Saturday, October 12, 2013

६२ असहयोग (Non-coperation)

६२ असहयोग (Non-coperation)

रत्नमान डंगोल
            महाभारतको युद्ध शुरु हुनु अगाडिको दिन थियो । कौरबहरुको सेनामुख भएका भीष्म पितामह, उनको बीरताको साहस तथा मन चंगा भएकोबाट उनलाई प्रेरणा दिन खोजिरहेका दुर्योधन संगै बसेका थिए । भीष्मले कौरब पक्षमा लागेका बीरहरुको शक्ति, दक्षता र पराक्रमको बारेमा बयान गरेको थियो । दुर्योधनको मन खुशि भएको थियो । तयसैबेला उनिहरुको कुरामा कर्णको बिषय उठ्यो । भीष्मले भन्यो –"कर्णले तिम्रो माया पाएको छ । तर म उनको धेरै चिन्तन गर्दिन । पाण्डवहरु प्रतिको उनको ठूलो शत्रुता म निको मान्दिन ।(#॥बिश्वासघाति भीष्म, युद्ध के मित्रहरुको बिचमा हुन्छ त ?॥)। उनि साह्रै घमण्डि छ । उनको अहँकारको सीमा छैन । उनि अरुहरुलाई होच्याउने गर्दछ । (#॥जे मनाम आयो सुनाएर गालि गलौच गरेर कर्णको मन दुखाउने नीच पाण्डवहरु चाहिँ मन पराउने ? कर्णसंग न अहँकार छ, न घमण्ड छ, न कसैलाई होच्याउँ छ ॥)। मैले उनलाई देशका बीरहरु माथिको दर्जा दिने छैन । फेरि जन्मँदै देखि भएको दिब्य कुन्दलि-कवच दानमा दिई सकेको छ । त्यसकारण युद्धमा मलाई सहायता दिने खालका उनि छैन । उनमा परशुरामको सराप पनि छ, जस्को कारणले मन्त्र बिर्सेर उसंग भएको दिब्य शस्त्रको उपयोग गर्न सक्ने छैन । अत: कर्ण र अर्जुनसंग हुने युद्धमा उनको लागि अर्जुन घातक हुनेछ । (#॥तैपनि तिमी किन डराउँछौ, कर्णलाई युद्धमा समावेश गर्न ? तिमीले भनेका सबै ठिक भएर पनि कर्णलाई अर्जुनले हराउन सक्दैन थियो किनभने कर्णसित इन्द्रले दिएको दिब्य शस्त्र थियो, जस्ले कसैलाई पनि मार्न सक्थ्यो, कृष्ण वा कसैको पनि केहि लाग्दैन थियो । सो शस्त्रबाट कर्णलाई निशस्त्र नगरे सम्म युद्धमा कर्णलाई भाग लिन दिनु अर्जुनको लागि खतरा थियो, त्यसैले अवरोध खडा गरेर कर्णलाई जति सक्यो त्यति युद्धबाट टाढा राख्न खोज्यौ । तर ती सबै जानेका कुराहरु कसरि थाहा पायौ र किन दुर्योधनलाई भनेनौ ? अधर्मी बिश्वासघाति भीष्म !॥)। भीष्मले कुराहरु नदबाई यसरी बोलेका थिए । ती कुराहरु दुर्योधन र कर्णलाई  साह्रै नमज्जा लागेको थियो । कुराहरुलाई झन बटार्न पितामहको कुरालाई समर्थन गरी द्रोणले भन्यो –" कर्ण घमण्डी छ । आवश्यकता भन्दा बढी नै दृढ छ । अति ध्यान दिनु पर्ने युद्धको सुक्ष्म अवस्थामा उसले भुल गर्नेछ । बेहोसी भएर पराजय हुनु पर्नेछ ।"(#॥श्याबास गुरु ! अर्जुनलाई बचाउन खूब कुरा बंगायौ – भीष्मले जस्तै आफु मरेर पनि दुर्योधनलाई बिश्वास घात गर्दैछौ !॥)।
            त्यस्ता कडा वचनले गर्दा कर्ण आक्रोसित भए । आँखा रातो पारी पितामह तिर हेरेर भन्यो – "पितामह, तपाईँले मन नपराएर र डाहले मलाई सँधै होच्याउनु हुन्छ । मैले केही नभनेतापनि मलाई होच्याई कुरा गर्ने मौका कहिल्यै पनि छुटाउनु हुन्न । दुर्योधनको लागि तपाईँको छेडहरु र घोच्याईहरु सबै सहेर बसेको थिएँ । भोलि देखि शुरु हुने युद्धमा मेरो कुनै काम हुने छैन भनि तपाईँले भन्नु भएको छ । मेरो दोषारोपण सुन्नुहोस् । कौरबहरुलाई असफल पार्न खोज्ने तपाईँ  हुनु हुन्छ, म होइन । तपाईँ आफ्नो मनको वास्तविक कुरा किन लुकाउनु हुन्छ ? तथ्य कुरा यहि हो कि तपाईँको दुर्योधन प्रति कुनै सच्चा माया स्नेह छैन । तर, दुर्योधनलाई सो कुरा थाहा छैन । म प्रति द्वेष गरेर तपाईँले म र दुर्योधन बिच फाटो गर्न र उसलाई म देखि बिपरित गराउन उनको मनमा विष हाल्न खोज्नु भएको छ । तपाईँको अर्को दुषित बिचार – तपाईँले मेरो शक्तिलाई होच्याएर मलाई तल झार्न लाग्नु भएको छ । (॥#हे कर्ण, किनभने पाण्डवहरुलाई मार्न सक्ने क्षमता तिमीसित छ भन्ने कुरा भीष्म र द्रोण दुबैलाई थाहा छ॥)