Thursday, August 8, 2013

post 50 ५० अर्जुनको सारथि (Arjun’sCharioteer)

५० अर्जुनको सारथि (Arjun’sCharioteer)
 रत्नमान डंगोल

 द्रुपदको ब्राह्मणलाई शान्तिको सन्देश दिएर पठाए पछि  लगत्तै पाण्डवहरुले आफ्नो लागि भलो गर्ने खालका राजाहरुलाई युद्धको लागि फौजलाई तयारिमा राखि सजक रहन अनुरोध गरी पठाए । द्वारिकामा अर्जुन आफै गए । गुप्तचरहरु मार्फत बिपक्षिका कुराहरु थाहा पाएर दुर्योधन पनि त्यसै हात बाँधेर बसेका थिएन । कृष्ण घर फर्कि सके भन्ने सुनेर सकेसम्म छिटो दौडने घोडाको रथ चढी उनि पनि द्वारिका पुगे । अर्जुन र दुर्योधन दुबै जना उहि दिन द्वारिका पुगेको भए ता पनि दुर्योधन अगाडि पुगेका थिए ।

कृष्ण मस्त निदाएका थिए । (#॥कुन बेला पुगे छन् ; सुत्ने बेला कहिले हो ? खै ?)॥. दुबै जना नजिकका नाता भएकाले कृष्ण सुतेकै कोठामा दुबै जना पुग्न पाएका थिए । दुबै जना कृष्ण ब्युँझने प्रतिक्षामा बसे । पहिले पुगेका दुर्योधन ओछ्यानको सिरानि नजिक राखिएको  सिङ्गारिएको गद्दावाल सोफामा बसेका थिए । अर्जुन सदभावनाले हात जोरेर खुट्टा निर उभिएका थिए । माधव बिउँझदा अगाडि हात जोरेर उभिएका अर्जुनलाई पहिला देखे । कृष्णले उनलाई हाँसेर स्वागत गरे । दुर्योधन बोलेर पहिला म आई पुगेको भनि ध्यान आकर्षण गेरकोले कृष्णले उ तिर हेरेर उनलाई पनि स्वागत गरे । तिनीहरु दुबै जनालाई कुन कुराले द्वारिका तिर आउनु प-यो भनि कृष्णले सोधे । आफ्नो कुरा भन्ने पहिलो दुर्योधन भए । “हामीहरुको बीचमा छिट्टै युद्ध हुने देखिएको छ । यदि युद्ध भयो भने तिमीले मेरो पक्ष लिनै पर्छ । अर्जुन र मलाई तिमीले उत्तिकै प्रेम गरेका छौ । हामी दुईमा एउटा भन्दा अर्को बढी नजिकको भनि तिमीले भन्न पाउँदैनौ । अर्जुन भन्दा पहिले म आएको थिएँ । अगाडि आउनेले प्राथमिकता पाउने परम्परा छ । जनार्दन तिमी त महानमा पनि महान छौ । यसैले अरुहरुको उदाहरण बन्न तिमीलाई बाध्य पारेको छ । तिम्रो ब्यबहारले परम्पराको धर्मलाई निष्कर्ष गर । म पहिले आएको भनि सम्झनु” भनि दुर्योधनले भनेका थिए ।
पुरुषोत्तमले जवाफमा भने – “तिमी पहिले आएका थियौ भने मेरो दृष्टि पहिले अर्जुनमा परेको थियो । यसकारणले पनि म उपरको दाबी तिमीहरुको बराबरै छ । दुबै पक्षलाई सहायता दिन मलाई बाध्य परेको छ । चिज बिजहरु बितरण गर्दा पाउनेहरुमा सब भन्दा कान्छोबाट  शुरु गर्ने परम्परागत चलन हो । त्यसकारण मैले अर्जुनलाई पहिले छान्न दिनेछु । मेरा स्वजातिय नारायण सेनाहरु युद्धमा म बराबरै छ । त्यो प्राय अजित ठूलो फौजले बनेको छ । तिनीहरु एक पक्षमा हुने छन्  र अर्को पक्षमा म एक्लै हुने छु । तर मैले कुनै हतियार लिने छैन र वास्तविक युद्धमा भाग लिने छैन ।”
