Tuesday, February 11, 2014

९२ कर्णको हत्या

९२ कर्णको हत्या
रत्नमान डंगोल
द्रोण मरे पछि कौरब सेनाका राजाहरुले कर्णलाई महासेनापतिमा स्थापना गरे । सल्यले हाँकेको युद्धको भब्य रथमा चढेर कर्ण ऊभियो । उनको फूर्तिलो अनुहारमा बिश्वास र योद्धा भएको महान कीर्तिले कौरबहरुको साहस बढ्यो । युद्ध फेरि शुरु भयो ।
पाण्डवहरुले ज्योतिषहरुसित सल्लाह गरी यस भयानक युद्धको लागि शुभमुहूर्त लियो । अर्जुनले रथको पछाडि भीमको आड लिएर कर्णलाई आक्रमण गरे । दुशासनले भीमलाई केन्द्रित गरी आक्रमण गरे । उनि माथि बाणहरु बर्साए । भीमले खिस खिस गरी हाँससेर मन मनै भने –" अब मैले यस पाजीलाई मेरो मुठिमा ज्युँदै पाएको छु । मैले द्रौपदीलाई दिएको प्रतिज्ञा आज पूरा गर्ने छु । मेरो प्रतिज्ञा पूरा गर्न साह्रै ढिलो भएको छ ।" दुशासनले द्रौपदीलाई जे गरेको थियो सोको सम्झना जब भीमले गरे तब थामेर थाम्न नसक्ने रीसको ज्वाला उठ्यो । हातहतियार सबै फालेर रथबाट हाम्फालेर गयो र बाघले शिकारलाई जस्तै दुशासनलाई झम्ट्यो । उनको ढाड भाँचि दियो ।
" दुष्ट पशु, द्रौपदीको कपाल समात्ने पाजी हात यहि होइन ? अब म तिम्रो शरीरबाट यस्को जरै देखि उखेलि दिन्छु । यहाँ तिमीलाई सहायता गर्न चाहने कोहि भए अगि सरेर प्रयास गरेर हेरोस् । " भनि दुर्योधनलाई घृणाले हेरी यो चुनौतिको गर्जना गरे जस्तै भीमसेनले दुशासनको हात ऊखालेर रणक्षेत्रमा फालि दियो ।उनि चौध बर्ष अघि उनले गरेको भयंकर प्रतिज्ञालाई पूरा गरे । हिंस्रक जनावरले जस्तै उनले दुशासनको शरिरबाट रगत चुस्यो र जोशले उत्तेजित भएर रगत्याम्य मुख लिए रणक्षेत्रमा नाचे । (#॥आखिर राक्षस न हो ! आफुले गरेको पापलाई ढाक्न जे गर्न परे पनि गर्नै प-यो । एउटै आइमाईलाई पाँच जनाले स्वास्नी बनाउने अनि जुवामा थापेर निहुँ खोज्ने ॥)। भिमसेनले सिँहनाद गरेर भने – " मैले गरेको कबोल पूरा गरेँ । (#॥दानवीय कबोल ॥)। दुर्योधनको लागि गरेको शपथ मात्र पूरा गर्न बाँकि छ । यज्ञ कुण्ड तयार छ । त्यस बलिलाई पनि तयार हुन देउ ।"
त्यस दृष्यले सबै थर्कमान भए । भीमको त्यो क्रोधको उत्तेजना देखेको बेला कर्ण पनि शिथिल भयो । सल्यले कर्णलाई भन्यो – " नडराउ , डरले गलत हुन सक्ने कुनै पनि संकेत देखाउनु तिमीलाई योग्य हुँदैन । दुर्योधन निराश भएर काँमेर बसेको बेला तिमीले पनि साहस गुमाउनु ठिक होइन । महान दुशासनको मृत्यु भए पछि सेनाको आशा सबै तिमीमा भर परेको छ । अब सबै भार तिमीले बहन गर्नु परेको