Friday, November 1, 2013

६४ युधिष्ठिर आशिष माग्न जान्छ (Yudhisthir seeks benediction)

६४ युधिष्ठिर आशिष माग्न जान्छ (Yudhisthir seeks benediction)
(चाकडी देखाउन – तपाईँहरु हारेर भए पनि हामीलाई जिताउनुस्)

रत्न मान डंगोल
युद्ध शुरु गर्न सबै तयार भए । युद्ध शुरु हुन लागेकै बेलामा पाण्डुका बहादुर पुत्र (#॥हैन, कुन्तीका नाथो पोई यमराजको छोरा ॥) युधिष्ठिर एकाएक कवच फुकालेर, हतियारहरु छोडी रथबाट ओर्लेर कौरब सेनाहरुको अधिपतिहरुतिर लम्केर गए । सो दृष्य दुबै तर्फका सेनाहरुले अचम्म मानेर ट्वाल्ल परेर हेरेर बसे । ' "युधिष्ठिरले के गर्न लागिरहेको छ" भनि पाण्डवतर्फका सबै जनाले एक अर्कालाई भने । यसरी युधिष्ठिर अचानक चुप चाप हिँडेकोले सबैजना अन्योलमा परेका थिए । धनन्जय पनि अन्योलामा परे । रथबाट हाम्फाली युधिष्ठिर तिर दौडदैँ गए । अरु भाइहरु र कृष्ण पनि गए । युधिष्ठिरले शायद आफ्नो स्वभाविक आकाँक्षमा लागेर कुनै शर्तमा मिलाप गर्ने अचानकको निर्णय गरेर त्यही कुरा भन्न गइरहेको हो कि भनेर तिनीहरुले शंका गरेका थिए ।
अर्जुनले युधिष्ठिरलाई भन्यो – "हे राजन्, तपाईँ  किन यसरी अनौठो ढंगले शत्रुको सेना तर्फ गई रहनु भएको ? तपाईँले हामीलाई केहि पनि भन्नु भएको छैन । शत्रु युद्ध गर्न तयार भएको छ । तिनीहरु कवच लगाएर शस्त्र उठाएर बसेका छन् । तर तपाईँ चाहिँ कवच फुकालेर, हतियारहरु छोडेर पैदल अगाडि बढेर जानु भै रहनु भएको छ । तपाईँ के गर्न लाग्नु भएको छ हामीलाई भन्नुस् ।" तर युधिष्ठिर गहिरो बिचारमा डुबेर चुपचाप अघि बढ्दै गएका थिए । मानिसका हृदयको कुरा जान्ने भएका कृष्णले हाँसेर भन्यो –"उनि यो संघातिक युद्ध शुरु गर्नु ऊगाडि जेठा बाठाहरुको आशिर्बाद लिन गई रहेको हो । रित पूर्बक यस्तो आशिष र आज्ञा निलिइकन यस्ता गंम्भिर कार्य शुरु गर्नु उनलाई अनुचित भन्ने लागेको छ । उनि आशिर्बाद लिन पितामह, द्रोण कहाँ जाँदैछ । त्यसैले उनि निशस्त्रभएर हिँडेको हो । उनले यसो गर्नु उचित पनि छ । यस युद्धमा फायदा उठाउनको लागि  शायद यहि तरिका नै ठिक छ ।"
निहुरेर हात जोडेर आईरहेका युधिष्ठिरलाई दुर्योधनका सेनाका मानिसहरुले देखेको बेला तिनिहरुले बिचार ग-यो 'हाम्रो फौज देखेर डराएर पाण्डवहरु शान्ति माग्न यहाँ आइरहेको छ । साँचिनै यस मानिसले क्षत्रिय बंशको इज्जत फालेको छ । यस कायर मानिस हाम्रा माझमा किन जन्मेको होला ?' प्रहार नगरी विजय हुने चिताएर हर्ष मानी तिनीहरुले आफु आफुमा यसरी युधिष्ठिरको खिसी गर्दै कुरा गरेका थिए । शिर देखि पाइताला सम्म सुसज्जित सुरक्षा सेनाको बिचबाट युधिष्ठिर गए । सीधै भीष्म बसेको ठाउँमा गए । निहुरेर उनको चरण छोएर प्रणाम गरेर युधिष्ठिरले भने –"पितामह, युद्ध शुरु गर्न हामीलाई आज्ञा दिनुस । अजय तथा बेजोड हाम्रा पितामह तपाईँसित युद्ध गर्न हामीले आँटेका छौँ । युद्ध शुरु गर्नु अघि हामी तपाईँको आशिर्बाद चाहन्छौँ ।" पितामहले जवाफ दिए –"पुत्र, भरत कुलमा जन्मेका तिमीले हाम्रो चलिआएको नीति अनुसार सुहाउँदो कार्य गरेका छौ । यो देखेर मलाई खुशि लागेको छ । युद्ध गर तिम्रो जीत हुने छ । म स्वाबलम्बी स्वतन्त्र कार्यकर्ता होइन । म राजाको अधिनमा रहेको छु त्यसैले कौरबको पक्षबाट युद्ध गर्न बाध्य छु । तर तिंमी पराजय हुने छैनौ ।" (#॥युधिष्ठिर भरत कुलको कसरी भयो ? यम कुलको होइन र ? नजित्ने भए पछि किन दुर्योधनलाई गद्दारी गर्दैछौ ? किन कुन्तीका छोराहरुको पक्ष लिन परेको ?॥)
