Friday, June 28, 2013

post 34 ३४ यबक्रिडाको अन्त

३४ यबक्रिडाको अन्त
रत्नमान डंगोल
यबक्रिडाले बेदहरु पढेर विद्वान भए । मानिसको सिकाइले होइन इन्द्रको बरदानले बेदहरु जानेको भनी उनको घमण्ड थियो । (#॥उसो भए त मूर्खको मूर्ख नै रहेछ॥)। यबक्रिडाको बाबु भारद्वाजलाई सो कुरा मन परेन । छोराले रैभ्यलाई हेला गरेर आफ्नै नाश हुन सक्छ भनि डराएका थिए । यो कुरा यबक्रिडालाई सम्झाउन पर्छ भनी उनले सम्झेका थिए । भारद्वाजले भने – “पैसा लिएर मूर्खहरुलाई लागु पदार्थ बेचिदिए जस्तै लिँडे ढिपी गरेर तपस्या गर्ने मूर्ख मानिसहरुलाई देबताहरुले बरदान दिन्छन् । तिनीहरुले आत्म सम्मान हराउँछन् । जस्ले गर्दा उनको मन बिगारी दिन्छन् र नाश गरी दिन्छ” । उनले तल दिइएको पूराना कथाहरु भनी आफ्नो उपदेशको लागि दृष्टान्त दिए । - (“परापूर्ब कालमा बलाधि भन्ने एउटा नामी ऋषि थिए । उनका एउटा छोरा थिए । त्यस छोराको असामयिक निधन भएकोले उनलाई ठूलो दु:ख भयो । त्यस्कारण कहिल्यै नमर्ने एउटा छोरा पाउन उनले कडा तपस्या गरे । (#॥त्यसता मूर्खलाई पनि ऋषि भनिन्छ र ?॥) देबताहरुले त्यस ऋषिलाई भने कि त्यो त कहिल्यै हुन सक्ने कुरा होइन । किनभने मानव जाती अवश्य मर्नु पर्ने हुन्छ ।  मानवको जीवनमा समयको एउटा हद अवश्य हुन्छ । उनि आफैले भनेको उमेरको हद बनाई दिनको लागि देबताहरुले सो हद सोधे । ऋषिले जवाफ दिए – “उसो भए त्यो पर्बत रही रहे सम्म मेरो छोराको जीवन रहन सक्ने वरदान दिनुस्” । देबताहरुले उनलाई त्यो वरदान दिए । उचित समयमा माधवि नाम गरेका एउटा छोरा उनले प्राप्त गरे । त्यस पर्बत रही रहे सम्म बाँचिरहने भएकोले उनको कहिल्यै मृत्यु हुने छैन भन्ने बिचार गरेर माधविको गर्ब बढेको थियो । र, उनले सबै सित घमण्डको ब्यबहार गर्न थाले । एक दिन यस घमण्डि मानिस माधविले धनुसाक्ष भन्ने एउटा महान ऋषिलाई अपमान गरे । त्यस ऋषिले तुरुन्तै नास होस भनि माधविलाई सराप दिए । तर माधविलाई त्यस सराप लागेन । बिल्कुल तन्दुरुस्त भएर नै रहे । यो देखेर त्यस महात्मालाई अचम्म लाग्यो । माधवि जन्मदा देबताहरुले दिएको बरदानको सम्झना भयो । धनुसाक्षले जंगली अर्नाको रुप धारण ग-यो र तपस्याको प्रभावले त्यस पर्बतलाई हानी हानी चूर्ण पारी दियो । अनि माधवि ढलेर म-यो ।”)। छोरालाई यो गहिरो ज्ञान दिएर भारद्वाजले कथा टुंग्याएर भने – “यो पुरानो कथाबाट ज्ञान सिक । घमण्ड गरी नाश नहोउ । आत्मसंयम गर्ने बानी गर । राम्रो ब्यबहारलाई उलङ्घन नगर । त्यस महान रैभ्यलाई अनादर नगर्नु” । बसन्त ऋतुको समय थियो । फूल  फुलेर रूखहरु र लहराहरु सुन्दर भएका थिए । जम्मै वन चराहरुको गीतहरुले मनोहर र रंग बिरंगले उज्वल भएका थिए । पृथ्वी नै मायावी देबताको टुनाको वसमा भएको भान भएथ्यो । परवसुको स्त्री रैभ्यको कुटी निरको बगैँचामा एक्लै टहली रहेका थिए । उनमा भएको सुन्दरता, फुर्तिलो पन र पवित्रताको मीठो संगममा तिनी मानव भन्दा धेरै उच्च देखिएकी थिई । सोही बेला यबक्रिडा त्यहाँ आइपुगे । तिनको मोहले यबक्रिडाको मन यस्तो बहकीयो कि  उस्को होस हवास र आत्म संयम नै हरायो । उनि मोहले उन्मुक्त भएको जनावर जस्ता भए । उनले तिनी सित प्रेमको कुरा गर्न लागे । तिनको डर, त्रास, शर्म र बिलौनामा पशुत्वको फायदा लिएर सो स्त्रीलाई एकान्तको ठाउँमा घिसार्दै लगी उनको शरीरलाई लछार पछार गरे । रैभ्य कुटीमा आई पुगे । उनले दिल दु:खाएर सम्झाएर पनि नसम्झिने भएर रोई रहेका आफ्नो बुहारीलाई देखे । तिनी माथि गरेको सरम युक्त बलात्कार जानेर रैभ्यलाई रीस थाम्न नसक्ने भयो । उनले टाउकोबाट एउटा रौँ उखेले र मंत्र पढेर त्यसलाई आगोमा होम गरे । तुरुन्तै आफ्नै बुहारी जस्तै एउटी राम्री कन्या त्यस अग्नी कुण्डबाट निस्क्यो । त्यस ऋषिले आफ्नो टाउकोको जट्टाबाट अर्को रौँ उखेलेर आगोमा चढाए । त्यस अग्निबाट एउटा भयंकरको प्रेत प्रकट भयो । यबक्रिडालाई मार्ने आदेश ऋषिले तिनीहरुलाई दिए । दुबै जना मायाबीहरुले त्यस आदेशलाई शिरोधर गरे । यबक्रिडा बिहानको पाठ पुजा गरी रहेको बेला महिला प्रेत उनको नजिक गएर मुस्कान र मोहले उनको सुरक्षालाई हटायो र त्यहाँ भएको पानीको लोटा लिएर भाग्यो । पछि, पुरुष प्रेतले भाला उठाएर यबक्रिडा माथि हमला गरे । यबक्रिडा डरले उभिएर बसे । पानीले शुद्ध नगरे सम्म उनका मंत्रहरु सिद्ध नहुने भएर उनले पानीको लोटा खोज्न थाले । उनले लोटा नभएको देखेर पानीको लागी पोखरी तिर दौडे तर पोखरी पनि सुकेर गयो । उनलाई पानी कहिँ पनि प्राप्त भएन । त्यस भयंकर प्रेतले उस्लाई जहाँ कहिँ पछ्यायो । प्रेतबाट ज्यान बचाउन यबक्रिडा भाग्न थाले । पापले गर्दा उनका ब्रतहरु र बाँच्न सक्ने मन्त्रहरु सबैको सिद्धिहरु हराई सकेको थियो । आखिर उनले आफ्नो बाबुको यज्ञ स्थलमा गई शरण लिन खोजे । कुटीमा पहरा गरी रहेका अर्ध अन्धो मानिसहरुले यबक्रिडालाई चिन्न नसकेर उनलाई रोकि दिए । मर्ने डरले मुख बिगारेर बलजफ्ती उनि भित्र पस्न खोजे तर ठिक त्यसै बेला प्रेतले उनलाई भेट्टाई भालाले हानी  मारी दिए । भारद्वाज कुटीमा फर्केको बेला उनले छोराको लाशलाई देखे । रैभ्यलाई अनादर गरेकोबाट यो दुरदशा भएको हुनु पर्छ भनि बिचार गरे र भने – “ शिब शिब, मेरो बालक तिमी घमण्ड र अहँकारले म-यौ । कुनै ब्राह्मणले नलिएको मार्ग लिएर बेद पढ्न खोजेको यो ठूलो भूल भएन र ? त्यसरी सराप पाउने गरी तिमीले त्यस्तो कार्य किन गरेको ? मेरो एक मात्र छोराको मृत्यु गराउने रैभ्यको पनि उनका एउटा छोराबाट मृत्यु होस । दु:ख र क्रोधले गर्दा ऋषि भारद्वाजले आफ्ना परम मित्र  रैभ्यलाई यसरी सराप दिए । तुरुन्तै रीसलाई थामी, मनमा दु:ख लिएर बोल्न लागे –“ हरे छोराहरु नभएकाहरु नै भाग्यमानी रहेछन् । मैले छोरालाई मात्र गुमाएको होइन रहेछ, रीसको झोँकमा मेरो संगति साथिलाई समेत सरापे छु । मेरो प्राण राखि छाड्नु के फायदा भयो र ?” भनि उनले आफ्नो छोराको लाशलाई दाह गरे । त्यहि चितामा आफु पनि हामफालेर मरे ।
 
क्रमश: ३५ चान चुने ज्ञानले मात्र पुग्दैन
 
 
 

post33 ३३ यबक्रिदाको कथा: बेकारको प्रयास

३३ यबक्रिदाको कथा: बेकारको प्रयास
RatnaMan Dongol
पाण्डवहरु जाँदा जाँदा गंगाजीको किनारामा रैभ्यको कुटीमा पुगे । लोमासले त्यस ठाउँको कथा सुनाए । - “यो दशरथको छोरा भरतले स्नान गरेको घाट हो । यी जलहरुले बृत्रालाई अनुचित तरिकाले मारेकोमा इन्द्रको पापलाई मोचन गरी दिएका थिए । सन्तकुमार पनि यहाँ भगवानमा लीन भएका थिए । देवताका माता अदितीले यस पर्बतमा तर्पण दिएर छोरा बर्दान पाउने प्रार्थना गरेका थिए । ओ युधिष्ठिर, यस पबित्र पर्बतमा आरोहण गर । तिम्रो जीवनलाई अन्धकारमा पारेका सबै दुर्भाग्यहरु मेटीने छ । यदि तिमीले यस नदीमा बगिरहेको पानीमा नुहायौ भने सबै रीस रागलाई बगाई लाने छ” । (#॥क्या मूर्ख बनाउने, कथामा मात्र पनि॥) । अनि लोमसले त्यस ठाउँको पबित्रताको बिस्तृत बर्णन गरे । उनले कथा शुरु यस प्रकार गरे –“ यसै ठाउँमा एउटा ऋषिका छोरा यबक्रिडाले आफ्नो अन्तसंग भेट गरेको थियो” । उनले कथा भन्दै गए – “ भारद्वाज र रैभ्य दुई जना नामी ऋषिहरु ठूलो मित्र भएर आ-आफ्ना कुटीमा बसेका थिए । रैभ्य र उनका दुईजना छोराहरु परवशु र अर्बवशु बेदहरु पढेर नामी बिद्वान भएका थिए । भारद्वाज चाहिँ पूजा गर्ने देवताका भक्त भएका थिए । भारद्वाजको यबक्रिदा नाम  गरेको एउटा छोरा थियो । अरु ब्राह्मणहरुले ज्ञानी रैभ्यलाई जस्तै आफ्नो इश्वर भक्त साधु बाबुलाई आदर नगरेको देखेर उनमा घृणा र इर्ष्या उत्पन्न भएको थियो । इन्द्रको कृपा पाउन युबक्रिडाले ठूलो कष्ट गरी तपस्या गरे । उनले तपस्या गरेर शरीरलाई कष्ट गरेकोमा इन्द्रमा करुणा जागेर आयो । उस्को आगाडि प्रकट भएर इन्द्रले यबक्रिडालाई यसरी किन मासु गलाएको भनि सोधे” । यबक्रिडाले जवाफ दिए – “पहिलेका कोहि पनि भन्दा बेदमा धेरै बिद्वान हुने मेरो इच्छा छ । म ठूलो विद्वान हुन चाहन्छु । त्यो इच्छा पूरा गर्न मैले यो तपस्या गरी रहेको छु । गुरुहरुबाट ती बेदहरु सिक्न धेरै समय लाग्ने भएकोले ठूलो कष्ट हुन्छ । सो सबै ज्ञान सीधै प्राप्त गर्न चाहन्छु । मलाई आशिर्बाद दिनुस” । इन्द्रले हाँसेर भने –“ओ ब्राह्मण, तिमी गलत मार्गमा लागेका छौ । घरमा गएर राम्रो गुरु खोजेर उनीबाट बेद सिक । तपस्या बिद्याको मार्ग होइन । बिद्याको मार्ग पढाई नै हो” । यति भनि इन्द्र अन्तरध्यान भए । तर भारद्वाजका छोराले हठ छोडेन । देबताहरुलाई अझ हैरान गरी झन् ठूलो कडा गरी तपस्या कै मार्गमा लागे । इन्द्र फेरी यबक्रिडाको अगाडी प्रत्यक्ष भएर उनलाई फेरी बोध गराए । “तिमीले ज्ञान प्राप्त गर्न भ्रमको बाटो अपनाएका छौ । पढेरै मात्र तिमीले ज्ञान प्राप्त गर्न सक्ने छौ । तिम्रा बाबुले धैर्य गरी पढेर मात्र ज्ञान पाएका थिए । तिमीले पनि त्यस्तै गरेर मात्र ज्ञान पाउन सक्ने छौ । गएर बेद पढ । बिनासित्ति शरीरलाई गलाउने कार्य छाडी देउ” । दोश्रो पटकको इन्द्रको यो बाणी पनि यबक्रिडाले सुनेन । यदि उनको प्रार्थनालाई मानी दिएन भने आफ्नो शरीलाई टुक्रा टुक्रा गरी काटी अग्निमा होम गरी दिने भनि बिपरित प्रचार गर्न लागेको थियो । उन्ले आफ्नो अडान छाड्दै छाडेन । उनले तपस्या गर्दै रहे । उनको तपस्याको बेला एक दिन बिहान पख गंगाजीमा उनी नुहाउन लागेको बेला, उनले गंगाजीको किनारामा परिश्रम गरी बालुवा एक एक मुठी गरि पानीमा फ्याँकी रहेको एउटा बृद्ध ब्राह्मणलाई देखे ।  यबक्रिडाले सोधे – “ओ बुढा तपाईँ  के गरी रहनु भएको ?” बृद्धले जवाफ दिए – “म यस नदीको वारपार गरी एउटा बाँध बनाउन लागिरहेको छु । यहाँ एक एक मुठी गरी ड्याँग बनाई सकेको छु । पुल बनाई सके पछि मानिसहरु सजिलै सित नदी पार गर्न सक्नेछन् । अहिले यो नदी पार गर्न नै सकिँदैन । हेर ! यो उपयोगि कार्य होइन र ?” । यबक्रिडाले हाँसेर भने – “तिम्रो नपत्याउँदो एक मुठी बालुवाले यत्रो शक्तिशलि नदीमा ड्याँग बनाउन सक्ने बिचार गर्ने तिमी कस्ता मूर्ख रहेछौ । उठ, कुनै अर्को उपयोगि कार्यमा लाग” । त्यस बृद्ध मानिसले भन्यो –“ नपढीकन बेद जान्नु तिम्रो योजना भन्दा के यो योजना राम्रो होईन त ?” । अब यबक्रिडाले त्यो बृद्ध मानिस इन्द्र थियो भनि जान्यो । यस पालि धेरै निहुरेर यबक्रिडाले बैयक्तिक वर जस्तो गरी उनलाई बिद्या दिन भारी उत्सुक्ताले इन्द्रसित मागे । इन्द्रले आशिर्बाद दिएर तलका कुरा गरी यबक्रिडालाई चित्त बुझए –“ठिक छ तिमीले मागेको कुरा बर्दान तिमीलाई दिएको छु । गएर पढ । तिमी बिद्वान हुनेछौ” ।
 
 
 
३४ यबक्रिडाको अन्त
 
 
 