छ । तिमी जस्ता बीर योद्धाले अर्जुन सित द्वन्द युद्ध गर्न खोज । विश्वको अटल कीर्ति जित अथवा सिपाहिको स्वर्ग प्राप्त गर्न खोज ।" यी कुराले कर्णको साहस बढायो । रिसले राता राता आँखा पारेर आँशु पुछेर रथलाई अर्जुन तिर बढाउन सल्यलाई आग्रह ग-यो । अश्वत्थामाले उत्सुक्ता पुर्बक दुर्योधनलाई सम्बोधन गरेर भन्यो  - " युद्ध गर्न पुग्यो । यो भयाबह शत्रुतालाई अन्त गर । प्रिय मित्र, पाण्डवहरुसित मिलाप गर । यस युद्धलाई रोक ।" (#॥ हे अश्वत्थामा, तिमी पनि डरायौ ! ॥)।  दुर्योधनले भन्यो - " के भनेको ? जंगली जनावरले जस्तै मेरो भाईको रगत पिएर छिन्न भिन्न भएको दुशासनको शरीर माथि नृत्य गरेको बेला ब्वाँसो भीमले निकालेको आवाज तिमीले सुनेनौ ? अब पनि मेलको कुरा हुन सक्ने ? यो नचाहिने कुरा किन बोल्छौ तिमी ? मेरो मित्रता चाहँदैनौ भने तिमी यस युद्धबाट हटेर जान सक्छौ, मलाई केही आपत्ती छैन ।" यसरी बोले पछि नयाँ फौज लिएर पाण्डवहरु माथि आक्रमण गर्न आदेश दिए ।
फेरि भयंकर युद्ध अगाडि बढ्यो । सूर्य पुत्रले आँखा नै तिरमिराउने गरी बाणहरु छाडे । ती बाणहरुले आगो निकालेर डबल जिब्रो चम्काएका सर्पहरु झैँ भएर अर्जुन तिर गए । अनि ठिक त्यहि बेला अर्जुनका सारथि कृष्णले अर्जुनको रथलाई पाँच अंगुल जमिन भित्र धसाई दिए । ती सर्प बाणहरुले अर्जुनको टाउकोको सट्टा मुकुटमा लाग्यो र मुकुटलाई खसालि दियो । कृष्णले सो चलाकि नगरेको भए अर्जुनको काम तमाम हुन्थ्यो । (#॥ हे कृष्ण ! हात हतियार उठाउँदिन भनेको हैन, कसरि रथलाई धसायौ ?॥)। अर्जुन लाज र क्रोधले रातो भए । उनले कर्णको जवाफमा धनुषमा बाणहरु चढाए । कर्णको अन्तिम समय आई पुगेको थियो । भबिष्य बाणि भए जस्तै कर्णको रथको बाँयाँ पट्टीको पाँग्रा अचानक रगतको धापमा गाडियो । (#॥ यो काम पनि त कृष्णकै त होला नि ॥)। धापबाट पाँग्रा उचाल्न कर्ण जमिनमा हामफाले । कर्णले चिच्याएर भन्यो – " एक छिन पर्ख । मेरो रथ जमिनमा गाडिएको छ । तिमी जस्ता महान  योद्धा भएर र धर्म गर्न जान्ने भएर तिमीले निश्चय नै यस दुर्घटनाको फायदा उठाउन नहुने हो । मैले रथलाई तुरुन्तै उठाएर तिमीले भने जस्तै युद्ध गर्ने छु ।" अर्जुन अन्कनायो । कर्ण अहिले दुर्भाग्यको कारणले केहि बिचलित भएको थियो । कर्णलाई आफुलाई दिएको सरापको याद आयो । अर्जुनको मर्यादाको भावना बुझेर फेरी उनले अर्जुनलाई अनुरोध ग-यो । तर बिचमा आएर कृष्णले भन्यो – " हा ! कर्ण, तिमीले पनि सदब्यबहार र रणनिति छ भनेर सम्झना गर्नु राम्रो कुरा हो । अहिले तिमीलाई कष्ट परेको बेला तिमीले त्यस्ता कुरा सम्झेका छौ । तर दुशासनले द्रौपदीलाई घिस्याएर लगि सभाहलमा बेइजत्ति गरेको बेला तिमी, दुर्योधन, र सकुनिले त्यो नितिलाई कसरि बिलकुलै बिर्सेका थियौ ? । (#॥ सो हुनको कारण त पाण्डवहरु नै होइन र ? ॥ जुवा -युद्ध -प्रेममा के गरिँदैन ? जसरी भए पनि जित्नु छ, रुकमिणी अपहरणमा तिमीले गरेको कुरा सम्झना छ ?). खेल्न मन पराएका तर सिपालु नभएका युधिष्ठिरलाई जुवा खेलाई फसाउनमा तिमीले सहायता ग-यौ, तिमीहरुले उनलाई ठगेका थियौ । (#॥ अरुलाई किन दोष ? युधिष्ठिर जस्ता अधर्मी मूर्ख र अरु पाण्डवहरु नै दोषी होइन र ? ॥)। त्यस बेला तिम्रो सदब्यबहार कहाँ गएको थियो ? । प्रतिज्ञा गरे मुताविक १२ बर्ष वनबास १३औँ बर्ष गुप्तवास पूरा गरे पछि युधिष्ठिरलाई उनको राज्य फिर्ता दिन नमान्नु के सदब्यबहार थियो त ? (#॥ राज्य फिर्ता दिने भन्ने त कुरै थिएन ! फेरि कर्णसंग मतलबै नभएको कुरा किन उठाउँछौ, पाखण्डि कृष्ण ? ॥)। अहिले के को धर्मको लागि कराउँछौ ? के पर्न आयो ? भीमलाई विष दिएर मार्न खोजेकाहरुसंग तिमी पनि लागेका थियौ (॥#गलत॥) । पाण्डवहरुलाई लोभ्याएर बाणावतमा पठाएर लाक्षाको दरबारमा सुतिरहेको बेला उनिहरुलाई जिउँदै जलाउने षडयन्त्रमा तिमीले चुपचाप समर्थन गरेका थियौ । (#गलत, दुर्योधनको षडयन्त्रमा कर्णले कहिले पनि समर्थन गरेको थिएन, सो कुरा त तिमीलाई पनि थाहा हुन पर्ने हो, षडयन्त्रि कृष्ण ॥)। त्यसबेला तिम्रो धर्ममा के भएको थियो ? । द्रौपदीलाई जबरजस्ति हातपात गर्दा तिमीले रमाएर हेरिरहेको बेला धर्मले तिमीलाई के बताएको थियो ? । (#॥ तिमीले पनि हेरी रहेको हैन सर्ब ब्यापी भनाउँदा धूर्त कृष्ण ? ॥)। तेसबेला तिमीले उनलाई 'तिम्रा लोग्नेहरुले तिमीलाई रक्षा नगरि छोडि सकेको छ, गएर अर्को पोइ सित  बिबाह रचाउ' भनि जिस्काएको हैन ? (#॥ हैन, बरु ५ जना संग द्रौपदीलाई बिबहा गराउने तिमी पो महा अधर्मी । सबै कुरा थाहा हुँदा हँदै, झूठो लाञ्छना लगाउने तिमी जस्तो नीच पात्र यस महाभारतको कथामा अरु कोहि पनि छैन ॥)। त्यस्ता कुराहरु बोल्न लाज नमानेका जिब्रोले अहिले रणनितिको कुरा गर्दछौ ? तिमीहरु बथान मिलेर नौजवान अभिमन्युलाई घेरा दिई लाज नमानि उनको हत्या गरेको बेला  के रणनिति भएको थियो र ? (॥