Wednesday, July 31, 2013

Post 48 ४८ राजा बिराटको भ्रम (King Viraat’s Delusion)

Post 48 ४८ राजा बिराटको भ्रम  (King Viraat’s Delusion)
रत्नमान डंगोल

 बिगर्ताका राजा सुसर्मालाई पराजय गरे पछि बिराटका राजा शहरबासीहरुको बिजयको ध्वनिका साथ राजधानीमा फर्केका थिए । राजा दरबारमा आई पुग्दा उनले राजकुमार उत्तरलाई देखेनन् । राजकुमार उत्तर कौरबहरुलाई पराजय गर्न गएका थिए भनी आइमाईहरुका समाजले उनलाई सुनाएका थिए । सुन्दर राजकुमारले विश्व नै जित्न सक्दथे भन्ने उनिहरुलाई निश्चित थियो । तर यस कुरामा राजा बिराटको मन खिस्रिक भयो । किनभने, एउटा नपुंसक बाहेक अरु राम्रा मानिसहरु कोही पनि साथमा नलिएर सुकुमार प्रकृतिका राजकुमारले असम्भवको कार्य लिएका थिए भन्ने उनलाई थाहा भयो । “मेरो प्रिय पुत्र अहिले सम्ममा त मरी सकेको हुनु पर्छ” भनि उनि चिन्तित भएर रुन लागे । राजकुमार उत्तर अहिले सम्म बाँचेको भए उनलाई बचाउन जम्मा गर्न सके जति बलिया फौज बटुली पठाउन र राजकुमारलाई फर्काई ल्याउन मन्त्रिपरिषदलाई उनले आदेश दिए । राजकुमार उत्तर कहाँ थिए, के भएको थियो भनि बुझ्न स्काउटहरु पनि तुरुन्तै पठाए । (#॥स्काउटहरु कहाँबाट आए त्यति बेला ? स्काउटको जन्म भएको भरखर त १०० वर्ष जति भयो॥)।  त्यतिबेला सन्यासीको रुप गरी कंक भएका धर्म पुत्र युधिष्ठिरले बृहन्नला सारथि भएर गएकोले राजकुमारलाई केही खतरा हुन सक्तैन भनि राजालाई आश्वासन दिएर धैर्य गराउन खोजेको थियो । उनले भने -“हे राजन, बृहन्नलाको बारेमा तपाईँलाई थाहा छैन, तर मलाई थाहा छ । बृहन्नलाले हाँकेको रथबाट युद्ध गर्ने जो सुकैले पनि बिजय हासिल गर्ने निश्चित छ । आर्को कुरा, सुसर्मा पराजय भएको खबरले कौरब सेनाहरु त्यहाँबाट पछि हटेर गई सकेको हुनु पर्छ । त्यतिकैमा उत्तरले कौरबहरुलाई पराजय गरेर गाईहरु फर्काएको खुशिको खबर लिएर रणक्षेत्रबाट दूतहरु आई पुगे । चिन्तित भएर बसेका राजा बिराटलाई यो खबर साँचो हो कि होइन जस्तो लाग्यो । कंकले फेरी आश्वासन दिएर भन्यो –“शंकै छैन राजा ! दूतहरुले भनेको कुरा पक्कै पनि साँचै हुनै पर्छ । बृहन्नला सारथि भएर गएकोले बिजय निश्चित थियो । तपाईँको छोराको विजयमा छक्क मान्नु पर्ने कुनै कुरा छैन । ईन्द्र वा कृष्णको सारथिहरु पनि उनको बराबरीका छैनन् भन्ने मैले थाहा पाएको छु ।” राजा बिराटको मनमा सो कुरा हुनै नसक्ने भन्ने जस्तो लाग्यो । तर कुरा मानेर उनि अति खुशि भएका थिए । खुशिको खबार ल्याउने दूतहरुलाई उनले अमूल्य जुहारतहरु र धन सम्पतिहरु प्रशस्त दिए । जनताहरुलाई खुशिको उत्सव मनाउने आदेश दिए । “सुसर्मालाई मैले पराजय गरेको कुरा केही ठूलो होइन । राजकुमारको विजय वास्तविक विजय हो । पूजा आजा गरिएको ठाउँमा बिशेष गरी जय जय कार मनाउने प्रार्थना गर्न लगाउनु । शहरहरुको मुख्य मुख्य ठाउँहरुमा बिजय ध्वजा पताकाहरुले सजाउन लगाउनु । सिँह समान भएका मेरो छोरालाई राम्रो गरी सुयोग्यले स्वागत गर्न सबै प्रबन्ध मिलाउनु ।” भनि राजा बिराटले आदेश गरेका थिए । बिजय प्राप्त गरी फर्केका छोराको स्वागत गर्न बिराटले मन्त्रिगणहरु, सिपाहीहरु र कन्याहरुलाई पठाई दिए । राजा खोपिमा गए पछि उनले सैरन्ध्रीलाई पासा ल्याउनु भनि अह्राए । उनले कंकलाई भने –“मैले मेरो हर्ष अटाउन सकिन । आउ पासा खेलुँ ।” भनि युधिष्ठिरसित पासा खेल्न थाले । खेल्दा खेल्दै  तिनीहरुको बिच कुरा चल्यो । स्वभवत: राजा आफ्नो छोराको महत्व र पराक्रममा मक्ख भएका थिए । “हेर, मेरो छोरा भूमिन्जयको परुषार्थ । उनले प्रसिद्ध कौरबहरुलाई भगाई दिए ।” युधिष्ठिरले मुसुक्क हाँसेर भने – “हो, तपाईँको छोरा साँचैनै भाग्यमानी छ । ठूलो भाग्य नभएको भए उनले आफ्नो रथ हाँक्न लगाउन बृहन्नलालाई कसरी पाउन सक्दथे ।” राजकुमार उत्तरको कुरा भइ  राखेको बेला एकनासले बृहन्नलाको गौरबको कुरा गरेकोमा राजा बिराटलाई रीस उठ्यो । “तिमी  किन जहिले पनि त्यस नपुंसकको मात्र कुरा बारम्बार बक् बक् गर्दछौ ? मेरो छोराको विजयको कुरा गरी राखेको बेला मानौँ कुनै महत्वको मानिस जस्तै बृहन्नला नपुंसकको रथ हँकाईको दक्षताको मात्र लामो कुरा गर्दछौ ।” भनि राजा बिराट चिच्याए । “हे राजन्, मैले जस्को कुरा गरी रहेको थिएँ, त्यो मलाई थाहा छ । बृहन्नला कोहि मामुलि मान्छे होइन । तिनले हाँकेको रथले कहिले पनि हार भनेको देख्न पर्ने छैन । त्यसमा जो बसेको छ, त्यसको जस्तो सुकै गाह्रो काममा पनि सफल हुने निश्चित छ ।” भनि कंकले प्रतिबाद गरेको बेला राजा बिराटको रीस मात्र बढ्यो । त्यो विपरित कुरा राजा बिराटले सहन सकेन र झोँकिएर युधिष्ठिरको मुखमा पासाले हानी दिए । त्यसको लगत्तै गालामा एक थप्पड् पनि लगाइ दिए । पासाले युधिष्ठिरको नाकमा नै लाग्यो र रगत बग्न थाल्यो । नजिकै बसेकी सैरन्ध्रीले आफ्नो पोशाकको किनाराले रगत पुछी सुनको कचौरामा  रगत निचोरी राखे ।  “यो नचाहिने काम किन नि ? के को लागि रगत जम्मा गरेकी ?” भनि क्रोधले राजा बिराटले सैरन्ध्रीलाई सोधे । “सन्यासीको रगत भुईँमा पर्न दिन हुँदैन महाराज । रगतको जती थोपा भुईँमा रहि रहन्छ त्यति बर्ष सम्म तपाईँको देशमा पानी पर्ने छैन । यस कचौरामा रगत जम्मा गरेकी त्यही कारणले हो । कंकको महत्व तपाईँले थाहा पाउनु भएको छैन जस्तो मलाई लागेको छ” । भनि सैरन्ध्रीले बिन्ति गरी जवाफ दिइन् । त्यसै बेला ढोके पालेले “राजकुमार उत्तर र बृहन्नला आइपुगेका छन् । राजकुमार राजाको दर्शनको प्रतिक्षामा बसेका छन्” भनि राजालाई सूचना दिए । राजा बिराटले जुरुक्क उठेर भने –“भित्र आउ, भित्र आउ भन” । र, युधिष्ठिरले त्यस पालेलाई काने खुसि गरी सुटुक्क भने –“राजकुमार उत्तर एक जनालाई मात्र आउन दिनु । बृहन्नला त्यहिँ नै रहनु पर्छ ।” खराब घटना रोक्न युधिष्ठिरले यसो भनेका थिए । किन भने अर्जुनले दाजुको मुखमा चोट लागेको देखे पछी अर्जुनले रीस थाम्न सक्ने थिएन भन्ने उनलाई थाहा थियो । अर्जुनले धर्म युद्धमा बाहेक कसैबाट धर्म पुत्रलाई चोट पारेको देख्न सक्दैन थे । राजकुमार उत्तर फुर्ती साथ भित्र आए र बाबुलाई सनमान पूर्बक प्रणाम गरे । त्यस पछि कंकलाई प्रणाम गर्न लाग्दा रगत बगिरहेको मुख देखेर, हडबडाएर डराए । किनभने, कंक महान युधिष्ठिर थिए भनि बृहन्नलाबाट उनलाई थाहा भै सकेको थियो । “महाराज, यो महान आत्मालाई चोट लगाउने ब्यक्ति को थियो ?” भनि राजकुमार उत्तर जोडले कराए । राजा बिराटले छोरालाई हेरेर भने –“यो नाना रंगको कुरा किन चाहियो ? तिम्रो गौरबमय विजयको खबर सुनेर सुख सागरमा डुबिरहेको बेला यिनले डाहा गरी तिम्रो तुच्छताको कुरा गरेकोले  (#॥झूठ॥)  यसलाई मैले पासाले हिर्काई दिएको थिएँ । मैले तिम्रो कुरा उठाएको बेला प्रत्येक पटक यस अभागी ब्राह्मणले तिम्रो सारथि नपुंसक बृहन्नलाको तारिफ गरेका थिए । विजय उनको कारणले हुन्छ भन्थे । वास्तबमा त्यो ठूलो मूर्खताको काम थियो । मैले उसलाई हिर्काएकोमा मलाई अफसोच लागेको छ । तर यो कुरा गर्नु जरुरी छैन ।” राजकुमार उत्तर डरले चकमन्द भयो । “हरे ! तपाईँले ठूलो भूल गर्नु भएको छ । अब सिधै पाउ पर्नुस् र माफि माग्नुस् । हैन भने हाम्रो जरै देखि हाँगाहरु सबै नास हुने छ ।” यो कुरा बुझ्न नसकेका राजा बिराट के गर्ने भनि थाहा नपाएर अलमल्ल परी बसे । तर राजकुमार उत्तर यस्तो चिन्तित भएर बसेका थिए कि माफि नमागे सम्म चित्त बुझाउनेमा थिएन । अत: राजाले सहमत गरी कंकसित माफि मागे, ढोग गरे ।  त्यस पछि राजा बिराटले छोरा उत्तरलाई अंकमाल गरे । बस्न लगाए । अनि भने- “हे बाबु, तिमी साँचिकै बीर हौ । यी सबै कुरा सुन्न मलाई खस् खस् लागेको छ । तिमीले कसरी कौरबहरुलाई पराजय ग-यौ ? गाईहरु कसरी फर्काउन सक्यौ ?” राजकुमार उत्तरले शिर झुकाएर भने –“मैले कुनै सेनालाई पराजय गरेको थिइन । गाईहरु फर्काएको पनि होइन । त्यो सबै राजकुमार देवताको काम थियो । उनैले हाम्रो काम गरे । मलाई नाश हुनवाट बचाए । कौरब सेनालाई भगाई दिए । गाईहरु फर्काइ दिए । मैले केही गरेको थिइन ।” राजाले त्यो कुरा पत्याउन सकेन । राजाले भने - “त्यो राजकुमार देवता कहाँ छ त ? मेरो छोरालाई बचाएका, शत्रुहरुलाई भगाएका त्यस बीरलाई मैले भेटी धन्यबाद दिनै पर्छ । मैले उनिसंग मेरी छोरी उत्तरालाई बिबहा गरी दिनेछु । गएर उनलाई भित्र लिएर आउ ।” राजकुमार उत्तरले भने –“ केही समयको लागि उनि लोप भएर बसेका छन् । तर उनि आज वा भोलि फेरी आउने मलाई लागेको छ ।” अर्जुन साँचै नै राजकुमार नै भएको र केही समयलाई बृहन्नला भै रहेकोले पनि राजकुमार उत्तरले यसो भनेका थिए । राजा बिराट र राजकुमारको विजयको उत्सव मनाउन ठूला ठूला मानिसहरु बिराटका सभा मण्डलमा भेला भएका थिए । बिजयका कारण भएका कंक, बलाल भान्छे, तंत्रिपाल र धर्मग्रन्थि सबै सभा मण्डलमा पसे । सबैलाई आश्चर्य लाग्ने गरी बिना आज्ञाले राजकुमारहरुको बिचमा बसे । जे होस् ! ती मामुली मानिसहरुले आपत कालमा अमूल्य काम गरेका थिए । तिनीहरुलाई मर्यादित गर्नु  योग्य थियो भन्दै कोही कोहीले त्यस कृयाकलापको ब्याख्या गरेका थिए । राजा बिराट त्यस मण्डल भित्र आए । राजु कुमार र भद्र पुरुषहरुको लागि छुट्याइएको स्थानहरुमा कंक, भलाल, तंत्रिपाल र धर्मग्रन्थि पनि बसेको देख्दा राजाको जोस बढ्यो र रिसाएर स्वर मचाए । अब ख्याल ठट्टा धेरै भयो, पुग्यो भनेर पाण्डवहरुले आ-आफ्नो सक्कली परिचय खोलेर उपस्थित सबैलाई छक्क पारेका थिए । भेष बदलेर ती दिनहरुमा आफुलाई सल्लाह दिने भएका पाण्डव राजकुमारहरु र पाञ्चाली थिए भन्ने थाहा पाएर बिराट राजाको हर्षको सिमा रहेन । प्रसस्त कृतज्ञ भएर कंकलाई अंकमाल गरे । धन्यबाद दिएर उनिहरुलाई स्वागत गर्दै उनका राज्य तथा सबै सम्पति रीतपुर्बक पाण्डवहरुलाई सुम्पी दिए । राजा बिराटले आफ्नी छोरी उत्तरालाई अर्जुनसित बिबाह गरी दिने जिद् पनि गरेका थिए । तर अर्जुनले भने –“अहँ, त्यो कुरा उचित होइन । राजकुमारीले मबाट नृत्य, गीत संगीत सिकेकी छिन् , गुरुको नाताले म उनको बाबु समानको छु ।” तर अर्जुनले आफ्नो छोरा अभिमन्युको साथ राजकुमारी उत्तरालाई  बिबहा गर्न भने मानेका थिए । (#॥अर्जुनको त कृष्णको बहिनी शुभद्रा र द्रौपदी छँदै थिए॥)।  त्यहि बेला युधिष्ठिरलाई सूचना लिएर दुष्ट तथा बिश्बास घाति (#॥किन ?॥) दुर्योधनका दूतहरु आई पुगे । तिनीहरुले भने –“ओ कुन्ती पुत्र, धनन्जयको हतारको कामले गर्दा तिमीहरु फेरी जंगलमा जानु परेको छ भनि दुर्योधनलाई दु:ख लागेको छ । तेह्रौँ बर्ष नबित्दै उनले आफ्नो परिचय गराएको थियो । त्यसैले तिमीहरुको कबोल बमोजिम् तिमीहरु फेरी बाह्र बर्ष वनवास जानु परको छ भन्ने खबर पठाएको छ ।”  धर्मपुत्र युधिष्ठिरले हाँसेर भने –“ओ दूतहरु, तुरुन्तै दुर्योधनकहाँ फर्केर जाउ । फेरी सोधपुछ गरी बुझ्नु भन । आदरणीय भीष्म र ज्योतिष शास्त्र पढेकाहरुले निश्चय नै उनलाई बुझाई दिने छन् उनका फौजहरुले धनन्जयको ट्वांक सुनेर भागेको बेला भन्दा एक दिन अघि नै  तेह्रौँ बर्ष पूरा भै सकेको थियो ।”

