Tuesday, November 12, 2013

६६ दोश्रो दिनको युद्ध

६६ दोश्रो दिनको युद्ध

रत्न मान डंगोल

युद्धको पहिलो दिन पाण्डव सेनालाई नराम्रो भएकोले सेनामुख दृष्टद्युम्नले सो दोहरिन नदिन प्रकृयाहरुको तजबिज गरे । दोस्रो दिनमा धेरै राम्रो गरी सेनालाई युद्ध रचनामा मिलाए । आत्म बिश्वास पैदा गर्न सब थोक मिलाएको थियो । प्रथम दिनमा सफल भएकोबाट गर्ब गरेका दुर्योधन सेनाको माझमा बसेर आफ्ना सेनाहरुलाई सम्बोधन गरेर भने –"युद्धका बीरहरु ! हाम्रो विजय निश्चित भएको छ । युद्ध गर । ज्यानको परवाह नगर ।" दोस्रो दिन पनि भीष्मले हाँकेका कौरब सेनाले फेरि पाण्डव सेनालाई भयंकर आक्रमण गरी ठूलो क्षति पु-यायो र पाण्डवहरुको सेना रचना बिगारेका थिए । अर्जुनले सारथि कृष्णलाई हरेर भने –"यदि हामीहरु यसरि नै बस्यौँ भने पितामहले हाम्रो सम्पूर्ण सेनालाई नाश गर्ने छ । यदि हामीले भीष्मलाई मारेनौँ भने मलाई डर लागेको छ कि हामीले हाम्रो सेनालाई बचाउन सक्ने छैनौँ ।" (#॥कस्ले मार्ने भीष्मलाई ? कृष्णले पनि मार्न सक्तैन॥)। कृष्णले भन्यो –"धनन्जय, त्यसो भए तयार होउ । पितामहको रथ त्यहिँ छ ।" कृष्णले रथ भीष्म भए तिर दौडाए । रथ छिटो छिटो बढाएर भीष्मको रथ भए तिर लगे । पितामहले चुनौतिलाई स्वागत गर्न बाणहरु छोडे । सतर्क भएर पितामहको रक्षा गर्न र कहिल्यै उनलाई बिपदमा पर्न नदिन दुर्योधनले आफ्ना मानिसहरुलाई आदेश दिए । त्यसै अनुरूप तुरुन्तै लडाकुहरु पितामहलाई सहयोग गर्न पुगे । सबै मिलेर अर्जुनलाई आक्रमण गरे । कुनै कुराको परवाह नगरि अर्जुनले सबैको सामना गरे । सबैलाई थाहा भएकै कुरा हो कि अर्जुन सित टक्कर लिएर भिड्न सक्नेहरु तीन जना मात्र थिए – भीष्म, द्रोण र कर्ण । (#॥अर्जुनलाई क्षति पु-याउने त कर्णमात्रै न हो तर उ पनि यस बेला युद्धमा नभएकोले अर्जुन त सुरक्षित नै भए, नैतिक दृष्टिकोणले कर्णले पनि अर्जुनलाई मार्न चाहँदैन थिए किन भने कुन्ती दुबैको आमा भएकोले ।॥)। भीष्मको सहायता गर्न आएका सबै लडहाकुहरुलाई बिचैमा रोकि दिए । यस बेला उनले आफ्नो महान धनुष यसरि धारण गरेका थिए कि त्यो देखेर सेनाका सबै सेनाध्यक्षहरुले प्रशंसा गरेका थिए । उनको रथ बिजुलि चम्के जस्तै चम्केर शत्रु पक्षका फौजहरुलाई छ्याल्ल ब्याल्ल पारेर यताउता छिटो छिटो उफ्रेको जस्तो देखिएको थियो र सो देख्दा सबैको आँखा नै तिरमिराएको थियो । सो भिडन्त हेरी रहेका दुर्योधनको मुटुमा ढ्याङ्ग्रो बज्यो । भीष्म प्रति उनको बिश्वास दग मगायो । दुर्योधनले भन्यो – "हे गंगा पुत्र, तपाईँ  र द्रोण जिवित भै लडिरहेको बेलामा पनि कृष्ण र अर्जुन मिलेर गरी रहेको यस भयंकर हमलाले हाम्रो सबै सेनालाई नाश गर्ने छ । मेरो सेवामा सबै भन्दा पक्का भएका मेरो मित्र कर्ण यस बेला तपाईँकै कारणले युद्धबाट अलग्ग भएर रहेको छ । (#॥हे दुर्योधन, झट्ट हेर्दा त्यसो देखिएता पनि बास्तवमा उनि किन लड्न नचाहेको ? बिचार गर है बिचार !॥)। तपाईले फाल्गुन (अर्जुन)लाई नाश गर्ने कदम छिटै चाल्नु होला जस्तो मलाई लागेको छैन, मलाई शंका लागेको छ ।"  (#॥हे दुर्योधन, किन भीष्मले पाण्डवहरुलाई नाश गर्दिन भनेको कुरा बिर्सियौ ?॥)
