Tuesday, August 27, 2013

Post 54 ५४ सन्जयको सन्देश (SANJAYA’S MISSION)

Post 54 ५४ सन्जयको सन्देश (SANJAYA’S MISSION)
रत्नमान डंगोल

पाण्डवहरु राजा बिराटका तराई क्षेत्र उपप्लब्य भन्ने ठाउँमा शिबिर बनाई बसेका थिए । त्यहाँबाट उनिहरुले मित्र राजाहरु कहाँ दूतहरु पठाए । मुलुकका सबै भागहरुबाट तुरुन्तै फौजहरु आई पुगे । पाण्डवहरु सित सात डिभिजन बलिष्ठ फौजहरु भयो । कौरबहरुले त्यस्तै गरी एघार डिभिजन फौजहरु जम्मा गरेका थिए । त्यस बेला पनि अहिले कै जस्तै सैनिकका सर्बमान्य नियमानुसार सबै हतियारहरु मिलाएर सैनिक डिभिजन बनेको हुन्थ्यो । त्यस जमाना एक डिभिजनमा २१,८७० वटा रथहरु, त्यतिकै संख्या हात्तीहरु, त्यसको तेवर घोडाहरु र पाँच दोबर पैदल सिपाहीहरु हुन्थ्यो । तिनीहरुलाई सबै किसिमका हतियारहरु र अरु युद्धको सामानहरु जुटाइएका हुन्थ्यो । रथहरु  प्राचिन युद्धको ‘कवचले सुसज्जित गाडिहरु’ जस्तै र अचेलको ट्यांकहरु जस्तै  युद्धका लागि बिशेष गरी तालिम प्राप्त हात्तीहरु हुन्थे । (#॥मन गढन्ते कथा न हो, त्यत्रो जनसंख्या त्यति बेला कहाँबाट आयो ? दुर्योधनलाई समर्थन गर्नेहरु नै धेरै रहेछन् ॥)।
द्रुपदका ब्राह्मण दूत महाराज धृतराष्ट्रको सभामा पुगे । रीत पूर्बकको चिना पर्चि र सोध पुछको औपचारिकता सकिए पछि त्यस दूतले पाण्डवहरुको पक्ष भई जम्मा भएका भेलालाई सम्बोधन गरेर भने –“कानुन भनेको नित्य हुन्छन् । स्वभाविक मान्यता पाएको हुन्छन् । तापईँहरुलाई थाहा भएकै कुरो हो । मैले बताई रहनु पर्ने कुरा होइन । धृतराष्ट्र र पाण्डु दुबै बिचित्र बीरका छोराहरु हुन् (#॥होइन, बिचित्रबीरबाट सन्तान नहुने भएकोले उनिहरुको आमा सत्यवतीले सन्तनु भन्दा पहिलेको नाजायज रुपमा भएको आफ्नो छोरा ब्यासको तर्फबाट भएका सन्तानहरु हुन; सन्तनुका सन्तानहरु होइनन्, त्यसैले कुरु बंश नै होइन॥)। हाम्रो ब्यबहार अनुसार बाबुको सम्पतिमा उनिहरुको बराबरै हक पुगेको हुन्छ । त्यसो भएता पनि धृतराष्ट्रका छोराहरुले जम्मै राज्य लिएका छन् (#॥जितेका छन्, पाण्डवहरुले हारेको ॥) ।  पाण्डुका छोराहरुले साझा सम्पतिको भोग गर्न पाएका छैनन् । यसमा कुनै न्याय हुन सकेको छैन । कुरु बंशका सन्तान पाण्डवहरुले शान्ति चाहेका छन् । तिनीहरु आफुले पाएको दु:खहरु बिर्सन र बितेको कुरा हराओस् भन्नेमा लागेका छन् । तिनिहरुमा युद्ध गर्ने बिचार छैन, (#॥किन झगडाको बिउ छर्छन् त ? आफुले भनेको मान्ने भए मान नत्र युद्ध भनेर धम्कि ॥)