Saturday, March 22, 2014

९४ पाण्डवहरुले गाली पाए


९४ पाण्डवहरुले गाली पाए


रत्नमान डंगोल

दुर्योधन घायल भएर मरणान्तको अवस्थामा परेको बेला बलराम तीर्थ यात्राबाट फर्केर आइपुगे । नाइटो भन्दा मुन्तिर जाङ्घ फुटेको अवस्थामा दुर्योधनलाई देखेर पाण्डवहरुलाई गदा युद्धको नियम तोडेकोमा बेसरी गालि गरेर त्यहाँबाट हिँडे । यसमा पनि कृष्णले पाण्डवहरुको दोषलाई ढाक छोप गरेर दुर्योधनले गरेको कुराहरु मात्र राखेर बलरामलाई जवाफ दिए ।

(॥# यस पछिका कुराहरु पनि महाभारतको कथामा लेखिएका छन् । तर दुर्योधनको मृत्य भए पछि महाभारतको लडाईँ सकियो । धूर्त र चलाख हुन सकेमा गलतलाई ठिक र ठिकलाई गलत सिद्ध गर्न सकिन्छ भन्ने कुराको पुष्टि भएको कुरा पाठकहरुमा निवेदन गर्दछु । महाभारतको कथा, कथा मात्र हो । कथाको लह लहैमा लाग्नु भन्दा " सृष्टिकर्ताले " उपलब्ध गराएको कुराहरु र निरन्तर भनिरहनु भएका कुराहरु बुझ्न आफ्नो "अन्तस्करण" बाट प्राप्त हुने "सत् चितानन्दको" आवाजलाई सुन्ने गरौँ । सो कुराहरु बुझ्नलाई कुनै कथा, पढ्न लेख्न जान्नु पर्दैन, पठन पाठनका प्रमाणपत्रहरु चाहिँदैन । ती कुराहरु आफै बुझ्न सकिन्छ ।॥)

