Tuesday, November 12, 2013

६६ दोश्रो दिनको युद्ध

६६ दोश्रो दिनको युद्ध

रत्न मान डंगोल

युद्धको पहिलो दिन पाण्डव सेनालाई नराम्रो भएकोले सेनामुख दृष्टद्युम्नले सो दोहरिन नदिन प्रकृयाहरुको तजबिज गरे । दोस्रो दिनमा धेरै राम्रो गरी सेनालाई युद्ध रचनामा मिलाए । आत्म बिश्वास पैदा गर्न सब थोक मिलाएको थियो । प्रथम दिनमा सफल भएकोबाट गर्ब गरेका दुर्योधन सेनाको माझमा बसेर आफ्ना सेनाहरुलाई सम्बोधन गरेर भने –"युद्धका बीरहरु ! हाम्रो विजय निश्चित भएको छ । युद्ध गर । ज्यानको परवाह नगर ।" दोस्रो दिन पनि भीष्मले हाँकेका कौरब सेनाले फेरि पाण्डव सेनालाई भयंकर आक्रमण गरी ठूलो क्षति पु-यायो र पाण्डवहरुको सेना रचना बिगारेका थिए । अर्जुनले सारथि कृष्णलाई हरेर भने –"यदि हामीहरु यसरि नै बस्यौँ भने पितामहले हाम्रो सम्पूर्ण सेनालाई नाश गर्ने छ । यदि हामीले भीष्मलाई मारेनौँ भने मलाई डर लागेको छ कि हामीले हाम्रो सेनालाई बचाउन सक्ने छैनौँ ।" (#॥कस्ले मार्ने भीष्मलाई ? कृष्णले पनि मार्न सक्तैन॥)। कृष्णले भन्यो –"धनन्जय, त्यसो भए तयार होउ । पितामहको रथ त्यहिँ छ ।" कृष्णले रथ भीष्म भए तिर दौडाए । रथ छिटो छिटो बढाएर भीष्मको रथ भए तिर लगे । पितामहले चुनौतिलाई स्वागत गर्न बाणहरु छोडे । सतर्क भएर पितामहको रक्षा गर्न र कहिल्यै उनलाई बिपदमा पर्न नदिन दुर्योधनले आफ्ना मानिसहरुलाई आदेश दिए । त्यसै अनुरूप तुरुन्तै लडाकुहरु पितामहलाई सहयोग गर्न पुगे । सबै मिलेर अर्जुनलाई आक्रमण गरे । कुनै कुराको परवाह नगरि अर्जुनले सबैको सामना गरे । सबैलाई थाहा भएकै कुरा हो कि अर्जुन सित टक्कर लिएर भिड्न सक्नेहरु तीन जना मात्र थिए – भीष्म, द्रोण र कर्ण । (#॥अर्जुनलाई क्षति पु-याउने त कर्णमात्रै न हो तर उ पनि यस बेला युद्धमा नभएकोले अर्जुन त सुरक्षित नै भए, नैतिक दृष्टिकोणले कर्णले पनि अर्जुनलाई मार्न चाहँदैन थिए किन भने कुन्ती दुबैको आमा भएकोले ।॥)। भीष्मको सहायता गर्न आएका सबै लडहाकुहरुलाई बिचैमा रोकि दिए । यस बेला उनले आफ्नो महान धनुष यसरि धारण गरेका थिए कि त्यो देखेर सेनाका सबै सेनाध्यक्षहरुले प्रशंसा गरेका थिए । उनको रथ बिजुलि चम्के जस्तै चम्केर शत्रु पक्षका फौजहरुलाई छ्याल्ल ब्याल्ल पारेर यताउता छिटो छिटो उफ्रेको जस्तो देखिएको थियो र सो देख्दा सबैको आँखा नै तिरमिराएको थियो । सो भिडन्त हेरी रहेका दुर्योधनको मुटुमा ढ्याङ्ग्रो बज्यो । भीष्म प्रति उनको बिश्वास दग मगायो । दुर्योधनले भन्यो – "हे गंगा पुत्र, तपाईँ  र द्रोण जिवित भै लडिरहेको बेलामा पनि कृष्ण र अर्जुन मिलेर गरी रहेको यस भयंकर हमलाले हाम्रो सबै सेनालाई नाश गर्ने छ । मेरो सेवामा सबै भन्दा पक्का भएका मेरो मित्र कर्ण यस बेला तपाईँकै कारणले युद्धबाट अलग्ग भएर रहेको छ । (#॥हे दुर्योधन, झट्ट हेर्दा त्यसो देखिएता पनि बास्तवमा उनि किन लड्न नचाहेको ? बिचार गर है बिचार !॥)। तपाईले फाल्गुन (अर्जुन)लाई नाश गर्ने कदम छिटै चाल्नु होला जस्तो मलाई लागेको छैन, मलाई शंका लागेको छ ।"  (#॥हे दुर्योधन, किन भीष्मले पाण्डवहरुलाई नाश गर्दिन भनेको कुरा बिर्सियौ ?॥)
भीष्म र अर्जुनको भिडन्त हेर्न देवताहरु आए । विश्वका सबै भन्दा महान योद्धाहरु यिनै दुईजना थिए । दुबैको रथहरु सेता घोडाहरु द्वारा तानिएका थिए । दुबै पक्षबाट अनगिन्ति बाणहरु बर्षाएका थिए । आकाशमा बाणहरु संग बाणहरु जोतिएका थिए । कुनै बेला पितामहका बाणहरुले अर्जुन र माधवको छातिमा लागेको थियो । राता राता पलासको फूलहरु भरिएको हरियो फलामको रूख जस्तै कृष्ण उभिएको बेला बगिरहेको रगतले पहिलेको भन्दा शोभा झन बढेको थियो । प्रिय सारथिलाई बाण लागेको देखे पछि अर्जुनको क्रोध झन् बढ्यो र भीष्मलाई खूब ताकेर अर्जुनले बाण हाने । दुबै लडाकुहरु बराबरीका थिए । युद्ध धेरै बेर सम्म चलि रह्यो । एकातिर त्यो महान दृष्य थियो भने आर्कोतिर द्रोण र दृष्टद्युम्नका बिच घमासान युद्ध भइरहेको थियो । द्रोणको आक्रमण शक्तिशालि थियो । दृष्टद्युम्न नराम्रोसित घाइते भएको थियो । तर उनले त्यतिकै साहस गरी बदला लिए । दाह्रा किटेर दृष्टद्युम्नले द्रोणलाई बाणहरु हाने, गदाहरुले प्रहार गरे । द्रोणले पनि ठूलो दक्षताका साथ आत्म रक्षा गरेका थिए । बाणहरुले उनलाई प्रहार गरेका तीखा तीखा हतियारहरु र ओजनदार गदाहरुलाई उनले आकाशमा नै रोकेर तोडफोड गरी दिएका थिए । धेरै पटक दृष्टद्युम्नको धनुष द्रोणले बाणहरु द्वारा भँचि दिएका थिए । द्रोणको एउटा बाणले पञ्चाल राजकुमार दृष्टद्युम्नको सारथिलाई मारि दिए ।(#॥धिक्कार द्रोण, सारथिलाई मार्ने ॥)। त्यसो भए पछि दृष्टद्युम्न गदा लिएर रथबाट हाम्फालेर पैदलै अघि बढ्यो । द्रोणले बाण हानेर त्यस गदालाई फुटाई दियो । अनि दृष्टद्युम्न तरबार झिकेर हाथीको सिकार गर्ने सिँह झैँ उफ्रेर अघि बढे । तर द्रोणले उनलाई सिथिल पारी उनलाई अघि बढन रोकि दियो । (#॥किन नमारेको ? किन भने तिमीले पनि चाहेका छौ कि दृष्टद्युम्नको हातबाट तिम्रो हत्या होस् र पाण्डवहरुको विजय होस् ।॥)। तर त्यहि नै बेला भिमले दृष्टद्युम्नको दुरदशा देखेर द्रोण माथि बाणहरु बर्षाए, दृष्टद्युम्नलाई बचाएर रथमा राखेर लगेका थिए । (॥#त्यसो होस भन्ने नै द्रोणले चाहेको थियो नत्र कस्ले दृष्टद्युम्नलाई द्रोणबाट बचाउन सक्ने ? ॥)। दुर्योधनले सो देखेर भिमसेन सित भिडन कलिङ्गका फौजहरु पठाए । भीमले कलिङ्गका धेरै फौजहरुलाई मारि दिए । उनि काल जस्तै भएर शत्रु तिर गएर तिनीहरुलाई ढालि दिए । त्यो संहार यस्तो भयंकर थियो कि जम्मै फौज डरले काँपेका थिए । त्यो देखे पछि कलिङ्गहरुलाई बचाउन भीष्म आए । सत्यकि, अभिमन्यु र अरुहरु भीमको सहायता गर्न आइपुगे । सत्यकिको एउटा हनाईले भीष्मको रथको सारथिलाई (#॥नियम विपरित॥) खसालि दियो, यस पश्चात भीष्मको रथका घोडाहरु यस्तो तर्से कि उनिहरुलाई नियन्त्रण गर्न असंभव भयो । उनका घोडाहरु बेतोडले दौडन थाले । भिष्मले थाम्न नसक्ने गरी रथलाई युद्ध स्थलबाट नदेखिने गरी दौडाएर लगे । भिष्मको रथ युद्ध स्थलबाट यसरी बपत्ता भएको देखेर पाण्डवहरु र अरुहरु जोशले उन्मत्त भए, दंग भए । यस अवसरको फायदा उठाएर पाण्डव पक्षकाहरुले कौरब सेना माथि भिषण आक्रमण गरे । बिशेष गरी अर्जुनको पराक्रमले गर्दा यस दिन कौरब सेनाको ठूलो क्षति भएको थियो । कौरब सेनाका सेनापतिहरु अति बिचलित भए । तिनीहरुको अघिल्लो दिनको जोशहरु सबै हराएको थियो । दोस्रो दिनको युद्ध कहिले अन्त हुने हो भनि तिनिहरुले कौटुहल पूर्बक कहिले अस्ताउने होला भनि सूर्य तिर हेर्न लागेका थिए । पश्चिम दिशातिर घाम अस्ताउन लागे पछि भीष्मले द्रोणलाई भने –"अहिले हामीले युद्ध बन्द गर्नु राम्रो हुने छ । हाम्रा फौजहरु हतोत्साह भएर थाकेका छन् ।" पाण्डवहरुको पक्षमा धनन्जय र अरुहरु बाजा बजाएर हर्ष गरी आफ्नो शिबिर तिर लागे । पहिलो दिनमा पाण्डवहरुको अवस्था भए जस्तै दोश्रो दिनको युद्धमा कौरबहरुको अवस्था भएको थियो ।

क्रमश:
६७ तेश्रो दिनको युद्ध
रत्न मान डंगोल





Saturday, November 2, 2013

६५ पहिलो दिनको युद्ध

६५ पहिलो दिनको युद्ध
(के को लागि कृष्णले लडाईँ गराएको त ? नाजायजको लागि, ठिकलाई बेठिक, र बेठिकलाई ठिक गराउन सकिन्छ भन्ने शिद्ध गर्न ?)

रत्न मान डंगोल

दुशासनले कौरब सेना र भीमसेनले पाण्डव सेना हाँकेका थिए । युद्धको कोलाहल गुञ्जियो । आकाश थर्कियो । ढोलहरु, सिँगहरु, शंखहरु र बिकुलहरु खलबल हुने गरी बज्यो । कोलाहलले कान खायो । घोडाहरुले चित्कार गरे । उन्मत्त हाथीहरुले तीखो स्वर गरी बिकुल बजाए । लडाकुहरुले सिंहनाद गरेर आवाज निकाले । बाणहरु उज्वल उल्काहरु जस्तै आकाशबाट बर्सिन थाले । बाबु, छोरा, काका भतिजाहरुले पहिलेको प्रेम र सम्बन्धहरु बिर्सेर आफुमा आफुमा काटमार गर्न थाले । प्रचण्ड हत्या काण्ड भए ।
पहिलो दिनको मध्यान्ह कालमा पाण्डवसेनाहरु नराम्रो सित सिथिल बएका थिए । भीष्मको रथ जहाँ जहाँ गयो त्यहाँ त्यहाँ संहारको नृत्य जस्तै  बञो । अभिमन्युले सो सहन सकेन र उनले पितामहलाई आक्मण गरे । सब भन्दा जेठा र सबै भन्दा कान्छाको बिच युद्ध भएको बेला त्यस द्वन्द युद्ध हेर्न देबताहरु पनि आएका थिए । अभिमन्युको रथमा सुबर्णको कर्णिकार रुख देखिने ध्वजा उज्वल भएर फरफराएको थियो । उनको एउटा बाण कृतबर्मालाई लाग्यो, शल्यलाई पाँच चोटी र भीष्मलाई नै नौ चोटी लागेको थियो । तरबारको धार जस्तो भएको अभिमन्युको बाणहरु मध्य एउटा बाणले दुरमुखको सारथिलाई लाग्यो, उनको छेदन भएको टाउको जमिनमा गुट मुटिएको थियो । अर्को बाणले कृपाको बाणलाई भाँचि दियो । तमाशा हेर्न आएका देबताहरुले अभिमन्युको पराक्रममा फूल बर्साएका थिए । भीष्म र अन्य बीरहरुले अभिमन्युको प्रशंसा गर्दै ठूलो स्वरले भन्यो –" साँचै नै धनन्जयको सुयोग्य पुत्र भएको रहेछ" । तद अन्तर कौरब सेनाहरुले त्यस बीर नवयुबक उपर संयुक्त आक्रमण गरे, तर उनिहरु सबैको अगाडि उनि अडिक भएर बसेका थिए । भीष्मले प्रहार गरेका सबै बाणहरुलाई अभिमन्युले काटेका थिए । उनले खूब ताकेर हानेको एउटा बाणले ताडिको रुख भएको भीष्मको ध्वजालाई पतन गरिदिए । त्यो देखेर भीमसेनले अति हर्ष गरेर बीर भतिजालाई आर्को प्रोत्साहन दिनको लागि सिँहनाद गरेका थिए ।
बीर बालकको बहादुरी देखेर पितामहलाई ठूलो हर्ष भयो । इच्छा नहुँदा नहुँदै पनि त्यस बालक माथि पूर्ण बल लगाएर भीष्मले आक्रमण गर्नु परेको थियो । त्यस नव युबक बीर अभिमन्युलाई भरोसा दिन  बिराट, उनका छोरा उत्तर, द्रुपदका छोरा दृष्टद्युम्न र भीम आए । सबै मिलेर पितामहलाई आक्रमण गरे र भीष्मको ध्यान अभिमन्युबाट हटाए । बिराटको छोरा उत्तरले हाथीमा आरोहण गरेर शल्य माथि भयानक आक्रमण गरे । शल्यका रथका घोडाहरु मरे । त्यसो भए पछि शल्यले उत्तरलाई गदाले प्रहार गरे । गदा उत्तरको छातिमा नै लाग्यो । उत्तरको गदा हातबाट खस्यो र उनि लडेर म-यो । तर हाथी हटेर गएन । त्यस्ले हमला गर्दै रह्यो । तर शल्यले त्यसको सूँढ काटी शरीरको धेरै ठाउँहरुमा बाणहरुले प्रहार गरे । अनी त्यो हाथी ठूलो स्वरले करायो र म-यो । शल्यले कृतबर्माको रथ चढेका थिए ।
बिराटको जेठो छोरा श्वेतले आफ्नो भाइ उत्तर मरेको देखे । घ्यु होमेको आगो जस्तै उनको क्रोध उठ्यो । उनले शल्य तिर रथ बढायो ।  तुरुन्तै शल्यको सहायता गर्न रथ चढी सात जना बीरहरु आइपुगे । चारै तिर बाट उनिहरुले शैल्यको रक्षा गरेका थिए । श्वेत उपर उनिहरुले बाणहरु ओहि-याय । शस्त्रहरु बादलमा बिजुलि चम्के जस्तै चम्केका थिए । अपूर्ब सित श्वेतले आफ्नो रक्षा गरेका थिए । श्वेतले शत्रुका सबै बाणहरु बिचैमा रोकिदिएका थिए । उनि माथि प्रहार गरेका गदाहरु पनि सबै काटी दिएका थिए । श्वेतले देखाएको कार्य कुसलतामा दुबै पक्षका योद्धाहरु छक्क परेका थिए । सो बेला दुर्योधनले कुनै समय गुमाएन । शल्यलाई बचाउन फौजहरु पठाएदिए । त्यहाँ धुनधानको युद्ध भयो । हजारौँ सिपाहिहरुको नाश भयो । ध्वस्त भएका रथहरु र मरेका हाथी घोडाहरु अनगिन्ति थिए । दुर्योधनका मानिसहरुलाई भगाउन शवेत सफल भए । अघि बढेर भीष्मलाई आक्रमण गरे । श्वेतले भीष्मको झण्डा खसालिदिए । भीष्मले पनि श्वेतको घोडा र सारथिलाई मारिदिए । (#॥उल्लु भीष्म, सारथिलाई आक्रमण गर्न पाईन्छ र ?॥)। त्यस पछि तिनीहरुले परसपरमा गदा प्रहार गरी युद्ध गरे । श्वेतले गदा रिङ्ग्याएर भीष्म माथि प्रहार गरे । रथ चूर्ण भयो । तर पितामह गदा रथमा लाग्नु अगाडि नै त्यसो हुन्छ भनेर जानेर रथबाट हाम्फालेका थिए । जमिनबाटै धनुष कान सम्म खिचेर भीष्मले श्वेतलाई सांघातिक बाणले हमला गरे । श्वेतलाई सो बाणले लाग्यो र ढली म-यो । दुशासन सिँग फुकेर खुशि भै नाचे । त्यस पछि भीष्मले पाण्डव सेना माथि ठूलो आक्रमण गरे । (#॥ हे भिष्म, किन निर्दोषलाई मारेको ? जब कि पाण्डवहरुलाई मार्नु नै छैन भने ? लडाईँ जित्नु नै छैन भने ? !!॥)।
प्रथम दिनको युद्धमा पाण्ढवहरुको फौजले ठूलो दु:ख पाएको थियो । यता धर्म पुत्रलाई ठूलो चिन्ता लागेको थियो भने उता दुर्योधनको खुशिको सिमाना थिएन । पाण्डवहरु कृष्ण कहाँ आएर दु:खको छलफलमा लागेका थिए । "भरतबंशका नायक" भनि कृष्णले युधिष्ठिरलाई भन्यो –'नडराउनुस, भगवानले तपाईँलाई बीर भ्राताहरु दिनु भएको छ । तपाईँ किन शंका उपशंका गर्नु हुन्छ ? । म छु, सत्यकि, बिराट, द्रुपद हुनु हुन्छ र दृष्टद्युम्न पनि छन् । तपाईँले दु:ख मान्नु पर्ने कारण केहि छैन । पूर्ब निश्चित शिकार भीष्मलाई पर्खि बसेका शिखण्डिलाई तपाईँले बिर्सनु भएको छ । युद्धमा भएका घटनाहरु देखेर वाक्क मानेर बाँचिरहने इच्छा भीष्ममा हराओस् र मर्ने इच्छा जागेर आउने दिनको प्रतिक्षा गर्नुस" कृष्णले युधिष्ठिरलाई यसरी धैर्य गराएका थिए ।