Post 49 ४९ सरसल्लाह ( taking council)                       Ratna Man Dongol

Sunday, July 28, 2013

Post 47 ४७ प्रतिज्ञा पूरा गरे (Promise Fulfilled)

Post 47 ४७ प्रतिज्ञा (वचन) पूरा गरे (Promise Fulfilled)
रत्नमान डंगोल

अर्जुनको रथ पृथ्वी थर्कने गरी अगाडि बढे । गान्धीब धनुषको ट्वांग आवाज गुन्जे पछि कौरबहरुको मुटु थर्क्यो । “हाम्रो फौजलाई राम्ररी तथा बिचार पूर्बक मिलाउनु पर्छ । अर्जुन आएको छ” भनि द्रोणले चिन्ता लिएर भन्यो । द्रोणले चिन्ता लिएर अर्जुनलाई महत्व दिएको कुरा दुर्योधनलाई बिलकुल मन परेन । उनले कर्णलाई भने –“ पाण्डवहरुको वाचा अनुसार उनीहरुले बाह्र बर्ष वनमा र एक बर्ष गुप्तवास बिताउनु थियो । तेह्रौँ बर्ष अझ सम्म सकिएको छैन । अर्जुन समय नसकी अहिले देखा परेको छ । हामी किन डराउनु पर्ने । पाण्डवहरु फेरी अर्को बाह्र बर्ष वनवासमा जानु पर्ने छ । अती जानिफकार भएका द्रोणको खुट्टा चिसो भएको छ, चल्न सक्तैन, अगाडि बढ्दैन । उनलाई छोडेर हामी युद्ध गर्न अगाडी  बढौँ ।” कर्णले सहमत गरेर भने –“हाम्रा सैनिकहरुको मन युद्ध गर्नमा छैन । तिनीहरु डरले काँपिरहेका छन् । (#॥के गर्ने ? अर्जुनको नाम नै तर्साउनको लागि प्रयोग भई रहेको छ । भूत आयो ! राक्षस आयो ! भने जस्तै॥)। तिनीहरु भन्छन् कि हातमा धनुष लिई हामी तिर बढी रहेका त्यस्तो फूर्तिलो देखिएका मानिस अर्जुन हो । तर परशुराम नै भए पनि डराउनु पर्ने किन ? म एक्लैले त्यस बढिरहेका लडाकुलाई रोक्ने छु । तिमीलाई म वचन दिन्छु । अरु सबै जना पछाडि बसे पनि हर समय म एक्लै उनि सित लड्ने छु । म एक्लैले अर्जुनलाई युद्धमा अलमलाएर राखेको बेला अरुहरुले लड्न नपर्ने बेलामा मत्स्य देशको राजाको गाईहरु धपाई लगे हुन्छ ।” अनि कर्णले सदा झैँ आफ्नो शंख फुक्न लाग्यो ।
 कृपाचार्यले कर्णको कुरा सुने पछि भने –“यो त खुद मूर्ख कुरा हो । हामीहरु सबै जना मिलेर अर्जुनलाई आक्रमण गर्नु पर्छ । हामीहरुको सफल हुने मौका त्यही हुने छ । त्यसकारण सहायता नलिई उनलाई एक्लैले रोक्ने धक्कु नलगाउ कर्ण” । कर्णले रिसाएर भने –“आचार्य अर्जुनको कीर्ति गाएर उनको पराक्रमलाई बढाएर सदा खुशि मान्छन् । उनले यसो भनेको डराएर हो कि अथवा पाण्डवहरुलाई अत्यधिक मन परेर हो, म बुझ्दिन । डराएकाहरुले युद्ध गर्नु पर्दैन, तर आफुले खाएको निमक सोझो गरी युद्ध गरेको हेरी मात्र रहे पुग्छ । साथिलाई माया गर्ने र शत्रुलाई घृणा गर्ने सिपाही मात्र भएका म एक्लैले यहाँ खडा भएर युद्ध गर्ने छु” । शत्रुलाई माया गरी उनिहरुको गुण गाउने र बेदहरु पढेका मानिसहरु यहाँ के कामले आएको हो ?”
 (#॥दुर्योधनका आडहरु – भीष्म, द्रोण, कृपा, कर्ण, अश्वत्थामा इत्यादी नभएको भए त उसमा आँट कहाँबाट आऊँथ्यो ? तिनीहरु सबै दुर्योधनको पतनका कारणहरु हुन, नभएको भए दुर्योधनले पाण्डवहरु सित टक्कर लिने सोच्दै सोच्दैन थे - आजकलका हतियारहरु जस्तै॥) .
 आदरणीय गुरुहरुलाई कर्णले गरेको दुर बचन  द्रोणका छोरा, कृपाको भानिज (कृपाचार्यको बहिनी कृपीसंग द्रोणाचार्यको बिबाह भएकोले) अश्वत्थामाले चुप लागि सहन सकेन । अश्वत्थामाले भयंकर कडा बोलिले भने –“हामीले अहिले सम्म राजा (दुर्योधन)लाई हस्तिनापुर फर्काएर लगेका छैनौँ । युद्ध जित्नु त पर कै कुरा छ । तिम्रो फुर्ति बिनसित्तै मुर्ख्याइको छ । हुन सक्छ हामीहरु क्षेत्रियहरु होइनौँ; बेद र शास्त्र पढने जातका हौँ । तर पासाको खेल गरी बेइमानीले राज्य खोसेर लिनु राजाको इज्जत हो भन्ने कुनै शास्त्रमा मैले पढ्न पाएको छैन । युद्ध गरेर राज्य जित्नेहरुले पनि जितेँ भनेर ठूलो स्वर गरेर हल्ला गर्दैनन् । फूर्ति गर्न तिमीले के काम गरेका छौ ? त्यो पनि मैले देख्न पाएको छैन । आगो बोल्दैन तैपनि भोजन पकाई दिन्छ । सूर्य दिन दिनै उदाउँ छ, तैपनि आफ्नो लागि होइन । पृथ्वीमाताले एउटा श्वास जति पनि दु:ख नमानि चल-अचल सब कुरालाई थामेको छ ।  भार बोकेको छ । पासाको खेलमा बेइमानी गरी अर्काको राज्य खोसेर लिने क्षेत्रीय प्रशंसा के मा छ ? पाण्डवहरुको राज्य बेइमानी गरेर लिनु अन्जान चराहरुलाई पासो थाप्नु भन्दा ठूलो कीर्तिमानको कुरा होइन । ओ दुर्योधन, ओ दानबीर कर्ण कुन युद्धमा तिम्रा बीरहरुले पाण्डवहरुलाई हराएका थियौ ? (#॥ओ अश्वत्थामा, अधर्मी नकचरा भीष्मको नाम पनि लिएको भए हुन्थ्यो नि !॥) । तिमीहरुले द्रौपदीलाई सभामा घिसारेर बेइज्जत गरेका थियौ, के तिमीहरुले यसलाई गौरबका कुरा मानेका छौ ? (#॥सबै भन्दा खुशि त भीष्म नै भएको हुनु पर्छ॥) ।  सुगन्धको लोभले श्रीखण्डको रुख काटेर नाश गर्ने बुद्धि नभएका मूर्खले जस्तै कौरब बंशलाई नाश गरेका छौ । अर्जुन सित युद्ध गर्नु र पासा हान्नुमा धेरै फरक छ भन्ने कुरा तिमीहरुले थाहा पाउने छौ । गान्धिब धनुषबाट तीखा तीखा बाणहरु हानेर पठाउने भनेको पासाको खेलको दुवा र चौका जस्तो होइन । घमण्डि मूर्खहरु, के शकुनिले छल कपट गरी तिमीहरुलाई लडाईँ पनि जितेर दिन सक्छ भनेर ठानेका छौ ?” कौरब सेनाका नायकहरु जागा-जाग भई ठूलो स्वरले भना भन गरे । त्यसमा दू:ख मानेर भीष्म पितामहले भने –“ बुद्धिमान मानिसले गुरुहरुको अपमान कहिल्यै गर्दैन । (#॥द्रौपदीको मात्र बेइज्जति गर्छ र गरेको हेरी रहन्छ॥) । समय, ठाउँ र परिस्थितिको राम्ररी बिचार गरे पछि मात्र युद्ध गर्नु पर्छ । बुद्धिमान मानिसहरुले पनि बारम्बार आफ्नो कार्यमा होस् हवास् गुमाएको छ । अक्सर सतर्क रहने दुर्योधनले पनि रिसले खलबलेर हाम्रो फौजलाई ताकेर उभिने अर्जुन हो भनि चिन्न सकेन । उसको बुद्धिलाई क्रोधले धमिल्याएको छ । ओ अश्वत्थामा, कृपया कर्णको दोषी कुरामा ध्यान नदेउ । गुरुलाई जाग्रत गराउन मात्र खोजेको भनि ठानेर तिमी आफ्नो कार्यमा लाग्नु पर्छ । शत्रुतालाई कोट्याउनु वा मतभेदको बिउ छर्ने यस बेला ठीक होइन । सो कुरालाई बिर्सी द्रोण, कृपा र अश्वत्थामाले कर्णलाई माफी दिनु पर्छ । वैदिक र क्षेत्रिय बीरता दुबैमा ज्ञान प्राप्त आचार्य द्रोण र उनका पुत्र अश्वत्थामा भन्दा सर्बोत्तम बीरहरु बिश्वमा कौरबहरुले कहाँ पाउन सक्छ ? द्रोण सित बराबरी हुन सक्ने परसुराम सिबाय अरु कुनै हामीलाई थाहा छैन । हामीहरु सबै मिलेर लड्यौँ भने मात्र अर्जुनलाई पराजय गर्न सकिन्छ । हाम्रो अगाडी आई परेको कार्यमा लागौँ । हामी आ-आफै झगडा गर्ने तिर लाग्यौँ भने हामी अर्जुन सित लडन सक्ने छैनौँ” । (#॥चापलुसि गर्न त भीष्म संग कसैले सिकोस् – त्यसैले त केही पनि जिम्मेदारी काम नगरी ईच्छा मरणको बरदान लिएर मोज मस्तिमा समय बिताउन पाएको छ”।॥)।
पितामह भीष्मले यसरी बोलेर उनका भद्र राजकुमारहरुमा धैर्य गरेर रीसको भावनाहरु छुटाएका थिए । भीष्मले दुर्योधन तिर हेरेर फेरी भन्यो –“हेर सर्ब श्रेष्ठ राजा अर्जुन आई सकेको छ । कबोल गरेको तेह्र बर्षको म्याद हिजोको दिन सकिएको थियो । तिम्रो हिसाब गलत भएको छ । ग्रह गति जानेकाहरुले तिमीलाई भन्नेछ । मलाई थाहा थियो कि अर्जुनले शंख बजाएको बेला त्यो म्याद सकिएको थियो । युद्ध निश्चित गर्नु अघि बिचार गरेर सोचनु । यदि पाण्डवहरु सित तिम्रो मेल गर्ने इच्छा छ भने यसको लागि उपयुक्त मौका यहि हो । न्यायपूर्ण आदरयुक्त इज्जतको शान्ति वा आपसि ध्वंसात्मक युद्ध मध्ये तिमी कुन चाहन्छौ ? राम्ररी ध्यान दिएर तिम्रो इच्छाको कुरा गर ।” (#॥हे भीष्म पितामह, तपाईँले किन दुर्योधनलाई सोध्नु परेको, तिमीले जे चाहन्थ्यौ सो दुर्योधनलाई गराउन सक्थ्यौ ।) । दुर्योधनले जवाफ दियो –“आदरणीय पितामह, मेल गर्ने मेरो इच्छा छैन । पाण्डवहरुलाई एउटा गाँउ पनि दिन्न, युद्धको तयारीमा लागौँ” । (#॥त्यत्रो भयंकर आडहरु भए पछि किन डराउने ? मेल गर्ने इच्छा नभएको होइन, भने जस्तो पाण्डवले मानेमा त ठिकै थियो नि !॥) । त्यस पछि द्रोणले भन्यो – आफुलाई सुरक्षा गर्न दुर्योधनले चौथो खण्ड फौज लिएर हस्तिनापुर फर्कुन्, अर्को चौथि खण्डले गाईहरुलाई घेरा लगाई बन्दी गरी दिनु । यदि गाईहरु नलिई हामीहरु फर्क्यौँ भने पराजय मानी आएको सम्झिने छ । बाँकी आधा सेना लिएर हामीहरु पाँचै जनाले उर्जुन संग लडौँ” । त्यसै अनुरुप कौरब सेनाहरु युद्धको पंक्तिमा मिलाए ।
अर्जुनले भने –“ओ बिराट पुत्र उत्तर, मैले दुर्योधनको रथ  र उस्लाई पनि देख्दिन । मैले  कवच लगाएका भीष्मलाई देख्छु । दुर्योधनले गाईहरु हस्तिनापुर तिर धपाई लगिरहेको जस्तो मलाई लागेको छ । पहिला हामीहरु उस्लाई  लखेटी गाईहरु फर्काऔँ” ।  यति कुरा गरेर कौरब सेनालाई छोडेर अर्जुन दुर्योधन र गाईहरुको पछि लागे । गान्धिब धनुष खिँचेर गुरुहरु र बृद्ध पितामहको चरण निर पर्ने गरी बाणहरु हानेर अर्जुनले आदर पूर्बक उनिहरुको बन्दना गरेका थिए । बीरता देखाई उनिहरुलाई भक्ति पूर्बक प्रणाम गरेर अर्जुनले तिनीहरुलाई छाडेर दुर्योधनको पछि लागे ।
अर्जुन गाईहरु जम्मा गरेको ठाउँमा पुग्यो । त्यस लुटेरा फौजलाई तितर बितर गरी दियो । अनि गोठालाहरुतिर हेरेर गाईहरु गोठमा लैजानलाई आदेश दिए । उनिहरुले खुशि मानेर सो काम गरे । त्यस पछि अर्जुनले दुर्योधनलाई लखेट्यो ।  यो देखेर भीष्म र अरु कौरबहरु सुरक्षाको लागि दौडि गए । घेरा लगाई अर्जुन तिर बाणहरु हाने । अर्जुनले अपूर्ब युद्ध गरेका थिए । पहिले कर्णलाई आक्रमण गरी रणभूमीबाट भगाए । त्यस पछि द्रोणलाई हमला गरी पराजय गरे । गुरु द्रोण बसिरहेको देखेर उनका छोरा अश्वत्थामा युद्धमा शरिक हुन पुगे । अर्जुनलाई हमला गरे । त्यसले गर्दा गुरु द्रोणलाई रणभूमीबाट हटाई पठाउने मौका पाए । त्यस पछि अर्जुन र अश्वत्थामा बिच घमासानको युद्ध भयो । अश्वत्थामा थाके पछि कृपाचार्यले अश्वत्थामालाई पालो फेर्न आए । अर्जुनसंग युद्ध जारी राखे । तर कृपाचार्यले पनि हार माने । जम्मै फौज तितर-बितर भएर डरले भाग्न थाले । भीष्म, द्रोण र अरुहरुले फौज बटुली हमला गरे ता पनि तिनीहरु बिचमा युद्ध भएन । अन्तमा भीष्म र अर्जुन बिच गौरबमय युद्ध भए पछि सबैले युद्धभूमि छोडेर गए । त्यस गौरबमय युद्ध हेर्न देबताहरु पनि आएका थिए । दुर्योधन माथि अर्जुनको लखेटाई रोक्ने प्रयास यसरी असफल भए पछि अर्जुनले तुरुन्तै दुर्योधनलाई भेटाएर धुमधामसंग हमला गरे । दुर्योधन पराजित भए । रणभूमीबाट भागे । तर धेरै टाढा नपुग्दै अर्जुनले उसलाई डर छेरुवा भनि जिस्काए  पछि सर्प घुमे जस्तै गरी दुर्योधन घुमेर आई फेरी युद्धमा सरिक भएको थियो । भीष्म र अरुहरुले घेरा हालेर दुर्योधनलाई बचाएका थिए । अन्तमा अर्जुनले टुनाको अस्त्र प्रयोग गरे । सबैलाई रणभूमिमा बेहोस पारेर लडाई दिए । (#॥तर सो अस्त्रले भीष्मलाई त छुएको थिएन है !॥) । त्यस अवस्थामा भीष्मको बाहेक सबैको लुगा फुकालेर लियो । शत्रुहरुको लुगाहरु लुटेर लैजानु त्यस जमानामा बिजयको निशाना मानिन्थ्यो । भीष्मले दुर्योधनलाई हस्तिनापुर फर्काई पठाई दियो । बेइज्जतले पराजय भए पछि जम्मै सेनाहरु हस्तिनापुर फर्कि गएका थिए ।  अर्जुनले भने – “ओ राजकुमार उत्तर, रथ फर्काउ । हाम्रा गाईहरु फर्कि सकेका छन् । शत्रुहरु भागी सकेका छन् । राजकुमार तिम्रो शरीरमा चन्दन लगाएर, फूलको माला लगाएर राजधानी तिर फर्क ।”  फर्कि आउँदा बाटोमा अर्जुनले अघिको जस्तै रुखमा शस्त्रहरु राखिदियो । फेरी बृहन्नलाकै पोशाक लगाए । राजकुमार उत्तरले गौरबमय बिजय प्राप्त गरेक थिए भनि देश भरी नै प्रचार गर्न अर्जुनले दूतहरुलाई अघिबाटै पठाई सकेको थियो ।
४८ बिराटको भ्रम  (King Viraat’s Delusion)       रत्नमान डंगोल