इतिश्री

९३ दुर्योधन


९३ दुर्योधन

रत्नमान डंगोल

कर्ण मरेको देखेको बेला दुर्योधनको दु:खको सीमा रहेन । दुर्योधनको दु:खले कृपाचार्यलाई अति करुणा लाग्यो र भन्यो –" लोभ लालसाले गरेर हामीले साथिहरुमा ठूलो भारी बिसाएका थियौँ । तिनीहरुले यसो उसो नभनि भारी बोके र युद्ध क्षेत्रमा ज्यान गुमाई सुखमय स्थान प्राप्त गरे । अब तिमीलाई पाण्डवहरुसित मेल गर्ने एउटा मात्र उपाय बाँकि छ । अब फेरि यो सर्ब संहारी युद्ध् गर्ने तिर नलाग ।" (#॥कृपाचार्य पनि धूर्त नै रहेछ । त्यस्तो नकरात्मक कुरा गर्ने ॥)। त्यस्तो गहिरो नैराश्यताको बेलामा कृपाचार्यको त्यस्तो दिक्क लाग्ने कुराले दुर्योधनको दु:खमा झन् नुन छर्केको जस्तो भयो । सो बेकारको उपदेश उनलाई पटक्कै मन परेन । उस्ले भन्यो –" सायद त्यसको लागि समय थियो । हाम्रा प्रेमीहरुको रगत बगाएर हामीहरुको बिचमा यो सबै असह्य रक्तपात भै सके पछि हामी र पाण्डवहरुको बिमा मेल हुने कुरा कसरि हुन सक्छ ? यदि मैले काललाई छल्ने गरी आत्म समर्पण गरे भने संसारले मलाई गर्ने धिक्कारलाई मैले कसरी छल्न सक्ने ? यसरि बेइज्जति भएर बाँचेको जीवनमा मैले कस्तो सुख पाउने आशा गर्ने ? मेरा भाइहरु र नातागोताहरु सबै मरी सके पछि मेल मिलाप गरेर पाएको राज्यमा मैले कस्तो हर्ष मनाउने आशा गर्न सक्ने ? ।" (#॥श्याबास दुर्योधन, बीर हौ ! साँचिकै बीर हौ । कृष्ण, पाणडवहरु र उनिहरुका अनुयायीहरु जस्तै पाखण्डि पापी लोभि त भएनौ । आफ्नो जायज कुरामा अडिक त रह्यौ ।॥)।
दुर्योधनको सो जायज निर्भिक कुरालाई सबैले सह्रानेर टेवा दिए । आग्रह पूर्बक स्वागत गरे । तिनीहरुले दुर्योधनको अडानलाई ठिक ठाने । त्यस पछि शल्यलाई चुनेर सर्बोच्च अधिपत्य दियो । शल्य बलिया थिए । मारिएका योद्धाहरु जस्तै शूर बीर थिए । उनैको अध्यक्षतामा सेना रच्यो । भयंकर युद्ध फेरि शुरु भयो । पाण्डव पक्षबाट अहिले युधिष्ठिर आफैले शल्यलाई (युधिष्ठिरको मामा) आक्रमण गरे । त्यस बेला सम्म साम्य रुप धारण गरेका युधिष्ठिरलाई डरलाग्दो रुपमा युद्ध गरेको देखेर सबैजना छक्क परे । धेरै बेर सम्म युद्ध बाराबरी नै भै रह्यो । पछिबाट युधिष्ठिरले शैल्य माथि एउटा भालाले हान्यो । सो भाला सीधै गए शैल्योको छाति भित्र वारपार गरेर छिय्रो । उत्सवको मेला सकिए पछि ठूलो धोजाको लठ्ठा ढले जस्तै शल्यको शरीर रातो रगतले मुछिएर युद्ध क्षेत्रमा प्राण बिहिन भएर ढले । कौरब सेनाका अन्तिम महान सेनापति शल्यको हत्या पछि कौरब सेनामा अतिनै नैराश्यता उत्पन्न भयो । तर बाँचिएका धृतराष्ट्रका अन्य छोराहरु सबै जना मिलेर भीमलाई आक्रमण गरे । दुर्योधन बाहेक तिनीहरु सबैलाई भीमले मारिदिए । सभा भवनमा द्रौपदीलाई बेइज्जत गरेको बेला देखि १३ बर्ष सम्म जलिरहेको क्रोधलाई बायु पुत्रले चित्त बुझायो । (#॥ त्यतिबेला द्रौपदीको बेइज्जति गर्नेहरु त पाण्डवहरु नै होइन र ? ॥)। भिमसेनले मनमनै भन्यो – " म बेकार भएर बाँचेको छैन । तर दुर्योधन अहिले सम्म बाँचेकै छ । " अनि निस्फिक्रिले हाँसे । (#॥ कृष्ण, पाण्डवहरु र उनिहरुलाई साथ दिनेहरुको जीवन त बेकार, धिक्कार छ । बाँच्न पनि पाएनौ ॥)। सहदेबको फौज माथि शकुनिले आक्रमण गरे । केहि क्षणमा सहदेबले तीखाधार भएको तरबार बाणले शकुनिलाई हान्यो । शकुनिको गर्दन काटि दियो । कौरबहरु र पाण्डवहरुको दुष्कार्यको जड भएका शकुनिको टाउको जमिनमा गुड्यो ।