भीष्म र अर्जुनको भिडन्त हेर्न देवताहरु आए । विश्वका सबै भन्दा महान योद्धाहरु यिनै दुईजना थिए । दुबैको रथहरु सेता घोडाहरु द्वारा तानिएका थिए । दुबै पक्षबाट अनगिन्ति बाणहरु बर्षाएका थिए । आकाशमा बाणहरु संग बाणहरु जोतिएका थिए । कुनै बेला पितामहका बाणहरुले अर्जुन र माधवको छातिमा लागेको थियो । राता राता पलासको फूलहरु भरिएको हरियो फलामको रूख जस्तै कृष्ण उभिएको बेला बगिरहेको रगतले पहिलेको भन्दा शोभा झन बढेको थियो । प्रिय सारथिलाई बाण लागेको देखे पछि अर्जुनको क्रोध झन् बढ्यो र भीष्मलाई खूब ताकेर अर्जुनले बाण हाने । दुबै लडाकुहरु बराबरीका थिए । युद्ध धेरै बेर सम्म चलि रह्यो । एकातिर त्यो महान दृष्य थियो भने आर्कोतिर द्रोण र दृष्टद्युम्नका बिच घमासान युद्ध भइरहेको थियो । द्रोणको आक्रमण शक्तिशालि थियो । दृष्टद्युम्न नराम्रोसित घाइते भएको थियो । तर उनले त्यतिकै साहस गरी बदला लिए । दाह्रा किटेर दृष्टद्युम्नले द्रोणलाई बाणहरु हाने, गदाहरुले प्रहार गरे । द्रोणले पनि ठूलो दक्षताका साथ आत्म रक्षा गरेका थिए । बाणहरुले उनलाई प्रहार गरेका तीखा तीखा हतियारहरु र ओजनदार गदाहरुलाई उनले आकाशमा नै रोकेर तोडफोड गरी दिएका थिए । धेरै पटक दृष्टद्युम्नको धनुष द्रोणले बाणहरु द्वारा भँचि दिएका थिए । द्रोणको एउटा बाणले पञ्चाल राजकुमार दृष्टद्युम्नको सारथिलाई मारि दिए ।(#॥धिक्कार द्रोण, सारथिलाई मार्ने ॥)। त्यसो भए पछि दृष्टद्युम्न गदा लिएर रथबाट हाम्फालेर पैदलै अघि बढ्यो । द्रोणले बाण हानेर त्यस गदालाई फुटाई दियो । अनि दृष्टद्युम्न तरबार झिकेर हाथीको सिकार गर्ने सिँह झैँ उफ्रेर अघि बढे । तर द्रोणले उनलाई सिथिल पारी उनलाई अघि बढन रोकि दियो । (#॥किन नमारेको ? किन भने तिमीले पनि चाहेका छौ कि दृष्टद्युम्नको हातबाट तिम्रो हत्या होस् र पाण्डवहरुको विजय होस् ।॥)। तर त्यहि नै बेला भिमले दृष्टद्युम्नको दुरदशा देखेर द्रोण माथि बाणहरु बर्षाए, दृष्टद्युम्नलाई बचाएर रथमा राखेर लगेका थिए । (॥#त्यसो होस भन्ने नै द्रोणले चाहेको थियो नत्र कस्ले दृष्टद्युम्नलाई द्रोणबाट बचाउन सक्ने ? ॥)। दुर्योधनले सो देखेर भिमसेन सित भिडन कलिङ्गका फौजहरु पठाए । भीमले कलिङ्गका धेरै फौजहरुलाई मारि दिए । उनि काल जस्तै भएर शत्रु तिर गएर तिनीहरुलाई ढालि दिए । त्यो संहार यस्तो भयंकर थियो कि जम्मै फौज डरले काँपेका थिए । त्यो देखे पछि कलिङ्गहरुलाई बचाउन भीष्म आए । सत्यकि, अभिमन्यु र अरुहरु भीमको सहायता गर्न आइपुगे । सत्यकिको एउटा हनाईले भीष्मको रथको सारथिलाई (#॥नियम विपरित॥) खसालि दियो, यस पश्चात भीष्मको रथका घोडाहरु यस्तो तर्से कि उनिहरुलाई नियन्त्रण गर्न असंभव भयो । उनका घोडाहरु बेतोडले दौडन थाले । भिष्मले थाम्न नसक्ने गरी रथलाई युद्ध स्थलबाट नदेखिने गरी दौडाएर लगे । भिष्मको रथ युद्ध स्थलबाट यसरी बपत्ता भएको देखेर पाण्डवहरु र अरुहरु जोशले उन्मत्त भए, दंग भए । यस अवसरको फायदा उठाएर पाण्डव पक्षकाहरुले कौरब सेना माथि भिषण आक्रमण गरे । बिशेष गरी अर्जुनको पराक्रमले गर्दा यस दिन कौरब सेनाको ठूलो क्षति भएको थियो । कौरब सेनाका सेनापतिहरु अति बिचलित भए । तिनीहरुको अघिल्लो दिनको जोशहरु सबै हराएको थियो । दोस्रो दिनको युद्ध कहिले अन्त हुने हो भनि तिनिहरुले कौटुहल पूर्बक कहिले अस्ताउने होला भनि सूर्य तिर हेर्न लागेका थिए । पश्चिम दिशातिर घाम अस्ताउन लागे पछि भीष्मले द्रोणलाई भने –"अहिले हामीले युद्ध बन्द गर्नु राम्रो हुने छ । हाम्रा फौजहरु हतोत्साह भएर थाकेका छन् ।" पाण्डवहरुको पक्षमा धनन्जय र अरुहरु बाजा बजाएर हर्ष गरी आफ्नो शिबिर तिर लागे । पहिलो दिनमा पाण्डवहरुको अवस्था भए जस्तै दोश्रो दिनको युद्धमा कौरबहरुको अवस्था भएको थियो ।

