Monday, June 17, 2013

post 15 लाक्षाको दरबार

१४ लाक्षाको दरबार
Ratna Man Dongol
 
 
भीमको शारीरिक बल र अर्जुनको दक्षता देखेर दुर्योधनको इर्ष्या बढदै गयो । धुर्त कुटनिति गर्ने योजनामा दुर्योधनको दुष्ट सल्लाहाकार शकुनि थिए । धृतराष्ट्र बुद्धीमान थिए र भाईका छोराहरुलाई माया पनि गर्दथे । तर उनको मन दरो थिएन । कमजोर भएको कारणले पक्षपाति भएर आफ्ना छोराहरु तिर लागेका थिए । छोराहरुको लागि ठूला ठूला दुष्कर्महरु गरी जाना जानि कुमार्गमा हिँडने गर्दथे । पाणडवहरुलाई मार्ने अनेक किसिमका उपायहरु खोज्न तिर दुर्योधन लागे । आफ्नो परिवारलाई महान पापबाट बचाउन खोज्ने बिदुरको गोप्य सहायताले पाणडवहरुले ज्यान बचाउन सकेका थिए । दुर्योधनको नजरमा पाणडवहरु उपरको रीस यो थियो कि देशका जनताहरुले उनिहरुको प्रशंसा गर्ने र बेला कुबेला जहिले पनि युधिष्ठिरलाई नै राजा हुन योग्य भन्दथे, सो कुरा खुलम खल्ला प्रचार गर्दथे । जनताहरु जम्मा भएर बहस गर्ने गर्दथे । “धृतराष्ट्र जन्म अन्धो भएकोले कदापि राजा हुन सक्दैन, उनले राज्य हात पार्नु उचित छैन । भीष्मको राजा नहुने प्रण र सत्यबादी भएकाले राजा हुने छैन । त्यसकारण युधिष्ठिरलाई नै राजाको अभिषेक दिनु पर्छ । उनले मात्र न्याय पु-याइ कुरु बंशको राज्य चलाउन सक्छ । जनताहरुले जता ततै यस्ता कुरा गर्दथे ।” (#॥ किन भने जनताहरुलाई थाहा थिएन कि पाण्डवहरु पाण्डवका सन्तान होइन, अत: कुरु बंशका होइन । उनिहरुलाई असल भएर हिँडनु बाहेक अरु उपाय थिएन ।॥)। ती कुराहरु दुर्योधनको कानमा बिष जस्तो भयो । रीश उठाउने भयो । डाहले जलायो । उनि धृतराष्ट्र कहाँ गए । जनताको कुरालाई कडा संग प्रतिपाद गरी भन्न लागे –“पिताजी, जनताले सरोकार नभएको बकबासको कुरा गर्द छन् । तिनिहरुले भीष्म र तपाईँ जस्ता आदरणीय पुरुषको पनि कुनै सनमान राख्दैनन् । तिनीहरु भन्दछन् कि युधिष्ठिरलाई छिटै राजाको अभिषेक दिनु पर्छ । यसले हामीलाई बिपद आउने छ । तपाईँ अन्धो भएको कारणले गर्दा तपाईँलाई हटाई तपाईँका भाइ राजा भएका थिए । यदि युधिष्ठिर आफ्ना बाबुको ठाउँमा हुने भयो भने हामी कहाँ जाने ? हाम्रा सन्तानको के गति हुन्छ ? युधिष्ठिरका शेष पछि उनका छोरा,उनका छोरा पछि छोरा राजा हुने हुन्छ । हामीहरुलाई खान लाउन पनि उनिहरुको अधिनमा बस्नु पर्ने हुन्छ । त्यसरी बस्नु भन्दा त नरक मै बस्नु जाति हुन्छ” । यी कुराहरु सुनेर धृतराष्ट्रले गौर गरेर भने –“प्रिय छोरा, तिमीले भनेको कुरा ठिक हो । त्यसो भएता पनि, युधिष्ठिरले धर्मको बाटो छाड्ने छैन । त्यस्ले सबैलाई माया गर्छ । उनि सित स्वर्गबास भएको उनको बाबुको सबै उत्तम गुणहरु छन् । दुनियाँले उनको प्रशंसा गरेर उनलाई बलिया तुल्याउँछ ।  