नायक बिहिन भएका टुटे फुटेका सेना तितर बितर भएर जताततै भाग्न थाले । विजय हुनेहरुले तिनीहरुलाई लखेटी एक एक गरी मारी दिए । (॥#भाग्नेहरुलाई मार्न अधर्मीहरुलाई के को लाज ?॥)। " यस्तै हिसाबले तपाईँका ११ अक्षौनि सेनाहरु सबैलाई मारी दिए । आफ्ना गौरब र शक्ति देखाई तिम्रो हितलाई आड दिएका हजारौँ राजाहरु मध्ये मूर्छा परेका, घाउ चोट पटक लागेका एक जना दुर्योधन मात्र रणभूमिमा देखा परेको छ ।" भनि अन्धो राजा धृतराष्ट्रलाई नराम्रा कुरा सुनाई रहेका सञ्जयले भनेका थिए । (#॥ भीष्म, द्रोण, कर्ण ई. जस्ताले धोखा दिएर न दुर्योधनको हार भयो – आफैले सेना हाँकेर सबैलाई अलग अलग खण्डमा युद्ध गर्न लगाएको भए पहिलो दिनमा नै युद्ध सकिन्थ्यो, पाण्डवहरु सबै नै सखाप हुन्थे ।॥)।
हारेको डरले तितर भएका सैनिकहरुलाई सकभर ढाढस दिएर बटुल्न खोजे तर नसकेर एक्लो दुर्योधन गदा लिएर तलाउ तिर गए । उनको पूरा शरीर नै घाउले भरिएको थियो  र आगोले जस्तो पोलिरहेको थियो । पानीले उनलाई तान्यो । " बुद्धिमान बिदुरले पछि हुने कुरा जानेर हामीलाई भनेका थिए ।" भन्ने कुरा मनमनै सम्झेर शरीर भरी पोलेको दु:ख कम गर्न दुर्योधन तलाउ भित्र पसे । (#॥अधर्मी बिदुर – यमराज (धर्मराज)को अवतार, युधिष्टिर यमराजकोबाट कुन्तीले पाएको छोरा भए पछि बिदुर-कुन्ती – युधिष्ठिरका नाता के प-यो त ? ॥)।
बेला बिति सके पछि आएको ज्ञानको के काम ? (#॥तै पनि कृष्ण, पाण्डवहरु र अन्यलाई त त्यति पनि ज्ञान आएन त !॥)। जे गरेको छ त्यस्को परिणाम निस्कन्छ र सो को फल भोग्नै पर्ने हुन्छ । युधिष्ठिर र उनका भाइहरुले आफ्ना महान शत्रुलाई लखेट्दै दुर्योधन पसेको तलाउमा आइपुगे । युधिष्ठिरले भने – " दुर्योधन, परिवार र कुललाई नाश गरे पछि यस तलाउमा लुकेर तिमीले काललाई छल्न लागेको हौ कि कसो ? अहिले तिम्रो घमण्ड कहाँ गयो ? तिमीलाई शरम छैन ? आएर लड, युद्ध गर । क्षत्रीय भएर जन्मेका तिमीले युद्ध त्यागेर मर्न जाने हौ कि ? ।" ती कुराहरु सुनेर एकदम रन्केर, दुर्योधनले गौरव गरी जवाफ दियो –"धर्मपुत्र (#॥यसरि सम्बोधन गर्दा पनि लाज लाग्ने कुरा हो – धर्मराज भनेको यमराजको अर्को नाम हो र बिदुर उस्को अवतार हो ॥), मेरो ज्यान जोगाउन म यहाँ भागेर आएको होइन । डरले मलाई यहाँ पु-याएको होइन । मेरो जिउ भरिको घाउले आगो जस्तै पोलेको हुनाले ठण्डा गर्न पानी भित्र पसेको हुँ । म न काल देखि डराउँछु, न बाँच्ने मेरो इच्छा छ । तर अब मैले किन युद्ध गर्ने ? जुन कुराको लागि मैले युद्ध गर्न आएको थिएँ  ती कुराहरु कुनै पनि संसार अब छैन (#॥धर्म, मान, मर्यादा, नियम कानुन ई.॥) । मलाई साथ दिनेहरु सबै मारिएका छन् । राज्यको संरक्षण गर्ने मेरो चाहना पनि मरिसकेको छ । अब एक्लोले के गर्न सक्छु र ? त्यसैले कुनै प्रतिवाद नगरी तिमीलाई मैले सबै कुरा छोडि दिएको छु । कसैले बिरोध  नहुने गरी ना जायज बादशाह भएर राज्य भोग गर ।"  (#॥ लोभ चाहना त कृष्ण, पाण्डवहरु र उनिहरुलाई साथ दिनेहरुले गरे । दुर्योधनले त आफ्नो पैत्रिक जायज सम्पतिलाई संरक्षण गरी नाजायजहरुको हातमा पर्नबाट जोगाउने कोशिस ग-यौ, जुनकुरा पुजनिय र सह्रानिय हो ।॥)।
