५८ पाण्डवहरुको सेनामुख (Generalissimo)
रत्नमान डंगोल
उपप्लब्यमा पुगेर हस्त्तिनापुरमा जे जस्तो भएको थियो त्यो सबै पाण्डवहरुलाई सुनाएर गोबिन्दले भने –"जो उचित थियो त्यो र उनिहरुको लागी भलो हुने कार्य गरी बोलेको थिएँ । (#॥गलत, सबै कुराहरु नाजायज पाण्डवहरुको पक्षमा हकै नभएको कुराहरु मात्रै गरेका थियौ॥). तर ती सबै बेकारमा गयो । (॥#बेकारको कुरा बेकार नै हुन्छ॥)। अन्तिम र चौथो बिकल्प युद्ध बाहेक अरु कुनै उपाय नै छैन । (#॥त्यो पनि तिमीहरु कै धम्कि पूर्ण बिकल्प थियो । शान्ति चाहनेहरुले हकै नभएको कुरा उठाएर ' शान्ति शान्ति ' मात्र भनेर हुन्छ ।॥)। मूर्ख दुर्योधनले सभामा ठूला बडाहरुले दिएको उपदेश मानेका थिएन । (॥#किन मूर्ख ? तिमीहरुको धम्कि नमानेकोले ??॥)। अब हामीहरुले अबिलम्ब युद्धको तयारी गर्नु पर्छ । कुरुक्षेत्र संहारको लागि पर्खि रहेको छ ।" (#॥बढाई छ ! तिमीले चाहेको कुरा हुने भयो, धुर्त !!॥)।
" अब शान्तिको कुनै आशा छैन " भनि युधिष्ठिरले भाइहरुलाई सम्बोधन गर्दै भने । फौजहरुलाई युद्धको रचनामा तयार गर्ने आदेश दिए । (॥#शान्तिको कुरा गरे पो शान्ति हुन्छ, आफ्नो स्वार्थ र हकै नभएको नाजायज कुरा उठाउँदे धम्कि दिएर शान्ति हुन्छ र ?॥)।
पाण्डवहरुले फौजहरुलाई ७ डिभिजनमा मिलाए । निम्नानुसार एक एक डिभिजनको प्रमुख नियुक्त गरे । १. द्रुपद, २. बिराट, ३. धृष्टद्युम्न, ४. शिखण्डि ५. सत्यकि, ६. चेकितन र ७. भिमसेन । अनि सेना मुख कसलाई गर्ने भन्ने कुरामा उनिहरुले छलफल गरे । युधिष्ठिरले सहदेबलाई बोलाएर भने –"हामीहरुले यिनी सातजनामा एक जनालाई सर्बोत्तम सेनाध्यक्ष छान्नु परेको छ । शत्रुलाई जलाई भष्म गर्न सक्ने महान भीष्मसित सफलता पूर्बक उनि सामना गर्न सक्ने हुनु पर्छ । बेला बखत अनुसार परिस्थिति हेरी उनि फौज संचालन गर्न सक्ने हुनु पर्छ । यस्ता जिम्मेवारी कार्यको लागि सब भन्दा योग्य भएको ब्यक्ति छान्नु परे तिमीले कसलाई छान्छौ ?" पुराना जमानामा जेठाहरुको राय लिनु भन्दा पहिले सब भन्दा कान्छो चाहिँको राय लिने चलन थियो । यसले कान्छोहरुमा जोश तथा आत्म बिश्वास दिलाउँदथ्यो । यदि जेठा बाठा सित पहिला नै सल्लाहा लियो भने अरुहरुले स्वतन्त्र भएर बोल्न नसक्ने हुन्थ्यो । सनमानको मतभिन्नता पनि असमानको हुन जान सक्दथ्यो । सहदेबले भन्यो –"हामीले बिराट राजालाई सर्बोत्तम सेनाध्यक्ष गरुँ । उहाँले गुप्तबासको बेला हामीलाई सहायता गर्नु भएको थियो । अहिले उहाँकै भरोसामा हामीले