Thursday, August 22, 2013

Post 53 ५३ नहुश (Nahusha)

Post 53 ५३ नहुश (Nahusha)
(मामा सल्यले सुनाएको)
रत्नमान डंगोल

 बृत्रलाई मारेको (विश्वरुपलाई नि ?)  पापले इन्द्रलाई उच्च स्थानबाट तल झरेर भाग्न प-यो । उनको बदलामा राजा नहुशलाई देबताहरुले आफ्नो राजा बनाएका थिए । नहुश पृथ्विमा राजा भएको बेला उनले कमाएको कीर्ति र धर्मको प्रभावले उनले स्वर्गमा पनि राज काज राम्ररी चलाएका थिए । पछिबाट उनि कुदिनमा परे । देबताहरुको राज्य ग्रहण गर्न पाएकोमा उनमा अहंकार चल्यो । उनको शिष्टाचार गुम्यो । उनि अवैध आकांक्षामा लाग्न थाले ।
 नहुश स्वर्गको सुखानन्दमा मस्त भएर कुकर्म र अब्यभिचारीको बिचारमा लागे । एक दिन उनले इन्द्राणीलाई देखे । तिनी देखी मोहित भए । कुबिचार लिएका नहुशले भेला भएका देबताहरुलाई हुकुमको बोलिमा भने –“देबराज इन्द्रको पत्नी सचिदेबी म कहाँ किन नआएकी ? अहिले म देबताहरुको राजा होइन र ? उनलाई तुरुन्तै मेरो घरमा बोलाएर ल्याउ” । त्यो कुरा सुने पछि इन्द्राणीलाई रीस उठ्यो । डर र पीरले उनि बृहस्पति कहाँ गएर रोई कराई भनिन् –“गुरु, यस दुष्ट मानिस देखी मलाई बचाउ” । बृहस्तिले उनलाई वचाउने वचन दिए । बृहस्पतिले भने - “नडराउ इन्द्र चाँडै फर्कने छ । म सँगै यहाँ बस । तिमीले फेरी आफ्नो पति पाउने छौ ।”
जब सचिदेबीले उनको इरादा पु-याउन नमानेको  र बृहस्पति कहाँ शरण लिएको कुरा थाहा पाए नहुश धेरै रिसाए । राजाको बेखुशले देबताहरु धेरै डराए । तिनीहरुले बिरोध गरी भने –“देबराज, नरिसाउ । तिम्रो क्रोधले संसारलाई दु:ख हुने छ । सचिदेबी पर-स्त्री हुन् । धर्म निष्ठालाई नछोड ।” तर मोहमा लठ्ठिएका नहुशले तिनीहरुको कुरा सुनेन । उनले तिनीहरुलाई छेड हानी भने –“इन्द्रले अहिल्यासंग भोग बिलास गरेको बेला तिमीहरुको धर्म निष्ठा र सदाचार कहाँ गएको थियो ? तिमीहरुले त्यसबेला इन्द्रलाई किन रोकेनौ ? अब मलाई किन रोक्छौ ? बिशश्वरुपले तपस्या गरिरहेको बेला शरम नमानी उनलाई हत्या गरेको बेला तिमीहरुले के गरेका थियौ ? उनले बृत्रलाई धोखा दिएर मारेको बेला तिमीहरुको धर्माचार कहाँ थियो ? आएर मसित बस्नु सचिदेबीको कर्तब्य हुन्छ । उनिसित कुरा कानि मिलाई मेरो प्रस्तावमा मनाएर उनिलाई मेरो साथमा राख्नु तिमीहरुको लागि कल्याणकारी हुनेछ । यसैले अब तिमीहरु यस कार्यमा लाग ।”