। किनभने, युद्धले कसैको पनि कदापि कल्याण गर्दैन ।  (॥#धृतराष्ट्रले चलाउनु पर्ने राज्य पाण्डुलाई राज्य दिँदा धृतराष्ट्रलाई आधा दिएको छ त ? पाण्डुले राज्य छोडेर धृतराष्ट्रलाई सुम्पेको थियो । राज्यको भाग वण्डा गर्ने चलन थिएन – राज्य चलाउने बाबुबाट छोरामा जाने चलन थियो ॥ अधिकारको नभएर पनि आधा राज्य पाण्डवहरुलाई दिएर धृतराष्ट्रले मेलमिलाप र शान्तिको बाटो छाने कै थिए ।  मौका पाउना साथ कौरबहरुलाई हटाउने पाण्डवहरुको दाउ थियो त कौरबहरुले पनि पाण्डवहरुलाई पन्छाउन चाहेकै हो । पाण्डवहरुले मात खाए । )॥. (#॥कसैको कल्याण गरोस् या नगरोस् पाण्डवहरुको विजय निश्चित भए पुगि हाल्यो नि, त्यस्तै भीष्म, द्रोण इत्यादीलाई मारेर बदला लिनु पर्नेहरु शिखण्डि, द्रुपद पनि त छन् ॥). युद्धले बिनास कार्य गर्छन् भन्ने कुरा पाण्डवहरुले पनि जानेका छन् । (#॥पाण्डवहरु र कृष्णले चाहे कै बिनास त हो, नत्र दुर्योधनलाई किन मानेको ? राजा धृतराष्ट्र हो । भीष्मको आड बिना उनिहरुको केहि चल्दैन, भीष्मले गद्दारी नगरेको भए कृष्णको बाउले पनि लडाईँ  जित्न सक्दैन थिए । कर्णले आफ्नो बारेमा थाहा भएको भए कृष्णले पनि केही गर्न सक्दैन थे सो कुर थाहा भएर पनि कृष्णले भनेन्, कुन्तीले पनि भनिनन् ॥)। त्यसकारण हकले पाउनु पर्ने वस्तु पाण्डवहरुलाई दिनुस् । यसो गरिएमा न्यायोचित हुनको साथै पहिला नै सहमति गरी सकेको कुरा संग पनि मेल खाने हुन्थ्यो । ढीलो हुन नदिनुस् ।”

दूतको त्यो अनुरोध पछि बुद्धिमान तथा बहादुर भीष्मले भने (#॥भीष्म बुद्धिमान थिएन र गद्दार थिए ॥) – भगवानको कृपाले पाण्डवहरु बाँचेर सन्चो भएर रहेका रहेछन् । (#किन ? बिराटको यहाँ भएको युद्धमा नै थाहा भै सकेको थिएन र, बेहोस भएको नाटक गरेका थियौ । बेहोस हुने बाणले तिमीलाई केही असर हुने थिएन ॥)। तिनीहरुले धेरे जना राजाहरुको भरोसा पाएर युद्धको लागि प्रसस्त बलियो भए तापनि तिनीहरु युद्ध गर्नमा लागेका छैन । (#॥उसो भए किन फौजको तयारी ? आफ्नो कुरा माने ठिकै छ नत्र .... भन्ने दाउ नभए अरु के ? ॥)। तिनीहरु अझ पनि शान्ति चाहन्छन् । तिनीहरुको सम्पति फिर्ता दिनु नै उचित कुरा हो । (#॥ कुन सम्पति ?॥॥)