Saturday, August 17, 2013

Post 51 ५१ सल्य आफ्नै भानिजहरुको बिरोधमा (Salya against own nephews)

५१ सल्य आफ्नै भानिजहरुको बिरोधमा (Salya against own nephews)
Ratna Man Dongol

            माद्र देशका राजा सल्य माद्रीका शाखै भाइ थिए । नकुल र सहदेब माद्रीबाट भएका कान्छो दुई पाण्डवहरु थिए । उपप्लब्य शहरमा शिबिर बनाई पाण्डवहरुले युद्धको तयारी गर्न लागिरहेका थिए भन्ने कुरा उनले सुने । (#॥उनलाई पाण्डवहरुले किन खबर नगरेको ?)॥. धेरै फौजहरु लिएर पाण्डवहरु सित मिल्न उनि त्यस देश तर्फ गएका थिए । सल्यको सेना यति ठूलो थियो कि जहाँ उस्को फौज बासको लागि शिबिर बनाउँथे त्यहाँ पन्ध्र माइल लामो शिबिर फैलिएको हुन्थ्यो ।
राजा सल्य र उनका फौजहरु आइरहेको खबर दुर्योधनकहाँ पुग्यो । उसले राजा सल्यलाई कुनै तिरकाले आफ्नो पक्षमा मिलाउनु पर्छ भन्ने अठोट गरे । राजा सल्य र उनका फौजलाई सबै किसिमको सुगमता पु-याउन र धुम धाम संग अतिथि सत्कार गर्न अधिकृतलाई आदेश दिए । दुर्योधनका आदेशानुसार बाटोमा राम्ररी सजाईएको आरामी घरहरु ठाउँ ठाउँमा बनाए । राजा सल्य र उनका मानिसहरुलाई  अपूर्बको अतिथि स्वागत गरे । खाने पिउने बेपरबाहले पु-याइएको थियो । उनलाई गरिएको सेवा र ध्यान आकर्षण देखाइएकोमा राजा सल्य खुशिले गद गद भए । तर त्यो सबै आफ्ना भानिजहरुले गरेको भन्ठानेका थिए ।  राजा सल्यको फौज हिँडदा पृथ्वि थर्केको थियो । अतिथि सत्कारले यात्रा सुगम तुल्याइएकोमा खुशि लागेर एकदिन उनले काममा लागिरहेका मानिसहरुलाई बोलाएर भने –“मलाई र मेरा सिपाहीहरुलाई यतिको प्रेम र ध्यान दिएर सत्कार कार्यमा तल्लिन भएका तिमीहरु सबैलाई मैले अवश्य पनि इनाम दिनु पर्छ । मैले यसरी इनाम दिन कुन्ती पुत्रसित सोधेर उनको स्वीकृति लिएर आउ । ॥(#॥ठाउँमा / गन्तब्यमा पुगे पछि दिए पनि त हुन्थ्यो नि !!)॥. नोकर चाकरहरु गएर आफ्ना मालिक दुर्योधनलाई सो कुरा सुनाए ।
राजा सल्य र उनका सिपाहीहरुको हेर चाहमा रहेका दलका साथ साथै हर बखत कसैलाई थाहा नहुने गरी घुमिरहेका दुर्योधनलाई आफै राजा सल्य कहाँ गएर हाजिर हुने र कौरबहरुको सत्कार ग्रहण गरेकोमा राजा सल्य प्रति आफुलाई गौरब लागेको कुरा भन्ने मौका पाए । त्यस बेला सम्म तथ्य कुरा के थियो भन्ने कुनै शंका नभएका राजा सल्यलाई यस कुराले छक्क पा-यो र पाण्डव पक्षका दललाई धुम धाम संग राजकीय सत्कार गरेका दुर्योधनको चतु-याईँमा प्रति उनि प्रभावित पनि भएका थिए । धेरै नै प्रभावित भएर उनले भने –“कस्तो भद्र र दया तिम्रो, मैले कसरी तिमीलाई यसको बदला तिर्न सक्ने ?”