। तपाईले क्षत्रियलाई नसुहाउने ब्यबहार गर्न लाग्नु भएको छ । सिर्फ उमेरले मात्र योद्धाहरुलाई इज्जत दिलाउँदैन तर पराक्रमले दिन्छ । हाम्रो सम्बन्धमा बिष हाल्ने काम नगर्नुस् ।" त्यस पछि कर्णले दुर्योधनतिर हेरेर भन्यो –"हे बीर योद्धा, बिचार गर र आफ्नो भलाई तिर लाग । पितामहको धेरै भरोसा नलेउ । (॥# दुर्योधन त मूर्ख न हो, पाण्डवहरुलाई मार्न सक्दिन भन्दा भन्दै पनि भीष्मलाई सेनाको नेतृत्व दियो॥)। उहाँले हामी दुईको बिचमा फूट ल्याउने बीज छर्न खोज्नु भएको छ । उनले गरेको मेरो मूल्यांकनले तिमीलाई खतरामा पार्ने छ । मलाई होच्याएर उहाँले मेरो साहस घटाउन खोज्नु भएको छ । बुढापाले गर्दा उहाँ कमजोर भै सक्नु भएको छ । उहाँको बेला बिति सकेको छ । उहाँको अहँकारले गर्दा उहाँलाई कसैको पनि मर्यादा प्राप्त हुने छैन । उमेरको मर्यादा हुन्छ भने अनुभव पनि उपयोगि हुन्छ । तर हामीहरुलाई शास्त्र र अनुभवले बताउँछ कि बुढो भएर पाके पछि कुहिएर नाश हुन्छ । तिमीले भीष्मलाई सेनामुख बनाएका छौ, मलाई थाहा छ अरुहरुको बीरताबाट उहाँले केही कीर्ति प्राप्त गर्नु हुने छ । तर उहाँ अधिकारमा रहेसम्म मैले अस्त्र लिने छैन । उनि पतन भै सके पछि मात्र मैले युद्धमा भाग लिने छु ।" (#॥हे स्वार्थी मूर्ख, विश्वासघाट गर्दै छौ । दुर्योधन आफैलाई नेतृत्व लिएर सबैलाई खास जिम्मेवारी दिएर तिमी चाहिँ अर्जुनसित भिडेर अर्जुनलाई बध गर्छु – किन नभनेको ? तिमीमा आत्म बिश्वास छ, अहँकारी होइनौ, बरु भीष्म र द्रोण हुन् ॥)।
            अहँकारीलाई कहिले पनि आफु अहँकारी छु  भनि महसूस हुँदैन । (#॥जस्तै द्रोण र भीष्म॥)। अहँकारी भनि दोष दिएको बेला त्यस्ले दोष दिने मानिसलाई नै दोष दिन्छ । (॥#अहँकारीले मात्र अरुलाई अहँकारी भनी दोष दिन्छ ।॥)। त्यस्को बुद्धि बिचार जटिल हुन्छ । आफ्नो कसुर देखाउन अरु कसैबाट गराएको भन्ने सम्झिन्छ । यो कुरा यस उप-कथामा राम्ररी देखाएको छ ।
            भीष्मले रीसलाई थामेर जवफ दियो – "सूर्य पुत्र, हामीहरु संकट कालमा छौँ, त्यसैले यति बेला तिमी मर्न सकेका छैनौ (वा बाँच्न नछोडेको छैनौ ?) । तिमी कौरबहरुको लागि धेरै चलाख तीक्ष्ण बुद्धि भएको दुष्ट दानव हौ ।" (॥#वाह  रे ! दुष्ट, विश्वासघाती, अहँकारी भीष्म॥)।
            दुर्योधनले दु:ख मानी भन्यो –"गंगा पुत्र पितामह, मलाई तपाईँहरु दुबैको सहायता चाहिएको छ । तपाईँहरु दुबैले बीर कार्य गर्नु हुने छ । मलाई केही पनि शंका छैन । भोलि बिहान सबेरै युद्ध शुरु हुनेछ । शक्तिशाली शत्रुको अगाडि साथि-साथीको बिचमा झगडा हुन नदिनुस् । (#॥धिक्कार भीष्म, पनातीले अर्ति दिनु प-यो॥)।"  
            तर भीष्म सर्बोत्तम अधिपत्यमा रहे सम्म कर्णले शस्त्र धारण नगर्ने भए, यसैमा अडान लिए । सो अनुसारको अनुभव गरोस् भनेर दुर्योधनले कर्णलाई त्यसै गर्न दिए । (#॥हे दुर्योधन, बुद्धिमा घाम नलागे पछि के गर्ने ! त्यत्रो शक्तिलाई हेला ग-यौ, युद्धमा हार खानु प-यो, अरुलाई नै नेत्रृत्व दिने बिचार किन नआएको ? ॥). कर्णका सबै मानिसहरुले भाग लिए पनि उनि चाहिँ युद्धको प्रथम दश दिन सम्म अलग्ग नै रहेका थिए  । दशौँ दिनको अन्तमा महान (#॥ कि तुक्ष्य ?॥) भीष्म शरीर भरी बाण लागेर रणभूमिमा लडे । कर्ण गएर सनमान पूर्बक ढोग गरी माफि र आशिर्बाद मागे । सो उनले पाएको थियो । (#॥ कर्ण बिनाको युद्धमा कौरबको क्षति भए पछि॥)। तद पश्चात आफु सहयोगि भै कौरब सेनाको अधिपत्यमा भीष्म पछि द्रोणलाई सेना प्रमुख गर्ने प्रस्ताव कर्णले राखेका थिए । द्रोण पनि पतन भए पछि कर्णले अध्यक्षता ग्रहण गरी कौरब सेनाको नेत्रृत्व गरेका थिए ।