Tuesday, June 25, 2013

post 32 अगस्त्य

३१ अगस्त्य
रत्नमान डंगोल
इन्द्रप्रस्थमा युधिष्ठिरसंग भएका ब्राह्मणहरु पनि उनकै साथमा जंगल आएका थिए । यस्तो ठूलो जमातलाई पालन पोषण गर्नु सहज थिएन । अर्जुन पशुपातको खोजमा गएको केही समय पछि लोमस नाम गरेका एउटा ब्रह्मऋषि पाण्डवहरुको वास स्थानमा आएका थिए । धेरै मानिस साथमा लिएर आनन्दले तीर्थ स्थल जान मुश्किल पर्ने भएकोले तीर्थ यात्रामा जानु अगाडि नै साथमा जाने मानिसहरु कम गर्न उनले युधिष्ठिरलाई सल्लाहा दिए । युधिष्ठिरलाई धेरै दिन देखि त्यस्ता गाह्रो परेको कुराहरु मनमा लागिरहेको थियो । उनले साथमा रहेका मानिसहरुलाई बोलाएर भने कि दु:ख कष्ट र सानो सफरमा जानुमा बानि नपरेका जस्ता र भक्ति देखाउनको लागि मात्र पछि लागेका मानिसहरु धृतराष्ट्र कहाँ फर्कि  जाने अथवा मन लागे पाञ्चाल राजा द्रुपद कहाँ जान भने । त्यस पछि धेरै कम मानिसहरु साथमा लिएर प्रत्येक तीर्थको परम्परा र कथाको जानकारी गर्दै पवित्र स्थलहरुमा तिर्थ यात्रा गर्न प्रस्थान गरे । अगस्त्यको कथा यस प्रकारको थियो । भनिएको छ, कुनै समय अगस्त्य मुनिले कुनै पुर्ख्यौलि पित्रृहरुले शिर तल पारी झुण्डिहेको देख्यो । तिनीहरु को थिए र त्यस्ता नराम्रा संकष्टमा कसरी पर्न आए भनि तिनीहरुसित उनले सोधे । तिनीहरुले जवाफमा भने – “प्रिय बालक हामी तिम्रो पुर्खाहरु हौँ । यदि तिमीले बिबाह गरी सन्तान जन्माई तिमीले ऋण चुकाएनौ भने तिम्रो शेष पछि हामीलाइ र तिमी स्वयंलाई तर्पण दिने कोही हुने छैन । त्यसैले हामीलाई तिमीले यो संकटबाट वचाउने गराउनको लागि यो तपस्यामा हामी लागेका छौँ ।” अगस्त्यले यो कुरा सुने पछि बिवाह गर्ने निश्चय गरे । बिदर्भ देशका राजाको सन्तान थिएन । त्यसैले उनीलाई चिन्ता परेको थियो । अगस्त्यको आशिर्बाद पाउन उनकहाँ गए । अगस्त्यले उनलाई बरदान दिएर सुनाए कि सो राजा एउटी सुन्दरी केटीको बाबु हुने छ र त्यो केटी उनै सित बिबाह गरी दिनु पर्ने छ भनि उनले राजालाई जमान गराए । चाँडैने रानीले एउटी केटी जन्माइन । उनको नाम लोपामुद्रा राखियो । तिनी यस्तो अपूर्ब शोभा र मोहिनीको कन्या भएर बढिन् कि तिनी क्षत्रिय लोकमा प्रसिद्ध भएकी थिइन् । तर कुनै पनि राजकुमारले अगस्त्यको डरले उनी सित बिबाह गर्ने आँट गर्न सकेनन् । पछिबाट अगस्त्य मुनि बिदर्भमा राजाको छोरीको पाणी ग्रहण गर्न मागे  । शुरु देखि नै जंगलको बास गरी रहेका ऋषि सित आफ्ना सुकुमारी स्वभावकी राजकुमारीलाई बिबाह गरी दिने राजाको इच्छा थिएन । नाई नास्ती ग-यो भने ऋषि रिसाउने डर भएर उनि शोकमा परे । लोपामुद्राले धेरै बिचार गरिन् । आमा बाबुको दु:खको कुरा पत्तालगाइन । इच्छा नभए पनि उनि ऋषि सित बिबाह गर्न  तयार भएको कुरा भनिन् । राजालाई आनन्द लाग्यो र अगस्त्य र लोपामुद्राको बिबाह बिधि पूर्बक सु-सम्पन्न भयो । राजकुमारी ऋषिको साथमा हिँडन थालिन् । बहुमूल्य पोसाकहरु र जुहारतहरु छोड्नु भनि ऋषिको आज्ञा भयो । लोपामुद्राले तुरुन्तै आफ्ना अमूल्य जुहारतहरु र पोशाकहरु आफ्ना साथिहरु र नोकर चाकरहरुलाई बाँडि दिइन् । मृगछाला र बोक्राको पोसाक लगाई हर्ष गरी ऋषिको साथमा गइन् । लोपामुद्रा र अगस्त्यले गंगाद्वारमा तपस्या र ध्यान गरिरहेको बेला एउटा अचल मजबूति प्रेम तिनीहरुमा जाग्यो । जंगलको कुटीमा गोप्यता नभएकोबाट दाम्पत्य जीवनमा लोपामुद्राको शरम मान्ने बानी हराएको थियो । एक दिन लाजले मुख रातो पारी नम्र भएर उनले पतिलाई आफ्नो मनको कुरा ब्यक्त गरिन् । उनले भने-“ मैले चाहेकी छु कि म मेरो बाबुको दरबारमा छँदा मसित भएको राजकीय वर-बिछ्यौना, राम्रा पोशाकहरु र बहुमूल् जुहारत मैले पाउन सकोस् । अनि तिमीसित पनि उज्वल पोशाकहरु र गहनाहरु होस् । अनि हामीहरुले चित्त बुझ्ने गरी जीवनको सुख भोग गरेर जीवन बिताउन सक्ने छौँ ।” अगस्त्यले हाँसेर भने –“म सित न धन छ न तिमीले चाहेको कुरो पु-याउने साधन नै छ । के हामीहरु जंगलमा बस्ने भिक्षुहरु होइनौँ र ?” तर लोपामुद्रालाई पतिको योगको शक्ति थाहा थियो र भनिन् –“प्रभु, तपाईँ आफ्नो तपस्याहरुको प्रभावले सर्ब शक्तिमान हुनु हुन्छ । यदि तपाईँले इच्छा मात्र गर्नु भयो भने पनि बिश्वको धन पाउन सक्नु हुन्छ । तर अगस्त्यले भने कि त्यो कुरा नि:सन्देह ठिक छ, तर हामीले धन जस्ता क्षणिक बस्तु पाउनमा हामीले तपस्याहरु गुमायौँ भने हामीहरु तुरुन्तै बेकम्माको हुने छौँ । तिनले जवाफ दिइन् – “म त्यो कुरा इच्छा गर्दिन । मैले चाहेको कुरा यति मात्र हो कि हामीले सुबिस्ता साथ जीबिका चलाउन साधारण उपायले यथेष्ट धन तपाईँले उपार्जन गर्नु पर्छ” । अगस्त्यले मन्जुर गरे । साधारण ब्राह्मण बनेर अनेकौँ राजाहरु कहाँ गएर भिक्षा माग्न गए । अति धनि भनि नाम चलेका एकजना राजा कहाँ अगस्त्य मुनि गएर भने – “ म धन खोज्न आएको हुँ । अरुलाई नोक्सानि नपारिकन मैले मागेको देऊ” । राजाले राष्ट्रको यथार्थ आय ब्ययको बिबरण प्रस्तुत गरी भने कि “यस्मा आफुलाई उचित लागेको लिन सक्नु हुन्छ” । अगस्त्यले त्यस हिसाबबाट केही शेष नभएको देखे । राष्ट्रको ब्यय सदा कति पनि फरक नपर्ने गरी आयसंग बराबर हुन आउने रहेछ । परा पूर्ब कालमा पनि यस्तो भएको देखिएको छ । यो देखेर अगस्त्यले भने - “ यस राजाबाट केही लिनु नागरिकलाई दु:ख दिनु हो । यसैले म अरु कहिँ गएर धन खोज्ने छु” । भनि अगस्त्य त्यहाँबाट हिँड्न लागे । राजाले पनि उनि कै साथमा जान्छु भने र दुबै जना आर्को राष्ट्रमा गए । त्यहाँ पनि कारोबारको हाल त्यस्तै देखे । ब्यासजीले यस आहान(उदाहरण)लाई  दृस्टान्त दिई यसरी ब्याख्या गरेको छ कि राष्ट्रको धन उचित खर्चलाई चाहिने भन्दा बढी प्रजाहरुबाट कर उठाउनु हुँदैन र दुनियाँको आयबाट उपहार भनि केहि लिने ग-यो भने त्यति सम्म पनि दुनियाँको भारमा थपिने छ । अगस्त्यले दुष्ट राक्षस इल्बो कहाँ गएर भाग्य हेर्ने बिचार गरे । ईल्बो र उनका भाइ बतापिको ब्राह्मणहरु सित शान्त नहुने वैमनश्यता रहि रहेको थियो । ब्राह्मणहरुलाई मार्ने तिनीहरुको अपूर्ब योजना थियो । इल्बोले प्रभावकारी अतिति सत्कार गरी ब्राह्मणलाई भोजनको लागि आमन्त्रित गर्दथ्यो । टुना गरी आफ्ना भाइ बतापिकालई बोका तुल्याउँथ्यो । बनाएको त्यस बोकालाई मारी खाना बनाई त्यसको मासु पाहुनालाई खान दिन्थ्यो । त्यस जमानामा ब्राह्मणहरुको मासु खाने चलन थियो ।  भोजन सकिए पछि इल्बोले भाइ बतापिलाई निस्कनु भनि बोलाउँदथ्यो, किनभने उनिसित आफुले मारेकालाई फेरि जियाउने बिद्या थियो । अनि खाना बनि बिचरा ब्राह्मणको पेट भित्र रहेका बतापि मजबुति र ज्युँका त्युँ भइ चल्न थाल्थे र हरर्र हाँसेर पेट फाटी बाहिर निस्कन्थे । यस्तै गरी धेरै ब्राह्मणहरुलाई मारी सकेका थिए । अगस्त्य मुनि नजिकै आई पुगेको सुने पछि इल्बो आति खुशि भयो, किनभने राम्रा ब्राह्मण उनका हातमा आए भन्ने उनलाई लागेको थियो । त्यसैले उनले साबिकका जस्तै गरी भोजन तयार गरे । बोका तुल्याएका बतापिलाई ऋषिले मज्जा संग खाइदिए । र, पेट फाट्ने नाटकमा बतापिलाई बोलाउने इल्बोको कार्य बाँकि रह्यो । अनि सदा झैँ इल्बोले टुनाको मंत्र पढेर करायो – ‘बतापि, निस्क’  । अगस्त्यले हाँसेर बिस्तारै पेट मिचेर भने – “ओ बतापि, संसारको कल्याण र आनन्दको लागि मेरो पेट भित्रै पचि जाउ” । इल्बो डरले ठूलो स्वर गरी बारंबार कराउन लाग्यो – “बतापि, छिटो निस्क “ । केही जवाफ भएन र ऋषिले कारण बताए कि बतापि पची सक्यो । त्यो खेलबाजि धेरै पटक भै सकेको थियो । त्यस असूरले अगस्त्यलाई ढोग गरेर उनको शरण परी उनले भने जति धन दिए । यसरी ऋषिले लोपामुद्राको इच्छा पु-याउन सके । साधारण गुण भएका दस जना छोराहरु वा दशै जनाको बल सहित सर्बोत्तम गुण भएका एउटा मात्र छोरामा कुन चाहिँ मन पराउँ छौ भनि ऋषिले लोपामुद्रालाई सोधे । बिशेष धर्मात्मा तथा विद्वान एउटै छोरा पाउने मन भएको कुरा उनले ब्यक्त गरिन् । तिनीलाई त्यस्तै नै सर्ब सम्पन्न गुण भएका छोरा दिएको कथा यहि थियो । कुनै बेला बिन्द्याचल पर्बतले मेरु पर्बतको रीस इबी गरेर चन्द्र र सूर्य र ग्रहहरुलाई छेक्न ठूलो आकार हुन खोजे ।  त्यो बिपद रोक्न नसकेर देबताहरुले अगस्त्यको सहायता मागे । त्यस ऋषिले बिन्द्याचल पर्बत कहाँ गए र भने – “ हे पर्बत श्रेष्ठ, म तिमीलाई पार गरेर जान लागेको छु । म उत्तर तिर फर्कि नआए सम्म तिमीले यो बढ्ने काम रोकी देउ । म फर्कि सके पछि जति मन लाग्छ उति बढ्न सक्ने छौ । त्यस बेला सम्म पर्खनु” । बिन्द्याचल पर्बतले अगस्त्यलाई मान गर्ने भएकोले उनको अनुरोधलाई मानेका थिए । अगस्त्य उत्तरतिर फर्कँदे नफर्कि दक्षिण मै बसी दिए । र, त्यसैले बिन्द्याचल पर्बत आज सम्म पनि नबढेर रहेको छ ।  महाभारतमा बताएको कथा यस्तै छ ।
 
 
क्रमश:
 
