६१ रुक्मिणी (Rumini)
रत्नमान डंगोल
बिदर्भका राजा भीष्मकको पाँच जना छोराहरु र एउटा मात्र छोरी, रुकमिणी थिए । रुकमिणी अद्वितीय शोभा, मोहिनीरुपी तथा प्रभावशाली चरित्रवान भएकी राजकुमारी थिइन् । कृष्णको प्रतिभा सुनेर तिनीले उनि सित विबाह गर्ने इच्छा गरेकी थिइन् । त्यो इच्छा दिनपर दिन बढ्दै गए । तिनको जेष्ठ दाजु अधिराजकुमार रुक्मको कृष्णसित मेल थिएन । उनले बाहेक अरु सबैले रुकमिणीको बिचारलाई स्वीकारेका थिए । रुक्मले उनको बिवाह कृष्ण संग नगरि चेदिका राजा शिशुपालसंग गरिदिन आफ्ना बाबु राजा भीष्मक समक्ष जोडतोड गरेका थिए । राजा बृद्ध भएकोले रुक्मको हुकुम चलेको थियो । रुकमिणीलाई शिशुपालसंग बिवाह गर्नु पर्ने करकाप पर्ने जस्तो देखिन थाले । रुकमिणी लक्ष्मी (बिष्णुको स्वास्नी) अवतार भएकीले उनको मन कृष्ण (बिष्णु अवतार)मा थियो । अशान्ति भएर उनी छट्पटिन थालिन् । (#॥किन छटपट, अरुसित बिवाह हुनै सक्तैन भनेर तिमीलाई थाहा नै भएको कुरा हो॥)। हुकुम चलाउने दाजु अगाडि उनको पिताको केही नलागेर यो नचाहेको बिवाह रोक्न सक्ने अवस्था थिएन भन्ने लागेर उनी डराएर बसेकी थिइन् । आफ्नो मनको प्रभावलाई दरिलो पारी कुनै किसिमबाट त्यस जटिल समस्याबाट उम्किने जुक्ति निकाल्ने रुकमिणिले अठोट गरिन् । कन्याको शरम त्यागेर उनले एउटा ब्राह्मणसित सल्लाह गरे । आफ्नो प्रेमिकालाई सबै कुरा बताएर उनको सहायता माग्ने कार्यको जिम्मा लगाई उनलाई दूत बनाई कृष्ण कहाँ पठाए । त्यसै अनुरुप त्यो ब्राह्मण द्वारिकामा गए । रुकमिणीको खेदपूर्ण बिपद र उनको निवेदन कृष्णलाई सुनायो । रुक्मिणीले दिएको पत्र पनि बुझाई दियो । पत्रमा निम्न कुराहरु लेखिएको थियो ।
"मेरो दिलले पहिले देखिनै तपाईँलाई मालिक भनेर स्वीकारेको छ । शिशुपालले जबरजस्ति मलाई लग्न नपाउँदै आएर मलाई बचाउने जिम्मा तापाईँलाई दिएको छु । बिलम्ब गर्ने कुरा हुनै सक्दैन । भोलि तपाइँलाई यहाँ आउनै पर्छ । शिशुपाल र जरासन्धको फौजले तपाईँलाई रोक्ने छ । मलाई लग्नु भन्दा पहिले तपाईँले उनीहरुलाई दमन गर्नु पर्नेछ । तपाईँ विजय भएर मलाई लग्न सकोस् । मेरो दाजुले मलाई शिशुपालसित बिवाह गरी दिने पक्का गरी सकेको छ । बिवाह कै सिलसिलामा म मेरा मानिसहरुको साथ लिएर पार्वतीको पूजा गर्न मन्दिरमा जानेछु । तपाईँ आउनु भएर मलाई बचाउने सबै भन्दा राम्रो मौका त्यही हुनेछ । यदि तपाईँले ध्यान दिनु हुन्न भने, वास्ता गर्नु हुन्न भने अर्को जन्ममा तपाईँसित मिल्न पाउने गरी मैले मेरो प्राण त्याग गर्ने छु ।" कृष्णले सो पत्र पढ्नासाथ तुरुन्तै रथ चढ्यो र बिदर्भतिर दौडे ।
राजाको आज्ञाले बिदर्भको राजधानी कुन्दिनापुरमा धुमधामसंग सजिसजाउ गरिएको थियो । शिशुपालसित हुने राजकुमारीको बिवाहको लागि धमाधमको तयारिको प्रबन्ध चलिराखेको थियो । खुलेयाम कृष्णका वैरी भएका दुलाहा शिशुपाल र उनका सहयोगिहरु सबै अघिबाटै राजधानीमा जम्मा भै सकेका थिए ।
कृष्ण एक्कासि कसैलाई थाहा नै नदिई एक्लै कतै गएको बलारामले थाहा पाए । बिदर्भका राजाको छोरी रुक्मिणीको लागि गएको हुनु पर्छ भन्ने अनुमान गरे । उनको हत्याको चेष्टामा लागेका संघातिक वैरीहरुले कृष्णलाई एक्कासी घेरामा पार्ने हो कि भन्ने चिन्ता लिएर बलरामले हतारिँदे ठूलो फौज सहित कुन्दिनापुर तिर प्रस्थान गरे ।
