Monday, July 15, 2013

POST 42 ४२ जादुको तलाउ

Post 42 ४२ जादुको तलाउ
रत्नमान डंगोल

भाकल गरेको बाह्र बर्षको समय सकिन लागेको थियो । एक दिन एउटा गरीब ब्राह्मणको आगो पार्ने खलमा एउटा हरीणले आफ्नो आँग रगेडी कन्याई रहेका थिए । कन्याई सकेर जान खोज्दा सो खल उनको सिँगमा अड्कियो । आत्तिएर सो जनावर जंगल तिर भागेर गए ।  त्यस जमानामा दिया सलाई भनेको थिएन, दुई बस्तु रगडेर घस्रण द्वारा आगो पार्दथे । (#कथा न हो, दिब्यास्त्र, लाक्षा गृह अनि के के भएर पनि) । “हरे मेरो आगो पार्ने खल सहित त्यो हरीण भागेर गयो । अब मैले कसरी अग्नि होम गर्न सकुँला र !” भनी त्यस ब्राह्मण चिच्याएर आफ्नो बिपदमा सहायता लिन पाण्डवहरु भए तिर दौडेर गए । पाण्डवहरुले त्यस जनावरलाई लखेट्दै गए । तर त्यो जादुको हरीण थियो, त्यसैले पाण्डवहरुलाई मोह पार्दै उफ्री उफ्री भेट्टाउन नसक्ने गरी जंगल भित्र पस्यो र अदृश्य भयो । पाण्डहरु बेकारको खेदाइमा थाकेर खेद गरी वरपीपलको रूख मुन्तिर बसे । नकुलले सुस्केरा हाली भने – “हामीले त्यस ब्राह्मणको यो जाबो काम पनि गरिदिन सकेनौँ ।  हामी कतिको जीर्ण भै सकेका छौँ ।”
भीमले भन्यो – “ बिलकुल मनासिप, द्रौपदीलाई घिच्याइ सभामा ल्याएको बेला त्यस दुष्टहरुलाई मार्नु नै पर्ने थियो । हामीले त्यसो नगरेको कारणले यी सबै दु:खहरु भोग्नु परेको छ, होइन र ? अनि उनले खेद गरी अर्जुन तिर हेरे ।”  अर्जुनले सहमत भै भने – “ मैले केहि नगरेर त्यो सारथिको छोराको अनिष्ठ र निन्दनिय घमण्डलाई चुपचाप सहेको थिएँ । त्यसैले हामीहरु यो दु:खमा पर्न बाध्य भएका छौँ ।” (#कर्णलाई के दोष, जड दुर्योधन हो –  अनि जुवा खेल्न मान्नेहरु चाहीँ कस्ता ? थाहा हुँदा हुँदै सबै हार्ने ?  । फेरी कर्णसंग दुष्मनीको सुरुवात त तिमीले नै उस्लाई गाली गलौच गरेर गरेका थियौ, बेइज्जत गरेका थियौ - रणभूमिमा) । आफ्ना भाइहरु सबैमा चहकिलो र फुर्ति हराएको युधिष्ठिरले चाल पाए । तिनीहरुलाई कुनै कार्य गरायो भने फुर्तिलो हुने थियो भन्ने बिचार भयो । उनलाई प्यासले सताएको थियो । नकुललाई भने – “ भाइ त्यो रुख चढेर कुनै नदी या तलाउ वरि परी छ कि हेर त, तिर्खा लाग्यो ।” नकुलले रुखमा चढेर वरिपरी हेरेर भने – “ केही पर जल बिरुवाहरु र सारसहरु देखिएको छ, त्यहाँ जरुर पनि पानी हुनु पर्छ ।” नकुललाई युधिष्ठिरले पानी लिन पठाए । नकुल त्यहाँ पुगेर हेर्दा तलाउ देखेर खुशि भए । उनि आफैलाई धेरै प्यास लागेको थियो र दाजुको निमित्त ठोक्रामा पानी भर्नु अगाडि आफ्नो प्यास मेटाउने बिचार गरे । तर त्यो पानीमा हात चोपल्न पाएको थिएन, एउटा आवाज सुने । त्यस आवाजले भने – “ नहडबडाउ ! यो तलाउ मेरो हो । ओ मादरी पुत्र, मेरो प्रश्नको उत्तर दिएर मात्र पानी खानु ।” नकुलाई आश्चर्य लाग्यो । तर अत्यधिक प्यासले सताइएको भएकोले त्यस जनाउलाई ध्यान नदिइ उनले पानी खाए । तुरुन्तै रिंगता लागेर थाम्न नसकेर उनि लडे र मरे । धरै बेर सम्म पनि नकुल फर्केर नआएकोले आश्चर्य भएका युधिष्ठिरले के भयो भनि हेर्न सहदेबलाई पठाए । सहदेब तलाउ निर पुगे । भाइ भुईँमा लडिरहेको देख्दा केही हानी भयो भनेर आश्चर्य माने तर यता उता बुझनु अगाडि आफ्नो जलिरहेको प्यास मेटाउन तिर लागे । फेरी त्यही वाज आयो - “ ओ सहदेब, यो तलाउ मेरो हो । मेरो प्रश्नको मिल्ने उत्तर दिएर मात्र तिमीले प्यास मेटाउन पाउने  छौ ।” नकुलले पनि सहदेबले जस्तै त्यस आवाजको परवाह गरेनन् र उनले पानी खान लागे । उत्तिनै खेर पछारियो र ढले ।” निकै बेर सम्म सहदेब पनि फर्केर आएनन् । आश्चर्य मानेर दिक्क भएर युधिष्ठिरले भाइहरुलाई बिपद प-यो कि भनेर हेर्न अर्जुनलाई पठाए । “पानी पनि ल्याउनु, धेरै तिर्खा लागेको छ ” भने । अर्जुन दौडेर गए । उनले दुबै जना भाइहरुलाई तलाउ नजिकै मरेको देखे । त्यो देख्दा उलाई चोट प-यो । यता उता घुमिरहेका कुनै दुश्मनले मारेको हुनु पर्छ भन्ने उनलाई लाग्यो । दु:खले दिल टुटेको र बदला लिने सूरले जलिरहेको भएता पनि, उनको मनमा लागिरहेको यी सबै भावनाहरु पनि भयंकर प्यासमा बिलायो । सो प्यासले उनलाई त्यस भयानक तलाउ तिर सुरु सुरु जाने गरायो । फेरी त्यही आवाज सुनियो – “पानी खानु अगाडि मेरो प्रश्नहरुको ठिक ठिक जवाफ देउ । यो तलाउ मेरो हो । यदि तिमीले मैले भनेको कुरा मानेनौ भने तिम्रो पनि तिम्रा भाइहरुको जस्तै हाल हुने छ ।” अर्जुनको रीसको ठगान भएन । उनले कराइ भने – “ तिमी को हौ ? मेरो अगाडि आएर खडा होउ ।“” भनि उनले आवाज आएको दिशातिर तीखा तीखा बाणहरुले हाने । त्यस अदृश्य शक्तिले हाहा गरी हाँसी भने – “ तिम्रा बाणहरु हवामा उडेको छ । मेर प्रश्नहरुको ठिक ठिक उत्तर दिएरमात्र पानी खाउ र तिम्रो प्यास मेटाउन पाइन्छ । यदि जवाफ नदिइकन पानी खायौ भने तिमी पनि मर्ने छौ ।” बडा दिक्क भएका अर्जुनले त्यस धोखा बाजी शत्रुलाई पत्तालगाइ समात्ने अठोट गरेका थिए । तर पहिलेबाट भयाबह तीर्खा नै मेट्नु पर्छ भन्ने तिर लागे । पानी पिएर उनि पनि ढली मरे । पछिबाट चिन्ता लिएर पर्खि रहेका युधिष्ठिरले भीम तिर फर्केर भने – “ प्रिय भाइ भीम, महान बीर अर्जुन पनि अहिले सम्म पनि फर्केन । भयभित कुनै कुरा हाम्रा भाइहरुमा आइपरेको हुन पर्छ । हामीहरुको ग्रह दशा खराब छ । तिमीले छिटो यस्को खोज तलास गर । म प्यासले मर्न लागेको छु । पानी पनि लिएर आउनु ।” (#हे मूर्ख अल्छी युधिष्ठिर ! आफु पनि किन नगएको ? भाइहरु कि प्यास ? प्यास लागेको भए त आफै कुवा तिर जानु पर्ने होइन र ?) । भीम चिन्ताले ग्रस्त भएर जवाफै नदिइ फाल हालेर गए ।
तीनै जना भाइहरु मरेर ढलेको देख्दा उनको दु:ख र रीसको सीमा रहेन । उनले बिचार गरे -“ यो पक्कै यक्षहरुको काम हो । मैले तिनीहरुलाई शिकार गरेर मार्ने छु । तर अहो ! मलाई यस्तो तिर्खा लागेको छ, तिनीहरुसित लड्नु अघि पानी पिउनु वेश हुनेछ ।” र तलाउमा ओर्ले । (#मुर्ख न हो ! बुद्धि कहाँबाट आउँ छ र ! फर्केर गएर दाजु कहाँ जानु पनि छैन) । त्यही आवाज आयो –“ भीमसेन, याद गर । मेरो प्रश्नको जवाफ दिएर मात्र पानी खान पाइन्छ । मेरो कुरा माने नौ भने तिमी पनि मर्ने छौ ।
“ मलाई हुकुम दिने तिमी को हौ ?” भनि कराएर कुरा नटेरी चारै तिर हेरेर भीमले खुबसित पानी पिए । लुगा फुस्केर गए जस्तै उनको बल पनि उनिबाट गए जस्तो लाग्यो र उनि पनि भाइहरु जस्तै ढले र मरे ।
एक्लो युधिष्ठिर प्यास र चिन्तामा परेर दु:खले कराए । “तिनीहरु सरापको फन्दामा परेको छ कि, अथवा पानी पाउन नसकेर खोज्न जंगलमा यता उति घुमिरहेका छन् कि, अथवा प्यासले मुर्छा भइ मरेका छन् कि ? ”। उनले यी चिन्ताहरु सहन नसक्ने भए । अत्यधिक प्यासले सताएको भएर उनि भाइहरु र पानीको खोजिमा हिँडे । बनेलहरु आउने भएका, छिर बिरे मृगहरु र जंगली चराहरु प्रसस्त भएका अनिश्चित ठाउँ भइ भाइहरु गएका थिए । त्यहि दिशा तिर लागेर युधिष्ठिर हिँडे । तुरुन्तै अमृत जस्तो देखिएको निर्मल सफा पानीको तलाउको पेटी बाँदि राखेको जस्तो एउटा सुन्दर हरियो मैदानमा आइ पुगे । तर कुनै उत्सव पछि जथाभावी ढालि फ्याँकिएका पबित्र झण्डाहरुको खामो जस्तो भइ त्यहाँ लडिरहेका भाइहरुलाई देखे पछि दु:खलाई थाम्न नसकी राँको मचाएर युधिष्ठिर रोए ।
उनले नबोलि चुपचाप त्यहाँ लडिरहेका भीम र अर्जुनको अनुहारमा सुम सुम्याइ शोक मनाए । हाम्रो प्रतिज्ञाको समाप्त यहि थियो कि ? हाम्रो बनवास अन्त हुन लागेको ठिक बेला तिमीहरुलाई कालले चुँडाएर लगेछ । दैबले मलाई चाहिँ यो दु:खमा छोडि दिएको छ ।”