32 ऋष्यश्रृङ्गी

Thursday, June 20, 2013

post 31 दु:ख भनेको कुनै नौलो कुरा होइन

३० दु:ख भनेको कुनै नौलो कुरा होइन
रत्नमान डंगोल
 
बलराम र कृष्ण आफ्ना मानिसहरु साथ लिएर पाण्डवहरु बसेको जंगलको ठाउँमा आई पुगे । बलरामले जे देखेको थियो त्यसमा धरै दु:ख मानेर उनले कृष्णलाई भने –“यस युगमा धर्म र पापले बिपरित परिणाम ल्याएको जस्तो देखिन्छ । हेर,  दुष्ट दुर्योधनले रेशमका पोशाकहरु लगाई, सुनको गहणाहरु पहिरी राज्य गरिरहेको छ भने धर्मात्मा युधिष्ठिर (#॥जुवा खेल्ने ?॥) चाहिँ रुखका बोक्रा पहिरी जंगलमा बसेको छ । (#॥पहिरणले राम्रो र नराम्रो हुने भए को राम्रो र को नराम्रो ? – वाहियात सोचाई !॥)। यस्ता नसुहाउने समृद्धि र अवान्छनीय (#॥किन ?॥) दु:ख कष्ट हेरेर मानिसहरुले भगवान प्रति बिश्वास गुमाएको छ ।  हामीले यस लोकमा सत् असत्को  परिणाम देखे पछि शास्त्रमा बताइएका धर्मको प्रशंसा हँस्सिको कुरा मात्र भएको जस्तो देखिन्छ । यमको सामुमा पर्ने बेला धृतराष्ट्रले आफ्नु ब्यबहारको यथार्थ बताएर कसरि बच्न सक्ने होला ? (#॥जुवा खेल हुन दिनुमा उसको केहि पनि दोष छैन – बढी जिम्मेवारी भीष्म, द्रोणाचार्य, कृपाचार्य जस्ता पात्रहरुको हुन आउँछ । राज्य सबै फिर्ता दिएका  धृतराष्ट्रलाई दोष दिनु बेकार छ,  पिता र राजाको स्थानमा बसेर हेर्यौ भने उसलाई दोषी मान्न मिल्दैन॥)। यज्ञ कुण्डवाट जन्मेकी (#॥क्या हो यस्तो ? अनाथ ? अपहरित ?॥) द्रौपदीलाई साथ लिएर वनमा बसिरहेका निरपराधी (#॥किन निरपराधी ?॥) पाण्डवहरुलाई देखेर पहाड पर्वतहरु र पृथ्वी पनि रोएका छन् । (#॥कि हाँसेका छन् ? ॥) नजिकै बसेका सत्यकिले भने –“ओ बलराम ! अब बिलौना गरेर बस्ने बेला छैन । पाण्डवहरुको पक्षमा कार्य गर्न युधिष्ठिरले नभने सम्म पर्खि रहनु पर्ने हो कि ? तिमी र कृष्ण तथा अरु नातेदारहरु जीवित छँदा छँदै पाण्डवहरुले जंगलमा बसी अमूल्य जीवन किन खेर फाल्नु परेको छ र ? (#॥खेर फालेको छैन, लडाईँ  अवश्य जित्नको लागि तयारी गर्नु परेको छ ॥।)। हामी सबैको फौजहरु जम्मा गरेर दुर्योधन माथि हमला गरौँ । बृषनिषका सेना हाम्रा पक्षमा भएकोले कौरबहरुलाई नाश गर्न हामी पक्कै पनि प्रसस्त मजबुत भएका छौँ । किनकि कर्णको घमण्ड पूर्ण धनुर्बिद्यालाई बिफल पारी उनका शिर छेदन गर्नु परको छ । दुर्योधन र उनका मानिसहरुलाई मारुँ र यदि पाणडवहरु करार पूरा गर्न जंगल मै बस्ने इच्छा गर्दछन् भने अभिमन्युलाई राज्य देउँ । तिनीहरुको लागि यहि राम्रो हुन्छ र हामीहरु जस्ता बहादुर मानिसहरुलाई यस्तो गर्न सुहाउँछ पनि । (#॥के गर्ने भीष्म, कर्ण, द्रोण जस्तालाई चिनेका रहेन छौ !॥) । यस कुरामा ध्यान दिएर सुनिरहेका वासुदेबले भने – “तिमीले भनेका कुरा ठिक त छ तर, पाण्डवहरुले आफ्नै कुदरतबाट नपाएको वस्तु आर्काको हातबाट लिन मन पराउँदैनन् । (#॥धृतराष्ट्रले फिर्ता दिएको कुराहरु चाहीँ  किन स्वीकारेको त ?॥)।  बीर कुलमा जन्मेकी द्रौपदी जस्ता कन्याले पनि यो कुरा मान्दैन होला । युधिष्ठिरले कहिल्यै पनि माया र डरले धर्मको बाटो (#॥कस्तो ?॥) छोड्ने छैन । वाचागरेको वन बासको समय बिते पछि पाण्डवहरुको शत्रुहरुलाई पराजित गर्न  उनिहरुलाई सहायता दिन पाञ्चाल, केकय र चेदीका राजाहरु र हामीहरु सबैले फौज जम्मा गर्ने छौँ” । कृष्णको यो कुरा सुनी युधिष्ठिर दंग भई भने - “ श्री कृष्णले मेरो मनको कुरा जानेको छ । सत्यता भनेको शक्ती अथवा अभ्युदय भन्दा धेरै  ठूलो छ । यसलाई राज्यको हिसाबले मात्र होईन सबै तरहबाट वचाई राख्नु पर्छ । कसैले हामी सित लड्न चाहेको बेला हामी तयार भएको उनले देख्न पाउने छ । बृशनिसका बीरहरु बेला भए पछि फेरि भेट्ने निश्चय गरी अहिलेलाई फर्के हुन्छ । यति भनि युधिष्ठिरले उनिहरुलाई फर्कने आज्ञा दिए । अहिले सम्म अर्जुन हिमालयमा नै थिए (#॥किन इन्द्रको रथ ल्याएर सारथिले इन्द्रपुरी लगेको होइन र ?॥) र, भीमको चिन्ता र जोश बेठेगान भएका थिए । उनले युधिष्ठिरलाई भने –“तपाईँलाई थाहा नै छ , हाम्रा जीवनको भरोसा अर्जुनमा छ । उनि धेरै टाढा गएको छ, हामीलाई उस्को केहि खै खबर छैन यदी हामीले उस्लाई गुमाउँछौँ भने , न पाञ्चालका राजा, न सत्यकि, न श्री कृष्णले नै हामीलाई बचाउन सक्नु हुनेछ । ऊनि गुम्यो भने म पनि कसरी बाँचिरहन सक्छु र ? यो सबै बहुलठ्ठी पासाको खेलले गर्दा हामीमा पर्न आएको हो । हामीमा दु:ख पर्न आएको हो । हामीलाई दु:ख कष्ठ हुनाको कारण पनि यहि हो । बनमा बसिरहनु क्षत्रिय कर्म होईन । हामीले छिटै अर्जुनलाई फर्काएर श्री कृष्णको सहायता लिई धृतराष्ट्रका छोराहरु सित युद्ध गर्नु पर्छ (#॥राजा त धृतराष्ट्र  हुन, अनि अरुहरु पनि छन्, अधिराज कुमार दुर्योधन भन्दा तल र उसको हुकुम मान्नु पर्ने हरु ? ॥) । दुष्ट शकुनि, कर्ण, (#॥आफ्नो पक्षमा नभएकोले ?॥) र दुर्योधनको प्राण लिए पछि मात्र मेरो चित्त बुझ्ने छ (#॥दुर्योधनले तिमीहरुको प्राणको बराबर त केहि गरेन कि कसो ?॥)। यस शुद्ध कर्म  (#॥कि पाप ? ॥) गरी सके पछि, तपाईँलाई मनलाग्छ भने जंगलमा फर्कि जोगी भएर बसे पनि हुन्छ । छल कपटमा लागेका शत्रुलाई छलकपटले मार्नु पाप होईन । (#॥पाप हो, छल कपट गरेर शकुनि र दुर्योधनले जस्तै गर न सक्छौ भने ॥) । मैले सुनेको छु कि अथर्वबेदमा समयलाई दबाई त्यसको बिस्तारलाई घटाउन सक्ने मंत्रहरु छन् । (#मूर्ख समय भनेको निस्चित  छ नघट्छ न बढ्छ ...... constant।।।।)   यदि हामीले यस्तै साधनले तेह्र बर्षलाई तेह्र दिन गरी छोट्याउन सक्यौँ भने हामीहरु यस्ता कार्यहरु गर्न पूर्ण योग्य हुने थियौँ र तपाईँले मलाई चौधौँ दिनमा दुर्योधनलाई मार्ने आज्ञा दिनु भए हुन्छ ।” (#यस्तै त हुन्छन् मूर्खका कुराहरु ! ॥)  भीमका त्यस्ता कुराहरु सुनेर युधिष्ठिरले उनलाई प्रेम पूर्वक अंकमाल गरेर भने –“प्रिय भ्राता, तेह्र बर्ष बित्ने बितिक्कै बीर अर्जुन गान्धिव लिएर र तिमीले दुर्योधन संग लडने छ र उनलाई मार्ने छौ । त्यस बेला सम्म सहेर बस । पापमा डुबेका दुर्योधन र उनका अनुयायिहरु बच्न पाउने छैनन् । यहि आश्वासन लिएर बस्नु ।” भनी भीमको हतारो पनलाई रोके । दु:खमा परेका दाजु भाइहरु यसरी बादबिबादमा लागि रहेका बेला महान ऋषि बृहदश्व पाण्डवहरुको कुटीमा आइ पुगे र चलनानुसारको सन्मान गरी उनको स्वागत गरे । एक छिन पछि युधिष्ठिरले उनलाई भने – “आदरणीय मुनि वर, हाम्रा धोकेवाज शत्रुहरुले हामीलाई पासा खेल्न लगाएर हाम्रो राज्य धन सम्पति खोसी लिए र मेरो बीर भाइहरु तथा पाञ्चाली र मलाई जंगलमा धपाए । (#॥मूर्ख भए पछि यस्तै हो ।॥) । अर्जुन हामीलाई छोडी दिब्य अस्त्रहरु लिन गएको धैरै दिन भै सक्यो र अहिले सम्म पनि फर्केको छैन । हामीले उनलाई बिल कुलै भुलेका छौँ । के उनि दिब्यास्त्र प्राप्त गर्न सफल होला ? र सो लिएर फर्केर आउला ? र, कहिले फर्कने छ ? पक्का छ कि यस लोकमा मैले जस्तो दु:ख भोग्नु परेको मानिस कहिले पनि भएन होला ।”
महामुनिले जवाफ दिए – “मनमा दुख:ख नलेउ । अर्जुन दिब्यास्त्र लिएर फर्कने छ । समय आए पछि तिमीले शत्रुहरुलाई पराजय गर्ने छौ । तिमीले भन्यौ कि यस लोकमा तिमी जस्ता अभागि कोहि छैन भनेर । अहिले त्यो कुरा भन्नु ठिक छैन, सबै जनालाई दुर्भाग्यले सताएको बेला पनि दु:खमा पूर्ब सुखको दाबी गर्नमा लागेको हुन्छ । किनभने, देखे सुनेका कुराहरु भन्दा मनका  कल्पनाहर धेरै हुन्छन । तिमीले निशादका राजा नलको कुरा सुनेका छौ होला । उनले पनि जंगलमा तिमीले जस्तै जानु परेको थियो । उनलाई पासाको खेलमा पुस्करले हराएको थियो । ठगि गरी । उनले पनि धन सम्पति र राज्य हारेका थिए । तिमी भन्दा अभागि भएका  उनि सित भाइहरु तथा ब्राह्मण थिएन । कालो युगका अवतार कलिको प्रभावले उनलाई उनको विवक तथा राम्रो भावनाहरुबाट छुटाई दियो । उनले के गरी राखेको थियो भन्ने समेत ज्ञान नभएर आफ्ना साथमा लगेका पत्नी समेत छोडि दिए । प्राय बहुलाएर एक्लै जंगलमा घुमिरहेका थिए । अब उनको अवस्था संग तिम्रो अवस्था दाँजेर हेर । तिम्रो साथमा बीर भाइहरु र धर्म पत्नी छन् । केही बिद्वान ब्राह्मणहरुले तिमीलाई भरोसा दिएका छन । तिम्रो मन मजबुति र दृध छन् । आत्मीय दु:ख स्वभाविक छ तर तिमी वास्तवमा त्यतिका खराब अवस्थामा परेका छैनौ ।”  त्यस पछि ऋषिले नलका जीवनीको अठ्ठाइसौँ अध्याय भएको महाकाब्यको वर्णन सुनाए । उनले तलको कुरा भनि कथा टुँग्याए । “ओ पाण्डव, तिमीलाई भन्दा  नललाई दु:खले धेरै सताएको  थियो । तैपनि उनले त्यस दु:खहरुलाई जिती आखिर उनको जीवन सुखमा बिताए । तिमीमा स्वछन्द बुद्धि छ र तिम्रो प्यारा र नजिकका जन समाज छ । धर्मको धेरै चिन्तन गरी बेद बेदान्त जान्ने विद्वानहरु सित पवित्र कुरा गरी  तिमीले धेरै समय बिताएका छौ । तिमीले धैर्य गरी कडा यातना तथा दु:ख सहनु किनभने दु:ख भनेको तिमीलाई मात्र होइन, मानिसहरु सबैलाई पर्ने कुरा हो, कुनै नौलो कुरा होइन ।” यस्तै हिसाबले बृहदश्व मुनिले युधिष्ठिरलाई सम्झाए, बुझाए ।
 
