Saturday, November 2, 2013

६५ पहिलो दिनको युद्ध

६५ पहिलो दिनको युद्ध
(के को लागि कृष्णले लडाईँ गराएको त ? नाजायजको लागि, ठिकलाई बेठिक, र बेठिकलाई ठिक गराउन सकिन्छ भन्ने शिद्ध गर्न ?)

रत्न मान डंगोल

दुशासनले कौरब सेना र भीमसेनले पाण्डव सेना हाँकेका थिए । युद्धको कोलाहल गुञ्जियो । आकाश थर्कियो । ढोलहरु, सिँगहरु, शंखहरु र बिकुलहरु खलबल हुने गरी बज्यो । कोलाहलले कान खायो । घोडाहरुले चित्कार गरे । उन्मत्त हाथीहरुले तीखो स्वर गरी बिकुल बजाए । लडाकुहरुले सिंहनाद गरेर आवाज निकाले । बाणहरु उज्वल उल्काहरु जस्तै आकाशबाट बर्सिन थाले । बाबु, छोरा, काका भतिजाहरुले पहिलेको प्रेम र सम्बन्धहरु बिर्सेर आफुमा आफुमा काटमार गर्न थाले । प्रचण्ड हत्या काण्ड भए ।
पहिलो दिनको मध्यान्ह कालमा पाण्डवसेनाहरु नराम्रो सित सिथिल बएका थिए । भीष्मको रथ जहाँ जहाँ गयो त्यहाँ त्यहाँ संहारको नृत्य जस्तै  बञो । अभिमन्युले सो सहन सकेन र उनले पितामहलाई आक्मण गरे । सब भन्दा जेठा र सबै भन्दा कान्छाको बिच युद्ध भएको बेला त्यस द्वन्द युद्ध हेर्न देबताहरु पनि आएका थिए । अभिमन्युको रथमा सुबर्णको कर्णिकार रुख देखिने ध्वजा उज्वल भएर फरफराएको थियो । उनको एउटा बाण कृतबर्मालाई लाग्यो, शल्यलाई पाँच चोटी र भीष्मलाई नै नौ चोटी लागेको थियो । तरबारको धार जस्तो भएको अभिमन्युको बाणहरु मध्य एउटा बाणले दुरमुखको सारथिलाई लाग्यो, उनको छेदन भएको टाउको जमिनमा गुट मुटिएको थियो । अर्को बाणले कृपाको बाणलाई भाँचि दियो । तमाशा हेर्न आएका देबताहरुले अभिमन्युको पराक्रममा फूल बर्साएका थिए । भीष्म र अन्य बीरहरुले अभिमन्युको प्रशंसा गर्दै ठूलो स्वरले भन्यो –" साँचै नै धनन्जयको सुयोग्य पुत्र भएको रहेछ" । तद अन्तर कौरब सेनाहरुले त्यस बीर नवयुबक उपर संयुक्त आक्रमण गरे, तर उनिहरु सबैको अगाडि उनि अडिक भएर बसेका थिए । भीष्मले प्रहार गरेका सबै बाणहरुलाई अभिमन्युले काटेका थिए । उनले खूब ताकेर हानेको एउटा बाणले ताडिको रुख भएको भीष्मको ध्वजालाई पतन गरिदिए । त्यो देखेर भीमसेनले अति हर्ष गरेर बीर भतिजालाई आर्को प्रोत्साहन दिनको लागि सिँहनाद गरेका थिए ।
बीर बालकको बहादुरी देखेर पितामहलाई ठूलो हर्ष भयो । इच्छा नहुँदा नहुँदै पनि त्यस बालक माथि पूर्ण बल लगाएर भीष्मले आक्रमण गर्नु परेको थियो । त्यस नव युबक बीर अभिमन्युलाई भरोसा दिन  बिराट, उनका छोरा उत्तर, द्रुपदका छोरा दृष्टद्युम्न र भीम आए । सबै मिलेर पितामहलाई आक्रमण गरे र भीष्मको ध्यान अभिमन्युबाट हटाए । बिराटको छोरा उत्तरले हाथीमा आरोहण गरेर शल्य माथि भयानक आक्रमण गरे । शल्यका रथका घोडाहरु मरे । त्यसो भए पछि शल्यले उत्तरलाई गदाले प्रहार गरे । गदा उत्तरको छातिमा नै लाग्यो । उत्तरको गदा हातबाट खस्यो र उनि लडेर म-यो । तर हाथी हटेर गएन । त्यस्ले हमला गर्दै रह्यो । तर शल्यले त्यसको सूँढ काटी शरीरको धेरै ठाउँहरुमा बाणहरुले प्रहार गरे । अनी त्यो हाथी ठूलो स्वरले करायो र म-यो । शल्यले कृतबर्माको रथ चढेका थिए ।
