४. अम्बा र भीष्म
Ratna Man Dongol
सत्यवतीको
छोरा चित्रांगत गन्धर्वहरु सितको युध्दमा मारिए र उनि सन्तानहीन भएकाले उनका भाइ
बिचित्रबीर उत्तराधिकारी भए । बिधिपुर्बक उनलाई
राजाको अभिषेक दिईयो । उनि साना उमेरका भएकाले उमेर नपुगे सम्म उनका नामबाट
भीष्मले राजकाज चलाई दिए । बिचित्र बीर ठूलो भै उमेर पुगे पछि उनको लागि दुलही
खोज्न तिर भीष्म लागे । क्षेत्रीय परम्पराको रितिथिति अनुसार काशीका राजाको
छोरीहरुले आफ्नो लागि पुरुष चुन्ने कुरा सुने पछि आफ्ना भाइको लागि ती कन्याहरु
प्राप्त गर्न भीष्म त्यहाँ गए । कौशल, बांग, पून्द्र र कालिङ्ग देशका राजाहरु, अरु
देशका राजाहरु, राजकुमारहरु र शक्तिशाली पुरुषहरु स्वयंबरको लागि सक्भर राम्रा
राम्रा पोशाक लगाई त्यहाँ पुगि सकेका थिए । सुन्दरता र अन्य सब कुरामा ती
राजकुमारीहरु यस्ता प्रख्यात थिए कि तिनीहरुलाई पाउन भयानकको तँछाड मछाड भयो ।
भीष्म बलवान शस्त्रधारी मानिस थिए भनि क्षेत्रीयहरुमा प्रख्यात थियो । पहिले
सबजनाले त्यस भयंकर बीर स्वयंबरको रमिता मात्र हेर्न आएका थिए भन्ने सोचेका थिए ।
तर उनि पनि दुलहीको खोजि गर्न आएका भनेर थाहा पाए पछि सबै राज कुमारहरु निराश भए ।
लुत्रुक्क परे । आफ्ना भाइ बिचित्र बीरका लागि उनि आएका थिए भनेर कसैलाई पनि थाहा
थिएन । राजकुमारहरुले भीष्मलाई नराम्रो दृष्टिले हेर्न थाले । ‘भरतबंशको यो महान
एबं बुध्दिमान सन्तानले आफु अति बुढो भएको पनि बिर्सेछ । र, ब्रम्हचर्यको ब्रत पनि
बिर्सेछ । यस बृध्दले यस स्वयंबरमा के गर्नु छ, धिक्कार ।’ बर चुन्ने भनेका
राजकुमारीहरुले त्यस बृध्दलाई पुलुक्क हेरेर अर्को तिर नजर फर्काए । भीष्मको
क्रोधको ज्वाला निस्क्यो । उनले त्यहाँ भएका राजकुमारलाई उनिसित सामना गर्न हाँक
दिए । उनिहरु सबैलाई पराजित गरे । अनि तिनै जना राजकुमारीहरुलाई रथमा राखी
हस्तिनापुर तिर रबाना भए । भीष्म टाढा पुग्न पाएका थिएनन्, अम्बासंग प्रेम भएका
सौवाला देशका राजा सल्भाले उनलाई रोकेर बिरोध गरे, किनभने अम्बाका मनले सल्भालाई
वर चुनि सकेका थिए । घनघोर युध्द पछि सल्भा पराजित भए । भीष्म अनुपम धनुर्धारी
भएकोले यो अनौठो कुरा थिएन । राजकुमारीहरुको अनुरोधमा उनको ज्यान लिएनन् ।
राजकुमारीहरु सहित हस्तिनापुर पुगेर भीष्मले तिनीहरुको बिबाह बिचित्र बीर संग गरी
दिने सब कुरा तयार गरे । बिबाहमा सबैजना भेला भए पछि अम्बाले भीष्मलाई गिज्याएर
मुसुक्क हाँसे । उनलाई नै सम्बोधन गरेर भनिन् – “ओ गंगा पुत्र शास्त्रमा लेखिएका
कुरा तिमीलाई थाहा नभएको होईन । मेरो मनले सौबालाका राजा सल्भालाई मैले आफनो पति
मानि सकेकी छु । तिमीले मलाई बलजफति गरी यहाँ ल्यायौ । शास्त्र जानेका तिमीले जे