। भीष्मले कुरा टुँग्याउनै पाएको थिएन कर्ण झोँकिएर भित्र पसे र चिच्याए –“ओ ब्राह्मण, तिमीले भनेको कुरा कुनै नौलो हो र ? त्यही पुरानो कुरा गरेर के फायदा छ ? खेलेर हारी सकेको धनमा युधिष्ठिरले कसरी दाबी गर्ने ? अब युधिष्ठिरले केहि कुरा चाहन्छ भने उनले भीख माग्नु पर्छ । पाञ्चाल र मत्स्यको शक्तिको आडमा भरोसा गरेर उनले घमण्ड गरेर गर्नै नहुने दाबि गर्ने भएको छ । धम्किले दुर्योधनबाट कुनै कुरो पाउन सक्ने छैन । म तिमीलाई सफा कुरा भन्छु । कबोल गरे अनुसार पाण्डवहरु तेह्रौँ बर्ष गुप्त भई बस्नु पर्ने कुरा भंग भएको छ । तिनीहरु फेरी बाह्र बर्ष जंगलमा बसेर , पछि फर्कनु पर्छ ।” (#॥कर्णलाई मातलब न भएको कुरा बोल्न लगाएकोमा यो कथा अनौठो भएको छ । राज धृतराष्ट्रले फिर्ता दिई सकेको कुरा फेरि दुर्योधनसंग किन माग्ने ? कसै संग पनि नमागी खुरुक्क इन्द्रप्रस्थमा गएको भए के हुन्थ्यो ? भीष्म र द्रोण बिना दुर्योधनले के गर्ने, राजाको सहमति नभएको कुरामा धुर्योधनको के साहास ? तिमीलाई मतलब नभएको पारिबारिक कुरामा बढी नै बोल्यौ ॥. दुर्योधनलाई पाण्डवहरुले र कृष्णले नचाहिँदो महत्व दिएको कारण नै युद्धको लागि हो – कृष्णको प्रभुत्व नमान्ने भएकोले दुर्योधनलाई हटाउनु पर्ने  भएको छ, यस कामको लागि पाण्डहरुलाई गोटी बनाएको छ ॥. गलतलाई ठिक र ठिक कुरालाई गलत सिद्ध गर्नु छ – हाल सालैको घटना सद्दाम हुसेनलाई पतन गर्नु पर्ने ठिक कुरा हो तर गलत कुरामा आरोप लगाएर भए पनि गर्न परकोले चाहीँ दु:खको कुरा भएको थियो ॥)
भीष्मले कुरा काटी बोले –“राधा पुत्र, तिमीले मूर्ख कुरा गरेका छौ । त्यस दूतले भने जस्तै हामीले गरनौँ भने हामीहरुको बिचमा युद्ध हुनेछ । त्यस युद्धमा हाम्रो पराजय हुने निश्चय छ । अनि दुर्योधन र हामी सबैको अन्त हुने छ ।” -(॥#कर्णलाई भनेको कुरा त ठिकै हो, तर तिमीले चाहेमा मात्र युद्धमा पराजय हुन सक्छ, झन् द्रोण भएको बेला त कसैले पनि जित्न सक्ने थिएन हो !!॥.)-।
सभामा खलबल र उत्तेजना भएकोले धृतराष्ट्र भित्र आए । उनले दूतलाई भने – “संसारको कल्याणलाई ध्यानमा राखेर, पाण्डवहरुको भलो बिचार गरेर मेरो सारथि सञ्जयलाई तिनीहरु कहाँ पठाउने मैले निर्णय गरेको छु । तिमी तुरुन्तै फर्कि जाउ र युधिष्ठिरलाई यहि कुरा भन ।” अनि धृतराष्ट्रले सञ्जयलाई अलग्गै बोलाएर  भने –“सञ्जय पाण्डु पुत्रहरु कहाँ जाउ । तिनीहरुलाई मेरो स्नेहको आशिष छ भनि सुनाउ । कृष्ण, सत्यकि र बिराटलाई मैले हालचाल सोधि ल्याएको छ भनिदेउ । त्यहाँ भेला भएका सबै राजाहरुलाई मेरो प्रणाम छ भनि दिनु । मेरो तरफबाट तिमी त्यहाँ जाउ । युद्ध नहुने गरी मेल मिलापको कुरा गर्नु ।”
