Post 47 ४७ प्रतिज्ञा (वचन) पूरा गरे (Promise Fulfilled)
रत्नमान डंगोल
अर्जुनको रथ पृथ्वी थर्कने गरी अगाडि बढे । गान्धीब धनुषको ट्वांग आवाज गुन्जे पछि कौरबहरुको मुटु थर्क्यो । “हाम्रो फौजलाई राम्ररी तथा बिचार पूर्बक मिलाउनु पर्छ । अर्जुन आएको छ” भनि द्रोणले चिन्ता लिएर भन्यो । द्रोणले चिन्ता लिएर अर्जुनलाई महत्व दिएको कुरा दुर्योधनलाई बिलकुल मन परेन । उनले कर्णलाई भने –“ पाण्डवहरुको वाचा अनुसार उनीहरुले बाह्र बर्ष वनमा र एक बर्ष गुप्तवास बिताउनु थियो । तेह्रौँ बर्ष अझ सम्म सकिएको छैन । अर्जुन समय नसकी अहिले देखा परेको छ । हामी किन डराउनु पर्ने । पाण्डवहरु फेरी अर्को बाह्र बर्ष वनवासमा जानु पर्ने छ । अती जानिफकार भएका द्रोणको खुट्टा चिसो भएको छ, चल्न सक्तैन, अगाडि बढ्दैन । उनलाई छोडेर हामी युद्ध गर्न अगाडी बढौँ ।” कर्णले सहमत गरेर भने –“हाम्रा सैनिकहरुको मन युद्ध गर्नमा छैन । तिनीहरु डरले काँपिरहेका छन् । (#॥के गर्ने ? अर्जुनको नाम नै तर्साउनको लागि प्रयोग भई रहेको छ । भूत आयो ! राक्षस आयो ! भने जस्तै॥)। तिनीहरु भन्छन् कि हातमा धनुष लिई हामी तिर बढी रहेका त्यस्तो फूर्तिलो देखिएका मानिस अर्जुन हो । तर परशुराम नै भए पनि डराउनु पर्ने किन ? म एक्लैले त्यस बढिरहेका लडाकुलाई रोक्ने छु । तिमीलाई म वचन दिन्छु । अरु सबै जना पछाडि बसे पनि हर समय म एक्लै उनि सित लड्ने छु । म एक्लैले अर्जुनलाई युद्धमा अलमलाएर राखेको बेला अरुहरुले लड्न नपर्ने बेलामा मत्स्य देशको राजाको गाईहरु धपाई लगे हुन्छ ।” अनि कर्णले सदा झैँ आफ्नो शंख फुक्न लाग्यो ।
कृपाचार्यले कर्णको कुरा सुने पछि भने –“यो त खुद मूर्ख कुरा हो । हामीहरु सबै जना मिलेर अर्जुनलाई आक्रमण गर्नु पर्छ । हामीहरुको सफल हुने मौका त्यही हुने छ । त्यसकारण सहायता नलिई उनलाई एक्लैले रोक्ने धक्कु नलगाउ कर्ण” । कर्णले रिसाएर भने –“आचार्य अर्जुनको कीर्ति गाएर उनको पराक्रमलाई बढाएर सदा खुशि मान्छन् । उनले यसो भनेको डराएर हो कि अथवा पाण्डवहरुलाई अत्यधिक मन परेर हो, म बुझ्दिन । डराएकाहरुले युद्ध गर्नु पर्दैन, तर आफुले खाएको निमक सोझो गरी युद्ध गरेको हेरी मात्र रहे पुग्छ । साथिलाई माया गर्ने र शत्रुलाई घृणा गर्ने सिपाही मात्र भएका म एक्लैले यहाँ खडा भएर युद्ध गर्ने छु” । शत्रुलाई माया गरी उनिहरुको गुण गाउने र बेदहरु पढेका मानिसहरु यहाँ के कामले आएको हो ?”
(#॥दुर्योधनका आडहरु – भीष्म, द्रोण, कृपा, कर्ण, अश्वत्थामा इत्यादी नभएको भए त उसमा आँट कहाँबाट आऊँथ्यो ? तिनीहरु सबै दुर्योधनको पतनका कारणहरु हुन, नभएको भए दुर्योधनले पाण्डवहरु सित टक्कर लिने सोच्दै सोच्दैन थे - आजकलका हतियारहरु जस्तै॥) .