Tuesday, July 23, 2013

Post 46 ४६ राजकुमार उत्तर


Post 46 ४६ राजकुमार उत्तर

रत्नमान डंगोल

   बिराटका छोरा राजकुमार उत्तर सारथि भएका बृहनलाको साथ रथ चढी जोश लिएर शहरबाट प्रस्थान गरे । कौरबहरुले गाईहरुलाई घेरा हालेको ठाउँमा छिट्टै पुग्ने  गरी रथ चलाउन सारथिलाई भने ।

 
कति पनि ढीला सुस्ति नगरी जति सक्यो त्यति छिटो रथलाई दौडाए । पहिले उडेको धुलोमा धमिलो देखिएको कौरब सेना नजिक पुगे पछि स्पष्ट / छर्लंग देखियो । झन् झन् नजिक पुगे पछि राजकुमार उत्तरले देखे भीष्म, द्रोण,कृपा, दुर्योधन र कर्ण जस्ताले हाँकेको कौरबको ठूलो फौज । छिट्टै युद्ध क्षेत्रमा पुगेर त्यो दृष्य देख्दा राजकुमार उत्तरको साहस बिस्तारै मलिन हुँदै गई रहेको थियो । उनको हौसला बिल्कुलै हराई सकेको थियो । उस्को मुख सकेर गएको थियो । रौँ ठाडो ठाडो भएको थियो । उनको जिउ डरले काँम्न थालेको थियो । त्यस दृष्यले भयभित भएर हेर्न नसकी दुबै हातले आँखा छोपेका थिए । राजकुमार उत्तरले भने –“ म एक्लैले त्यस फौजलाई कसरी आक्रमण गर्न सक्ने ? मेरा बाबु राजाले देशलाई असुरक्षित पारेर भएको सबै फौज लगेकोले मसित कुनै सेनाहरु छैन । विश्व प्रख्यात योद्धाहरुले हाँकेको सुसज्जित कौरब फौज सित म जस्तो एक जना मान्छेले एक्लै लड्ने भनेको हुनै नसक्ने कुरा हो । ओ बृहन्नला, रथलाई तुरुन्तै फर्काउ ।हाँसेर बृहन्नलाले भने –“ ओ राजकुमार उत्तर, शहरबाट हिँडेको बेला धृढताका साथ अठोट लिएका थियौ । आइमाईहरुले हामीहरुबाट अमूल्य बस्तुहरुको अपक्षा गरी बसेका होला । शहर बासीहरुले पनि तपाईँबाट ठूलो बिश्वास राखेका छन् । सैरन्ध्रीले मेरो ठूलो प्रशंसा गरे र म तपाईँको अनुरोधमा आएको छु । यदि हामीहरु गाईहरु नफर्काइकन यहाँबाट भाग्यौँ भने हामीहरु हाँसोको पात्र बन्ने छौँ । मैले रथ फर्काउने छैन । हामी डटेर लडौँ । डर नमान ।” बृहन्नलाले यी कुराहरु बोलेर कौरब सेना भएतिर रथ बढाउन थाले । कौरब फौजको धेरै नजिक रथ पुगे पछि राजकुमार उत्तरको डरको सीमा रहेन । उनले स्वर कँपाएर भने – “ म लड्न सक्दिन, सक्दिन । कौरबहरुलाई गाईहरु लिएर जान देउ । आइमाईहरु हाँस्छन भने हाँस्न देउ । मलाई केही परबाह छैन । हामीहरु भन्दा अतिसय बलिया भएकाहरुसंग लडनु कहाँको बुद्धिमानी हो ? मूर्ख नहोउ । रथ फर्काउ । अन्यथा, म हाम्फालेर हिँडेरै भाग्ने छु ।” यति भनेर राजकुमार उत्तर धनुषबाण फालेर रथबाट हाम्फले । डरले आँत्तिए । शहरतिर हेरेर भाग्न थाले ।

जीवनमा कहिले पनि पर्न आई नसकेको र पहिलो पल्ट सामना गर्नु परेको युद्धमा भएको राजकुमार उत्तरको डरलाई अस्वभाविक भन्न मिल्दैन । डर भनेको सबैमा हुने स्वभाविक गुण हो । आत्म बल, प्रबल इच्छा र प्रेम, लोभ, घृणा, अझ अनुशासन जस्ता प्रचलित कुराबाट डर माथि बिजय पाउन सकिने कुरा हो । बहादुरी कर्म गरेर प्रशिद्ध भएका ब्यक्तिहरुले पनि पहिलो पटक बिपदको सामना गर्नु पर्दा डर लागेको कुरालाई सकारेका वा मानेका छन् । राजकुमार उत्तर पनि कुनै हिसाबले कायर थिएन । कुरुक्षेत्रमा भएको महाभारतको लडाईँमा बहादुरी साथ लडेर बीर गती प्राप्त गरेका थिए । क्षत्रीय काम गर्नु भनी कराउँदे अर्जुनले रोकेर भाग्न लागेका राजकुमार उत्तरलाई पछ्याए । राजकुमार उत्तरलाई पछ्याउँदा बृहन्नला(अर्जुन)को चुल्ठो हल्लिएको थियो र लुगाहरु फरफराएका थिए । आफुलाई रोक्न खोजेका बृहन्नला(अर्जुन)को हातहरु छल्दै राजकुमार उत्तर यता उता भाग्न थाले । त्यो तमाशा हेर्न पाएका कौरब सेनाका मानिसहरुलाई रमाइलो लागेको थियो ।

नचिनिने गरी पोशाक लगाएको भएता पनि आइमाई जस्तो गरी वनावटी गरेकी मानिस जस्तो भान पर्न आएको र अर्जुन नै हो कि भन्ने सम्झना आउने बृहन्नला(अर्जुन)लाई देख्दा द्रोण अलमल्लमा परे । यसबारे चर्चा गर्दा कर्णले भने –“ यिनी अर्जुन कसरी हुन सक्छ ? उनि  अर्जुन नै भए पनि के छ ? अरु पाण्डवहरु नभएको बेला अर्जुन एक्लैले हामीलाई के गर्न सक्छ ? राजाले देशमा छोरा एक्लैलाई छाडेर सुसर्मासित लड्न जम्मै फौज लिएर गएको छ । नवयुबक राजकुमारले दरबारका कुनै एउटी नोकर्नीलाई सारथी बनाएर ल्याएको  । त्यति नै न हो ।”

छोडि दियो भने असंख्य धन दिन्छु भनेर बृहन्नला(अर्जुन)को हातबाट उम्कन बिचरा राजकुमार उत्तरले बृहन्नला(अर्जुन)लाई अनुरोध गरेर भने –“म मेरो आमाको एउटै मात्र छोरा हुँ । आंमाको काखमा हुर्केको बालक हुँ । म धेरै डराएको छु ।” तर बृहन्नलाले उनलाई आफुबाट बचाउन चाहेकोले राजकुमार उत्तरलाई छाडेनन् । पछ्याएर राजकुमार उत्तरलाई रथ सम्म घिसारेर ल्याए ।
राजकुमार उत्तरले सुस्केरा हालेर भने – “ मलाई धिसार्ने तिमी कस्ता मूर्ख हौ, अब मलाई के हुने हो ?” । अर्जुनले उनको त्रासलाई शान्त हुने गरी माया गरेर भने –“ नडराउ, कौरबहरु सित म लड्ने छु । घोडाहरु हेरी रथ हाँकेर मलाई मद्दत मात्र गर, अरु सबै काम म गर्ने छु । मलाई बिश्वास गर । भागेर केही फायदा हुँदैन । हामीले शत्रुहरुलाई धपाएर तिम्रा गाईहरु सबै फर्काउन पर्छ । तिम्रो ठूलो कीर्ति हुने छ” । यति भनेर अर्जुनले त्यस राजकुमार उत्तरलाई रथमा चढाइ उनको हातमा लगाम राखि दिए । रथलाई मशान नजिकको एउटा रुखमा लैजान भने ।
द्रोण एक चित गरी यो सबै हेरेर बसेका थिए । उनले थाहा पाए कि त्यो भ्रम पूर्ण लुगा लगाएका सारथि अर्जनु नै थिए । उनले यस बारे भीष्म संग छलफल गरे । दुर्योधनले कर्ण तिर फर्केर भने –“ त्यो को हो भन्ने कुरामा हामीले किन पीर मान्ने ? त्यो अर्जुन नै भए पनि उनि हाम्रो हातको खेलौना मात्र हुने छ । उस्लाई फेला परेकोबाट पाण्डवहरुला फेरी बाह्र बर्ष वनवासमा पठाउने छु” ।
राजकुमार उत्तरले रथलाई चिहानको रुख निर पु-याउना साथ बृहन्नला(अर्जुन)ले राजकुमार उत्तरलाई रथबाट ओर्लेर त्यस रूख माथि चढ र त्यहाँ लुकाई राखेको शस्त्र-अस्त्रहरु तल लिएर आउनु भनेर अह्र्याए । राजकमार उत्तरले डराएर दु:ख मानी  भने –“यो रुखमा झुण्याइएका बस्तुहरु पुराना शिकारीहरुको लाश भनि भनेको छ । त्यस मृत शरीरलाई मैले कसरी छुने ? कसरी तिमीले मलाई त्यस्तो काम गर भन्न सक्यौ ?” । बृहन्नला(अर्जुन)ले भन्यो –“ त्यो मानिसको लास होइन, राजकुमार । मलाई थाहा छ । त्यस्मा पाण्डवहरुको शस्त्रहरु राखिएको छ । नडराउ रूख चढ । ती शस्त्रहरु तल लिएर आउ । ढीलो नगर” । बिरोध गर्नु केही फायदा होला जस्तो नदेखेर बृहन्नला(अर्जुन)ले भने जस्तै राजकुमार उत्तर रुख माथि चढे । घिनाएर त्यहाँ बाँधि राखेको छालाको थैला लिएर रुखबाट तल ओर्ले । त्यो छालाको थैला खोलेको बेला उनले सूर्य जस्तो चहकिलो हतियारहरु देखे । ती चहकिलो शस्त्रहरु देखेर राजकुमार उत्तरले आश्चर्य माने । आँखाहरु छोपे । उनले साहस बढाएर ती शस्त्रहरुलाई छोए । त्यस स्पर्शले उनमा आशा र ठूलो साहसका धाराहरु बगेको जस्तो महसूस गरे । राजकुमार उत्तरले उत्साह लिई सोघे – “ ओ सारथि, कस्तो गजब ! यी धनुषबाणहरु र तरबारहरु पाण्डवहरुको भनि तिमी भन्दछौ तर उनिहरु राज्य च्युत भएर वनवास गएका छन् । तिमीले तिनीहरुलाई चिनेका छौ ? तिनीहरु कहाँ छन् ?” 
पाण्डवहरु बिराटको दरबारमा कसरी बसिरहेका थिए  बृहन्नला(अर्जुन)ले सो कुरा संक्षेपमा भने –“ राजाको सेवा गर्ने कंक युधिष्ठिर नै हो । तिम्रा बाबुलाई मीठा मीठा खानेकुरा बनाएर खुवाने बलाल भीमसेन नै हो । सैरन्ध्री जस्लाई अपमान गरेकोले किचकलाई मार्नु परेको थियो उनी द्रौपदी हुन, गन्धर्ब भएर किचकलाई मार्ने पनि भीम नै हुन । घोडाहरु रेख देख गर्न बसेका धर्मग्रन्थि चाहिँ नकुल हुन र गाई पाल्ने तन्त्रिपाल चाहीँ सहदेब हुन । म अर्जुन हुँ । ओ राजकुमार उत्तर, नडराउ । भीष्म, द्रोण, अश्वत्थामाको अगाडि कौरब सेनालाई मैले हराएर गाईहरु फर्काएको तिमीले छिट्टै हेर्न पाउने छौ । तिमीले ठूलो नाम पनि पाउने छौ । तिम्रो लागि यो एउटा ठूलो पाठ पनि हुने छ” ।
अनि राजकुमार उत्तरले हात जोडी बने –“ ओ अर्जुन, मेरो आँखाले देख्न पाउनु म कस्तो भाग्यमानी रहेछु । अर्जुन जस्ता पुरुषको स्पर्सले नै ममा सहास तथा आँट आएको छ । अन्जानमा मैले जुन भूल गरेँ त्यस्को लागि मलाई क्षमा गर्नुस ।”
जब उनिहरु कौरब सेनाको नजिकमा पुगे भर्खरै राजकुमार उत्तरमा उर्लेको साहसको भावना नघटोस, हिम्मत नहारोस भनेर बीरताका केही दृष्टान्तहरु उधृत गरे ।  कौरब सेनाको सामुमा आइ पुगे पछि तल ओर्लेर बृहन्नला(अर्जुन)ले भगवानको प्रार्थना गरे । हातबाट शंखका चुराहरु फुकाले । छालाका चुरा जस्तो नाडिमा पेटी लगाए । फुकेको कपाललाई कपडाले बाँधे । पूर्बतिर हेरेर आफ्ना शस्त्र अस्त्र प्रति आराधना गरे । रथमा चढेर आफ्ना गान्धिब धनुषका साथ प्रफुल्लित भए । धनुषमा तान लगाए । तिन पटक ट्वांग ट्वांग गरी धनुष थर्काए । सो आवाज चारै तिर गुञ्जिएको थियो । धनुषको सो घन्केको आवाज सुने पछि कौरब सेनाका बीरहरु एक आपसमा कुरा गर्न थाले –“ यो आवाज साँचैनै गान्धिव धनुषको हो ।” बृहन्नला(अर्जुन)ले देवताको जस्तो भावमा ‘देबदत्त’ शंख रथबाट बजाए । कौरब सेनाहरु तर्से । पाण्डवहरु आए भनेर कौरबको सेनाहरु बिच कोलाहल मच्चियो ।
आइमाईहरुको समाजमा फुर्ति गरेर बोलेको र शत्रु पक्षका फौज देखेर भागेको राजकुमार उत्तरको कथालाई नाचको बिच बिचमा देखाइने ठट्यौली खेल जस्तो मात्र गरी ‘महाभरत’को कथामा लेखिएको होइन । ‘सामर्थवानले तल्लो स्तरका सामर्थ वालालाई हेय गरेर हेर्नु सर्ब साधारण मानिसमा निहित गुण नै हो । धनिले गरीबलाई हप्काउनु भने जस्तै; राम्राले साधारणलाई, बलियाले कमजोरलाई हेप्छन् । तर अर्जुन साधारण मानिस थिएन । महान आत्मा र साँचिकै बीर पुरुष थिए । बीर तथा कर्तब्य निष्ठहरुले कमजोरहरुलाई आफ्ना कमजोरीबाट माथि उठाउनु नै आफ्नो जिम्मेदारी जस्तै उनले पनि ठान्दथे ।  जन्मँदै प्रकृतिले उनलाई साहसी र बीर बनाएकोमा बिश्वास गर्दथे र आफ्नो ब्यक्तिगत दु:खलाई महत्व दिँदैन थे । उनि सित वास्तविक नम्रताको भावना थियो । त्यसैले जे हुन सक्थ्यो गरेर राजकुमार उत्तरमा साहस बढाएर उनको बंश अनुसारका योग्य तुल्याएका थिए । यो अर्जुनको भद्रताको लक्षण थियो । उनले आफ्नो बल र शक्तिको दुरुपयोग कहिले पनि गरेका थिएनन् । उनको अनेकौँ उप नामहरुमा ‘बिभत्सु’ पनि एउटा हो । जसको अर्थ अयोग्य काम नगर्ने ब्यक्ति हो । उनले जीवन भरी यसरी नै सुकाम गरी बिताएका थिए ।
 