शान्तिको सन्देश लिएर सञ्जय युधिष्ठिर कहाँ गए । पहिचानको प्रणाम पछि सञ्जयले सभाको बिचमा बसेका दुधिष्ठिरलाई सम्बोधन गरेर भने –“धर्म पुत्र, मेरो आँखाले तपाईँलाई फेरि देख्न पाउनु मेरो अहो भाग्य हो । राजाहरुले घेरिएर बसेका तपाईँ  इन्द्र जस्तै देखिनु भएका छौ । यस दृष्यले गर्दा मेरो हृदय चंगा भएको छ । राजा धृतराष्ट्रले तपाईँलाई शुभ इच्छा पठाएको छ । तपाईँको सुस्वास्थ्य र सुख-आनन्द भएको जान्न चाहेको छ । अम्बिका पुत्रले पनि युद्धको कुरा मन पराएको छैन । तपाईँ सित मित्रता चाहेको छ । शान्ति खोजेको छ ।”
(#॥यमराजबाट भएको कुन्तीको छोरा अधर्मी र पापी भए पनि चापलुसी र चाकडी गरेर धेरैको साथ पाउन सकेको थियो र आफ्नो धम्किको कारणले जुवामा हारेको र राजा धृतराष्ट्रबाट दिई सकेको राज्य फेरी फिर्ता ल्याउ भनेर निउ खोजेकोले राज्य त्यसै पाउने भयो ठानेर खुशि नभएर पनि खुशि ब्यक्त गरे, थाहा थियो दुर्योधनलाई मान्य हुँदैन जब कि दुर्योधन निर्णायक नै होइन – राजा त धृतराष्ट्र हो र भीष्मको भुमिका दुर्योधनको भन्दा प्रबल थियो ॥) सञ्जयको सो कुरा सुने पछि धर्म पुत्रलाई  खुशि लागेर जवाफ दिए –“त्यसो भयो भने धृतराष्ट्रका छोराहरु बाँच्ने भयो (#॥धम्कि॥॥).। त्यति मात्र होइन हामीहरु सबै पनि  ठूलो बिपदबाट बच्ने भयौँ । म पनि शान्ति नै चाहन्छु । युद्ध चाहँदिन ।  यदि हाम्रो राज्य हामीलाई  फिर्ता दिन्छ भने हामीले भोगेका दु:खहरुको सम्झना सबै मेटी दिने छौँ ।” (#॥उसो भए किन बखेडा बनाएको ? चुपचाप बसेको भए त भै हाल्थ्यो नि !॥).।
सञ्जयले फेरि भन्यो –“धृतराष्ट्रका छोराहरु बिपरित छन् । बाबुको उपदेश र पितामहका ज्ञानि कुरा नमानेर तिनीहरु अहिले पनि पहिले कै जस्तै दुष्ट भएका छन् । (#॥दुर्योधनले तिमीलाई चाकडि र चापलुसी गर्दैन त्यसैले उ दुष्ट भयो॥).। तर तिमीले धैर्य धारण गर्न छाड्न हुँदेन । तिमी सदैब सदाचार मै बसेका छौ । (#॥चापलुसी र चाकडिमा नै बसेको)॥.। हामीले महान अनिष्टको युद्धलाई हटाऔँ । के युद्ध द्वारा हामीले पाएको कुराबाट हामीलाई सुख चैन प्राप्त होला ? आफ्नै बान्धबहरुलाई मारेर जितको राज्यबाट हामीलाई के फायदा आउन सक्ला र ? त्यस्कारण बैरत्वलाई प्ररम्भ नगर । (#॥दुर्योधनलाई नै गर्न देउ भनेको भयो ॥ तर पाण्डवहरुले बैरत्व त शुरु गरी सके ॥॥)