क्रमश:

६३ कृष्णको शिक्षा (Krishna's teaching – the gita)
Ratna Man Dongol





६१ रुक्मिणी (Rumini)


६१ रुक्मिणी (Rumini)

रत्नमान डंगोल

बिदर्भका राजा भीष्मकको पाँच जना छोराहरु र एउटा मात्र छोरी, रुकमिणी थिए । रुकमिणी अद्वितीय शोभा, मोहिनीरुपी तथा प्रभावशाली चरित्रवान भएकी राजकुमारी थिइन् । कृष्णको प्रतिभा सुनेर तिनीले उनि सित विबाह गर्ने इच्छा गरेकी थिइन् । त्यो इच्छा दिनपर दिन बढ्दै गए । तिनको जेष्ठ दाजु अधिराजकुमार रुक्मको कृष्णसित मेल थिएन । उनले बाहेक अरु सबैले रुकमिणीको बिचारलाई स्वीकारेका थिए । रुक्मले उनको बिवाह कृष्ण संग नगरि चेदिका राजा शिशुपालसंग गरिदिन आफ्ना बाबु राजा भीष्मक समक्ष जोडतोड गरेका थिए । राजा बृद्ध भएकोले रुक्मको हुकुम चलेको थियो । रुकमिणीलाई शिशुपालसंग बिवाह गर्नु पर्ने करकाप पर्ने जस्तो देखिन थाले । रुकमिणी लक्ष्मी (बिष्णुको स्वास्नी) अवतार भएकीले उनको मन कृष्ण (बिष्णु अवतार)मा थियो । अशान्ति भएर उनी छट्पटिन थालिन् । (#॥किन छटपट, अरुसित बिवाह हुनै सक्तैन भनेर तिमीलाई थाहा नै भएको कुरा हो॥)। हुकुम चलाउने दाजु अगाडि उनको पिताको केही नलागेर यो नचाहेको बिवाह रोक्न सक्ने अवस्था थिएन भन्ने लागेर उनी डराएर बसेकी थिइन् । आफ्नो मनको प्रभावलाई दरिलो पारी कुनै किसिमबाट त्यस जटिल समस्याबाट उम्किने जुक्ति निकाल्ने रुकमिणिले अठोट गरिन् । कन्याको शरम त्यागेर उनले एउटा ब्राह्मणसित सल्लाह गरे । आफ्नो प्रेमिकालाई सबै कुरा बताएर उनको सहायता माग्ने कार्यको जिम्मा लगाई उनलाई दूत बनाई कृष्ण कहाँ पठाए । त्यसै अनुरुप त्यो ब्राह्मण द्वारिकामा गए । रुकमिणीको खेदपूर्ण बिपद र उनको निवेदन कृष्णलाई सुनायो । रुक्मिणीले दिएको पत्र पनि बुझाई दियो । पत्रमा निम्न कुराहरु लेखिएको थियो ।
"मेरो दिलले पहिले देखिनै तपाईँलाई मालिक भनेर स्वीकारेको छ । शिशुपालले जबरजस्ति मलाई लग्न नपाउँदै आएर मलाई बचाउने जिम्मा तापाईँलाई दिएको छु । बिलम्ब गर्ने कुरा हुनै सक्दैन । भोलि तपाइँलाई यहाँ आउनै पर्छ । शिशुपाल र जरासन्धको फौजले तपाईँलाई रोक्ने छ । मलाई लग्नु भन्दा पहिले तपाईँले उनीहरुलाई दमन गर्नु पर्नेछ । तपाईँ विजय भएर मलाई लग्न सकोस् । मेरो दाजुले मलाई शिशुपालसित बिवाह गरी दिने पक्का गरी सकेको छ । बिवाह कै सिलसिलामा म मेरा मानिसहरुको साथ लिएर पार्वतीको पूजा गर्न मन्दिरमा जानेछु । तपाईँ आउनु भएर मलाई बचाउने सबै भन्दा राम्रो मौका त्यही हुनेछ । यदि तपाईँले ध्यान दिनु हुन्न भने, वास्ता गर्नु हुन्न भने अर्को जन्ममा तपाईँसित मिल्न पाउने गरी मैले मेरो प्राण त्याग गर्ने छु ।" कृष्णले सो पत्र पढ्नासाथ तुरुन्तै रथ चढ्यो र बिदर्भतिर दौडे ।
राजाको आज्ञाले बिदर्भको राजधानी कुन्दिनापुरमा धुमधामसंग सजिसजाउ गरिएको थियो । शिशुपालसित हुने राजकुमारीको बिवाहको लागि धमाधमको तयारिको प्रबन्ध चलिराखेको थियो । खुलेयाम कृष्णका वैरी भएका दुलाहा शिशुपाल र उनका सहयोगिहरु सबै अघिबाटै राजधानीमा जम्मा भै सकेका थिए ।
कृष्ण एक्कासि कसैलाई थाहा नै नदिई एक्लै कतै गएको बलारामले थाहा पाए । बिदर्भका राजाको छोरी रुक्मिणीको लागि गएको हुनु पर्छ भन्ने अनुमान गरे । उनको हत्याको चेष्टामा लागेका संघातिक वैरीहरुले कृष्णलाई एक्कासी घेरामा पार्ने हो कि भन्ने चिन्ता लिएर बलरामले हतारिँदे ठूलो फौज सहित कुन्दिनापुर तिर प्रस्थान गरे ।
रुक्मिणी आफ्ना साथि सखीहरु साथमा लिएर आफ्ना खोपिबाट निस्की पार्वतीको मन्दीरमा गएर देबीको पूजा गरेकी थिई । "ओ देबी, तपाईँले मेरो भाव भक्ति बुझ्नु भएको छ  । म तपाईँको शरणमा आएको छु । कृष्णसित मेरो बिवाह होस् भन्ने वरदान दिनुहोस् ।" यसरी रुक्मिणीले आफ्नो मनको कुराको प्रार्थना गरेकी थिई । मन्दिरबाट बाहिर निस्कँदा रुक्मिणीले कृष्णको रथ देखे । चुम्बकले सियोलाई ताने जस्तै तिनी सीधै कृष्णकहाँ दौडी गइन् र  रथमा चढिन् । वरिपरी सब ठाउँमा खलबल गरी, शंख फुकि कृष्णले रुक्मिणीलाई साथमा लिएर रथ हाँकेर गएका थिए ।
नोकर चाकरहरु युवराज रुक्मकहाँ दौडि गएर सो घटना बारे खबर गरे ।  रुक्मले ' जनार्दनलाई' नमारि फर्कने छैन भनि किरिया खाए । ठुलो फौज लिएर कृष्णलाई पछ्याउन रुक्म तुरुन्त गए । तर त्यहि बेला बलराम फौज लिएर आइपुग्यो । दुईवटा फौजको बिचमा ठूलो युद्ध भयो । त्यस युद्धमा रुक्म पूर्णरुपले पराजय भयो । बलराम र कृष्ण बिजय भएर घर फर्के । चलन अनुसार बिधि बिधान गरी कृष्ण सित रुकमिणीको बिवाह सु-सम्पन्न भएको थियो । पराजित भएका रुक्म कुन्दिनापुर फर्किजान लाज मानेर कृष्णसित युद्ध भएकै ठाउँ निर भोजकत्ता भन्ने नयाँ शहर बसालि त्यहिँ नै राज्य चलाई बसेका थिए ।
कुरु क्षेत्रको लडाई बारे सुनेर रुक्म ठूलो फौज लिएर कुरुक्षेत्रमा पुगे । उनले बासुदेबसितको मित्रता पाउन सकिने बिचार गरी पाण्डवहरुलाई सहायता दिने कुरा भन्न आएका थिए । उनले धनन्जय तिर हेरेर भने – " हे पाण्डवहरु, शत्रु पक्षका फौज निकै ठूलो छ । म तपाईँहरुलाई सहायता गर्न आएको छु । मलाई भन्न मात्र भनि देउ मैले शत्रु पक्षको फौजको जुन खण्डमा हमला गर्ने भन्छौ मैले त्यसैलाई हमला गर्ने छु । द्रोण, कृपा र भीष्मलाई पनि आक्रमण गर्ने बल मसंग छ । (#॥मूर्ख ! अरुको भन्दा कर्णको नाम लिएको भए पो!॥)। मैले तपाईँहरुलाई विजय प्राप्त गराई दिनेछु । तपाईँहरुको इच्छा मात्र मलाई थाहा दिनुस् ।" बासुदेब तिर हेरेर धनञ्जयले हाँसेर भने –"ओ भोज कत्ताका राजा, हामी शत्रुको फौजको आकार देखेर डराएका छैनौ । हामीलाई तिम्रो सहायता चाहिएको छैन । यसको चाहना पनि गर्दैनौ । तिमी जान पनि सक्छौ । जे इच्छा छ त्यहि गर ।" यस कुरामा रुक्म रीस र शरमले चूर भए । सेना लिई दुर्योधनको छाउनिमा गए । उनले दुर्योधनलाई हेरेर भने –" मैले दिन गएको सहायतालाई  पाण्डवहरुले अस्वीकार गरेको छ । मेरो फौज तिम्रो पक्षमा भएको छ । दुर्योधनले भने –" पाण्डवहरुले तिम्रो सहायता नामञ्जुर गरे पछि न तिमी यहाँ आएका छौ । अहिले सम्म त्यस्तो खाँचो परेको छैन । तिमीहरुको बिदाईलाई स्वागत छ ।" दुबै पक्षबाट अनादर भएका रुक्म युद्धमा भाग नलिई आफ्नो राज्यमा फर्केका थिए । युद्धमा  तटस्थ रहनु अनेक प्रकारको हुन सक्छ । युद्ध गर्न ब्रह्मले नमानेर अथवा घमण्ड र स्वार्थको कारण्ले यस्तो हुन सक्छ । अझ कोही कोही डराएर वा जाँगर नभएर अलग रहन सक्छ । बलराम शान्ती प्रेमी भएको र कृष्णको बिपक्षमा लडन नभएकोले महाभरतको लडाईँमा तटस्थ बसेका थिए । रुक्म चाहिँ घमण्डको परिणामले बहिष्कार भएका थिए । धर्म अनुसार कार्य गर्ने स्थानमा त्यस्ले ब्यक्तिगत गौरबको बिचार गरेको थियो । तयसैले उनलाई दुबै पक्षले स्वीकार गरेन ।