क्रमश:
६६ दोश्रो दिनको युद्ध
रत्न मान डंगोल

Friday, November 1, 2013

६४ युधिष्ठिर आशिष माग्न जान्छ (Yudhisthir seeks benediction)

६४ युधिष्ठिर आशिष माग्न जान्छ (Yudhisthir seeks benediction)
(चाकडी देखाउन – तपाईँहरु हारेर भए पनि हामीलाई जिताउनुस्)

रत्न मान डंगोल
युद्ध शुरु गर्न सबै तयार भए । युद्ध शुरु हुन लागेकै बेलामा पाण्डुका बहादुर पुत्र (#॥हैन, कुन्तीका नाथो पोई यमराजको छोरा ॥) युधिष्ठिर एकाएक कवच फुकालेर, हतियारहरु छोडी रथबाट ओर्लेर कौरब सेनाहरुको अधिपतिहरुतिर लम्केर गए । सो दृष्य दुबै तर्फका सेनाहरुले अचम्म मानेर ट्वाल्ल परेर हेरेर बसे । ' "युधिष्ठिरले के गर्न लागिरहेको छ" भनि पाण्डवतर्फका सबै जनाले एक अर्कालाई भने । यसरी युधिष्ठिर अचानक चुप चाप हिँडेकोले सबैजना अन्योलमा परेका थिए । धनन्जय पनि अन्योलामा परे । रथबाट हाम्फाली युधिष्ठिर तिर दौडदैँ गए । अरु भाइहरु र कृष्ण पनि गए । युधिष्ठिरले शायद आफ्नो स्वभाविक आकाँक्षमा लागेर कुनै शर्तमा मिलाप गर्ने अचानकको निर्णय गरेर त्यही कुरा भन्न गइरहेको हो कि भनेर तिनीहरुले शंका गरेका थिए ।
अर्जुनले युधिष्ठिरलाई भन्यो – "हे राजन्, तपाईँ  किन यसरी अनौठो ढंगले शत्रुको सेना तर्फ गई रहनु भएको ? तपाईँले हामीलाई केहि पनि भन्नु भएको छैन । शत्रु युद्ध गर्न तयार भएको छ । तिनीहरु कवच लगाएर शस्त्र उठाएर बसेका छन् । तर तपाईँ चाहिँ कवच फुकालेर, हतियारहरु छोडेर पैदल अगाडि बढेर जानु भै रहनु भएको छ । तपाईँ के गर्न लाग्नु भएको छ हामीलाई भन्नुस् ।" तर युधिष्ठिर गहिरो बिचारमा डुबेर चुपचाप अघि बढ्दै गएका थिए । मानिसका हृदयको कुरा जान्ने भएका कृष्णले हाँसेर भन्यो –"उनि यो संघातिक युद्ध शुरु गर्नु ऊगाडि जेठा बाठाहरुको आशिर्बाद लिन गई रहेको हो । रित पूर्बक यस्तो आशिष र आज्ञा निलिइकन यस्ता गंम्भिर कार्य शुरु गर्नु उनलाई अनुचित भन्ने लागेको छ । उनि आशिर्बाद लिन पितामह, द्रोण कहाँ जाँदैछ । त्यसैले उनि निशस्त्रभएर हिँडेको हो । उनले यसो गर्नु उचित पनि छ । यस युद्धमा फायदा उठाउनको लागि  शायद यहि तरिका नै ठिक छ ।"
निहुरेर हात जोडेर आईरहेका युधिष्ठिरलाई दुर्योधनका सेनाका मानिसहरुले देखेको बेला तिनिहरुले बिचार ग-यो 'हाम्रो फौज देखेर डराएर पाण्डवहरु शान्ति माग्न यहाँ आइरहेको छ । साँचिनै यस मानिसले क्षत्रिय बंशको इज्जत फालेको छ । यस कायर मानिस हाम्रा माझमा किन जन्मेको होला ?' प्रहार नगरी विजय हुने चिताएर हर्ष मानी तिनीहरुले आफु आफुमा यसरी युधिष्ठिरको खिसी गर्दै कुरा गरेका थिए । शिर देखि पाइताला सम्म सुसज्जित सुरक्षा सेनाको बिचबाट युधिष्ठिर गए । सीधै भीष्म बसेको ठाउँमा गए । निहुरेर उनको चरण छोएर प्रणाम गरेर युधिष्ठिरले भने –"पितामह, युद्ध शुरु गर्न हामीलाई आज्ञा दिनुस । अजय तथा बेजोड हाम्रा पितामह तपाईँसित युद्ध गर्न हामीले आँटेका छौँ । युद्ध शुरु गर्नु अघि हामी तपाईँको आशिर्बाद चाहन्छौँ ।" पितामहले जवाफ दिए –"पुत्र, भरत कुलमा जन्मेका तिमीले हाम्रो चलिआएको नीति अनुसार सुहाउँदो कार्य गरेका छौ । यो देखेर मलाई खुशि लागेको छ । युद्ध गर तिम्रो जीत हुने छ । म स्वाबलम्बी स्वतन्त्र कार्यकर्ता होइन । म राजाको अधिनमा रहेको छु त्यसैले कौरबको पक्षबाट युद्ध गर्न बाध्य छु । तर तिंमी पराजय हुने छैनौ ।" (#॥युधिष्ठिर भरत कुलको कसरी भयो ? यम कुलको होइन र ? नजित्ने भए पछि किन दुर्योधनलाई गद्दारी गर्दैछौ ? किन कुन्तीका छोराहरुको पक्ष लिन परेको ?॥)
यसरी पितामहको आज्ञा र आशिर्बाद पाए पछि युधिष्ठिर द।रोण कहाँ गए । आचार्यलाई रीत पूर्बक परिक्रमा गरेर ढोग गरे । उनले पनि आशिर्बाद दिएर भने –" ओ धर्मराज पुत्र, म कौरबको उम्कनै नसक्ने करकापमा परेको छु । हाम्रा स्वभाविक स्वार्थले मलाई कौरबको कमारो तुल्याएको छ । उही हाम्रो मालिक भएको छ । यसरी म कौरबहरुसंग बाँधिएको हुनु परेको छ । मलाई तिनीहरुको पक्ष भै लड्नु परेको छ । तर जीत चाहिँ तिम्रै हुने छ ।" (#॥युधिष्ठिर पाण्डु पुत्र है भनेर थाहा रहेछ नि, त उस्को पक्ष किन लिन परेको ? आफु नजित्ने भए किन युद्ध गर्ने, ? आफु हारेर नालायक, अधर्मी को लागी ? त्यो पनि तुक्ष कुराको लागि ?॥) त्यसै गरी युधिष्ठिर कृपाचार्य र मामा शल्य कहाँ गएर उनिहरुको पनि आशिर्बाद लिएर आफ्नो सेना तर्फ फर्के ।
बाराबरीका शस्त्र धारण गरेका मुख्य मुख्य सेनाध्यक्षहरुको बिच द्वन्द युद्ध गरेर युद्ध शुरु भयो । भीष्म र पार्थ, सत्यकि र कृतबर्मा, अभिमन्यु र बृहतबाल, युधिष्ठिर र शल्य र, दृष्टद्युम्न र द्रोणको बिचमा महा युद्ध भएको थियो । त्यस्तै हिसाबले हजारौँ युद्धाहरुले त्यस जमानाको रणनीति मुताबिक अलग अलग युद्ध गरे ।
प्रशिद्ध योद्धाहरुको बिच अनगिन्ति द्वन्द युद्धको अलावा साधारण सिपाहीहरुको बिचमा पनि बेपरवाहले युद्ध चल्यो । यस्ता  जथाभावि गरिने मारकाट हत्याकाण्डको युद्धलाई 'शंकुल युद्ध' भनिएको छ । कुरुषत्रमा त्यस्ता धेरै शंकुल युद्ध भएको थियो । अनगिन्ति मानिसहरु मारिएका थिए । रणभूमीमा मारिएका सिपाहीहरु, सारथीहरु, हाथीहरु, घोडाहरु इत्यादीका लाशहरुको थुप्रै दङ्गुरहरु भएको थियो । जमिनमा रगतको धाप जम्मा भएको थियो, त्यसमा रथहरु समेत चल्न नसक्ने भएको थियो । आधुनिक युद्धमा द्वन्द युद्ध भनेको हुँदैन । सबै शंकुल युद्ध हुन् ।
कौरबहरु भीष्मको अध्यक्षतामा दश दिन सम्म लडे । उनि पछि द्रोणले अध्यक्षता लिए । द्रोण मरे पछि कर्ण सेनापति भए । सत्रौँ दिनको युद्धको अन्त्य तिर कर्णको देहान्त भयो । अठारौँ र अन्तिम दिनको युद्धमा शल्यले कौरब सेनालाई हाँकेका थिए ।
युद्धको उत्तरार्धमा असभ्य तथा नियम बिरुद्धको कार्य पनि गरिएका थिए । रणनीति तथा प्रणाली त्यसै भंग हुँदैन । किनभने, मानिसको स्वभावमा भद्रता निहित भएको हुन्छ । तर, खास गरी लडेर थाकिएको बेला, बैमनष्यता र काटमारले सताइएको बेला मानिसहरुले थाम्न नसकिने किसिमको असजिलो भएको समस्याहरु र आकाँक्षाहरु उत्पन्न हुन्छन् । ठूला ठूला मानिसहरुले पनि भूल गर्छन् । पछिबाट त्यहि भूलहरु अरुहरुको लागि दृष्टान्त बनि दिन्छन् । अनि धर्मलाई सजिलै सित नमान्ने गराउँदछ । यसरी अत्याचार पैदा भएर अधर्मलाई पुस्ट्याईँ गर्छ । र, बिश्वलाई नै निर्दयी तुल्याई दिन्छ ।
क्रमश:
६५ प्रथम दिनको युद्ध /  रत्न मान डंगोल / (के को लागि कृष्णले लडाईँ गराएको त ?)
॥#महाभारतमा बरबरिक (आकाश भैरब) र भीमसेन पुत्र घटोट्कच बारे पनि कथा छन् सोध पुछ गरी जानकारी हासिल गर्नु होला ॥)



६३ कृष्णको शिक्षा (भागवत गीता Krishna's teaching – the Bhaagvat gitaa)

६३ कृष्णको शिक्षा (भागवत गीता Krishna's teaching – the Bhaagvat gitaa)