आदरणीय गुरुहरुलाई कर्णले गरेको दुर बचन द्रोणका छोरा, कृपाको भानिज (कृपाचार्यको बहिनी कृपीसंग द्रोणाचार्यको बिबाह भएकोले) अश्वत्थामाले चुप लागि सहन सकेन । अश्वत्थामाले भयंकर कडा बोलिले भने –“हामीले अहिले सम्म राजा (दुर्योधन)लाई हस्तिनापुर फर्काएर लगेका छैनौँ । युद्ध जित्नु त पर कै कुरा छ । तिम्रो फुर्ति बिनसित्तै मुर्ख्याइको छ । हुन सक्छ हामीहरु क्षेत्रियहरु होइनौँ; बेद र शास्त्र पढने जातका हौँ । तर पासाको खेल गरी बेइमानीले राज्य खोसेर लिनु राजाको इज्जत हो भन्ने कुनै शास्त्रमा मैले पढ्न पाएको छैन । युद्ध गरेर राज्य जित्नेहरुले पनि जितेँ भनेर ठूलो स्वर गरेर हल्ला गर्दैनन् । फूर्ति गर्न तिमीले के काम गरेका छौ ? त्यो पनि मैले देख्न पाएको छैन । आगो बोल्दैन तैपनि भोजन पकाई दिन्छ । सूर्य दिन दिनै उदाउँ छ, तैपनि आफ्नो लागि होइन । पृथ्वीमाताले एउटा श्वास जति पनि दु:ख नमानि चल-अचल सब कुरालाई थामेको छ । भार बोकेको छ । पासाको खेलमा बेइमानी गरी अर्काको राज्य खोसेर लिने क्षेत्रीय प्रशंसा के मा छ ? पाण्डवहरुको राज्य बेइमानी गरेर लिनु अन्जान चराहरुलाई पासो थाप्नु भन्दा ठूलो कीर्तिमानको कुरा होइन । ओ दुर्योधन, ओ दानबीर कर्ण कुन युद्धमा तिम्रा बीरहरुले पाण्डवहरुलाई हराएका थियौ ? (#॥ओ अश्वत्थामा, अधर्मी नकचरा भीष्मको नाम पनि लिएको भए हुन्थ्यो नि !॥) । तिमीहरुले द्रौपदीलाई सभामा घिसारेर बेइज्जत गरेका थियौ, के तिमीहरुले यसलाई गौरबका कुरा मानेका छौ ? (#॥सबै भन्दा खुशि त भीष्म नै भएको हुनु पर्छ॥) । सुगन्धको लोभले श्रीखण्डको रुख काटेर नाश गर्ने बुद्धि नभएका मूर्खले जस्तै कौरब बंशलाई नाश गरेका छौ । अर्जुन सित युद्ध गर्नु र पासा हान्नुमा धेरै फरक छ भन्ने कुरा तिमीहरुले थाहा पाउने छौ । गान्धिब धनुषबाट तीखा तीखा बाणहरु हानेर पठाउने भनेको पासाको खेलको दुवा र चौका जस्तो होइन । घमण्डि मूर्खहरु, के शकुनिले छल कपट गरी तिमीहरुलाई लडाईँ पनि जितेर दिन सक्छ भनेर ठानेका छौ ?” कौरब सेनाका नायकहरु जागा-जाग भई ठूलो स्वरले भना भन गरे । त्यसमा दू:ख मानेर भीष्म पितामहले भने –“ बुद्धिमान मानिसले गुरुहरुको अपमान कहिल्यै गर्दैन । (#॥द्रौपदीको मात्र बेइज्जति गर्छ र गरेको हेरी रहन्छ॥) । समय, ठाउँ र परिस्थितिको राम्ररी बिचार गरे पछि मात्र युद्ध गर्नु पर्छ । बुद्धिमान मानिसहरुले पनि बारम्बार आफ्नो कार्यमा होस् हवास् गुमाएको छ । अक्सर सतर्क रहने दुर्योधनले पनि रिसले खलबलेर हाम्रो फौजलाई ताकेर उभिने अर्जुन हो भनि चिन्न सकेन । उसको बुद्धिलाई क्रोधले धमिल्याएको छ । ओ अश्वत्थामा, कृपया कर्णको दोषी कुरामा ध्यान नदेउ । गुरुलाई जाग्रत गराउन मात्र खोजेको भनि ठानेर तिमी आफ्नो कार्यमा लाग्नु पर्छ । शत्रुतालाई कोट्याउनु वा