क्मश:
६२ असहयोग (Non-coperation)
रत्नमान डंगोल

६० बलराम (BalaRam)

६० बलराम (BalaRam)

रत्नमान डंगोल

कृष्णको प्रख्यात दाजु बलराम पाण्डवहरुको शिबिरमा आई उनिहरुलाई भेट्न आए । नीलो रेशमका पोशाक लगाएका हलयोद्धा (बलराम) सिँह जस्तै गौरबले पसे पछि युधिष्ठिर, कृष्ण र अरुहरुले त्यस फराकिलो छाति भएका बीर पुरुषलाई खुशिले स्वागत गरे । द्रुपद र बिराटलाई प्रणाम गरी उनि युधिष्ठिर संगै बसे । उनले भने – "भरत बंशका सन्तानहरु (#॥हैन, पाणडवहरुको साथै कृष्ण र उनका पछयौटेहरु॥)  लोभ, अहंकार र वैमनश्यताले ग्रस्त भएको छ । शान्ति बार्ता भंग भएको छ । युद्धको घोषणा भइसकेको छ । सो कुरा सुनेर म कुरुक्षेत्रमा आएको हुँ ।"
मनमा खलबली भएर उनि एकछिन थामे, अनि फेरि बोल्न लाग्यो – "धर्मपुत्र, भयंकर बिध्वंस अगाडि आई सकेको छ । छिन्न भिन्न भएका शरिरबाट छरिएका रगतबाट पृथ्वी रगताम्य धाप बन्न लागि रहेको छ । काल खोज्न यहाँ जम्मा हुने क्षत्रियहरुलाई उत्तेजना गर्ने काम एउटा दुर्भाग्य नै हो । (॥#कृष्णलाई गाली गर्ने राम्रो तरिका – श्याबास बलराम॥)। ' हामीहरुको लागि दुर्योधन र पाण्डवहरु बराबर हुन, हामीले तिनीहरुको बेकारको झगडामा भागलिन हुँदेन' भनि मैले कृष्णलाई बारम्बार भनेकै हो । उनि मेरो कुरा सुन्ने होईन । धनन्जय प्रति उन्को ठूलो प्रेमले गर्दा कृष्णलाई यसमा भाग लिन लगाएको हो । उनैले चाहेको यस युद्धमा उनले तिम्रो पक्ष लिएको भन्ने कुरा मैले थाहा पाएको छु । कृष्ण र म एक आर्काको बिपक्षमा कसरी हुन सक्‍छु ? किन भने भीम र दुर्योधन दुबै मेरा शिष्यहरु हुन । मेरो प्रेम र मर्यादा दुबैको लागि बराबर छन् । त्यसो भएबाट एउटाको बिरोधमा आर्कोलाई कसरी भरोसा दिने ? कौरबहरु नाश भएको हेरेर बस्न सक्दिन । सबैलाई भष्म गर्ने अग्नि रुपको यस युद्धमा मैले गर्न सक्ने केही छैन । यस खेद पूर्ण बिपत्तिले संसारमा मेरो सबै औचित्य गुमाई दिएको छ । यसर्थ कृष्णले चाहे अनुसार म तीर्थयात्रामा जाँदैछु ।" (#॥श्याबास बलराम, यसै गरी नाजायज कुरामा बखेडा नउठान कृष्णले भनेको भए त युद्ध हुने नै थिएन – लोभ,डाहा, इर्ष्या र धुर्त्याईँमा लागेकाहरुमा त्याग, तपस्या र शान्तिको के मतलब हुन्छ र ?॥)। बिपत्ति युक्त युद्धको बिरोधमा यसरी कुरा गर्दै कृष्णको दाजुले मनमा पीर लिएर मनमनै भगवानको पुकारा गरी त्यहाँ(कुरुक्षेत्र)बाट हिँडि गएको थियो ।
बलराम महाभारतको युद्धबाट अलग्ग रहेको घटना भलादमी तथा इमान्दार मानिसहरुमा बारंबार पर्न आउने जटिल समस्याको उदाहरण हो । बराबरै न्ययोचित भएको तर दुईवटा बिपरित पक्षको बीचमा रोज्नु पर्ने कर लागेर अभागि मानिस अप्ठ्यारो झन्झटमा पर्न सक्छ । (#॥तर महाभारतमा बराबरको कुरा थिएन । कृष्णले गरेको अन्याय पूर्ण तथा अनैतिक कामलाई मन नपराएर पनि दुर्योधनको पक्षमा लाग्न सकेन, त्यसो गर्नु कृष्ण(बिष्णुको अवतार)को बिपक्षमा शेषनाग(बिष्णुको ओछ्यान)लाई असंभवको कुरा हो । (॥#रामायणमा भाइ लक्ष्मण भएको मन नपरेकोले महाभारतमा दाजु बलराम भएको भन्ने कुरा कथामा छ॥)।
यस्ता झन्झटमा पर्ने अधर्मी दुष्ट मानिसहरु मात्रै हो । संसारका बेईमानीहरुलाई आफ्नै संसर्ग, आकाँछाहरु अथवा स्वार्थले गराउँदा तिनीहरुमात्र यस्ता झन्झटमा पर्न आउँछन् । सबै आकाँछाहरु त्यागेका ठूला मानिसहरु यस्तो झन्झटमा परेको कुरा भेटिँदेन । महाभारतमा भीष्म, बिदुर, युधिष्ठिर र कर्णलाई परेको महान् बिपत्तिहरुलाई हेरौँ । तिनीहरुले कतिपय विपदको समस्याहरु कसरी समाधान गरेका थिए सो कुरा यस कथामा पढेका छौँ । तिनीहरुको समाधान एउटै नैतिक खालको थिएन । तर, कतिपय ब्यक्तिगत गुण झल्किएको थियो । प्रत्यकको व्यबहार आफ्नो व्यक्तित्व र परिस्थिति अनुसारको चरित्रको प्रतिक्रिया थियो । आधुनिक समालोचकहरु र ब्याख्या गर्नेहरुले यो महत्व पूर्ण आधारभूत कुरालाई बिर्सेर सबै कुरालाई एउटै तरिकाले तौलिन खोज्दछन् । यसो गर्नु भूल हो । रामायणमा दशरथ, कुम्भकर्ण, मारिच, भरत र लक्ष्मणलाई पर्न आएको बिपदहरुलाई तिनीहरुले कुन उपायले प्रतिक्रिया गरेका थिए त्यो हामीले बुझ्न सक्छौँ । त्यस्तै हिसाबले महाभारतको युद्धमा बलरामको तटस्थता एउटा दृष्टान्ट हो । (#॥बलराम तटस्थ थिएन – दुर्योधनको पक्षमा नैतिकरुपमा थियो तर युद्धमा कृष्णको बिपक्षमा लड्न नमिलेकोले युद्धमा होमिएन॥)। त्यस युद्धमा अलग रहेका दुई जना राजाहरु मात्र थिए । एउटा बलराम थियो त आर्को भोजकत्ताको शासक रुक्म । रुक्मको बहिनी रुक्मिणीको कृष्णसित विवाह भएको कथा अर्को खण्डमा लेखिएको छ ।