। समुद्रले घेरिएका सबै पृथ्वीको भाग पाउने भए पनि कसैले बृद्ध अवस्था र काललाई कसैले छल्न सक्ने होइन । दुर्योधन र उसका भाइहरु मूर्ख छन् । तर, पबित्रबाट अपबित्र हुनु र धैर्यलाई गुमाउनु तपाईँलाई नसुहाउने कुरा हो । यदि तपाईँहरुको राज्य तिनीहरुले फिर्ता नदिए पनि धर्मको ऊच्च बाटोलाई तापाईँहरुले छोड्नु हुँदेन । (#॥चाकडि र चापलुसी बाहेक धर्मको बाटो पाण्डवहरुले के गरे त ?॥).। युधिष्ठिरले जवाफ दिए –“सञ्जय, तिमीले भनेको कुरा ठिक हो । शुद्ध भएर रहनु सब भन्दा ठूलो सम्पति / कुरा हो । तर के हामीहरुले कुकर्म गरी रहेका छौँ ? (#॥हो, जुवामा सम्पतिको त के कुरा स्वास्नी पनि थापेर ! कसो आमा कुन्ती चाहीँ बिर्स्यौ !!).। पबित्रता र धर्मको कुराहरु मलाई भन्दा कृष्णलाई बढी थाहा छ । उसले दुबै पक्षको कल्याणको इच्छा गर्दछ । (#॥दुर्योधनले आफ्नो प्रभुत्व स्विकार नगरेकोले कृष्णलाई जसरी भए पनि दुर्योधनलाई काम तमाम गर्नु छ, तर निउ त चाहियो, त्यसैले पाण्डवहरुलाई मोहरा बनाउन सकेको छ ॥॥ आफ्नो स्वार्थ पुरा गर्न कृष्णको सहयोग लिन सफल भएको छ ॥॥).। वासुदेबले जे भन्छ, म त्यहि गर्दछु ।” कृष्णले भने –“म पाण्डवहरुको कल्याण चाहन्छु । (#॥उसो भए मूर्ख काम गरेकोमा पाण्डवहरुलाई  गाली गर, हप्काएर चुप लाग भनि किन नभनेको हँ ?॥॥)। म धृतराष्ट्रका छोराहरु सुखि भएको पनि हेर्न चाहन्छु । अप्ठ्यारो कुरा यहि छ । (॥#किन अप्ठ्यारो ?॥॥)। म आफै हस्तिनापुर गएर यस कलहलाई मिलाउन सक्छु जस्तो मलाई लागेको छ । यदि मैले पाण्डवहरुको कल्याणमा झगडा नगर्ने गरी कौरबहरुबाट शान्ती पाउन सकेँ भने यो भन्दा बढी मलाई खुशी लाग्ने कुरो अरु केही हुँदैन । (#॥कौरबहरुबाट अशान्तीको काम के भयो ?॥॥)। यदि म यस कार्यमा सफल भएँ भने कौरबहरु कालको मुखबाट बच्ने छन् । (#॥ ‘आफ्नो गोरुको बार्है टक्का’ – मैले भन्या जस्तो गर्ने भए गर नत्र ....॥)। मैले पनि भलो र उपयोगी काम गरेको ठहर हुनेछ । शान्ति वार्ताले पाण्डवहरुले पाउनु पर्ने कुरा फिर्ता पाए भने तिनीहरुले पनि धृतराष्ट्रको भक्ति पूर्बक सेवा गर्ने छ । पाण्डवहरुले अरु कुनै कुराको अभिलाषा गरेको छैन तर, तिनीहरुले प-यो भने युद्ध गर्न पनि तयार छ । शान्ती वा युद्ध यी दुई कुरामा धृतराष्ट्र आफुले चुन्न सक्छ ।” (#॥ छान्न तिमीले नै छान्यौ, पाण्डवको पक्ष लिएर, अधर्मी भएर॥॥)। (#॥लडाईँको धम्कि दिएमा कस्ले दान दिन्छ ? प्रेम र शान्तिको भाषा बोलेमा जे पनि सम्झौता हुन सक्छ । लडाईँ गरेर के गर्ने, भीष्मले धोखा नदिएको भए – शिखण्डिलाई अगाडि नल्याएको भए, कर्णलाई युद्धबाट बन्चित नगरेको भए पाण्डव वा कृष्णको पक्षमा लडाई कहिल्यै पल्टिने थिएन ॥).।
