ ?” । उनले यो प्रश्न गरेको बेला
अर्जुनले गरेका उज्वल पराक्रमहरुको बयान नगरिकन रहन सकेन । उनले बीसवटा श्लोकमा
अर्जुनको गौरबको बयान गरी बोलेका थिए । ठिक छ, प्रशंसा योग्य अर्जुन नभए अरु को
हुने ? । (#अर्जुन बायुसेना न भए !) । अर्जुनले जवाफ दिए- “ आदरणीय दाजु, नपुंसकको
रुप लिएर मैले दरबारका केटीहरुको सेवा गर्ने छु । धनुषका तानले रगडिएर बनेका
दामहरुलाई लुगाले छोप्ने छु । स्वर्गमा रहँदा उर्बर्षी मलाई आमा सरह भएको कारणले
मैले उनको प्रेमाशक्तको बेलालाई नामञ्जुर गरेको हुनाले उनिले मलाई पुरुषत्व गुमोस
भनेर सराप दिनु भएको थियो । तर देबराज इन्द्रको अनुग्रहले त्यस सरापको प्रभाव एक
बर्ष सम्मको लागि मात्र रहने भयो । अब म त्यहि बेलाको लागि सो सराप अपनाउने छु ।
मैले अब पुरुषत्व गुमेको त्यही एक बर्षलाई अपनाई बिराटराजा कहाँ सेवा गर्ने छु ।
सेतो शंखको चुरा लगाएर , आईमाईले जस्तो कपाल बाटेर, आईमाईको जस्तो पोशाक लगाएर
बिराटराजाका महारानीको भित्री खोपिमा बैठकेको काममा लाग्ने छु । मैले आईमाईहरुलाई
गाउने नाच्ने सिकाउने छु । युधिष्ठिरको दरबारमा द्रौपदीको सेवा गर्दथेँ भनि मैले
नोकरी माग्ने छु ।” यति भनेर द्रौपदी तिर हेरेर अर्जुन हाँस्न लागे । युधिष्ठिरले
आँशु चुहाएर भक भके भएर भने –“ हरे शिब ! कीर्ति र बहादुरीमा कृष्ण समान भएका
भरतबंशका बीर सन्तान, सुमेरु पर्बत जस्तो भएकाले महारानीको खोपिमा नपुंसक भएर
बिराट राजाको नोकरी खोजन जानु पर्ने उनको तकदीर मा रहेछ” ।
अनी युधिष्ठिरले नकुल तिर हेरेर उनले के काममा लाग्ने भनेर
सोधे । नकुलकी माता मादरीलाई सम्झेर आँखामा आँशु निकालेका थिए । नकुलले जवाफमा
भने – “ मैले बिराट राजाको तबेलामा काम गर्ने छु । घोडाहरु तालीम गर्ने र
रेखदेख गर्ने मेरो मन छ । किनभने, घोडाहरुको मनका कुरा र तिनीहरु बिरामी भएमा
तिनीहरुलाई औषधि गरी निको पार्ने उपाय मलाई थाहा छ । मैले घोडा चढेर सधाउन सक्ने
मात्र होइन कि तिनीहरुलाई रथमा जोहेर हाँक्न पनि सक्छु । पाण्डवहरुको घोडाको काम
गर्द थिएँ भनेर बिराट राजाई भन्ने छु । बिराट राजाले मलाई काममा लिने कुरामा कुनै
शंका छैन । युधिष्ठिरले सहदेब सित सोधे –“देबताहरुको गुरु पुरुहित बृहस्पतिको
क्षमता र बुद्धि भएका, असुरहरुको गुरुको जति ज्ञान भएका तिमीले कुन काम अपनाउने
बिचार गरेका छौ ?” सहदेबले भने – “ नकुलले घोडाको काम जस्तै मैले गाईहरु
स्याहार्ने काम गर्नेछु । मैले बिराट राजाको गाईहरुलाई रोगको प्रकोपबाट र जंगली
जनावरहरुबाट सुरक्षा गर्ने छु” ।
युधिष्ठिरले “ओ द्रौपदी” सम्म भन्न सके तर के काम लिने
बिचार गरेकी छौ भनेर सोध्न चाहिँ सकेन । तिनी प्राण भन्दा प्यारो थिइन् । सबै
प्रकारको आदर र सुरक्षाको योग्य थिइन । उनको लागि नोकरीको कुरा ऊठाउनु नै
अपबित्रको कुरा देखिएको थियो । तिनी भद्रकुलमा जन्मेकी, राजर्षी स्याहार र सुसारले
हुर्केकी राजाकी छोरी, राजकुमारी थिइन् । लाज र नैराश्यले युधिष्ठिरलाई चोट लागेको
थियो । द्रौपदीले उनको दु:ख बुझेर यी साहसी कुरा बोलेकी थिइन – “ ओ सर्ब श्रेष्ठ