क्रमश:
६१ रुक्मिणी
रत्नमान डंगोल

Wednesday, October 2, 2013

५९ कौरबको सेनामुख (Generalissimo)


५९ कौरबको सेनामुख (Generalissimo)

रत्नमान डंगोल
कौरब सेनाको अधिपति भै भीष्म रहे । दुर्योधनले उनलाई आदर पूर्बक ढोग गरेर भने – "कार्तिकेयले देबताहरुलाई हाँकेर लगे जस्तै तपाईँले हामीहरुलाई हाँकेर लगि बिजय तथा कीर्ति प्राप्त गर्नुहोस् । बाछोहरु बुढो साँढेको पछि लागे जस्तै हामीहरु तपाईँको पछि लाग्नेछौँ ।" पितामहले भने –"त्यसो त हो, तर मेरो मनमा भएको निशंकाको कुरा तिमीले सुन्नु पर्छ, बुझ्नु पर्छ । पाण्डुका छोराहरु मेरो लागि धृतराष्ट्रका छोराहरु, तिमीहरु जस्तै समान छन् । (#॥हे भिष्म, किन समान ? बुझ पचाएर दुर्योधनलाई धोखा दिँदैछौ, तिमीलाई थाहा छ पाण्डवहरु पाण्डवका छोराहरु हैनन् भनेर, त्यस्तै नकुल र सहदेब मादरीले कसबाट पाएका छोराहरु हुन् ?॥)। तिमीले दिएको जिम्मा मैले पूरा गर्नेछु । तिम्रो फौज हाँक्ने छु । मेरो कर्तब्य पूरा गर्ने छु । रणभूमिमा मैले दिनहुँ हजरौँ लडाकुहरुलाई मार्नेछु । तर पाण्डुका छोराहरुलाई म मार्न सक्दिन । यो युद्ध मेरो मन लागेर गर्न लागेको होइन । पाणडवहरुलाई मार्ने बाहेक मैले यस युद्धमा मेरो कबोल पुरा गर्ने छु । अर्को एउटा कुरा छ । तिमीहरुले माया गरेका सूर्य पुत्र, कर्णलाई मेरो अध्यक्षता भएकोमा बिरोधी छ (#॥कसरि थाहा भयो, सूर्य पुत्र भनेर ? सबैलाई किन न भनेको ? गद्धार हौ तिमी !!॥) । उनलाई मेरो बिचार मन पर्दैन । यदि तिमीहरुलाई उसको बिचार ठिक छ भन्ने  लागेको छ भने पहिला देखिनै फौजको अध्यक्षता लिएर युद्ध संचालन गर्नु भनि उनलाई भन्नु । मैले बिरोध गर्ने छैन । मैले सेना हाँकुन्जेल उसले लडाईँमा भाग लिन पाउने छैन ।"(॥#नालायक भीष्मले अधिराजकुमारलाई त्यसो भन्न पाउँछ र ?॥)
भीष्मले कर्णलाई र उनको ब्यबहारलाई मन पराउँदैन । (॥# हे दुर्योधन, कुरा किन नबुझेको ? पाण्डहरु जिवित भए सम्म लडाईँ कसरि सकिन्छ ? तिम्रो बिजय कसरि हुन्छ ? त्यसैले त कर्णलाई भीष्मले पन्छाए॥))।
"भीष्म बाँचे सम्म म अलग रहनेछु । उ मरे पछि मात्र म लडाईँमा भाग लिने छु । त्यस पछि अर्जुनसित सामना गरी उनलाई मार्ने छु ।" (॥# हे कर्ण, तिमीले पनि दुर्योधनलाई धोखा दिँदै छौ॥)। प्राचिनकालमा पनि ठूल-ठुला ब्यक्तिहरुमा पनि ईर्ष्या र डाह थियो । (॥#त्यस्ताहरुलाई पनि ठूला भन्ने ? पाण्डवहरु, कृष्ण र उनका अनुयायीहरुमा भएको त्यस्ता गुणहरुको कारणले न यो युद्ध भयो॥)।
दुर्योधनले भीष्मले राखेको प्रस्तावलाई स्वीकार ग-यो । भीष्मलाई आफ्नो फौजको सेना प्रमुखमा नियुक्त गरे । (॥#गलत ! लडाईँ जित्ने बिचार नहुनेलाई नेत्रृत्व दिनु !॥)। बाढी बगे जस्तै कौरब सेना कुरु क्षेत्र तिर बढेका थिए ।
(॥#हे दुर्योधन, भीष्म र द्रोणलाई मिल्ने जिम्मेदारी दिएर कर्णलाई सेना हाँक्ने काम दिएको भए, कर्णले अर्जुनसंग मात्र युद्ध गरे पुग्थ्यो र इन्द्रले दिएको अमोघ शस्त्रले अर्जुनको काम तमाम गर्न पाउँथ्यो – लडाईँमा तिम्रो जीत हुने थियो॥) ।

क्रमश:
६० बलराम
रत्नमान डंगोल

५८ पाण्डवहरुको सेनामुख (Generalissimo)


५८ पाण्डवहरुको सेनामुख (Generalissimo)