Ratna Man Dongol

            युद्धको लागि सब कुराको तयारी पूरा भयो । दुबै तर्फका सेनाहरु भेला भए । युद्धका परम्पराका नियमहरु मान्न आफु-आफुमा दुबै पक्ष तयार भएका थिए । युद्धमा गरिने ब्यबहारको नीति र युद्ध सन्चालनको तरिकाहरु समय समयमा बदलिन्छ । महाभारतको युद्धको समयमा जो चलेको थियो त्यही नियमहरु मनमा सम्झी राख्यो भने मात्र हामीले यस काब्यको मर्म बुझ्न सक्छौँ, होइन भने यस कथाको ठाउँ ठाउँमा शंका उपशंका भै रहन सक्छ ।
            जो घटेको छ त्यसबाट त्यसबाट पाठकले कुरु क्षेत्र युद्धमा हुन आएका युद्ध-नीतिको बिचार लिन सक्छ । प्रत्येक दिन सूर्य अस्ताए पछि युद्ध बन्द गरेर शत्रुको भाव त्यसै मेटिन्थ्यो । द्वन्द युद्ध बाराबरीको बिच मात्र हुन सक्दथियो । धर्ममा नमिलेको तरिका प्रयोग गर्न पाईँदैन थियो । भूमी छाडेर भागेकालाई आक्रमण गर्दैन थियो । घोड चढीले घोड चढीलाई मात्र आक्रमण गर्न पाइन्थ्यो । पैदल सिपाहीलाई घोड चढीले आक्रमण गर्न पाईँदैन थियो । त्यस्तै हिसाबले रथ चढीले र हाथीका फौजले शत्रु पक्षका त्यस्तै फौजहरुसित मात्र युद्ध गर्न पाईन्थ्यो । भागेका र आत्म समर्पण गरकाहरु सुरक्षित हुन्थे । युद्धमा संलग्नहरुले युद्ध शुरु नभएको बेला सम्म कसैले पनि एकार्कालाई शस्त्र प्रहार गर्न पाईँदैन थियो । निशस्त्र भएका अथवा ध्यान कतै लगाएर बसेका अथवा युद्ध क्षेत्रबाट भाग्न खोजिरहेका अथवा कवच नभएकाहरुलाई हत्या गर्न हुँदैन थियो । युद्ध नगर्ने नोकर चाकर, शङ्ख बजाउने अथवा ढोल बजाउनेहरुलाई बाण हान्ने गरेका थिएन । कौरबहरु र पाण्डवहरुले गंभिरता पूर्बक घोषणा गरेको र अपनाएका नीतिहरु यिनि नै थिए ।
समयको परिवर्तनले मानिसहरुका उचित अनुचित बिचारहरुमा धेरै नै अदल बदल भैसकेको देखा परेका छन् ।आधुनिक युद्ध नीतिमा आक्रमणबाट कोही पनि छुटेका छैनन् । जंगी खरखजानालाई मात्र हैन नबोल्ने घोडा, ऊँट खच्चर जस्ता जनावरहरु, औषधि भण्डार तथा सबै उमेरका कामदारहरुलाई पनि संकोच नमानी आक्रमणको निशाना बनाएर नाश गरिन्छ ।
कुनै कुनै बेला महाभारतको युद्धको बेलामा पनि प्रतिस्पर्धि फौजहरुको बिचमा वहियाति कार्य पनि चलेको थियो । कुनै न कुनै कारणले गर्दा मानिएका युद्धका नियमहरु भंग भएको हामीले यस कथामा छर्लङ्ग देख्न सक्छौँ । तर सबै तिर बिचार गरेर हेर्दा सम्मानित तथा मानविय युद्धका सकार गरिएका नीतिहरु कुरुक्षेत्रमा दुबै पक्षले मानेका थिए । बिच बिचमा लाज लाग्दो र अन्याय पूर्ण नीति नियम भंग भएको पनि थियो ।
आफ्ना अधिनमा रहेका राजाहरुलाई सम्बोधन गरी भीष्मले भने –"हे बीरहरु, तिमीहरुको लागि गौरबशाली अवसर आएको छ । तिमीहरुको लागि स्वर्गको द्वार खुलेको छ । इन्द्र र ब्रह्मा सित सहवास गर्ने हर्षले तिमीहरुलाई पर्खेको छ । तिम्रा बाबु बाजेहरुको मार्गमा लागेर क्षत्रिय धर्म गर । खुशि साथ युद्ध गरेर कीर्ति र गौरब प्राप्त गर । क्षत्रियले रोगबाट वा बुढो भै ओछ्यान पल्टेर मर्न चाहँदैन । रणक्षत्रमा मर्न बढी चाहन्छन् ।" यस भाषण पछि राजाहरुले आ-आफ्ना बिकुल बजाउने आदेश दिए ।  कौरबहरुको जय भनेर नारा लगाएका थिए ।
भीष्मको झण्डामा ताडिको रुख र पाँचवटा ताराहरु थिए । अश्वत्थामाको झण्डामा हवामा उडि रहेको सिँहको पुच्छर थियो । द्रोणको सुनौलो रंगको झण्डामा योगीको भिक्षा पात्र र धनुष थियो । दुर्योधनको गौरबमय ध्वजामा टाउको फुलाएर गौमन साँप गौरबले नाचेका थिए । कृपाको झण्डामा साँढे  र जयद्रथको झण्डामा बनेलको निशाना थियो । अरुहरुको पनि त्यस्तै गरी झण्डाहरुमा निशानाहरु थिए ।
युद्ध रचनामा मिलेको कौरब सेना देखेर युधिष्ठिरले अर्जुनलाई आदेश दिए (#॥ किन अर्जुनलाई ? दृष्टद्युम्न सेना प्रमुख होईन र ?॥) –"शत्रुको फौज बिशाल छ । हाम्रो फौज सानो भएकोले हामीलाई कमजोरी मात्र गर्ने रचना गर्नु भन्दा बरु हाम्रो रणचातुर्यहरुलाई एकत्रित गर्नु पर्छ । त्यसैले हाम्रो फौजहरुलाई सियोको रचनामा मिलाउनु ।"
त्यस बेला अर्जुनले परस्परको हत्या गर्न तयार भएका दुबै पक्षका सेनाहरु देखे पछि उनको मनमा खलबली मच्चियो । कृष्णले उनको मनको ताप र शंकाहरु छुटाउन उनि सित बोलेका थिए । यसै शंकाको अवस्थामा कृष्णले उत्तेजीत भएर दिएको उपदेश नै भागवत गीता हो । त्यस गीताले करोडौँ  मानिसहरुको हृदयले भगवानको बाणी भनेर मानेका छन् ।(#॥सो ठिक हैन भनि नतिजाले स्पष्ट पार्छ॥)। यस गीतालाई मानवीय साहित्यको भण्डारहरु मध्ये एउटा हो भनि पढ्ने साराले मानेका छन् । ' फलको इच्छा नगरी गरेका कर्म गर्ने, वा आफ्नो काम गर्ने ' भन्ने कुरा नै यस गीताको मूलभूत उपदेशले जीवनको अन्धकारमय वातावरणलाई प्रकाशमा ल्याउन खोज्ने गरीब वा धनी, ज्ञानी वा अज्ञानी, सबै मानवका जीवनबृत्ति चलाउने मार्ग यसमा देखाएको छ । (॥# फलको आशा नगर्ने भन्ने पनि एउटा आशा नै हो । कुनै पनि कार्य बिना फल वा नतिजा हुनै सक्तैन । तर सो फल आफ्नो भन्दा अरु सबै मानवको कल्याणको लागि हुनु जरुरी छ र सो फल प्राप्त हुन्छ हुँदैन, थाहा छैन । नत्र कृष्णले नर संहार गर्ने युद्धको लागि किन उक्साउने ? आफ्नो अहंकार, रीस, इबी, डाहा जस्ता गुणहरुले ठिकलाई बेठिक र बेठिकलाई ठिक सिद्ध गर्न सकिन्छ भन्ने प्रमाणित गर्नु न छ !!॥)


क्रमश:
६४ युधिष्ठिर आशिष माग्न जान्छ (Yudhisthir seeks benediction)
रत्न मान डंगोल

Saturday, October 12, 2013

६२ असहयोग (Non-coperation)

६२ असहयोग (Non-coperation)

रत्नमान डंगोल
            महाभारतको युद्ध शुरु हुनु अगाडिको दिन थियो । कौरबहरुको सेनामुख भएका भीष्म पितामह, उनको बीरताको साहस तथा मन चंगा भएकोबाट उनलाई प्रेरणा दिन खोजिरहेका दुर्योधन संगै बसेका थिए । भीष्मले कौरब पक्षमा लागेका बीरहरुको शक्ति, दक्षता र पराक्रमको बारेमा बयान गरेको थियो । दुर्योधनको मन खुशि भएको थियो । तयसैबेला उनिहरुको कुरामा कर्णको बिषय उठ्यो । भीष्मले भन्यो –"कर्णले तिम्रो माया पाएको छ । तर म उनको धेरै चिन्तन गर्दिन । पाण्डवहरु प्रतिको उनको ठूलो शत्रुता म निको मान्दिन ।(#॥बिश्वासघाति भीष्म, युद्ध के मित्रहरुको बिचमा हुन्छ त ?॥)। उनि साह्रै घमण्डि छ । उनको अहँकारको सीमा छैन । उनि अरुहरुलाई होच्याउने गर्दछ । (#॥जे मनाम आयो सुनाएर गालि गलौच गरेर कर्णको मन दुखाउने नीच पाण्डवहरु चाहिँ मन पराउने ? कर्णसंग न अहँकार छ, न घमण्ड छ, न कसैलाई होच्याउँ छ ॥)। मैले उनलाई देशका बीरहरु माथिको दर्जा दिने छैन । फेरि जन्मँदै देखि भएको दिब्य कुन्दलि-कवच दानमा दिई सकेको छ । त्यसकारण युद्धमा मलाई सहायता दिने खालका उनि छैन । उनमा परशुरामको सराप पनि छ, जस्को कारणले मन्त्र बिर्सेर उसंग भएको दिब्य शस्त्रको उपयोग गर्न सक्ने छैन । अत: कर्ण र अर्जुनसंग हुने युद्धमा उनको लागि अर्जुन घातक हुनेछ । (#॥तैपनि तिमी किन डराउँछौ, कर्णलाई युद्धमा समावेश गर्न ? तिमीले भनेका सबै ठिक भएर पनि कर्णलाई अर्जुनले हराउन सक्दैन थियो किनभने कर्णसित इन्द्रले दिएको दिब्य शस्त्र थियो, जस्ले कसैलाई पनि मार्न सक्थ्यो, कृष्ण वा कसैको पनि केहि लाग्दैन थियो । सो शस्त्रबाट कर्णलाई निशस्त्र नगरे सम्म युद्धमा कर्णलाई भाग लिन दिनु अर्जुनको लागि खतरा थियो, त्यसैले अवरोध खडा गरेर कर्णलाई जति सक्यो त्यति युद्धबाट टाढा राख्न खोज्यौ । तर ती सबै जानेका कुराहरु कसरि थाहा पायौ र किन दुर्योधनलाई भनेनौ ? अधर्मी बिश्वासघाति भीष्म !॥)। भीष्मले कुराहरु नदबाई यसरी बोलेका थिए । ती कुराहरु दुर्योधन र कर्णलाई  साह्रै नमज्जा लागेको थियो । कुराहरुलाई झन बटार्न पितामहको कुरालाई समर्थन गरी द्रोणले भन्यो –" कर्ण घमण्डी छ । आवश्यकता भन्दा बढी नै दृढ छ । अति ध्यान दिनु पर्ने युद्धको सुक्ष्म अवस्थामा उसले भुल गर्नेछ । बेहोसी भएर पराजय हुनु पर्नेछ ।"(#॥श्याबास गुरु ! अर्जुनलाई बचाउन खूब कुरा बंगायौ – भीष्मले जस्तै आफु मरेर पनि दुर्योधनलाई बिश्वास घात गर्दैछौ !॥)।
            त्यस्ता कडा वचनले गर्दा कर्ण आक्रोसित भए । आँखा रातो पारी पितामह तिर हेरेर भन्यो – "पितामह, तपाईँले मन नपराएर र डाहले मलाई सँधै होच्याउनु हुन्छ । मैले केही नभनेतापनि मलाई होच्याई कुरा गर्ने मौका कहिल्यै पनि छुटाउनु हुन्न । दुर्योधनको लागि तपाईँको छेडहरु र घोच्याईहरु सबै सहेर बसेको थिएँ । भोलि देखि शुरु हुने युद्धमा मेरो कुनै काम हुने छैन भनि तपाईँले भन्नु भएको छ । मेरो दोषारोपण सुन्नुहोस् । कौरबहरुलाई असफल पार्न खोज्ने तपाईँ  हुनु हुन्छ, म होइन । तपाईँ आफ्नो मनको वास्तविक कुरा किन लुकाउनु हुन्छ ? तथ्य कुरा यहि हो कि तपाईँको दुर्योधन प्रति कुनै सच्चा माया स्नेह छैन । तर, दुर्योधनलाई सो कुरा थाहा छैन । म प्रति द्वेष गरेर तपाईँले म र दुर्योधन बिच फाटो गर्न र उसलाई म देखि बिपरित गराउन उनको मनमा विष हाल्न खोज्नु भएको छ । तपाईँको अर्को दुषित बिचार – तपाईँले मेरो शक्तिलाई होच्याएर मलाई तल झार्न लाग्नु भएको छ । (॥#हे कर्ण, किनभने पाण्डवहरुलाई मार्न सक्ने क्षमता तिमीसित छ भन्ने कुरा भीष्म र द्रोण दुबैलाई थाहा छ॥)। तपाईले क्षत्रियलाई नसुहाउने ब्यबहार गर्न लाग्नु भएको छ । सिर्फ उमेरले मात्र योद्धाहरुलाई इज्जत दिलाउँदैन तर पराक्रमले दिन्छ । हाम्रो सम्बन्धमा बिष हाल्ने काम नगर्नुस् ।" त्यस पछि कर्णले दुर्योधनतिर हेरेर भन्यो –"हे बीर योद्धा, बिचार गर र आफ्नो भलाई तिर लाग । पितामहको धेरै भरोसा नलेउ । (॥# दुर्योधन त मूर्ख न हो, पाण्डवहरुलाई मार्न सक्दिन भन्दा भन्दै पनि भीष्मलाई सेनाको नेतृत्व दियो॥)। उहाँले हामी दुईको बिचमा फूट ल्याउने बीज छर्न खोज्नु भएको छ । उनले गरेको मेरो मूल्यांकनले तिमीलाई खतरामा पार्ने छ । मलाई होच्याएर उहाँले मेरो साहस घटाउन खोज्नु भएको छ । बुढापाले गर्दा उहाँ कमजोर भै सक्नु भएको छ । उहाँको बेला बिति सकेको छ । उहाँको अहँकारले गर्दा उहाँलाई कसैको पनि मर्यादा प्राप्त हुने छैन । उमेरको मर्यादा हुन्छ भने अनुभव पनि उपयोगि हुन्छ । तर हामीहरुलाई शास्त्र र अनुभवले बताउँछ कि बुढो भएर पाके पछि कुहिएर नाश हुन्छ । तिमीले भीष्मलाई सेनामुख बनाएका छौ, मलाई थाहा छ अरुहरुको बीरताबाट उहाँले केही कीर्ति प्राप्त गर्नु हुने छ । तर उहाँ अधिकारमा रहेसम्म मैले अस्त्र लिने छैन । उनि पतन भै सके पछि मात्र मैले युद्धमा भाग लिने छु ।" (#॥हे स्वार्थी मूर्ख, विश्वासघाट गर्दै छौ । दुर्योधन आफैलाई नेतृत्व लिएर सबैलाई खास जिम्मेवारी दिएर तिमी चाहिँ अर्जुनसित भिडेर अर्जुनलाई बध गर्छु – किन नभनेको ? तिमीमा आत्म बिश्वास छ, अहँकारी होइनौ, बरु भीष्म र द्रोण हुन् ॥)।
            अहँकारीलाई कहिले पनि आफु अहँकारी छु  भनि महसूस हुँदैन । (#॥जस्तै द्रोण र भीष्म॥)। अहँकारी भनि दोष दिएको बेला त्यस्ले दोष दिने मानिसलाई नै दोष दिन्छ । (॥#अहँकारीले मात्र अरुलाई अहँकारी भनी दोष दिन्छ ।॥)। त्यस्को बुद्धि बिचार जटिल हुन्छ । आफ्नो कसुर देखाउन अरु कसैबाट गराएको भन्ने सम्झिन्छ । यो कुरा यस उप-कथामा राम्ररी देखाएको छ ।
            भीष्मले रीसलाई थामेर जवफ दियो – "सूर्य पुत्र, हामीहरु संकट कालमा छौँ, त्यसैले यति बेला तिमी मर्न सकेका छैनौ (वा बाँच्न नछोडेको छैनौ ?) । तिमी कौरबहरुको लागि धेरै चलाख तीक्ष्ण बुद्धि भएको दुष्ट दानव हौ ।" (॥#वाह  रे ! दुष्ट, विश्वासघाती, अहँकारी भीष्म॥)।
            दुर्योधनले दु:ख मानी भन्यो –"गंगा पुत्र पितामह, मलाई तपाईँहरु दुबैको सहायता चाहिएको छ । तपाईँहरु दुबैले बीर कार्य गर्नु हुने छ । मलाई केही पनि शंका छैन । भोलि बिहान सबेरै युद्ध शुरु हुनेछ । शक्तिशाली शत्रुको अगाडि साथि-साथीको बिचमा झगडा हुन नदिनुस् । (#॥धिक्कार भीष्म, पनातीले अर्ति दिनु प-यो॥)।"  
            तर भीष्म सर्बोत्तम अधिपत्यमा रहे सम्म कर्णले शस्त्र धारण नगर्ने भए, यसैमा अडान लिए । सो अनुसारको अनुभव गरोस् भनेर दुर्योधनले कर्णलाई त्यसै गर्न दिए । (#॥हे दुर्योधन, बुद्धिमा घाम नलागे पछि के गर्ने ! त्यत्रो शक्तिलाई हेला ग-यौ, युद्धमा हार खानु प-यो, अरुलाई नै नेत्रृत्व दिने बिचार किन नआएको ? ॥). कर्णका सबै मानिसहरुले भाग लिए पनि उनि चाहिँ युद्धको प्रथम दश दिन सम्म अलग्ग नै रहेका थिए  । दशौँ दिनको अन्तमा महान (#॥ कि तुक्ष्य ?॥) भीष्म शरीर भरी बाण लागेर रणभूमिमा लडे । कर्ण गएर सनमान पूर्बक ढोग गरी माफि र आशिर्बाद मागे । सो उनले पाएको थियो । (#॥ कर्ण बिनाको युद्धमा कौरबको क्षति भए पछि॥)। तद पश्चात आफु सहयोगि भै कौरब सेनाको अधिपत्यमा भीष्म पछि द्रोणलाई सेना प्रमुख गर्ने प्रस्ताव कर्णले राखेका थिए । द्रोण पनि पतन भए पछि कर्णले अध्यक्षता ग्रहण गरी कौरब सेनाको नेत्रृत्व गरेका थिए ।