क्रमश:
६७ तेश्रो दिनको युद्ध
रत्न मान डंगोल





Saturday, November 2, 2013

६५ पहिलो दिनको युद्ध

६५ पहिलो दिनको युद्ध
(के को लागि कृष्णले लडाईँ गराएको त ? नाजायजको लागि, ठिकलाई बेठिक, र बेठिकलाई ठिक गराउन सकिन्छ भन्ने शिद्ध गर्न ?)

रत्न मान डंगोल

दुशासनले कौरब सेना र भीमसेनले पाण्डव सेना हाँकेका थिए । युद्धको कोलाहल गुञ्जियो । आकाश थर्कियो । ढोलहरु, सिँगहरु, शंखहरु र बिकुलहरु खलबल हुने गरी बज्यो । कोलाहलले कान खायो । घोडाहरुले चित्कार गरे । उन्मत्त हाथीहरुले तीखो स्वर गरी बिकुल बजाए । लडाकुहरुले सिंहनाद गरेर आवाज निकाले । बाणहरु उज्वल उल्काहरु जस्तै आकाशबाट बर्सिन थाले । बाबु, छोरा, काका भतिजाहरुले पहिलेको प्रेम र सम्बन्धहरु बिर्सेर आफुमा आफुमा काटमार गर्न थाले । प्रचण्ड हत्या काण्ड भए ।
पहिलो दिनको मध्यान्ह कालमा पाण्डवसेनाहरु नराम्रो सित सिथिल बएका थिए । भीष्मको रथ जहाँ जहाँ गयो त्यहाँ त्यहाँ संहारको नृत्य जस्तै  बञो । अभिमन्युले सो सहन सकेन र उनले पितामहलाई आक्मण गरे । सब भन्दा जेठा र सबै भन्दा कान्छाको बिच युद्ध भएको बेला त्यस द्वन्द युद्ध हेर्न देबताहरु पनि आएका थिए । अभिमन्युको रथमा सुबर्णको कर्णिकार रुख देखिने ध्वजा उज्वल भएर फरफराएको थियो । उनको एउटा बाण कृतबर्मालाई लाग्यो, शल्यलाई पाँच चोटी र भीष्मलाई नै नौ चोटी लागेको थियो । तरबारको धार जस्तो भएको अभिमन्युको बाणहरु मध्य एउटा बाणले दुरमुखको सारथिलाई लाग्यो, उनको छेदन भएको टाउको जमिनमा गुट मुटिएको थियो । अर्को बाणले कृपाको बाणलाई भाँचि दियो । तमाशा हेर्न आएका देबताहरुले अभिमन्युको पराक्रममा फूल बर्साएका थिए । भीष्म र अन्य बीरहरुले अभिमन्युको प्रशंसा गर्दै ठूलो स्वरले भन्यो –" साँचै नै धनन्जयको सुयोग्य पुत्र भएको रहेछ" । तद अन्तर कौरब सेनाहरुले त्यस बीर नवयुबक उपर संयुक्त आक्रमण गरे, तर उनिहरु सबैको अगाडि उनि अडिक भएर बसेका थिए । भीष्मले प्रहार गरेका सबै बाणहरुलाई अभिमन्युले काटेका थिए । उनले खूब ताकेर हानेको एउटा बाणले ताडिको रुख भएको भीष्मको ध्वजालाई पतन गरिदिए । त्यो देखेर भीमसेनले अति हर्ष गरेर बीर भतिजालाई आर्को प्रोत्साहन दिनको लागि सिँहनाद गरेका थिए ।
बीर बालकको बहादुरी देखेर पितामहलाई ठूलो हर्ष भयो । इच्छा नहुँदा नहुँदै पनि त्यस बालक माथि पूर्ण बल लगाएर भीष्मले आक्रमण गर्नु परेको थियो । त्यस नव युबक बीर अभिमन्युलाई भरोसा दिन  बिराट, उनका छोरा उत्तर, द्रुपदका छोरा दृष्टद्युम्न र भीम आए । सबै मिलेर पितामहलाई आक्रमण गरे र भीष्मको ध्यान अभिमन्युबाट हटाए । बिराटको छोरा उत्तरले हाथीमा आरोहण गरेर शल्य माथि भयानक आक्रमण गरे । शल्यका रथका घोडाहरु मरे । त्यसो भए पछि शल्यले उत्तरलाई गदाले प्रहार गरे । गदा उत्तरको छातिमा नै लाग्यो । उत्तरको गदा हातबाट खस्यो र उनि लडेर म-यो । तर हाथी हटेर गएन । त्यस्ले हमला गर्दै रह्यो । तर शल्यले त्यसको सूँढ काटी शरीरको धेरै ठाउँहरुमा बाणहरुले प्रहार गरे । अनी त्यो हाथी ठूलो स्वरले करायो र म-यो । शल्यले कृतबर्माको रथ चढेका थिए ।