उनले अर्जुन तिर हेरेर भने –“पार्थ ! राम्ररी बिचार गरी सोचेर भन तिमीले हतियार नलिने भएका म एक्लैलाई चाहन्छौ या नारायण दलको पराक्रमलाई ? तिमी कान्छो भएकोले ब्यबहारले दिएको प्रथम रोजाईको अधिकार लेउ ।” कृष्णले बोल्न सकेकै थिएन, अर्जुनले आदरसाथ नअनकनाईकन भने –“तपाईँले हतियार नलिने भएता पनि तपाईँ मात्र एक्लै हाम्रो पक्षमा भए मलाई पुग्छ ।” अर्जुनको मूर्ख रोजाई भनि बिचार गरेर दुर्योधनको हर्षको सिमा भएन । उनले खुशिसाथ वासुदेवको सेनाको सहायता स्वीकार गरे । उनको अनुरोध पूरा पनि भयो । ॥(#नैतिक दृष्टिकोणले ती सैनिकहरु दुर्योधन प्रति निष्ठावान त हुनै सक्तैन)॥.  बलिष्ठ सेना पाएकोमा खुशि भएर दुर्योधन बलदेब (बलराम) कहाँ गएर सो कुरा सुनाए । उनले बोल्न सकिए पछि बलिष्ठ बलरामले भने – “दुर्योधन, बिराटको छोरीको बिबाहको बेला मैले भनेको सबै कुरा तिनीहरुले तिमीलाई भनेकै हुनु पर्छ । मैले तिम्रो पक्षमा वकालत गरेँ । तिम्रो लागि भन्न पाइएका सबै कुरा भनेको थिएँ । कौरब र पाण्डवहरु सित हाम्रो बराबरको सम्बन्ध छ  भनि बारम्बार मैले कृष्णलाई भनेको छु । मेरो कुराले कृष्णलाई बिश्वास दिलाउन सकेन । मेरो केही लागेन । कृष्णले बिरोध गरेको ब्यक्तिको पक्ष लिन मेरो निमित्त असम्भव छ । मैले पार्थलाई सहायता दिने छैन । कृष्णलाई बिरोध गरी तिमीलाई भर दिन पनि सक्दिन । दुर्योधन, तिमी विश्वका सबै राजाहरुले मानि आएका प्रशिद्ध कुलमा जन्मेका छौ । युद्ध हुनै पर्ने भएको छ भन्ने भए पनि क्षत्रियको धर्मलाई नछाड्नु ।” “अर्जुन मूर्ख बनेको छ । द्वारिकाको ठूलो फौज मेरो पक्षमा लड्ने छ । बलरामको सदभावना पनि म तिर छ । वासुदेब बिना फौजको भएको छ” भन्ने मन मनै ठानी दुर्योधन ठूलो फुर्ति गरी छाति फुलाएर हस्तिनापुर फर्केका थिए ।
“धनन्जय, मेरो सर्ब सम्पन्न बीर फौजहरु छोडि शस्त्र बिहिन भएका म एक्लैलाई निको मानी नबुझिकन यसरी किन रोजेको ?” भनि तिनीहरु एक्लै भएको बेला कृष्णले हँसिलो अनुहार गरी अर्जुन सित सोधे । अर्जुनले जवाफमा भने –“तपाईँ को जस्तै कीर्ति पाउने मेरो अभिलाषा छ । युद्धमा एक्लैले विश्वका सबै राजाहरु र उनका फौजहरु सित सामना गर्ने शक्ति र पराक्रम तपाईँमा छ । तपाईको साथ पाएमा मैले पनि यसो गर्न सक्छु भन्ने मलाई लागेको छ । त्यसैले शस्त्र बिना मेरो रथ हाँक्न दिएर तपाईँको साथ लिएर युद्ध जित्ने मेरो ईच्छा / सूर छ । मैले यो सपना देखेको धेरै दिन भै सकेको छ । आज तपाईँले मेरो ईच्छा पु-याई दिनु भएको छ ।”
वासुदेबले फेरी मुसुक्क हाँसेर यो आशिर्बाद दिए –“के तिमी म सित प्रतिस्पर्धा गर्न खोजि रहेका छौ ? तिम्रो कार्य सफल होस् ।” अर्जुनको निर्णयले कृष्ण धेरै खुशि भएका थिए । पार्थको सारथि कसरी कृष्ण हुन आए भन्ने पबित्र कथा यही हो ।

 क्रमश:
५१ शल्य आफ्नै भानिजहरुको बिरोधमा (Salya against own nephews)
Ratna Man Dongol

No comments:

Post a Comment