Monday, July 1, 2013

Post 35 ३५ चान चुने ज्ञानले मात्र पुग्दैन (Mere Knowledge Is Not Enough)

३५ चान चुने ज्ञानले मात्र पुग्दैन (Mere Knowledge Is Not Enough)
रात्नमान डंगोल
ऋषि रैभ्यका एउटा चेला राजा बृहद्युम्नले ठूलो यज्ञ गरे । त्यस यज्ञमा काम गराउन लगाउन गुरुका दुबै छोरालाई (परबसु र अर्बबसु) पठाउन राजाले  ऋषिसंग मागेका थिए । बाबुका आज्ञा लिएर ऋषिका दुबै छोराहरु हर्षले राजाको राजधानीमा गए । यज्ञको लागि प्रबन्ध भईराखेको बेला, परबसुले एक दिन रातभरी एक्लै हिँडेर गई स्वस्नीलाई भेट्ने इच्छा गरे । उनि उज्यालो नहुँदै कुटीमा पुगे । कुटीको नजिकै अँध्यारो ठाउँमा झम्टनलाई कुरेर बसेको कुनै एउटा जनावरलाई देखे । परबसुले हतियार प्रयोग गरेर त्यस जनावरलाई मारी दिए । तर डर र चिन्ता मान्नु पर्ने गरी उनलाई पछिबाट थाहा पाए कि उनले त आफ्नै बाबुलाई पो मार्न पुगे छ । उनका बाबु जंगली जनावरको छाला ओढेर अँध्यारो ठाउँमा बसेको रहेछ । (#॥शायद डरले सुरक्षित हुन होला॥)। उनले तुरुन्तै महसूस गरे कि सो भयंकर घटना भारद्वाजको श्रापको कारणले भएको थियो । उनि छिटै बाबुको काज काजक्रीया सकेर अर्बबसु भएको ठाउँमा पुगे (#॥राजाको राजधानीमा, तर स्वास्नी ? ।॥) र, सो पाप पूर्ण घटना बारे सबै कुरा भने । तर यो घटनाले राजाको यज्ञलाई कुनै बाधा हुने छैन । मैले अन्जानमा गरेको पापको प्रायश्चित मेरो लागि तिमी गएर गरी देउ । अन्जानमा गरेको पापको प्रायश्चित त्यसरी पनि हुन सक्छ । सो पापको प्रायश्चित गर्न यदि मेरो सट्टा तिमी लाग्यौ भने म राजाको यज्ञ सम्बन्धि सबै काममा सहायता पु-याउन सक्छु । कसैको सहायता नभए पनि सो काम गर्न सक्छु, जो काम तिमी एक्लैले गर्न सक्दैनौ” । धर्मात्मा भाइ अर्ववसुले मञ्जुर गरेर भने –“ तपाईँ राजाको यज्ञमा बसे हुन्छ । ब्राह्मण भएका बाबुलाई मारेको भयानक पापबाट तपाईँलाई मोक्ष दिलाउन मैले तपस्या गर्छु” । त्यस धर्मात्मा अर्बवसुले त्यसै मुताबिक आफ्ना दाज्यूले गरेको पापको प्राश्चित गर्ने गर्ने काम आफुले लिए । त्यो कार्य सकेर उनि दाज्यूलाई भेटेर यज्ञमा सहायता गर्न राजाको दरबारमा आएका थिए । प्रतिनिधि द्वारा गरेको पापको प्रायश्चित हुन नसक्ने भएकोले परबसुको पाप छुटेको थिएन । दुष्ट बिचारहरुले परवसुको मति भ्रष्ट भयो । भाइ अर्ववसुको अनुहार ऊज्वल भएकोमा इर्ष्या गरेर उस्लाई कुनै अन्यायमा बात लगाएर बेइज्जत गर्ने परवसुले अठोट गरे । त्यसै मुताविक अर्ववसु यज्ञ स्थलमा बसेको बेला राजाले सुन्ने गरी परवसुले ठूलो स्वरमा चिच्याएर भने – “यस मानिसले एउटा ब्राह्मणको हत्या गरी पाप गरेको छ । त्यसलाई यज्ञ स्थलमा कसरी आउन दिन सकिन्छ ?” । अर्बवसुले झोँकिएर त्यो दोषारोपन होइन भनि बिरोध गरे । तर उनको कुरा कसैले पनि सुनी दिएन । राजाको आज्ञाले अर्ववसुलाई यज्ञ स्थलबाट बदनाम गरी निकाली दिए । अर्बवसुले आफु निर्दोष भएको कुरा दोह-याई तेह-याई प्रतिवाद गरे – “सो पाप गर्ने मेरो दाज्यू हो तर सो काम भूलबाट भएको थियो । प्रायश्चितको बिधिहरु गरेर मैले उनिलाई बचाएको छु” । यस प्रकारको कुराले उसलाई झन् (अर्बवसुलाई)  खराब भयो । उनले गरेका प्रायश्चितका कार्य आफ्नो अपराधको लागि थिएन भन्ने कुरो कसैले पनि पत्याएनन् । सबै जनाले आफ्नो निरपराध दाजुलाई झुट्ठा दोषारोपन गरी उनी आफ्नो पाप लुकाउन लागि रहेका थिए भनि बिचार गरे । भयानक अपराधको झुट्ठा दोषारोपन भएको र त्यसमा  पनि फेरी फटाहा भन्ने बदनामी भएका त्यस धर्मात्मा अर्बवसुले यस लोकमा न्याय पाउन निराश भएर वनमा गई घोर तपस्या गर्न लागे । देबताहरुको करुणा भयो र उनिसँग सोधे –“ ओ धर्मात्मा, तिमी के वरदान खोज्छौ ?” । त्यस बेला ठूलो बिचार र गहिरो ध्यानले गर्दा दाजुको कारबाहीबाट भएको सबै रीस छुटी सकेको थियो । यसैले बाबु फेरी बाँचेर आउन् र उनका दाज्यूको दुष्टता र उनले गरेको पापबाट छुट्न सकोस् भनि उनले प्रार्थना मात्र गरे । देबताहरुले उनको प्रार्थना पु-याई दिए । लोमसले रैभ्यको कुटी नजिकको स्थानमा युधिष्ठिरलाई यो कथा सुनाएर भने –“ओ पाण्डवहरु, यहाँ नुहाएर यस तीर्थमा तिमीहरुको रीस रागहरुलाई बगाई देऊ । अर्बवसु र परवशु दुबै जना एउटा महान विद्वानका छोराहरु थिए । बिद्या एउटा कुरा हो भने धर्म अर्कै कुरा हो । यदि कसैले सत्कर्म खोज्ने र असत् कर्म छोड्ने हो भने सत् असत् दुबैको भेद जान्नु पर्छ भनेको कुरा सत्य हो । तर सो ज्ञान सबैको हृदयमा भिजेको हुनु पर्छ । जीवनको हरेक कार्यलाई प्रभावित पार्ने हुनु पर्छ । त्यसो भएमा मात्र ज्ञान भनेको बास्तवमा धर्म हुन्छ । मनमा खेलिरहेका तर हृदयमा नपचेका ज्ञानले धर्मको परिचय दिन सक्तैन । त्यस्ता ज्ञानहरु हाम्रो लुगाहरु जस्तै बाहिरको देखौवा मात्र हो । हाम्रो वास्तविक अंग हुन सक्तैन” ।
 
क्रमश: ३६ अष्ट:बक्र         रात्नमान डंगोल
 
 

No comments:

Post a Comment