५ देबयानी र कच
Ratna Man Dongol
परापूर्बकालमा तिनै लोकको अधिपत्यको लागि देबताहरु र असूरहरुको बिच
घमासानको युध्द चलेको थियो । दुबै पक्षका लडाकुहरुको आफ्ना आफ्ना सुप्रसिध्द
गुरुहरु थिए । वेदज्ञानमा पारंगत भएका बृहस्पति देबताहरुको दिक्षा गुरु थिए भने
असूरहरु शुक्राचार्यको गहिरो बुध्दिमताको आधारमा मरेकालाई जिउताउने संजिवनिको
गोप्य मंत्र थियो । लडाईंमा मरेका असुरहरुलाई पुनर्जिवन दिई देबताहरुसंग फेरि फेरि
युध्द गर्न आई रहन्थे । शत्रुहरुसंगको लामो युध्दमा देबताहरुलाई ठूलो बिपद भएको
स्वभाबिक थियो । देबताहरु बृहस्पतिका छोरा कच कहाँ गएर उनको सहायता मागे ।
शुक्राचार्यका शरणमा गएर उनका चेला बन्न उनलाई मनाउने योजना गर्न कचसंग देबताहरुले
प्रार्थना गरे । एकफेरा घनिष्टता र बिश्वास दिलाए पछि राम्रो वा नराम्रो उपायले
संजिवनि बिद्या खुसकाउन र देबताहरुले भोगि
आएको दु:ख कष्टहरु दूर गर्नु उनको कार्य थियो । कचले उनिहरुको अनुरोध स्वीकारे र
असूरहरुको राजा बृशपर्वाको राजधानिमा बसेका शुक्राचार्यलाई भेट्न गए । उनले
नम्रभावले प्रणाम गरी उनलाई सम्बोधन गरी भने – “म अंगिरस ऋषिको नाती बृहस्पतिको
छोरा हुँ । तपाईँलाई गुरु मानी ज्ञान सिक्न आएका एउटा ब्रह्मचारी हुँ ।” नीति यो थियो कि ज्ञानी शिक्षकले आफुसंग
ज्ञान सिक्न आएका योग्य शिष्यलाई नामन्जुर गर्न हुँदैन । यसर्थ शुक्राचार्यले
मञ्जुर गरे र भने – “म तिमीलाई ठूलो इच्छाले शिष्य बनाउन स्वीकार गर्दछु । यसै गरी
बृहस्पतिलाई मेरो आदर देखाई रहनेछु ।” कचले गुरुको घर गृहस्तिमा ठेकिएका कार्यहरु
गरेर शुक्राचार्यको धेरै बर्ष सम्म सेवा गरे । शुक्राचार्यको देबयानी भन्ने एउटी
राम्री छोरी थिईन । बाबुले उनलाई अति धेरै मन पराउँथे । कच गीत गाएर, नाचेर, गफगरी,
उनको सेवा गरी उनलाई प्रसन्न गर्न तिर लागे र आफ्नो ब्रह्मचार्यको ब्रतलाई कुनै
किसिमले नडगाई उनको माया पाउन सफल भएका थिए । असूरहरूले त्यसको चाल पाउन लागे पछि,
शुक्राचार्यबाट कुनै किसिमले संजिवनि बिद्या खुस्काउने कचको उद्देश्य थियो भनि
शंका लागेर उनिहरुलाई चिन्ता भयो । स्वभबत: आउन सक्ने आपत बिपदलाई रोक्न त्यसबाट
बच्न चाहे । एक दिन कच गुरुका गाई बस्तुहरु चराउन लागि रहेको बेला असूरहरुले
तिनलाई समाति टुक्रा टुक्रा पारी उनको मासु कुकूरहरुलाई ख्वाए । गाई बस्तुहरु बिना
कच फर्केर आएकोले देबयानीलाई चिन्ता भयो भयो र ठूलो स्वरले बिलौना गरी बाबु कहाँ
दौडेर गईन । तिनले रोएर भनिन् – “घाम अस्ताई सक्यो, तिम्रो रात्रीको अग्नि होम भई
सक्यो, कच अहिले सम्म घर फर्केर आएको छैन, बस्तुहरु आफै आएका छन् । कचलाई कुनै
बिपद परेको छ कि , उनि बिना म बाँच्न सक्तिन” । मन पराउने बाबुले सञ्जिवनि मन्त्र
प्रयोग गरे र मृतक नवयुबक प्रकट होउ भनि बोलाए । कच तुरुन्तै बाँचेर आए, हाँसि
हाँसि गुरुलाई प्रणाम गरे । देबयानीले उनि ढिला भएको कारण सोधिन् । कचले जवाफ दिए
कि गाई चराइ रहेको बेला अचानक असूरहरुले हमला गरी आफुलाई मारी दिएको कुरा बताए ।