बिराटको जेठो छोरा श्वेतले आफ्नो भाइ उत्तर मरेको देखे । घ्यु होमेको आगो जस्तै उनको क्रोध उठ्यो । उनले शल्य तिर रथ बढायो ।  तुरुन्तै शल्यको सहायता गर्न रथ चढी सात जना बीरहरु आइपुगे । चारै तिर बाट उनिहरुले शैल्यको रक्षा गरेका थिए । श्वेत उपर उनिहरुले बाणहरु ओहि-याय । शस्त्रहरु बादलमा बिजुलि चम्के जस्तै चम्केका थिए । अपूर्ब सित श्वेतले आफ्नो रक्षा गरेका थिए । श्वेतले शत्रुका सबै बाणहरु बिचैमा रोकिदिएका थिए । उनि माथि प्रहार गरेका गदाहरु पनि सबै काटी दिएका थिए । श्वेतले देखाएको कार्य कुसलतामा दुबै पक्षका योद्धाहरु छक्क परेका थिए । सो बेला दुर्योधनले कुनै समय गुमाएन । शल्यलाई बचाउन फौजहरु पठाएदिए । त्यहाँ धुनधानको युद्ध भयो । हजारौँ सिपाहिहरुको नाश भयो । ध्वस्त भएका रथहरु र मरेका हाथी घोडाहरु अनगिन्ति थिए । दुर्योधनका मानिसहरुलाई भगाउन शवेत सफल भए । अघि बढेर भीष्मलाई आक्रमण गरे । श्वेतले भीष्मको झण्डा खसालिदिए । भीष्मले पनि श्वेतको घोडा र सारथिलाई मारिदिए । (#॥उल्लु भीष्म, सारथिलाई आक्रमण गर्न पाईन्छ र ?॥)। त्यस पछि तिनीहरुले परसपरमा गदा प्रहार गरी युद्ध गरे । श्वेतले गदा रिङ्ग्याएर भीष्म माथि प्रहार गरे । रथ चूर्ण भयो । तर पितामह गदा रथमा लाग्नु अगाडि नै त्यसो हुन्छ भनेर जानेर रथबाट हाम्फालेका थिए । जमिनबाटै धनुष कान सम्म खिचेर भीष्मले श्वेतलाई सांघातिक बाणले हमला गरे । श्वेतलाई सो बाणले लाग्यो र ढली म-यो । दुशासन सिँग फुकेर खुशि भै नाचे । त्यस पछि भीष्मले पाण्डव सेना माथि ठूलो आक्रमण गरे । (#॥ हे भिष्म, किन निर्दोषलाई मारेको ? जब कि पाण्डवहरुलाई मार्नु नै छैन भने ? लडाईँ जित्नु नै छैन भने ? !!॥)।
प्रथम दिनको युद्धमा पाण्ढवहरुको फौजले ठूलो दु:ख पाएको थियो । यता धर्म पुत्रलाई ठूलो चिन्ता लागेको थियो भने उता दुर्योधनको खुशिको सिमाना थिएन । पाण्डवहरु कृष्ण कहाँ आएर दु:खको छलफलमा लागेका थिए । "भरतबंशका नायक" भनि कृष्णले युधिष्ठिरलाई भन्यो –'नडराउनुस, भगवानले तपाईँलाई बीर भ्राताहरु दिनु भएको छ । तपाईँ किन शंका उपशंका गर्नु हुन्छ ? । म छु, सत्यकि, बिराट, द्रुपद हुनु हुन्छ र दृष्टद्युम्न पनि छन् । तपाईँले दु:ख मान्नु पर्ने कारण केहि छैन । पूर्ब निश्चित शिकार भीष्मलाई पर्खि बसेका शिखण्डिलाई तपाईँले बिर्सनु भएको छ । युद्धमा भएका घटनाहरु देखेर वाक्क मानेर बाँचिरहने इच्छा भीष्ममा हराओस् र मर्ने इच्छा जागेर आउने दिनको प्रतिक्षा गर्नुस" कृष्णले युधिष्ठिरलाई यसरी धैर्य गराएका थिए ।