गर्नु छ बुझेर गर ।” भीष्मले उसको जोडतोडको नामन्जुरिलाई स्वीकारे । असल मानिसको
साथ लगाई उनलाई राजा सल्भा कहाँ पठाई दिए । अम्बा दंग भएर सल्भा कहाँ गए । भएको
घटना बताए । र, भने – “शुरु देखिनै मैले मनैबाट तिमीलाई पति भनि चुनि सकेकी छु ।
भीष्मले मलाई तिमीकहाँ पठाई दिएको छ । शास्त्रको बिधि अनुसार मलाई बिबाह गर ।”
सल्भाले जवाफमा भने – “भीष्मले मलाई सबैको अगाडि पराजित गरी तिमीलाई अपहरण गरेर
लगे । मेरो बेईज्जती भै सकेको छ । यस कारण अब म तिमीलाई श्रीमतीको रुपमा ग्रहण
गर्न सक्तिन । उनकहाँ नै फर्केर जाउ र उनकै अधिन भएर बस ।” यति भनेर सल्भाले
अम्बालाई भीष्मकहाँ नै फर्काई दिए । उनी हस्तिनापुर गएर जो भएको कुरा भीष्मलाई
बताईन । बिचित्र बीरलाई उनिसित पनि बिबाह गर्न लगाउन पनि कोशिष गरेका थिए ।
अघिबाटै अरुलाई मन दिई सकेका कन्यासँग बिबाह गर्न बिचित्र बीरको बिलकुलै सहमत भएन
। अनि अरु कुनै उपाय नदेखेकोले भिष्म आफैले बिबाह गर्न भनी बिन्तिभाव गरीन् । भीष्मलाई
आफ्नो प्रतिज्ञा भंग गर्नु असम्भव थियो । खेद गरेर, उनले अम्बाको लागि बिचित्र
बीरको मन फेराउन धेरै प्रयत्न गरे, तर केही लागेन । अब तिम्रो लागि सल्भाकहाँ गएर
उनलाई मनाउनु बाहेक अरु केही उपाय छैन भनि भीष्मले भने । पहिले त त्यसै गर्न खूब
कसेर धेरै बर्ष सम्म हस्तिनापुर मै बसे । आखिर केही नलागेर उनि सल्भा कहाँ गए र
उनी बिल्कुलै नमान्ने भएको देखे । कमल नयनी अम्बाले निराश भै ठूलो कष्टले ६ बर्ष
बिताईन । उनको दिल दु:खले छिया छिया भएको थियो । बिग्रेको जीवनको कारणले उस्मा
भएका असल गुणहरु सबै भीष्म प्रति भयानक घृणा बन्न पुग्यो । भीष्म संग लडेर उस्को
हत्या गरेर बदला ली छाड्ने हेतु एउटा मण्डलिको खोजी गरे तर कोही पनि भेट्टाएन ।
ठूला ठूला लडाकुहरु पनि भीष्म देखि डराउँथे । र, कसैले पनि उनको कुरा सुनी दिएनन्
। आखिर तिनले सुब्र्हम्य भगवानको आशिश पाउन तपस्या गर्न गइन् । त्यस देवता खूशि
भएर उनको सामुन्य प्रत्यक्ष भए । यो माला लगाउने ब्यक्ति भीष्मको शत्रु हुनेछ भनि
त्यस देबताले सँधै ताजा रहने कमलको एउटा माला दिए । अम्बाले त्यस माला लिईन । त्यस
षट मुख भगवानले दिएको पुष्पमाला ग्रहण गर्न र भीष्मसंग मूठभेट गर्न प्रत्यक
क्षेत्रीयसंग बिन्तिभाव गरे तर कसैले पनि भीष्मलाई शत्रु बनाउने कष्ट उठाउन
चाहेनन् । अन्तमा उनि द्रुपद राजाकहाँ गईन, तर उनले पनि उनको अनुरोध स्वीकार गर्न
मानेनन् । अनि त्यस मालालाई द्रुपद राजाको दरबारको ढोकामा झुण्ड्याई उनी जंगलतिर
गइन् । तिनले जंगलमा कुनै ऋषिहरुलाई भेटिन् र उनले आफ्नो दु:खका कुराहरु