दुर्योधनले जवाफ दिएर भने –“तपाईँ र तपाईँका फौजहरुले मेरो पक्षमा लडनु पर्छ । मैले माग्ने इनाम यहि हो ।” राजा सल्य जिल्ल परे । दुर्योधनले भने –“हामी दुबैको लागि तपाईँ  बराबरीमा हुन हुन्छ । पाण्डवहरुले जत्तिकै मैले पनि तपाईँलाई उत्तिकै इज्जत गर्नु पर्छ ।” सल्यले भने –“त्यसै नै होस्” । दुर्योधनको बिशिष्ट स्वागत सत्कारको खुशामदमा परेका सल्यले माया र हेरचाहका हकदार पाण्डवहरुलाई बन्चित गरेर दुर्योधनको पक्षमा युद्ध गर्ने वचन दिए । यस घटनाले स्वागत सत्कार पाएर राजाहरु कस्तो बिपदमा पर्न सक्छ भन्ने कुरालाई देखाउँछ । युधिष्ठिरलाई नभेटी फर्कि जानु उचित हुन्न भन्ने ठानेर सल्यले दुर्योधनलाई भने –“दुर्योधन, मलाई विश्वास गर । मैले तिमीलाई धर्म भाकेर वचन दिई सकेको छु । मैले जे जसो भए पनि युधिष्ठिरलाई भेटेर तिमी सित भएको कुरा उसलाई भन्नै पर्छ ।” “जानुस, युधिष्ठिरलाई भेटेर छिट्टै फर्कनुस् । मलाई दिनुभएको वचन नबिर्सनु होला ।” “तिमी भाग्यमानी होस्, तिमी दरबारमा फर्क । तिमीलाई मैले बेइमानी गर्ने छैन ।” भनि युधिष्ठिर बसेको उपलब्ध शहर तिर राजा सल्य गए ॥(#बेइमानी किन गर्नु परेछ र ! कर्णको हारको कारण भए पुगि हाल्छ नि ! रथि भएर कर्णको मनोबल गिराउनु न छ)॥. पाण्डवहरुले माद्रको राजा सल्यलाई हर्षोल्लाषले स्वागत गरे । ॥(#शायद, बाटोमा दुर्योधनले गरे जस्तै गर्न क्षमता थिएन होला – बाटो दुर्योधनको क्षेत्र प-यो कि ?)॥. आफ्ना मामालाई देखेर नकुल र सहदेब अत्यधिक हर्षित भए । पाण्डवहरुले राजा सल्यलाई आफ्ना दु:ख कष्टहरु सबै सुनाए । ॥(#गुप्तवास सकिए पछि राजा सल्यकोमा किन नगएको होला ?)॥.
पाण्डवहरुले अब हुने युद्धमा राजा सल्यको सहायता पाउने कुराहरु उठाएको बेलामा दुर्योधनलाई वचन दिइ सकेको कुरा पाण्डवहरुलाई  सल्यले बताए । सल्यको सहायता लिन भुल भई उनिहरु भन्दा दुर्योधन अघि परेको युधिष्ठिरलाई तुरुन्तै थाहा भयो  । सके सम्म नैराश्यतालाई लुकाई युधिष्ठिरले सल्यलाई भने- “तपाईले बीर लडाकुहरु दुर्योधनलाई वचन दिइ सक्नु भएकोले वचन राख्न वाध्य हुनु भएको छ । तपाईँ युद्धमा वासुदेब समान हुनु हुन्छ । कर्णले रणभूमीमा अर्जुनको ज्यान ताक्ने बेला उनले तपाईँ जस्तै सारथी पाउने छन् । के तपाईँ अर्जुनका घातकको कारण भई रहनु भएको छ ? अथवा त्यस बेला उनलाई बचाउन लागि रहनु भएको छ ? मैले तपाईँ सित यो कुरा सीधै सोध्न नहुने भनि थाहा छ, तैपनि मैले सोधेको छु ।” त्यसमा राजा सल्यले जवाफ दिए – “हे मेरा प्यारा, दुर्योधनको चलाखिले म ठगिएको छु । युद्धमा म तिमीहरुको बिरोधि भएको देख्ने छौ । तर अर्जुनलाई कर्णले आक्रमण गर्ने बेला म उनको सारथि भएँ भने उनि युद्धमा हतोत्साह भएर अर्जुन बच्ने तिमीहरुले देख्न पाउने छौ । नडराउ । द्रौपदी र तिमीहरु सबैलाई दिएको दु:ख र अपमानको बदला चाँडै नै पूरा गर्न पाउने छौ । अब उप्रान्त तिमीहरुको भाग्य राम्रो हुने छ । तकदीरमा रेखाँकित भई सकेको कुरा कसैले पनि रोक्न वा बदल्न सक्दैन । मैले भूल गरेको छु । मलाई माफ गर ।” ॥(#भूल भएको छैन, अर्जुनको हात कर्णको मृत्युको कारण हुनु भएको छ)॥.

क्रमश:
५२ बृत्र
रत्नमान डंगोल




No comments:

Post a Comment