 डराएका देबताहरुले बृहस्पति संग कुराकानि गरी सचिदेबीलाई नहुश कहाँ लगि दिने कुनै उपाय गर्ने अठोट गरे । तिनीहरु सबै बृहस्पति कहाँ गएर नहुशले भनेको कुरा उनलाई सुनाए । नहुशको आकांच्छामा रहनु पर्ने कुरामा सचिदेबीले वादबिबाद गरेकी थिइन् । त्यस कुरामा सचिदेबी लज्जा र डरले काम्न थालिन् । “हे भगवान ! म त्यस्तो काम गर्न सक्तिन । मैले तपाईँहरुको शरण मागेकी थिएँ, ओ ब्राह्मण, मेरो रक्षा गर ।” रोई कराई सचिदेबीले भनिन् । बृहस्पतिले सचिदेबीलाई सान्त्वना दिएर भने –“शरण मागेको मान्छेलाई धोखा दिने मान्छेको सर्बनाश हुनेछ । पृथ्विले पनि त्यस्ता मान्छेले रोपेको बिउ पलाउन दिने छैन । मैले तिमीलाई छोड्ने छैन । नहुशको  अन्त्य नजिक आएको छ । नडराउ ।” परी आउने समयको लागि तिनीले प्रार्थना गर्नु पर्ने कुराको सङ्केट गरी उनले तिनीलाई संकष्टको वातावरणबाट बच्ने उपाय बताएका थिए । सचिदेबीले सो इशारा बुझेर उनि नडराइकन नहुशको दरबारमा गइन् ।
नहुशले तिनलाई देख्ने बितिक्कै गौरब र मोहले होस हवासै उडी उनको खुशिको सिमाना नै रहेन । उनले भने –“सुन्दरी नकाँप, म तिनै लोकको मालिक हुँ । तिमी मेरो पत्नी हुनुमा कुनै पाप हुनै सक्तैन ।” त्यस अधर्मीको कुरा सुनेर इन्द्रकी पत्नी इन्द्राणी केही क्षण काँपेकी थिइन् । चाँडै नै कम्पलाई थामेर तिनले जवाफ दिइन् –“देबराज नहुश, म तिम्री हुन अगाडी मलाई एउटा अनुरोध गर्नु छ । इन्द्र बाँचे कै छन् वा मरिसकेका छन् ? यदि बाँचेका भए उनि कहाँ छन् ?। सोध पुछ गरी उनको तलाश गरेर यदि उनलाई भेट्टाउन सकिएन भने मलाई केही पाप लाग्ने छैन । म शुद्ध बिचार लिई तिम्रो पत्नी हुन सक्ने छु ।” नहुशले भन्यो –“तिमीले भनेको कुरा ठिक छ । जाउ, तलाश गर । निश्चय गरी फर्कनु । आफ्नो वचनको कुरा नबिर्सनु ।” यति भनेर नहुशले उनलाई बृहस्पतिको घर फर्काई दिए ।
देबताहरु महा-बिष्णु कहाँ गएर नहुश उपर उजुर गरेर भने –“प्रभु, तपाईँकै शक्तिले बृत्र मारिए तर त्यस्को पाप इन्द्रले भोगेका छन् । उनि स्वछन्द भएर देखा पर्न लाज मानेका छन् । डराएर लुकी बसेका छन् । उनको पाप मोचन हुने उपाय बताउन तपाईँको प्रार्थना गर्दछौँ ।” नारायणले जवाफमा भने –“उनलाई मेरो अर्चना गर्न भन्नु । उनि पापबाट मोक्ष हुने छ । त्यस दुष्टमती नहुशको नाश हुनेछ ।” सचिदेबीले पबित्र देबीको प्रार्थना गरिन् । उनको आशिर्वादले इन्द्र लुकेर बसेको ठाउँमा सचिदेबी पुग्न सफल भइन् । इन्द्र आँखाले नदेखिने गरी परमाणु जस्तो सानो रुपधारण गरेका थिए । कमलको डाँठको रेशामा लुकेर बसेका थिए । उनले शुभ-दिनलाई पर्खेर तपस्या गरिरहेका थिए । सचिदेबीले आफ्नो पतिको बिपद देखेर सहन सकिनन् । आँसु चुहाई रोइन् । तिनीले आफ्नो दु:खहरु इन्द्रलाई थाहा दिइन् । इन्द्रले तिनीलाई साहास बढ्ने कुराहरु भने । उनले भने –“ नहुशको अन्त्य हुने बेला नजिक आइरहेको छ । तिमी आफै उसकहाँ जाउ । उसको प्रस्ताव मान्दछु भनि ढोँग गर । योगिहरुले बोकेको पालकिमा बसेर तिमी बसेको ठाउँमा आउनु भनेर बोलाउनु । अनि नहुश नाश हुने छ ।”