# अभिमन्युलाई मार्ने रणनिति त तिम्रै होइन र ? मूर्ख पाण्डवहरुको मूर्खताबाट  फायदा ऊठाएर मूर्ख अभिमन्युलाई चक्रब्युहमा फसाएको पनि तिमीले नै हैन र ? मूर्खलाई चक्रब्युहमा जानै किन परको थियो ? । अधर्मीलाई सत्मार्गमा ल्याउने कि उस्ले एउटा गल्ति ग-यो भने आफुले पनि झन् ठूलो पाप गर्ने, महा पापी कृष्ण ? बाउले आफ्ना सन्तान प्रति कस्तो ब्यबहार गर्दछ ? ॥)। दुष्ट कर्ण, अहिले रणनीति र सदाचारको कुरा नगर किनभने तिमीले आवश्यक मर्यादा कहिल्यै राखेनौ । " (#॥फेरि झूठो लाञ्छना ॥)।
अर्जुनलाई छिटो अधर्मि कार्य गर्न आदेश दिएर कृष्णले यसरी कर्णलाई हप्काई रहेको बेला कर्णले शिर झुकाई केही बोलेन । उनले धापमा गडिएको पाँग्रा छोडेर चुपचाप रथमा चढ्यो र धनुष उठाएर अर्जुनलाई नचुक्ने ताक लिए एक छिनलाई बेहोस गर्ने शक्ति भएको एउटा बाण हान्यो । कर्णले फेरि एक छिन तल ओर्लेर पाँग्रा उठाउने मौका लियो । हडबड गरी रथको पाँग्रा उठाउने प्रयास ग-यो । तर उनि माथिको सराप कडा थियो । दुर्भाग्यले त्यस योद्धालाई छोडेको थिएन । जोडले बल लगाउँदा पनि पाँग्रा डेग चलेन । अनि उस्ले परशुरामबाट सिकेको अस्त्र बिद्या शक्तिशालि मन्त्र स्मरण गर्ने कोशिस ग-यो । तर परशुरामले भविष्य बाणि गरे जस्तै सो चाहिएको बेला उनको स्मरण शक्तिले काम गरेन, मंत्र सम्झन सकेन । माधवले भने- " अर्जुन ढिलो नगर । बाण हानेर दुष्ट शत्रुलाई मारी हाल ।  अर्जुनको हात अनकनाई रहेको थियो । नीति बिरुद्ध कार्य गर्न उनको मनले  मानिरहेको थिएन । तर कृष्णको कुरा सुने पछि भगवानको आदेश सम्झेर एउटा बाण छोड्यो । त्यस बाणले कर्णको टाउकोलाई जिउबाट छुट्याई दियो । (#॥महाभारतको कथामा कविले त्यसरि लेखेको छ । कथा न हो लेखकलाई जस्तो ठिक लाग्छ लेख्छन् ॥)।
(॥#अभद्र ब्यबहार भए पनि सो कार्यको लागि कविले अर्जुनलाई दोष दिन नचाहेको देखिन्छ  । गाडिएको रथलाई धापबाट उठाउन बेकारको प्रयासमा लागेका कर्णलाई मार्न लगाउने धूर्त कृष्ण न थिए । मर्यादाको नीति तथा त्यसबेला प्रचलित रणनीति अनुसार सो कार्य बिल्कुलै अनुचित थियो । धूर्त कृष्णले उचित कार्य नै के पो गरे !! धर्म नष्ट गरेको जिम्मेवार कस्ले पो गर्ने, भगवानले त त्यस्तो कार्य गर्दै गर्देन; गर्नेलाई त अधर्मी, पाखण्डि भन्ने हैन त ? भगवानले त सत् मार्गमा ल्याउँछ ? कर्ण जस्तो सत् मार्गिको दोष केहि पनि थिएन । भौतिक क्रान्ति र युद्ध द्वारा अनिष्ट कार्यलाई रोक्ने आशा गर्नु फजुल कुरा हो भन्ने यो शिक्षा हो । शारीरिक बलद्वारा उचित मानिएको युद्धले अनगिन्ति अनिष्ट कार्यहरु मानिसहरुलाई गराई दिन्छ, अनि अधर्मी कार्यहरु बढदै जान्छ । अधर्मी पाखण्डिहरुले त्यस्ता कार्यहरुलाई रोक्नुको सट्टा बढावा गर्छन्, प्रोत्साहन गर्छन् जस्तै महाभारतको कथामा कृष्णले गरे॥)