राजा, मेरो बारेमा शोक नगर । सुर्ता नलेउ । म बिराट राजाकी महारानीको दरबारमा
राजकुमारीहरुको सङ्गती तथा सहचरी सैरन्ध्री हुने छु । मैले आफ्नो स्वतन्त्रता र
पतिब्रता धर्मलाई बचाउने छु । किनभने, राजकुमारीहरुको संगती तथा सहचरीहरुलाई यो
अधिकार प्राप्त छ । यस अधिकारलाई प्रयोग गर्न सकिन्छ । साना साना कुरा गरी दरबारका
आईमाईहरुलाई मनोरन्जन गराउने र चुल्ठो बाटीदिने जस्ता हलुका काममा म लागेर दिन
बिताउने छु । मैले युधिष्ठिरको दरबारमा यसरी राजकुमारी द्रौपदीको सेवा गरी आएकी
थिएँ भनी बयान गरेर महारानीसित नोकरी माग्ने छु । म यसरी कसैले पनि थाहा नपाउने
गरी रहने छु” ।
युधिष्ठिरले द्रौपदीको साहसको प्रशंसा गरी भन्न लागे – मंगल
मयी, तिंमीले आफ्नो परिवार योग्य कुर गरेकी छौ ।”
जब पाण्डवहरुले यसरी निर्णय लिए तब धौम्यले उनिहरुलाई आशिर्बाद दिएर भने
(#एकान्तमा बसेका पाण्डवहरु बिच धौम्य फेरी कहाँबाट आए हो ?) – “ राजाको यहाँ
नोकरी गरेको भनि निबर्स र राजाले के चाहन्छ र नोकरले के गर्नु पर्छ भन्ने तिमीलाई
थाहा भए पनि म तिमीहरुलाई स्मरण गराउन चाहन्छु । राजाको काममा बसेकाहरुले सँधै होशियारी भएर
बस्नु पर्छ । ज्यादा कुरा गर्नु हुन्न, काम गर्नु पर्छ । सोधपुछ गरेको बेला मात्र
सल्लाह दिनु हुन्छ र पहिले नै जान्ने भएर बोल्नु हुन्न । बेला बखत हेरी राजाको
प्रशंसा गर्नु पर्छ । सानो कुरा किन नहोस् सबै कुराको राजालाई थाहा दिएर मात्र
गर्न पाइन्छ । राजा भनेको मानिस स्वरुप लिएका वास्तविक आगो हो । राजाको साह्रै
नजिक पनि नजानु र नभेट्टिने गरी ज्यादै टाढा पनि नबस्नु । राजाले पत्याएमा महान
अधिकार पनि पाउन सकिन्छ, तापनि तुरुन्त अपदस्त पनि हुन सकिन्छ भन्ने कुरा भुझेर
उनिसित उचित ब्यबहार गर्नु पर्ने हुन्छ । राजामा अति बिश्वास राख्नु मूर्खता हुनेछ
। राजाको माया पाइयो भनेर उनको सवारी साधनमा, उनि बस्ने ठाउँमा र उनको रथमा कोही
बस्नु हुँदैन । राजाको नोकर सँधै जाँगरिलो र आत्म संयमी हुनु पर्छ । राजाले मान
ग-यो भनेर धेरै खुशि हुनु हुँदेन । अनादर गरे पनि धेरै खिन्न हुन हुँदेन ।”
(#खाईस् ल्वाप्पा युधिष्ठिर / पाण्डवहरु, क्या अर्ति राजालाई राजाको बारेमा) ।
“आफुलाई बिश्वास गरेको गोप्य कुराहरु
प्रकाश गर्नु हुँदेन । नागरिकहरुबाट कुनै बस्तु उपहार स्वरुप लिन हुँदेन,
लिनै पर्ने बाध्यता भएमा राष्ट्रलाई वा राजालाई नै लगेर बुझाउनु पर्छ । अरु
नोकरहरुको डाह गर्नु हुँदैन । राजाले बुद्धिमानहरुलाई छोडेर मूर्खहरुलाई ठूला ठूला पदहरुमा राख्न सक्छन् । यस्ता
बेढंगका कुराहरुलाई बेवास्ता गर्नु पर्छ । दरबारका केटीहरु सित कुनै मानिस अति
सावधानी हुन सक्तैन । र, तिनीहरु प्रति असिष्टताको ब्यबहारको भावना रतिभर पनि हुनु
हुँदेन ।” अनि धौम्यले पाण्डवहरुलाई आशिर्बाद दिएर भने – “ एक वर्ष लाई राजा
बिराटको यसरी सेवा गरी बिताउनु र त्यस पछि तिमीहरुको गुमेको गद्दी फिर्ता पाई
तिमीहरुले शेष दिनहरु सुखमा बिताउने छौ ।”
No comments:
Post a Comment