रुक्मिणी आफ्ना साथि सखीहरु साथमा लिएर आफ्ना खोपिबाट निस्की पार्वतीको मन्दीरमा गएर देबीको पूजा गरेकी थिई । "ओ देबी, तपाईँले मेरो भाव भक्ति बुझ्नु भएको छ । म तपाईँको शरणमा आएको छु । कृष्णसित मेरो बिवाह होस् भन्ने वरदान दिनुहोस् ।" यसरी रुक्मिणीले आफ्नो मनको कुराको प्रार्थना गरेकी थिई । मन्दिरबाट बाहिर निस्कँदा रुक्मिणीले कृष्णको रथ देखे । चुम्बकले सियोलाई ताने जस्तै तिनी सीधै कृष्णकहाँ दौडी गइन् र रथमा चढिन् । वरिपरी सब ठाउँमा खलबल गरी, शंख फुकि कृष्णले रुक्मिणीलाई साथमा लिएर रथ हाँकेर गएका थिए ।
नोकर चाकरहरु युवराज रुक्मकहाँ दौडि गएर सो घटना बारे खबर गरे । रुक्मले ' जनार्दनलाई' नमारि फर्कने छैन भनि किरिया खाए । ठुलो फौज लिएर कृष्णलाई पछ्याउन रुक्म तुरुन्त गए । तर त्यहि बेला बलराम फौज लिएर आइपुग्यो । दुईवटा फौजको बिचमा ठूलो युद्ध भयो । त्यस युद्धमा रुक्म पूर्णरुपले पराजय भयो । बलराम र कृष्ण बिजय भएर घर फर्के । चलन अनुसार बिधि बिधान गरी कृष्ण सित रुकमिणीको बिवाह सु-सम्पन्न भएको थियो । पराजित भएका रुक्म कुन्दिनापुर फर्किजान लाज मानेर कृष्णसित युद्ध भएकै ठाउँ निर भोजकत्ता भन्ने नयाँ शहर बसालि त्यहिँ नै राज्य चलाई बसेका थिए ।
कुरु क्षेत्रको लडाई बारे सुनेर रुक्म ठूलो फौज लिएर कुरुक्षेत्रमा पुगे । उनले बासुदेबसितको मित्रता पाउन सकिने बिचार गरी पाण्डवहरुलाई सहायता दिने कुरा भन्न आएका थिए । उनले धनन्जय तिर हेरेर भने – " हे पाण्डवहरु, शत्रु पक्षका फौज निकै ठूलो छ । म तपाईँहरुलाई सहायता गर्न आएको छु । मलाई भन्न मात्र भनि देउ मैले शत्रु पक्षको फौजको जुन खण्डमा हमला गर्ने भन्छौ मैले त्यसैलाई हमला गर्ने छु । द्रोण, कृपा र भीष्मलाई पनि आक्रमण गर्ने बल मसंग छ । (#॥मूर्ख ! अरुको भन्दा कर्णको नाम लिएको भए पो!॥)। मैले तपाईँहरुलाई विजय प्राप्त गराई दिनेछु । तपाईँहरुको इच्छा मात्र मलाई थाहा दिनुस् ।" बासुदेब तिर हेरेर धनञ्जयले हाँसेर भने –"ओ भोज कत्ताका राजा, हामी शत्रुको फौजको आकार देखेर डराएका छैनौ । हामीलाई तिम्रो सहायता चाहिएको छैन । यसको चाहना पनि गर्दैनौ । तिमी जान पनि सक्छौ । जे इच्छा छ त्यहि गर ।" यस कुरामा रुक्म रीस र शरमले चूर भए । सेना लिई दुर्योधनको छाउनिमा गए । उनले दुर्योधनलाई हेरेर भने –" मैले दिन गएको सहायतालाई पाण्डवहरुले अस्वीकार गरेको छ । मेरो फौज तिम्रो पक्षमा भएको छ । दुर्योधनले भने –" पाण्डवहरुले तिम्रो सहायता नामञ्जुर गरे पछि न तिमी यहाँ आएका छौ । अहिले सम्म त्यस्तो खाँचो परेको छैन । तिमीहरुको बिदाईलाई स्वागत छ ।" दुबै पक्षबाट अनादर भएका रुक्म युद्धमा भाग नलिई आफ्नो राज्यमा फर्केका थिए । युद्धमा तटस्थ रहनु अनेक प्रकारको हुन सक्छ । युद्ध गर्न ब्रह्मले नमानेर अथवा घमण्ड र स्वार्थको कारण्ले यस्तो हुन सक्छ । अझ कोही कोही डराएर वा जाँगर नभएर अलग रहन सक्छ । बलराम शान्ती प्रेमी भएको र कृष्णको बिपक्षमा लडन नभएकोले महाभरतको लडाईँमा तटस्थ बसेका थिए । रुक्म चाहिँ घमण्डको परिणामले बहिष्कार भएका थिए । धर्म अनुसार कार्य गर्ने स्थानमा त्यस्ले ब्यक्तिगत गौरबको बिचार गरेको थियो । तयसैले उनलाई दुबै पक्षले स्वीकार गरेन ।
क्मश:
६२ असहयोग (Non-coperation)
रत्नमान डंगोल
No comments:
Post a Comment