कसरी पुन: जिएर आए उनलाई थाहा भएन । तर फेरि बाँचेर त्यहाँ उपस्थित भयो । अर्को
कुनै बेला देबयानीको लागि फूल टिप्न कच जंगल तिर गएका थिए । फेरी असुरहरुले समातेर
उनलाई मारे । उसको मरेको शरिरलाई लेदो बनाएर समुद्रमा फालि दिए । धेरै बेर सम्म
पनि उनि फर्कि नआएकोले देबयानी पहिला जस्तै बाबु कहाँ गईन् । बाबुले संजिवनि
द्वारा कचलाई फेरि जिउँताई दिए । र, के के भएको हो कचबाट सबै कुरा सुने । फेरी
तेस्रो पटक असूरहरुले कचलाई मारे , खुब बिचार गरी उस्को मासुलाई पहिले पोले र,
त्यस्को खरानि रक्सिमा मिसाइ शुक्राचार्यलाई दिए । शुक्राचार्यले कुनै शंका नगरी
सो रक्सी पिए । फेरि पनि गोठाला बिना गाईहरु आए । कच प्रति भएको पीरको कुरा लिएर
देबयानी फेरि बाबु कहाँ गए । शुक्राचार्यले छोरीलाई धैर्य गर्न भने र भने-“कचलाई
बारम्बार जियाई सकेँ ता पनि असूरहरु उसलाई मार्न मै ब्यस्त भएको देखिन्छ । हेर,
काल भनेको सबैलाई आउने नै हो । तिमी जस्ता ज्ञानी ब्यक्तिले यस्तो कुरामा शोक
गर्नु उचित होईन । जवानी, शोभा तथा संसारका मित्र भाव सबै तिम्रो जिन्दगीमा नै छ ।
देबयानीले कचलाई दिलै देखि प्रेम गरेकी थिइन् । संसारको सृष्टि भए देखि नै दु:खको
बिलौना भनेको कहिल्यै निको गर्न सकिएको
छैन । देबयानीले भने – “अंगिरसको नाती, बृहस्पतिको छोरा कच निर्दोषि लडका थिए ।
उनि भक्त थिए र हामिहरुको सेवा गर्न अथक थिए । मैले उनलाई प्रेम पूर्बक धेरैमाया
गरेको थिएँ । अब उनि मरेकाले मेरो जिन्दगी उजाड र असह्य भएको छ । त्यसैले अब म
उनकै बाटो लाग्छु । भन्दै देबयानीले अनसन बस्न थालिन । छोरीका सुर्ताले दिल दुखेका
शुक्राचार्य त्यस असूरहरु देखि धेरै रिसाए र कचलाई मारेकोमा उनिहरुमा अघोर पाप
चर्कैसंग बज्रने छ भन्ने उनको मनमा लागेकोले संजीवनि मंत्र पढेर प्रकट होउ भनि
कचलाई आह्वान गरे । संजीवनिको प्रभावले शुक्राचार्यको शरीर भित्रका रक्सीमा परेका
कचले जीवन पाइ यता उता चल्न थाले । तर आफु रहेको ठाउँ बन्द भएकोले बाहिर आउन सकेन
र त्यहाँवाट आफ्नो नाम मात्र भन्न सके । रीसका साथै गजब मानेर शुक्राचार्यले कराएर
भने – “ ओ ब्रह्मचारी, तिमी कसरी मेरो पेट भित्र पुग्यौ? के यो पनि असूरहरुकै काम
हो कि? यो त साँचै नै नराम्रो कुरा हो, यसले मलाई असूरहरुलाई तुरुन्तै मारेर
देवताहरुसंग मिल्न जाने मन गराए । तर सबै कुरा बताउ” । चल्न असजिलो भएता पनि सबै
कुरा बतायो । वैसम्पायनले भने – “अपूर्ब महत्व भएका महान आत्मीय तपस्वी
शुक्राचार्य रक्सिमा गरेको कैफियतमा रिसाए र मानव हितको लागि बोले – बुध्दिहिन भएर
जसले रक्सी खान्छ, त्यस्लाई धर्मले छोड्छ । उसलाई सबैले हेला गर्छ । मानव बर्गलाई
यो मेरो एउटा शिक्षा हो । यसलाई शास्त्रको महान आज्ञा भनि मान्नु पर्नेछ” । त्यस
पछि छोरी देबयानीतिर फर्केर भने – “प्रिय पुत्री, तिम्रो लागि यहाँ एउटा समस्या छ
। कच बाँच्नलाई मेरो पेट फटाएर निस्कनु पर्छ । त्यसको मतलब मेरो मृत्यु हो । उ
बाँचेर निस्कन मलाई मर्नु पर्छ” ।
देबयानीले रोएर भनिन् – “हरे, दुबैतिरबाट म मर्ने भएँ किन भने तिमीहरु