क्रमश:
३१ अगस्त्य
 

Monday, June 17, 2013

post 30 पशुपत

२९ पशुपत
RATNAMANDONGOL
 
 
पाण्डवहरुको जंगलमा बस्ने शुरु भएको बेला भीम र द्रौपदीले बेला बखत युधिष्ठिर सित गन ठन गर्ने गर्दथ्यो । तिनीहरुले प्रतिपाद गर्दथ्यो कि धार्मिक जोश मात्र क्षत्रियहरुलाई योग्य हुन्थ्यो र, नाजुक र अनादर कुरामा सहेर बस्नु उचित थिएन । तिनीहरुले ठुला ठुला पुरुषहरुको उपमा दिए । बाद बिबादमा पुष्ट्याँई गर्न जोश पूर्ण बहस गरेका थिए । युधिष्ठिरले धृढ भएर जवाफ दिने गर्दथे । कि, आफुले गरेको प्रतिज्ञामा रहनु पर्दथ्यो र सहनु सबै भन्दा ठूलो धर्म थियो । भीमचाहिँ दुर्योधनमाथि तुरुन्तै हमला गरी राज्य फिर्ता गर्ने जोशमा थिए । उनले जंगलमा काथर भएर बसीरहनु योद्धाहरुको लागी अयोग्य भन्ने सम्झन्थे । भीमले युधिष्ठिरलाई भने –“तपाईँ बेदका मन्त्रहरु पढिरहनेहरुले जस्तै बोल्नु हुन्छ । मंत्रको अर्थ नबुझेता पनि शब्दहरुको आवाजमा सन्तोष मानेर बसेकाहरु जस्तै । तपाईँको बुद्धि नै खलबलि सकेको छ । तपाईँ क्षत्रिय भएर जन्मेर पनि क्षत्रिय हुँ भनेर बिचार गर्नु हुन्न । क्षत्रिय ब्यबहार पनि गर्नु हुन्न । तपाईँ स्वभबत: लाचार हुनु भएको छ । क्षत्रिय सित दह्रो र साहसिलो कार्य हुन्छ भन्ने शास्त्रमा लेखिएका कुरामा पनि बिश्वास गर्नु हुन्न । (#॥क्षत्रियहरु भए पो॥)। हामीहरुले धृतराष्ठ्रका छोराहरुलाई मन परि गर्न दिन हुँदैन (#॥कसैलाई पनि गर्न दिन हुँदैन, तिमीहरुले जुवामा किन ग-यौ त ?॥) । धोके बाज शत्रुहरुलाई पराजित नगर्ने क्षत्रियहरुको जन्म धिक्कार छ । मेरो राय यहि हो, यदि धोकेबाज शत्रुहरुलाई मारेकोबाट हामी नरक जाने हो भने पनि मेरो लागि त्यस्तो नरक स्वर्ग तुल्य छ । सहनशिलताले हामीलाई आगोले भन्दा पनि बढी जलाएको छ । । यसले अर्जुन र मलाई निद्रा नलाग।ने गरी रात दिन पोलि रहेको छ । यी दुष्टहरुले छलकपट गरी हाम्रो राज्य खोसेर सुखभोग गरी रहेका छन् । (#जुवा खेलेर जित्न पाएको भए त तिमीहरु ले नि ?........॥)। हामी चाहिँ ह्वाँ गरी मुख बाएर बसेका अजिँगर जस्तै लाटो भएर बसेका छौँ । हामीले चाहिँ गरेको प्रतिज्ञा मानेर बस्नु पर्छ भनि तपाईँ भन्नु हुन्छ । बिश्व प्रख्यात अर्जुन कसरी गुप्तवास बस्न सक्ने ? हिमालय पर्वत एक मुठी घाँसमा लुकेर बस्न सक्ला ? सिँह समानका अर्जुन, नकुल र सहदेव कसरी लुकेर बस्न सक्ने ? प्रसिद्ध द्रौपदी अरुहरुले थाहा नपाउने गरी कसरी हिँडडुल गर्न सक्ने ? यदि हामीले यो असंभव कार्य गरेता पनि धृतराष्ट्रका छोराहरुले गुप्तचरहरु मार्फत पत्ता लगाई हाल्ने छन् । र, अनि हाम्रो प्रतिज्ञा पूरा गर्न नसकेर हामीलाई फेरी तेह्र बर्षको लागि धपाउने मात्र हुने छ । यो केही न केहीको प्रतिज्ञा, प्रतिज्ञा नै होइन भनि मैले भनेको कुरालाई शास्त्रले पनि पुष्ट्याईँ गरेको छ । थाकिएको बयललाई फ्याँकिएको एक मूठी घाँसले प्रसस्त गरे जस्तै गरेको प्रतिज्ञा भंग गरेर पापको मोचन हुने छ । तपाईँले हाम्रा शत्रुहरुलाई तुरुन्तै मार्ने निर्णय गर्नु पर्छ । कर्मलाई पूरा गर्नु भन्दा ठूलो कार्य अरु केही छैन । आफ्नो बिचार पोख्न भीम कहिल्यै थाकेन । द्रौपदी पनि दुर्योधन, कर्ण र दुशासनबाट भएको बेइज्जतिको कुरा गर्ने गर्दथिइन । युधिष्ठिरलाई स्मरण गराउने शास्त्रका प्रमाणहरु बताउने गर्दथिइन । कहिले काहिँ युधिष्ठिरले राजनितिको प्रचलित आहान भनेर जवाफ दिने र त्यस बिपक्षि दलमा भएका बल बारे बताउने गर्दथे ।  उनले भन्ने गर्दथ्यो –“हाम्रा शत्रुहरुका साथमा भूरिश्रवास, भीष्म, द्रोण, कर्ण र अस्वत्थामा जस्ता बीरहरु छन् । दुर्योधन र उनका भाईहरु युद्ध कलामा पूर्ण सिपालु छन् । उनिहरुको अधिनमा रहेका धेरै राजकुमारहरु र बरिष्ठ राजाहरु अहिले उनिहरुकै पक्षमा छन् । भीष्म र द्रोणले दुर्योधनको चरित्रलाई वास्तवमा मनपराउँदैनन् तर उनलाई नछोडि युद्ध क्षेत्रमा उनको पक्षमा ज्यान फाल्न पनि तयार हुने छन् । कर्ण एउटा बीर पुरुष र निपुर्ण लडाकु हो र सबै किसिमका शस्त्रहरु चलाउन राम्ररी जानेका छन् । युद्धको बारे भविष्य बाणी गर्न सकिने होइन र बिजय हासिल हुने कुरा निश्चित छैन । हतार गर्नु केही फायदा छैन ।” युधिष्ठिरले यसरी मुश्किलले नवयुबक पाण्डवहरुको जोशलाई थाम्न प्रबन्ध गर्न सफल भएका थिए ।  पछिबाट ब्यासले भने जस्तै देबताहरुबाट नयाँ नयाँ शस्त्रहरु पाउने उद्देश्यले तपस्या गर्न अर्जुन हिमालय पर्वत तिर गए । अर्जुन भाइहरु सित बिदा लिइ पान्चाली संग बिदा लिन गए । तिनले भनिन् –“ओ धनन्जय ! तिम्रो कार्य सफल होस् । तिमी जन्मदा कुन्ती देबीले आशा लिई चिताएको सबै कुरा भगवानले तिमीलाई पु-याउन् । हामीहरु सबैको सुख, प्राण, इज्जत तथा भाग्य समृध्दि सबै कुरा तिम्रो भरोसामा छ । नयाँ शस्त्रहरु पाए पछि फर्कि आउनु ।” यसरी पान्चालीले उनलाई मंगलमय वचन दिएर पठाईन् ।  यो कुरा स्मरण गर्न योग्य छ – “तिमी जन्मेको बेला कुन्ती देबीले चिताएको/आशा गरेको सब थोक भगवानले तिमीलाई पु-याउने छ ।” यी शब्दहरु द्रौपदीले स्वास्नीको रुपमा भनेकी भए पनि वास्तवमा अर्जुनलाई आमाको आशिर्वाद भनेर आमाको सम्झना गराएकी थिइन् । (#॥नत्र अर्जुन जन्मेको बेलाको कुरा द्रौपदीलाई कसरी थाहा हुनु र !॥)। अर्जुन घना जंगल भइ गएर इन्द्रकाली भन्ने पर्वतमा पुगे र त्यहाँ एउटा बृद्ध ब्राह्मण सित उनको भेट भयो । त्यस योगिले मुसुक्क हाँसी अर्जुनलाइ माया गरी भने –“बाबु, तिमीले कवच लगाएका छौ र अस्त्रहरु बोकेका छौ । तिमी को हौ ? यहाँ अस्त्रहरुको केही काम छैन । रीस राग त्याग गरेका सन्त मुनिहरु बसेको ठाउँमा क्षत्रिय पोशाक पहिरेका तिमीले के खोजेको ?” त्यो देब राज इन्द्र थियो । उनि आफ्ना छोरालाई भेटेर आनन्द लिन आएका थिए । अर्जुनले आफ्ना पितालाई ढोग गरे अनि भने –“मलाई शस्त्रहरु चाहिएको छ, शस्त्रहरु दिनुस् ।” इन्द्रले भने – “ओ धनन्जय, शस्त्रहरुको के काम ? सुखानन्द माग, अथवा सुख भोगको लागि स्वर्ग जाने माग ।” अर्जुनले जवाफ दिए – “ देवराज, मलाई स्वर्गको सुख भोग चाहिएको छैन । म पाञ्चाली र मेरा दाजुभाइहरुलाई जंगलमा छाडेर यहाँ आएको छु । मलाई केवल शस्त्रहरु मात्र चाहिएको छ ।” शहस्र नयनीले भने –“यदि तिमीले त्रिनेत्री भगवान शिबको दर्शन पाएर उनको कृपा पायौ भने तिमीले दिब्य अस्त्रहरु प्राप्त गर्न सक्ने छौ । शिबको तपस्या गर ।” यति भनेर इन्द्र अन्तर्ध्यान भए । त्यस पछि अर्जुन हिमालय पर्बतमा गएर शिबको कृपा पाउन तपस्या गर्न थाले । शिब एउटा शिकारीको भेष गरी आफ्नी पत्नी उमा देबीलाई साथ लिएर शिकार खेल्न जंगल पसेका थिए । (#॥हिमालमा जंगल ?? वाहियात !॥)। एउटा बनेलले अर्जुनलाई झम्टिन आई पुग्यो, शिकार द्रुतगती र प्रचण्डको भएता पनि त्यस बेला शिकारी भएका शिबले आफ्ना पिनाकी धनुषबाट त्यस बनेललाई बाण हानेकै बेला अर्जुनले पनि गान्दिव धनुषबाट बाण हानेका थिए । अर्जुनले ठूलो स्वर गरेर कराए –“ तिमी को हौ ? स्वास्नी समेत लिई किन घुमी रहेको ? मैले ताकी सकेको शिकारलाई कसरी तिमीले बाण हान्न आँट गर्न सकेको ?” शिकारीले अपमान गरे जस्तै गरेर जवाफ दिए – “यो शिकारले भरी पूर्ण भएको जंगल यसमा बस्ने हामीहरुको हो । तिमी वनवासी जस्तो खस्रो देखिँदैनौ, तिम्रो शरीर र लवाईले कोमल सोखिन्दारको जीवन भएको संकेत गर्छ । तिमी यहाँ के गरी बसेको भनि मैले पो सोध्नु पर्ने ।” उनले यो पनि भने कि त्यस बनेललाई मारेको बाण उनको थियो, अर्जुनको होइन । त्यसो होइन जस्तो लाग्छ भने युद्ध गर्न स्वागत गरे । अर्जुनलाई चित्त बुझेन, उफ्रेर शिब माथि सर्पको बाण बर्षाउन थाले । ती बाणहरुले त्यस शिकारी माथि केहि पनि असर नगरी पहाडको टुप्पोबाट हुरिले फर्काएको बर्षात जस्तै केहि चोटपटक नगरी अचम्म लाग्ने गरी फर्केर आए । आफुसित अर्को बाण नभए पछि उनले शिब माथि धनुषले हिर्काउन थाले । तर शिकारीले केहि पर्बाह नगरी अर्जुनको हातबाट त्यो धनुष सजिलै सित  खोसेर लियो । र, शिकारी ठूलो स्वरले हाँस्न लागे । जंगलका एउटा मामुलि शिकारी जस्ता देखिएका ब्यक्तिले सजिलै सित सबै तोडेर निशस्त्र पारिएका अर्जुन ताजुब भए तर कति पनि नडराई तरबार झिकि लडाईलाई जारी राखे ।  त्यस तरबार फलाम भन्दा कडा शिकारीको शरीरमा लागेर टुक्रा टुक्रा भए । अब त्यो भयंकर अनभिज्ञ ब्यक्ति सित कुस्ति लड्नु बाहेक अरु केही उपाय भएन । तर यसमा पनि अर्जुन उनको बरा बरी भएन । त्यस शिकारीले उनलाई फलाम समानको पञ्जाले यसरी अँठ।याई समात्यो कि अर्जुनको केही चलेन । थाकेर केहि नलागे पछि अर्जुनले दैव पुकारेर शिबको ध्यान गरे । उनले यसो गरेको बेला उत्निखेर नै त्रसित मनमा ज्योति प्रकाशमान भयो र तुरुन्तै उनले थाहा पाए कि शिकारीको भेषमा स्वयं शिबजी आउनु भएको थियो । उनि भगवानको पाउमा परे । पछुतो र  आदरको स्वरमा उनले माफी मागे ।  “म तिमीलाई माफी दिन्छु” -  शिबजीले हाँसी हाँसी भने । उनिबाट खोसेर लिएको गान्धिव धनुष र अरु शस्त्रहरु पनि अर्जुनलाई फिर्ता दिनु भयो । पशुपत भन्ने अपूर्व शस्त्र पनि फिर्ता दिनु भयो । त्यस असमानको लडन्तमा छिन्न भिन्न भएको अर्जुनको शरीर त्रिनेत्र शिबको स्पर्सले पूर्ण रुपमा तयार भयो । पहिलेको भन्दा सय गुणा बढी बलवान र उज्वल भए । “स्वर्गमा गएर तिम्रा पिता इन्द्रलाई सनमान गर” भनेर शिवजी अस्ताएको सूर्य जस्तै नदेखिने हुनु भयो । अर्जुन हर्षले उत्तेजित भई कराउन थाले –“मैले साँचै नै मुखा मुख भगवानलाई देखे छु, दिब्य स्पर्शले भाग्यमानी भएको छु । प्रभुको कृपा भए पछि अब मलाई के चाहिन्छ र ?” सोही बेला इन्द्रको रथ लिएर सारथि आई पुगे र अर्जुनलाई देबलोकमा लिएर गए ।
 
क्रमश:
३० दुख भनेको कुनै नौलो कुरा होइन
mahabharatinnepali.blogspot.com
RATNAMANDONGOL
 
 
 

post 29 कृष्णको प्रतिज्ञा

२८  कृष्णको प्रतिज्ञा
RatnaMan Dongol
कृष्णले शिशुपाललाई मारेको कुरा शिशुपालको साथि सल्भ कहाँ पुग्ने बितिक्कै राजा सल्भ खूब रिसाए । बरिष्ठ फौज सहित द्वारिकामा घेरा लगाए । कृष्ण त्यस बेला सम्म फर्कि नसकेकाले (#कहाँ बाट ?) द्वारिकाको सुरक्षाको काम बृद्ध उग्रसेनको जिम्मामा थियो । महाभारतमा बर्णन गरिएको त्यस घेरा बारे आजकालको युद्धको घेरा जस्तो देखिएको छ । द्वारीका मजबुत किल्ला भएको एउटा टापु थियो । सुसज्जित थिए । रक्षाका सामान यथेष्ठ  जुटाइएको थियो । राम्रो प्रबन्ध गरिएका ठूला ठूला ब्यारेकहरु तयार गरिएका थिए । प्रसस्त खानाको ब्यबस्था गरिएको थियो । यथेष्ट हात हतियार राखिएको थियो । तालीम प्राप्त योग्य ठूला फौजहरुको तैनाथ गरिएको थियो । सुरक्षाको हिसाबले पूर्ण काम भएको थियो । खास गरेर सल्भले घेरामा पारेको बेला नगर भरि नै मदिरा पान निषेध गरिएको थियो । टापु जोडने सबै पुलहरु भत्काइको थियो । जहाजहरु आउन रोक लगाइएको थियो । सुरक्षाका पर्खालहरुको मरमत संभार गरिएको थियो । आवश्यक गल्लिहरुमा चुच्चे खम्बाहरु गाडिएको थियो । नगर भित्र पस्ने सबै नाकाहरुमा काँडे तारहरु लगाइएको थियो । आवत जावत गर्न अनुमति लिनु पर्ने नियम कडी कडाइका साथ लागु गरिएको थियो । प्राकृतिक रुपमा अजय भएका द्वारिका शहरलाई अझ मजबुत पार्न सकिने कुनै पनि उपाय छुटाइएको थिएन । सिपाहीहरुको तलब बृद्धि गरी दिए । स्वयंम सेवकहरुलाई सिपाहीमा लिनु अघि नै कडिकडाइ गरी परीक्षा लिइएको थियो । त्यस सुरक्षा घेरालाई सल्भले यस्तो कठोरले हमला गरे कि सुरक्षा सेनालाई ठूलो क्षति भोग्नु प-यो । कृष्ण फर्कि आउँदा आफ्नो प्यारो देशको दुर्गति देखे पछि दिल दुखाएर सल्भ माथि भएंकर आक्रमण गरी सल्भलाई हटेर भाग्न बाध्य गरी दिए । त्यस पछि मात्र हस्तिनापुरमा पासाको खेल र पाण्डवहरुको वनबासका घटनाहरु बारे पहिलो पटक सुने । उनि तुरुन्तै पाणडवहरु बसेको जंगल तिर गए । पाण्डवहरु प्रति निष्ठवान भोजका मानिसहरु, बृष्णी जाती, चेदीका राजा धृष्टकेतु र केकयहरु सबै कृष्ण संगै गएका थिए । जब तिनीहरुले दुर्योधनको बेईमानी सुने धर्मको आडमा रहेका तिनीहरु रीसले चूर भए । (#तर मूर्ख पाण्डवहरुलाई कसैले पनि धिकारेनन्)। पृथ्वी माताले साँच्चैनै त्यस्ता दुष्टहरुको रगत पिउने छन् भनि सबै जना कराउन थाले । द्रौपदी कृष्णको नजिकै गइन् । आँसु बगाएर हिक्का उठेको कोमल स्वर गरी आफुलाई गरेको अन्याएको कुरा सुनाउन थालिन् । तिनले भनिन् – “हे मधुसुदन, मेरो शरीरमा एक सरो मात्र लुगा भएको बेला दुशासनले मेरो कपाल समातेर मलाई सभामा घिच्याएर लगे । (#॥सो हुनाको जिम्मावार त पाण्डव नै होइन र ?॥)। धृतराष्ट्रका छोराहरुले अती रिसाएर मेरो बेइज्जत ग-यो, मेरो दु:खमा आनन्द माने । (#॥तिमीले पनि दुर्योधन र भाइहरुलाई इन्द्रप्रस्थ आएको बेला खिल्लि उडाएकी थियौ, बेइज्जत गरेका थियौ, धृतराष्ट्रलाई पनि ब्यंग हानेर अन्धोका छोराहरु पनि अन्धै भनेका थियौ॥)। म नोकर्नी भै सकेको थियो भनि सम्झेर तिनीहरुले मलाई ब्यंग गरी छेड हान्यो । मलाई नोकर्नीकै ब्यबहार गरेका थिए । (#ए नोकर्नीलाई त्यसरी ब्यबहार गर्छौ !॥)। भीष्म र धृतराष्ट्रले पनि मेरो कुल घराना तथा उनिहरु सितको मेरो नाता सम्बन्ध सबै बिर्सि दियो । (#॥सबै भन्दा नीच त उनिहरु नै न थिए॥)। ओ जनार्दन, मेरा पतिहरुले पनि ती दुष्ट पाजीहरुको हँसि र अवाच्य निन्दाहरुबाट मलाई छुटाएन । भीमको शारीरिक बल तथा अर्जुनको गान्धिव बेकारको भए । त्यस्ता अत्यधिक उत्तेजनाको बेलामा निर्धाहरुले पनि त्यस्ता बेकुफ निन्दकलाई बध गर्न सक्ने बल र साहस प्राप्त गर्दछन् । पाण्डवहरु प्रख्यात बीरहरु भएर पनि पापी दुर्योधन बाँचिरहेको छ । बादशाह पाण्डुका बुहारी भएका मलाई दुशासनले दुर्योधनको आदेशमा कपाल समाति घिच्याएका थिए । पाँच जना बीरहरुको पत्नी भएकी (#॥लाज लाग्दो कुरा॥) मलाई बेइज्जति गरेका थिए । मधुसुधन, तिमीले पनि मलाई छोडेका थियौ ।” द्रौपदी आफुले थाम्न नसकेर थर थर कामेर बसिन, किन भने बेइजतिको बेलाको सम्झनाले उनी कामेकी थिए । कृष्णलाई हृदय देखि नै गहिरो करुणा लाग्यो र रोई रहेकी द्रौपदीलाई धैर्य धारण गराए । उनले भने –“तिमीलाई दु:ख दिनेहरुलाई युद्धमा हराएर रगतको हिलोमा मारिने छ । (#॥दु:ख दिनेमा प्रमुख कारण त पाण्डवहरु नै हुन, होइन र ?॥)। आँशु पुछ । म दृढ प्रतिज्ञा गर्दछु कि  तिमीलाई गरेको दु:ख पूर्ण अन्यायको धुन्धान गरी बदला लिने छु । म पाण्डवहरुलाई हर तरहले पूरा सहायता गर्नेछु । तिमी फेरी बादशाही हुनेछौ । आकाश झर्न सक्छ, हिमालय पर्वत फाटेर दुई टुक्रा हुन सक्छ, पृथ्वी भासिन सक्छ, तर तिंमीलाई म आफै खूद भन्दछु – मेरो आफ्नो वचन रहनेछ । म किरिया खान्छु ।” यस प्रकार कृष्णले द्रौपदीको अगाडी प्रतिज्ञा गरेका थिए, जुन कुरा शास्त्रमा लेखिए अनुसार नै भएको पाइन्छ –“धर्मको रक्षा गर्न  दुष्टहरुको संहार गरी धर्मात्माहरुलाई रक्षा गरी कानुनी शासन कायम गर्न म युग युगमा अवतार लिनेछु” ।  धृष्टद्युम्नले पनि आफ्नो बहिनीलाई धैर्य गराए । बदला लिन दैबले कसरी मेटाउने छ, सो कुरा उनले सुनाए । धृष्टद्युम्नले भने –“मैले द्रोणलाई मार्ने छु । भीष्मको अन्तको कारण शिखण्डि बन्ने छ । भीमले दुर्योधन र उनका भाइहरुको अन्त गर्ने छ । अर्जुनले सारथिका छोरा कर्णको मिति पु-याउने छ ।” श्री कृष्णले भने – “तिमीलाइ यो विपद परेको बेला म द्वारिकामा थिइन (#कहाँ थियौ ? जहाँ भए पनि आउन त सक्थ्यौ॥) । म त्यहाँ भएको भए त्यो कपटी पासाको खेल कदापी हुन दिने थिइन । नबोलाए पनि जाने थिए । द्रोण, भीष्म, कृपा र अन्य मान्यजनहरुमा धर्मको भावना जगाई दिने थिएँ । (#॥किन उनिहरु त्यति पनि बुद्धि नभएका हुन र ?॥)। जसरी भए पनि त्यो सर्बनाशी खेल मैले रोकी दिन्थेँ । शकुनिले तिमीहरुलाई छल कपट गरी रहेको बेला म मेरो देशमा हमला गर्न आएका सल्भ राजा सित युद्ध गरी रहेको थिएँ (#॥त्यहाँ थिएन रे, युद्ध भने गरिरहेको – खै बुझ्न सकिँदैन॥)। मैले उनलाई पराजित गरी सके पछि मात्र पासाको खेल र छल कपट बारे थाहा पाएँ । तिम्रो दु:खहरु तुरुन्तै छुटाउन नपाएकोमा मलाई धेरै दु:ख लागेको छ । तर तिमीलाई थाहा छँदै छ भत्केको कुलो बनाउन नपाउँदै केही पानी बगेर खेर गै हाल्छ ।” त्यस पछि कृष्णले बिदा लिएर अर्जुनकी स्वास्नी सुभद्रा र उनिहरुका बालक अभिमन्युलाई साथमा लिएर द्वारिका फर्के । धृष्टद्युम्न पनि द्रौपदीका छोराहरुलाई लिएर पान्चाल देश फर्के ।
 