तिनिहरुको मजबुति शरीरलाई देख्दा केही नलागेर , तिनीहरुलाई मार्न बल पुगेका को को आउन सकेका थियो भनि उनले दु:ख लिइ आश्चर्य मान्न लागेका थिए । उनले झस्का लिएर गौर गरेर बिचार गर्न लागे । -“ नकुल र सहदेब मरेर लडि राखेको देखे पछि पनि नफुट्ने मेरो मुटु साँचैनै फलामले बनेको हुनु पर्छ । आब म के को लागि म यस लोकमा बाँचि बस्ने ?” त्यस पछि उनमा एउटा गुह्य ज्ञान उठ्यो । किनभने यो मामुलि घटनाहरु हुनै सक्तैन थियो । उनका भाइहरुलाई पराजय गर्न सक्ने कुनै बीर  यस लोकमा थिएन । त्यस माथि फेरी उनिहरुको शरीरमा प्राणै जाने खालका घाउ चोटपटक पनि थिएन र उनिहरुको शान्तिले सुति राखेका मानिसहरुको जस्तो अनुहार थियो । रीस गरी मरेकाहरुको जस्तो अनुहार थिएन । कुनै शत्रुका पद चिन्हहरुको पद चिन्हहरु पनि त्यहाँ थिएन । अवश्य यहाँ कुनै टुना मुना भएको थियो । अथवा दुर्योधनलको चालबाजी गरेको थियो । के त्यसले पानीमा बिष त हालेको थिएन ? त्यस पछि युधिष्ठिर पनि ठूलो प्यासले पानीको ध्यानमा लागेर तलाउ तिर लागे । तुरुन्तै त्यस अदृष्य आवाजले जनाउ दिए । “तिम्रा भाइहरुले मेरो कुरा नमानेर उनिहरुको मृत्यु भयो । तिनीहरुको बाटो नलाग । पहिले मेरो प्रश्नहरुको ठिक ठिक जवाफ देउ, अनि मात्र तिम्रो प्यास मेटाउ । यो तलाउ मेरो हो” । यी बोलिहरु यक्षको बाहेक अरु कसैको होइन भनि युधिष्ठिरले जाने र भाइहरुलाई हुन गएको घटनाको अनुमान गरे । उनले वातावरण बुझ्न सक्ने बाटो देखे । युधिष्ठिरले त्यस आकाश बाणिलाई भने – “ तपाईँका प्रश्नहरु सोध्नु होस्” ।
त्यस आवाजले एक एक गरी छिट् छिटै प्रश्नहरु सोध्न थाले । हरेक दिन केले सूर्य उदाउँछ ? युधिष्ठिरले जवाफ दिए – “ ब्राह्मणको शक्तिले” (#गधा...) । बिपदमा मानिसलाई केले बचाउँछ ? मानिसको बिपदको रक्षा ‘साहस’ले गर्छ । “कुन शास्त्र पढेर मानिस बुद्धिमान हुन्छ ?” कुनै शास्त्र पढेर मानिस बुद्धिमान हुँदैन । महाज्ञानीको सत्संगतबाट मात्र मानिसले ज्ञान पाउँछ र बुद्धिमान हुन सक्छ । त्यस्तै यक्षले प्रश्न गरे – “ पृथ्विले भन्दा बढी महानता के ले थामेको हुन्छ ?” युधिष्ठिरले जवाफ दिए –“ आफ्ना बाल बच्चालाई हुर्काउने आमाले फृथ्वीले भन्दा बढी महानता र भद्रता थामेको हुन्छ” । “आकाश भन्दा अग्लो के छ ?” – बाबु । “हवा भन्दा  छिटो कुदने के छ ?” – मन । “ओइलिएको पराल भन्दा धेरै बिग्रेको के हुन्छ ?” – दु:खी मन । “ यात्राको बेलाको मित्र को हुन्छ ?” – सिकाई । “घरमा बस्नेको लागि को साथि हुन्छ ?” – स्वास्नी । “मृत्यु पछि मानिसको साथ को जान्छ ?” – धर्म । आत्माको एकान्त मय यात्रामा धर्मले मात्र साथ दिएको हुन्छ । “सबभन्दा ठूलो भाँडो कुन हो ?” –  सबै थोक अटाउने पृथ्वी सबै भन्दा ठूलो बाँडो हो ।