बिराटको जेठो छोरा श्वेतले आफ्नो भाइ उत्तर मरेको देखे । घ्यु होमेको आगो जस्तै उनको क्रोध उठ्यो । उनले शल्य तिर रथ बढायो ।  तुरुन्तै शल्यको सहायता गर्न रथ चढी सात जना बीरहरु आइपुगे । चारै तिर बाट उनिहरुले शैल्यको रक्षा गरेका थिए । श्वेत उपर उनिहरुले बाणहरु ओहि-याय । शस्त्रहरु बादलमा बिजुलि चम्के जस्तै चम्केका थिए । अपूर्ब सित श्वेतले आफ्नो रक्षा गरेका थिए । श्वेतले शत्रुका सबै बाणहरु बिचैमा रोकिदिएका थिए । उनि माथि प्रहार गरेका गदाहरु पनि सबै काटी दिएका थिए । श्वेतले देखाएको कार्य कुसलतामा दुबै पक्षका योद्धाहरु छक्क परेका थिए । सो बेला दुर्योधनले कुनै समय गुमाएन । शल्यलाई बचाउन फौजहरु पठाएदिए । त्यहाँ धुनधानको युद्ध भयो । हजारौँ सिपाहिहरुको नाश भयो । ध्वस्त भएका रथहरु र मरेका हाथी घोडाहरु अनगिन्ति थिए । दुर्योधनका मानिसहरुलाई भगाउन शवेत सफल भए । अघि बढेर भीष्मलाई आक्रमण गरे । श्वेतले भीष्मको झण्डा खसालिदिए । भीष्मले पनि श्वेतको घोडा र सारथिलाई मारिदिए । (#॥उल्लु भीष्म, सारथिलाई आक्रमण गर्न पाईन्छ र ?॥)। त्यस पछि तिनीहरुले परसपरमा गदा प्रहार गरी युद्ध गरे । श्वेतले गदा रिङ्ग्याएर भीष्म माथि प्रहार गरे । रथ चूर्ण भयो । तर पितामह गदा रथमा लाग्नु अगाडि नै त्यसो हुन्छ भनेर जानेर रथबाट हाम्फालेका थिए । जमिनबाटै धनुष कान सम्म खिचेर भीष्मले श्वेतलाई सांघातिक बाणले हमला गरे । श्वेतलाई सो बाणले लाग्यो र ढली म-यो । दुशासन सिँग फुकेर खुशि भै नाचे । त्यस पछि भीष्मले पाण्डव सेना माथि ठूलो आक्रमण गरे । (#॥ हे भिष्म, किन निर्दोषलाई मारेको ? जब कि पाण्डवहरुलाई मार्नु नै छैन भने ? लडाईँ जित्नु नै छैन भने ? !!॥)।
प्रथम दिनको युद्धमा पाण्ढवहरुको फौजले ठूलो दु:ख पाएको थियो । यता धर्म पुत्रलाई ठूलो चिन्ता लागेको थियो भने उता दुर्योधनको खुशिको सिमाना थिएन । पाण्डवहरु कृष्ण कहाँ आएर दु:खको छलफलमा लागेका थिए । "भरतबंशका नायक" भनि कृष्णले युधिष्ठिरलाई भन्यो –'नडराउनुस, भगवानले तपाईँलाई बीर भ्राताहरु दिनु भएको छ । तपाईँ किन शंका उपशंका गर्नु हुन्छ ? । म छु, सत्यकि, बिराट, द्रुपद हुनु हुन्छ र दृष्टद्युम्न पनि छन् । तपाईँले दु:ख मान्नु पर्ने कारण केहि छैन । पूर्ब निश्चित शिकार भीष्मलाई पर्खि बसेका शिखण्डिलाई तपाईँले बिर्सनु भएको छ । युद्धमा भएका घटनाहरु देखेर वाक्क मानेर बाँचिरहने इच्छा भीष्ममा हराओस् र मर्ने इच्छा जागेर आउने दिनको प्रतिक्षा गर्नुस" कृष्णले युधिष्ठिरलाई यसरी धैर्य गराएका थिए ।


क्रमश:
६६ दोश्रो दिनको युद्ध
रत्न मान डंगोल

No comments:

Post a Comment