क्रमश:

६३ कृष्णको शिक्षा (Krishna's teaching – the gita)
Ratna Man Dongol





६१ रुक्मिणी (Rumini)


६१ रुक्मिणी (Rumini)

रत्नमान डंगोल

बिदर्भका राजा भीष्मकको पाँच जना छोराहरु र एउटा मात्र छोरी, रुकमिणी थिए । रुकमिणी अद्वितीय शोभा, मोहिनीरुपी तथा प्रभावशाली चरित्रवान भएकी राजकुमारी थिइन् । कृष्णको प्रतिभा सुनेर तिनीले उनि सित विबाह गर्ने इच्छा गरेकी थिइन् । त्यो इच्छा दिनपर दिन बढ्दै गए । तिनको जेष्ठ दाजु अधिराजकुमार रुक्मको कृष्णसित मेल थिएन । उनले बाहेक अरु सबैले रुकमिणीको बिचारलाई स्वीकारेका थिए । रुक्मले उनको बिवाह कृष्ण संग नगरि चेदिका राजा शिशुपालसंग गरिदिन आफ्ना बाबु राजा भीष्मक समक्ष जोडतोड गरेका थिए । राजा बृद्ध भएकोले रुक्मको हुकुम चलेको थियो । रुकमिणीलाई शिशुपालसंग बिवाह गर्नु पर्ने करकाप पर्ने जस्तो देखिन थाले । रुकमिणी लक्ष्मी (बिष्णुको स्वास्नी) अवतार भएकीले उनको मन कृष्ण (बिष्णु अवतार)मा थियो । अशान्ति भएर उनी छट्पटिन थालिन् । (#॥किन छटपट, अरुसित बिवाह हुनै सक्तैन भनेर तिमीलाई थाहा नै भएको कुरा हो॥)। हुकुम चलाउने दाजु अगाडि उनको पिताको केही नलागेर यो नचाहेको बिवाह रोक्न सक्ने अवस्था थिएन भन्ने लागेर उनी डराएर बसेकी थिइन् । आफ्नो मनको प्रभावलाई दरिलो पारी कुनै किसिमबाट त्यस जटिल समस्याबाट उम्किने जुक्ति निकाल्ने रुकमिणिले अठोट गरिन् । कन्याको शरम त्यागेर उनले एउटा ब्राह्मणसित सल्लाह गरे । आफ्नो प्रेमिकालाई सबै कुरा बताएर उनको सहायता माग्ने कार्यको जिम्मा लगाई उनलाई दूत बनाई कृष्ण कहाँ पठाए । त्यसै अनुरुप त्यो ब्राह्मण द्वारिकामा गए । रुकमिणीको खेदपूर्ण बिपद र उनको निवेदन कृष्णलाई सुनायो । रुक्मिणीले दिएको पत्र पनि बुझाई दियो । पत्रमा निम्न कुराहरु लेखिएको थियो ।
"मेरो दिलले पहिले देखिनै तपाईँलाई मालिक भनेर स्वीकारेको छ । शिशुपालले जबरजस्ति मलाई लग्न नपाउँदै आएर मलाई बचाउने जिम्मा तापाईँलाई दिएको छु । बिलम्ब गर्ने कुरा हुनै सक्दैन । भोलि तपाइँलाई यहाँ आउनै पर्छ । शिशुपाल र जरासन्धको फौजले तपाईँलाई रोक्ने छ । मलाई लग्नु भन्दा पहिले तपाईँले उनीहरुलाई दमन गर्नु पर्नेछ । तपाईँ विजय भएर मलाई लग्न सकोस् । मेरो दाजुले मलाई शिशुपालसित बिवाह गरी दिने पक्का गरी सकेको छ । बिवाह कै सिलसिलामा म मेरा मानिसहरुको साथ लिएर पार्वतीको पूजा गर्न मन्दिरमा जानेछु । तपाईँ आउनु भएर मलाई बचाउने सबै भन्दा राम्रो मौका त्यही हुनेछ । यदि तपाईँले ध्यान दिनु हुन्न भने, वास्ता गर्नु हुन्न भने अर्को जन्ममा तपाईँसित मिल्न पाउने गरी मैले मेरो प्राण त्याग गर्ने छु ।" कृष्णले सो पत्र पढ्नासाथ तुरुन्तै रथ चढ्यो र बिदर्भतिर दौडे ।
राजाको आज्ञाले बिदर्भको राजधानी कुन्दिनापुरमा धुमधामसंग सजिसजाउ गरिएको थियो । शिशुपालसित हुने राजकुमारीको बिवाहको लागि धमाधमको तयारिको प्रबन्ध चलिराखेको थियो । खुलेयाम कृष्णका वैरी भएका दुलाहा शिशुपाल र उनका सहयोगिहरु सबै अघिबाटै राजधानीमा जम्मा भै सकेका थिए ।
कृष्ण एक्कासि कसैलाई थाहा नै नदिई एक्लै कतै गएको बलारामले थाहा पाए । बिदर्भका राजाको छोरी रुक्मिणीको लागि गएको हुनु पर्छ भन्ने अनुमान गरे । उनको हत्याको चेष्टामा लागेका संघातिक वैरीहरुले कृष्णलाई एक्कासी घेरामा पार्ने हो कि भन्ने चिन्ता लिएर बलरामले हतारिँदे ठूलो फौज सहित कुन्दिनापुर तिर प्रस्थान गरे ।
रुक्मिणी आफ्ना साथि सखीहरु साथमा लिएर आफ्ना खोपिबाट निस्की पार्वतीको मन्दीरमा गएर देबीको पूजा गरेकी थिई । "ओ देबी, तपाईँले मेरो भाव भक्ति बुझ्नु भएको छ  । म तपाईँको शरणमा आएको छु । कृष्णसित मेरो बिवाह होस् भन्ने वरदान दिनुहोस् ।" यसरी रुक्मिणीले आफ्नो मनको कुराको प्रार्थना गरेकी थिई । मन्दिरबाट बाहिर निस्कँदा रुक्मिणीले कृष्णको रथ देखे । चुम्बकले सियोलाई ताने जस्तै तिनी सीधै कृष्णकहाँ दौडी गइन् र  रथमा चढिन् । वरिपरी सब ठाउँमा खलबल गरी, शंख फुकि कृष्णले रुक्मिणीलाई साथमा लिएर रथ हाँकेर गएका थिए ।
नोकर चाकरहरु युवराज रुक्मकहाँ दौडि गएर सो घटना बारे खबर गरे ।  रुक्मले ' जनार्दनलाई' नमारि फर्कने छैन भनि किरिया खाए । ठुलो फौज लिएर कृष्णलाई पछ्याउन रुक्म तुरुन्त गए । तर त्यहि बेला बलराम फौज लिएर आइपुग्यो । दुईवटा फौजको बिचमा ठूलो युद्ध भयो । त्यस युद्धमा रुक्म पूर्णरुपले पराजय भयो । बलराम र कृष्ण बिजय भएर घर फर्के । चलन अनुसार बिधि बिधान गरी कृष्ण सित रुकमिणीको बिवाह सु-सम्पन्न भएको थियो । पराजित भएका रुक्म कुन्दिनापुर फर्किजान लाज मानेर कृष्णसित युद्ध भएकै ठाउँ निर भोजकत्ता भन्ने नयाँ शहर बसालि त्यहिँ नै राज्य चलाई बसेका थिए ।
कुरु क्षेत्रको लडाई बारे सुनेर रुक्म ठूलो फौज लिएर कुरुक्षेत्रमा पुगे । उनले बासुदेबसितको मित्रता पाउन सकिने बिचार गरी पाण्डवहरुलाई सहायता दिने कुरा भन्न आएका थिए । उनले धनन्जय तिर हेरेर भने – " हे पाण्डवहरु, शत्रु पक्षका फौज निकै ठूलो छ । म तपाईँहरुलाई सहायता गर्न आएको छु । मलाई भन्न मात्र भनि देउ मैले शत्रु पक्षको फौजको जुन खण्डमा हमला गर्ने भन्छौ मैले त्यसैलाई हमला गर्ने छु । द्रोण, कृपा र भीष्मलाई पनि आक्रमण गर्ने बल मसंग छ । (#॥मूर्ख ! अरुको भन्दा कर्णको नाम लिएको भए पो!॥)। मैले तपाईँहरुलाई विजय प्राप्त गराई दिनेछु । तपाईँहरुको इच्छा मात्र मलाई थाहा दिनुस् ।" बासुदेब तिर हेरेर धनञ्जयले हाँसेर भने –"ओ भोज कत्ताका राजा, हामी शत्रुको फौजको आकार देखेर डराएका छैनौ । हामीलाई तिम्रो सहायता चाहिएको छैन । यसको चाहना पनि गर्दैनौ । तिमी जान पनि सक्छौ । जे इच्छा छ त्यहि गर ।" यस कुरामा रुक्म रीस र शरमले चूर भए । सेना लिई दुर्योधनको छाउनिमा गए । उनले दुर्योधनलाई हेरेर भने –" मैले दिन गएको सहायतालाई  पाण्डवहरुले अस्वीकार गरेको छ । मेरो फौज तिम्रो पक्षमा भएको छ । दुर्योधनले भने –" पाण्डवहरुले तिम्रो सहायता नामञ्जुर गरे पछि न तिमी यहाँ आएका छौ । अहिले सम्म त्यस्तो खाँचो परेको छैन । तिमीहरुको बिदाईलाई स्वागत छ ।" दुबै पक्षबाट अनादर भएका रुक्म युद्धमा भाग नलिई आफ्नो राज्यमा फर्केका थिए । युद्धमा  तटस्थ रहनु अनेक प्रकारको हुन सक्छ । युद्ध गर्न ब्रह्मले नमानेर अथवा घमण्ड र स्वार्थको कारण्ले यस्तो हुन सक्छ । अझ कोही कोही डराएर वा जाँगर नभएर अलग रहन सक्छ । बलराम शान्ती प्रेमी भएको र कृष्णको बिपक्षमा लडन नभएकोले महाभरतको लडाईँमा तटस्थ बसेका थिए । रुक्म चाहिँ घमण्डको परिणामले बहिष्कार भएका थिए । धर्म अनुसार कार्य गर्ने स्थानमा त्यस्ले ब्यक्तिगत गौरबको बिचार गरेको थियो । तयसैले उनलाई दुबै पक्षले स्वीकार गरेन ।







क्मश:
६२ असहयोग (Non-coperation)
रत्नमान डंगोल

६० बलराम (BalaRam)

६० बलराम (BalaRam)

रत्नमान डंगोल

कृष्णको प्रख्यात दाजु बलराम पाण्डवहरुको शिबिरमा आई उनिहरुलाई भेट्न आए । नीलो रेशमका पोशाक लगाएका हलयोद्धा (बलराम) सिँह जस्तै गौरबले पसे पछि युधिष्ठिर, कृष्ण र अरुहरुले त्यस फराकिलो छाति भएका बीर पुरुषलाई खुशिले स्वागत गरे । द्रुपद र बिराटलाई प्रणाम गरी उनि युधिष्ठिर संगै बसे । उनले भने – "भरत बंशका सन्तानहरु (#॥हैन, पाणडवहरुको साथै कृष्ण र उनका पछयौटेहरु॥)  लोभ, अहंकार र वैमनश्यताले ग्रस्त भएको छ । शान्ति बार्ता भंग भएको छ । युद्धको घोषणा भइसकेको छ । सो कुरा सुनेर म कुरुक्षेत्रमा आएको हुँ ।"
मनमा खलबली भएर उनि एकछिन थामे, अनि फेरि बोल्न लाग्यो – "धर्मपुत्र, भयंकर बिध्वंस अगाडि आई सकेको छ । छिन्न भिन्न भएका शरिरबाट छरिएका रगतबाट पृथ्वी रगताम्य धाप बन्न लागि रहेको छ । काल खोज्न यहाँ जम्मा हुने क्षत्रियहरुलाई उत्तेजना गर्ने काम एउटा दुर्भाग्य नै हो । (॥#कृष्णलाई गाली गर्ने राम्रो तरिका – श्याबास बलराम॥)। ' हामीहरुको लागि दुर्योधन र पाण्डवहरु बराबर हुन, हामीले तिनीहरुको बेकारको झगडामा भागलिन हुँदेन' भनि मैले कृष्णलाई बारम्बार भनेकै हो । उनि मेरो कुरा सुन्ने होईन । धनन्जय प्रति उन्को ठूलो प्रेमले गर्दा कृष्णलाई यसमा भाग लिन लगाएको हो । उनैले चाहेको यस युद्धमा उनले तिम्रो पक्ष लिएको भन्ने कुरा मैले थाहा पाएको छु । कृष्ण र म एक आर्काको बिपक्षमा कसरी हुन सक्‍छु ? किन भने भीम र दुर्योधन दुबै मेरा शिष्यहरु हुन । मेरो प्रेम र मर्यादा दुबैको लागि बराबर छन् । त्यसो भएबाट एउटाको बिरोधमा आर्कोलाई कसरी भरोसा दिने ? कौरबहरु नाश भएको हेरेर बस्न सक्दिन । सबैलाई भष्म गर्ने अग्नि रुपको यस युद्धमा मैले गर्न सक्ने केही छैन । यस खेद पूर्ण बिपत्तिले संसारमा मेरो सबै औचित्य गुमाई दिएको छ । यसर्थ कृष्णले चाहे अनुसार म तीर्थयात्रामा जाँदैछु ।" (#॥श्याबास बलराम, यसै गरी नाजायज कुरामा बखेडा नउठान कृष्णले भनेको भए त युद्ध हुने नै थिएन – लोभ,डाहा, इर्ष्या र धुर्त्याईँमा लागेकाहरुमा त्याग, तपस्या र शान्तिको के मतलब हुन्छ र ?॥)। बिपत्ति युक्त युद्धको बिरोधमा यसरी कुरा गर्दै कृष्णको दाजुले मनमा पीर लिएर मनमनै भगवानको पुकारा गरी त्यहाँ(कुरुक्षेत्र)बाट हिँडि गएको थियो ।
बलराम महाभारतको युद्धबाट अलग्ग रहेको घटना भलादमी तथा इमान्दार मानिसहरुमा बारंबार पर्न आउने जटिल समस्याको उदाहरण हो । बराबरै न्ययोचित भएको तर दुईवटा बिपरित पक्षको बीचमा रोज्नु पर्ने कर लागेर अभागि मानिस अप्ठ्यारो झन्झटमा पर्न सक्छ । (#॥तर महाभारतमा बराबरको कुरा थिएन । कृष्णले गरेको अन्याय पूर्ण तथा अनैतिक कामलाई मन नपराएर पनि दुर्योधनको पक्षमा लाग्न सकेन, त्यसो गर्नु कृष्ण(बिष्णुको अवतार)को बिपक्षमा शेषनाग(बिष्णुको ओछ्यान)लाई असंभवको कुरा हो । (॥#रामायणमा भाइ लक्ष्मण भएको मन नपरेकोले महाभारतमा दाजु बलराम भएको भन्ने कुरा कथामा छ॥)।
यस्ता झन्झटमा पर्ने अधर्मी दुष्ट मानिसहरु मात्रै हो । संसारका बेईमानीहरुलाई आफ्नै संसर्ग, आकाँछाहरु अथवा स्वार्थले गराउँदा तिनीहरुमात्र यस्ता झन्झटमा पर्न आउँछन् । सबै आकाँछाहरु त्यागेका ठूला मानिसहरु यस्तो झन्झटमा परेको कुरा भेटिँदेन । महाभारतमा भीष्म, बिदुर, युधिष्ठिर र कर्णलाई परेको महान् बिपत्तिहरुलाई हेरौँ । तिनीहरुले कतिपय विपदको समस्याहरु कसरी समाधान गरेका थिए सो कुरा यस कथामा पढेका छौँ । तिनीहरुको समाधान एउटै नैतिक खालको थिएन । तर, कतिपय ब्यक्तिगत गुण झल्किएको थियो । प्रत्यकको व्यबहार आफ्नो व्यक्तित्व र परिस्थिति अनुसारको चरित्रको प्रतिक्रिया थियो । आधुनिक समालोचकहरु र ब्याख्या गर्नेहरुले यो महत्व पूर्ण आधारभूत कुरालाई बिर्सेर सबै कुरालाई एउटै तरिकाले तौलिन खोज्दछन् । यसो गर्नु भूल हो । रामायणमा दशरथ, कुम्भकर्ण, मारिच, भरत र लक्ष्मणलाई पर्न आएको बिपदहरुलाई तिनीहरुले कुन उपायले प्रतिक्रिया गरेका थिए त्यो हामीले बुझ्न सक्छौँ । त्यस्तै हिसाबले महाभारतको युद्धमा बलरामको तटस्थता एउटा दृष्टान्ट हो । (#॥बलराम तटस्थ थिएन – दुर्योधनको पक्षमा नैतिकरुपमा थियो तर युद्धमा कृष्णको बिपक्षमा लड्न नमिलेकोले युद्धमा होमिएन॥)। त्यस युद्धमा अलग रहेका दुई जना राजाहरु मात्र थिए । एउटा बलराम थियो त आर्को भोजकत्ताको शासक रुक्म । रुक्मको बहिनी रुक्मिणीको कृष्णसित विवाह भएको कथा अर्को खण्डमा लेखिएको छ ।