Post 45 ४५ मत्स्य देशलाई बचायो (Matysa Kingdom of King Birat was defended)


Post 45  ४५ मत्स्य देशलाई बचायो (Matysa Kingdom of King Birat was defended)

Ratna Man Dongol

 

किचकको मृत्युले राजा बिराटका प्रजाहरुमा द्रौपदी एकजना डर वा भयकी आइमाई बनिन् । “सबैको दिल चोर्न सक्ने गरी राम्री भएकी तर उत्तिकै डरलाग्दो पनि छिन् । उनलाई गन्धर्बहरुले सुरक्षा गेरका छन् । तिनी शहरमा जनताहरु र राज परिवारको लागि खतरा भएको छ । (#किन ? झन् असल मान्नुको सट्टा) । किन भने गन्धर्बहरुलाई बैमनुष्यताको रीसमा कुनै कुरामा रोक लगाउन नसकिने हुन्छ । द्रौपदीलाई शहरबाट निकाल्नु नै धेरे वेश हुने छ ।”  भनि बिचार गरेर शहरबासीहरु सुदेस्ना कहाँ गएर द्रौपदीलाई देश निकाला गर्न बिन्ति गरे ।(#झन् दुश्मनि भएन र ?)। सुदेस्नाले द्रौपदीलाई भनि – “ तिमी निसन्देह धर्मात्मा छौ, तर कृपा गरी हाम्रो देश छोडेर जाउ । अब मलाई तिम्रो आवश्यकता छैन, तिमीबाट मैले प्रसस्त सेवा प्राप्त गरी सकेँ ।”

गुप्तबासमा बस्ने कबोल गरेको समय अवधि पूरा हुन एक महिना मात्र बाँकि थियो । द्रौपदीले थप एक महिना मात्र बस्न दिन बिशेष अनुरोध गरीन् । त्यस बेला सम्म आफ्ना गन्धर्ब पोइहरुले आफ्ना उद्देश्यहरु पूरा भै सकेको महसूस गरी उनीलाई साथै लिएर जानेछन् भनी । गन्धर्बहरुले बिराट राजा र प्रजाहरुको ठूलो गुण मान्ने छन् पनि भनिन् । कृतज्ञ होस या नहोस, गन्धर्ब रिसाए भने भयानक अनर्थ हुन सक्थ्यो भन्ने ठानेर सुदेस्नाले द्रौपदीको अनुरोधलाई नाईनास्ति गर्न सकिनन् ।

तेह्रौँ वर्षको शुरु देखि दुर्योधनको बिशेष आदेशमा उनका गुप्तचरहरुले लुक्न सक्ने सबै ठाउँमा पाण्डवहरुको खोजतलाश गरेका थिए । धेरै महिना सम्म तलाश गर्दा पनि फेला नपरे पछि तिनीहरुले दुर्योधनलाई पाण्डवहरु फेला नपरेको कुर भन्न गए । “दु:ख कष्ट  सहन नसकेर शायद पाण्डवहरु मरी सकेको पनि हुन सक्छ” पनि भनेका थिए । (#दुर्योधन प्रति निष्ठावान नभएर हो कि ?)। झण्डै एक महिना पछि एउटा आइमाईको कारणले कुनै गन्धर्बले किचकलाई मा-यो भन्ने खबर दुर्योधन कहाँ आई पुग्यो । किचकलाई मार्न सक्ने भीम र बलराम दुई जना मात्र थियो भन्ने कुरा दुर्योधनलाई पनि थाहा थियो । त्यस हिसाबले दुर्योधनले शंका गरे कि बदला लिने गन्धर्ब भीम हुन सक्छ र कारण भएकी आइमाई चाहिँ द्रौपदी हुन सक्छ । दुर्योधनले सो अडकल लगाएको कुरा खुला सभामा भनेका थिए ।

दुर्योधनले भन्यो – “ पाण्डवहरु बिराटको देश मत्स्यमा भएको मलाई शंका लागेको छ ।  हामीहरुसित मित्रता नगाँस्ने बांगो भएका राजाहरु मध्ये एक जना उनै पनि थियो । उनको देशमा आक्रमण गरी  त्यहाँका गाईहरु लिएर आउनु राम्रो हुन्छ । यदि पाण्डवहरु त्यहाँ लुकिरहेको भए , बिराटको अतिथी सत्कारको  ऋण चुकाउन उनीहरु पक्कै पनि हामीहरु सित लड्न निस्कने छन् । (#आवश्यक छैन, समयावधि नसकेमा त झन जरुरि छैन)। हामीहरुले निश्चित एकिन गरेर उनिहरुलाई फेला पार्न सक्ने छौँ । यदि हामीले उनिहरुलाई करारको समय अगाडि फेला पा-यौँ भने, पाण्डवहरु फेरी अर्को बाह्र बर्ष वनबासमा जानु पर्ने छ । पाण्डवहरु त्यहाँ नभएमा पनि बित्ने कुरा केहि छैन । राजा बिराटलाई घुँडा टेकाउने मौका यहि हो । त्रिगर्ताका शासक, राजा सुसर्माले मलाई दिलै देखि भरोसा दिएका थिए - मत्स्यका राजा मेरो शत्रु हो । किचकले मलाई धेरै दु:ख दिएको थियो । किचकको मृत्युले  बिराटलाई धेरै कमजोर तुल्याएको हुनु पर्छ । अब बिराटलाई आक्रमण गर्ने आज्ञा मलाई देउ भनेर उनले मलाई भनेका थिए ।” कर्णले त्यस प्रस्तावको  सहमति स्वरुप हाँमाहाँ मिलाए । सुसर्माले दक्षिण दिशातिरबाट हमला गरी त्यस दिसा तर्फ बिराटका सेनालाई रक्षार्थ लगाई दिने । अनि दुर्योधनले कौरब सेना लिएर बिलकुल असुरक्षित उत्तर तिरबाट बिराटलाई अकस्मात हमला गर्ने भन्ने कुरामा तिनीहरु एकमत भई निष्कर्षमा आएका थिए । सुसर्माले दक्षिण तिरबाट बिराटलाई हमला गरेर गाई बस्तुहरु कब्जा गरे । बाटोमा परेको बगैँचा र खेतहरु सबै भताभुँग पारी दिए । गोठालोहरु डरले दु:ख मानेर बिराट कहाँ दौडेर गए । अहिले किचक बाँचेको भए हुने थियो भनि राजा बिराटले सोचे, उसले त्यस आक्रमणकारीहरुको मिति पु-याई दिने थियो । जब कंक(युधिष्ठिर)लाई राजा बिराटले यसो भनेको थियो तब कंकले भन्यो – “ राजा दु:ख नमान्नुस । म सन्यासी भए पनि युद्ध सञ्चालनमा निपुर्णता हासिल गरेको छु । तपाईँको भान्छे बलाल, तबेला रक्षक धर्मग्रन्थि र गोठमा हेरचाहा गर्ने तन्त्रीपाल समेतलाई रथमा चढी हामीलाई मद्दत गर्न आदेश दिनुहोस् । तिनीहरु पनि ठूला ठूला लडाकुहरु हुन भन्ने मैले सुनेको थिएँ । चाहिने रथ र अस्त्रहरु हामीलाई दिने भनेर सैनिकहरुलाई आदेश दिनु होस् । ” (युधिष्ठिरलाई कंक, भीमलाई बलाल, अर्जुनलाई बृहन्नला, नकुललाई धर्मग्रन्थि, सहदेबलाई तन्त्रिपाल र द्रौपदीलाई सैरन्ध्री भन्ने  नामहरु बिराटको दरबारमा प्रचलित भएका थिए)। राजा बिराट धेरै खुशि भए । कंकको अनुरोध बमोजिम् सैन्य बल पुरा / स्वीकार गर्न अति उत्सुक भए । रथहरु तयार भए । अर्जुन बाहेक सबै पाण्डवहरु बिराटका फौज लिएर सुसर्मा र उनका फौजलाई रोक्न हिँडे । दुबै पक्षमा धेरैको ज्यान हताहत गरेर बिराटको सेना र सुसर्माको सेनाको बिच भयानक युद्ध भयो । सुसर्माले बिराटलाई हमला गरे । रथबाट ओर्लि पैदल लड्नु पर्ने गरी राजा बिराटको रथलाई घेरामा पारी सुसर्मा उनको रथ माथि चढे । राजा बिराटलाई समातेर बन्दी बनाएर रथमा राखे । राजा बिराटलाई बन्दी बनाएको देखेर मत्स्यका सेना अत्तिएर यता उता भाग्न थाले । सोही बेला सुसर्मालाई आक्रमण गरी राजा बिराटलाई छुटाउन र छरिएका मत्स्यका फौजलाई सम्हाल्न भीमलाई हुकुम दिए । युधिष्ठिरका सो कुरा सुने पछि भीमले एउटा रुख उखेल्न लागे तर युधिष्ठिरले रोकेर भने – “ त्यस्तो चर्को कार्य नगर । युद्धको जस्तो हल्ला नगर । त्यसो गरेमा तिमीलाई सबैले चिन्ने छन् । धनुष बाण लिएर रथबाट अरुले जस्तै लाडाईँ लड ।” त्यसै मुताविक रथमा चढेर भीमले सुसर्मा माथि आक्रमण गरे । राजा बिराटलाई छुटाए । सुसर्मालाई बन्दी गरे । मत्स्यका छरिएका फौजले नयाँ रचना लिएर सुसर्माको फौज माथि हमला गरेर हराई दिए । सुसर्मा पराजय भएको खबर सुन्ने बितिक्कै शहरबासिहरु अत्यधिक खुशी भए । उनिहरुले शहरमा सिँगार पटार गरी बिजयी राजाको फिर्ती सवारीमा स्वागत गर्न तत्पर भई गए ।


राजा बिराटलाई स्वागत गर्ने ठिक त्यसै बेला उत्तर तिरबाट  दुर्योधनका फौज ओहिरेर शहर बाहिर रहेका गाईहरुको गोठहरुमा लुटपात मचाउन थाले । कौरब सेनाहरुले त्यहाँ भएका अनगिन्ति गाईहरुलाई घेरामा पार्न थाले । गोठालोका नायक शहरमा गएर राजकुमार उत्तरलाई भन्यो –“ राजकुमार, उत्तर दिशा तिरबाट कौरबहरु आई हाम्रा गाई बस्तुहरु लुट्न लागिरहेका छन् । राजा बिराट बिगर्ताका शासक सुसर्मा संग लड्न दक्षिणतिर जानु भएको छ । हामीहरुको रक्षा गर्ने कोहि नभएकोले हामीहरुलाई त्रास / डर भएको छ । राजाको छोरा तपाईँ नै हुनु हुन्छ । हाम्रो रक्षा गर्नु होस् । तपाईँको कुलको इज्जतको लागि तपाईँ आएर गाईहरु फर्काउन तपाईँ संग प्रार्थना गर्दछौँ ।” गोठालेको नायकले जनताहरु तथा त्यहाँका आइमाईहरुको अगाडि राजकुमार उत्तर संग सो कुरा जाहेर गरेको बेला फुर्तिले राजकुमार उत्तरको रगत तातेर आयो र घमण्ड गरी भने – “ यदि मेरो सारथि हुने कोही मानिस पाउन सकेको मात्र भए  म एक्लैले गाईहरु फर्काउने छु । मेरो हातको शिप देखाउने छु । म र अर्जुनमा केही फरक छैन भनि मानिसहरुले थाहा पाउने थियो ।” राजकुमार उत्तरले त्यसो भनेको बेला द्रौपदी भित्री खोपिमा बसेर मन मनै हाँसेर बसेकी थिइन् । राजकुमारी उत्तरा कहाँ दौडेर गएर द।रौपदीले भनिन् –“ राजकुमारी उत्तरा, देशमा ठूलो बिपद आइपरेको छ । कौरब सेना उत्तरबाट बढेर आई शहर बाहिर रहेका गाईका गोठहरु र गाईहरु कब्जा गरी सकेका छन् भनि गोठालाहरु आएर राजकुमार उत्तरलाई जाहेर गर्न आएका छन् । राजकुमार उत्तर उनिहरु सित युद्ध गर्न तत्पर भएका छन् । उनलाई एउटा सारथिको खाँचो परेको छ । के त्यस्ता जाबो कुराले विजय र महिमाको मार्गमा बाधा पार्ने ? म तपाईँलाई भन्दछु कि बृहन्नला अर्जुनको सारथि भै सकेका थिए । म पाण्डवहरुको महारानीका सेवामा बसेको बेला मैले सो कुरा सुनेकी थिएँ  । बृहन्नलाले अर्जुनबाट धनुर्बिद्या पनि सिकेका थिए  भनेर पनि मैले थाहा पाएकी छु । तुरुन्तै जानु भै राजकुमारको रथ हाँक्न उसलाई आदेश गर्नुहोस् ।”