युधिष्ठिरले भन्यो – "तिमीले हामीलाई 'सियोको टुप्पा जति पनि जमिन दिने छैन' भनेका थियौ अब चाहिँ तिमी साँचै नै दानि भएका छौ । (#॥ किन दिने ? नाथो पोईहरुबाट जन्माइएका नाजायज सन्तानहरुलाई ?॥). हामीलाई केही भाग जमिन देउ भनेर अनुरोध गरेका थियौँ । हामीले शान्तिको लागि अनुरोध गरेका थियौँ । हाम्रो प्रस्तावलाई तिमीले ठुक्र्याई दियौ । अब हामीले सब थोक लिन सकिन्छ भन्छौ । राज्य र जमिनको लागि हामी लडेका होइनौँ । हामीले तिमीले गरेको पापको बयान गर्न हुन्न ? तिमीले हामीलाई गरेका अन्यायहरु र द्रौपदीलाई गरेको अत्याचारको पापको मोचन तिम्रो ज्यान दिएर बाहेक हुनै सक्तैन (#॥ किन नठुक्र्याउनु धम्किपूर्ण नाजायज हकदैया नभएको कुरा उठाएर निउँ खोज्नेहरुको कुरा ?॥ पापको जड पाण्डवहरु नै हौ । दुर्योधनले केही पनि अन्याय गरेको थिएन । लडाईँको धम्कि र बिउ रोप्नेहरु पनि तिमीहरु र कृष्ण नै हौ.॥)।
अन्धो बृद्ध राजा धृतराष्ट्रलाई दीब्य दृष्टि भएकाले प्रत्यक्ष प्रसारण कुरा सुनाउने गरेका सञ्जयले यहाँ भन्यो – " जब तपाईँका छोरा दुर्योधनले नाजायज धर्मपुत्र (॥#हे बिदुर – "मेरो आफ्नो छोरा किन नभनेको, किन भन्न नसकेको ?"॥) युधिष्ठिरको कडा र अक्षम्य कुराहरु सुने उनि तुरुन्तै गदा लिएर पानीबाट बाहिर नस्के । " पानीबाट निस्केर भाग्य बिग्रेका दुर्योधनले भन्यो –" लौ, तिमीहरु एक एक गरी आउ, किन भने म एक्लै छु । तिमीहरु ५ जना मिलेर म कवच नभएका, शरीर भरी घाउ भएर थाकेका एक्लो भएकालाई अबश्य एकसाथ हमला गर्ने छैनौ ।"
(॥#कवच छ । के गर्ने तिमीलाई आफ्नो बारे थाहा भएन, अरुलाई बिश्वास गरेर सबै बिगा-यौ । भाग्यमा बिधिले जे लेखेको छ त्यहि हुन्छ – यहि बिधिको नियम हो भनिन्छ ॥)
युधिष्ठिरले कडाईका साथ जवाफ दियो – " यदि धेरै मिलेर आक्रमण गर्न नहुने भए अभिमन्युलाई कसरी हमला गरी मा-यौ, कृपया गरी भनि देउ । तिम्रा फौजको बिचमा बसेका त्यस बालकलाई धेरै जना मिलेर हमला गरेको बेला तिमीले सहमत गरेका थिएनौ ? हो, मानिसहरु बिपदमा परेको बेला अरुहरुलाई धर्म, रणनिति र उपदेसका कुरा गर्छन् (#॥चक्रब्युहमा होमिनेको लागि के हुन्छ त ?॥)। तिम्रो कवच लगाउ । हामीहरु मध्ये तिमीले चाहेका कसैलाई छान र युद्ध गर । मरेर स्वर्ग जाउ वा जितेर राजा होऊ ।" त्यसै अनुरुप भीम र दुर्योधनको बिचमा भिडन्त भयो । तिनीहरुको गदाको टक्कर हँदा आगोको झिल्का निस्कन्थ्यो । बल र दक्षतामा दुबै जना बराबरको थिए । युद्ध धेरै बेर चल्यो । कस्ले जित्ने हो भन्ने कुरामा  उत्सुकता बढ्यो । तमासा हेरेर बस्नेहरुले जित्ने होला भन्ने बारे कुरा कानि गर्न थाले । भीमले सुन्ने गरी कृष्णले अर्जुनलाई भन्यो – " भीमले सभा भवनमा किरिया खाएको कुरा पूरा गर्ने छ । दुर्योधनको तिघ्रा भाँचि दिने छ ।" भीमले सो कुरा सुने पछि शेर उफ्रे जस्तै ऊफ्रेर दुर्योधनको तिध्रामा गदाले पूरा बल लगाएर हिर्कायो । दुर्योधनको तिघ्रा भाँचियो । उनि मरणान्त भएर जमिनमा पछारियो । दुर्योधनको लम्पसार भएको शरीर माथि उफ्रियो र टाउकोमा पाईलाले कुल्चेर भयानक नृत्य ग-यो ।