क्रमश:
६१ रुक्मिणी
रत्नमान डंगोल

Wednesday, October 2, 2013

५९ कौरबको सेनामुख (Generalissimo)


५९ कौरबको सेनामुख (Generalissimo)

रत्नमान डंगोल
कौरब सेनाको अधिपति भै भीष्म रहे । दुर्योधनले उनलाई आदर पूर्बक ढोग गरेर भने – "कार्तिकेयले देबताहरुलाई हाँकेर लगे जस्तै तपाईँले हामीहरुलाई हाँकेर लगि बिजय तथा कीर्ति प्राप्त गर्नुहोस् । बाछोहरु बुढो साँढेको पछि लागे जस्तै हामीहरु तपाईँको पछि लाग्नेछौँ ।" पितामहले भने –"त्यसो त हो, तर मेरो मनमा भएको निशंकाको कुरा तिमीले सुन्नु पर्छ, बुझ्नु पर्छ । पाण्डुका छोराहरु मेरो लागि धृतराष्ट्रका छोराहरु, तिमीहरु जस्तै समान छन् । (#॥हे भिष्म, किन समान ? बुझ पचाएर दुर्योधनलाई धोखा दिँदैछौ, तिमीलाई थाहा छ पाण्डवहरु पाण्डवका छोराहरु हैनन् भनेर, त्यस्तै नकुल र सहदेब मादरीले कसबाट पाएका छोराहरु हुन् ?॥)। तिमीले दिएको जिम्मा मैले पूरा गर्नेछु । तिम्रो फौज हाँक्ने छु । मेरो कर्तब्य पूरा गर्ने छु । रणभूमिमा मैले दिनहुँ हजरौँ लडाकुहरुलाई मार्नेछु । तर पाण्डुका छोराहरुलाई म मार्न सक्दिन । यो युद्ध मेरो मन लागेर गर्न लागेको होइन । पाणडवहरुलाई मार्ने बाहेक मैले यस युद्धमा मेरो कबोल पुरा गर्ने छु । अर्को एउटा कुरा छ । तिमीहरुले माया गरेका सूर्य पुत्र, कर्णलाई मेरो अध्यक्षता भएकोमा बिरोधी छ (#॥कसरि थाहा भयो, सूर्य पुत्र भनेर ? सबैलाई किन न भनेको ? गद्धार हौ तिमी !!॥) । उनलाई मेरो बिचार मन पर्दैन । यदि तिमीहरुलाई उसको बिचार ठिक छ भन्ने  लागेको छ भने पहिला देखिनै फौजको अध्यक्षता लिएर युद्ध संचालन गर्नु भनि उनलाई भन्नु । मैले बिरोध गर्ने छैन । मैले सेना हाँकुन्जेल उसले लडाईँमा भाग लिन पाउने छैन ।"(॥#नालायक भीष्मले अधिराजकुमारलाई त्यसो भन्न पाउँछ र ?॥)
भीष्मले कर्णलाई र उनको ब्यबहारलाई मन पराउँदैन । (॥# हे दुर्योधन, कुरा किन नबुझेको ? पाण्डहरु जिवित भए सम्म लडाईँ कसरि सकिन्छ ? तिम्रो बिजय कसरि हुन्छ ? त्यसैले त कर्णलाई भीष्मले पन्छाए॥))।
"भीष्म बाँचे सम्म म अलग रहनेछु । उ मरे पछि मात्र म लडाईँमा भाग लिने छु । त्यस पछि अर्जुनसित सामना गरी उनलाई मार्ने छु ।" (॥# हे कर्ण, तिमीले पनि दुर्योधनलाई धोखा दिँदै छौ॥)। प्राचिनकालमा पनि ठूल-ठुला ब्यक्तिहरुमा पनि ईर्ष्या र डाह थियो । (॥#त्यस्ताहरुलाई पनि ठूला भन्ने ? पाण्डवहरु, कृष्ण र उनका अनुयायीहरुमा भएको त्यस्ता गुणहरुको कारणले न यो युद्ध भयो॥)।
दुर्योधनले भीष्मले राखेको प्रस्तावलाई स्वीकार ग-यो । भीष्मलाई आफ्नो फौजको सेना प्रमुखमा नियुक्त गरे । (॥#गलत ! लडाईँ जित्ने बिचार नहुनेलाई नेत्रृत्व दिनु !॥)। बाढी बगे जस्तै कौरब सेना कुरु क्षेत्र तिर बढेका थिए ।
(॥#हे दुर्योधन, भीष्म र द्रोणलाई मिल्ने जिम्मेदारी दिएर कर्णलाई सेना हाँक्ने काम दिएको भए, कर्णले अर्जुनसंग मात्र युद्ध गरे पुग्थ्यो र इन्द्रले दिएको अमोघ शस्त्रले अर्जुनको काम तमाम गर्न पाउँथ्यो – लडाईँमा तिम्रो जीत हुने थियो॥) ।

क्रमश:
६० बलराम
रत्नमान डंगोल

५८ पाण्डवहरुको सेनामुख (Generalissimo)


५८ पाण्डवहरुको सेनामुख (Generalissimo)

रत्नमान डंगोल
उपप्लब्यमा पुगेर हस्त्तिनापुरमा जे जस्तो भएको थियो त्यो सबै पाण्डवहरुलाई सुनाएर गोबिन्दले भने –"जो उचित थियो त्यो र उनिहरुको लागी भलो हुने कार्य गरी बोलेको थिएँ । (#॥गलत, सबै कुराहरु नाजायज पाण्डवहरुको पक्षमा हकै नभएको कुराहरु मात्रै गरेका थियौ॥). तर ती सबै बेकारमा गयो । (॥#बेकारको कुरा बेकार नै हुन्छ॥)। अन्तिम र चौथो बिकल्प युद्ध बाहेक अरु कुनै उपाय नै छैन । (#॥त्यो पनि तिमीहरु कै धम्कि पूर्ण बिकल्प थियो । शान्ति चाहनेहरुले हकै नभएको कुरा उठाएर ' शान्ति शान्ति ' मात्र भनेर हुन्छ ।॥)। मूर्ख दुर्योधनले सभामा ठूला बडाहरुले दिएको उपदेश मानेका थिएन । (॥#किन मूर्ख ? तिमीहरुको धम्कि नमानेकोले ??॥)। अब हामीहरुले अबिलम्ब युद्धको तयारी गर्नु पर्छ । कुरुक्षेत्र संहारको लागि पर्खि रहेको छ ।" (#॥बढाई छ ! तिमीले चाहेको कुरा हुने भयो, धुर्त !!॥)।
" अब शान्तिको कुनै आशा छैन " भनि युधिष्ठिरले भाइहरुलाई सम्बोधन गर्दै भने । फौजहरुलाई युद्धको रचनामा तयार गर्ने आदेश दिए । (॥#शान्तिको कुरा गरे पो शान्ति हुन्छ, आफ्नो स्वार्थ र हकै नभएको नाजायज कुरा उठाउँदे धम्कि दिएर शान्ति हुन्छ र ?॥)।
 पाण्डवहरुले फौजहरुलाई ७ डिभिजनमा मिलाए । निम्नानुसार एक एक डिभिजनको प्रमुख नियुक्त गरे । १. द्रुपद, २. बिराट, ३. धृष्टद्युम्न, ४. शिखण्डि ५. सत्यकि, ६. चेकितन र ७. भिमसेन । अनि सेना मुख कसलाई गर्ने भन्ने कुरामा उनिहरुले छलफल गरे । युधिष्ठिरले सहदेबलाई बोलाएर भने –"हामीहरुले यिनी सातजनामा एक जनालाई सर्बोत्तम सेनाध्यक्ष छान्नु परेको छ । शत्रुलाई जलाई भष्म गर्न सक्ने महान भीष्मसित सफलता पूर्बक उनि सामना गर्न सक्ने हुनु पर्छ । बेला बखत अनुसार परिस्थिति हेरी उनि फौज संचालन गर्न सक्ने हुनु पर्छ । यस्ता जिम्मेवारी कार्यको लागि सब भन्दा योग्य भएको ब्यक्ति छान्नु परे तिमीले कसलाई छान्छौ ?" पुराना जमानामा जेठाहरुको राय लिनु भन्दा पहिले सब भन्दा कान्छो चाहिँको राय लिने चलन थियो । यसले कान्छोहरुमा जोश तथा आत्म बिश्वास दिलाउँदथ्यो । यदि जेठा बाठा सित पहिला नै सल्लाहा लियो भने अरुहरुले स्वतन्त्र भएर बोल्न नसक्ने हुन्थ्यो । सनमानको मतभिन्नता पनि असमानको हुन जान सक्दथ्यो । सहदेबले भन्यो –"हामीले बिराट राजालाई सर्बोत्तम सेनाध्यक्ष गरुँ । उहाँले गुप्तबासको बेला हामीलाई सहायता गर्नु भएको थियो । अहिले उहाँकै भरोसामा हामीले राज्यको दाबि गर्न पाएका छौँ ।"  नकुलले भन्यो –"उमेर, बुद्धि, साहस, खानदान तथा बलको बिचार गर्दा द्रुपद राजा पनि सर्बोत्तम छ । उहाँलाई नै सेनामुख गर्नु सबभन्दा बेश हुने मलाई लाग्छ । द्रौपदीका पिता राजा द्रुपदले भरद्वाजबाट धनुर्बिद्या सिकेको थियो । उहाँ धेरै दिन देखि द्रोणसित सामना गर्न पर्खि राख्नु भएको छ । सबै राजाहरुले उहाँलाई मर्यादा गरेका छन् । आफ्नै छोराहरु जस्तै गरी हामीहरुलाई उहाँले भरोसा दिई राख्नु भएको छ । द्रोण र भीष्मको बिरोधमा हाम्रो फौज उहाँलाई हाँक्न दिनु बेश होला जस्तो मलाई लाग्द छ ।" त्यस पछि धर्मपुत्रले धनन्जय (अर्जुन)को बिचार सोधे । अर्जुनले जवाफ दिए –" मेरो बिचारमा, युद्ध भुमिमा हाम्रो मुख्य नायक दृष्टद्युम्न हुनु पर्छ । उनले इन्द्रियलाई संयम गरेको छ । द्रोणलाई अन्त गर्न नै उनि जन्मेका हुन । महान परशुरामलाई नै पछि पार्ने धनुर्बिद्याको दक्षता भएका भीष्मको बाणहरुको सामना गर्न सक्ने दृष्टद्युम्न एक जना मात्रै छ । हाम्रो सेनाध्यक्ष हुन योग्य ब्यक्ति उहाँ मात्रै हुनु हुन्छ । म अरु कोहि सम्झन सक्तिन, अरु कोहि छ जस्तो लाग्दैन ।" भीमसेनले भने –" अर्जुनले भनेको कुरा ठिक छ । तर ऋषिहरु र ठुलाबडाहरुले भनेका छन् कि शिखण्डि भीष्मलाई मार्न जन्मेको हो । परशुरामको जस्तो उज्वल अनुहार भएको शिखण्डिलाई अधिकार दिए पनि हुने मेरो राय छ । अरु कसैले भीष्मलाई मार्न सक्छ जस्तो मलाई लाग्दैन ।" अन्त्यमा युधिष्ठरले केशवको राय सोधे । कृष्णले भन्यो –" बयान गरेका बीरहरु सबै चुन्न लायकका छन् । तिनीहरु सबैले कौरबहरुलाई दबाउन सक्छन् । सबै कुराहरुको बिचार गर्दा म अर्जुनको बिचारलाई समर्थन गर्दछु । त्यस कारण तिम्रो सर्बोत्तम सेनापतिमा दृष्टद्युम्नलाई राख्नु ।" त्यसै अनुरुप द्रुपदको प्रसिद्ध छोरा दृष्टद्युम्नलाई पाण्डवहरुको सेनाको सर्बोत्तम सेनामुख गरियो । स्वयम्बरमा डो-याएर द्रौपदीलाई उनले अर्जुनलाई सुम्पेका थिए । तेह्र बर्षसम्म आफ्नो बहिनीले दुर्योधनको दरबारमा सहनु परेको बेइज्जतिमा मुरमुरि रहेको थियो । (#॥रिसाउनु त युधिष्थिर प्रति होइन र ?॥)। जस्ले त्यस अन्यायको बदला लिन मौका खोजिरहेको थियो । लडाकुहरुको सिँहनाद, शंखको ध्वनि र हाथिहरु कराएको आवाजले आकाश गुञ्जियो । आकाश गुञ्जने युद्धको स्वर मचाएर पाण्डव सेना सियोको सैनिक रचनामा मिलेर कुरु क्षेत्रमा पसेका थिए ।


क्रमश:
५९ कौरबको सेनामुख (Generalissimo)

रत्नमान डंगोल


५७ संसर्ग र कर्तब्य


Post 57 ५७
(Attachment and Duty)
(आफ्नोपन / नजिकको नाता / नाता सम्बन्ध / संलग्नता / घनिष्टता) संसर्ग र कर्तब्य
रत्नमान डंगोल