यसरी पितामहको आज्ञा र आशिर्बाद पाए पछि युधिष्ठिर द।रोण कहाँ गए । आचार्यलाई रीत पूर्बक परिक्रमा गरेर ढोग गरे । उनले पनि आशिर्बाद दिएर भने –" ओ धर्मराज पुत्र, म कौरबको उम्कनै नसक्ने करकापमा परेको छु । हाम्रा स्वभाविक स्वार्थले मलाई कौरबको कमारो तुल्याएको छ । उही हाम्रो मालिक भएको छ । यसरी म कौरबहरुसंग बाँधिएको हुनु परेको छ । मलाई तिनीहरुको पक्ष भै लड्नु परेको छ । तर जीत चाहिँ तिम्रै हुने छ ।" (#॥युधिष्ठिर पाण्डु पुत्र है भनेर थाहा रहेछ नि, त उस्को पक्ष किन लिन परेको ? आफु नजित्ने भए किन युद्ध गर्ने, ? आफु हारेर नालायक, अधर्मी को लागी ? त्यो पनि तुक्ष कुराको लागि ?॥) त्यसै गरी युधिष्ठिर कृपाचार्य र मामा शल्य कहाँ गएर उनिहरुको पनि आशिर्बाद लिएर आफ्नो सेना तर्फ फर्के ।
बाराबरीका शस्त्र धारण गरेका मुख्य मुख्य सेनाध्यक्षहरुको बिच द्वन्द युद्ध गरेर युद्ध शुरु भयो । भीष्म र पार्थ, सत्यकि र कृतबर्मा, अभिमन्यु र बृहतबाल, युधिष्ठिर र शल्य र, दृष्टद्युम्न र द्रोणको बिचमा महा युद्ध भएको थियो । त्यस्तै हिसाबले हजारौँ युद्धाहरुले त्यस जमानाको रणनीति मुताबिक अलग अलग युद्ध गरे ।
प्रशिद्ध योद्धाहरुको बिच अनगिन्ति द्वन्द युद्धको अलावा साधारण सिपाहीहरुको बिचमा पनि बेपरवाहले युद्ध चल्यो । यस्ता  जथाभावि गरिने मारकाट हत्याकाण्डको युद्धलाई 'शंकुल युद्ध' भनिएको छ । कुरुषत्रमा त्यस्ता धेरै शंकुल युद्ध भएको थियो । अनगिन्ति मानिसहरु मारिएका थिए । रणभूमीमा मारिएका सिपाहीहरु, सारथीहरु, हाथीहरु, घोडाहरु इत्यादीका लाशहरुको थुप्रै दङ्गुरहरु भएको थियो । जमिनमा रगतको धाप जम्मा भएको थियो, त्यसमा रथहरु समेत चल्न नसक्ने भएको थियो । आधुनिक युद्धमा द्वन्द युद्ध भनेको हुँदैन । सबै शंकुल युद्ध हुन् ।
कौरबहरु भीष्मको अध्यक्षतामा दश दिन सम्म लडे । उनि पछि द्रोणले अध्यक्षता लिए । द्रोण मरे पछि कर्ण सेनापति भए । सत्रौँ दिनको युद्धको अन्त्य तिर कर्णको देहान्त भयो । अठारौँ र अन्तिम दिनको युद्धमा शल्यले कौरब सेनालाई हाँकेका थिए ।
युद्धको उत्तरार्धमा असभ्य तथा नियम बिरुद्धको कार्य पनि गरिएका थिए । रणनीति तथा प्रणाली त्यसै भंग हुँदैन । किनभने, मानिसको स्वभावमा भद्रता निहित भएको हुन्छ । तर, खास गरी लडेर थाकिएको बेला, बैमनष्यता र काटमारले सताइएको बेला मानिसहरुले थाम्न नसकिने किसिमको असजिलो भएको समस्याहरु र आकाँक्षाहरु उत्पन्न हुन्छन् । ठूला ठूला मानिसहरुले पनि भूल गर्छन् । पछिबाट त्यहि भूलहरु अरुहरुको लागि दृष्टान्त बनि दिन्छन् । अनि धर्मलाई सजिलै सित नमान्ने गराउँदछ । यसरी अत्याचार पैदा भएर अधर्मलाई पुस्ट्याईँ गर्छ । र, बिश्वलाई नै निर्दयी तुल्याई दिन्छ ।
क्रमश:
६५ प्रथम दिनको युद्ध /  रत्न मान डंगोल / (के को लागि कृष्णले लडाईँ गराएको त ?)
॥#महाभारतमा बरबरिक (आकाश भैरब) र भीमसेन पुत्र घटोट्कच बारे पनि कथा छन् सोध पुछ गरी जानकारी हासिल गर्नु होला ॥)



No comments:

Post a Comment