 राजकुमारी उत्तरा दाजु कहाँ दौडेर गइन् । र, भनिन् – पाण्डवहरुको दरबारमा नोकरी गरी सकेकी सैरन्ध्रीबाट सुने कि बृहनला निपूर्ण सारथि छ । उनि साँचै नै पाण्डव बीर अर्जुनको सारथि भई सकेका थिए । उनलाई लिएर तुरुन्तै कौरबहरु संग युद्ध गर्न जाउ र हामीहरुलाई बचाउ र कीर्तिमान होउ ।” राजकुमार उत्तरले मञ्जुर गरे । राजकुमारी उत्तरा तुरुन्तै नाचघरमा गइन् र सारथि हुनु प-यो भनि बृहनलालाई खबर गरिन् । राजकुमारी उत्तराले भनिन् – “कौरबहरुले मेरो बाबुको गाईहरु र धन लुटेर गइरहेका छन् । ती दुष्टहरुले राजा नभएको बेला फायदा उठाउन लागिरहेका छन् । तिमी अर्जुनको सारथि भई सकेका छौ रे, अनि रण नीतिमा पनि निपूर्ण भएका छौ रे भनि सैरन्ध्रीले भनी । गएर राजकुमार उत्तरको रथ हाँकी देउ । नडराउ, राजकुमार उत्तरले तिम्रो रक्षा गर्ने छ ।” तर्से जस्तो गरेर, हाँसो लुकाई अनकनाएको र नजानेको जस्तो भान गरेर अर्जुन (बृहनला)ले सहमत गरे । उनले कवच पनि लगाउन नजानेको जस्तो गरे । बेढंगले लगाएर सबैलाई हँसाए । “अर्जुनको रथ हाँक्न पो डर लाग्दैन, अरुको त ....” भनेर पनि सुनाए । अर्जुन (बृहनला) डराएकोमा दरबारका आइमाईहरुले हाँसो गरे । “राजकुमार उत्तरले तिमीलाई रक्षा गर्ने छ नडराउ” भनि फेरी राजकुमारी उत्तराले भनिन् । अर्जुनले केही समय यस्तै ठट्टामा बिताए  । उनले घोडाहरु सजाए पछि उनी निपूर्ण सारथि रहेछ भनि सबैले जाने । उनले लगामहरु समतेको बेला उनलाई मन पर्ने भई घोडाहरुले उनको आज्ञा सजिलै सित पालन गर्ने भए । “राजकुमार उतर बिजयी हुनेछ । हामीले शत्रुका जडिहरु जडेका पोशाकहरु छिनालेर ल्याई बिजयको पुरस्कार जस्तै तिमीहरुलाई बाँडी दिने छौँ ।” भनी राजकुमार उत्तरलाई युद्ध गर्न बाहिर रथ चलाई लगेको बेला बृहनलाले दरबारका आइमाईहरुलाई भनेका थिए ।

 

Post 46 ४६ राजकुमार उत्तर

रत्नमान डंगोल

Thursday, July 18, 2013

Post 44 वाञ्छनीय असल गुणको कदर (virtue vindicated) / किचक बध

Post 44  ४४ कार्य समर्थन
वाञ्छनीय असल गुणको कदर (virtue vindicated)
किचक बध
रत्नमान डगोल

युधिष्ठिरले सन्यासीको पोशाक लगाए, अर्जुनले नपुंसकको रुपमा आफुलाई ढाले, अरुहरुले पनि आ-आफ्नो काम संग मिल्ने गरी भेष बनाए । तर कुनै पनि भेषले उनिहरुको अनुहारको शोभा र हावभावमा भद्रता हराउन सकेन । नोकरी खोज्न बिराट राजा कहाँ गएको बेला, तिनीहरु नोकरी गर्ने भन्दा हुकुम चलाई राजकाज चलाउने खालका जस्तो देखिएका थिए । राजाले पहिले त नोकरी दिन अनकन्याएका थिए, तर उनिहरुको उत्सुकताको अनुरओधमा अन्तमा मानेर उनिहरुलाई मागे अनुसारको स्थानमा बिराट राजाले नियुक्त गरी दिए ।
युधिष्ठिर राजाको संगति भए । उनी सित पासा खेलेर दिन बिताउने गरे । भीमसेन भान्छाको नायक भएर काम गरे । दरबारमा आएका बलीष्ठ नामुद पहलमानहरु सित कुश्ति खेलेर, जंगली जनावरहरुलाई काबु गरेर राजालाई मनोरञ्जन पनि गरे । अर्जुनले बृहनला भन्ने नाम गरेर राजाको छोरी राजकुमारी उत्तरा र अरु केटीहरुलाई गाउने नाच्ने र बाजा बजाउने सिकाउने काम गरे । नकुलले घोडा-घोडीहरु र सहदेबले गाईहरु र साँढेहरुको रेखदेख गरे । तकदीर नबिग्रको भए अनेकौँ नोकर्नीहरु र चाकर्नीहरुले सेवा गरेकी हुनु पर्ने राजकुमारी द्रौपदीले गुप्तबासको बेला बिराटका महारानी सुदेस्नाको सेवा गरी दिन बिताउनु परेको थियो । उनी आफुलाई नसुहाउने कार्यमा लागेर चाकर्नी तथा सहचरी भई दरबारको भित्री खोपिमा बसेकी थिइन् ।
किचक बध -
सुदेस्नाको भाई किचक बिराटको फौजको सेनापति थियो । बिराट राजाले शक्ति र इज्जत सबै उनैलाई सुम्पेका थिए । किचक बास्तवमा यति शक्तिशालि थियो कि उसको प्रभावले गर्दा मानिसहरु भन्ने गर्दथे कि वास्तबमा किचक नै राजा हुन र राजा बिराट नामको मात्र राजा थियो ।
किचक राजा माथि प्रभावकारी भएकोले र आफ्नो बलमा बेपरवाहले घमण्डि भएको थियो । द्रौपदीको सुन्दरतामा उनी यस्तो मोहमा परे कि उनिबाट आफ्नो इच्छा मेटाउने बिचार गरे । किचकलाई पूरा बिश्वास थियो कि आफ्नो शक्ति र सामर्थ्यको अगाडि द्रौपदीले नाई नास्ति गर्ने छैन । तिनी नोकर्नी नै भएता पनि आफ्नो प्रस्तावलाई अस्वीकार गर्लिन भनेर किचकलाई पटकै लागेको थिएन ।  किचकले द्रौपदीसित प्रेमका कुराहरु गर्न लागे । यसले गर्दा  द्रौपदीलाई धेरै खिन्न पारेको थियो । द्रौपदीले यो कुरा रानी सुदेस्ना र अरुहरुलाई बताउन मनासिप ठानिनन् । चुप लागेर बसिन् । गन्धर्बहरु आफ्ना लोग्नेहरु हुन र उनलाई अनादर गर्ने हरुलाई आफ्ना लोगनेहरुले गुप्तरुपले मार्नेछ भनेर हल्ला गर्न थालिन् । उनको भद्र ब्यबहार र तेजले गर्दा द्रौपदीको गन्धर्बको कथामा सबैजनाले बिश्वास गरेका थिए । तर किचक त्यसै तर्सने वाला थिएन । कुनै न कुनै उपायले द्रौपदीमाथि अनिष्ट गर्न खोजि नै रहे । किचकले द्रौपदीलाई यस्तो पछ्याउन थाले कि द्रौपदीलाई असह्य भयो । आखिर तिनिले रानी सुदेस्नालाई  भन्न करै लाग्यो र रक्षा गरी दिन अनुरोध गरिन् ।
वास्तबमा आफ्नो दिदी माथि किचकको ठूलो प्रभाव थियो । उनले लाज नमानी उनको नोकर्नीसितको अवैध प्रेम लागेको कुरा बिश्वास गरेर सुदेस्नालाई भनिन् । र, आफ्नो इच्छा पूरा गर्न सहायता गरी दिन अनुरोध गरे । त्यस आकांक्षा पूरा गर्न आफु मरिमेट्न लागेको भनि देखाए । किचकले भन्यो –“ दिदी, मलाई यस्तो पीर परेको छ कि मैले तिम्रो नोकर्नीलाई देखेको दिन देखि मलाई कति पनि निद्रा लागेको छैन । मनमा शान्ति भएको छैन । उनिलाई मेरो इच्छा अनुसार मान्न लगाउन कुनै तरिका मिलाएर तपाईँले मेरो प्राण बचाई दिनु पर्छ ।”

महारानीले त्यसो नगर्न किचकलाई सम्झाउन खोजिन तर किचकले कुरा मान्दै मानेन् । आखिरमा सुदेस्नाले किचकले भने अनुसार गर्न मानिन् । (#हाय ! रानी ) । दुबै जना मिलेर द्रौपदीलाई धरापमा पार्ने षदयन्त्र तयार पारे । एक दिन राति किचकको घरमा अनेक मिठाईहरु तयार पारी भब्य भोज तयार गर्न लागिरहेका थिए । सुदेस्नाले द्रौपदीलाई बोलाइन र एउटा राम्रो सुनको सुराही दिएर किचकको घरबाट एक सुराही रक्सी लिन जान द्रौपदीलाई अह्राइन् । द्रौपदी त्यस बेला मातिएको किचकको घरमा जान डराइन् , अरु कुनै नोकर्नीलाई पठाई दिए हुन्थ्यो भनि बिन्ति भाउ गरिन् ,तर सुदेस्नाले कुनै कुरा सुनिनन्  र रिसाएको जस्तो गरी कडा शब्दमा भनिन् –“ तिमी जानै पर्छ । म अरु कसैलाई पठाउन सक्तिन ।” अनि बिचरा द्रौपदी(सैरन्ध्री)ले मान्न करै लाग्यो । (#अरुलाई पनि साथमा लिएर जान सकिन्थ्यो नि !) ।
द्रौपदी(सैरन्ध्री)ले डराएको कुरा ठिकै मिल्न आयो । रक्सिले मात्तिएका र कामुक्ताले मस्त भएका किचक दुष्टले बिन्ति बिन्ति गर्दै द्रौपदी(सैरन्ध्री)लाई दु:ख दिन लागे । (#यस काममा रानी सुदेस्ना झन् बढी जिम्मेवार छिन् ) । द्रौपदी(सैरन्ध्री)ले किचकको अनुरोधलाई अस्वीकार गरेर भनिन् –“ भद्र राज खानदानका तीमी किन नीच जातमा जन्मेका मलाई चाहना गर्दछौ ? तिमी किन कुमार्गमा लागेका छौ ? म बिबाहिता आईमाईको नजिक तिमी किन आउँछौ ? तिंमी अवश्य मारिने छौ । मेरा संरक्षक गन्धर्बहरुले रिसाएर तिमीलाई मार्नेछन् ।
जब द्रौपदी(सैरन्ध्री)ले उनको अनुरोध मानेन् तब किचकले उनको हात समातेर यता उती तान्न खोज्यो । हातमा लिई राखेको भाँडो तल खसालेर द्रौपदी(सैरन्ध्री) किचकबाट फुस्केर भागिन् । जड्याँहा किचकले दौडेर लखेट्यो । द्रौपदी(सैरन्ध्री) चिच्याएर दरबारतिर भागिन् । तर त्यहाँ पनि रक्सि लागेकोले मात्र होइन बरु शक्ति र प्रभावले मात्तिएका किचक उनको पछि लागि जथा भावि गालि गर्दै सबैको अगाडि द्रौपदी(सैरन्ध्री)लाई लातले हान्यो । सर्व शक्तिमान सेनापति देखि सबैजना डराएका थिए । किचकलाई रोक्ने कसैको पनि साहस भएन ।
द्रौपदी(सैरन्ध्री)ले आफु माथि किचकले गरेको दुरब्यबहारमा असहय भएको बिचार गरिन र उठेको रीस र दु:ख सहन सकिनन् ।  उनको गहिरो बेदनाले  गर्दा पाण्डवहरु म्याद नपुग्दै देखापरे भने उनिहरुलाई पर्न आउने बिपद द्रौपदी(सैरन्ध्री)ले बिर्सिइन् । त्यही राती भीमसेन कहाँ गएर उनलाई जगाईन् र किचकको दुरब्यबहारबाट आफुलाई चित्त दुखेको बेदनाको बृतान्त सुनाईन् । किचकले पशुसमान भई कसरी उनलाई लखेटी बेइज्जत गरेको थियो त्यो भनि सके पछि तिनले रक्षा र बदला लिनको लागि भीम समक्ष करुणा लाग्ने गरी गुनासो गरिन् । द्रौपदी(सैरन्ध्री)ले सुस्केरा हाल्दै हिक्क हिक्क गरी भनिन् –
“अब म केही सहन सक्तिन । तिमीले त्यस पाजीलाई तुरुन्तै मार्नु पर्छ । तिम्रो कार्य गर्न तिम्रो सट्टा मैले पूजा कोठाको काम गरी दिन्छु । बिराटको लागि श्रीखण्ड पनि तयार गरी दिन्छु । म यस्ता कामलाई परबाह गर्ने छैन । म, आझ सम्म आफुले माया गरी मानि राखेका माता कुन्तीको अथवा तिम्रो मात्र सेवा गर्ने छु । तर अहिले मलाई बेइज्जती हुने नीच कामबाट क्षण क्षणमा डर लिई यिनी दुष्टहरुको सेवा गर।नु परेको छ  । मैले त्यस्ता काममा गाह्रो मानेको छैन । मेरा हातहरु हेर ।”  अनि तिनले नोकरीको कामबाट फुटी दाग परेका हातहरु देखाइन् । भीमले सन्मान पूर्बक उनका हातहरु आफ्नो गालामा, आँखाहरुमा लगाए । दु:ख,करुणा र मायाले बोल्न सकेन । उनले द्रौपदी(सैरन्ध्री)को आँखाका आँशु पुछी दिए । अन्तमा स्वर निकाली खस्रो बोलिमा बोले –“ युधिष्ठिरको प्रतिज्ञा अथवा अर्जुनको उपदेशलाई म परबाह गर्दिन । जे जे भए पनि म परवाह गर्दिन । तिमीले जे भन्छौ म त्यहि गर्छु । मैले किचक र उस्का बथानलाई अहिले नै मारी दिन्छु ।” भनि भीम जुरुक्क उठी हाले ।
 तर द्रौपदी(सैरन्ध्री)ले हत्तारो नगर्न सम्झाइन् । तिनीहरुले छलफल गरी अन्तमा यस्तो निर्णय गरे – किचकलाई नाच घरको एकान्त ठाउँमा राती एक्लै बोलाउने षडयन्त्र गर्ने । त्यहाँ उनको प्रतिक्षामा द्रौपदी(सैरन्ध्री) बसेकी भन्ने जस्तो पार्ने र सट्टामा भीमलाई आइमाईको भेषमा भेट्टाउने पार्ने । भोलि पल्ट बिहान किचकले फेरी घृणाको नजरले हेरी फुईँ फाँइ गरी द्रौपदी(सैरन्ध्री)लाई भने – “ओ सैरन्ध्री, मैले तिमीलाई राजाको अगाडि पछारेँ र लात मारेको थिएँ । तिमीलाई साथ दिन के कोही अगाडि सरेर आयो र ? बिराट यो मत्स्य देशको नाम मात्रको राजा हुन् । तर सेनापति भए पनि वास्तविक राजा म नै हुँ । अब मूर्ख नहोउ, बरु आएर राजकीय सनमानका साथ मसित जीवन बिताउ । म तिम्रो भक्ति गर्ने नोकर बन्ने छु ।” अनि किचकले राता आँखा गरी खाई हाल्ने जस्तो गरेर द्रौपदी(सैरन्ध्री)लाई मनाउन खोज्यो । जंगियो र चापलुसिको कुरा गर्न थाल्यो । द्रौपदी(सैरन्ध्री)ले मानेको जस्तो बहाना गरी भन्यो – “ किचक, मलाई बिश्वास गर, अब मैले तिम्रो आकाँक्षालाई रोक्न नसक्ने भएको छु । तर तिम्रो कुनै पनि संगातिहरुले र भाइहरुले हाम्रो सम्बन्ध बारे थाहा नपाउने गर्नु पर्छ । यदि तिमीले ईमान्दारीका साथ अरुहरुबाट हाम्रो सम्बन्ध गोप्य राख्न किरिया खान्छौ भने म तिम्रो इच्छा अनुसार गर्न तयार छु ।” किचकले दंग भएर द्रौपदी(सैरन्ध्री)को त्यस शर्तलाई तुरुन्त मन्जुर गरे । त्यसै दिनको राती द्रौपदी(सैरन्ध्री)ले भनेको ठाउँमा एक्लै आउने कबुल गरे । द्रौपदी(सैरन्ध्री)ले भनी – “ दिउँसो नाचघरमा आइमाईहरुले नृत्य सिकिरहेका हुन्छन् । रात परे पछि उनिहरु आ-आफ्नो डेरामा फर्कन्छन् । राती नाच घरमा कोही पनि हुँदैन । आजको रातीको लागि त्यहिँ नै आउनु । म त्यहाँ तिम्रो प्रतिक्षा गरी रहने छु । मबाट तिमीले आफ्नो इच्छा पुरा गर्न पाउने छौ ।”