पाण्डुको भद्र ब्यबहारले गर्दा उनलाई प्रेम गर्ने राज्यका मंत्रिगणहरु सबै र सेनाध्यक्षहरुले पक्कै पनि उनको समर्थन गर्ने छन् । प्रजाहरुको हकमा, तिनीहरुले उनलाई आदर्श मान्दछन् । उनिहरुको बिरोध कुनै हालतमा पनि गर्न सक्दैनौ । यदि हामिले अन्याय ग-यौँ भने शहर बासिहरुले बिद्रोह गरी यात हामीलाई मार्ने छन् वा देश निकाला गर्ने छन् । हाम्रो खालि बदनाम मात्र हुने छ ।दुर्योधनले जवाफ दिए –“तपाईँका डरहरु सबै निराधार छन् । भीष्मज्यू सर्बथा तटष्ठ रहनु हुन्छ । अस्वत्थामा मेरो भक्त छ । यसको माने उनका बुबा द्रोण र मामा कृपा पनि हाम्रो पक्षमा हुनेछ । बिदुर शक्तिशालि नभएको कारण उनले खुलम खुल्ला हाम्रो बिरोध गर्न सक्ने छैन । पाण्डवहरुलाई तुरुन्त वारणावत पठाई दिनुस् । म सत्य सत्य कुरा भन्दछु, मेरो दु:खको भाँडो भरी सकेको छ । अब म सहन सक्तिन । मेरो हृदय छिया छिया परेको छ, मलाई निदाउन नसक्ने तुल्याएको छ । मेरो जीवनलाई आँधि बेरी समान तुल्याको छ । पाण्डवहरुलाई वारणावत पठाए पछि हाम्रो पक्षलाई बलियो पार्ने काममा लाग्न सकिने छ” ।  त्यस पछि केही राजनितिज्ञहरुलाई आफ्नो पक्षमा कुरा गर्न दुर्योधनेले राजा कहाँ पठाए । कनिक भन्ने शकुनिको मन्त्रिले नेतृत्व गरेका थिए । उनले भने – “महाराज, पाण्डुका छोराहरु देखि होसियार हुनुस् । किनभने तिनीहरुको कल्याण र प्रभाव भन्नु तपाईँ र तपाईँका छोराहरुको विपद हो । तिनीहरु तपाईँका भाइका छोराहरु हुन् । (#॥पाण्डुका छोराहरु हैन भनेर कसैलाई पनि थाहा छैन॥) नाताहरु भनेको जति नजिक र घनिष्ट हुन्छ उतिकै भयंकर बिपदको पनि हुन सक्छ । तिनिहरु धेरै शक्तिशालि छन् । रिशानि माफ होस्, राजा भनेको नामले मात्र होइन कामले पनि बलिया हुन पर्छ । कहिल्यै नदेखाएको बल प्रति कसैले पनि बिश्वास गर्दैन । राज काजका कार्यहरु गोप्य राख्नु पर्छ । दुनियाँलाई दिएको राम्रो योजनाको संकेट स्वरुप कार्यान्वयन प्रदान गरी हाल्नु पर्छ । दुष्टहरुलाई तुरुन्तै निर्मुल पारी हाल्नु पर्छ । किन भने, शरीरमा काँडाहरु रहन दियो भने तिनिहरुले अवश्य पनि घाउ पार्ने छन् । बलिया निर्बलिय सबै शत्रुहरुको नाश गर्नु पर्छ । लापरबाही भयो भने एउटा सानो झिल्काले पनि