 कृष्ण हस्तिनापुर गएर बार्ताबाट हुने शान्तिको केही पनि सम्भावना नभएको कुरा सुनाउँदा कुन्तीलाई हैरानि भएको थियो । उनलाई थाहा भयो कि युद्ध हुने नै भयो । कुन्तीलाई पीर प-यो । कुन्तीले मन मनै बिचार गर्न थालिन् –'अपमानहरु जे भए पनि सहनु; कुनै राज्य नमागेर युद्धलाई रोकौँ भनेर मैले मेरा छोराहरुलाई कसरी भन्ने ? मेरा छोराहरुले क्षत्रिय परंपरागतको बिपरित कुरा कसरी स्वीकार गर्न सक्ने ?' । त्यतिकैमा उनले फेरि बिचार गरिन् –"लडाईँमा परस्परलाई मारेर कुल सबै नास भै सके पछि कस्तो सुख र कस्तो फायदा हुन सक्छ ? मैले यो दोधारको संकष्टलाई कसरि सामना गर्ने ?" । "एकातिर सर्बनाशको चिन्ता र आर्कोतिर क्षत्रिय मर्यादाका दाविहरु" – यसरी उनी दु:खी भइन् । (#॥दुबै पक्षहरु गलत छन् तर यो अवस्था सृजना गर्नमा कृष्ण र पाण्डवहरु बढी जिम्मेवार मान्नु पर्छ । अहँकारी, लोभी, नाजायज, चापलुसी, अधर्मी चाकडी बाज पाण्डवहरुलाई चुप लागेर बस, लडाईँ नगर किन भन्न नमिल्ने ? ।॥)। "भीष्म, द्रोण र कर्ण (अनि असोत्थामा नि ?) तिनै जनाको संयुक्त शक्तिलाई मेरो छोराहरुले कसरी पराजय गर्ने ? (#॥कर्ण पनि त तिम्रो नै छोरा हो, बिबहा हुनु भन्दा अगाडि पाएको॥ हारला भन्ने डरले लडाई नगर्ने ? ॥)।  तिनीहरु आज सम्म कहिले पनि पराजय नभएका बीरहरु हुन । तिनिहरु सम्झेर आउँदा मेरो मुटु थर्कन्छ । अरुहरुको बिषयमा मलाई पीर छैन । पाण्डवहरुलाई मार्न सक्ने क्षमताले लिएर लड्न सक्ने यिनै तीन जना हुन । यिनीहरु मध्ये द्रोणाचार्यले माया लागेर होस् या आफ्नै चेला सम्झेर होस् या त आफ्नै चेलाहरु सित युद्धमा सामना नगर्ने इच्छा गरेर पाण्डवहरुलाई नमार्न पनि सम्भव छ । भीष्म पितामहले पक्कै पनि तिनीहरुलाई मार्ने छैन । तर पाण्डवहरुको मुख्य शत्रु नै कर्ण हो । उनि मेरा अरु छोराहरुलाई मारेर दुर्योधनलाई खुशि तुल्याउनमा उत्सुक भएको छ । कर्ण महान शस्त्रधारी लडाकु हुन् । मेरा अरु छोराहरुको बिरोधमा युद्ध गर्न लागेको उनलाई सम्झेर आउँदा मेरो मुटुलाई आगोमा दाउरा जले जस्तै दु:खले जलाएको छ । कर्णलाई भेटेर उनलाई उनको जन्मको कुरा सुनाएर दुर्योधनको पक्ष छोड्न लगाउने सुनौला मौका यहि हो । दुर्योधनको पक्ष छोड्न उनलाई कर लाग्ने छ" । (#॥कर्णको मृत्यु, दु:ख, अवस्था ईत्यादि बारे चाहिँ चिन्ता छैन ! धन्य माता ! पाण्डवहरु र कृष्णलाई चाहिँ किन नभनेकि ? कृष्णलाई त सबै कुरा थाहा थियो ॥)।
कर्णले सदाकाल दैनिक पूजापाठ गर्ने ठाउँ गंगाजीको किनारमा आफ्नो बाल बच्चाहरुको लागि यस्तो चिन्ता लिएर दु:खि भएकी कुन्ती गइन् । कर्ण त्यहाँ आफ्नो पूजा पाठमा लागेका थिए । हातहरु उठाएर पूर्ब हेरी उनि गहिरो ध्यानमा थिए । उनको पछाडि उभिएर कुन्ती पर्खि राखिन् । पिठ्युँमा घामको ताप नलागे सम्म कुनै कुराको परबाह नराखि ध्यानमा मग्न भै कर्ण बसेका थिए । (#॥हे भगवान ! पूर्ब तिर हेरेर बसेका वा उभेकाको पिठ्युँमा घामको ताप कहिले पर्ने होला ?॥)।
पाठ पूजा सके पछि कर्णले फर्केर हेर्दा चर्को घामबाट बच्न कपडाले टाउको छोपेर उनको पछाडि उभी रहेकी कुन्तीलाई देखे । पाण्डुका महारानी पाण्डव राजकुमारहरुको मुमा (#॥गलत कर्ण, तिमीलाई पनि थाहा छैन रहेछ पाण्डवहरु कस्का सन्तानहरु॥) उनको पाठपूजा नसकुन्जेल धैर्य गरी उनलाई पर्खिरहेको कुराले उनको मनमा ठूलो खलबली भै उनलाई आश्चर्य लाग्यो । चलन अनुसारको सनमान गरेर कर्णले सोधे –"राधा र सारथि अधिरथ पुत्र म तपाईँलाई प्रणाम गर्दछु । म तपाईँ कै सेवामा छु । महारानी, तपाईँको लागि मैले के गर्नु प-यो ?" । कुन्तीले भनिन् – "कर्ण तिमी राधाको छोरा होइन । तिमी सारथी जातको हो भनेर पनि नसम्झ । (#॥किन ? जस्ले पालन पोषण ग-यो उसैको सन्तान हुन्छ ॥)। कुन्ती भनि जानिएकी राज खानदानको पृथाको गर्भवाट जन्मेका सूर्यको पुत्र हौ । तिमी भाग्यमानि होस्" । अनि कुन्तीले कर्णको जन्म बारे बिस्तारमा बताइन् । कुन्तीले भनिन् –"कानमा सुनको कुण्डलि कवच सहित पूर्ण फलामको पोशाक लगाएर जन्मेका (#॥क्या जन्म॥) तिमीले पाण्डवहरु आफ्ना भाइहरु हुन भनि नजानेर दुर्योधन सित मिलेका छौ ।(#॥पाण्डवहरुको जन्म बारे पनि किन नभनेको ? वाह रे कुन्ती ! पाण्डवहरुलाई कर्णको जन्मबारे पहिला नै भनि राखेको भए अर्जुन र उसको टक्कर हुनु अगाडि नै उनिहरुले कर्णलाई चिनी हाल्थे ।॥)। पाण्डवहरु सित वैमनश्यता गर्न पुगेका छौ ।(#॥वैमनश्यताको शुरुवात गर्ने त अर्जुन/पाण्डवहरु नै थिए ॥)। धृतराष्ट्रका छोराहरुको अधिनमा बस्न तिमीलाई सुहाउँदेन । पाण्डवहरु सित मिलेर देशका राजा भएर बस । तिमी र अर्जुन मिलेर त्यस दुष्टलाई (#॥किन दुष्ट ?॥) दमन गर्न सकोस्, जम्मै संसार तिम्रो चरणमा पर्नेछ । तिम्रो कीर्ति तिम्रा दाजुभाइहरु भएका बलराम र कृष्णको जस्तै टाढा टाढा फैलने छ । (#॥कर्णको कीर्ति कसैको भन्दा कम छैन ॥)। तिम्रा पाँचै जना भाइहरुले घेरिएर बसेको बेला तिम्रो तेज देवताहरुको माझमा बसेका ब्रह्माको जस्तो हुनेछ । जटिल बातावरणमा मानिसले प्रिय माता-पिताको मनलाई चित्त बुझाउने कार्य गर्नै पर्छ । यो हाम्रो शास्त्रानुसार सबै भन्दा उच्च धर्म हो" । (॥#प्रिय माता पिताको त हो, तर कुन्ती ........॥)
सूर्यको भाव भक्ति सकिएको बेला आमाले आफुलाई यसरि बोले पछि सूर्य देबताले कुन्तीको अनुरोध स्वीकारेको थियो भन्ने कर्णले आफ्नो मनमा कुनै लक्षण पर्न आएको कुरा उनको अन्तस्करणले महसुस गरे । तर सूर्य देबताले उनको शक्ति र मनको बलको परिक्षण गरिरहेको होला भनि उनि आफैले जाँच गरेर हेरे । उनले आफुलाई लालसामा परेको पाउन चाहेन ।
उनले मनमनै बिचार गरी स्वार्थताको लालसा गर्नु र प्राकृतिक माया गर्नु दुबैलाई रोके । उनले दु:ख लागे पनि दृढ भएर भने –"प्रिय माता, तपाईँले भन्नु भएको कुरा धर्म बिरुद्ध छ । यदि मैले धर्मको बाटो फेरेँ भने युद्ध भूमिमा मलाई शत्रुले गर्ने कुनै पनि घातक भन्दा ठूलो घातक मैले म आफैलाई गरेको हुन्छु । मेरो क्षत्रिय जन्मसिद्ध हक म नाबालकको बेला नदीमा फ्याँकेको बेला नै तपाईँले टुटाई सक्नु भएको छ । अहिले आएर तपाईँले मलाई मेरो क्षत्रिय कर्मको कुरा गर्नु भएको छ । मेरो जन्मले पाएको मात्रृ स्नेह दिनु भएको थिएन, र अब आएर अरु छोराहरुको भलोको बिचार गरी मलाई तपाईँले मेरो जन्मको कुरा सुनाउनु भएको छ । यदि अहिले म पाण्डवहरुसित मिल्न गएँ भने डराएर मैले यसो गरेछ भनि के संसारले 'हा हा' गर्दैन र ? मैले धृतराष्ट्रका छोराहरुको नुन खाएको खाएको छु । तिनीहरुको मण्डलिको बिश्वासिलो साथिको स्थान पाएको छु । तिनीहरुले मलाई दया, प्रेम र ईज्जत गरेका छन् । सबै चाहिने कुराहरुको हेर बिचार गरेका छन् । अब युद्ध हुन लागेको बेला तपाईँले मलाई ' नुनको सोझो ' नगर्ने कुरा गर्नु हुन्छ,  पाण्डवहरु सित मिल्न आऊ भन्नु हुन्छ । धृतराष्ट्रका छोराहरुले युद्धको बाढीबाट उनिहरुलाई पार गराउन सक्ने नाउ जस्तै मलाई ठानेका छन । तिनीहरुलाई यस युद्ध मैले नै गर्न लगाएको हुँ । अब मैले उनिहरुलाई कसरी छोड्ने ? बिश्वास घाती, नीच तथा बैगुनी कसरी हुने ? यो जुनि र पछिको समयले कस्तो मुल्यांकन गर्ने होला ? प्रिय माता, चाहियो भने मैले आफ्नो ज्यान दिएर भए पनि आफ्नो ऋण तिर्नु पर्ने हुन्छ । अन्यथा म मामुलि चोर जस्तै हुने छु । अब हुने यस युद्धमा निश्चय नै तपाईँका छोराहरुको बिरुद्धमा मेरो भए भरको शक्ति लगाएर लड्ने छु । कौरबहरु र तपाईँ दुबैलाई धोखा दिन सक्दिन । मलाई माफ गर ।" (#॥हे कर्ण, माफी माग्नु पर्ने किन ? माफी त लाज सरम नभएकी नीच कुन्तीले पो माग्नु पर्ने होइन र ? आमा भन्न पनि लाज लाग्दो कुरा भए पनि – जन्माउने भनेको त भगवानको आशिर्बाद हो, यसमा मानिसले घमण्ड गर्ने कुरा केही पनि छैन । स्याहार सुसार गरेर प्रेम पूर्बक नाबालकलाई हुर्काउनु पो सबै भन्दा ठूलो पूजा हो । सो कार्य गर्ने भएकीले पो आमा सबै भन्दा पुज्य छिन् । सो नगरेकीले तिम्रो लागि कुन्ती पुजनीय छैन – त्यसमा पनि पाँचजना मध्ये चार जना नाजायज पोईहरुबाट बच्चाहरु जन्माएकी !! ॥)
आफ्नो कुरालाई अगाडि बढाउँदै भने –"मेरो आमाको इच्छालाई मैले बिलकुलै खेर जान दिन्न । मबाट अर्जुनलाई अलग्ग गर्नुस् । या त उ या म मात्र यसयुद्धमा बाँच्न पाउने छ । हामी दुईमा एउटालाई मर्नै पर्ने छ । मलाई जे जस्तो गरे पनि मैले तपाईँका अरु छोराहरुलाई मार्ने छैन । बीर पुत्रहरुका आमा, त्यसो भए पनि तपाईँ सित पाँचै जना छोराहरु रही रहने छन्"। (#॥ हे कर्ण, तिम्रो मनोबल गिराउनु थियो, सो भयो । अर्जुन त मर्नेवाला हैन – बस कुन्तीले भन्यो ' आमा ' तिमीले मान्यौ । रंग मन्चमा पहिलो पटक भेट हुँदा कुन्तीले भनेको भए यो अवस्था नै आउने थिएन ॥ र, अरुलाई नमार्ने भनेर तिमीले दुर्योधन प्रति बिश्वास घात ग-यौ, धिक्कार छ तिमीलाई !॥)
क्षत्रिय धर्ममा रहने धृढ गरी आफ्नो जेष्ठ पुत्रले यसरी बोलेको कुन्तीले सुने पछि उनको मनमा खलबली र बिपरित भवनाहरु जाग्यो । बोलिरहनु उचित हुने नठानि कर्णलाई अंकमाल गरिन् र चुपचाप त्यहाँबाट हिँडिन् । घर फर्कँदै तिनीले बिचार गरिन् –"भाग्यमा लेखेको कुरा कस्ले मेटाउन सक्छ ? उनले मेरा चार जना छोराहरुलाई केहि पनि नगर्ने वचन दिएको छ । त्यति नै भए पुग्छ । भगवानले उनलाई आशिर्बाद देवोस् ।"

क्रमश:
५८ पाण्डवहरुको सेनामुख (Generalissimo)