क्रमश:
२९ पशुपत
 

post 28 धृतराष्ट्रको चिन्ता

२७ धृतराष्ट्रको चिन्ता
RatnaMan Dongol
जब पाण्डवहरु वन तिर प्रस्थान गरे, उनीहरु गएको हेर्न सडकमा जम्मा भएका, छाना र अग्लो ठाउँ र रुखमा चढेका जनताहरुको बिलौनाले ठूलो हा-हाकार मच्यो । पहिले जुहारतले सिँगारिएका रथहरु अथवा मंगल गान बजानाको स्वरमा भब्य हातिहरु चढ्ने भएका राजकुमारहरु अहिले रोई कराइ रहेका भिडहरुको साथमा आफ्ना जन्म सिद्ध हक छोडेर पैदल हिँडेका थिए (#॥हक किन छोडनु प-यो र ? नालायकहरुले मूर्खकाम गरेर होइन र ॥) । “हरे, हरे धिक्कार ! के स्वर्गबाट देबताहरुले यो देखेका छैन ?” भनि चारै तिरबाट रोदनको आवाज आयो । अन्धो धृतराष्ट्रले बिदुरलाई बोलाउन पठाए । पाण्डवहरु वनबास जाँदाको विबरण सोधे । बिदुरले भने –“कुन्ती पुत्र युधिष्ठिर कपडाले मुख छोपेर गए ।(#किन लाज मानेका होला ?) भीम हातहरुमा हेर्दै उनको पछि पछि गए । अर्जुन बाटोको बालुवा उडाउँदै गए । नकुल र शहदेब आङमा धुलो घसी युधिष्ठिरको पछि पछि गए । द्रौपदी जिङग्रीङ्गको कपालले मुख छोपी आँसु चुहाएर धर्म पुत्रको साथमा गइन् । आचार्य धौम्य कालका मालिक यमलाई पुकार्दै सामदेवका श्लोकहरु पढ्दै उनिहरुको साथमा गए ।” यी कुराहरु सुने पछि, पहिले भन्दा ठूलो डर र चिन्ताले धृतराष्ट्र थर्कमान भयो । उनले सोधे –“जनताहरुले के भन्छन् ?”  बिदुरले जवाफ दिए –“ओ बडा महाराज, सब जात र बर्णका जनताहरुले जे जे भने उनिहरुको त्यहि त्यहि शब्दमा म हजुरलाई सुनाउँछु – हाम्रा मालिकहरुले हामीलाई छोडि गए छ । यस्ता कार्यहरु हेरेर बसेका कुरु कुलका मान्य जनहरुलाई धिक्कार छ । त्यस लोभी धृतराष्ट्र र उनका छोराहरुले पाण्डुका छोराहरुलाई वनमा धपाएको छ ।- शहर बासिहरुले हामीलाई यसरी दोषारोपन गरेको बेला बिना बादल बिजुलि चम्केर आकाशलाई दिक्क तुल्याएको छ । दु:ख पूर्ण पृथ्वी डोलायमान भएको जस्तो छ र अरु अरु कुलक्षणहरु पनि भएको छ ।” धृतराष्ट्र र बिदुर यसरी कुरा कानी गरिरहेको बेला अचानक नारद मुनि तिनीहरुको अगाडी प्रकट भयो र उनिहरुको प्रत्यक्षमा बताए – “आज देखि चौध बर्षमा दुर्योधनले गरेको पापको फल स्वरुप कौरबहरुको कुल ध्वस्त हुने छ ।” भनि नारद अदृष्य भए । (#॥खै पाप गर्ने त मलाई पाण्डवहरु नै जस्तो लाग्छ, अरुले भन्दैमा लह लहैमा लाग्नु त .... ?”॥)। दुर्योधन र उस्का साथिहरु डरले लुत्रुक्क परेर “जे जस्तो परे पनि उनिहरुलाई नछोड्नु” भनेर द्रोण समक्ष गएर प्रार्थना गरे । गम्भीर भएर द्रोणले जवाफ दिए –“बुद्धिमान मानिसहरुको कुरामा मलाई विश्वास छ । पाण्डवहरु देबताहरु को जन्म हुन र अजय छन् । (#॥द्रोणलाइ पनि थाहा त रहेछ नि पाण्डवहरु कुन्तीले पाण्डवबाट पाएका सन्तानहरु होईनन् भनेर॥)।  तै पनि मैले जस्को नुन खाएको छु र मेरो भरोसामा भसेका धृतराष्ट्रका छोराहरुको लागि युद्ध गर्नु मेरो कर्तब्य हो । दिल ज्यान दिएर म तिमीहरुको लागि लड्ने छु । तर तकदीर सर्ब शक्तिमान छ । पक्कै पनि पाण्डवहरु रीसले जलेर वनबासबाट फर्कने छ । रीस भनेको कस्तो हुन्छ भनेको मलाई पक्कै पनि थाहा छ । किन भने द्रुपद संगको रीसको झोँकमा मैले उनलाई पदच्यूत गरी उस्को बेइज्जत गरेको थिएँ । अप्रसन्न प्रतिकारी भइ उनले यस्तो किसिमले यज्ञ गरेका थिए कि मलाई मार्ने एउटा छोरा बरदानको रुपमा पाएका थिए । धृष्टद्युम्न त्यही छोरा हो भनिएको छ । तकदीर यस्तै भएकोले उनि पाण्डवहरुको जेठान र घनिष्ट मित्र भएको छ । बस्तु स्थिति भबिष्य बाणी भए अनुसार नै हुँदै आएको छ । तिम्रो कार्य कलापहरु त्यतै तिर लागिरहेको छ । तिम्रो दिनहरुको अन्त आउँदै छ । सकेको बेला तिमीले राम्रो कार्य गर्न नचुक्नु । ठूला ठूला यज्ञहरु गर्नु, निष्पापले सुख आनन्द गर्नु । गरीबहरुलाई दान दिनु । चौध बर्षमा तिम्रो कुदिन आउने छ । युधिष्ठिर संग मेल राख । तिमीलाई मेरो सल्लाह यहि छ, दुर्योधन । वास्तवमा तिमीलाई जे मन लागेको छ त्यही गर ।” द्रोणका कुराहरुले दुर्योधनलाई कति पनि चित्त बुझेन । सन्जयले धृतराष्ट्रसंग सोधे –“राजा किन यस्तो दु:ख मानेको ?”  अन्धो राजा धृतराष्ट्रले भने –“पाण्डवहरुलाई दु:ख दिइ सकेपछि मैले कसरी मेल गराउन सक्ने ?” सञ्जयले भने –“तपाईँले भन्नु भएको कुरा बिलकुल ठिक छ । भाग्य बिग्रेका मानिस उचित अनुचित ज्ञान सबै गुमाइ पहिले नै बिपरित बुद्धिको हुन्छ । समय भनेको सर्ब नाशक हो । यसले मानिसको बुद्धि बिगारेर उनको टाउको नै उडाइ दिन्छ । आफै भ्रष्ट भै बहु लट्ठिको कार्य गर्ने तुल्याइ दिन्छ । तपाईँका छोराहरु असभ्य भएर पान्चालीको अपमान गरेर सत्यानास हुने बाटोमा परेको छ ।” धृतराष्ट्रले भने –“म धर्म र राज काजको ज्ञानि मार्गमा लागेको थिइन । मूर्ख छोराहरुले कुबाटोमा लगाएर दु:ख मात्र भोगेका थिएँ । तिमीले भने जस्तै हामी छिटै नरकमा जान लागि रहेका छौँ ।” धृतराष्ट्रलाई बिदुरले बेल बखत स्वच्छ मनले सल्लाह दिने गर्दथे । बारंबार यस प्रकारले सल्लाह दिने गर्दथे -“तपाईँका छोराहरुले ठुलो अन्याय गरेका छन् । धर्म पुत्रलाई धोका दिएका छन् । आफ्ना छोराहरुलाई धर्मको मार्गमा लगाएर पाप कर्मबाट छुटाउनु के तपाईँको कर्तब्य होइन र ? तपाईले दिनु भएको राज्य अहिले पनि फिर्ता पाउने छन् भनेर घोषणा गर्नु पर्छ । (#॥फिर्ता पाई सके पछि त राज्य गुमाएकै छैन॥)। युधिष्ठिरलाई वनबाट फिर्ता बोलार मेल मिलाप गर्नुस् । दुर्योधनले यदि मानेन भने बल जफति गरेर भए पनि उसलाई काबुमा लिनु होस् ।” पहिले त धृतराष्ट्रले बिदुरले यसरी बोलेको कुरा खेद मानेर दिक्क भएर सुन्ने गर्दथे, किन भने उनको भलो चाहने बिदुर आफु भन्दा धेरै बुद्धिमान मानिस हो भन्ने उनले जानेका थिए । तर दोह-याई तेह-याई दिइएको उपदेशले उनको धैर्यता बिस्तारै शिथिल हुँदै गएको थियो । एक दिन धृतराष्ट्रले बिदुरको त्यस्तो उपदेश सहन नसकेर झोकिएर भने –“ओ बिदुर, सधैँ पाण्डवहरुको पक्ष लिइ मेरो छोराहरुको बिरोध गरी बोल्दछौ । तिमीले हाम्रो भलो चाहँदैनौ । (#हे धृतराष्ट्र, बिदुरले भलो चाहेकोले नै त्यसो भन्छ । माया गर्नेले नै त्यसो भन्छ, अरुले मतलब राख्दैन । अत: तिमीले नै आफ्नो छोराहरुको कुभलो गर्दैछौ॥)।) दुर्योधन मेरो कोखमा जन्मेको हो । मैले उसलाई कसरी छोड्न सक्ने ? (#॥छोडनलाई कसले भनेको छ ?॥)। यस्ता अस्वभाविक उपदेशको के फायदा ? तिमीलाई मेरो बिश्वास पनि छैन । तिमी मलाई चहिँदा पनि चाहिँदैन । यदि तिमीलाई मन छ भने पाण्डवहरु कहाँ जान सक्छौ” । अनि बिदुरलाई एक्लै छोडेर धृतराष्ट्र आफ्नो खोपि भित्र पसे । धृतराष्ट्र चिन्ताले ग्रस्त भए । उनले मनमनै बिचार गरे । -“मेले यो के गरेको होला ? बुद्धिमान बिदुरलाई मैले पाण्डवहरुको पक्ष पठाएर उनिहरुलाई अझ बढी बलियो बनाउन पो लागे छु ।” यस्तो बिचार गरेर सञ्जयलाई बोलाउन पठाए । दु:खी दाज्युको असंवेदनशिल वचनहरुलाई माफ गरी फर्कनु भनी बिदुरलाई अनुरोध गरी पछुतोको समाचार उनि कहाँ पु-याउन तिनलाई भने । सञ्जय पाण्डवहरु बसिरहेको कुटी तिर हुर्रिएर गए । पाण्डवहरुले मृगको छाला लगाएको र ऋषि मुनिहरुले घेरिएर बसेको उनले हेर्न पाए । उनले बिदुर पनि त्यहिँ बसेको देखे । यदि बिदुर फर्केन भने अन्धो राजा मुटु फुटेर मर्ने भएको छ भनि कुरा गर्दे उनले धृतराष्ट्रको समाचार दिए । धर्म अवतार कोमल हृदय भएका बिदुरलाई ठूलो करुणा लाग्यो । हस्तिनापुर फर्केर गए । धृतराष्ट्रले बिदुरलाई अंगालो लगायो र आपसि मायाको आँशु बहाएर तिनिहरुको भेदभावलाई हटाए । एक दिन मैत्रेय ऋषि धृतराष्ट्रको दरबारमा आए । उनलाई धृतराष्ट्रले ठूलो सन्मानका साथ स्वागत सत्कार गरे । धृतराष्ट्रले उनको आशिर्बाद मागेर भने –“आदरणीय प्रभु, तपाइँले निश्चय पनि कुरु जंगलमा बसेका मेरा प्रिय बालक पाण्डवहरुलाई देख्नु भेट्नु भएको होला । के तिनीहरुलाई आनन्दै छ ? के हाम्रो परिवारमा केही पनि हुन नदिइ मेल मिलाप कायम रहने छ ? ।” मैत्रेय ऋषिले भने –“मैले अचानक काम्यका जंगलमा युधिष्ठिरलाई भेटको थिएँ । त्यहाँका ऋषि मुनिहरु उनिहरु कहाँ आएका थिए । मैले हस्तिनापुरमा भएका घटनाहरु सुने । भीष्म र तिमी जिवित छँदा छँदै त्यस्ता घटनाहरु हुन दिएकोमा मलाई गजव लागेको छ ।” (#॥भीष्मले चाहेको भए जे पनि हुन सक्थ्यो, यो महाभारतको कथा सबै उसैको कारणले हो । उसलाई द्रोणले पनि साथ दिन्थ्यो । उनि बिदुरको साथमा लागेन ॥)। त्यस पछि मैत्रेय ऋषिले बैठकमै बसेका दुर्योधनलाई देखे । बलिया मात्र हैन, कृष्ण र द्रुपदसंग सम्बन्ध पनि भएका पाण्डवहरु सित रीस नगर्नु । मेल मिलाप गर्नु । दुर्योधनको भलो चिताएर ऊपदेश दिए । त्यस अटेरी मूर्ख दुर्योधन हँसि गरी तिघ्रा ठट्टाएर खुट्टाले भूँइ कोट्याएर हाँसी मात्र रहे । केही जवाफ दिने बिचार नगरी त्यहाँबाट निस्केर गए । मैत्रेय ऋषि रीसाए । दुर्योधनलाई लक्षित गरी उनले भने –“तिमी यति मात्तिएका छौ कि जसले तिम्रो भलो चिताएको छ उसैको हँसि गरी तिघ्रा ठट्टाउँछौ ? तिम्रो तिघ्राहरुलाई भीमले टुटाउने छ । र, तिमी रन क्षेत्रमा मर्ने छौ ।” यो सुनेर धृतराष्ट्र जुरुक्क उठेर ऋषिको पाउ परेर माफि मागे । मैत्रेयले भने –“तिम्रो छोराहरुले पाण्डवहरु सित मेलमिलाप गरे भने मेरो सराप लाग्ने छैन, होइन भने मेरो सराप लाग्ने छ ।“ अनि रिसाएर मैत्रेय ऋषि त्यहाँबाट निस्केर गए । (#॥पाणडवहरु कै पक्षमा किन ? कुरु बंशको आफ्नो बंशसंग सम्बन्धि नभएकोले ? पाण्वहरु त कुरु बंशी होइनन् ॥)।
महाभारत प्राचिन कथा मात्र हो । तर मानव प्रकृति उस्तै भएर रहेको छ । अहिलेको जमानामा पनि रीस र बैमनश्यताले उमेर, बर्ण र अवस्थाको बिचार नगरी एक अर्कालाई दु:ख दिन्छौँ, नाश गर्छौँ । यदि हामीले रिसाउने बेला यस परिच्छेद पढेर बिचार ग-यौँ भने यसले हामीलाई ज्ञानी तुल्याई मुर्ख्याईँ र पाप काम गर्नबाट बचाउने छ 
 