“खुशी भनेको के हो ?” – राम्रो ब्यबहारको परिणाम हो खुशी । “त्यो कुन कुरा हो जुन त्याग गरे पछि मानिस सबैको प्यारो हुन्छ ?” – घमण्ड । “कुन कुरा त्याग्यो भने सुख हुन्छ तर दु:ख हुँदेन ?” - क्रोध । “त्यो के हो जस्लाई मानिसले छोड्दा धनि हुन्छ ?” – इच्छा, लोभ, मोह । “वास्तविक ब्राह्मण के ले बनाउँछ, जन्मले वा भद्र ब्यबहारले वा बिद्याले  ? – जन्म र बिद्याले कोहि ब्राह्मण बन्दैन, राम्रो ब्यबहारले मात्र मानिस ब्राह्मण बन्दछ । मानिस जतिसुकै शिक्षित होस् तर कुलतमा लागेको छ भने त्यो ब्राह्मण होइन । चारै बेद पढेको भएता पनि कुलतमा लागेको छ भने त्यो मानिस नीच नै हो । “विश्वमा सबै भन्दा गजबको कुरा के छ ?” – हरेक दिन यमले प्राणिहरुलाई लगेको सबैले देखेका छन् तै पनि मानिसहरु सँधै बाँचिरहन चाहन्छन् । सबै भन्दा गजबको कुरा यहि हो ।

 यस्तै प्रकार यक्षले धेरै प्रश्नहरु गरे, युधिष्ठिरले सबै प्रश्नहरुको जवाफ दिए । अन्तमा यक्षले सोधे – “ राजा, अब तिम्रा मरेका भाइहरु मध्ये एक जनालाई जियाई दिन सक्छु । तिमी कसलाई जियाउन चाहन्छौ ? त्यहि बाँचेर आउने छ” । युधिष्ठिरले एक छिन घोरिएर बिचार गरेर भने –“ धुम्र बर्णको, कमलनयनी, फराकिलो छाति भएका, भुजा लामो भएका र अग्राखको रुख ढले जस्तो ढलेका नकुल उठी दिए हुन्थ्यो” ।