क्रमश:
६६ दोश्रो दिनको युद्ध
रत्न मान डंगोल

Friday, November 1, 2013

६४ युधिष्ठिर आशिष माग्न जान्छ (Yudhisthir seeks benediction)

६४ युधिष्ठिर आशिष माग्न जान्छ (Yudhisthir seeks benediction)
(चाकडी देखाउन – तपाईँहरु हारेर भए पनि हामीलाई जिताउनुस्)

रत्न मान डंगोल
युद्ध शुरु गर्न सबै तयार भए । युद्ध शुरु हुन लागेकै बेलामा पाण्डुका बहादुर पुत्र (#॥हैन, कुन्तीका नाथो पोई यमराजको छोरा ॥) युधिष्ठिर एकाएक कवच फुकालेर, हतियारहरु छोडी रथबाट ओर्लेर कौरब सेनाहरुको अधिपतिहरुतिर लम्केर गए । सो दृष्य दुबै तर्फका सेनाहरुले अचम्म मानेर ट्वाल्ल परेर हेरेर बसे । ' "युधिष्ठिरले के गर्न लागिरहेको छ" भनि पाण्डवतर्फका सबै जनाले एक अर्कालाई भने । यसरी युधिष्ठिर अचानक चुप चाप हिँडेकोले सबैजना अन्योलमा परेका थिए । धनन्जय पनि अन्योलामा परे । रथबाट हाम्फाली युधिष्ठिर तिर दौडदैँ गए । अरु भाइहरु र कृष्ण पनि गए । युधिष्ठिरले शायद आफ्नो स्वभाविक आकाँक्षमा लागेर कुनै शर्तमा मिलाप गर्ने अचानकको निर्णय गरेर त्यही कुरा भन्न गइरहेको हो कि भनेर तिनीहरुले शंका गरेका थिए ।
अर्जुनले युधिष्ठिरलाई भन्यो – "हे राजन्, तपाईँ  किन यसरी अनौठो ढंगले शत्रुको सेना तर्फ गई रहनु भएको ? तपाईँले हामीलाई केहि पनि भन्नु भएको छैन । शत्रु युद्ध गर्न तयार भएको छ । तिनीहरु कवच लगाएर शस्त्र उठाएर बसेका छन् । तर तपाईँ चाहिँ कवच फुकालेर, हतियारहरु छोडेर पैदल अगाडि बढेर जानु भै रहनु भएको छ । तपाईँ के गर्न लाग्नु भएको छ हामीलाई भन्नुस् ।" तर युधिष्ठिर गहिरो बिचारमा डुबेर चुपचाप अघि बढ्दै गएका थिए । मानिसका हृदयको कुरा जान्ने भएका कृष्णले हाँसेर भन्यो –"उनि यो संघातिक युद्ध शुरु गर्नु ऊगाडि जेठा बाठाहरुको आशिर्बाद लिन गई रहेको हो । रित पूर्बक यस्तो आशिष र आज्ञा निलिइकन यस्ता गंम्भिर कार्य शुरु गर्नु उनलाई अनुचित भन्ने लागेको छ । उनि आशिर्बाद लिन पितामह, द्रोण कहाँ जाँदैछ । त्यसैले उनि निशस्त्रभएर हिँडेको हो । उनले यसो गर्नु उचित पनि छ । यस युद्धमा फायदा उठाउनको लागि  शायद यहि तरिका नै ठिक छ ।"
निहुरेर हात जोडेर आईरहेका युधिष्ठिरलाई दुर्योधनका सेनाका मानिसहरुले देखेको बेला तिनिहरुले बिचार ग-यो 'हाम्रो फौज देखेर डराएर पाण्डवहरु शान्ति माग्न यहाँ आइरहेको छ । साँचिनै यस मानिसले क्षत्रिय बंशको इज्जत फालेको छ । यस कायर मानिस हाम्रा माझमा किन जन्मेको होला ?' प्रहार नगरी विजय हुने चिताएर हर्ष मानी तिनीहरुले आफु आफुमा यसरी युधिष्ठिरको खिसी गर्दै कुरा गरेका थिए । शिर देखि पाइताला सम्म सुसज्जित सुरक्षा सेनाको बिचबाट युधिष्ठिर गए । सीधै भीष्म बसेको ठाउँमा गए । निहुरेर उनको चरण छोएर प्रणाम गरेर युधिष्ठिरले भने –"पितामह, युद्ध शुरु गर्न हामीलाई आज्ञा दिनुस । अजय तथा बेजोड हाम्रा पितामह तपाईँसित युद्ध गर्न हामीले आँटेका छौँ । युद्ध शुरु गर्नु अघि हामी तपाईँको आशिर्बाद चाहन्छौँ ।" पितामहले जवाफ दिए –"पुत्र, भरत कुलमा जन्मेका तिमीले हाम्रो चलिआएको नीति अनुसार सुहाउँदो कार्य गरेका छौ । यो देखेर मलाई खुशि लागेको छ । युद्ध गर तिम्रो जीत हुने छ । म स्वाबलम्बी स्वतन्त्र कार्यकर्ता होइन । म राजाको अधिनमा रहेको छु त्यसैले कौरबको पक्षबाट युद्ध गर्न बाध्य छु । तर तिंमी पराजय हुने छैनौ ।" (#॥युधिष्ठिर भरत कुलको कसरी भयो ? यम कुलको होइन र ? नजित्ने भए पछि किन दुर्योधनलाई गद्दारी गर्दैछौ ? किन कुन्तीका छोराहरुको पक्ष लिन परेको ?॥)