रत्नमान डंगोल
उपप्लब्यमा पुगेर हस्त्तिनापुरमा जे जस्तो भएको थियो त्यो सबै पाण्डवहरुलाई सुनाएर गोबिन्दले भने –"जो उचित थियो त्यो र उनिहरुको लागी भलो हुने कार्य गरी बोलेको थिएँ । (#॥गलत, सबै कुराहरु नाजायज पाण्डवहरुको पक्षमा हकै नभएको कुराहरु मात्रै गरेका थियौ॥). तर ती सबै बेकारमा गयो । (॥#बेकारको कुरा बेकार नै हुन्छ॥)। अन्तिम र चौथो बिकल्प युद्ध बाहेक अरु कुनै उपाय नै छैन । (#॥त्यो पनि तिमीहरु कै धम्कि पूर्ण बिकल्प थियो । शान्ति चाहनेहरुले हकै नभएको कुरा उठाएर ' शान्ति शान्ति ' मात्र भनेर हुन्छ ।॥)। मूर्ख दुर्योधनले सभामा ठूला बडाहरुले दिएको उपदेश मानेका थिएन । (॥#किन मूर्ख ? तिमीहरुको धम्कि नमानेकोले ??॥)। अब हामीहरुले अबिलम्ब युद्धको तयारी गर्नु पर्छ । कुरुक्षेत्र संहारको लागि पर्खि रहेको छ ।" (#॥बढाई छ ! तिमीले चाहेको कुरा हुने भयो, धुर्त !!॥)।
" अब शान्तिको कुनै आशा छैन " भनि युधिष्ठिरले भाइहरुलाई सम्बोधन गर्दै भने । फौजहरुलाई युद्धको रचनामा तयार गर्ने आदेश दिए । (॥#शान्तिको कुरा गरे पो शान्ति हुन्छ, आफ्नो स्वार्थ र हकै नभएको नाजायज कुरा उठाउँदे धम्कि दिएर शान्ति हुन्छ र ?॥)।
 पाण्डवहरुले फौजहरुलाई ७ डिभिजनमा मिलाए । निम्नानुसार एक एक डिभिजनको प्रमुख नियुक्त गरे । १. द्रुपद, २. बिराट, ३. धृष्टद्युम्न, ४. शिखण्डि ५. सत्यकि, ६. चेकितन र ७. भिमसेन । अनि सेना मुख कसलाई गर्ने भन्ने कुरामा उनिहरुले छलफल गरे । युधिष्ठिरले सहदेबलाई बोलाएर भने –"हामीहरुले यिनी सातजनामा एक जनालाई सर्बोत्तम सेनाध्यक्ष छान्नु परेको छ । शत्रुलाई जलाई भष्म गर्न सक्ने महान भीष्मसित सफलता पूर्बक उनि सामना गर्न सक्ने हुनु पर्छ । बेला बखत अनुसार परिस्थिति हेरी उनि फौज संचालन गर्न सक्ने हुनु पर्छ । यस्ता जिम्मेवारी कार्यको लागि सब भन्दा योग्य भएको ब्यक्ति छान्नु परे तिमीले कसलाई छान्छौ ?" पुराना जमानामा जेठाहरुको राय लिनु भन्दा पहिले सब भन्दा कान्छो चाहिँको राय लिने चलन थियो । यसले कान्छोहरुमा जोश तथा आत्म बिश्वास दिलाउँदथ्यो । यदि जेठा बाठा सित पहिला नै सल्लाहा लियो भने अरुहरुले स्वतन्त्र भएर बोल्न नसक्ने हुन्थ्यो । सनमानको मतभिन्नता पनि असमानको हुन जान सक्दथ्यो । सहदेबले भन्यो –"हामीले बिराट राजालाई सर्बोत्तम सेनाध्यक्ष गरुँ । उहाँले गुप्तबासको बेला हामीलाई सहायता गर्नु भएको थियो । अहिले उहाँकै भरोसामा हामीले राज्यको दाबि गर्न पाएका छौँ ।"  नकुलले भन्यो –"उमेर, बुद्धि, साहस, खानदान तथा बलको बिचार गर्दा द्रुपद राजा पनि सर्बोत्तम छ । उहाँलाई नै सेनामुख गर्नु सबभन्दा बेश हुने मलाई लाग्छ । द्रौपदीका पिता राजा द्रुपदले भरद्वाजबाट धनुर्बिद्या सिकेको थियो । उहाँ धेरै दिन देखि द्रोणसित सामना गर्न पर्खि राख्नु भएको छ । सबै राजाहरुले उहाँलाई मर्यादा गरेका छन् । आफ्नै छोराहरु जस्तै गरी हामीहरुलाई उहाँले भरोसा दिई राख्नु भएको छ । द्रोण र भीष्मको बिरोधमा हाम्रो फौज उहाँलाई हाँक्न दिनु बेश होला जस्तो मलाई लाग्द छ ।" त्यस पछि धर्मपुत्रले धनन्जय (अर्जुन)को बिचार सोधे । अर्जुनले जवाफ दिए –" मेरो बिचारमा, युद्ध भुमिमा हाम्रो मुख्य नायक दृष्टद्युम्न हुनु पर्छ । उनले इन्द्रियलाई संयम गरेको छ । द्रोणलाई अन्त गर्न नै उनि जन्मेका हुन । महान परशुरामलाई नै पछि पार्ने धनुर्बिद्याको दक्षता भएका भीष्मको बाणहरुको सामना गर्न सक्ने दृष्टद्युम्न एक जना मात्रै छ । हाम्रो सेनाध्यक्ष हुन योग्य ब्यक्ति उहाँ मात्रै हुनु हुन्छ । म अरु कोहि सम्झन सक्तिन, अरु कोहि छ जस्तो लाग्दैन ।" भीमसेनले भने –" अर्जुनले भनेको कुरा ठिक छ । तर ऋषिहरु र ठुलाबडाहरुले भनेका छन् कि शिखण्डि भीष्मलाई मार्न जन्मेको हो । परशुरामको जस्तो उज्वल अनुहार भएको शिखण्डिलाई अधिकार दिए पनि हुने मेरो राय छ । अरु कसैले भीष्मलाई मार्न सक्छ जस्तो मलाई लाग्दैन ।" अन्त्यमा युधिष्ठरले केशवको राय सोधे । कृष्णले भन्यो –" बयान गरेका बीरहरु सबै चुन्न लायकका छन् । तिनीहरु सबैले कौरबहरुलाई दबाउन सक्छन् । सबै कुराहरुको बिचार गर्दा म अर्जुनको बिचारलाई समर्थन गर्दछु । त्यस कारण तिम्रो सर्बोत्तम सेनापतिमा दृष्टद्युम्नलाई राख्नु ।" त्यसै अनुरुप द्रुपदको प्रसिद्ध छोरा दृष्टद्युम्नलाई पाण्डवहरुको सेनाको सर्बोत्तम सेनामुख गरियो । स्वयम्बरमा डो-याएर द्रौपदीलाई उनले अर्जुनलाई सुम्पेका थिए । तेह्र बर्षसम्म आफ्नो बहिनीले दुर्योधनको दरबारमा सहनु परेको बेइज्जतिमा मुरमुरि रहेको थियो । (#॥रिसाउनु त युधिष्थिर प्रति होइन र ?॥)। जस्ले त्यस अन्यायको बदला लिन मौका खोजिरहेको थियो । लडाकुहरुको सिँहनाद, शंखको ध्वनि र हाथिहरु कराएको आवाजले आकाश गुञ्जियो । आकाश गुञ्जने युद्धको स्वर मचाएर पाण्डव सेना सियोको सैनिक रचनामा मिलेर कुरु क्षेत्रमा पसेका थिए ।


क्रमश:
५९ कौरबको सेनामुख (Generalissimo)

रत्नमान डंगोल


५७ संसर्ग र कर्तब्य


Post 57 ५७
(Attachment and Duty)
(आफ्नोपन / नजिकको नाता / नाता सम्बन्ध / संलग्नता / घनिष्टता) संसर्ग र कर्तब्य
रत्नमान डंगोल