क्मश:
२८ कृष्णको प्रतिज्ञा

post 27 द्रौपदीको पीडा / ब्यथा

२६ द्रौपदीको पीडा / ब्यथा
Ratnaman Dongol
आफ्नो मालिक युबराजधिराज दुर्योधनले अह्राए बमोजिम द्रौपदी कहाँ गएर प्रथिकामिले भने –“ओ आदरणीय राजकुमारी, पासाको खेलको टुनामा परेर युधिष्ठिरले जुवामा तपाईँलाई पनि बाजि थापेर हारे । अब  तपाईँ दुर्योधनकी हुनु भएको छ । दुर्योधनको आदेशले उनको घरमा तिमीले नोकर भएर काम गर्न तिमीलाई लिन आएको छु । अब उप्रान्त त्यो घर तिम्रो अफिस हुनेछ ।” राजसूय यज्ञ गरी सकेका बादशाहकी रानी द्रौपदी जिल्ल परिन् । तिनले सोधिन -“प्रथिकामि, तिमीले के भनेको यो ? कुन चाहिँ राजकुमारले आफ्नो अर्धाङ्गिनीलाई जुवामा थाप्छ ? के उनिसंग जुवामा थाप्न अरु केही कुरा थिएन ?” । प्रथिकामिले जवाफमा भन्यो –“उनले आफुसंग भएभरको सबै हारी सके पछि अरु केही नभएकोले तपाईँलाई बाजि थापेर खेलेका थिए ।” त्यस पछि कसरी युधिष्ठिरले सबै धन हारे, भाइहरु र आफु समेत पहिले नै थापि सके पछि अन्त्यमा द्रौपदीलाई बाजि थापेको सबै कुरा उनलाई सुनाए । त्यो खबर मुटु छिया छिया पार्ने र आत्मालाई नै मार्ने खाल्को भएर पनि द्रौपदीले आफुलाई संयममा राख्न सके । आँखाबाट रीसको ज्वाला निकाली भनिन् –“ओ सारथि फर्केर जाउ । त्यस जुवामा पहिल्यै आफु हारेको हो कि उनको पत्नी, भनि जुवा खेल्नेहरु संग सोध्नु । यस प्रश्न सबैको अगाडि सोध्नु, उनको जवाफ ल्याउनु । अनि मात्र तिमीले मलाई लैजान सक्ने छौ । प्रथिकामि त्यस सभामा फर्के । युधिष्ठिरलाई हेरेर उनिसंग द्रौपदीको प्रश्न सोधे । युधिष्ठिर केहि नबोलि चुप चाप बसिरहे । अनि प्रथिकामिलाई दुर्योधनले भने आफ्नो पति संग प्रश्न आफै आएर सोध्नको लागि द्रौपदीलाई नै ल्याउनु  भने । प्रथिकामि फेरि द्रौपदी कहाँ पुगे र नम्र भएर भन्यो –“त्यस दुष्ट मति भएका दुर्योधनले तपाईँ आफै सभामा आएर आफ्नो प्रश्न आफै गर्नुस भनेको छ” । द्रौपदीले जवाफ दिईन् –“हुन्न, सभामा फर्केर जाऊ, प्रश्न गर र जवाफ माग ।” प्रथिकामिले त्यसै गरे ।
दुर्योधन क्रोधित भएर दुशासन भाइ तिर हेरेर भने –“यो मान्छे मूर्ख छ, भीम  देखि डराएको छ । जाउ र द्रौपदीलाई कपाल समाति घिसारेर ल्याउनु परे पनि लिएर आउ ।” यसरी आदेश पाए पछि दुष्ट दुशासन खुशी भएर आफ्नो कार्य गर्न तुरुन्तै हिँडे । द्रौपदी जहाँ थिइन् त्यहिँ पुगि उनले ठूलो स्वरमा कराई भने –“आईहाल तिमी किन ढीलो गर्छौ ? अब तिमी हाम्रो भै सकेका छौ । सुन्दरी लाज नमान । तिमीलाई हामीले जिति सकेकाले हामीले भनेको मान्ने होउ । सभामा आइ हाल” र दुशासन रिसाएर जबर जस्ति द्रौपदीलाई लाने जस्तै गरी कराए । द्रौपदी डरले थरर्र काँपेर, पीडाले मुटु छिया छिया परेको अवस्था लिएर संरक्षणको लागि धृतराष्ट्रकी महारानी गान्धारीको भित्रि कोठामा ओइरिएर भाग्ने कोशिस गरिन् । तर बिचैमा दुशासनले कपालमा समातेर घिच्याउँदै उनलाई सभा स्थलमा लगे । धृतराष्ट्रका छोराहरुले यो नीच भन्दा नीच कार्य गर्न कसरी सके भन्ने कुराको बर्णन मन नपर्ने भएकोले नै गरेका हौँ । उनी सभा स्थलमा पुग्ना साथ रीसलाई संयम गरी द्रौपदीले त्यहाँ उपस्थित ठूला बडाहरु संग बिन्ति भाव गरे । “आफै खेलको धरापमा परी त्यस खेलमा निपूर्ण भएका दुष्ट मानिसहरुबाट आफै हारी सकेका राजाले मलाई बाजीमा थापिएको कुरामा तपाईँहरुले कसरी सहमत गर्न सक्नु भयो ?” “ स्वतन्त्र ब्यक्ति नभै सकेकाले कसरी अरु कुनै बस्तु बाजिमा थाप्न सक्यो ?” अनि तिनले हात फैलाएर दु:खले सिथिल भई  आँसु बगेका आँखाहरुले माथि हेरी, हिक्काले भक भकी भएको स्वरमा कराई भनी –“यदि तिमीहरुले आफुलाई जन्माएर दूध ख्वाएर चुसाएर हुर्काएकी आमालाई माया गरेका छौ भने, आदर गरेको छौ भने, पूजा गर्छौ भने,  यदि स्वास्नी, बहिनी, अथवा छोरीहरुको इज्जत गर्छौ भने वा मन पर्छ भने, यदि तिमीहरुलाई भगवान र धर्मकोमा अनुभव र बिश्वास छ भने, यो नर्क भन्दा पनि निचको बिपदको स्थलमा मलाई नराखी छोडि देउ । मर्न लागेको बिचरी हरिणको बच्चा जस्तो यो हृदयमा चोट लागेको रुवाईमा मान्य जनहरुले शोक र लाज मानि शिर झुकाए । (#॥वाह रे! अरु महान पात्रहरु जस्तै भीष्म, द्रोण, धृतराष्ट्र, बिदुर, कृपाचार्य, इत्यादिहरुलाई किन बोल्न नलाएको हे महान लेखक ?॥)।  भीमले आफुलाई थाम्न सकेन । उनका मनमा दु:खले भरी रहेका कुराहरु गारोहरुनै थर्कने रीसको गर्जना मात्र भए र युधिष्ठिरलाई हेरी कडा गरी भने –“सबै कुरा त्यागी ब्यबसायिक भई सकेका जुवाडेहरुले पनि आफ्ना साथमा रहेका बेश्याहरुलाई बाजिमा थाप्दैन भने, तिनीहरु भन्दा बिग्रेका तिमीले द्रुपद राजाकी छोरीलाई यी दुष्टहरुको शरणमा पारी दिएका छौ । यो अन्याय सहन सक्तिन । यस ठूलो अपराधको कारण तिमी नै हौ । सहदेब भाइ आगो लिएर आउ । म त्यो पासा हान्ने हातहरुमा आगो लगाइ दिन्छु ।” (#हे भीम पहिलै किन नरोकेको, तिमी पनि सहभागि हौ, दोषी छौ । त्यतिबेला पनि बेश्या ॥?)। तर अर्जुनले नरम भएर भीमलाई रोकेर भने –“तपाईँले यसरी पहिले कहिल्यै बोल्नु भएको थिएन । शत्रुहरुले रचेको षडयन्त्रले हामीहरुलाई अनिष्ट कार्यमा लगाउने गरी यो फन्दामा पारेको छ । हामीहरु पराजित भएर उनिहरुको चाल बाजिमा लाग्नु हुँदैन । होशियार हुनु ।” भीमले अपूर्व संग रीस थामे । धृतराष्ट्रका छोरा “बिकर्णले” पाञ्चाली (द्रौपदी)को दु:ख सहन सकेन । जुरुक्क उठेर आवेशमा उनले भने –“ओ क्षत्रीय बीरहरु, तिमीहरु किन चुप लागेको ? म एउटा सानो उमेरको लडका हुँ । मलाई थाहा छ । तर तिमीहरुको मौनताले मलाई बोल्न कर लागेको छ । सुन । गहिरिएर गरिएको षडयन्त्र द्वारा युधिष्ठिरलाई यस जालमा फसाएको थियो । त्यस स्त्री युधिष्ठिर एक जनाको मात्र नभएकोले यसरी बाजिमा थाप्ने अधिकार नभएको बेला युधिष्ठिरले उनलाई बाजिमा थापेका थिए । यसैले यो चाहिँ बाजि न्यायो चित छैन । त्यति मात्र होईन । युधिष्ठिरले अघिबाटै आफ्नो स्वाधिनता हराई सकेका थिए । आफ्नो स्वाधिनता नभै सके पछि पनि द्रौपदीलाई बाजिमा थाप्ने युधिष्ठिरलाई सुझाव दिने शकुनि थिए । यो खेलको नियमको बिपरित छ । नियम अनुसार दुबै पक्षका खेलाडिहरु कसैले पनि कुनै पनि खास कुराको बाजि राख्ने माग गर्न पाउँदैन । हामीहरुले यी सबै कुराहरुको यदि बिचार ग-यौँ भने द्रौपदीलाई शकुनिले जितेको भनि मान्नु हुँदैन । मेरो राय यहि हो ।” (#॥वाह रे बीकर्ण ! श्याबास ! जुवाको नियम त थाहा भैसकेको रहेछ नि । पहिले नै भनेको भए झन् राम्रो हुने थियो॥ ।)। त्यस नवयुवक बिकर्णले यसरी साहस गरी बोलेको बेला सभामा उपस्थित जन समुदायमा दैबले प्रदान गरेको ज्ञानले तिनिहरुको मनमा पनि अचानक ज्योति फैलायो । तालिको ठूलो आवाज त्यहाँ गुन्जियो । तिनिहरुले स्वर मच्चाएर भने –“धर्मको रक्षा भएको छ ! धर्मको रक्षा भएको छ !” त्यस बेला उठेर कर्णले भने –“ओ बिकर्ण, यस सभाका गन्य मान्यहरुको परबाह नगरी तिमी एउटा सानो बालक भएर कानुनको ब्याख्या गर्दैछौ । तिम्रो मर्खता र उत्ताउलो पनले आरनबाट निस्केको ज्वालाले आफैलाई सल्काउने लठ्ठिलाई पनि भष्म गरे जस्तै तिमीलाई जन्माउने आफ्नै परिवारलाई नै नष्ट पार्न लागि रहेका छौ । आफ्नै गुँडमा बिष्ट्याउने चरा नीच नै हुन्छ । युधिष्ठिर स्वाधिन भएकै बेला शुरु मै आफ्नो सबै हारी सकेका थिए, त्यसमा द्रौपदी पनि पर्छ । यसर्थ उनी अघि बाटै शकुनि की भै सकेकी थिइन् । अब यसबारे बढता कुरा गर्नु पर्ने केही छैन । उनिहरुले लगाएको लुगाहरु पनि शकुनिको भै सकेको छ । ओ दुशासन, पाण्डवहरु र द्रौपदीको पोशाकहरु सबै खोसेर शकुनिलाई बुझाई देउ । कर्णको कठोर वचन सुन्ने बित्तिकै पाणडवहरुले संकटको अन्त सम्म धर्मको परिक्षामा टेकेर रहनु पर्छ भन्ने भावना लिएर कुनै पनि अवस्थामा पनि इज्जत र धर्मको बाटोमा लाग्न तयार भएको देखाउन उपल्लो पोशाकहरु फुकालि फ्याँकि दिए । (#॥वाह ! जुवा खेल्ने र स्वास्नीलाई जुवामा थाप्नु पनि धर्म कै बाटो हो कि ?॥)। तर द्रौपदीले त त्यसो गर्न सकेन, गरेनन् । यो देखेर दुशासन द्रौपदी निर गएर बल जफतिले उनको लुगा खोस्न तयार भए । कसैको पनि सहायता उनले पाउन सकिन  । पूर्णतया असहाय भइन । दु:खमा दैबको कृपा । संकटकालिन सहायताको पुकार गरिन् । (#॥वाह रे ! धृतराष्ट्र, भीष्म, द्रोण, कृपा ई. कसैले पनि चाहेको भए सो दुष्काम रोक्न सक्थे, सायद धर्मका ठेकेदार उनिहरुले पनि मज्जा नै सम्झे कि ॥?)। “ओ विश्व भगवान !, मैले पूजा गरी मानेका भगवान ! यो भयंकर संकटबाट मलाई बचाउ !” अनि उनि बेहोस भइन । त्यस पछि दुशासनले पान्चालीको सारी खिच्ने लाजमर्दो काम शुरु गरे । भद्र मानिसहरुले कामेर नजर फर्कायो । (#॥किन ? सबैले चाहेको भए त रोक्न सकिन्थ्यो, अनि धृतराष्ट्र, भीष्म, द्रोण, कृपा ई. ले चाहिँ के गरे ?॥)। त्यस बेला भगवानको कृपाले अपूर्ब चमत्कार भयो । दुशासनले उनको सारी खिच्ने काम गरेर चाहेको नतिजा पाउन सकेन, द्रौपदीलाई नांगो पार्न सकेन । किन भने, जति ताने पनि सारी सकिँदै सकेन । द्रौपदी बस्त्र हीन हुँदै भइनन् । (#॥कथामा यो घटनालाई भगवानको चमत्कार अझ बढी प्रभावकारी गराउन कसैलाई पनि द्रौपदीको नजिक नै जान नसकेको, छुन नै नसकेको भनि लेखिएको भए राम्रो हुन्थ्यो॥)। सारी तान्दा तान्दा दुशासन लुत्रुक्क प-यो । सभा स्थलमा सारीको थुप्रो भयो । यस चमत्कार देखेर सभाका सहभागिहरु डराए । भद्र मानिसहरुले भगवानको जय जयकार गरेर रोए । (#॥धृतराष्ट्र, भीष्म, द्रोण, कृपा ई.ले के गरे ?॥)। काँपेका ओँठहरु लिएर भीमले ठूलो स्वर गरी यो भयंकर प्रतिज्ञा गरे – “यदि मैले भरत बंशका कुलङ्गार भएका यस पापिष्ट दुशासनको छाती फाटेर उनको मुटुको रगत पिएन भने म मेरो पुर्खाले दिएको घरमा कहिल्यै पुग्न सक्ने छैन ।” अचानक श्यालहरु कराएको आवाज सुनिन लाग्यो । गधाहरु र हिँसक चराहरुले अब आउने संकटको सूचना गरी सबै तिर बाट अलौकिक रोदन गर्न थाले  । यस घटनाले कुनै बेला बंशको सर्बनाश हुने कारण बन्ने छ भन्ने चेतना पाएका धृतराष्ट्रले बुद्धिमानि र साहसी कार्य गरे । उनले द्रौपदीलाई बोलाएर आफ्नो बगलमा राखे । नम्रता र मायाको कुरा गरी उनलाई धैर्य दिलाउने प्रयत्न गरे । (#॥हे धृतराष्ट्र, पहिले नै किन निच काम नरोकेको ?॥)। अनि युधिष्ठिर तिर हेरेर धृतराष्ट्रले भने –“तिमी यस्तो निरपराधी छौ कि तिम्रो कोही पनि शत्रु हुन सक्तैन । दुर्योधनले गरेको यस अनिष्ट कामलाई तिम्रो उदार चित्तले क्षमा गर र यसको सबै सम्झना तिम्रो मनमा नराख । तिम्रो राज्य, धन सम्पति र अरु सबै थोक फिर्ता लेउ । स्वाधिन भएर भाग्यमानी हुनु । इन्द्रप्रस्थ फर्केर जाउ” ।
त्यस पछि पाण्डवहरु त्यस दुर्गतिका ठाउँ छोडेर हिँडे । दुर्भाग्यबाट अचानक छुटकारा पाएकोमा कसो कसो माने । होसै भएन । अपूर्ब कुरा जस्तो उनिहरुले थाने । तर सहनु अति नै राम्रो थियो । युधिष्ठिर र उनका भाइहरु गै सके पछि कौरबहरुको दरबारमा लामो, गरमा गरम बहस चल्यो । दुशासन, शकुनि र अरुहरुले शु-याएकोबाट सफल हुन लागेको राम्रो मौकाको षडयन्त्रलाई बिफल गरी दिएकोमा बाबुसंग दुर्योधन खूब रिसाए । “भयानक शत्रुलाई नाश गर्ने उद्देश्य भएको योजनालाई गलत सम्झन सकिँदैन भन्ने बृहस्पतिको भनाइको उपमा दिए” (#॥हे किन शत्रु ?॥)। उनले पाण्डवहरुको प्रभावलाई धेरै बढाएर कुरा गरे । पाण्डवहरुलाई पराजित गर्ने एउटा मात्र सम्भावित उपाय छलकपट  गरी उनिहरुको गौरव र इज्जतको भावनाबाट फायदा लिनु मात्र हो भनि आफ्नो बिश्वास ब्यक्त गरे । इज्जतदार कुनै पनि क्षत्रियले पासा खेल्ने निम्तोलाई अस्विकार गर्न सक्दैन थियो । (#किन ?॥)। युधिष्ठिरलाई फेरी पासा खेल्न लगाउने षडयन्त्रमा बुढो बाबुको अनिच्छा र हानि हुने संकेट सहित दुर्योधनले अनुमति पाउन सफल भए । त्यसै अनुरुप इन्द्रप्रस्थ गएका युधिष्ठिरको पछि पछि एउटा दूतलाई दौडाएर पठाए । युधिष्ठिर इन्द्रप्रस्थ पुग्नै पाएका थिएन त्यो दूतले उनलाई बाटो मै भेट्टाए  र हस्तिनापुर फर्कनु भन्ने धृतराष्ट्रको निम्तो उनिहरुलाई दिए । त्यस निम्तो सुनेर युधिष्ठिरले भने –“असल हुनु वा खराब हुनु तकदीरबाट हुन्छ । यसलाई मेटाउन सक्ने होईन / सकिँदैन । यदि हामीलाइ खेल्नु पर्ने भए खेल्नै पर्छ । त्यत्ति नै हो । इज्जतले पासा खेल्ने आह्वानलाई इन्कार गर्न सकिँदैन । मैले यसलाई स्वीकार गर्नै पर्छ ।” सुनको मृग कदापि थिन पनि थिएन र हुन पनि सक्ने होइन । तै पनि रामले सुनको जस्तो लागेका त्यस मृगलाई पछ्याए । संकट आउने बेला पहिले नै बुद्धि भ्रष्ट हुन्छ भनि ब्यासले भनेको कुरा साँचो हुन आएको थियो । धर्म पुत्र हस्तिनापुर फर्के । सभाका सबैले उनलाई खेल्न नलागाउने प्रयत्न गरे, तैपनि उनि शकुनिसंग पासा खेल्न बसे । उनि बिश्वको भार हटाउने कालीले प्रभावित गरेका र बन्धनमा परेका एउटा ब्यक्ति जस्तो मात्र भए । हार्ने पक्षले बाह्र बर्ष वनबास र तेह्रौँ बर्ष गुप्तवासमा बिताउनु पर्ने र गुप्तबासको बेला फेला प-यो भने फेरि बाह्र बर्ष वन बास जानु पर्ने भन्ने खेलको बाजी भयो । युधिष्ठिरले यस पटक पनि हार खाए । पाण्डवहरु वनमा जान तयार भए । सभाका सबै सदस्यहरुले लाज मानेर टाउको
निहु-याएका थिए ।  
 