यसरी पितामहको आज्ञा र आशिर्बाद पाए पछि युधिष्ठिर द।रोण कहाँ गए । आचार्यलाई रीत पूर्बक परिक्रमा गरेर ढोग गरे । उनले पनि आशिर्बाद दिएर भने –" ओ धर्मराज पुत्र, म कौरबको उम्कनै नसक्ने करकापमा परेको छु । हाम्रा स्वभाविक स्वार्थले मलाई कौरबको कमारो तुल्याएको छ । उही हाम्रो मालिक भएको छ । यसरी म कौरबहरुसंग बाँधिएको हुनु परेको छ । मलाई तिनीहरुको पक्ष भै लड्नु परेको छ । तर जीत चाहिँ तिम्रै हुने छ ।" (#॥युधिष्ठिर पाण्डु पुत्र है भनेर थाहा रहेछ नि, त उस्को पक्ष किन लिन परेको ? आफु नजित्ने भए किन युद्ध गर्ने, ? आफु हारेर नालायक, अधर्मी को लागी ? त्यो पनि तुक्ष कुराको लागि ?॥) त्यसै गरी युधिष्ठिर कृपाचार्य र मामा शल्य कहाँ गएर उनिहरुको पनि आशिर्बाद लिएर आफ्नो सेना तर्फ फर्के ।
बाराबरीका शस्त्र धारण गरेका मुख्य मुख्य सेनाध्यक्षहरुको बिच द्वन्द युद्ध गरेर युद्ध शुरु भयो । भीष्म र पार्थ, सत्यकि र कृतबर्मा, अभिमन्यु र बृहतबाल, युधिष्ठिर र शल्य र, दृष्टद्युम्न र द्रोणको बिचमा महा युद्ध भएको थियो । त्यस्तै हिसाबले हजारौँ युद्धाहरुले त्यस जमानाको रणनीति मुताबिक अलग अलग युद्ध गरे ।
प्रशिद्ध योद्धाहरुको बिच अनगिन्ति द्वन्द युद्धको अलावा साधारण सिपाहीहरुको बिचमा पनि बेपरवाहले युद्ध चल्यो । यस्ता  जथाभावि गरिने मारकाट हत्याकाण्डको युद्धलाई 'शंकुल युद्ध' भनिएको छ । कुरुषत्रमा त्यस्ता धेरै शंकुल युद्ध भएको थियो । अनगिन्ति मानिसहरु मारिएका थिए । रणभूमीमा मारिएका सिपाहीहरु, सारथीहरु, हाथीहरु, घोडाहरु इत्यादीका लाशहरुको थुप्रै दङ्गुरहरु भएको थियो । जमिनमा रगतको धाप जम्मा भएको थियो, त्यसमा रथहरु समेत चल्न नसक्ने भएको थियो । आधुनिक युद्धमा द्वन्द युद्ध भनेको हुँदैन । सबै शंकुल युद्ध हुन् ।
कौरबहरु भीष्मको अध्यक्षतामा दश दिन सम्म लडे । उनि पछि द्रोणले अध्यक्षता लिए । द्रोण मरे पछि कर्ण सेनापति भए । सत्रौँ दिनको युद्धको अन्त्य तिर कर्णको देहान्त भयो । अठारौँ र अन्तिम दिनको युद्धमा शल्यले कौरब सेनालाई हाँकेका थिए ।
युद्धको उत्तरार्धमा असभ्य तथा नियम बिरुद्धको कार्य पनि गरिएका थिए । रणनीति तथा प्रणाली त्यसै भंग हुँदैन । किनभने, मानिसको स्वभावमा भद्रता निहित भएको हुन्छ । तर, खास गरी लडेर थाकिएको बेला, बैमनष्यता र काटमारले सताइएको बेला मानिसहरुले थाम्न नसकिने किसिमको असजिलो भएको समस्याहरु र आकाँक्षाहरु उत्पन्न हुन्छन् । ठूला ठूला मानिसहरुले पनि भूल गर्छन् । पछिबाट त्यहि भूलहरु अरुहरुको लागि दृष्टान्त बनि दिन्छन् । अनि धर्मलाई सजिलै सित नमान्ने गराउँदछ । यसरी अत्याचार पैदा भएर अधर्मलाई पुस्ट्याईँ गर्छ । र, बिश्वलाई नै निर्दयी तुल्याई दिन्छ ।
क्रमश:
६५ प्रथम दिनको युद्ध /  रत्न मान डंगोल / (के को लागि कृष्णले लडाईँ गराएको त ?)
॥#महाभारतमा बरबरिक (आकाश भैरब) र भीमसेन पुत्र घटोट्कच बारे पनि कथा छन् सोध पुछ गरी जानकारी हासिल गर्नु होला ॥)



