७ ययाति
Ratna Man Dongol
बादशाह ययाति
पाण्डव पुर्खा कै एकजना थिए । उनलाई पराजय भनेको कहिल्यै थाहा थिएन । उनले
शास्त्रको कुरा मान्दथे । देबताहरुको पूजा गर्दथे । आफ्नो पुर्खको भक्तिभावले आदर
गर्दथे । प्रजाहरुको कल्याणमा लागेका राजा भनि उनि प्रख्यात थिए । तर अघि बताए
अनुसार आफ्नी पत्नी देबयानीको बिरोधमा अनुचित ब्यबहार गरे बापत शुक्राचार्यको
सरापले उनि जवानिमै बुढा भएका थिए । महाभारत कविको भनाई छ –“ययातिले बुढापा पाएको
छ, त्यसले उनको सुन्दरता बिगारेको छ र उनलाई दु:ख भएछ । “अचानक बृद्ध भएका युबकको
दु:खको बयान गरिरहनु पर्ने आवश्यकता छैन । क्षति भएका कुराहरुको भयानक सम्झनाले
धेरै नै घोच्ने हुन्छ, हाहाकार मचिन्छ । अचानक बृद्ध भएका ययातिलाई अझ पनि
इन्द्रीय शौखको तृष्णा मेटिएको थिएन । उनका धर्मात्मा तथा सर्ब सम्पन्न भएका
पाँचजना छोराहरु भै सकेका थिए । ययातिले तिनीहरुलाई बोलाएर माया गरेर दिक्क भै भने
– “तिम्रो शुक्राचार्य बाजेको सरापले काँचो उमेरमा नै सोच्दै नसोचेको बृद्ध बनाइ
दिए । मलाई जिवनको सुख भोग्न पुगेको छैन । किन भने मेरो लागि जे जे गर्न लेखेको छ
सो सो पनि बैध्य रुपले गर्न नपाउने गरी बसेको छु । तिमीहरु मध्य एकजनाले मेरो
बुढापाको भार बहन गरेर मलाई आफ्नो जवानि दिन प-यो । जस्ले यो कुरा मन्जुर गरेर
मलाई आफ्नो यौवन मलाई दिन्छ उहि नै मेरो राज्य चलाउने हुने छ । पूर्ण यौवनको सुख
भोग्ने मेरो अभिलाषा छ । उनले सबै भन्दा पहिले जेठा छोरा संग सोधेका थिए । त्यस
छोराले जवाफ दिए –“ओ महाराज मैले तपाईँको बुढापा लिएँ भने आईमाई र नोकर चाकरहरुले
मेरो हँसि उडाउने छन् । म यस्तो काम गर्न सक्तिन । म भन्दा धेरै प्यारो भएका मेरो
कान्छो भाइ संग सोध्नुस । माहिलो छोरा आइ पुग्यो र भन्यो –“बुबा, बुढापा लिन मसंग
सोधे छौ, त्यसले मेरो बल शोभा मात्र
गुम्ने होईन बुद्धि पनि भ्रष्ट हुने देख्द छु । म त्यस्तो कार्य गर्न सक्ने
सामर्थवान भै सकेको छैन ।” भनेर बिस्तारै कुरा टारे । साहिला छोराले भने – “बुढा मानिसले
हात्ति घोडा चढन सक्तैन । उनको कुरा भक भकि हुने छ । यस्तो केही काम नलाग्ने
प्रतिज्ञा गरेर मैले के गर्ने ? म मन्जुर गर्न सक्तिन ।” तीनजना छोराहरुले आफुले
चाहेको काम गर्न नचाहेकोले राजा रिसाएर निराश भए । तर चौथो छोराबाट राम्रो होला कि
भन्ने आशा लिएर उनिसंग सोधे –“तिमीले मेरो बुढापा लिनु प-यो । यदि तिमीले मेरो