क्रमश:
९३ दुर्योधन         
रत्नमान डंगोल

९१ द्रोणको अन्त्य

९१ द्रोणको अन्त्य 
रत्नमान डंगोल

महाभारतको कथामा भीमसेनको असुर स्त्री हिडम्बा पनि छ । लाक्षा गृहबाट उम्के पछि जंगलमा उनीलाई भेटेको थियो । उनिबाट एक जना छोरा जन्मेको थियो । उनको नाम घटोट्चक हो । बीरता, बल, साहस तथा सुब्यबहार सबै गुणले सु-सम्पन्न भएका महाभारतका लडाकुहरुमा दुईजना नौजवानहरु थिए । उनीहरु अर्जुन पुत्र अभिमन्यु र भीमको छोरा घटोट्कच थिए । कुरुक्षेत्रको युद्धमा दुबै जनाले ज्यान फालेका थिए ।
महाभारतको युद्धको पछिल्लो खण्डमा दुबै पक्षको उत्तेजित वैमनष्यताले दिउँसो र साँझ पख गरेको युद्धले सन्तोष मानेन् । चौधौँ दिनमा घाम अस्ताए पछि पनि उनिहरुले युद्ध बन्द गरेनन् । चिराग बालेर भए पनि युद्ध चालु नै राखे । कुरुक्षेत्रमा अपूर्ब दृष्य देखिएको थियो । त्यस्तो दृष्य पहिले देखिएको थिएन । दुबै पक्डका सेनाध्यक्षहरु र सिपाहिहरुले हजारौँ चिरागहरु बालेर बिशेष गरी राती गरिने संकेतको प्योग गर्दै युद्ध गरेका थिए । घटौटकच र उनका सेनाहरु रात परे पछि धेरै गुना बलिया हुने भएकाले उनिहरुले अन्धकारबाट थप फायदा पाए । दुर्योधनका फौजहरुलाई चर्कै गरी आक्रमण गरे । घटोट्कच र उनका राक्षसी फौजले आकाशमा उडि अचानकले आक्रमण गरी हजारौँ मानिसहरुको नास गरेका थिए । सो बेला दुर्योधनको मन मरेको थियो ।
" यस नीचलाई तुरुन्तै मारि देउ, कर्ण । अन्यथा हाम्रो फौज तुरुन्तै सबै खत्तम हुनेछ । बेर नगर, यसलाई नास गर । " बिचलित भएका सबै कौरबले आवेदन गरे । कर्ण आफै एक जना असूरको बाण लागेर घाइते भएर दु:ख मानी रिसाएर बसेका थिए । उनिसंग इन्द्रले प्रदान गरेको नभुल्ने प्रभाव भएको शस्त्र थियो । तर त्यो एक चोटि मात्र प्रयोग गर्न सकिन्थ्यो । अर्जुन सित अन्तिम मुकाबिला हुने अनिबार्य थियो भन्ने जानेर यसलाई अर्जुन माथि प्रयोग गर्न जतन साथ राखेको थियो । तर गम्भिर रुपमा त्यस राति बिचलित भएका फौजको जोश र खलबलिमा  घाईते भएकाहरुको आवेदनमा प्रभावित भएर कर्णले त्यो अस्त्र उनले त्यस नवजवान राक्षस घटोट्कच माथि प्रहार ग-यो ।
यसरी अर्जुन त बच्यो तर ठूलो क्षति पनि भयो । आकाशको बिचबाट कौरब सेना माथि भयानक बाणहरु बर्साई रहेका भीमका पुत्र पाण्डवहरुलाई दु:खमा पारि मरेर तल खस्यो । युद्ध रोकिएन । द्रोणले जोड तोडले आक्रमण गरी पाण्डव सेनालाई भय र त्रास दिए ।
