Saturday, August 17, 2013

Post 52 ५२ बृत्र (Vritra)

Post 52 ५२ बृत्र (Vritra)
(राजा सल्यले युधिष्ठिरलाई भनेको ?)
रत्नमान डंगोल

कुनै बेला आफ्नो वैभवताको घमण्डले गर्दा तिनै लोकका मालिक इन्द्र यति मात्तिएका थिए कि उनले देबताहरुमा चल्दै आएको ब्यबहार र अतिथि सत्कार बिल्कुलै बिर्सेका थिए । सबै प्रकारको बिद्यामा प्रथम भएका, देबताहरु र असूरहरुले समान रूपमा सन्मान गरिएका र देबताहरुका आचार्य भएका बृहस्पति इन्द्रको सभामा आएको बेला उनलाई स्वागत गर्न र आसन ग्रहण गर्ने आदर देखाउन आफ्नो आसनबाट उठेनन् र चलनानुसार सनमान गरेनन् । बैठकमा राजा भएको कारण पाहुनाहरुलाई बसेरै सत्कार गर्ने बिशेषाधिकार दिएको थियो भन्ने कुरामा ठूलो गर्ब गरी इन्द्रले बिश्वास गर्न लागेका थिए । ॥(#तर गुरुको लागि सो चलन लागु हुँदैन)॥. इन्द्रको अशिष्ट ब्यबहारले बृहस्पतिले ठूलो चोट लागेको महसूस गरे । सम्मृद्धिको घमण्डले सो भएको मानेर उनि चुप चाप सभा छोडेर गए । देबताहरुको उच्च गुरु उपस्थित नभएकोले गरिमा नास भएर बैठक बेकार भएको थियो । इन्द्रलाई तुरुन्तै आफ्नो ब्यबहारको गल्ति महसुस भयो । गुरु बृहस्पति रिसाएकोमा आफुलाई बिरक्त लागेर गुरुको पाउ परि माफि मागी उनलाई शान्त पार्ने बिचार इन्द्रले गरे । तर तिनले त्यसो गर्न पाएन । किन भने बृहस्पति रिसाएर बेपत्ता भई सकेका थिए । इन्द्रको मनमा यहि कुरा खेली रह्यो । बृहस्पति गएकोले इन्द्रको प्रभाव घट्न थाल्यो । असूरहरुको प्रभाव बढ्न थाल्यो । देबताहरुलाई आक्रमण गर्न असूरहरुको साहस बढन थाल्यो । अनि बिपदमा परेका देवताहरु माथि करुणा गरेर ब्रह्माले नयाँ आचार्य राख्नु भनेर उनिहरुलाई सल्लाह दिएका थिए । उनले तिनीहरुलाई भने – “इन्द्रको मूर्ख ब्यबहारले गर्दा तिमीहरुले बृहस्पतिलाई गुमाएका छौ । अब त्वष्टका छोरा विश्वरुप कहाँ जाउ । त्यस भद्र महात्मालाई तिमीहरुको आचार्य भई दिनुस भनि प्रार्थना गर । तिमीहरुलाई सबै कुरा ठिक हुनेछ ।
यी कुराहरुले दिल चंगा भएर देबताहरुले त्यस नव युबक योगी विश्वरुपलाई खोजी भेट्टाए । उमेरमा सानै भएता पनि तपाईँले वेदहरु राम्ररी पढ्नु भएको छ । हामीहरुको आचार्य हुने कृपा गर्नुस भनि उनिसित प्रार्थना गरे । देबताहरुको कल्याणको लागि विश्वरुपले मञ्जुर गरे । उनको शिक्षा दिक्षाको फल स्वरुप संघातिक असूरहरुबाट तिनीहरुलाई बचाएका थिए ।