मतभेदको बिउ छर्ने यस बेला ठीक होइन । सो कुरालाई बिर्सी द्रोण, कृपा र अश्वत्थामाले कर्णलाई माफी दिनु पर्छ । वैदिक र क्षेत्रिय बीरता दुबैमा ज्ञान प्राप्त आचार्य द्रोण र उनका पुत्र अश्वत्थामा भन्दा सर्बोत्तम बीरहरु बिश्वमा कौरबहरुले कहाँ पाउन सक्छ ? द्रोण सित बराबरी हुन सक्ने परसुराम सिबाय अरु कुनै हामीलाई थाहा छैन । हामीहरु सबै मिलेर लड्यौँ भने मात्र अर्जुनलाई पराजय गर्न सकिन्छ । हाम्रो अगाडी आई परेको कार्यमा लागौँ । हामी आ-आफै झगडा गर्ने तिर लाग्यौँ भने हामी अर्जुन सित लडन सक्ने छैनौँ” । (#॥चापलुसि गर्न त भीष्म संग कसैले सिकोस् – त्यसैले त केही पनि जिम्मेदारी काम नगरी ईच्छा मरणको बरदान लिएर मोज मस्तिमा समय बिताउन पाएको छ”।॥)।
पितामह भीष्मले यसरी बोलेर उनका भद्र राजकुमारहरुमा धैर्य गरेर रीसको भावनाहरु छुटाएका थिए । भीष्मले दुर्योधन तिर हेरेर फेरी भन्यो –“हेर सर्ब श्रेष्ठ राजा अर्जुन आई सकेको छ । कबोल गरेको तेह्र बर्षको म्याद हिजोको दिन सकिएको थियो । तिम्रो हिसाब गलत भएको छ । ग्रह गति जानेकाहरुले तिमीलाई भन्नेछ । मलाई थाहा थियो कि अर्जुनले शंख बजाएको बेला त्यो म्याद सकिएको थियो । युद्ध निश्चित गर्नु अघि बिचार गरेर सोचनु । यदि पाण्डवहरु सित तिम्रो मेल गर्ने इच्छा छ भने यसको लागि उपयुक्त मौका यहि हो । न्यायपूर्ण आदरयुक्त इज्जतको शान्ति वा आपसि ध्वंसात्मक युद्ध मध्ये तिमी कुन चाहन्छौ ? राम्ररी ध्यान दिएर तिम्रो इच्छाको कुरा गर ।” (#॥हे भीष्म पितामह, तपाईँले किन दुर्योधनलाई सोध्नु परेको, तिमीले जे चाहन्थ्यौ सो दुर्योधनलाई गराउन सक्थ्यौ ।) । दुर्योधनले जवाफ दियो –“आदरणीय पितामह, मेल गर्ने मेरो इच्छा छैन । पाण्डवहरुलाई एउटा गाँउ पनि दिन्न, युद्धको तयारीमा लागौँ” । (#॥त्यत्रो भयंकर आडहरु भए पछि किन डराउने ? मेल गर्ने इच्छा नभएको होइन, भने जस्तो पाण्डवले मानेमा त ठिकै थियो नि !॥) । त्यस पछि द्रोणले भन्यो – आफुलाई सुरक्षा गर्न दुर्योधनले चौथो खण्ड फौज लिएर हस्तिनापुर फर्कुन्, अर्को चौथि खण्डले गाईहरुलाई घेरा लगाई बन्दी गरी दिनु । यदि गाईहरु नलिई हामीहरु फर्क्यौँ भने पराजय मानी आएको सम्झिने छ । बाँकी आधा सेना लिएर हामीहरु पाँचै जनाले उर्जुन संग लडौँ” । त्यसै अनुरुप कौरब सेनाहरु युद्धको पंक्तिमा मिलाए ।
अर्जुनले भने –“ओ बिराट पुत्र उत्तर, मैले दुर्योधनको रथ र उस्लाई पनि देख्दिन । मैले कवच लगाएका भीष्मलाई देख्छु । दुर्योधनले गाईहरु हस्तिनापुर तिर धपाई लगिरहेको जस्तो मलाई लागेको छ । पहिला हामीहरु उस्लाई लखेटी गाईहरु फर्काऔँ” । यति कुरा गरेर कौरब सेनालाई छोडेर अर्जुन दुर्योधन र गाईहरुको पछि लागे । गान्धिब धनुष खिँचेर गुरुहरु र बृद्ध पितामहको चरण निर पर्ने गरी बाणहरु हानेर अर्जुनले आदर पूर्बक उनिहरुको बन्दना गरेका थिए । बीरता देखाई उनिहरुलाई भक्ति पूर्बक प्रणाम गरेर अर्जुनले तिनीहरुलाई छाडेर दुर्योधनको पछि लागे ।