६३ कृष्णको शिक्षा (भागवत गीता Krishna's teaching – the Bhaagvat gitaa)

६३ कृष्णको शिक्षा (भागवत गीता Krishna's teaching – the Bhaagvat gitaa)

Ratna Man Dongol

            युद्धको लागि सब कुराको तयारी पूरा भयो । दुबै तर्फका सेनाहरु भेला भए । युद्धका परम्पराका नियमहरु मान्न आफु-आफुमा दुबै पक्ष तयार भएका थिए । युद्धमा गरिने ब्यबहारको नीति र युद्ध सन्चालनको तरिकाहरु समय समयमा बदलिन्छ । महाभारतको युद्धको समयमा जो चलेको थियो त्यही नियमहरु मनमा सम्झी राख्यो भने मात्र हामीले यस काब्यको मर्म बुझ्न सक्छौँ, होइन भने यस कथाको ठाउँ ठाउँमा शंका उपशंका भै रहन सक्छ ।
            जो घटेको छ त्यसबाट त्यसबाट पाठकले कुरु क्षेत्र युद्धमा हुन आएका युद्ध-नीतिको बिचार लिन सक्छ । प्रत्येक दिन सूर्य अस्ताए पछि युद्ध बन्द गरेर शत्रुको भाव त्यसै मेटिन्थ्यो । द्वन्द युद्ध बाराबरीको बिच मात्र हुन सक्दथियो । धर्ममा नमिलेको तरिका प्रयोग गर्न पाईँदैन थियो । भूमी छाडेर भागेकालाई आक्रमण गर्दैन थियो । घोड चढीले घोड चढीलाई मात्र आक्रमण गर्न पाइन्थ्यो । पैदल सिपाहीलाई घोड चढीले आक्रमण गर्न पाईँदैन थियो । त्यस्तै हिसाबले रथ चढीले र हाथीका फौजले शत्रु पक्षका त्यस्तै फौजहरुसित मात्र युद्ध गर्न पाईन्थ्यो । भागेका र आत्म समर्पण गरकाहरु सुरक्षित हुन्थे । युद्धमा संलग्नहरुले युद्ध शुरु नभएको बेला सम्म कसैले पनि एकार्कालाई शस्त्र प्रहार गर्न पाईँदैन थियो । निशस्त्र भएका अथवा ध्यान कतै लगाएर बसेका अथवा युद्ध क्षेत्रबाट भाग्न खोजिरहेका अथवा कवच नभएकाहरुलाई हत्या गर्न हुँदैन थियो । युद्ध नगर्ने नोकर चाकर, शङ्ख बजाउने अथवा ढोल बजाउनेहरुलाई बाण हान्ने गरेका थिएन । कौरबहरु र पाण्डवहरुले गंभिरता पूर्बक घोषणा गरेको र अपनाएका नीतिहरु यिनि नै थिए ।
समयको परिवर्तनले मानिसहरुका उचित अनुचित बिचारहरुमा धेरै नै अदल बदल भैसकेको देखा परेका छन् ।आधुनिक युद्ध नीतिमा आक्रमणबाट कोही पनि छुटेका छैनन् । जंगी खरखजानालाई मात्र हैन नबोल्ने घोडा, ऊँट खच्चर जस्ता जनावरहरु, औषधि भण्डार तथा सबै उमेरका कामदारहरुलाई पनि संकोच नमानी आक्रमणको निशाना बनाएर नाश गरिन्छ ।
कुनै कुनै बेला महाभारतको युद्धको बेलामा पनि प्रतिस्पर्धि फौजहरुको बिचमा वहियाति कार्य पनि चलेको थियो । कुनै न कुनै कारणले गर्दा मानिएका युद्धका नियमहरु भंग भएको हामीले यस कथामा छर्लङ्ग देख्न सक्छौँ । तर सबै तिर बिचार गरेर हेर्दा सम्मानित तथा मानविय युद्धका सकार गरिएका नीतिहरु कुरुक्षेत्रमा दुबै पक्षले मानेका थिए । बिच बिचमा लाज लाग्दो र अन्याय पूर्ण नीति नियम भंग भएको पनि थियो ।