 कृष्ण हस्तिनापुर गएर बार्ताबाट हुने शान्तिको केही पनि सम्भावना नभएको कुरा सुनाउँदा कुन्तीलाई हैरानि भएको थियो । उनलाई थाहा भयो कि युद्ध हुने नै भयो । कुन्तीलाई पीर प-यो । कुन्तीले मन मनै बिचार गर्न थालिन् –'अपमानहरु जे भए पनि सहनु; कुनै राज्य नमागेर युद्धलाई रोकौँ भनेर मैले मेरा छोराहरुलाई कसरी भन्ने ? मेरा छोराहरुले क्षत्रिय परंपरागतको बिपरित कुरा कसरी स्वीकार गर्न सक्ने ?' । त्यतिकैमा उनले फेरि बिचार गरिन् –"लडाईँमा परस्परलाई मारेर कुल सबै नास भै सके पछि कस्तो सुख र कस्तो फायदा हुन सक्छ ? मैले यो दोधारको संकष्टलाई कसरि सामना गर्ने ?" । "एकातिर सर्बनाशको चिन्ता र आर्कोतिर क्षत्रिय मर्यादाका दाविहरु" – यसरी उनी दु:खी भइन् । (#॥दुबै पक्षहरु गलत छन् तर यो अवस्था सृजना गर्नमा कृष्ण र पाण्डवहरु बढी जिम्मेवार मान्नु पर्छ । अहँकारी, लोभी, नाजायज, चापलुसी, अधर्मी चाकडी बाज पाण्डवहरुलाई चुप लागेर बस, लडाईँ नगर किन भन्न नमिल्ने ? ।॥)। "भीष्म, द्रोण र कर्ण (अनि असोत्थामा नि ?) तिनै जनाको संयुक्त शक्तिलाई मेरो छोराहरुले कसरी पराजय गर्ने ? (#॥कर्ण पनि त तिम्रो नै छोरा हो, बिबहा हुनु भन्दा अगाडि पाएको॥ हारला भन्ने डरले लडाई नगर्ने ? ॥)।  तिनीहरु आज सम्म कहिले पनि पराजय नभएका बीरहरु हुन । तिनिहरु सम्झेर आउँदा मेरो मुटु थर्कन्छ । अरुहरुको बिषयमा मलाई पीर छैन । पाण्डवहरुलाई मार्न सक्ने क्षमताले लिएर लड्न सक्ने यिनै तीन जना हुन । यिनीहरु मध्ये द्रोणाचार्यले माया लागेर होस् या आफ्नै चेला सम्झेर होस् या त आफ्नै चेलाहरु सित युद्धमा सामना नगर्ने इच्छा गरेर पाण्डवहरुलाई नमार्न पनि सम्भव छ । भीष्म पितामहले पक्कै पनि तिनीहरुलाई मार्ने छैन । तर पाण्डवहरुको मुख्य शत्रु नै कर्ण हो । उनि मेरा अरु छोराहरुलाई मारेर दुर्योधनलाई खुशि तुल्याउनमा उत्सुक भएको छ । कर्ण महान शस्त्रधारी लडाकु हुन् । मेरा अरु छोराहरुको बिरोधमा युद्ध गर्न लागेको उनलाई सम्झेर आउँदा मेरो मुटुलाई आगोमा दाउरा जले जस्तै दु:खले जलाएको छ । कर्णलाई भेटेर उनलाई उनको जन्मको कुरा सुनाएर दुर्योधनको पक्ष छोड्न लगाउने सुनौला मौका यहि हो । दुर्योधनको पक्ष छोड्न उनलाई कर लाग्ने छ" । (#॥कर्णको मृत्यु, दु:ख, अवस्था ईत्यादि बारे चाहिँ चिन्ता छैन ! धन्य माता ! पाण्डवहरु र कृष्णलाई चाहिँ किन नभनेकि ? कृष्णलाई त सबै कुरा थाहा थियो ॥)।
कर्णले सदाकाल दैनिक पूजापाठ गर्ने ठाउँ गंगाजीको किनारमा आफ्नो बाल बच्चाहरुको लागि यस्तो चिन्ता लिएर दु:खि भएकी कुन्ती गइन् । कर्ण त्यहाँ आफ्नो पूजा पाठमा लागेका थिए । हातहरु उठाएर पूर्ब हेरी उनि गहिरो ध्यानमा थिए । उनको पछाडि उभिएर कुन्ती पर्खि राखिन् । पिठ्युँमा घामको ताप नलागे सम्म कुनै कुराको परबाह नराखि ध्यानमा मग्न भै कर्ण बसेका थिए । (#॥हे भगवान ! पूर्ब तिर हेरेर बसेका वा उभेकाको पिठ्युँमा घामको ताप कहिले पर्ने होला ?॥)।
पाठ पूजा सके पछि कर्णले फर्केर हेर्दा चर्को घामबाट बच्न कपडाले टाउको छोपेर उनको पछाडि उभी रहेकी कुन्तीलाई देखे । पाण्डुका महारानी पाण्डव राजकुमारहरुको मुमा (#॥गलत कर्ण, तिमीलाई पनि थाहा छैन रहेछ पाण्डवहरु कस्का सन्तानहरु॥) उनको पाठपूजा नसकुन्जेल धैर्य गरी उनलाई पर्खिरहेको कुराले उनको मनमा ठूलो खलबली भै उनलाई आश्चर्य लाग्यो । चलन अनुसारको सनमान गरेर कर्णले सोधे –"राधा र सारथि अधिरथ पुत्र म तपाईँलाई प्रणाम गर्दछु । म तपाईँ कै सेवामा छु । महारानी, तपाईँको लागि मैले के गर्नु प-यो ?" । कुन्तीले भनिन् – "कर्ण तिमी राधाको छोरा होइन । तिमी सारथी जातको हो भनेर पनि नसम्झ । (#॥किन ? जस्ले पालन पोषण ग-यो उसैको सन्तान हुन्छ ॥)। कुन्ती भनि जानिएकी राज खानदानको पृथाको गर्भवाट जन्मेका सूर्यको पुत्र हौ । तिमी भाग्यमानि होस्" । अनि कुन्तीले कर्णको जन्म बारे बिस्तारमा बताइन् । कुन्तीले भनिन् –"कानमा सुनको कुण्डलि कवच सहित पूर्ण फलामको पोशाक लगाएर जन्मेका (#॥क्या जन्म॥) तिमीले पाण्डवहरु आफ्ना भाइहरु हुन भनि नजानेर दुर्योधन सित मिलेका छौ ।(#॥पाण्डवहरुको जन्म बारे पनि किन नभनेको ? वाह रे कुन्ती ! पाण्डवहरुलाई कर्णको जन्मबारे पहिला नै भनि राखेको भए अर्जुन र उसको टक्कर हुनु अगाडि नै उनिहरुले कर्णलाई चिनी हाल्थे ।॥)। पाण्डवहरु सित वैमनश्यता गर्न पुगेका छौ ।(#॥वैमनश्यताको शुरुवात गर्ने त अर्जुन/पाण्डवहरु नै थिए ॥)। धृतराष्ट्रका छोराहरुको अधिनमा बस्न तिमीलाई सुहाउँदेन । पाण्डवहरु सित मिलेर देशका राजा भएर बस । तिमी र अर्जुन मिलेर त्यस दुष्टलाई (#॥किन दुष्ट ?॥) दमन गर्न सकोस्, जम्मै संसार तिम्रो चरणमा पर्नेछ । तिम्रो कीर्ति तिम्रा दाजुभाइहरु भएका बलराम र कृष्णको जस्तै टाढा टाढा फैलने छ । (#॥कर्णको कीर्ति कसैको भन्दा कम छैन ॥)। तिम्रा पाँचै जना भाइहरुले घेरिएर बसेको बेला तिम्रो तेज देवताहरुको माझमा बसेका ब्रह्माको जस्तो हुनेछ । जटिल बातावरणमा मानिसले प्रिय माता-पिताको मनलाई चित्त बुझाउने कार्य गर्नै पर्छ । यो हाम्रो शास्त्रानुसार सबै भन्दा उच्च धर्म हो" । (॥#प्रिय माता पिताको त हो, तर कुन्ती ........॥)