क्रमश: किचक बध
त्यस दिन राति किचकले नुहाई-धुवाई गरे, अत्तर लगाए र श्रृंगार-पटार गरे । अनि नाचघरमा गए । नाचघरको ढोका खुलै देखेर हर्षले बिस्तारै नाच घर भित्र पसे । एक दमै कम उज्यालोमा अलि अलि देखिए जस्तो अँध्यारोमा त्यहाँ राखिएको सोफामा कोहि सुतिरहेको जस्तो उनले देखे । अबश्य पनि द्रौपदी(सैरन्ध्री) हुनु पर्छ भन्ने ठानेर किचकले बिस्तारै त्यसको अंगमा हात हाले । ओ हो ! यो त द्रौपदी(सैरन्ध्री)को नरम शरीर त होइन । यो त फलाम जस्तो साह्रो छ । त्यहाँ त भीम न सुतिरहेको थियो । सिँहले सिकारलाई झम्टे जस्तो गरी भिमले जुरक्क उठेर किचकलाई झम्टी हाले र भुइँमा पछारी दिए । तर किचकलाई जति आश्चर्य भए पनि उनि कायर भने थिएन । उनि कुश्तिमा बालवान नै थिए । द्रौपदी(सैरन्ध्री)को एक जना गन्धर्ब लोग्ने सित लड्नु परेको थियो भन्ने ठाने । दुबै जनाको बिच घमासान मल्ल युद्ध भयो । त्यस बेला किचक, भीम र बलराम तिनै जनालाई समान स्तरमा हेरिन्थ्यो । तर भीम र बलराममा भएको दैविक शक्ति बारे कसैलाई थाहा थिएन । सबै भन्दा कमजोर किचक थिए भने सबै भन्दा बलवान बलराम थिए । अत: किचकलाई वध गर्न सक्नेमा भीम वा बलराम मात्र थिए । भीम र किचक बिचको भिडन्त बालि र सुग्रीब बिचको लडन्त जस्तै थियो । अन्तमा भीमले किचकलाई मारी दिए । उनका शरीरलाई आकार रहित मासुको डल्लो बनाई दिए । अनि भीमले सो कार्य भएको बारे द्रौपदी(सैरन्ध्री)लाई सुनाएर छिटै भान्छाघरमा पुगे र नुहाई धुवाई गरेर शरिरमा श्रीखण्ड लगाएर शान्ति पूर्बक सुते । द्रौपदी(सैरन्ध्री)ले दरबारका पहरादार सिपाहिहरुलाई उठाएर भनिन् – “किचकले मलाई दु:ख दिन आएका थिए । उस्लाई मैले जनाउ दिए जस्तै मेरो एक जना लोग्ने गन्धर्बले उनको मिति पु-याई दिएको छ । मोहको शिकारमा परेको तिम्रा दुष्ट सेनापति मारिएको छ हेर ! ” । आकारै नभएको मानव जस्तो पनि नदेखिएको डल्लो परेको मासु, किचकको मृत शरिर तिनीहरु सबैलाई द्रौपदी(सैरन्ध्री)ले देखाई दिइन् ।

४४ मत्स्य देशलाई बचायो (Matysa Kingdom of King Birat was defended)
Ratna Man Dongol

Wednesday, July 17, 2013

Post 43 घरायसी कार्यहरुको बाँड फाँड


Post 43 ४३ घरायसी कार्यहरुको बाँडफाँड

रत्नमान डंगोल

“ओ ब्राह्मणहरु, धृतराष्ट्रका छोराहरुले हामीलाई धोखा दिएको छ, हाम्रो राज्य लिएको छ र हामीलाई कंगाल तुल्याएको छ ।(#किन रोईस मंगले, आफ्नै ढंगले !)। हामीले अहिले सम्म जंगलमा बसी हर्ष गरी आनन्दले यी वर्षहरु बितायौं । वनबासको तेह्रौँ बर्ष आइपुगेको छ । यसका लागि तपाईँहरुबाट हामी छुट्टिनु पर्ने भएको छ । हामीले दुर्योधनका गुप्तचरहरुले थाहा नपाउने गरी अबको एक वर्ष बिताउनु परेको छ । निडर भएर बाहिर निस्केर हामीहरु फेरी साथै भेट्ने दिन कहिले आउने हो पर्खेर हेर्नु छ । सो दिन बारे भगवानलाई मात्र थाहा छ । अब हामी जानु अघि हामीलाई आशिर्वाद दिनुस् । डराएर अथवा पुसकार पाउने आशाले हामीलाई धृतराष्ट्रका छोराहरु कहाँ पु-याउने वा धोखा पु-याउने इच्छा भएका मानिसहरुबाट हामी बच्न सकोस्” । त्यस बेला सम्म पाण्डवहरुका साथमा बसेका ब्रह्मणहरुलाई युधिष्ठिरले यसरी बोलेका थिए । उनले यी वचनहरु बोल्दा उनका बाणी मानसिक समवेदनाले कामेका थिए ।

धौम्यले उनलाई धैर्य दिलाएर भने – “छुट्टिनु भनेको गाह्रो छ । बिपदहरु धेरै र ठूला छन् । निरुत्साह हुनु पर्ने कारण केही छैन । तिमी धेरै बुद्धिमान र बिद्वान छौ । तिमीहरुले भेष बदल्नु पर्छ । राक्षसहरुले दमन गरेको बेला देबराज इन्द्रले ब्राह्मणको भेष गरेर निशादको देशमा थाहा नपाउने गरी बसेका थिए । त्यसरी लुकेर बसेको बेला उनले शत्रुहरुको नास गर्ने प्रबनध गरेका थिए । तिमीहरुले पनि त्यस्तै गर्नु पर्छ । बिश्वेश्वर महाबिष्णुले अदितीको  गर्भमा बसेर मानवको जन्म लिई संसारलाई मोक्ष गर्न राजा बलिको राज्य हरण गरेका थिएनन् र ? मानिसको शरणदाता भएका नारायण भगवानले असूर राजा बृत्रलाई पराजय गर्न इन्द्रको शस्त्रमा के बसेका थिएन र ? सर्बब्यापी बिष्णु भगवानले रावणको बध गर्नको लागि मर्त्यमण्डलमा दशरथको छोरा भई जन्मेर अनेकौँ दु:खहरु भोगी कैयौँ बर्ष बिताएका थिएनन् र ? पहिले पहिले महात्माहरुले कल्याण कारी कार्यहरुको लागि अवतार लिने गरेको पाईन्छ । तिमीले पनि त्यस्तै गरेर शत्रुहरुलाई पराजय गर्नेछौ र समृद्धी प्राप्त गर्ने छौ” । (# कथै कथा – भगवानलाई पनि त्यसो गर्नु पर्छ र ?) । युधिष्ठिरले ब्राह्मणहरुसित बिदा लिए । साथमा रहेका मानिसहरुलाई घर जाने आज्ञा दिए । पाण्डवहरु जंगलको एकान्त ठाउँमा गए ।  भबिष्यको कार्यको बारे छलफल गरे । दिक्क भएर युधिष्ठिरले अर्जुन सित सोधे –” विश्ववातावरण बारे तिमीलाई छलफल गर्ने धेरै ज्ञान छ । तेह्रौँ बर्ष बिताउन हामीहरुको लागि सबै भन्दा उपयुक्त कुन ठाउँ होला ?” अर्जुनले जवाफ दिए – “ ओ बडा महाराज, कालका देबता यमले हामीलाई वरदान दिनु भएको तपाईँलाई थाहा नै छ । हामीले कसैले पत्ता नपाउने गरी आउने बाह्र महिना बिताउन सक्ने छौँ । केही समयको बसोबासको लागि पाञ्चाल, मत्स्य, साल्भ, बिदेह, वल्हिका, दशर्ना, सुरसेन, कलिङ्ग र मगध जस्ता राज्यहरु मध्यबाट चुन्न धेरै राम्रो हुने छ । अब चुन्ने काम चाहिँ तपाईँको हो । तर मैले राय दिने भए बिरात राजाको मत्स्य देश सबै भन्दा वेश हुने छ । यो देश फले फुलेको छ । उत्तिकै रमाइलो पनि छ ।”

युधिष्ठिरले जवाफ दिए – “मत्स्यका राजा बिराट धेरै बलियो छ । उनले हामीलाई धेरै माया गर्छ । उनि पूर्ण बिचार भएको ब्यक्ति हुन । धर्म निष्ठामा पनि लागेका छन् । उनि दुर्योधन संग दब्ने र तर्सिने पनि छैन । बिराट कै राज्यमा गुप्तबास बस्नु सबै भन्दा ठिक हुनेछ, मेरो सहमत छ ।”

अर्जुनले प्रश्न गरे - “राजा, त्यसो भए बेसै भयो, बिराटको दरबारमा तपाईँले के काम लिने बिचार गर्नु भएको छ ?” यो प्रशन सोधेको बेला, राजसूय यज्ञ गरी सकेका महान तथा निष्पापी राजा युधिष्ठिरलाई भेष बदलेर नोकरी गर्नु पर्ने भएको बाध्यता सम्झेर अर्जुन धेरै दु:खी भएका थिए ।

युधिष्ठिरले जवाफ दिए –“ मलाई दरबारीया सेवामा लिनु भनी बिराट संग माग्ने बिचार गरेको छु । मैले कुराकानि गरेर, पासा खेलेर उनलाई खुशि पार्न सक्छु जस्तो लागेको छ । मैले सन्यासीको पोशाक लगाउने छु । ग्रहगतिको लक्षण-कुलक्षण हेर्ने मेरो दक्षता र ज्यतिष शास्त्रको ज्ञानले र त्यस्तै बेदबेदांग नीतिहरु, राजनैतिक र अरु बिज्ञानका कुरहरु सुनाई उनलाई चित्त बुझाएर ब्यस्ता गराई राक्न सक्ने छु । वास्तवमा मलाई सावधान हुनु पर्नेछ तर मेरो बारेमा चिन्ता नलेउ । म युधिष्ठिरको घनिष्ठ मित्र भएको थिएँ र उनिसंग बस्न पाएको बेला यी कुराहरु जानेको थिएँ भनी मैले उनलाई भन्ने छु ।” “ओ भीम, बकासुर र हिडिम्बा राक्षसहरुलाई मारेका तिमीले बिराट कहाँ के काम रोज्ने छौ ? तिमीले बकासुरलाई मारेर हामीलाई बचाएका थियौ । बीरता र बल तिमीबाट भल भलति बगिरहेको छ । कुन भेष लगाएर तिम्रो शक्तिशाली ब्यक्तित्व लुकाएर मत्स्यको देशमा नचिनिने गरी बस्न सक्ने गराउँछौ ?” भीमलाई यो प्रश्न गर्दा युधिष्ठिरले आँशु चुहाएका थिए ।