राज्यको दाबि गर्न पाएका छौँ ।" नकुलले भन्यो –"उमेर, बुद्धि, साहस, खानदान तथा बलको बिचार गर्दा द्रुपद राजा पनि सर्बोत्तम छ । उहाँलाई नै सेनामुख गर्नु सबभन्दा बेश हुने मलाई लाग्छ । द्रौपदीका पिता राजा द्रुपदले भरद्वाजबाट धनुर्बिद्या सिकेको थियो । उहाँ धेरै दिन देखि द्रोणसित सामना गर्न पर्खि राख्नु भएको छ । सबै राजाहरुले उहाँलाई मर्यादा गरेका छन् । आफ्नै छोराहरु जस्तै गरी हामीहरुलाई उहाँले भरोसा दिई राख्नु भएको छ । द्रोण र भीष्मको बिरोधमा हाम्रो फौज उहाँलाई हाँक्न दिनु बेश होला जस्तो मलाई लाग्द छ ।" त्यस पछि धर्मपुत्रले धनन्जय (अर्जुन)को बिचार सोधे । अर्जुनले जवाफ दिए –" मेरो बिचारमा, युद्ध भुमिमा हाम्रो मुख्य नायक दृष्टद्युम्न हुनु पर्छ । उनले इन्द्रियलाई संयम गरेको छ । द्रोणलाई अन्त गर्न नै उनि जन्मेका हुन । महान परशुरामलाई नै पछि पार्ने धनुर्बिद्याको दक्षता भएका भीष्मको बाणहरुको सामना गर्न सक्ने दृष्टद्युम्न एक जना मात्रै छ । हाम्रो सेनाध्यक्ष हुन योग्य ब्यक्ति उहाँ मात्रै हुनु हुन्छ । म अरु कोहि सम्झन सक्तिन, अरु कोहि छ जस्तो लाग्दैन ।" भीमसेनले भने –" अर्जुनले भनेको कुरा ठिक छ । तर ऋषिहरु र ठुलाबडाहरुले भनेका छन् कि शिखण्डि भीष्मलाई मार्न जन्मेको हो । परशुरामको जस्तो उज्वल अनुहार भएको शिखण्डिलाई अधिकार दिए पनि हुने मेरो राय छ । अरु कसैले भीष्मलाई मार्न सक्छ जस्तो मलाई लाग्दैन ।" अन्त्यमा युधिष्ठरले केशवको राय सोधे । कृष्णले भन्यो –" बयान गरेका बीरहरु सबै चुन्न लायकका छन् । तिनीहरु सबैले कौरबहरुलाई दबाउन सक्छन् । सबै कुराहरुको बिचार गर्दा म अर्जुनको बिचारलाई समर्थन गर्दछु । त्यस कारण तिम्रो सर्बोत्तम सेनापतिमा दृष्टद्युम्नलाई राख्नु ।" त्यसै अनुरुप द्रुपदको प्रसिद्ध छोरा दृष्टद्युम्नलाई पाण्डवहरुको सेनाको सर्बोत्तम सेनामुख गरियो । स्वयम्बरमा डो-याएर द्रौपदीलाई उनले अर्जुनलाई सुम्पेका थिए । तेह्र बर्षसम्म आफ्नो बहिनीले दुर्योधनको दरबारमा सहनु परेको बेइज्जतिमा मुरमुरि रहेको थियो । (#॥रिसाउनु त युधिष्थिर प्रति होइन र ?॥)। जस्ले त्यस अन्यायको बदला लिन मौका खोजिरहेको थियो । लडाकुहरुको सिँहनाद, शंखको ध्वनि र हाथिहरु कराएको आवाजले आकाश गुञ्जियो । आकाश गुञ्जने युद्धको स्वर मचाएर पाण्डव सेना सियोको सैनिक रचनामा मिलेर कुरु क्षेत्रमा पसेका थिए ।
क्रमश:
५९ कौरबको सेनामुख (Generalissimo)
रत्नमान डंगोल
No comments:
Post a Comment