क्रमश:
२७ कृष्णको प्रतिज्ञा

post 26 बाजी जुवा (पासाको खेल)

२५ बाजी जुवा (पासाको खेल)
 Ratnaman Dongol
बिदुरको निन्याउरो अनुहार देखेर युधिष्ठिरले सोधे –“काका, तपाईँ किन यस्तो बे चैन हुनु भएको ? हस्तिनापुरमा के हाम्रा सम्बन्धिहरु सबैलाई आनन्दै छ ? के राजा र राजकुमारहरु सबैलाई बेसै छ ?” बिदुरले आफुले ल्याएको सन्देश दुधिष्ठिरलाई सुनाए । “हस्तिनापुरमा सबैलाई आनन्द नै छ । तिमीहरु सबैलाई कस्तो छ ? खेलहरु खेल्ने नयाँ निर्माण भएको स्थल हेर्न तिमीहरुलाई धृतराष्ट्रको निम्तो ल्याएको छु । तिमीहरुको जस्तै सुन्दर स्थल निर्माण गरेको छ । भाइहरु साथमा लिइ सबथोक हेर्न र पासा खेली राजधानि फर्कनु भन्ने राजाले चाहेको छ ।” युधिष्ठिरले बिदुरको सल्लाहा मागे । होड बाजी जुवाको खेलले क्षत्रीयहरुको बिचमा झगडा पैदा गर्दछ । ज्ञानि पुरुषले सक्दछ भने यस्ता खेललाई पन्छाउँछ  । हामीहरुले सदैब तपाईँ कै उपदेश मानि आएका छौँ । तपाईँले हामीलाई के गराउने ईच्छा गर्नु भएको छ ?”
 बिदुरले जवाफमा भने –“पासा/ जुआ खेल्नु भनेको अनिष्टहरुको मूलभुत कारण हो । यो सबैलाई थाहा भएकै कुरा हो ।  मैले यो खेलको बिचारलाई रोक्ने खुब कोशीस गरेको थिएँ । तै पनि तिमीहरुलाई बोलाउने आदेश राजाले मलाई दिएकोले म आएको छु । तिमीलाई जे मन लाग्छ सो गर्न सक्छौ” । बिदुरले यति कुरा भन्दा भन्दै पनि आफ्ना भाइहरु र सहयोगिहरुको साथमा युधिष्ठिर हस्तिनापुरमा गए । बुद्धिमान युधिष्ठिरले त्यस निम्तो किन स्वीकार ग-यो भन्ने प्रश्न उठन सक्छ । यसमा तीन वटा कारणहरु दिन सकिन्छ । मानिसहरु बिलास, जुआ र मदिरापानले गराउने सर्बनाशमा जाना जानी हुरिएर जान्छन । युधिष्ठिरलाई खेलवाडको शौक थियो । पासा खेलको निम्तो अस्वीकार गर्नु मिल्दैन, कारण क्षत्रीय परम्पराले गर्दा सभ्यता र इज्जतको बिषय तुल्याएको थियो । (#॥पाण्डवहरु कसरि क्षत्रिय भए ?॥)। यहाँ तेस्रो कारण पनि थियो । ब्यासले उनलाई कुलको सर्बनाश गराउन उठ्ने झगडाहरुको जनाउ दिएको बेला उनले गरेको प्रतिबद्धता । युधिष्ठिरले धृतराष्ट्रको निम्तो अस्वीकार गरी बेमज्जा हुने  र गुनासो गराउने कारण कहिल्यै हुन दिने थिएन । यिनै कारणहरुले गर्दा युधिष्ठिरलाई निम्तो स्वीकार गराएर हस्तिनापुर जाने गराउने उनको प्राकृतिक इच्छा भएको थियो ।
पाण्डवहरु र उनका मानिसहरु उनिहरुको लागि भनेर छुट्याइएको हस्तिनापुरको भब्य दरबारमा गएर बसे । हस्तिनापुर पुगेको दिन युधिष्ठिर र अरु सबैले आराम गरे । भोलि पल्ट बिहान नित्य कार्य कर्म सकेर खेलको स्थलमा गए । चलन अनुसार आपसि स्वागत सत्कार सकिए पछि शकुनिले युधिष्ठिरलाई खेलको निमित्त थर्कि (चालको लागि खास कपडा) ओछ्याइ सकेको र खेल्न बोलाइएको छ भनि खबर गरे । युधिष्ठिरले पहिले नै भने -“राजा शकुनि मामा, जुवा खेल्नु राम्रो होइन । भाग्यको खेलमा कोहि सफल हुने बीरता र योग्यताले होइन । संसारी ज्ञानमा राम्ररी  ज्ञान पाएका असित, देवाल र अरु ज्ञानि ऋषिहरुले खुलम खुल्ला प्रचार गरेका छन् कि जुवाको खेलमा धोखाको ऊद्देश्य हुने भएकोले त्यस्लाई बर्जित गर्न उचित छ । तिनीहरुले यो पनि भनेका छन् कि क्षत्रीयहरुको लागि अन्तिम मार्ग युद्धमा जित्नु हो । यहाँहरुलाई त्यसको ज्ञान नभएको त होइन । तर जुवाको लठले शिथिल भएको मन आफ्नो सोच बिचार सितको युद्धमा थियो ।
युधिष्ठिरले वास्तबमा भित्रै मन देखि खेल्न चाहेका थिए । शकुनि सितको यो बाद बिवाद युधिष्ठिरको आन्तरिक मनस्थितिको द्वन्द भनेर हामीले बुझ्न सक्छौँ । तीखो बुद्धि भएका त्यस शकुनिले युधिष्ठिरको यस कमजोरिमा निशाना लगायो । अनि उस्ले भन्यो –“खेलेर खराब हुने के छ र ? बिद्वानले अज्ञानिलाई पराजय गर्दछ । सिपालुको जताततै विजय  हुन्छ । यो त पराक्रम र दक्षताको परिक्षण मात्र हो । त्यति त हो, यसमा बिग्रने कुरा केही छैन । परिणामको हकमा, कृया कलापको हरेक क्षेत्रमा सिपालुले शिकारुलाई पराजय गर्छ । पासाको खेलमा पनि हुने त्यति नै हो । यदि तिमी डराएका छौ भने भैगो खेल्नु पर्दैन । तर पन्छिने निहुले यो उचित अनुचित भन्ने थोत्रो भै सकेको कुरा चाहिँ नसुनाउ ।”
युधिष्ठिरले जवाफमा भने –“ठीक छ, म सित खेल्ने को हो ?” । दुर्योधनले भन्यो – “खेल खेल्न धन सम्पति जुहारतको बाजि थाप्ने जिम्मेवारी मेरो छ । मेरो लागि पासा हान्ने काम चाहिँ मामा शकुनिले गर्नु हुने छ ।” युधिष्ठिरले खेलमा दुर्योधनलाई हराउन सक्ने बिचार गरेका थिए । तर शकुनिको कुरा भिन्दै थियो । शकुनि नामी खेलाडी थियो । यसैले डराएर युधिष्ठिरले भन्यो –“मलाई लाग्छ एउटाको सट्टामा अर्कोले खेल्ने चलन छैन ।”
शकुनिले छेड हानि भने –“फेरि तिमीले नखेल्नको लागि अर्को निहु पार्दै छौ जस्तो मलाई लाग्यो ।” जिल्ल परेर युधिष्ठिरको अनुहार रातो भयो र हवाले होस हवास उडाएको जस्तो अवस्थामा उस्ले जवाफ दियो – “ठीक छ, म खेल्ने छु ।” खेलको स्थल भरिपूर्ण हुने गरी भीड लागेको थियो । द्रोण, कृपा, भीष्म, बिदुर र धृतराष्ट्र सबै त्यहिँ बसेका थिए । (#॥तर जुवा हेर्ने/ खेल्नेहरु सबै स्वाँठ नै होइन र ? किन नरोकेको ? सार्बजनिक रुपमा खेलाउनेहरुलाई के भन्ने ?॥)। तिनीहरुलाई थाहा थियो कि सो खेल नराम्रो संग टुंगिने छ । तिनीहरुले रोक्न नसकेको खेल (#किन ?) निन्याउरो मुख लिएर हेरी बसेका थिए । भेला भएका राजकुमारहरुले जोशमा मज्जा लिएर हेरेका थिए ।
पहिले तिनीहरुले जुहारतहरु थापे । पछिबाट सुन, चाँदी अनि घोडा रथ थापे । युधिष्ठिरले लगातार हारे । (#॥जित्नै पर्ने भन्ने छ र ? जे मन लाग्यो त्यहि थाप्ने ? मूर्ख । धर्म राज, भीष्म, द्रोण, बिदुर, कृपा, पाणडवहरु सबैलाई धिकार छ ॥।)। जब हार्दै गए तब नोकरहरु थापे, उनिहरु पनि हारे । हात्ती र फौज थापे, ती पनि हारे । खेलमा हानिएको पासा शकुनिको आफ्नै थियो । (# ॥कथा अनुसार सो पासा बरदानको रुपमा उसले उपहार पाएको थियो र उसले चिताएको मात्र दाउ पर्थ्यो॥)। सकुनिले हानेको पासाले जहिले पनि उनले चिताएको दाउ मात्र लागेको देखियो । (#॥एक दुई पटक त्यसो भए पछि कोहि मूर्खले पनि बुझ्छ र खेल बन्द गर्छ या त अर्कै पासा फेरिन्छ॥) । गाई, भेँडा, शहरहरु, गाउँहरु, शहरबासीहरु र आफ्नो भएको सबै थोक युधिष्ठिरले हारे । तै पनि दुर्भाग्य पछि लागेकोले उनि रोकिएन । उनले भाइहरुको र आफ्नो गहना र पोसाकहरु समेत सबै हारे । तैपनि युधिष्ठिरलाई दुर्भाग्यले छोडेन । शकुनिको चालबाजीले उनलाई चौपट पारी सकेको थियो । शकुनिले सोध्यो –“बाजि थाप्न सकिने अरु केही छ कि ?” युधिष्ठिरले भने – “अब आकाश रंग भएका सुन्दर नकुल छ । उनी मेरो एउटा धन हो । म उनलाई बाजी थाप्छु ।” (#॥हक छैन॥)। शकुनिले जवाफ दियो – “के यहि हो त ? तिम्रो प्यारो राज कुमारलाई हामीले जित्यौँ भने खुशि लाग्ने छ ।” यस्तै भनि शकुनिले पासा हाने । उस्ले जस्तो भन्यो उस्तै परिणाम भयो । भेला भएका सबै डराएर काम्न थाले । युधिष्ठिरले भने –“अब मेरो भाइ सहदेब छ । उनि सब कलामा ज्ञानी भएकोले प्रख्यात छ । उनलाई बाजि थाप्नु उचित छैन । तै पनि म उनलाई थाप्छु । ल खेल ।” (#॥महामूर्ख, गधा॥)। “हेर मैले खेलेँ र  जितेँ” भन्दै शकुनिले पासा हाने । युधिष्ठिरले सहदेबलाई पनि हारे ।
अब युधिष्ठिर रोकिन्छ कि भन्ने डर लागेर शकुनिले छेड हानेर भने –“आफ्ना सहोदर साक्यै भाइहरु प्यारो भएकोले भीम र अर्जुनलाई सौतेलो आमा मादरीका छोराहरु नकुल र सहदेबलाई जस्तै बाजि थाप्ने छैनौ, मलाई थाहा छ ।” सौतिनी भाइहरुलाई मन नपराएको जस्तो ठानेर भनेको शकुनिको पेचिलो कुराले युधिष्ठिरको होसो हवास बिल्कुलै उड्यो र एक छिन पनि ढीलो नगरी जवाफ दिए – “मूर्ख, के तिमीले हामीलाई छुट्याउन खोजेका छौ ? दुष्ट जीवन बिताई रहेका तिमीले हाम्रो पबित्र रुपमा रहँदै आएको जीवनलाई कसरी बुझ्छौ ? युद्धको सागरमा सदैब बिजयी हुने मेरो भाइ अर्जुनलाई बाजि थाप्छु, ल पासा हान ।” (#पाण्डवहरु जस्तो मूर्ख कहिले पनि जन्मँदैन – जनावरहरु पनि त्यति मूर्ख हुँदैन, आफ्नो हित अहित बुझ्छन्॥) । शकुनिले जवाफ दिए –“म पासा हान्छु ।” युधिष्ठिरले अर्जुन पनि हारे । नमेटिएको दुर्भाग्यको जिद्दी बहुलापनले बगाएका युधिष्ठिरमा उत्तेजना झन् झन् गहीरिएर गयो । आँखा भरि आँसु राखेर भन्यो –“ओ राजा, मेरो भाइ भीम युद्धका नायक छ । उन्ले राक्षसको मुटु थर्काउँछ । इन्द्र समान छ । उनले कहिले पनि अपमान भोगेको छैन । उनि शारीरिक बलमा संसार भरि अद्वितीय छ । म उनैलाई बाजी थाप्छु ।” युधिष्ठिरले फेरि खेले । उनले भीमलाई पनि हारे । (#॥पट मूर्ख, आफ्नो हक नै नभएको काम गर्छ॥)। दुष्ट शकुनिले फेरि सोध्यो –“तिमीले बाजि थाप्न सकिने अरु केही छ कि ?” धर्म पुत्र युधिष्ठिरले जवाफ दिए –“छ,  आफै छु । तिमीले जित्यौ भने म तिम्रो नोकर हुनेछु ।” “हेर यस पटक पनि म नै जित्छु” भनेर शकुनिले पासा हाने, युधिष्ठिरलाई पनि जिते । (#॥यस्तै बज्र स्वाँठ मूर्ख भएकोले त आफुलाई नमान्ने दुर्योधन / कौरबलाई सिध्याउन महाजाली कपटी चलाख कृष्णले पाण्डवहरुलाई प्रयोग गरेर हरेक जाल झेल गर्दै महाभारतको लडाईँ जितेको कथा लेखिएको छ । गलतलाई ‘ठीक’ र ठीकलाई ‘गलत’ गराउन सकिन्छ भन्ने कुराको पुष्टि गरिएको छ॥।)। त्यस पछि सभामा उठेर शकुनिले पाणडवहरु हरेकको नाम बताए । तिनीहरु सबै उनको कानुनि नोकर भै सकेको जोडतोडले प्रचार गरे । (#॥भीष्म, बिदुर, द्रोण र कृपाचार्य जस्ताले चलाएको देशमा कस्तो ब्यबस्था/मूर्खता॥)। खम्बा जस्तै चुप चाप भएर भेला भएका सबैले हेरी रहे । शकुनि एक जनाले युधिष्ठिर तिर हेरेर भने – “तिमी सित अझ पनि एउटा रत्न छ । त्यसलाई बाजि थापेर तिमी छुट्ने उपाय हुन सक्छ । द्रौपदीलाई बाजिमा थापेर जुवा अगाडि बढाउन सक्दैनौ ?” युधिष्ठिरले हरेस खाएर भने –“म उनलाई नै जुवामा थाप्दछु ।” (#॥गधा मूर्खलाई किन धर्म पुत्र भनिएको होला ?॥)।
 युधिष्ठिर बेहोस भएर काम्न थाले । सभा कक्षमा मान्य जन बसेको ठाउँ तिरबाट खलबली र दु:खको आवाज आउन थाल्यो । सब तिरबाट “धिक्कार धिक्कार” भन्ने आवाज निस्कन थाल्यो । (#मूर्खहरुले त सुनेनन् )। भावात्मक भएकाहरु धेरै जना रुन थाले । कसैले पसिना निकाले, र अब संसारको अन्त्य आउने भयो भन्ने धारणा लिए । दुर्योधन, उसका भाइहरु, कर्ण र शकुनि  सबै ठूलो हर्ष गरी कराए । त्यस हुलमा युयुत्सु एक जनाले मात्र लाज र दु:खले टाउको निहु-याएर गहिरो सुस्केरा हाले । शकुनिले पासा हानि जितेँ भनि फेरी कराए । तुरुन्तै बिदुर तिर फर्केर दुर्योधनले भने – “जाउ र द्रौपदीलाई लिएर आऊ, पाण्डवहरुको प्यारी स्वास्नीलाई । अब देखि नै उनले हाम्रो घरमा बढार्ने र सफा गर्ने काम गर्नु पर्छ । कुनै ढीला नगरी उनी आउन् ।” बिदुरले चिच्याएर भने –“के तिमी पागल भयौ, बिनासको पक्का गर्नलाई हतार गरी रहेका छौ ? के तिमीलाई थाहा छ, पिँढ नभएको गहिरो खाल्डो माथि एउटा त्यान्द्रोमा तिमी झुण्डिरहेका छौ ? जुवामा जितेकाले मातिएका छौ, त्यसैले तिमीले देख्दैनौ तर बिनासले तिमीलाई निल्ने छ ।” दुर्योधनलाई हपारी सके छि सभा तिर हेरेर बिदुरले भन्न लागे –“ युधिष्ठिरले अघिबाटै आफुलाई हारी सकेकोले त्यस पछि अरु केही पनि बाजि थाप्ने अधिकार उस्मा थिएन (#॥पहिला नै किन नरोकेको त बिदुरजी ?॥)।  अत: पान्चाली (द्रौपदी)लाई जुवामा थाप्ने अधिकार नै थिएन । (#॥मतलब अबैध । घोषित किन नगेरको ? निर्णायक मण्डलिमा को को थिए ?॥)। मलाई लाग्छ कौरबहरुको सर्बनाशको दिन अवस्यम्भावि छ, आफ्ना साथिहरु र शुभ-चिन्तकहरुको कुरा नसुनेर धृतराष्ट्रका छोराहरु नर्कको बाटो तिर लम्किरहेका छन् ।” (#॥भीष्मले धृतराष्ट्रलाई नबनाई पाण्डुलाई राजा बनाएको यो नतिजा हो । महाभारतका सबै कारणहरु त्यसैको नतिजा । त्यति बेला राजा हुन लायक थिएन त अहिले कसरी लायक भयो त ?॥)।
बिदुरको कुरा सुनेर दुर्योधनलाई रीस उठ्यो (#॥स्वभाविक, धृतराष्ट्र पछि राजा हुने युबराजधिराजलाई मंत्रिले नटेरे पछि, काका नै भए पनि॥)। आफ्नो सारथी प्रथिकामी तिर हेरेर भने –“बिदुरले हाम्रो इर्षा गर्छ । पाण्डवहरु देखि उ डराउँछ । तर तिमी फरक छौ । तुरुन्तै गएर द्रौपदीलाई लिएर आउ ।”
२६ द्रौपदीको ब्यथा

