Wednesday, October 2, 2013

५९ कौरबको सेनामुख (Generalissimo)


५९ कौरबको सेनामुख (Generalissimo)

रत्नमान डंगोल
कौरब सेनाको अधिपति भै भीष्म रहे । दुर्योधनले उनलाई आदर पूर्बक ढोग गरेर भने – "कार्तिकेयले देबताहरुलाई हाँकेर लगे जस्तै तपाईँले हामीहरुलाई हाँकेर लगि बिजय तथा कीर्ति प्राप्त गर्नुहोस् । बाछोहरु बुढो साँढेको पछि लागे जस्तै हामीहरु तपाईँको पछि लाग्नेछौँ ।" पितामहले भने –"त्यसो त हो, तर मेरो मनमा भएको निशंकाको कुरा तिमीले सुन्नु पर्छ, बुझ्नु पर्छ । पाण्डुका छोराहरु मेरो लागि धृतराष्ट्रका छोराहरु, तिमीहरु जस्तै समान छन् । (#॥हे भिष्म, किन समान ? बुझ पचाएर दुर्योधनलाई धोखा दिँदैछौ, तिमीलाई थाहा छ पाण्डवहरु पाण्डवका छोराहरु हैनन् भनेर, त्यस्तै नकुल र सहदेब मादरीले कसबाट पाएका छोराहरु हुन् ?॥)। तिमीले दिएको जिम्मा मैले पूरा गर्नेछु । तिम्रो फौज हाँक्ने छु । मेरो कर्तब्य पूरा गर्ने छु । रणभूमिमा मैले दिनहुँ हजरौँ लडाकुहरुलाई मार्नेछु । तर पाण्डुका छोराहरुलाई म मार्न सक्दिन । यो युद्ध मेरो मन लागेर गर्न लागेको होइन । पाणडवहरुलाई मार्ने बाहेक मैले यस युद्धमा मेरो कबोल पुरा गर्ने छु । अर्को एउटा कुरा छ । तिमीहरुले माया गरेका सूर्य पुत्र, कर्णलाई मेरो अध्यक्षता भएकोमा बिरोधी छ (#॥कसरि थाहा भयो, सूर्य पुत्र भनेर ? सबैलाई किन न भनेको ? गद्धार हौ तिमी !!॥) । उनलाई मेरो बिचार मन पर्दैन । यदि तिमीहरुलाई उसको बिचार ठिक छ भन्ने  लागेको छ भने पहिला देखिनै फौजको अध्यक्षता लिएर युद्ध संचालन गर्नु भनि उनलाई भन्नु । मैले बिरोध गर्ने छैन । मैले सेना हाँकुन्जेल उसले लडाईँमा भाग लिन पाउने छैन ।"(॥#नालायक भीष्मले अधिराजकुमारलाई त्यसो भन्न पाउँछ र ?॥)
भीष्मले कर्णलाई र उनको ब्यबहारलाई मन पराउँदैन । (॥# हे दुर्योधन, कुरा किन नबुझेको ? पाण्डहरु जिवित भए सम्म लडाईँ कसरि सकिन्छ ? तिम्रो बिजय कसरि हुन्छ ? त्यसैले त कर्णलाई भीष्मले पन्छाए॥))।
"भीष्म बाँचे सम्म म अलग रहनेछु । उ मरे पछि मात्र म लडाईँमा भाग लिने छु । त्यस पछि अर्जुनसित सामना गरी उनलाई मार्ने छु ।" (॥# हे कर्ण, तिमीले पनि दुर्योधनलाई धोखा दिँदै छौ॥)। प्राचिनकालमा पनि ठूल-ठुला ब्यक्तिहरुमा पनि ईर्ष्या र डाह थियो । (॥#त्यस्ताहरुलाई पनि ठूला भन्ने ? पाण्डवहरु, कृष्ण र उनका अनुयायीहरुमा भएको त्यस्ता गुणहरुको कारणले न यो युद्ध भयो॥)।
दुर्योधनले भीष्मले राखेको प्रस्तावलाई स्वीकार ग-यो । भीष्मलाई आफ्नो फौजको सेना प्रमुखमा नियुक्त गरे । (॥#गलत ! लडाईँ जित्ने बिचार नहुनेलाई नेत्रृत्व दिनु !॥)। बाढी बगे जस्तै कौरब सेना कुरु क्षेत्र तिर बढेका थिए ।
(॥#हे दुर्योधन, भीष्म र द्रोणलाई मिल्ने जिम्मेदारी दिएर कर्णलाई सेना हाँक्ने काम दिएको भए, कर्णले अर्जुनसंग मात्र युद्ध गरे पुग्थ्यो र इन्द्रले दिएको अमोघ शस्त्रले अर्जुनको काम तमाम गर्न पाउँथ्यो – लडाईँमा तिम्रो जीत हुने थियो॥) ।

क्रमश:
६० बलराम
रत्नमान डंगोल

No comments:

Post a Comment