कृष्णले भन्यो – " ओ अर्जुन, युद्धको कडा नियम पालना गरेर यो द्रोणलाई पराजय गर्न सक्ने कोहि छैन । यदि हामीले धर्म छोडेन भने उनि सित लडाईँ गरेर जित्न सकिँदैन । उनलाई युद्धबाट बिमुख गराउने एउटै मात्र उपाय छ । यदि उनले अस्वत्थामा म-यो भन्ने सुन्यो भने उनेले जीवनको सबै स्वार्थ छोड्ने छ र शस्त्रहरु सबै हटाउने छ । अस्वत्थामा म-यो भनेर उसलाई कसैले सुनाउनु पर्ने छ । " (#॥ वाह रे कृष्ण, गीता पाठ गरेर धर्मको रक्षा गर्न युद्ध गरेको होईन ? ॥)। अर्जुन झुठो बोल्नमा लाग्न नसकेकोले कृष्णको यस प्रस्तावमा उनलाई खल्लो लाग्यो । नजिकमा रहेका अरुले पनि त्यस बिचारलाई स्वीकार गर्न सकेन । धोकाबाजीको ब्यक्ति हुने कसैको मन थिएन । (#॥ अरु कसैले किन, स्वयं कृष्णले नै किन नभनेको ? कथा त हो नि के भयो र !! ॥)। युधिष्ठिर केही क्षण बिचार गरेर बस्यो । । " यो पापको भार म बहन गर्ने छु । " भनेर यस भयावहको कार्य गर्ने  निर्णय ग-यो । (#॥ स्याबास ! अधर्मी ! भन्नुमा धर्मराज !! ॥)। यो अपूर्व क्षण थियो  । तर विश्व सृष्टिको शुरुमा समुद्र मन्थन गरेको बेला देवताहरुलाई भष्म गर्ने गरी विषको षडयन्त्र भएको बेला त्य विष निल्न रुद्र अगाडि बढेर देवताहरुलाई बचाएको थिएन र ? (#॥ कथा हो कथा, वचाउने र मार्ने भन्ने कुरा बुझ्नु पर्छ ।॥)। आफुमा बिल्कुल भर परेका साथिलाई वचाउन रामलाई सदाचारको नियमलाई छोडि बालिलाई मार्ने पापको भार बहन गर्न परेको थियो ।(#॥ रामायणको कथामा – सो बेइमानीको काम गर्न नै आवश्यक थिएन, बालिसंग कुरा गरेको भए भै हाल्थ्यो; बालि पनि राम भक्त नै थियो; बालि र सुग्रिवको मेल भै हाल्थ्यो – दाजुलाई सहयोग नगरि भाग्ने सुग्रिव न थियो ॥)। यस्तै हिसावले युधिष्ठिरले यस पापको भार बोक्ने निश्चित ग-यो । किन भने द्रोणलाई मार्ने अरु कुनै उपाय थिएन ।पापको घैँटो त भर्नै प-यो ।
भीमसेनले गदा उठाएर अस्वत्थामा भन्ने हाथीको टाउकोमा बेसरि हिर्कायो । हाथि मरेर ढल्यो । द्रोणले हाँकेको फौजको नजिकमा गएर भीमसेनले जोडले कराएर भन्यो – मैले अस्वस्थामालाई मारेँ । कहिले पनि अभद्र ब्यबहार नगरेकाले त्यस्तो काम गर्ने सोच्दै नसोचेका भीमसेनले सो कुरा बोलेको बेला ठूलो लाजले टाउको निहु-याको थियो । ती शब्दहरुले आफ्नै मनमा धक्का पा-यो । द्रोणले ब्रम्हास्त्र छोडन लागेको बेला ती शब्दहरु सुनेका थिए । " मेरो छोरा मरेको साँचै हो " भनेर युधिष्ठारसित सोधे । (#॥ धोकेवाज द्रोण, मर्ने कारणको खोजि नै थियो त अरु नै उपाय सोँचे हुन्थ्यो नि । आफ्नै मान्छेलाई हेर्न बुझ्न पठाएको भए भै हाल्थ्यो नि । अधर्मीलाई किन सोच्नु पर्थ्यो र ?॥)। उसले सोँचेको थियो कि युधिष्ठिरले झुठो बोल्ने छैन । द्रोणले त्यसरी सोधेको बेला कृष्ण धेरै डराएको थियो । विजय गर्ने लालसाले मनलाई मारेर युधिष्ठिरले कराएर भन्यो – " हो अस्वस्थामा मरेको साँचो हो । " त्यस पछि कसैले पनि नसुन्ने गरी बिस्तारै भन्यो –"अस्वत्थमा हाथि हो या मान्छे, थाहा छैन " । सो कुरा द्रोणले पनि सुनेन । #युद्धको प्रत्क्ष कुरा सुनाई रहेका सञ्जयले धृतराष्ट्रलाई भन्यो – "ओ राजा युधिष्ठिरले यसरी ठूलो पाप गरे । (#॥: तर त्यो भन्दा ठूलो पाप त जुवा, सबै हारेको र द्रौपदीलाई पनि हारेको होइन र ? ॥)।
झूठो कुरा युधिष्ठिरको मुखबाट निस्के पछि सँधै जमिनबाट चार इन्च माथिबाट गुड्ने युधिष्ठिरको रथ खसेर पाँग्राहरु जमिनमा गुड्न थाले । असत्यले भरेको संसार देखि अलग्ग रहेका युधिष्ठिर अचानक मर्त्य मण्डलि भए । उन्ले विजयको आकाँक्षाको लोभ गरेका थिए । असत्यको बाटोमा चिप्लिए । त्यसैले उनको रथ मानवको साधारण बाटोमा ओर्लेको थियो । (#॥त्यस्ता हुन्छन् त धर्मराज भनाउँदाहरु ??? ॥).
द्रोणले छोरा मरे भन्ने सुनेका बेला उनको जिन्दगिको सबै महिमा छुट्यो । अभिलाषा भनेको नभएको जस्तो भएर गयो । त्यस महान (वा तुच्छ ) ब्यक्तिको त्यस्तो अवस्था  भए पछि  भीमसेनले उनलाई कडा वचन गरी ठूलो स्वरमा बोल्यो (॥#गुरुले पाण्डवहरु प्रति वैर भाव गरेर दुष्मनी गरेकै थिएन, तै पनि गुरुलाई दिने मर्यादा पाणडवहरुले गरेरनन् ॥).- " तिमी ब्राह्मणहरुले आफ्नो जात वर्ण अनुसारको उचित कार्यहरु छोडेर शस्त्र चलाउने क्षत्रिय पेशामा लागेर राजाहरुको सर्बनाश गरेका छौ । यदि तिमी ब्राह्मणहरुले आफ्नो जन्मबाट पाएको कर्मको बाटो नभुलेको भए राजाहरुको यस्तो सर्बनाश हुने थिएन । तिमीले पढाएका छौ कि अहिंसा सबै भन्दा ठूलो धर्म हो र ब्राह्मणहरुले धर्मको पालन गरी रक्षा गर्ने हो । तै पनि, तिमीहरुले आफ्नो जन्म सिद्ध ज्ञान र बुद्धिलाई त्यागेर निर्लज्ज भएर हिंसा गर्ने पेशा लिएका छौ । तिमीहरु यस पापी जीवनमा ओर्लि आएको हाम्रो लागि दुर्भाग्यको कुरा हो । (यो लडाईंमा सबैलाई उक्साएर तानेको कस्ले गर्दा हो ? हे गदाधारी पापी गधा भीमसेन सो कुरा पाप भनेर थाहा हुँदा अरुलाई, आफ्नै गुरुलाई उपदेश दिन सक्नेले किन सो काम आफै गर्दैछौ ?)