भीमले हाँसी हाँसी जवाफ दिए – “महाराज, बिराटको दरबारमा भान्छेको काम लिने मेरो बिचार छ । मेरो भोक पनि ठूलो छ । म पकाउनमा पनि सिपालु भएको छु । तपाईँलाई थाहानै छ । (#सूर्य देबले दिएको पात्रको खाना खानेले पकाउन सिक्न पनि जाने ?)। बिराट राजाले कहिले पनि स्वाद नपाएका खाना तयार गरी मैले उनलाई खुशि पार्ने छु । मैले जंगलबाट सुखेका रुखहरु काटेर दाउराको थुप्रो ल्याउने छु । मैले दरबारमा आएका पहलमानहरुसित कुश्तिमा जितेर / खेलेर राजालाई हसाउने पनि छु ।” यस कुराले युधिष्ठिरलाई चिन्ता लाग्यो । किनभने, यदि भीमसेन कुश्ति खेलमा लागे भने तिनीहरुलाई बिपद पर्न सक्ने भएकोले उनलाई डर थियो । भीमले उनको डर हटाउन तुरुन्तै यसरी भने –“ म कसैलाई मार्ने छैन । मैले कुनै कुश्तिबाजलाई योग्य चालबाजी मात्र गर्ने छु । तर कसैलाई मार्ने छैन । मैले मस्त साँढेहरु, राँगोहरु र जंगली जनावरहरुलाई काबुमा लिएर बिराटराजालाई पूरा मनोरन्जन गराउने छु । त्यस पछि युधिष्ठिरले अर्जुनलाई बोलाएर भने – “तिमीले कुन पेशा लिने बिचार गरेका छौ ? शिखरमा पुगेको बीरतालाई तिमीले कसरी लुकाउने छौ ?” । उनले यो प्रश्न गरेको बेला अर्जुनले गरेका उज्वल पराक्रमहरुको बयान नगरिकन रहन सकेन । उनले बीसवटा श्लोकमा अर्जुनको गौरबको बयान गरी बोलेका थिए । ठिक छ, प्रशंसा योग्य अर्जुन नभए अरु को हुने ? । (#अर्जुन बायुसेना न भए !) । अर्जुनले जवाफ दिए- “ आदरणीय दाजु, नपुंसकको रुप लिएर मैले दरबारका केटीहरुको सेवा गर्ने छु । धनुषका तानले रगडिएर बनेका दामहरुलाई लुगाले छोप्ने छु । स्वर्गमा रहँदा उर्बर्षी मलाई आमा सरह भएको कारणले मैले उनको प्रेमाशक्तको बेलालाई नामञ्जुर गरेको हुनाले उनिले मलाई पुरुषत्व गुमोस भनेर सराप दिनु भएको थियो । तर देबराज इन्द्रको अनुग्रहले त्यस सरापको प्रभाव एक बर्ष सम्मको लागि मात्र रहने भयो । अब म त्यहि बेलाको लागि सो सराप अपनाउने छु । मैले अब पुरुषत्व गुमेको त्यही एक बर्षलाई अपनाई बिराटराजा कहाँ सेवा गर्ने छु । सेतो शंखको चुरा लगाएर , आईमाईले जस्तो कपाल बाटेर, आईमाईको जस्तो पोशाक लगाएर बिराटराजाका महारानीको भित्री खोपिमा बैठकेको काममा लाग्ने छु । मैले आईमाईहरुलाई गाउने नाच्ने सिकाउने छु । युधिष्ठिरको दरबारमा द्रौपदीको सेवा गर्दथेँ भनि मैले नोकरी माग्ने छु ।” यति भनेर द्रौपदी तिर हेरेर अर्जुन हाँस्न लागे । युधिष्ठिरले आँशु चुहाएर भक भके भएर भने –“ हरे शिब ! कीर्ति र बहादुरीमा कृष्ण समान भएका भरतबंशका बीर सन्तान, सुमेरु पर्बत जस्तो भएकाले महारानीको खोपिमा नपुंसक भएर बिराट राजाको नोकरी खोजन जानु पर्ने उनको तकदीर मा रहेछ” ।

अनी युधिष्ठिरले नकुल तिर हेरेर उनले के काममा लाग्ने भनेर सोधे । नकुलकी माता मादरीलाई सम्झेर आँखामा आँशु निकालेका थिए ।  नकुलले जवाफमा  भने – “ मैले बिराट राजाको तबेलामा काम गर्ने छु । घोडाहरु तालीम गर्ने र रेखदेख गर्ने मेरो मन छ । किनभने, घोडाहरुको मनका कुरा र तिनीहरु बिरामी भएमा तिनीहरुलाई औषधि गरी निको पार्ने उपाय मलाई थाहा छ । मैले घोडा चढेर सधाउन सक्ने मात्र होइन कि तिनीहरुलाई रथमा जोहेर हाँक्न पनि सक्छु । पाण्डवहरुको घोडाको काम गर्द थिएँ भनेर बिराट राजाई भन्ने छु । बिराट राजाले मलाई काममा लिने कुरामा कुनै शंका छैन । युधिष्ठिरले सहदेब सित सोधे –“देबताहरुको गुरु पुरुहित बृहस्पतिको क्षमता र बुद्धि भएका, असुरहरुको गुरुको जति ज्ञान भएका तिमीले कुन काम अपनाउने बिचार गरेका छौ ?” सहदेबले भने – “ नकुलले घोडाको काम जस्तै मैले गाईहरु स्याहार्ने काम गर्नेछु । मैले बिराट राजाको गाईहरुलाई रोगको प्रकोपबाट र जंगली जनावरहरुबाट सुरक्षा गर्ने छु” ।

युधिष्ठिरले “ओ द्रौपदी” सम्म भन्न सके तर के काम लिने बिचार गरेकी छौ भनेर सोध्न चाहिँ सकेन । तिनी प्राण भन्दा प्यारो थिइन् । सबै प्रकारको आदर र सुरक्षाको योग्य थिइन । उनको लागि नोकरीको कुरा ऊठाउनु नै अपबित्रको कुरा देखिएको थियो । तिनी भद्रकुलमा जन्मेकी, राजर्षी स्याहार र सुसारले हुर्केकी राजाकी छोरी, राजकुमारी थिइन् । लाज र नैराश्यले युधिष्ठिरलाई चोट लागेको थियो । द्रौपदीले उनको दु:ख बुझेर यी साहसी कुरा बोलेकी थिइन – “ ओ सर्ब श्रेष्ठ राजा, मेरो बारेमा शोक नगर । सुर्ता नलेउ । म बिराट राजाकी महारानीको दरबारमा राजकुमारीहरुको सङ्गती तथा सहचरी सैरन्ध्री हुने छु । मैले आफ्नो स्वतन्त्रता र पतिब्रता धर्मलाई बचाउने छु । किनभने, राजकुमारीहरुको संगती तथा सहचरीहरुलाई यो अधिकार प्राप्त छ । यस अधिकारलाई प्रयोग गर्न सकिन्छ । साना साना कुरा गरी दरबारका आईमाईहरुलाई मनोरन्जन गराउने र चुल्ठो बाटीदिने जस्ता हलुका काममा म लागेर दिन बिताउने छु । मैले युधिष्ठिरको दरबारमा यसरी राजकुमारी द्रौपदीको सेवा गरी आएकी थिएँ भनी बयान गरेर महारानीसित नोकरी माग्ने छु । म यसरी कसैले पनि थाहा नपाउने गरी रहने छु” ।
 
युधिष्ठिरले द्रौपदीको साहसको प्रशंसा गरी भन्न लागे – मंगल मयी, तिंमीले आफ्नो परिवार योग्य कुर गरेकी छौ ।”  जब पाण्डवहरुले यसरी निर्णय लिए तब धौम्यले उनिहरुलाई आशिर्बाद दिएर भने (#एकान्तमा बसेका पाण्डवहरु बिच धौम्य फेरी कहाँबाट आए हो ?) – “ राजाको यहाँ नोकरी गरेको भनि निबर्स र राजाले के चाहन्छ र नोकरले के गर्नु पर्छ भन्ने तिमीलाई थाहा भए पनि म तिमीहरुलाई स्मरण गराउन चाहन्छु ।  राजाको काममा बसेकाहरुले सँधै होशियारी भएर बस्नु पर्छ । ज्यादा कुरा गर्नु हुन्न, काम गर्नु पर्छ । सोधपुछ गरेको बेला मात्र सल्लाह दिनु हुन्छ र पहिले नै जान्ने भएर बोल्नु हुन्न । बेला बखत हेरी राजाको प्रशंसा गर्नु पर्छ । सानो कुरा किन नहोस् सबै कुराको राजालाई थाहा दिएर मात्र गर्न पाइन्छ । राजा भनेको मानिस स्वरुप लिएका वास्तविक आगो हो । राजाको साह्रै नजिक पनि नजानु र नभेट्टिने गरी ज्यादै टाढा पनि नबस्नु । राजाले पत्याएमा महान अधिकार पनि पाउन सकिन्छ, तापनि तुरुन्त अपदस्त पनि हुन सकिन्छ भन्ने कुरा भुझेर उनिसित उचित ब्यबहार गर्नु पर्ने हुन्छ । राजामा अति बिश्वास राख्नु मूर्खता हुनेछ । राजाको माया पाइयो भनेर उनको सवारी साधनमा, उनि बस्ने ठाउँमा र उनको रथमा कोही बस्नु हुँदैन । राजाको नोकर सँधै जाँगरिलो र आत्म संयमी हुनु पर्छ । राजाले मान ग-यो भनेर धेरै खुशि हुनु हुँदेन । अनादर गरे पनि धेरै खिन्न हुन हुँदेन ।” (#खाईस् ल्वाप्पा युधिष्ठिर / पाण्डवहरु, क्या अर्ति राजालाई राजाको बारेमा) । “आफुलाई बिश्वास गरेको गोप्य कुराहरु  प्रकाश गर्नु हुँदेन । नागरिकहरुबाट कुनै बस्तु उपहार स्वरुप लिन हुँदेन, लिनै पर्ने बाध्यता भएमा राष्ट्रलाई वा राजालाई नै लगेर बुझाउनु पर्छ । अरु नोकरहरुको डाह गर्नु हुँदैन । राजाले बुद्धिमानहरुलाई छोडेर मूर्खहरुलाई  ठूला ठूला पदहरुमा राख्न सक्छन् । यस्ता बेढंगका कुराहरुलाई बेवास्ता गर्नु पर्छ । दरबारका केटीहरु सित कुनै मानिस अति सावधानी हुन सक्तैन । र, तिनीहरु प्रति असिष्टताको ब्यबहारको भावना रतिभर पनि हुनु हुँदेन ।” अनि धौम्यले पाण्डवहरुलाई आशिर्बाद दिएर भने – “ एक वर्ष लाई राजा बिराटको यसरी सेवा गरी बिताउनु र त्यस पछि तिमीहरुको गुमेको गद्दी फिर्ता पाई तिमीहरुले शेष दिनहरु सुखमा बिताउने छौ ।”


 

 

Monday, July 15, 2013

POST 42 ४२ जादुको तलाउ

Post 42 ४२ जादुको तलाउ
रत्नमान डंगोल

भाकल गरेको बाह्र बर्षको समय सकिन लागेको थियो । एक दिन एउटा गरीब ब्राह्मणको आगो पार्ने खलमा एउटा हरीणले आफ्नो आँग रगेडी कन्याई रहेका थिए । कन्याई सकेर जान खोज्दा सो खल उनको सिँगमा अड्कियो । आत्तिएर सो जनावर जंगल तिर भागेर गए ।  त्यस जमानामा दिया सलाई भनेको थिएन, दुई बस्तु रगडेर घस्रण द्वारा आगो पार्दथे । (#कथा न हो, दिब्यास्त्र, लाक्षा गृह अनि के के भएर पनि) । “हरे मेरो आगो पार्ने खल सहित त्यो हरीण भागेर गयो । अब मैले कसरी अग्नि होम गर्न सकुँला र !” भनी त्यस ब्राह्मण चिच्याएर आफ्नो बिपदमा सहायता लिन पाण्डवहरु भए तिर दौडेर गए । पाण्डवहरुले त्यस जनावरलाई लखेट्दै गए । तर त्यो जादुको हरीण थियो, त्यसैले पाण्डवहरुलाई मोह पार्दै उफ्री उफ्री भेट्टाउन नसक्ने गरी जंगल भित्र पस्यो र अदृश्य भयो । पाण्डहरु बेकारको खेदाइमा थाकेर खेद गरी वरपीपलको रूख मुन्तिर बसे । नकुलले सुस्केरा हाली भने – “हामीले त्यस ब्राह्मणको यो जाबो काम पनि गरिदिन सकेनौँ ।  हामी कतिको जीर्ण भै सकेका छौँ ।”
भीमले भन्यो – “ बिलकुल मनासिप, द्रौपदीलाई घिच्याइ सभामा ल्याएको बेला त्यस दुष्टहरुलाई मार्नु नै पर्ने थियो । हामीले त्यसो नगरेको कारणले यी सबै दु:खहरु भोग्नु परेको छ, होइन र ? अनि उनले खेद गरी अर्जुन तिर हेरे ।”  अर्जुनले सहमत भै भने – “ मैले केहि नगरेर त्यो सारथिको छोराको अनिष्ठ र निन्दनिय घमण्डलाई चुपचाप सहेको थिएँ । त्यसैले हामीहरु यो दु:खमा पर्न बाध्य भएका छौँ ।” (#कर्णलाई के दोष, जड दुर्योधन हो –  अनि जुवा खेल्न मान्नेहरु चाहीँ कस्ता ? थाहा हुँदा हुँदै सबै हार्ने ?  । फेरी कर्णसंग दुष्मनीको सुरुवात त तिमीले नै उस्लाई गाली गलौच गरेर गरेका थियौ, बेइज्जत गरेका थियौ - रणभूमिमा) । आफ्ना भाइहरु सबैमा चहकिलो र फुर्ति हराएको युधिष्ठिरले चाल पाए । तिनीहरुलाई कुनै कार्य गरायो भने फुर्तिलो हुने थियो भन्ने बिचार भयो । उनलाई प्यासले सताएको थियो । नकुललाई भने – “ भाइ त्यो रुख चढेर कुनै नदी या तलाउ वरि परी छ कि हेर त, तिर्खा लाग्यो ।” नकुलले रुखमा चढेर वरिपरी हेरेर भने – “ केही पर जल बिरुवाहरु र सारसहरु देखिएको छ, त्यहाँ जरुर पनि पानी हुनु पर्छ ।” नकुललाई युधिष्ठिरले पानी लिन पठाए । नकुल त्यहाँ पुगेर हेर्दा तलाउ देखेर खुशि भए । उनि आफैलाई धेरै प्यास लागेको थियो र दाजुको निमित्त ठोक्रामा पानी भर्नु अगाडि आफ्नो प्यास मेटाउने बिचार गरे । तर त्यो पानीमा हात चोपल्न पाएको थिएन, एउटा आवाज सुने । त्यस आवाजले भने – “ नहडबडाउ ! यो तलाउ मेरो हो । ओ मादरी पुत्र, मेरो प्रश्नको उत्तर दिएर मात्र पानी खानु ।” नकुलाई आश्चर्य लाग्यो । तर अत्यधिक प्यासले सताइएको भएकोले त्यस जनाउलाई ध्यान नदिइ उनले पानी खाए । तुरुन्तै रिंगता लागेर थाम्न नसकेर उनि लडे र मरे । धरै बेर सम्म पनि नकुल फर्केर नआएकोले आश्चर्य भएका युधिष्ठिरले के भयो भनि हेर्न सहदेबलाई पठाए । सहदेब तलाउ निर पुगे । भाइ भुईँमा लडिरहेको देख्दा केही हानी भयो भनेर आश्चर्य माने तर यता उता बुझनु अगाडि आफ्नो जलिरहेको प्यास मेटाउन तिर लागे । फेरी त्यही वाज आयो - “ ओ सहदेब, यो तलाउ मेरो हो । मेरो प्रश्नको मिल्ने उत्तर दिएर मात्र तिमीले प्यास मेटाउन पाउने  छौ ।” नकुलले पनि सहदेबले जस्तै त्यस आवाजको परवाह गरेनन् र उनले पानी खान लागे । उत्तिनै खेर पछारियो र ढले ।” निकै बेर सम्म सहदेब पनि फर्केर आएनन् । आश्चर्य मानेर दिक्क भएर युधिष्ठिरले भाइहरुलाई बिपद प-यो कि भनेर हेर्न अर्जुनलाई पठाए । “पानी पनि ल्याउनु, धेरै तिर्खा लागेको छ ” भने । अर्जुन दौडेर गए । उनले दुबै जना भाइहरुलाई तलाउ नजिकै मरेको देखे । त्यो देख्दा उलाई चोट प-यो । यता उता घुमिरहेका कुनै दुश्मनले मारेको हुनु पर्छ भन्ने उनलाई लाग्यो । दु:खले दिल टुटेको र बदला लिने सूरले जलिरहेको भएता पनि, उनको मनमा लागिरहेको यी सबै भावनाहरु पनि भयंकर प्यासमा बिलायो । सो प्यासले उनलाई त्यस भयानक तलाउ तिर सुरु सुरु जाने गरायो । फेरी त्यही आवाज सुनियो – “पानी खानु अगाडि मेरो प्रश्नहरुको ठिक ठिक जवाफ देउ । यो तलाउ मेरो हो । यदि तिमीले मैले भनेको कुरा मानेनौ भने तिम्रो पनि तिम्रा भाइहरुको जस्तै हाल हुने छ ।” अर्जुनको रीसको ठगान भएन । उनले कराइ भने – “ तिमी को हौ ? मेरो अगाडि आएर खडा होउ ।“” भनि उनले आवाज आएको दिशातिर तीखा तीखा बाणहरुले हाने । त्यस अदृश्य शक्तिले हाहा गरी हाँसी भने – “ तिम्रा बाणहरु हवामा उडेको छ । मेर प्रश्नहरुको ठिक ठिक उत्तर दिएरमात्र पानी खाउ र तिम्रो प्यास मेटाउन पाइन्छ । यदि जवाफ नदिइकन पानी खायौ भने तिमी पनि मर्ने छौ ।” बडा दिक्क भएका अर्जुनले त्यस धोखा बाजी शत्रुलाई पत्तालगाइ समात्ने अठोट गरेका थिए । तर पहिलेबाट भयाबह तीर्खा नै मेट्नु पर्छ भन्ने तिर लागे । पानी पिएर उनि पनि ढली मरे । पछिबाट चिन्ता लिएर पर्खि रहेका युधिष्ठिरले भीम तिर फर्केर भने – “ प्रिय भाइ भीम, महान बीर अर्जुन पनि अहिले सम्म पनि फर्केन । भयभित कुनै कुरा हाम्रा भाइहरुमा आइपरेको हुन पर्छ । हामीहरुको ग्रह दशा खराब छ । तिमीले छिटो यस्को खोज तलास गर । म प्यासले मर्न लागेको छु । पानी पनि लिएर आउनु ।” (#हे मूर्ख अल्छी युधिष्ठिर ! आफु पनि किन नगएको ? भाइहरु कि प्यास ? प्यास लागेको भए त आफै कुवा तिर जानु पर्ने होइन र ?) । भीम चिन्ताले ग्रस्त भएर जवाफै नदिइ फाल हालेर गए ।
तीनै जना भाइहरु मरेर ढलेको देख्दा उनको दु:ख र रीसको सीमा रहेन । उनले बिचार गरे -“ यो पक्कै यक्षहरुको काम हो । मैले तिनीहरुलाई शिकार गरेर मार्ने छु । तर अहो ! मलाई यस्तो तिर्खा लागेको छ, तिनीहरुसित लड्नु अघि पानी पिउनु वेश हुनेछ ।” र तलाउमा ओर्ले । (#मुर्ख न हो ! बुद्धि कहाँबाट आउँ छ र ! फर्केर गएर दाजु कहाँ जानु पनि छैन) । त्यही आवाज आयो –“ भीमसेन, याद गर । मेरो प्रश्नको जवाफ दिएर मात्र पानी खान पाइन्छ । मेरो कुरा माने नौ भने तिमी पनि मर्ने छौ ।
“ मलाई हुकुम दिने तिमी को हौ ?” भनि कराएर कुरा नटेरी चारै तिर हेरेर भीमले खुबसित पानी पिए । लुगा फुस्केर गए जस्तै उनको बल पनि उनिबाट गए जस्तो लाग्यो र उनि पनि भाइहरु जस्तै ढले र मरे ।
एक्लो युधिष्ठिर प्यास र चिन्तामा परेर दु:खले कराए । “तिनीहरु सरापको फन्दामा परेको छ कि, अथवा पानी पाउन नसकेर खोज्न जंगलमा यता उति घुमिरहेका छन् कि, अथवा प्यासले मुर्छा भइ मरेका छन् कि ? ”। उनले यी चिन्ताहरु सहन नसक्ने भए । अत्यधिक प्यासले सताएको भएर उनि भाइहरु र पानीको खोजिमा हिँडे । बनेलहरु आउने भएका, छिर बिरे मृगहरु र जंगली चराहरु प्रसस्त भएका अनिश्चित ठाउँ भइ भाइहरु गएका थिए । त्यहि दिशा तिर लागेर युधिष्ठिर हिँडे । तुरुन्तै अमृत जस्तो देखिएको निर्मल सफा पानीको तलाउको पेटी बाँदि राखेको जस्तो एउटा सुन्दर हरियो मैदानमा आइ पुगे । तर कुनै उत्सव पछि जथाभावी ढालि फ्याँकिएका पबित्र झण्डाहरुको खामो जस्तो भइ त्यहाँ लडिरहेका भाइहरुलाई देखे पछि दु:खलाई थाम्न नसकी राँको मचाएर युधिष्ठिर रोए ।
उनले नबोलि चुपचाप त्यहाँ लडिरहेका भीम र अर्जुनको अनुहारमा सुम सुम्याइ शोक मनाए । हाम्रो प्रतिज्ञाको समाप्त यहि थियो कि ? हाम्रो बनवास अन्त हुन लागेको ठिक बेला तिमीहरुलाई कालले चुँडाएर लगेछ । दैबले मलाई चाहिँ यो दु:खमा छोडि दिएको छ ।”