 विश्वरुपको आमा असूर दैत्य बंश पट्टीकी थिइन् । त्यसैले विश्वरुप प्रति इन्द्रलाई शंका लाग्यो । बंशका कारण विश्वरुप देश भक्त हुनै सक्तैन भनि उनि डराएका थिए । इन्द्रको शंका गहरिँदै गयो । देबताहरुको शत्रुहरुका सन्तानहरुबाट आफैलाई बिपद आउने बुझेर इन्द्रले आफ्नो दरबारका नारीहरुसंग उनलाई फसाई उनको आत्मबल कमजोर गर्न खोजे, तर विश्वरुप त्यस्मा फसेन ।  इन्द्रका मोहिनी रुपका नारीहरुको कुलतमा पार्ने किसिमका चापलुसी कुराहरु त्यस नवयुवक योगी उपर प्रभावकारी भएन । उनि ब्रह्मचर्य प्रति दृढ भएर रहेका थिए । कुलतमा पार्ने योजना बिफल भएको देखेर पछी इन्द्रले ज्यान लिने बिचार ग-यो । एक दिन बज्र युद्धले विश्वरुपलाई मारी दिए । यस कथामा भनिएको छ कि इन्द्रको ठूलो पापले गर्दा संसारले बिना सित्ति दु:ख पाएको थियो । पापको फलस्वरुप पृथ्वीको ठाउँ ठाउँमा उजाड भयो । आबाद गर्न नसकिने भयो । स्त्री जातीलाई शारिरीक दु:ख र आफु मै भएको अशुद्धताले सताउने भयो । यसैबाट पानीको प्रदुषण पनि भएको थियो । इन्द्रले छोराको निर्मम हत्या गरेकोमा ठूलो रीस र दु:खमा परेका त्वष्टले हत्याको बदला लिन ठूलो यज्ञ गरे । त्यस यज्ञको ज्वालाबाट इन्द्रलाई मार्ने शत्रु बृत्र उत्पन्न भयो । “इन्द्रको शत्रु, तिमी बलिष्ठ भएर इन्द्रलाई मार्न सकोस्” भनेर त्वष्टले उसलाई इन्द्रको बिरोध गर्न पठाई दिए । ती दुई जनाको बिचमा ठूलो युद्ध भयो । युद्धमा बृत्रको हात माथि परको थियो, बढी बलियो देखिएको थियो । युद्ध इन्द्रको बिपरीत हुन लागेको देखेर ऋषिहरु र देबताहरु महाबिष्णुको शरणमा गए । उनले तिनीहरुको रक्षा गर्ने वचन बोलेर भने – “नडराउ, म इन्द्रको बज्र युद्धमा बस्ने छू र अन्त्यमा इन्द्रले युद्ध जित्ने छ” । तिनीहरु खुशि भएर फर्के । तिनीहरु गएर बृत्रलाई भने –“इन्द्र संग मेल गर । तिमीहरु दुबै जना बल र बीरतामा समान छौ” । बृत्रले आदर गरेर जवाफ दिए –“ओ निर्दिषीहरु, हामी दुईमा कसरी मित्रता हुन सक्छ ? माफ गर । उच्च स्थानको लागि प्रतिद्वन्दि भएकाहरुको बिचमा मित्रता हुनै सक्दैन । दुईवटा ठूला शक्तिहरु मिलेर बस्नै सक्तैन । तपाईहरुलाई थाहा भएकै कुरा हो” । ऋषिहरुले भने –“शंका नगर । दुईजना महात्माहरुको बिचमा मित्रता हुन सक्छ । तिनीहरुको मित्रता सहनशिलको गुण हो” । बृत्रले मानेर भने –“त्यसो भए हुन्छ, म युद्ध बन्द गर्दछु । तर इन्द्र प्रति मेरो विश्वास छैन । त्यसले थाहा नहुने गरी मलाई मार्न सक्छ ।  त्यसैले दिन वा रातमा, सुकेको वा भिजेको हतियारले, ढुंगा वा काठ वा धातुहरु अथवा बाणहरुले मेरो ज्यान लिन नपाउने वरदान म तिमीहरु सित माग्दछु ।” ऋषिहरु र देबताहरुले तथास्तु भनि वरदान दिए ।