post 25 निमन्त्रणा

२४ निमन्त्रणा
Ratnaman Dongol
धृतराष्ट्र कहाँ दुर्योधन र शकुनि गए । शकुनिले कुरा उठायो । त्यसले भन्यो – “महाराज, दुर्योधन दु:ख र चिन्ताले गलेको छ । उनको असह्य दु:खलाई तपाईँले हेर्नु नै भएको छैन । त्यसो किन भयो ?” । आफ्ना छोरालाई माया गर्ने भएका धृतराष्ट्रले दुर्योधनलाई छातीमा लगाएर भने – “तिमी यसरी अशान्त हुनु परेको कारण मलाई थाहा छैन । तिमीले सुख भोग नगरेको कुरा यहाँ के छ र ?  जम्मै संसार नै तिम्रो चरणमा छ । देवताहरुको जस्तै सबै किसिमका सुख भोग्य बस्तुहरु तिम्रो वरि परि भएको बेला तिमी किन दु:खले झोक्रिन परेको ?  राम्रा राम्रा गुरुहरुबाट तिमीले बेदहरु, धनुर्बिद्या तथा अनेक शास्त्रहरु पढेका छौ । तिमी मेरा जेठा छोरा भएकोले यो गद्दीको उत्तराधिकारी पनि तिमी नै हौ । तिमीलाई अब अरु के इच्छा छ , मलाई भन ।” दुर्योधनले जवाफमा भने –“पिताजी, धनी र गरीब जो सुकैले जस्तै मैले पनि खाएको लाएको छु । तर बाँचि रहन असह्य भएको छ । यस्तो भै बाँचिरहनुमा के फायदा छ र ?
 त्यस पछि उनको मुटु खाने गरी रहेका डाह, बैमनष्यता र जीवनलाई खल्लो पारेका दु:खको कुरा बिस्तृत रुपमा बर्णन गर्न थाले । आफ्नो कुरा सबै हराएमा हुने दु:ख भन्दा पनि उलाई नराम्रो लागेको कुरा पाणडवहरुको राज्यमा उनले देखेका प्रगतिको सङ्केत गरे । उनले झोक्किएर भने –“भाग्यको कुरा हो भनि चुप लागेर सन्तोष मानि बस्नु क्षत्रीय गुण होइन । डर र करुणाले राजाको गरिमा घट्छ । मैले युधिष्ठिरको उत्तरोतर प्रगति देखे देखि मेरो धन, सम्पति, सुख र चयनले केहि पनि चित्त बुझाएको छैन । महाराज, पाण्डवहरुको बिस्तार भएको छ भने हामीहरु खुम्चिएका छौँ ।” धृतराष्ट्रले दुर्योधनलाई भन्यो –“प्रिय बालक, तिमी मेरा बडा महारानी र मेरा जेठा छोरा हौ, हाम्रो नामि बंश र गौरबका हकदार पनि तिमी नै हौ । पाण्डवहरु सितको रीस इविलाई बढावा नगर्नु, नाता कुटुम्ब सितको दुष्मनीको ठूलो परिणाम दु:ख र काल हुने छ, खास गरेर जब उनीहरु निर्दोष छन् भने । तिमीले निष्पापी युधिष्ठिरलाई किन मन नपराएको मलाई भन ? उनको प्रगति भनेको हाम्रो पनि होइन र ? हाम्रा मित्रहरु उनिहरुको पनि मित्र हुन । हामीहरु प्रति उनिहरुको रती भर पनि रीस, इबी र डाहा छैन । तिमी बिरता र पुर्खौलीमा उनकै बराबरीका छौ । आफ्नै दाजु भाइहरु सित तिमीले किन रीस इबी लिनु पर्ने, डाहा गर्नु पर्ने ? हुँदेन, तिमीले उनिहरु प्रति डाह गर्नु हुँदेन ।”
छोराहरुलाई धेरै मन पराउने भएका बृद्ध राजाले कहिले काँही नहिच किचाई आफुलाई ठिक लागेको कुरा भन्ने गर्दथे  । दुर्योधनले आफ्नो बाबुको उपदेश बिलकुलै मन पराएनन् । उनको जवाफ पनि खासै आदरको थिएन । उनले जवाफ दियो –“बिद्यामा डुबेका तर अक्कल / बुद्धि नभएका मानिस, स्वादिलो पनि नभएको र फायदा पनि नगर्ने दुर्गन्धि खानामा डुबाई राखेको काठको डारु जस्तै हुन्छ । तपाईँ सित राज काज चलाउने बुद्धि धेरे छ तर राष्ट्रको ज्ञान बिल्कुलै छैन, जुन कुरा मलाई भन्नु भएको उपदेशबाट स्पष्ट हुन्छ । बिश्वको मार्ग एउटा छ भने, राज्यको शासन गर्ने तरिका अर्कै हुन्छ । बृहस्पतिले भनेका छन् –“सहेर बस्नु र सन्तोष भएर रहनु साधारण मानिसको धर्म हो । राजाहरुको होइन । क्षत्रीयको कर्म बिजयको खोजि गर्दै जाने हो ।”
राजनितिका सिद्धान्तहरु बताएर, उदाहरणहरु दिएर, खराब कुरालाई राम्रो भावनाको गराएर दुर्योधले बोलेका थिए । तद् अन्त्तर शकुनिले बिचमा आइ युदिष्ठिरलाई पासा खेल्न बोलाउने, उनलाई पूर्ण रुपले पराजित गर्ने र उनको भए जति सबै जितेर लिने पक्का षडयन्त्रको बिस्तृत बिस्तार गरेर बोले –“तपाईँले कुन्तीको छोरालाई पासा खेल्न निमन्त्रणा मात्र गरे पुग्छ । बाँकि सब काम मेरोमा छाडी दिनुस् ।” भनेर कुरा बटारे । दुर्योधनले कुरा थपे –“यदि तपाईँले युधिष्ठिरलाई पासा खेल्न बोलाउने काम मात्र गर्नु भयो भने, शकुनि मामाले युद्ध नगरिकन पाण्डवहरुको सबै धन सम्पति मलाई जिताई दिनु हुने छ ।” धृतराष्ट्रले दुर्योधनलाई भने –“तिम्रो सुझाव राम्रो देखिन्न । यस बारे बिदुर संग सोध्नु पर्छ । उनले हामीलाई राम्रो सल्लाहा दिने छ ।” तर बिदुरसंग सल्लाहा लिने भनेको कुरा दुर्योधनले मानेनन् । उनले बाबु संग भने – “बिदुरले नैतिकका मामुलि कुरा मात्र बताउने छ । त्यसबाट हाम्रो उद्देश्य पूरा गर्न काम दिने छैन । राजाको राजनिति पाठ्य पुस्तकको मीठो तत्व देखि धेरै टाढा हुनु पर्छ ।  धृढ हुने मात्र सफलताको परिक्षणमा उतीर्ण हुन्छ । फेरि बिदुर काकाले मलाई मन पराउनु हुन्न । पाण्डवहरुको पक्षपात गर्दछ । मलाई जस्तै यो कुरा तपाईँलाई पनि थाहा भएकै कुरा हो
धृतराष्ट्रले भने –“पाण्डवहरु बलिया छन् । उनिहरुलाई शत्रु बनाउनु बुद्धिमानि होइन । पासाको खेलले दुष्मनी उब्जाउने छ । पासाको खेलबाट निस्कने जोश ज्यादै भयानक हुने छ । हामीले यस कार्य गर्नु हुँदैन ।” तर दुर्योधन टेर्ने वाला थिएन । उनले भने –“बुद्धिमानी राजनिति भनेको सबै डर त्रासलाई हटाई आफ्नै प्रयत्नले आफुलाई रक्षा गर्नु हो । अहिले हामीहरु उनीहरु भन्दा धेरै शक्तिशालि भएको बेला सो प्रस्तावलाई अगाडि बढाउनु पर्दैन र ? वास्तविक दूरदर्शिता त्यसैमा हुने छ । मौका फेरी फेरी आउँदैन, गुमे पछि गुम्यो गुम्यो । पाण्डवहरुलाई बिगार्न भनि पासाको खेल हामीले आबिष्कार गरेको होइन । समय बिताउनको लागि क्षत्रीयहरुले जहिले पनि खेल्दै आएको खेल हो । यदि यस खेलले रक्त पात बिना हामीलाई जिताई दिए भने हानि के छ र ?”
धृतराष्ट्रले जवाफ दिए –“प्रिय पुत्र, म बुढो भै सकेको छु । तिमीलाई जे मन लाग्छ गर  । तर तिमीले गर्न लागेको कुरा मलाई निको लागेको छैन । मलाई पूरा बिश्वास छ कि तिमीहरुले पछि पछताउनु पर्ने छ । यो तक्दीरको फलको कुरा हो ।” अन्तमा बहस गर्दा गर्दै थकित भएर धृतराष्ट्रले दुर्योधनलाई मनाउन नसकेर सो प्रस्ताव स्वीकार गरे । र, जुवा खेल्ने स्थल तयार गर्न लगाए ।
तै पनि उनले गोप्य रुपमा बिदुरको सल्लाहा लिन छोड्न सकेन । बिदुरले भने –“महाराज, यस्ले शान्त गर्न नसकिने बैमनश्यता उत्पन्न गराएर निश्चय नै हाम्रो कुलको नाश गर्ने छ ।” छोराको मागलाई रोक्न नसक्ने धृतराष्ट्रले भने –“यदि भाग्यले हामीलाई साथ दियो भने मलाई यस खेलको डर छैन, यदि बिपरीत भयो भने हामीले के गर्न सक्छौँ ? किन भने भाग्य नै सर्ब शक्तिमान छ । जाउ युधिष्ठिरलाई मेरो तर्फबाट पासा खेल्नको लागि निमन्त्रणा दिएर आउ ।”
यस्तो आज्ञा पाएर बिदुर निम्तो दिन युधिष्ठिर कहाँ गए । कमजोर बुद्धि भएका त्यस धृतराष्ट्रले सो कुरा तक्दीरबाट नै भएको भन्ने थाहा भएर पनि मोहमा परेर छोराको संसर्गले गर्दा उनको आकांक्षालाई समर्थन गरेका थिए ।         क्रमश: २५ बाजी जुवा  (पासाको खेल)