रत्नमान डंगोल

Thursday, September 12, 2013

Post 32 32 ऋष्यश्रृङ्गी


32 ऋष्यश्रृङ्गी

रत्नमान डंगोल

मानिस इन्द्रिय सुखको पूर्ण अज्ञान भएर हुर्के छ भने त्यस्ता ब्यक्तिलाई ब्रह्मचर्यमा रहनु सजिलो हुन्थ्यो भन्ने धारणा लिनु भूल हो । अनजानले मात्र बचाएका धर्म निम्न कथाले दृष्टान्त दिए जस्तै धेरै असुरक्षा हुन्छ । यो कुरा रामायणमा पनि भनिएको छ तर त्यतिको बिस्तारमा छैन । सृष्टिकर्ता ब्रह्मा जस्तै उज्वल भएका बिभाण्डक ऋषि जंगलमा आफ्ना छोरा ऋष्यश्रृङ्गीको साथमा बसेका थिए । आफ्ना बाबु बाहेक मर्त्यमण्डलमा कुनै पुरुष तथा स्त्रीसंग ऋष्यश्रृङ्गीको भेट घाट भएको थिएन । कुनै समयमा अंग देशमा अधोर अनिकाल परेको थियो । बर्षात नभएर बालीनाली सुकेर गयो र मानिसहरु खान नपाएर मरे । सबै जिवात्माहरु आपतमा परेका थिए । त्यस देशका राजा रोमपद अनिकालबाट राज्यलाई बचाउन कुनै उपायको सल्लाहा लिन ब्राह्मणहरुलाई भेट्न गए । ब्राह्मणहरुले भने – “पूर्ण ब्रह्मचर्यमा बसेका ऋष्यश्रृङ्गी भन्ने एउटा नव युवक ऋषि छ । उनलाई हाम्रो राज्यमा आउन भनि बोलाउ । तपस्याको प्रभावले जहाँ जहाँ गए त्यहाँ त्यहाँ उनले बर्षात गराएर धन धान्य गराउने शक्ति पाएको छ” । (#॥गधाहरु, अहिले सम्म किन चुप लागेर बसेको त ? ऋष्यशृङ्गि भएकै ठाउँ त हो नि, बर्षाद किन नभएको ?॥)। राजा बिभाण्डकले ऋषिको कुटीबाट ऋष्यश्रृङ्गीलाई ल्याउन सक्ने उपायहरुको बारेमा भारदारहरुसित सरसल्लाह गर्न लागे । भारदारहरुको सल्लाह अनुसार उनले देशका सबभन्दा मोहीनी तरुनीहरुलाई बोलाई जम्मा गरेर ऋष्यश्रृङ्गिलाई अंग देशमा ल्याउने जिम्मा दिए । (#॥किन आफै सिधै गएर इज्जत साथ कुरा गरेर ल्याउन के मिलेन ?॥)। ती आईमाईहरु दोधारमा परेका थिए । एकातिर तिनीहरुलाई राजाको आज्ञा नमानेमा राजाको डर, अर्को तिर ऋषिको क्रोधको डर थियो । अन्त्यमा अनिकालबाट पिडित देशलाई बचाउने कल्याणकारी कार्य सिद्ध गर्नमा भगवानको भरमा परी तिनीहरुले ऋष्यश्रृङ्गिलाई ल्याउन कुटीमा जाने निश्चय गरे । कुटीमा पठाउन अघिबाटै त्यस कार्यको निमित्त तिनीहरुलाई सब कुराले सु-सज्जित गरी दिएका थिए । तरुनीहरुको त्यस दलका नायिकाले एउटा ठूलो डुंगाको माझमा नक्कली आश्रम र फूलहरु र लहराहरु सहित भएको एउटा फूलबारी बनाए । तिनले त्यस नाउलाई बिभाणडकको कुटीको नजिकको नदीमा एकान्त गरी राखेका थिए । डराई डराई तिनीहरु त्यस नक्कली आश्रममा बस्न गएका थिए । एक दिन डराई डराई कन बिभाण्डकको आश्रममा तिनीहरु गए । तिनीहरुको भाग्यले ऋषि बिभाण्डक त्यति बेला कुटीमा थिएन । मौका त्यही बेला थियो भन्ठानेर एउटी राम्री चाहीँ तरुनी ऋषिको छोरा ऋष्यश्रृङ्गि कहाँ पुगे । तिन्ले ऋष्यश्रृङ्गिलाई यसरि सम्बोधन गरी भने – “ महान ऋषि, के तपाइँलाई बेशै छ ? के तपाईँले पुग्ने गरी कन्दमूल पाउनु भएको छ ? के जंगलका ऋषिहरुको तपस्या सन्तोष जनकले चलिरहेको छ ? तपाईँको पिताको गौरब बढ्दै गई रहेको छ । के तपाईँको वेदको अध्ययन राम्ररी चलिरहेको छ ?” । त्यस जमानामा ऋषिहरु आपसमा जसरी ब्यबहार गर्ने गर्दथ्यो त्यसै प्रकार उनीले ब्यबहार गरेकी थिई । त्यस नवयुबक ऋष्यश्रृङ्गिले  मानवका त्यस्ती राम्री स्वरुप पहिले कहिँ पनि देखेका थिएन र त्यस्ता स्वर पनि सुनेका थिएन । पहिले कहिले पनि उनले आईमाई भनेको प्राणि नै देखेका थिएन । तापनि, यस सुन्दर रूप देखे देखि बिशेष गरी स्त्री जातीको संसर्गको निमित्त जागृत भएर आउने तृष्णा उनको मनमा खेल्न थाले । उनले सुन्दरीलाई आफु जस्तै नवयुबक थियो भन्ने थाने, रोक्नै नसक्ने अपूर्ब हर्ष उनको मनमा दौडिरहेको उनले महसूस गरेका थिए । कुरा गर्न आउने त्यस सुन्दरीलाई राम्ररी हेरेर जवाफ दिए –“तिमी एउटी उज्वल ब्रह्मचरी जस्तो देखिएकी छौ । तिमी को हौ ? तिमीलाई मेरो प्रणाम छ । तिम्रो कुटी कहाँ छ ? तिमीले कस्तो तपस्या गरिरहेकी छौ ?” अनि उनले सुन्दरीलाई चलन अनुसार सौगातहरु दिए । सुन्दरीले उनलाई भने – “ यहाँबाट तीन योजन टाढा मेरो आश्रम छ । तपाईँलाई फलफूल ल्याई दिएकी छु । तपाईँको सम्मान ग्रहण गर्न म योग्य छुइन । तर तपाईँको चलन अनुसार तपाईँलाई प्रणाम गर्दछु । सुन्दरीले प्रेम पूर्बक ऋष्यश्रृङ्गिलाई अंकमाल गरिन्, आफुसंग ल्याएको फलफूल मीठाईहरु खुवाए, बास्ना आउने फूलहरुले सिँगारी दिए । असल खालका सोमरस पान गराई दिए । ठूलो सम्माननीय पाहुनाहरुलाई गर्ने मर्यादा भनी ऋष्यश्रृङ्गिलाई फेरी अंकमाल गरिन् । सोचे जस्तै उनको तरिका ऋष्यश्रृङ्गिलाई खूब मन प-यो भनि उनले ठानिन् । बिभाण्डक ऋषि फर्कने डरले अग्नि  होत्र होम गर्ने बेला भयो भनि त्यस सुन्दरीले ऋष्यश्रृङ्गि संग बिदा लिएर बिस्तारै कुटीबाट बाहिर निस्के । बिभाण्डक कुटीमा फर्केको बेला जताततै मीठाईहरु छरिएर फोहर भएको देखेर दिक्क माने । कुटी सफा गरिएको थिएन । झारपातहरु र लहराहरु जता ततै छरिएकोले ज्यादै फोहर देखिएको थियो । छोराको अनुहार सदा झैँ चहकिलो देखिएको थिएन । तर प्रेमको आकाँक्षाले दु:खित भएर अनुहार अँध्यारो देखिएको थियो । सँधै गर्नु पर्ने कुटीको साधारण काम पनि गरेको देखिएन । बिभाण्डकले हैरान भएर ऋष्यश्रृङ्गिलाई सोधे – “प्रिय पुत्र, अहिले सम्म पनि तिमीले होमको लागि दाउरा किन जम्मा गरी नसकेको ? यी राम्रा बिरुवाहरुको लहराहरु कस्ले बिगारेको ? के गाईको दूध दुही सकेका छौ ? तिम्रो सेवा गर्न यहाँ कोही आएको थियो कि ? यो अपूर्ब माला तिमीलाई कस्ले दियो ? तिमी किन निदाउरो देखिएका छौ ?” त्यस सिधा साधा ऋष्यश्रृङ्गिले जवाफ दियो – “ अपूर्ब रुपकी एउटी ब्रह्मचरी यहाँ आएकी थिई । उनको तेज र रुप शोभा अथवा उनको स्वरको मिठास म बर्णन वा बयान गर्न सक्तिन । उनको बोली सुनेर, उनका नजरहरु देखेर अवर्णनीय आनन्द र मोहले मेरो भित्रात्मा भरिएको छ । उनको माया मर्यादाको चलन भनि उनले मलाई अंकमाल गरेको बेला मलाई अघि कहिल्यै थाहा नभएको आनन्द लाग्यो । सब भन्दा मीठो फलहरु खाँदा पनि मलाई त्यस्तो आनन्द लागेको थिएन” । अनि बाबुलाई उनको स्वरुप, सुन्दरता र चाल चलन बारे सकभर बताए । ऋष्यश्रृङ्गिले जिद्दी गरेर फेरी भने – “त्यस ब्रह्मचरीको साथमा बस्ने इच्छाले मेरो शरीर जलेको छ । गएर उनलाई भेटी कुनै तरिकाले उनलाई यहाँ ल्याउने मेरो तिब्र इच्छा जागेको छ । उनको भक्तिभाव र तेजको बारेमा कुनै बिचार म तपाईँलाई कसरी भन्न सकुँ थाहा छैन । उनलाई फेरी हेर्न मेरो मन ढुक ढुकी भएको छ । जब ऋष्यश्रृङ्गिले यहाँ सम्म भएको अन्जान तृष्णा र दिकदारीको कुराहरु ब्यक्त गरे तब पछी मात्र के हुन आयो भन्ने कुरा बिभाण्डकले थाहा पाए । उनले भने – “बाबु छोरा, तिमीले देखेको त्यो कुनै ब्रह्मचरी थिएन । त्यो त हामीलाई तपस्या गर्न नदिई धोखा दिने राक्षसहरुले जस्तै गर्न खोजेका धोखा पूर्ण राक्षसी थियो । त्यसैको लागि उनीहरुले जस्तै अनेक किसिमको छलकपट तथा खेलबाजीको उपाय गर्दछन् । तिनिहरुलाई आफ्नो नजिक आउन न देउ” । त्यस पछि बिभाण्डकले जंगलमा तीन दिन सम्म सो हानी गरेकी त्यस दुष्टहरुलाई भेटाउन खोज तलास गरेका थिए । आफ्नो उद्देश्यमा सफल हुन नसकी निराश भएर फर्के । बिभाण्डक कन्दमूल लिन कुटीबाट बाहिर गएको अर्को मौका पारी त्यस सुन्दरी ऋष्यऋङ्गि भएको ठाउँमा फेरी बिस्तारै पाइला हाली आइपुगी । ऋष्यऋङ्गीले उनलाई टाढैबाट देख्ने बितिक्कै जुरुक्क उठेर पानी थुनिएको बाँध फुटेर पानी ह्वाल ह्वालती बगेको जस्तै हस्याँग फस्याँग गरेर उनलाई स्वागत गर्न दौडे । कति पनि नपर्खि ऋष्यऋङ्गि उनको समिपमा गएर चलनानुसार उनलाई प्रणाम गरेर भने  -“ओ तेजस्वी ब्रह्मचरी, मेरो पिताजी नफर्कँदै तिम्रो कुटीमा जाऔँ” । सुन्दरीले जुन आशा लिएर काम गरेका थिए ठीक त्यहि अनुसार भयो । कुटी जस्तो बनाएको त्यस नाउमा उनिहरु संग संगै पसे । नवयुवक ऋष्यऋङ्गि पस्ना साथ त्यो दुङ्गा आफ से आफै चल्न थाल्यो । बाँधिएको डोरी किलोबाट छुट्यो । सो दुंगा आफै अंग राज्य तिर सुरुर्र बगेर गयो । मनले चिताए जस्तै नवयुबक ऋष्यऋङ्गीले आनन्द र मज्जाले यात्रा गरे । उनि अंग देशमा पुगे पछि विश्व तथा यस्को वातावरण बारे जंगलमा बस्दा भन्दा वास्तविक जानकारी प्राप्त गरे । ऋष्यऋङ्गीको प्रवेशले रोमापदलाई अति अति खुशि लाग्यो । उनले त्यस स्वागत योग्य पाहुनालाई आफ्नै लागि तयार गरिएको ऐश आरामले युक्त गरिएको खोपिमा लगे । ब्राह्मणहरुले पूर्ब बाणि गरे जस्तै ऋष्यऋङ्गिले त्यस देशमा पाईला हाल्ने बितिक्कै बर्षाद ओहिरन लाग्यो । तलाउ र नदीहरु पानीले भरीपूर्ण भए । जनताहरु खुशिले नाच्न थाले । रोमापदले आफ्नी छोरी शान्तालाई ऋष्यऋङ्गी संग बिबाह गरी दिए । आफुले योजना गरे अनुसार सबै सफल भएता पनि राजाको मनमा शान्ति थिएन । किनभने, बिभाण्डकले छोरा खोज्न आएर उनलाई सराप दिन सक्दथियो । त्यस कारण उनि सारै नै डराई रहेका थिए । राजाले बिभाण्डक आउने बाटो भरी नै गाईहरुको पङ्ति राखेर गोठलाहरुलाई ऋष्यऋङ्गीको नोकरहरु थिए र आफ्ना मालिकका पितालाई सन्मान गरी स्वागत गर्न र उनको सेवा गर्न बसी राखेको भनि सिकाएका थिए । बिभाण्डकलाई शान्त गर्ने उपाय गरेका थिए । कुटीमा कहिँ पनि छोरालाई नदेखेर रीसाएका बिभाण्डकले अङ्गका राजाको काम हुन सक्छ भनि अनुमान गरे । भयंकर नदीहरु तरी र गाउँहरु पार गरेर मानौँ राजालाई जलाउने जस्तो रीस गरी अंग देशको राजधानी तिर हिँडे । तर जाँदा जाँदा हरेक ठाउँमा उनको छोराको भनिएका नोकरहरुले आदर पूर्बक सेवा गरेको र असल खालका गाईहरु देखेर राजधानि पुगेको बेला सम्ममा उनको  रीसको भावना त्यसै हराएर गयो । उनि राजधानी पुगेको बेला ठूलो सन्मानले उनको स्वागत भयो । उनलाई राजाको दरबारमा लगे । त्यहाँ स्वर्गका राजा जस्तै ठाँट संग बसि रहेको आफ्ना छोरालाई देखे । बगलमा बसेकी उनकी पत्नी राजकुमारी शान्तालाई उनले देखे । उनको ठूलो सुन्दरताले उनलाई धैर्य गराएर खुशी तुल्याएको थियो । बिभाण्डकले राजालाई आशिर्बाद दिए । उनले छोरालाई आज्ञा दिएर भने – “राजालाई खुशी हुने कुरा सबै गर । एउटा छोरा पाए पछि जंगलमा मसित बस्न आउनु । ऋष्यऋङ्गीले आफ्ना बाबुले भने जस्तै गरेका थिए । लोमसले युधिष्ठिरलाई संबोदन गरी यो कथालाई यसरी टुंग्याएका थिए –“दमयन्ती र नल, सीता र राम, अरुन्धती र बशिष्ठ, लोपामुद्रा र अगस्त्य, द्रौपदी र तिमी, शान्ता र ऋष्यऋङ्गीले समय आए पछी वनमा गएर आफ्नो प्रेम र भगवानको पुजा गरी जिन्दगी बिताएका थिए । ऋष्यऋङ्गी बसेको कुटी यही हो । यहाँको पानीमा नुहाएर शुद्ध होऊ” । पाण्डवहरुले त्यहाँ स्नान गरेर पुजापाठ गरे ।                                                           क्रमश: ३३ यबक्रिदाको कथा

Friday, August 30, 2013

Post 55 ५५ सियोको टुप्पो जति पनि जग्गा नदिने (NOT A NEEDLE-POINT OF TERRITORY)


Post 55 ५५ सियोको टुप्पो जति पनि जग्गा नदिने (NOT A NEEDLE-POINT OF TERRITORY)