भीमसेनको यस दुरवचनले त्यसै पनि बाँच्ने इच्छा मारि सकेका द्रोणलाई ज्यादै दु:खित पा-यो । उनले हात हतियार फ्याकिँ दियो । रथमै योग गर्न बसे । बेकारमा पाण्डवहरुलाई वचाएकोमा दु:खि भए । यसै बेला तरवार झिकेर पापी दृष्टद्युम्न आयो । सबै तिरको बिरोध र कोलाहललाई परवाह नगरी रथ माथि चढेर त्यस बृद्ध योद्धाको शिर चटक्क काटी द्रोणको संहार कर्ता भएकोले आफ्नो पाप कर्मलाई पूरा गरे । अनि भरद्वाज पुत्रको आत्मा प्रत्यक्ष ज्वाला भएर निस्क्यो र माथि स्वर्ग तिर लागेको थियो । (#॥कता हो माथि ? स्वर्ग भनेको ? आत्मालाई कसरी देख्ने ? वाहियात !!॥)।
महाभारत महान तथा अपूर्ब कथा हो । (#॥ कथा भनेर थाहा भए पनि, कथा कै कुराको पछि पछि लाग्छन् – मानिसहरु किन मूर्ख छन्, भगवानको कुरा तिर ध्यान नदिएर कथाको पात्रलाई मान्छन् । भगवानको कुरा बुझ्नलाई न मानिसले बनाएको भाषा, न कथा, न बिद्यालय जानु पर्छ – आफ्नै शरीर भित्र रहेका 'सत् चितानन्दको आवाजलाई सुने पुग्छ, सुन्न सक्नेहरुले अरुलाई पनि अनिभव गराउन मदत गर्नसक्छन् । अनुभव गर्ने गराउने नभएमा अरु सबै ठग हुन् ॥)। मानव जीवनका दु:खहरु भब्य शोभाले चित्रण भै घुमाउरो दृष्यमा अल्झिएको हुन्छ । भुलचुक र दु:खको कथाको पछाडि हामीलाई कविले मोक्षको बिचार पाउन सक्ने गराई दिन्छ, बुझ्ने कोशिस गर्नु पर्छ । (#॥महाभारतको कथाले 'ठिकलाई बेठिक र बेठिकलाई ठिक गराउन सकिन्छ' , 'महाधूर्तलाई भगवान' र 'महा अधर्मीलाई महान धर्मात्मा' भनेर पर्स्तुत गर्न सकिन्छ भनेर अति चलाखी ढंगले प्रस्तुत गर्न सकिन्छ भनेर प्रमाणित गर्दछ ।॥)। महाभारतको ग्रन्थ एउटा कथा भए पनि धर्मको (या अधर्मीको ?) पुस्तक हुन आएको छ । भब्य गरी संक्षेपमा सीधा लेखिएका दन्त्य कथा र उपन्यासहरु भन्दा फरक छ । यस महाभारतको कथा घुमाउरो छ, सरसरती हेर्दा जुन कुरा देखिन्छ, गौर गरेर बिचार गरेमा त्यसको ठिक अर्को कुरा सिकाई रहेको छ । हुनलाई त यो पनि दन्त्य कथाहरु उनेर बनाईएको महान ग्रन्थ नै हो । यो ऐतिहासिक कुरा होइन । रामायण र महाभारत बिल्कुल बेग्लै किसिमका तर दक्षतापूर्ण सृजनाहरु  हुन । (#॥ मानिसहरुलाई जनावर तुल्य बनाउन सकेमा अधिनायक भएर ' राम राज्य ' गर्न सकिन्छ भनेर रामायणले सिकाउँछ भने महाभारतले कथाले माथि भने जस्तै 'ठिकलाई बेठिक र बेठिकलाई ठिक गराउन सकिन्छ' भन्ने कुरा सिकाउँछ ।

क्रमश:
९२ कर्णको हत्या         रत्नमान डंगोल