जंगललाई नाश गर्न सक्छ । बलिया शत्रुलाई चतु-याँईले नाश गर्नु पर्छ, उनिहरु माथि दया माया गर्नु मुर्ख्याँई  हुनेछ । ओ राजा पाण्डुका छोराहरु देखि होस गर्नुस्, तिनिहरु धेरै शक्ति शालि छन्” । दुर्योधनले भने –“मैले धन र मान दिएर राजाका सेवकहरुको सदिक्षा किनि सकेको छु । मंत्रिगणहरुलाई हाम्रो पक्षमा गरी सकेको छु । यदि तपाईँले पाण्डवहरुलाई फकाइफुकाई जान मनाउनु भयो भने देश र सबै राज्य हाम्रो पक्षमा हुने छन् । यहाँ तिनीहरुको एउटा पनि मित्र हुने छैन । राज्य हाम्रो भै सके पछि हामीलाई हानी पु-याउने शक्ति उनिहरुमा हुने छैन । त्यस पछि उनिहरुलाई फिर्ता आउन दिन पनि सकिन्छ” । आफैले पत्याउन खोजेको कुरा धेरै जनाले भने पछि धृतराष्ट्रको मनमा हलचल मच्चियो । आफ्ना छोराहरुको पक्षमा सहमति जनाए । अब षदयन्त्र सफल मात्र बाँकि भयो । पाण्डवहरुले सुन्ने गरी मंत्रिगणले वारणावतको प्रशंसा गर्न थाले । त्यहाँ शिबको जात्रा धुमधाम संग मनाउन लागेको बयान गरे । हेर्न योग्य भएर मात्र होइन, त्यहाँका जनताहरु तिनिहरुको स्वागत गर्न उत्सुक भएको कारणले त्यहाँ गएर तिनिहरुले पक्कै पनि मेला हेर्नु पर्छ भने । बिशेष गरेर धृतराष्ट्रले पनि बताए पछि निशंका भएका पाण्डवहरुले सजिलै सित माने । भीष्म र अरु ठूलाबडाहरुसंग बिदावारी भै पाण्डवहरु वारणवत गए । दुर्योधनको हर्षको सिमाना रहेन । वारणावतमा कुन्ती र पाण्डवहरुलाई मार्ने योजना शकुनिसंग मिलेर बनाए । यस्मा कर्णको सहमति थिएन । तिनिहरुले मंत्रि पुरोचनलाई बोलाउन पठाए । इमान्दारीका साथ कार्यान्वयन गर्न उनलाई बाध्य गराएर गोप्य रुपमा गर्नु पर्ने कामहरु बताए । पाण्डवहरु पुग्नु अगावै वारणावत पुगेर उनिहरुको स्वागतको लागि पुरोचनले एउटा सुन्दर दरबार बनाउन लगायो । भवन तयार गर्न जुट्, लाहा, घ्यू, तेल र बोसो जस्ता सजिलै सित सल्कने बस्तुहरुको प्रयोग गरेका थिए । गारोहरुमा लेपिएका बस्तुहरुमा पनि त्यस्तै बस्तुहरुको प्रयोग गरिएको थियो । उनले भवनको ठाउँ ठाउँमा आगोले सजिलै संग टिप्ने खालका बस्तुहरु राख्न लगाएका थिए । सब भन्दा सजिलै सित आगो सल्कने ठाउँमा निमन्त्रितहरु बस्ने र सुत्ने सामानहरु राखिएका थिए । शहरमा निडरका साथ बस्नको लागि आवश्यक प्रत्यक्ष सुबिधाहरुको राम्रो प्रबन्ध मिलाइएको थियो । पाण्डवहरु लाक्षा गृहमा बसे पछि मस्त निदाएको बेला आगो लगाई दिने योजना थियो ।
 
 
क्रमाश:
१५ पाण्डवहरु भाग्न सफल

No comments:

Post a Comment