बुढापा संग तिम्रो यौवन साटेर मलाई दियौ भने , केही समय पछि त्यो यौवन तिमीलाई नै
फिर्ता दिनेछु र सराप लागेको बुढापा फेरि मैले नै लिने छु ।” चौथो छोराले पनि यो
कुरा कुनै हालतमा पनि गर्न नसकिने भनि माफी मागे । “बुढो मानिसले आफ्नै शरीर पनि
सफा सुग्घर गर्न पनि अर्काको सहायताको आवश्यकता पर्दछ । सब भन्दा दु:खको कुरा यहि
हो । अहँ बुबालाई जति माया गरे पनि यो काम गर्न सकिँदैन ।” चारै जना छोराहरुले
नमानेकोले राजा ययातिलाई दु:ख लाग्यो । अझ पनि निराशमा आशाबादी भएर, उनका इरादामा
आजसम्म कहिल्यै पनि बिरोध नगर्ने भएका कान्छो छोरासंग सोधे – “तिमीले मलाई बाँच्न
दिनु पर्छ । शुक्राचार्यको अभिशाप लागेर भएको यो बुढापा,यसबाट भएका चाउरिहरु,
कमजोरी तथा फुलेका कपाल देखि म दु:खित छु । यो हेर्न गाह्रो लागेको छ । यदि तिमीले
म कमजोरि भएका कुराहरु केही समयको लागि लियौ भने अरु केहि समयको लागि जिन्दगिको
सुख भोग्ने छु र पछि तिम्रो जवानी तिमीलाई नै फिर्ता गरी दिनेछु र बुढापा मैले नै
लिने छु । तिम्रा दाज्यूहरुले जस्तै तिमीले अस्विकार नगर । म तिम्रो प्रार्थना
गर्दछु ।” वात्सल्य प्रेमले प्रभावित भएका कान्छो छोरा पुरुले भने – “बुबा म
खुशीसाथ तपाईँलाई मेरो जवानी दिएर बुढापा लिनेछु । दु:खहरु र राज्यका चिन्ताहरु
छुटाउने छु । यी कुराहरु सुनेर ययातिले उनलाई अंकमाल गरे । छोराको स्पर्श हुने
बित्तिकै ययाति जवान भए । बाबुको बुढापा ग्रहण गरेर पुरुले राज्य चलाएर ठूलो नाम
कमाए । ययातिले धेरै समय सम्म सुख भोगेर पनि चित्त नबुझी पछिबाट कुबेरको बाग
बगैँचामा गएर अप्सराहरु सित लागेर धेरै बर्ष बिताए । मोज मज्जा गरेर धेरै समय
बिताए पछि उनमा सत् कुराको प्रकास भयो । पुरुकहाँ फर्केर गइ भने – “प्रिय पुत्र,
आगोमा घ्यू जति खन्याए पनि नपुगे जस्तै मोज मज्जाले ईन्द्रीय अभिलाषा कहिले पनि
नमेटिने रहेछ । मैले यस्ता कुरा सुनेको पनि थिएँ तर अहिले सम्म महसूस गरेको थिएन ।
अन्नपात, सुन, गाईबस्तु तथा स्त्रीहरु कुनैले पनि मानिसहरुको ईच्छा पूर्ण गर्न
सक्तैन । मन पर्ने नपर्ने कुरालाई छाडेर बुद्धिमत्तापूर्ण गरेको कामले मात्र मनको
शान्ति पाउन सकिन्छ । ब्राह्मणको अवस्था पनि त्यस्तै हुन्छ । तिम्रो जवानी फिर्ता
लेउ र बुद्धि पु-याएर राम्ररी राज्य गर ।” ययातिले यति भनेर बुढापा आफैले लिए ।
आफ्ना जवानी फिर्ता पाएका पुरुलाई राजा बनाएर ययाति जंगलमा गए । तपस्यामा लागेर
उनले स्वर्ग प्राप्त गरे ।
८ बिदुर
No comments:
Post a Comment