सूर्यको भाव भक्ति सकिएको बेला आमाले आफुलाई यसरि बोले पछि सूर्य देबताले कुन्तीको अनुरोध स्वीकारेको थियो भन्ने कर्णले आफ्नो मनमा कुनै लक्षण पर्न आएको कुरा उनको अन्तस्करणले महसुस गरे । तर सूर्य देबताले उनको शक्ति र मनको बलको परिक्षण गरिरहेको होला भनि उनि आफैले जाँच गरेर हेरे । उनले आफुलाई लालसामा परेको पाउन चाहेन ।
उनले मनमनै बिचार गरी स्वार्थताको लालसा गर्नु र प्राकृतिक माया गर्नु दुबैलाई रोके । उनले दु:ख लागे पनि दृढ भएर भने –"प्रिय माता, तपाईँले भन्नु भएको कुरा धर्म बिरुद्ध छ । यदि मैले धर्मको बाटो फेरेँ भने युद्ध भूमिमा मलाई शत्रुले गर्ने कुनै पनि घातक भन्दा ठूलो घातक मैले म आफैलाई गरेको हुन्छु । मेरो क्षत्रिय जन्मसिद्ध हक म नाबालकको बेला नदीमा फ्याँकेको बेला नै तपाईँले टुटाई सक्नु भएको छ । अहिले आएर तपाईँले मलाई मेरो क्षत्रिय कर्मको कुरा गर्नु भएको छ । मेरो जन्मले पाएको मात्रृ स्नेह दिनु भएको थिएन, र अब आएर अरु छोराहरुको भलोको बिचार गरी मलाई तपाईँले मेरो जन्मको कुरा सुनाउनु भएको छ । यदि अहिले म पाण्डवहरुसित मिल्न गएँ भने डराएर मैले यसो गरेछ भनि के संसारले 'हा हा' गर्दैन र ? मैले धृतराष्ट्रका छोराहरुको नुन खाएको खाएको छु । तिनीहरुको मण्डलिको बिश्वासिलो साथिको स्थान पाएको छु । तिनीहरुले मलाई दया, प्रेम र ईज्जत गरेका छन् । सबै चाहिने कुराहरुको हेर बिचार गरेका छन् । अब युद्ध हुन लागेको बेला तपाईँले मलाई ' नुनको सोझो ' नगर्ने कुरा गर्नु हुन्छ,  पाण्डवहरु सित मिल्न आऊ भन्नु हुन्छ । धृतराष्ट्रका छोराहरुले युद्धको बाढीबाट उनिहरुलाई पार गराउन सक्ने नाउ जस्तै मलाई ठानेका छन । तिनीहरुलाई यस युद्ध मैले नै गर्न लगाएको हुँ । अब मैले उनिहरुलाई कसरी छोड्ने ? बिश्वास घाती, नीच तथा बैगुनी कसरी हुने ? यो जुनि र पछिको समयले कस्तो मुल्यांकन गर्ने होला ? प्रिय माता, चाहियो भने मैले आफ्नो ज्यान दिएर भए पनि आफ्नो ऋण तिर्नु पर्ने हुन्छ । अन्यथा म मामुलि चोर जस्तै हुने छु । अब हुने यस युद्धमा निश्चय नै तपाईँका छोराहरुको बिरुद्धमा मेरो भए भरको शक्ति लगाएर लड्ने छु । कौरबहरु र तपाईँ दुबैलाई धोखा दिन सक्दिन । मलाई माफ गर ।" (#॥हे कर्ण, माफी माग्नु पर्ने किन ? माफी त लाज सरम नभएकी नीच कुन्तीले पो माग्नु पर्ने होइन र ? आमा भन्न पनि लाज लाग्दो कुरा भए पनि – जन्माउने भनेको त भगवानको आशिर्बाद हो, यसमा मानिसले घमण्ड गर्ने कुरा केही पनि छैन । स्याहार सुसार गरेर प्रेम पूर्बक नाबालकलाई हुर्काउनु पो सबै भन्दा ठूलो पूजा हो । सो कार्य गर्ने भएकीले पो आमा सबै भन्दा पुज्य छिन् । सो नगरेकीले तिम्रो लागि कुन्ती पुजनीय छैन – त्यसमा पनि पाँचजना मध्ये चार जना नाजायज पोईहरुबाट बच्चाहरु जन्माएकी !! ॥)
आफ्नो कुरालाई अगाडि बढाउँदै भने –"मेरो आमाको इच्छालाई मैले बिलकुलै खेर जान दिन्न । मबाट अर्जुनलाई अलग्ग गर्नुस् । या त उ या म मात्र यसयुद्धमा बाँच्न पाउने छ । हामी दुईमा एउटालाई मर्नै पर्ने छ । मलाई जे जस्तो गरे पनि मैले तपाईँका अरु छोराहरुलाई मार्ने छैन । बीर पुत्रहरुका आमा, त्यसो भए पनि तपाईँ सित पाँचै जना छोराहरु रही रहने छन्"। (#॥ हे कर्ण, तिम्रो मनोबल गिराउनु थियो, सो भयो । अर्जुन त मर्नेवाला हैन – बस कुन्तीले भन्यो ' आमा ' तिमीले मान्यौ । रंग मन्चमा पहिलो पटक भेट हुँदा कुन्तीले भनेको भए यो अवस्था नै आउने थिएन ॥ र, अरुलाई नमार्ने भनेर तिमीले दुर्योधन प्रति बिश्वास घात ग-यौ, धिक्कार छ तिमीलाई !॥)
क्षत्रिय धर्ममा रहने धृढ गरी आफ्नो जेष्ठ पुत्रले यसरी बोलेको कुन्तीले सुने पछि उनको मनमा खलबली र बिपरित भवनाहरु जाग्यो । बोलिरहनु उचित हुने नठानि कर्णलाई अंकमाल गरिन् र चुपचाप त्यहाँबाट हिँडिन् । घर फर्कँदै तिनीले बिचार गरिन् –"भाग्यमा लेखेको कुरा कस्ले मेटाउन सक्छ ? उनले मेरा चार जना छोराहरुलाई केहि पनि नगर्ने वचन दिएको छ । त्यति नै भए पुग्छ । भगवानले उनलाई आशिर्बाद देवोस् ।"

क्रमश:
५८ पाण्डवहरुको सेनामुख (Generalissimo)

रत्नमान डंगोल