अर्जुन गाईहरु जम्मा गरेको ठाउँमा पुग्यो । त्यस लुटेरा फौजलाई तितर बितर गरी दियो । अनि गोठालाहरुतिर हेरेर गाईहरु गोठमा लैजानलाई आदेश दिए । उनिहरुले खुशि मानेर सो काम गरे । त्यस पछि अर्जुनले दुर्योधनलाई लखेट्यो । यो देखेर भीष्म र अरु कौरबहरु सुरक्षाको लागि दौडि गए । घेरा लगाई अर्जुन तिर बाणहरु हाने । अर्जुनले अपूर्ब युद्ध गरेका थिए । पहिले कर्णलाई आक्रमण गरी रणभूमीबाट भगाए । त्यस पछि द्रोणलाई हमला गरी पराजय गरे । गुरु द्रोण बसिरहेको देखेर उनका छोरा अश्वत्थामा युद्धमा शरिक हुन पुगे । अर्जुनलाई हमला गरे । त्यसले गर्दा गुरु द्रोणलाई रणभूमीबाट हटाई पठाउने मौका पाए । त्यस पछि अर्जुन र अश्वत्थामा बिच घमासानको युद्ध भयो । अश्वत्थामा थाके पछि कृपाचार्यले अश्वत्थामालाई पालो फेर्न आए । अर्जुनसंग युद्ध जारी राखे । तर कृपाचार्यले पनि हार माने । जम्मै फौज तितर-बितर भएर डरले भाग्न थाले । भीष्म, द्रोण र अरुहरुले फौज बटुली हमला गरे ता पनि तिनीहरु बिचमा युद्ध भएन । अन्तमा भीष्म र अर्जुन बिच गौरबमय युद्ध भए पछि सबैले युद्धभूमि छोडेर गए । त्यस गौरबमय युद्ध हेर्न देबताहरु पनि आएका थिए । दुर्योधन माथि अर्जुनको लखेटाई रोक्ने प्रयास यसरी असफल भए पछि अर्जुनले तुरुन्तै दुर्योधनलाई भेटाएर धुमधामसंग हमला गरे । दुर्योधन पराजित भए । रणभूमीबाट भागे । तर धेरै टाढा नपुग्दै अर्जुनले उसलाई डर छेरुवा भनि जिस्काए पछि सर्प घुमे जस्तै गरी दुर्योधन घुमेर आई फेरी युद्धमा सरिक भएको थियो । भीष्म र अरुहरुले घेरा हालेर दुर्योधनलाई बचाएका थिए । अन्तमा अर्जुनले टुनाको अस्त्र प्रयोग गरे । सबैलाई रणभूमिमा बेहोस पारेर लडाई दिए । (#॥तर सो अस्त्रले भीष्मलाई त छुएको थिएन है !॥) । त्यस अवस्थामा भीष्मको बाहेक सबैको लुगा फुकालेर लियो । शत्रुहरुको लुगाहरु लुटेर लैजानु त्यस जमानामा बिजयको निशाना मानिन्थ्यो । भीष्मले दुर्योधनलाई हस्तिनापुर फर्काई पठाई दियो । बेइज्जतले पराजय भए पछि जम्मै सेनाहरु हस्तिनापुर फर्कि गएका थिए । अर्जुनले भने – “ओ राजकुमार उत्तर, रथ फर्काउ । हाम्रा गाईहरु फर्कि सकेका छन् । शत्रुहरु भागी सकेका छन् । राजकुमार तिम्रो शरीरमा चन्दन लगाएर, फूलको माला लगाएर राजधानी तिर फर्क ।” फर्कि आउँदा बाटोमा अर्जुनले अघिको जस्तै रुखमा शस्त्रहरु राखिदियो । फेरी बृहन्नलाकै पोशाक लगाए । राजकुमार उत्तरले गौरबमय बिजय प्राप्त गरेक थिए भनि देश भरी नै प्रचार गर्न अर्जुनले दूतहरुलाई अघिबाटै पठाई सकेको थियो ।
४८ बिराटको भ्रम (King Viraat’s Delusion) रत्नमान डंगोल
No comments:
Post a Comment