दुईजनामा कुनै एक नभएमा म पनि बाँच्ने छैन । शुक्राचार्यले त्यस समस्याबाट उम्कने
युक्ति सोचे । र , त्यसको वास्तविक कुरा उनको मनमा झल्कियो । उनले कचलाई भन्यो –
“ओ बृहस्पती पुत्र, तिमी जुन उद्देश्य लिएर आएका थियौ त्यसबारे मलाई थाहा भयो । तिमीले त्यो कुरा अवश्य पाउने
छौ । देबयानीको लागि मैले तिमिलाई बचाएर निकाल्नु परेको छ, तर उनकोलागि म पनि
मर्नु नपर्ने भएको छ । तिमीलाई संजिवनीको बिद्या दिनु पर्ने कारण यो भएको छ कि
मेरो भूँडि फुटाई निस्कने बेला म मर्ने छु । म मरे पछि तिमीले मलाई फेरि जियाउने
सक्ने छौ । मैले तिमीलाई दिन लागि रहेको बिद्या तिमीले प्रयोग गरी मलाई फेरि
जियाउनु पर्ने कारण यो छ कि देबयानी हामी दुबैको लागि सुर्तामा पर्नु नपरोस्”
। त्यसै अनुरुप कचलाई शुक्राचार्यले
संजिवनीको बिद्या प्रदान गरे । उतिनै खेर बादलबाट पूर्ण चन्द्र निस्के जस्तै
शुक्राचार्यको पेट चिरेर कच बाहिर निस्के । शुक्राचार्य झ्याम्म ढलेर मरे । तर
कचले भरखरै मात्र प्राप्त गरेको संजिवनीद्वारा शुक्राचार्यलाई तुरुन्तै जीवित गरी
दिए । कचले शुक्रचार्यलाई ढोगेर भने-“अज्ञानिलाई ज्ञान दिने गुरु बाबु हो ।
तपाईँको पेटबाट निस्केकोले तपाईँ मेरो आमा पनि हो” । कच शुक्राचार्यको शिष्य भएर
धेरै बर्ष सम्म बसे । ब्रम्हचार्यको ब्रत सकिएकोले देबलोकमा जान उनले गुरुसंग बिदा
मागे । उनि छुटी जान लाग्दा देबयानीले बिनम्र पूर्बक उनलाई संबोधन गरी भने- “ओ
अंगिरसका नाति, तिम्रा निरपराध जीवनी, तिम्रा महान कार्य सिध्दि र कुलका घरानाले
गर्दा तिमीले मेरो मनलाई पाइसकेका छौ । मैले राम्रो ब्यबहारले तिमीलाई धेरै दिन
देखि प्रेम गरी आएको छु । तिमीले ब्रह्मचारीको ब्रत पनि राम्रो भक्ति पूर्बक पालन
गरी आइरहेका थियौ । अब मेरो प्रेमको बदला तिमीले तिर्नु पर्छ । मसंग बिबाह गरी
मलाई सुखि बनाउ । बृहस्पति र तिमी मेरो सन्मानका योग्यका छौ । त्यसबेला आदर साथ खुलम
खुल्ला आफ्नो मनको कुरा भन्नु बुध्दिमान तथा विद्वान ब्राह्मणीको लागि असाधारणको
कुरा थिएन । तर कचले भने – “ओ निर्दोषि, तिमी मेरो गुरु की छोरी सदा आदरणीय छौ । मैले
तिम्रो बाबुको पेटबाट जन्मेर पुनर्जन्म पाएको थिएँ । त्यसबेला देखि म तिम्रो भाइ
भएको छु । दिदी, मैले तिमीसंग बिबाह गर्ने भनेको कुरा तिमीलाई सुहाउँदैन । देबयानीले
उनलाई मनाउन खोजेकी थिइन तर सकिनन् । तिनले भनिन् –“तिमी बृहस्पतीका छोरा हौ, मेरा
बाबुका होइन । तिमीलाई जियाउने कारण म भएको थिएँ, मैले तिमीलाई प्रेम गरेकी थिएँ,
र सदा प्रेमै गरेर तिमीलाई मेरो पति बनाउन चाहेकिले नै यो सबै भएको थियो । तिम्रो
भक्तिमा लागेका म जस्ता निस्पापीलाई छोडि जानु ठिक होइन” । कचले भने-“अनुचित कुरामा मलाई सम्झाउन नखोज । तिमी सदाको भन्दा अहिले मोहिनी पनि छौ
। तर म तिम्रो भाइ हुँ । बिन्ति छ मलाई बिदा देउ । मेरा गुरु शुक्राचार्यको
सदासर्वदा पूर्णरुपले सेवा गर्नु । यस पछि बिस्तारै धैर्य गरी कच देबताहरुका राजा
इन्द्रको घरतिर प्रस्थान गरे ।
६ देबयानीको बिबाह
No comments:
Post a Comment