अनि युधिष्ठिरले सञ्जयलाई भने –“सञ्जय, कौरबको दरबारमा फर्कि जाउ र अम्बिका पुत्रलाई मेरो तर्फबाट यहि कुरा भनि देउ – (#॥पाण्डु अम्बिका पुत्र होइन॥) 'हामीहरुले बालक कालमा राज्यको भाग पाएको के तपाईँ कै निगाहले थिएन र ? त्यस बेला मलाई राजा बनाउने भएका तपाईँले अब हाम्रो भाग दिन इन्कार गर्न र हामीलाई आर्काको निगाहमा भीख मागी निर्बाह गर्नु पर्ने पार्न हुँदेन । प्रिय जेष्ठ पिता, हामीहरु र कौरबहरु दुबैको लागि जति पनि पुग्ने प्रसस्त ठाउँ छ । त्यसकारण हामीहरुको बिचमा बैर भाव हुन नदिनुस् ।' - सञ्जय, तिमीले मेरो तरफबाट धृतराष्ट्रसित यहि अनुरोध गर्नु पर्छ । पितामहलाई मेरो प्रणाम सुनाई देउ । उनका नातीहरु मेल मिलाप गरी सुखी भएर बस्न पाउने कुनै उपाय सोच्न उहँलाई भनि दिनु । बिदुरलाई पनि त्यहि सन्देश दिनु । उहाँले पनि हामी सबैको कल्याण भएको हेर्न चाहनु हुन्छ । त्यहि ऊनुरुप सकेसम्म प्रयास गर्ने ब्यक्ति पनि हुनुहुन्छ । दुर्योधनलाई सबै कुरा बुझाई देउ । मेरो तर्फबाट उनलाई भन –‘प्रिय भाइ, राज्यमा राज कुमार भएका हामीहरुलाई तिमीले छालाको पोशाक लगाएर बस्नु पर्ने बनाएका थियौ । तिमीले हाम्रा असहाय साझा पत्नीलाई राजाहरुको सभामा बेइज्जत गरी दु:ख दिएका थियौ । हामीले धैर्य गरी सबै सहेका थियौँ । कानुनले हाम्रो भएको कमसेकम केही कुरो हामीलाई फिर्ता देउ । आर्काको बस्तुमा लोभ नगर । हामीहरु पाँच जना छौँ । हामीहरु पाँच जनाको लागि पाँचवटा गाउँहरु दिएर हामीसित मेल गर । हामी सन्तोष हुने छौँ’ -  दुर्योधनलाई यसरी नै भन । म शान्ति गर्न पनि तयार छु ।” (#॥॥ किन दिने ? धम्किले डराएर ? ‘किन रोईस मंगले आफ्नै ढंगले’ – अहिले त धम्कि, पाए पछि के मात्रै गर्ने बिचार छ ? धम्किले अरुलाई पठाउनु सट्टा आफै गएको भए ? फिर्ता पाईसकेको कुरा किन माग्ने ? तेह्र बर्ष बिताएर आयौँ भनेर खुरुक्क इन्द्रप्रस्थमा गएको भए भै हाल्थ्यो नि ? दिएको सबै कुरा जुवामा हार्ने ? फिर्ता पाएर फेरी जुवा खेल्ने ?॥).।

युधिष्ठिरले यी सबै कुरा भनि सके पछि केशव र पाण्डवहरुबाट बिदा लिएर सञ्जय हस्तिनापुर फर्केका थिए ।

क्रमश:
Post 55 ५५ सियोको टुप्पो जति पनि जग्गा नदिने (NOT A NEEDLE-POINT OF TERRITORY)
रत्नमान डंगोल

No comments:

Post a Comment