तिनीहरुलाई पनि सुनाईन् । तिनीहरुले बिनम्र भएर परशुरामकहाँ जान सल्लाहा दिए ।
तिनको दु:खको कुरा सुनेर परशुरामलाई उनी प्रति करुणा जाग्यो र, भन्यो – “प्यारा
बत्स, तिमी के चाहन्छौ, यदि तिमीलाई इच्छा भए तिमीसित बिबाह गर भनि म सल्भालाई
भन्न सक्छु । अम्बाले भने – “अहँ, यो मलाई चाहिँदैन । अहिले मलाई बिबाह, घर, तथा
सुखको अभिलाषा छैन । अब जीन्दगीमा एउटा मात्र कुरा छ, त्यो हो भीष्मसंग बदला लिनु
। मैले माग्न खोजेको बर भीष्मको हत्या गर्नु मात्र हो ।” क्षत्रीय बंशसंग उनको
बैमनश्यता रहि रहेकोबाट र अम्बाको दु:ख सन्तापले परशुराम उतिकै प्रभाबित भएर उनको
कारणको लागि भीष्मसित युध्द गरे । त्यस ठूला दुई शस्त्रधारीहरुको बिचमा धेरै
दिनसम्म बराबरको युध्द भयो । तर अन्त्यमा परशुरामले हार स्वीकार्नु प-यो । उनले
अम्बालाई भन्यो – “मैले गर्न सकेको सबै गरेँ तर केही लागेन । भीष्मको पाउ पर । अब
तिम्रो लागि त्यही मात्र एउटा उपाय बाँकी छ ।” चिन्ता र रीसले ग्रस्त भएकी, रीस
फेर्न मात्र बाँचिरहेकी अम्बाले मानव सहायताबाट निराश भएकोले शिवको वरदान लिन
हिमालयमा गएर अघोर तपस्या गरीन् । शिब प्रत्यक्ष भएर उनलाई बरदान दिए – “तिमीले
अर्को जन्ममा भीष्मलाई मार्ने छौ । आफ्नो आकांक्षा पुरा हुने पुनर्जन्मको लागि
अम्बाको उत्सुकता भयो । उनले चिता बनाईन र चिताको बल्दो आगोको ज्वालामा हाम फालिन्
। महादेब शिबको बरदानले अम्बा राजा द्रुपदको छोरी भएर जन्मिइन । जन्मेको केही बर्ष
पछि तिनले कहिल्यै नओइलिने, डरले कसैले नछोएको, दरबारको ढोकामा झुण्ड्याई राखेको
फूलको माला देखिन् र त्यो माला लिएर लगाईन् । उनकी बाबु द्रुपद राजा छोरीको अनौठो
तर डरलाग्दो चाला देखेर अचम्म भै भीष्मको रीस आफ्नो थाप्लोमा आउने शंका लिई डराए ।
उनले छोरीलाई राज्यबाट निकालि जंगलमा पठाई दिए । तिनले जंगलमा तपस्या गरीन्, र
एउटा समयमा उनि पुरुषको रुपमा बदलिईन् । र, उनि लडाकु शिखण्डि भनि प्रख्यात भइन् ।
अर्जुनले यिनै शिखण्डिलाई आफ्ना सारथी बनाएर कुरुक्षेत्रको युध्दमा भीष्मलाई हमला
गरेका थिए । शिखण्डि जनाना भएर जन्मेको कुरा भीष्मलाई थाहा थियो । र, युध्दको
नियमको सत्यमा रहेका भीष्मले कुनै अवस्थामा पनि उनिसंग लड्ने ईच्छा गरेनन् । यसै
शिखण्डिबाट छेकाएर अर्जुनले भीष्मलाई पराजय गर्न सके । बिशेष गरी पृथ्विमा पट्याई
लाग्ने लामो जीवनी सकियो भनि जानेकाले भीष्मले पराजय हुने मन गरेका थिए । उनको
अन्तिम युध्दमा बाणहरु लागे पछि गहिरो गरी घुसेका बाणहरु झिकि भने – “यो अर्जुनको
बाण हो, शिखण्डिको होइन”। यति भनि बीर लडाकु भीष्म ढले ।
५ देबयानी र कच
No comments:
Post a Comment