 यक्ष खुशी भएर युधिष्ठिरलाई सोधे –“ सोह्र हजार हात्तिको बल भएका भीमलाई भन्दा ग्राह्यता दिएर तिमीले नकुललाई किन चुन्यौ ? भीम तिमीलाई सबै भन्दा मन परेको छ भनि मैले सुनेको छु । शस्त्रधारी अर्जुनले तिमीलाई रक्षा गर्ने छ, तिमीले उनलाई किन नचुनेको ? यीनि दुबै मध्येलाई नचुनिकन नकुलाई नै किन रोजेको मलाई भन” । युधिष्ठिरले जवाफ दिए –“ ओ यक्ष, मानिसको सुरक्षा धर्म हो । भीम अथवा अर्जुन होइन । यदि धर्मलाई नष्ट ग-यो भने मानिसको पनि नष्ट हुनेछ । मादरी मेरा बाबुका दोस्रो स्त्री थिए । उहाँका पहिलो पत्नी कुन्तीको छोरा म बाँचि नै रहेको छु । त्यसैले उहाँ कति पनि बिरक्त हुनुहुने छैन । न्यायको तराजु बराबर गर्ने गरी मैले सानी आमा मादरीको कान्छो छोरा नकुललाई जियाउन मागेको हुँ” ।  युधिष्ठिरको निस्पक्षतामा यक्ष खुशि भएर उनका सबै भाइहरुलाई पुन: जिवित गराई दिएका थिए । यिनी कालका मालिक यम थिए । आफ्नो छोरालाई भेटेर परीक्षा लिन हरिण र यक्षको रुप धारण गरेका थिए । उनले युधिष्ठिरलाई अंगालो हाली आशिर्बाद दिए । यमले भने – “तिम्रो वनबास बस्ने कबोल गरेको म्याद पूरा हुन केही दिन मात्र बाँकी छ । तेर्हौ बर्ष पनि बित्ने छ । तिम्रा शत्रुहरु कसैले पनि तिमीहरुको अत्तो पत्तो पाउने छैन । तिमीहरुले आफ्नो कार्य सफलता पूर्बक पूरा गर्ने छौ” भनि उनि अन्तरध्यान भए । वनबासको बेला पाण्डवहरुले निसन्देह अनेकौँ तरहका दु:खहरु भोग्नु परेको थियो । तर त्यसका फायदाहरु पनि कम मान्नु पर्ने थिएन । कडा अनुशासन र मानिसका आचार तथा गुणको परीक्षणको समय भएको थियो । जसबाट तिनीहरुले धेरै बलिया तथा भद्र मानिसहरुको दर्शन पाएका थिए । “त्यस्तै (#यस कथा अनुसार) अर्जुन दिब्यास्त्र लिएर आफ्नो बाबु इन्द्रको स्पर्शले बलियो भएर तपस्याबाट फर्के, भीमले पनि सौगन्धीका फूलहरु फुलेका तलाउ नजिक आफ्नो दाजु हनुमानलाई भेटी उनको अंकमालले दाजुका बल प्राप्त गरेका थिए; जादुको तलाउमा धर्मको देबता आफ्नो बाबु यमलाई भेटेर युधिष्ठिरको तेज दश गुणा बढेको थियो; युधिष्ठिरले आफ्ना बाबु यमसंग भेट गरेको पबित्र कथाको प्रश्नोत्तर ज-जस्ले सुनेको छ उनिहरुको मन कहिले पनि कुलतमा लाग्ने छैन, तिनिहरुमा झगडा पैदा गर्ने र अर्काको धनको लोभ गर्ने छैन, लोभमा फस्ने छैन, कुनै पनि बेला अनुचित कार्य गरी क्षणभंगुर बस्तुमा लाग्ने छैन इत्यादि भनि आशा गर्न सकिन्छ” भनि वैशम्पायनले यक्षको कथा भनेको बेला उनले जन्मअजयलाई सुनाएका थिए । उनिहरुले बताए जस्तै यस कथाका पाठक बर्गमा पनि ती भद्र गुणहरु प्राप्त हुन सकोस् – शुभकामना ।


४३ घरायसी कार्य

रत्नमान डंगोल

No comments:

Post a Comment