धर्म पुत्र करायो – " नगर, भीम । तिमीले ऋण चुकाई सकेका छौ । दुर्योधन एउटा राजकुमार र हाम्रै दाजु – भाइ मध्ये नै हो । उनका टाउको माथि तिम्रो खुट्टा राख्नु ठिक होइन । " बेशरम कृष्णले भन्यो – " त्यस दुष्ट मानिसको आत्मा शरीरलाई छाडेर तुरुन्तै जाने छ । दुर्योधन र उनका सहयोगिहरु मरिसकेका छन् । पाण्डु पुत्रहरु, अब यहाँ किन बसिरहने ? तिमीहरु सबै रथमा चढ ।" (॥#लाज शरम नभएका दुष्टहरुले दुर्योधनलाई दुष्ट कसरी भन्न सकेको ? आफुले पाप काम गरेको ठाउँमा बसिरहन पनि त पोल्छ, छिटै जाउ ॥).
कृष्णले त्यसो भनेको बेला ढलेका दुर्योधनले रीस र बैमनष्यताले ज्वलन्त आगो झैँ रातो अनुहार पारेर कृष्णलाई आँखा तेर्साएर भन्यो – नीच, रणनीति अनुसार युद्ध गरेकाहरुको तिमीले छल कपट गरी हत्या गरेका छौ । कर्ण अथवा द्रोण अथवा भीष्म सित निष्कपटको युद्ध गरेर विजय हासिल गर्नु तिमीले सपनामा पनि देख्न पाउन थिएनौ । " (॥#दुर्योधनलाई थाहा त रहेछ नि, तिनीहरुले धोखा दिएको ॥) मर्न लाग्दा पनि दुर्योधनलाई आफुले गरेको सबै कार्य प्रति केहि पछुताउ गरेनन् – गलत काम गरेको भए पो पछताउनु !॥).
छल कपटी कृष्णले भन्यो – " दुर्योधन, तिमीले बेकारमा अर्कालाई दोष दिन्छौ । सत्ताको अभिमान र लोभले तिमीलाई अनगिन्ति दुष्कार्यहरु गरायो र तिमीले रोपेको बिउको फल भोगिरहेका छौ ।"  (#॥ हे धूर्त कृष्ण, ती कुराहरु त तिमी र पाण्डवहरुलाई लागु हुन्छ, दुर्योधनलाई होइन । दुर्योधनले तिम्रो अधिपत्यलाई मानेन भन्दैमा मनपरी गर्न पाइन्छ ? ॥).
दुर्योधनले जवाफ दियो – " नीच, म एउटा महान राजकुमार, उदार चित्तको साथि तर भयानक शत्रुको रुपमा जीवन बिताएर बाँचेको हुँ । राजाहरुले इच्छा गरेर पाउन नसकेको र देवताहरुले पनि घृणा गर्न नसक्ने जस्ता सबै मानव सुख पूर्ण रुपले मेरो भएको थियो । योद्धाको मृत्यु त्यस्ता जीवनको शिर योग्य मुकुट हो । मरेर म मेरा साथिहरु सित भेट्न हर्षोल्लास गरी स्वर्गमा जाँदै छु । त्यहाँ अघि नै पुगि सकेका मेरा भाइहरु मेरो स्वागत गर्न प्रतिक्षा गरी रहेका छन् । तिमीहरुले गरेको लोभ पूरा गरी नसकेकाले र सबै घृणित क्षत्रिय भएर यहिँ रहने भएका छौ । म खुट्टा  भाँचिएर लडिरहेको बेला नाजायज भीमले मेरो टाउकोमा पाइला राखेर नाचेको  मलाई केहि दु:ख छैन, घृणित काम त उस्ले नै फेरि ग-यो । गदा युद्धको नियम मैले भंग गरेको होइन, उस्ले गरेको हो । केही बेर यसै रहेमा मेरो लाश माथि काग र गिद्धहरुको खुट्टाहरु पनि पर्ने छन्, नपर्ने हो र ? । "
दुर्योधनले त्यसो भनेको बेला देवताहरुले स्वर्गबाट फूलहरु बर्सायो । आफ्ना लेखामा नभएको चाहना तर गर्नु पर्ने कर्मले दुर्योधनलाई बाटो देखायो, साहास पूर्बक सामाना ग-यो । तर, छल कपटको अगाडि केहि लागेन । क्रोध र कृष्ण र पाण्डवहरुको छलकपट, र भीष्म, द्रोण, कर्ण इत्यादिहरुको बिश्वासघातले गर्दा धेरै धर्मका कार्यहरु भंग भए । तर धृतराष्ट्रका छोरा दुर्योधनको अजित आत्मालाई कसैले बिरोध गर्न सकेन ।

क्रमश:
९४ पाण्डवहरुले गाली पाए
रत्नमान डंगोल