सचिदेबी फर्किन् । इन्द्रले भने जस्तै नहुशले भनेको कुरा मान्ने बहना गरिन् । अति खुशि भएर मूर्ख नहुशले कराएर भने –“भाग्यमानी, म तिम्रो नोकर हुँ । तिमीले भनेको जे पनि गर्न तयार छु । तिमीले साँचि कै आफ्नो वचन राखेकी छ्यौ ।” सचिदेबीले भनिन् -“हो म फर्कि आएकी छु । तिमी मेरो पति हुने छौ । तिमीले मैले चाहेको केही कुरा गरी दिए हुन्छ । तिमी विश्वको मालिक होइनौ र ? महा-बिष्णु अथवा रुद्र अथवा असूरहरुले भन्दा धेरै भब्य राजकीय सम्मानका साथ तिमी मेरो घरमा आओस् भन्ने मेरो ईच्छा छ । तिमी सात जना ऋषिहरुले बोकेको पालकिमा बसेर आउनु । म खुशी हुने छु । तिमीलाई सत्कार गरी मान्ने छु ।” नहुश धरापमा परे । “कस्तो गौरबको कुरा । तिम्रो कल्पना अपूर्बको छ । यसैले म अत्यधिक खुशि भएको छु । जसमा मेरो नजर पर्दछ त्यसको बल खिच्न सक्ने शक्ति ममा भएकोले मलाई ठूला ठुला ऋषिहरुले बोकेर लाने कुरा अति उचित छ । तिमीले इच्छा गरे जस्तै मैले गर्ने छु ।” भनेर नहुशले इन्द्राणीलाई घर फर्काए । मोहमा लठ्ठ परेका त्यस नहुशले ऋषिहरुलाई बोलाए । उनलाई पालकिमा राखेर काँधमा बोकेर लैजानु भनेर आदेश दिए । त्यस अत्याचारमा तीनै लोक डोलाएमान भयो । तर पालकि बोकि जाँदा जाँदा अनिष्ट हुन आउने  नै थियो । उनलाई पर्खि राखेका सुन्दरी सचिदेबीको सम्झनाले जलेका नहुश छिटै उनि कहाँ पुग्ने जोशमा थिए । यस कारण छिटो हिँड भनि पालकि बोक्ने ऋषिहरुलाई कोर्राले ठोक्न लागे । एक जना ऋषि अगस्त्यलाई उनले उत्तेजित भएर ‘सर्प सर्प’ भनेर लात मार्ने सम्मको कुकर्म गरे । (सर्पको अर्थ हिँडनु पनि हो, सर्प पनि हो ।) चाहना र क्रोधले हद नसघिसकेको थियो । नहुशको पापको भाँडो भरियो । “निचमा पनि नीच नहुश, तँ स्वर्गबाट खसेर मर्त्य मण्डलमा सर्प हुन जाओस् ।” ऋषि अगस्त्यले नहुशलाई सरापे । तुरुन्तै नहुश टाउको मुनि भएर स्वर्गबाट तल खसे । जंगलमा अजिंगर भएर बस्नु प-यो । पाप मोक्ष गर्न हजारौँ बर्ष लागेको थियो भन्ने कथामा लेखिएको छ । इन्द्र आफ्नो राज्यमा फर्के । उनि देबताहरुको राजा फेरि भए । सचि देबीको दु:ख हट्यो । उपप्लब्यमा युधिष्ठिर र द्रौपदीलाई इन्द्र र सचिदेबीको कथा सुनाएर मामा सल्यले उनिहरुलाई धैर्य दिन खोजेको थियो । “विजय भनेको धैर्यवानको हुन्छ । जसलाई अभ्युदयले अहंकारी तुल्याउँछ र उसको नाश हुन्छ । तिमी, तिम्रा भाइहरु र द्रौपदीले इन्द्र र उनका पत्नीले जस्तै अकथनीय दु:ख पाई सकेका छौ । तिमीहरुको दु:ख चाँडै सकिने छ  । तिमीले तिम्रो राज्य फेरि फिर्ता पाउने छौ । नहुश नाश भए जस्तै दुष्ट मतिको दुर्योधन र कर्ण पनि नाश हुने छन् ।” भनेर सल्यले भनेका थिए । (#॥उनिहरुलाई त्यस्तो बनाउने काम गर्नेहरु झन् दुष्ट हुन)॥.

क्रमश:
Post 54 ५४ सन्जयको सन्देश (SANJAYA’S MISSION)
रत्नमान डंगोल

No comments:

Post a Comment