आफ्ना अधिनमा रहेका राजाहरुलाई सम्बोधन गरी भीष्मले भने –"हे बीरहरु, तिमीहरुको लागि गौरबशाली अवसर आएको छ । तिमीहरुको लागि स्वर्गको द्वार खुलेको छ । इन्द्र र ब्रह्मा सित सहवास गर्ने हर्षले तिमीहरुलाई पर्खेको छ । तिम्रा बाबु बाजेहरुको मार्गमा लागेर क्षत्रिय धर्म गर । खुशि साथ युद्ध गरेर कीर्ति र गौरब प्राप्त गर । क्षत्रियले रोगबाट वा बुढो भै ओछ्यान पल्टेर मर्न चाहँदैन । रणक्षत्रमा मर्न बढी चाहन्छन् ।" यस भाषण पछि राजाहरुले आ-आफ्ना बिकुल बजाउने आदेश दिए ।  कौरबहरुको जय भनेर नारा लगाएका थिए ।
भीष्मको झण्डामा ताडिको रुख र पाँचवटा ताराहरु थिए । अश्वत्थामाको झण्डामा हवामा उडि रहेको सिँहको पुच्छर थियो । द्रोणको सुनौलो रंगको झण्डामा योगीको भिक्षा पात्र र धनुष थियो । दुर्योधनको गौरबमय ध्वजामा टाउको फुलाएर गौमन साँप गौरबले नाचेका थिए । कृपाको झण्डामा साँढे  र जयद्रथको झण्डामा बनेलको निशाना थियो । अरुहरुको पनि त्यस्तै गरी झण्डाहरुमा निशानाहरु थिए ।
युद्ध रचनामा मिलेको कौरब सेना देखेर युधिष्ठिरले अर्जुनलाई आदेश दिए (#॥ किन अर्जुनलाई ? दृष्टद्युम्न सेना प्रमुख होईन र ?॥) –"शत्रुको फौज बिशाल छ । हाम्रो फौज सानो भएकोले हामीलाई कमजोरी मात्र गर्ने रचना गर्नु भन्दा बरु हाम्रो रणचातुर्यहरुलाई एकत्रित गर्नु पर्छ । त्यसैले हाम्रो फौजहरुलाई सियोको रचनामा मिलाउनु ।"
त्यस बेला अर्जुनले परस्परको हत्या गर्न तयार भएका दुबै पक्षका सेनाहरु देखे पछि उनको मनमा खलबली मच्चियो । कृष्णले उनको मनको ताप र शंकाहरु छुटाउन उनि सित बोलेका थिए । यसै शंकाको अवस्थामा कृष्णले उत्तेजीत भएर दिएको उपदेश नै भागवत गीता हो । त्यस गीताले करोडौँ  मानिसहरुको हृदयले भगवानको बाणी भनेर मानेका छन् ।(#॥सो ठिक हैन भनि नतिजाले स्पष्ट पार्छ॥)। यस गीतालाई मानवीय साहित्यको भण्डारहरु मध्ये एउटा हो भनि पढ्ने साराले मानेका छन् । ' फलको इच्छा नगरी गरेका कर्म गर्ने, वा आफ्नो काम गर्ने ' भन्ने कुरा नै यस गीताको मूलभूत उपदेशले जीवनको अन्धकारमय वातावरणलाई प्रकाशमा ल्याउन खोज्ने गरीब वा धनी, ज्ञानी वा अज्ञानी, सबै मानवका जीवनबृत्ति चलाउने मार्ग यसमा देखाएको छ । (॥# फलको आशा नगर्ने भन्ने पनि एउटा आशा नै हो । कुनै पनि कार्य बिना फल वा नतिजा हुनै सक्तैन । तर सो फल आफ्नो भन्दा अरु सबै मानवको कल्याणको लागि हुनु जरुरी छ र सो फल प्राप्त हुन्छ हुँदैन, थाहा छैन । नत्र कृष्णले नर संहार गर्ने युद्धको लागि किन उक्साउने ? आफ्नो अहंकार, रीस, इबी, डाहा जस्ता गुणहरुले ठिकलाई बेठिक र बेठिकलाई ठिक सिद्ध गर्न सकिन्छ भन्ने प्रमाणित गर्नु न छ !!॥)


क्रमश:
६४ युधिष्ठिर आशिष माग्न जान्छ (Yudhisthir seeks benediction)
रत्न मान डंगोल