शत्रु भाव बन्द भयो । तर बृत्रको डर पक्का हुन आयो । इन्द्रले बृत्र सित मित्रताको बहना मात्र गरेका थिए । हर बखत बृत्रलाई मार्ने मौका खोजिरहेका थिए । एक दिन साँझ तिर नदीको किनारामा इन्द्रले बृत्रलाई भेटे र सन्ध्याकालिन समयमा उनलाई आक्रमण गर्न लागे । धेरै बेर सम्म युद्ध चल्यो । ॥(# सन्ध्याकाल भनेको त धेरै बेर हुँदेन हो !)॥. त्यसैबेला बृत्रले महाबिष्णुको आराधना गरी इन्द्रलाई भने –“हे नीचमा पनि महानीच इन्द्र, तिम्रो नचुक्ने बज्रयुद्ध किन चलाएनौ ? हरिले पबित्र गरेका त्यो हतियार म मा प्रयोग गर । हरि द्वारा म पबित्र हुने छु ।” इन्द्रले बृत्रको दाहिने हात काटेर अंग भंग बरी दिए । कति पनि न दबी बृत्रले बाँया हातले इन्द्रलाई फलामको गदाले हिर्काए । इन्द्रले उनको बाँया हात पनि काटी दिए । बृत्रको मुख भित्र इन्द्र दबिएर गएको बेलामा देबताहरुको होस हवासै उडेको थियो । तर इन्द्र मरेका थिएन । बृत्रको पेट फाटेर इन्द्र बाहिर निस्के । नजिकको नदीको किनारामा गएर उनले आफ्नो बज्रयुद्ध यसरी हिर्काए कि फिँज उठेर बृत्रलाई हाने । त्यस फिँजमा पसेर बिष्णु भयानक शस्त्र बनेका थिए । बलिष्ठ बृत्र मरे ।
लामो युद्ध यसरी सकिएको थियो । दु:खमा परेका विश्वले आनन्दको स्वास फेरे । तर इन्द्रलाई त युद्धको अन्तमा बदनामी मात्र भयो किन भने उनले पाप र दुष्कर्मले विजय पाएको थियो । ॥(# तुच्छ दुष्ट इन्द्रले असल नै के गरेको थियो र ?)॥. अनि लाजले उनि लुक्न गए । इन्द्रलुक्न गएकोले देबताहरु र ऋषिहरुलाई ठूलो दु:ख प-यो । शासन चलाउने राजा अथवा राष्ट्रिय परिषद बिना जनताहरु सप्रन सक्दैन । त्यसैले तिनीहरु भद्र तथा बलिष्ठ राजा नहुश कहाँ गएर इन्द्रको ठाउँ लिन अनुरोध गरे । माफ गर । म तपाईँहरुको राजा हुन सक्तिन । इन्द्रको स्थान ग्रण गर्ने म को हुँ ? मैले तपाईँहरुलाई कसरी रक्षा गर्न सक्छु ? यो असम्भव छ । भनि नहुशले मानेनन् । तर तिनीहरुले जिद्दि गरेर भने –“तपाईँ नडराउनुस् । हाम्रो अधिकार प्राप्त राजा भै दिनुस् । हाम्रो तपस्याको फल र अरु सबै तपाईँको हुने छ । तपाईँको शक्तिमा थपिने छ । तिम्रो नजरमा परेको सबैको बल र तागत तिमीमा प्रवेश हुने छ । तिमी अजित हुन सक्ने छौ ।” भनि मनाएकोले नहुशले मन्जुर गरे । क्रान्ति भनेको कुनै नौलो कुरा होइन । देबलोकमा पनि इन्द्रलाई पदच्युत गरी उनको स्थानमा राजा  नहुशलाई आफ्नो  राजा बनाएर स्थापना गर्ने क्रान्ति चलेकै थियो भन्ने कुरा यस कथाले बताएको छ । नहुशको पतनको कथा पनि उपदेश मूलक नै छ ।

क्रमश:
५३ नहुश (Nahusha)
रत्नमान डंगोल











क्रमश:




























No comments:

Post a Comment