Saturday, October 12, 2013

६० बलराम (BalaRam)

६० बलराम (BalaRam)

रत्नमान डंगोल

कृष्णको प्रख्यात दाजु बलराम पाण्डवहरुको शिबिरमा आई उनिहरुलाई भेट्न आए । नीलो रेशमका पोशाक लगाएका हलयोद्धा (बलराम) सिँह जस्तै गौरबले पसे पछि युधिष्ठिर, कृष्ण र अरुहरुले त्यस फराकिलो छाति भएका बीर पुरुषलाई खुशिले स्वागत गरे । द्रुपद र बिराटलाई प्रणाम गरी उनि युधिष्ठिर संगै बसे । उनले भने – "भरत बंशका सन्तानहरु (#॥हैन, पाणडवहरुको साथै कृष्ण र उनका पछयौटेहरु॥)  लोभ, अहंकार र वैमनश्यताले ग्रस्त भएको छ । शान्ति बार्ता भंग भएको छ । युद्धको घोषणा भइसकेको छ । सो कुरा सुनेर म कुरुक्षेत्रमा आएको हुँ ।"
मनमा खलबली भएर उनि एकछिन थामे, अनि फेरि बोल्न लाग्यो – "धर्मपुत्र, भयंकर बिध्वंस अगाडि आई सकेको छ । छिन्न भिन्न भएका शरिरबाट छरिएका रगतबाट पृथ्वी रगताम्य धाप बन्न लागि रहेको छ । काल खोज्न यहाँ जम्मा हुने क्षत्रियहरुलाई उत्तेजना गर्ने काम एउटा दुर्भाग्य नै हो । (॥#कृष्णलाई गाली गर्ने राम्रो तरिका – श्याबास बलराम॥)। ' हामीहरुको लागि दुर्योधन र पाण्डवहरु बराबर हुन, हामीले तिनीहरुको बेकारको झगडामा भागलिन हुँदेन' भनि मैले कृष्णलाई बारम्बार भनेकै हो । उनि मेरो कुरा सुन्ने होईन । धनन्जय प्रति उन्को ठूलो प्रेमले गर्दा कृष्णलाई यसमा भाग लिन लगाएको हो । उनैले चाहेको यस युद्धमा उनले तिम्रो पक्ष लिएको भन्ने कुरा मैले थाहा पाएको छु । कृष्ण र म एक आर्काको बिपक्षमा कसरी हुन सक्‍छु ? किन भने भीम र दुर्योधन दुबै मेरा शिष्यहरु हुन । मेरो प्रेम र मर्यादा दुबैको लागि बराबर छन् । त्यसो भएबाट एउटाको बिरोधमा आर्कोलाई कसरी भरोसा दिने ? कौरबहरु नाश भएको हेरेर बस्न सक्दिन । सबैलाई भष्म गर्ने अग्नि रुपको यस युद्धमा मैले गर्न सक्ने केही छैन । यस खेद पूर्ण बिपत्तिले संसारमा मेरो सबै औचित्य गुमाई दिएको छ । यसर्थ कृष्णले चाहे अनुसार म तीर्थयात्रामा जाँदैछु ।" (#॥श्याबास बलराम, यसै गरी नाजायज कुरामा बखेडा नउठान कृष्णले भनेको भए त युद्ध हुने नै थिएन – लोभ,डाहा, इर्ष्या र धुर्त्याईँमा लागेकाहरुमा त्याग, तपस्या र शान्तिको के मतलब हुन्छ र ?॥)। बिपत्ति युक्त युद्धको बिरोधमा यसरी कुरा गर्दै कृष्णको दाजुले मनमा पीर लिएर मनमनै भगवानको पुकारा गरी त्यहाँ(कुरुक्षेत्र)बाट हिँडि गएको थियो ।
बलराम महाभारतको युद्धबाट अलग्ग रहेको घटना भलादमी तथा इमान्दार मानिसहरुमा बारंबार पर्न आउने जटिल समस्याको उदाहरण हो । बराबरै न्ययोचित भएको तर दुईवटा बिपरित पक्षको बीचमा रोज्नु पर्ने कर लागेर अभागि मानिस अप्ठ्यारो झन्झटमा पर्न सक्छ । (#॥तर महाभारतमा बराबरको कुरा थिएन । कृष्णले गरेको अन्याय पूर्ण तथा अनैतिक कामलाई मन नपराएर पनि दुर्योधनको पक्षमा लाग्न सकेन, त्यसो गर्नु कृष्ण(बिष्णुको अवतार)को बिपक्षमा शेषनाग(बिष्णुको ओछ्यान)लाई असंभवको कुरा हो । (॥#रामायणमा भाइ लक्ष्मण भएको मन नपरेकोले महाभारतमा दाजु बलराम भएको भन्ने कुरा कथामा छ॥)।
यस्ता झन्झटमा पर्ने अधर्मी दुष्ट मानिसहरु मात्रै हो । संसारका बेईमानीहरुलाई आफ्नै संसर्ग, आकाँछाहरु अथवा स्वार्थले गराउँदा तिनीहरुमात्र यस्ता झन्झटमा पर्न आउँछन् । सबै आकाँछाहरु त्यागेका ठूला मानिसहरु यस्तो झन्झटमा परेको कुरा भेटिँदेन । महाभारतमा भीष्म, बिदुर, युधिष्ठिर र कर्णलाई परेको महान् बिपत्तिहरुलाई हेरौँ । तिनीहरुले कतिपय विपदको समस्याहरु कसरी समाधान गरेका थिए सो कुरा यस कथामा पढेका छौँ । तिनीहरुको समाधान एउटै नैतिक खालको थिएन । तर, कतिपय ब्यक्तिगत गुण झल्किएको थियो । प्रत्यकको व्यबहार आफ्नो व्यक्तित्व र परिस्थिति अनुसारको चरित्रको प्रतिक्रिया थियो । आधुनिक समालोचकहरु र ब्याख्या गर्नेहरुले यो महत्व पूर्ण आधारभूत कुरालाई बिर्सेर सबै कुरालाई एउटै तरिकाले तौलिन खोज्दछन् । यसो गर्नु भूल हो । रामायणमा दशरथ, कुम्भकर्ण, मारिच, भरत र लक्ष्मणलाई पर्न आएको बिपदहरुलाई तिनीहरुले कुन उपायले प्रतिक्रिया गरेका थिए त्यो हामीले बुझ्न सक्छौँ । त्यस्तै हिसाबले महाभारतको युद्धमा बलरामको तटस्थता एउटा दृष्टान्ट हो । (#॥बलराम तटस्थ थिएन – दुर्योधनको पक्षमा नैतिकरुपमा थियो तर युद्धमा कृष्णको बिपक्षमा लड्न नमिलेकोले युद्धमा होमिएन॥)। त्यस युद्धमा अलग रहेका दुई जना राजाहरु मात्र थिए । एउटा बलराम थियो त आर्को भोजकत्ताको शासक रुक्म । रुक्मको बहिनी रुक्मिणीको कृष्णसित विवाह भएको कथा अर्को खण्डमा लेखिएको छ ।

क्रमश:
६१ रुक्मिणी
रत्नमान डंगोल

No comments:

Post a Comment