रत्नमान डंगोल


सञ्जयलाई पाण्डवहरुकाहँ पठाए पछि धृतराष्ट्र चिन्ता ग्रस्त भएर त्यस दिन रात भरी एक क्षण पनि सुत्न सकेन । उनले बिदुरलाई बोलाउन पठाए । रात भरी उनि सित कुरा गरेर बिताए । बिदुरले भनेको थियो – “पाण्डवहरुलाई तिनीहरुको आधा राज्य फिर्ता दिनु सबभन्दा भलो हुने उपाय हो ।(#॥किन ? केही आधार ? डर र धम्की ?)॥ पाण्डवहरुको पक्षमा किन छौ ?)॥ यसैले मात्र दुबै पक्षको भलो हुन सक्छ । पण्डवहरु र तपाईँका छोराहरुलाई समान ब्यबहार गर्नुस् । यहि काम नै ठिक र बुद्धिमानि हुने छ ।” यस बारे बिदुरले धेरै लम्बा चौडा कुरा गरेका थिए । भोलि पल्ट युधिष्ठिर बसेको ठाउँ उपप्लब्यबाट सञ्जय बिहानै हस्तिनापुर फर्केर आइपुगे । लगत्तै युधिष्ठिरको सभामा भएको पूर्ण बिवरण धृतराष्ट्रलाई बताएको थियो । “कृष्ण र मैले दुर्योधन र उनका मानिसहरुलाई जरै देखि उखेलेर नाश गर्न लागि रहेको छु । यो नभुल्नु युद्धको ध्याउनामा गान्धिव छ । मैले गान्धिव धनुषको तान नचढाए पनि यस्को ध्वनि गुञ्जिरहेको छ । मेरो बाणको ठोक्रामा बाणहरु कहिले कहिले भन्दै असन्तोष भएर छटपटाई रहेका छन् । सञ्जय, अनिष्ट ग्रह दशाले मूर्ख दुर्योधनलाई कृष्ण र म सित  युद्ध गराउने छ । इन्द्र र देवताहरुले पनि हामी दुबैको संयुक्त शक्तिलाई पराजय गर्न सक्तैन ।” भनि अर्जुनले भनेका यी कुराहरु अरुलाई भन्दा पनि बिशेष गरी दुर्योधनलाई थाहा हुनु पर्छ भनेका थिए । (#॥तिम्रो आफ्नै शक्ति केही छैन, सबै अरुको निगाहबाट पाएका थियौ । त्यस्तै तौर तरिकाले आफ्नो गल्ति र गरेको मूर्खतालाई मानेर जेष्ठ पिता धृतराष्ट्रसंग कुरा गरेको भए ? रीस, इबी र प्रतिशोधको भावनाले प्रेरित धम्किले के पाउने ? तिमीहरुले सबै कुरा पाइसकेका नै थियौ – आफ्नै मुर्खताले सबै गुमाऔ – दुर्योधनमा सो क्रूर भावना पनि तिमीहरु कै कारणले उब्जेको हैन र ? तिमीहरु न पाण्डुबाट भएका सन्ताहरु हौ, सबैको बाबु पनि एउटै होइन । कुरु बंशका नै होइनौ । आफ्नो बंश नै न भएका नाजायज, अनि पुर्ख्यौलि सम्पतिमा कसरी हक जमाउने ? ॥).।  अर्जुन र कृष्णको संयुक्त शक्तिलाई बिरोध नगर्न भीष्मले धृतराष्ट्रलाई सल्लाह दिए । (#॥खै कस्ले चुनौति दिए ? धम्कि त पाण्डवहरुबाट नै आएको हैन र ?॥).। “पाण्डवहरुलाई मार्ने छु भन्दै शेखि गर्दै हिँडेका कर्ण त पाण्डवहरुको सोह्र खण्डको एक खण्ड पनि छैन । तिम्रा छोराहरु उनको कुरा सुनेर नाश हुन लागि रहेका छन् । बिराटको देशमा तिम्रो छोराहरुको आक्रमणलाई हराई उनको घमण्ड तोडेको बेला कर्णले के गर्न सक्यो ? (#तिमी र द्रोणले गद्दारी गरेनौ र ? तिमीले त अझ बेहोश भएको बहाना पनि ग-यौ, अर्जुनको त्यस बाण तिमी प्रति प्रभाव हीन होइन र ?॥).। तिम्रा छोराहरुलाई गन्धर्बहरुले बन्दि बनाएको बेला त्यस अजित भनिएका कर्ण कहाँ गएर लुके ? त्यस गन्धर्बहरुलाई धपाउने अर्जुन थिएन र ?” – यसरी भीष्मले कर्णलाई छेड हानी कौरबहरुलाई सम्झाएका थिए । (#अकस्मात हमला गरेको कुरा तिमीलाई थाहा छ । तयारी गरेर फेरी आउनु भन्दा अगाडी दुर्योधनलाई बन्दी बनाई सकेको थियो र कर्ण आउनु बन्दा अगाडि अर्जुन पुगे । यस घटनाले लडाकु सदैब तयार र चनाखो हुनु पर्छ भन्ने कुरा सिकाउँ छ । यसमा कर्ण दोषी भएर पनि दोष दुर्योधनको असक्षमतालाई दिनु पर्छ ।॥).। धृतराष्ट्रले भने – “परिवारका थकालीले भनेका कुरा मान्नु उचित हो । शान्ति खोज्नु सबभन्दा राम्रो हो । बुद्धिमान मानिसहरुल सबैले यसै भन्छन् । मलाई पनि थाहा छ । तर मैले के गर्न सक्ने ? मैले जति सुकै जोर गरेर भने पनि यी मुर्खहरु आफ्नै बाटो लाग्न मात्र खोज्छन् ।” (#निर्णायक तिमी हौ । डर के को ? केही छैन । छोराहरुको आडमा तिमीले पनि दिन नचाहेको मात्र हो । राजा तिमी, निर्णायक तिमी हौ । फिर्ता त तिमीले पहिला नै दिइसकेका थिएनौ र ? भित्रि मनमा तिमीलाई पनि छ कि युद्धमा तिमीहरु हार्दैनौ, तर भीष्म र द्रोण धोके बाज हुन भन्ने कुरा तिमीहरुलाई थाहा नभएको कुरा । अशान्तिको कुरा त पाण्डवहरुले पो ल्यायो – उनिहरुलाई सम्झाउन भीष्म किन पाण्डवहरु कहाँ नगएको ?॥).। सबै कुरा सुने पछि दुर्योधन उभिएर भने – “पिताश्री, दु:ख नमान्नुस् । हाम्रो वचावट बारे शंका नगर्नुस, नडराउनुस् । हामी कति बलिया छौँ भन्ने कुरा हामीलाई थाहा छ । हाम्रो जीत हुने पक्का छ । युधिष्ठिरलाई पनि थाहा छ । किन भने राज्यको आशा त्यागेर उनले अब सिर्फ पाँचवटा गाऊँ मात्र मागेका छन् । (#॥पाए पछि दाउ के छ, के छ॥)। हाम्रो एघार डिभिजन फौज देखेर उनि यसै डराई सकेको कुरा स्पष्ट छ । पाण्डवहरुले हाम्रो एघार डिभिजन फौज सित कसरी सामना गर्ने ? तपाईँ किन हाम्रो विजय बारे शंका गर्नु हुन्छ ?” भनि दुर्योधनले आफ्ना बाबुलाई सम्झाउन खोजेका थिए । (#॥अझ भीष्म र द्रोणको नाम लिएनौ – यहि त कम जोरि भयो, चापलुसी र चाकडिको भाषा सिकेनौ ॥).।

धृतराष्ट्रले भने – “मेरो प्यारो पुत्र, युद्धमा नलाग । आधा राज्यमा सन्तोष भएर बस ।  आधा राज्यमा राम्ररी सासन चलाएर बसे भने हामीलाई प्रसस्त हुन्छ ।” दुर्यधनले यो कुरा कति पनि खप्न सकेन । “पाण्डवहरुले सियोको टुप्पो जति पनि राज्य पाउने छैन” भनि चिच्याई बैठक छोडेर गएका थिए । त्यस गञ्जागोल मै सभा भंग भयो ।

 त्यति बेला पाण्डवहरु आफु आफुमा के कुरा गरी रहेका थिए भन्ने तिर लागौँ । सञ्जयले उपप्लव्य छाडेर फर्के पछि युधिष्ठिरले कृष्णलाई भने – “बासुदेब, सञ्जय धृतराष्ट्रको विश्वासका पात्र हुन । उनको कुराबाट धृतराष्ट्रको मनको कुरा हामीलाई थाहा हुन्छ । धृतराष्ट्रले हामीलाई केही नदिई चुप चाप बस्ने गरी शान्ति चाहेको छ । सञ्जयको कुरा सुन्दा मेरो सोझो मनले पहिले मलाई खुशिलागेको थियो । तर मेरो हर्ष आधार हिन भएको स्पष्ट भयो । त्यस बेला उनले मध्यस्त भै शान्तिका कुरा गरे, तर हाम्रो न्याय पूर्ण अधिकार (#॥कसरी भयो ?॥) इन्कार गरे पनि उनको सन्देश टुंग्याइ भनेको कुराहरुले हाम्रो भद्रताको सह्राना गरेको जस्तो देखिएको थियो । धृतराष्ट्रले हामीहरु उपर भद्र ब्यबहार गरी रहेको छैन । भयंकर संकटको  अवस्था नजिक आई रहेको छ । हाम्रो रक्षा गर्ने तिमी बाहेक अरु कोहि छैन । (#॥तिमीहरुलाई कस्ले के गरेका छन् र, रक्षा गर्न प-यो ? तिमीहरु आफै सक्षम छँदै छौ । तिमीहरुले दु:ख नदेउ, भाँड भैलो नमचाउ न, शान्ति भै हाल्छ नि । के को आधारमा राज्य खोज्दै छौ, त्यो पनि डर र धम्किको आधारमा आफुले गरेको बेठिक कुरालाई शक्तिको आडमा ठीक भनाउन खोजिरहेका छौ । धर्म र शान्ति कुरा गर्छौ भने चुप चाप जेठा बालाई सेवा गरेर, मन जितेर हस्तिनापुरलाई अझ बढी वैभवशालि बनाउ न । प्रेम र शान्तिको सन्देश फैलाउ न । आफुबाट भएको गल्तिलाई किन स्वीकार्दैनौ ? शक्तिको आडमा उल्टो खेड्नेहरुको पछि किन लाग्छौ ? सबैले सबैको प्रभुत्व स्वीकार्नै पर्छ भन्ने छ र ? कोही कतै तिर, कोही कतै तिर लाग्छन् । महाभारतको कथा अनुसार खलनायक पात्र कृष्णलाई दुर्योधनले नमाने जस्तै अरु धेरैले मान्दैन । ॥)। पाँच वटा मात्र गाँउहरु पाए हामीले चित्त बुझाउँ थियौँ । दुष्ट कौरबहरुले त्यो पनि स्वीकार्ने छैन । (॥माग्ने तरिका नमिले पछि ? मागेर पनि नमाग्ने भन्छौ ! – धर्मका ठकेदार ठानेका हैनौ र ? । ॥)। सो माग अनुसार कार्यान्वयन भएन भने हामीले कसरी सहेर बस्ने ? (॥शान्ति!॥)। यस संकटमा हामीलाई सल्लाह दिन सक्ने तिमी मात्र छौ । (#॥गन्धर्बहरुबाट दुर्योधनलाई बचाउने बुद्धि कता गयो ? । ॥)। हामीले के गर्नु पर्ने भनी थाहा पाउने र हामीलाई राजनिति धर्मको शिक्षा दिने तिमी बाहेक कोही छेन” (#॥जादुको तलाउको उत्तरहरु खै त ? स्वार्थी बिचारलाई टेवा पु-याउनेहरुको पछि लागेर शान्ति हुन्छ ? ।॥)।

कृष्णले भने – “तिमीहरु दुबैको लागि कल्याण हुने कामको लागि मैले हस्तिनापुर जाने निश्चय गरेको छु । म हस्तिनापुर गएर बिनायुद्ध तिमीहरुको हक अधिकार दिलाउन खोज्ने छु । यदि म गएको कार्य सफल भयो भने संसार कै लागि कल्याण हुने छ । (॥#नत्र संसार दुबे दुबोस, आफ्नो डम्फु बजाएर नै छाडछु । हे खलनायक, तिमी अर्काको पारिवारिक कुरामा किन नुन छर्कन्छौ ? बलेको आगोमा पेट्रोल किन खन्याउँछौ ? शान्तिको कुरा नगरि कन हकै नभएको कुराको माग धम्कि र डरको आधारमा किन गर्छौ ? .॥ दुर्योधनले मारि दिन्छु, बस्नै दिन्न त तिमीहरुले जस्तै धम्कि त दिएको छैन डर त देखाएको छैन । धृतराष्ट्रले पनि त स्वागत नै गरेको छ; उ चाहन्छ पाण्डवहरुले उसलाई जेठा बाबुलाई गर्नु पर्ने जस्तो ब्यबहार गरोस् र समयले फरि आवस्यकता अनुसारको  ब्यवस्था मिलाउने छ । ॥)।

            (॥#जानु पर्ने त युधिष्ठिर / पाण्डवहरु सबै हो – आफ्नो जेठा बाबु कहाँ॥)। युधिष्ठिरले भन्यो –“कृष्ण, कृपया नजाउ । अब शत्रुहरुको दरबारमा तिमी जानु के फायदा ? त्यो बिपरित बुद्धिका दुर्योधनले आफ्नो मुर्ख्याईँ मै अडिरहने छ । हेलचक्रयाईँका ती मानिसहरु कहाँ माझमा तीं जाने भनेको हामी मन पराउँदेननौँ । हामीले तिमीलाई खतरामा पार्न दिन सक्दैनौँ । किनभने, कौरबहरु केही नगरी चुपलागेर बस्ने खालका होइन ।” (#॥शत्रुता त तिमीहरुले जगायौ, मित्रताको भावनामा जाउ न; तिमीहरु नाताले त पराया हौ, कुरु बंशका नै होइनौ ॥)। कृष्णले जवाफ दियो – “धर्म पुत्र, दुर्योधन कति दुष्ट छ भन्ने मलाई थाहा छ । (॥#तिमी जति त होइन ॥). तै पनि युद्ध रोक्ने संभब्यताको कार्य नगरेको भनि लोकले मलाई दोषारोपन गर्न नपाउने गर्नलाई सुलहको सबै प्रयास हामीले गर्नु पर्छ । हामीले कुनै पनि कसर छुटाउनु हुँदैन । हाम्रो प्रयास सिद्ध हुने आशा कम हुने भए पनि केही छैन । मेरो वचावटको बारेमा डर नमान । यदि कौरबहरुले सुलहको दूत भै गएका मालई शारीरिक खतराको धम।की देखायो भने मैले तिनीहरुलाई भष्म गरी दिने छु ।” (#॥ तिमीहरुले जस्तो तरिकाले अरु कोही तिमीहरु कहाँ आयो भने पनि तिमीहरु नै मान्दैनौ – जस्तो जराशन्ध, कंश, शिशुपाल । आफ्नो अधिकार बाहिरको कुरालाई लिएर किन निहु खोज्दै छौ ? तिमी वा अरुलाई टाउको दुखाउनाको कारण ? ना जायज वा बेठिक कुरालाई ठिक भनोस भन्ने चाहन्छौ ॥ सर्ब शक्तिमान भएकोमा घमण्ड र अहंकार नभए अरु के  हो ?)।. युधिष्ठिरले भन्यो –“तिंमी सर्बज्ञ छौ । तिमीलाई हाम्रो र उनीहरुको मन थाहा छ । कुरा बुझाएर मनाउने कुरामा तिमी बाहेक अरु कोही छैन ।” (#॥यही तौर तरिकामा गएर तिमी आफै किन कुरा गर्देनौ ? जाँदेनौ, किन भने तिमीहरुले कौरबहरुलाई सिध्याउने चाहे अनुसारको मौका पाएका छौ ।॥)।. कृष्णले भने –“हो, मलाई तिमीहरु दुबैको कुरा थाहा छ । तिम्रो मन सदा धर्म कार्यमा लागेको छ । (#चापलुसी, चाकडी गरेर आफ्नो स्वार्थ सिद्ध गर्नेमा मात्र हो ॥)।. कौरबहरुको मन सदा वैमनश्यता, डाह र शत्रुतामा ढलेको छ । (#॥अवान्छनीय तत्वले गरेको हस्तक्षेपलाई प्रतिकार गर्नेलाई त्यसो भन्न पाइन्छ ?॥)।।. तिम्रो लागि केही न केही होस, तिमीलाई पनि युद्ध नगर्ने बार्ता तिमीलाई मन परेको छ । त्यसको लागि केही परिणाम निकाल्न मैले सकेको प्रयास गर्ने छु । लक्षण खराब छ । युद्धको संकेट गरेको छ । (#॥बधाई छ । आफ्नो स्वार्थ सिद्ध हुने भयो .॥)। त्यसो भए पनि सुलहको प्रयत्न गर्नु हाम्रो कर्तब्य हुन आउँछ ।”  यति भनेर पाण्डवहरु सित बिदा भै कृष्ण हस्तिनापुर तिर गए ।

 

क्रमश:

POST 56 ५६ कृष्णको सन्देश (KRISHNA’S MISSION)