तिनिहरुको मजबुति शरीरलाई देख्दा केही नलागेर , तिनीहरुलाई मार्न बल पुगेका को को आउन सकेका थियो भनि उनले दु:ख लिइ आश्चर्य मान्न लागेका थिए । उनले झस्का लिएर गौर गरेर बिचार गर्न लागे । -“ नकुल र सहदेब मरेर लडि राखेको देखे पछि पनि नफुट्ने मेरो मुटु साँचैनै फलामले बनेको हुनु पर्छ । आब म के को लागि म यस लोकमा बाँचि बस्ने ?” त्यस पछि उनमा एउटा गुह्य ज्ञान उठ्यो । किनभने यो मामुलि घटनाहरु हुनै सक्तैन थियो । उनका भाइहरुलाई पराजय गर्न सक्ने कुनै बीर  यस लोकमा थिएन । त्यस माथि फेरी उनिहरुको शरीरमा प्राणै जाने खालका घाउ चोटपटक पनि थिएन र उनिहरुको शान्तिले सुति राखेका मानिसहरुको जस्तो अनुहार थियो । रीस गरी मरेकाहरुको जस्तो अनुहार थिएन । कुनै शत्रुका पद चिन्हहरुको पद चिन्हहरु पनि त्यहाँ थिएन । अवश्य यहाँ कुनै टुना मुना भएको थियो । अथवा दुर्योधनलको चालबाजी गरेको थियो । के त्यसले पानीमा बिष त हालेको थिएन ? त्यस पछि युधिष्ठिर पनि ठूलो प्यासले पानीको ध्यानमा लागेर तलाउ तिर लागे । तुरुन्तै त्यस अदृष्य आवाजले जनाउ दिए । “तिम्रा भाइहरुले मेरो कुरा नमानेर उनिहरुको मृत्यु भयो । तिनीहरुको बाटो नलाग । पहिले मेरो प्रश्नहरुको ठिक ठिक जवाफ देउ, अनि मात्र तिम्रो प्यास मेटाउ । यो तलाउ मेरो हो” । यी बोलिहरु यक्षको बाहेक अरु कसैको होइन भनि युधिष्ठिरले जाने र भाइहरुलाई हुन गएको घटनाको अनुमान गरे । उनले वातावरण बुझ्न सक्ने बाटो देखे । युधिष्ठिरले त्यस आकाश बाणिलाई भने – “ तपाईँका प्रश्नहरु सोध्नु होस्” ।
त्यस आवाजले एक एक गरी छिट् छिटै प्रश्नहरु सोध्न थाले । हरेक दिन केले सूर्य उदाउँछ ? युधिष्ठिरले जवाफ दिए – “ ब्राह्मणको शक्तिले” (#गधा...) । बिपदमा मानिसलाई केले बचाउँछ ? मानिसको बिपदको रक्षा ‘साहस’ले गर्छ । “कुन शास्त्र पढेर मानिस बुद्धिमान हुन्छ ?” कुनै शास्त्र पढेर मानिस बुद्धिमान हुँदैन । महाज्ञानीको सत्संगतबाट मात्र मानिसले ज्ञान पाउँछ र बुद्धिमान हुन सक्छ । त्यस्तै यक्षले प्रश्न गरे – “ पृथ्विले भन्दा बढी महानता के ले थामेको हुन्छ ?” युधिष्ठिरले जवाफ दिए –“ आफ्ना बाल बच्चालाई हुर्काउने आमाले फृथ्वीले भन्दा बढी महानता र भद्रता थामेको हुन्छ” । “आकाश भन्दा अग्लो के छ ?” – बाबु । “हवा भन्दा  छिटो कुदने के छ ?” – मन । “ओइलिएको पराल भन्दा धेरै बिग्रेको के हुन्छ ?” – दु:खी मन । “ यात्राको बेलाको मित्र को हुन्छ ?” – सिकाई । “घरमा बस्नेको लागि को साथि हुन्छ ?” – स्वास्नी । “मृत्यु पछि मानिसको साथ को जान्छ ?” – धर्म । आत्माको एकान्त मय यात्रामा धर्मले मात्र साथ दिएको हुन्छ । “सबभन्दा ठूलो भाँडो कुन हो ?” –  सबै थोक अटाउने पृथ्वी सबै भन्दा ठूलो बाँडो हो ।

“खुशी भनेको के हो ?” – राम्रो ब्यबहारको परिणाम हो खुशी । “त्यो कुन कुरा हो जुन त्याग गरे पछि मानिस सबैको प्यारो हुन्छ ?” – घमण्ड । “कुन कुरा त्याग्यो भने सुख हुन्छ तर दु:ख हुँदेन ?” - क्रोध । “त्यो के हो जस्लाई मानिसले छोड्दा धनि हुन्छ ?” – इच्छा, लोभ, मोह । “वास्तविक ब्राह्मण के ले बनाउँछ, जन्मले वा भद्र ब्यबहारले वा बिद्याले  ? – जन्म र बिद्याले कोहि ब्राह्मण बन्दैन, राम्रो ब्यबहारले मात्र मानिस ब्राह्मण बन्दछ । मानिस जतिसुकै शिक्षित होस् तर कुलतमा लागेको छ भने त्यो ब्राह्मण होइन । चारै बेद पढेको भएता पनि कुलतमा लागेको छ भने त्यो मानिस नीच नै हो । “विश्वमा सबै भन्दा गजबको कुरा के छ ?” – हरेक दिन यमले प्राणिहरुलाई लगेको सबैले देखेका छन् तै पनि मानिसहरु सँधै बाँचिरहन चाहन्छन् । सबै भन्दा गजबको कुरा यहि हो ।

 यस्तै प्रकार यक्षले धेरै प्रश्नहरु गरे, युधिष्ठिरले सबै प्रश्नहरुको जवाफ दिए । अन्तमा यक्षले सोधे – “ राजा, अब तिम्रा मरेका भाइहरु मध्ये एक जनालाई जियाई दिन सक्छु । तिमी कसलाई जियाउन चाहन्छौ ? त्यहि बाँचेर आउने छ” । युधिष्ठिरले एक छिन घोरिएर बिचार गरेर भने –“ धुम्र बर्णको, कमलनयनी, फराकिलो छाति भएका, भुजा लामो भएका र अग्राखको रुख ढले जस्तो ढलेका नकुल उठी दिए हुन्थ्यो” ।

 यक्ष खुशी भएर युधिष्ठिरलाई सोधे –“ सोह्र हजार हात्तिको बल भएका भीमलाई भन्दा ग्राह्यता दिएर तिमीले नकुललाई किन चुन्यौ ? भीम तिमीलाई सबै भन्दा मन परेको छ भनि मैले सुनेको छु । शस्त्रधारी अर्जुनले तिमीलाई रक्षा गर्ने छ, तिमीले उनलाई किन नचुनेको ? यीनि दुबै मध्येलाई नचुनिकन नकुलाई नै किन रोजेको मलाई भन” । युधिष्ठिरले जवाफ दिए –“ ओ यक्ष, मानिसको सुरक्षा धर्म हो । भीम अथवा अर्जुन होइन । यदि धर्मलाई नष्ट ग-यो भने मानिसको पनि नष्ट हुनेछ । मादरी मेरा बाबुका दोस्रो स्त्री थिए । उहाँका पहिलो पत्नी कुन्तीको छोरा म बाँचि नै रहेको छु । त्यसैले उहाँ कति पनि बिरक्त हुनुहुने छैन । न्यायको तराजु बराबर गर्ने गरी मैले सानी आमा मादरीको कान्छो छोरा नकुललाई जियाउन मागेको हुँ” ।  युधिष्ठिरको निस्पक्षतामा यक्ष खुशि भएर उनका सबै भाइहरुलाई पुन: जिवित गराई दिएका थिए । यिनी कालका मालिक यम थिए । आफ्नो छोरालाई भेटेर परीक्षा लिन हरिण र यक्षको रुप धारण गरेका थिए । उनले युधिष्ठिरलाई अंगालो हाली आशिर्बाद दिए । यमले भने – “तिम्रो वनबास बस्ने कबोल गरेको म्याद पूरा हुन केही दिन मात्र बाँकी छ । तेर्हौ बर्ष पनि बित्ने छ । तिम्रा शत्रुहरु कसैले पनि तिमीहरुको अत्तो पत्तो पाउने छैन । तिमीहरुले आफ्नो कार्य सफलता पूर्बक पूरा गर्ने छौ” भनि उनि अन्तरध्यान भए । वनबासको बेला पाण्डवहरुले निसन्देह अनेकौँ तरहका दु:खहरु भोग्नु परेको थियो । तर त्यसका फायदाहरु पनि कम मान्नु पर्ने थिएन । कडा अनुशासन र मानिसका आचार तथा गुणको परीक्षणको समय भएको थियो । जसबाट तिनीहरुले धेरै बलिया तथा भद्र मानिसहरुको दर्शन पाएका थिए । “त्यस्तै (#यस कथा अनुसार) अर्जुन दिब्यास्त्र लिएर आफ्नो बाबु इन्द्रको स्पर्शले बलियो भएर तपस्याबाट फर्के, भीमले पनि सौगन्धीका फूलहरु फुलेका तलाउ नजिक आफ्नो दाजु हनुमानलाई भेटी उनको अंकमालले दाजुका बल प्राप्त गरेका थिए; जादुको तलाउमा धर्मको देबता आफ्नो बाबु यमलाई भेटेर युधिष्ठिरको तेज दश गुणा बढेको थियो; युधिष्ठिरले आफ्ना बाबु यमसंग भेट गरेको पबित्र कथाको प्रश्नोत्तर ज-जस्ले सुनेको छ उनिहरुको मन कहिले पनि कुलतमा लाग्ने छैन, तिनिहरुमा झगडा पैदा गर्ने र अर्काको धनको लोभ गर्ने छैन, लोभमा फस्ने छैन, कुनै पनि बेला अनुचित कार्य गरी क्षणभंगुर बस्तुमा लाग्ने छैन इत्यादि भनि आशा गर्न सकिन्छ” भनि वैशम्पायनले यक्षको कथा भनेको बेला उनले जन्मअजयलाई सुनाएका थिए । उनिहरुले बताए जस्तै यस कथाका पाठक बर्गमा पनि ती भद्र गुणहरु प्राप्त हुन सकोस् – शुभकामना ।


४३ घरायसी कार्य

रत्नमान डंगोल