Thursday, July 11, 2013

Post 41 ४१ कृष्णको भोक

Post 41 ४१ कृष्णको भोक
रत्नमान डंगोल

पाण्डवहरु वनमा बसिरहेको बेला दुर्योधनले धुमधाम संग फर्माएर महायज्ञ गरेका थिए । दुर्योधनले धुमधाम संग फर्माएर महायज्ञ गरेका थिए । उनले राजसूय यज्ञ गर्ने इच्छा गरेका थिए तर ब्राह्णहरुले उनलाई भने कि युधिष्ठिर र धृतराष्ट्र जीवित रहेको बेला उनले त्यस यज्ञ गर्न पाउँदैन । त्यसको बदला वैष्णव यज्ञ गर्ने उनलाई सल्लाहा दिएका थिए । उनले सो उपदेश मानेर धुमधाम गरी वैष्णव यज्ञ गरेका थिए । तर  यज्ञ समाप्त भए पछि शहरबासीहरुले आफु आफुमा कुरा गर्न लागे कि दुर्योधनको यज्ञको गौरब युधिष्ठिरको राजसूय यज्ञको गौरबको सोह्र खण्डको एक खण्ड पनि हुन आएको थिएन । दुर्योधनका साथिहरुले भने उनलाई र उनले गरेको यज्ञको प्रशंसा गरे  यस यज्ञ ययाति, मान्धता, भरत इत्यादीले गरेको यज्ञ बराबर थियो भने । उनका चापलुसी वालाहरुले पनि पनि धुप बाल्न पछाडि परेनन् । कर्णले दुर्योधनलाई भने कि जबसम्म पाण्डवलाई युद्धमा पराजित गरी मारीँदैन तब सम्मलाई मात्र राजसूय यज्ञ थामिएको थियो । फेरी दोह-याएर भन्यो कि ­उनलाई गर्नु पर्ने कार्य अर्जुनलाई मार्नु थियो । कर्णले भने  -“अर्जुनलाई नमारे सम्म म मासु र रक्सी पनि खाने छैन । मसंग केही माग्न आउने कसैको कुरा पनि इन्कार गर्ने छैन ।” सभामा कर्णले यस्तो दृढ प्रतिज्ञा गरेका थिए । महाबीर कर्णको यो प्रतिज्ञा सुनेर धृतराष्ट्रका छोराहरु दंग भए , र हर्षले कराए । मानौँ पाण्डवहरुलाई साँचै नै मारी सकेको जस्तो तिनीहरुलाई लाग्यो । कर्णले लिएको प्रतिज्ञाको खबर गुप्तचहरुले जंगलमा पाण्डवहरु कहाँ पु-याए । युधिष्ठिरलाई ठूलो धक्का लाग्यो । युधिष्ठिरले कर्णको शक्तिलाई धेरै ठूलो मान्यता दिएको थियो । दिब्य कवच सहित जन्मेका कर्ण शक्तिशालि बीर थियो भन्ने कुरामा कुनै शंका थिएन । एकदिन बिहानै बिउँझने समय नहुँदै युधिष्ठिरले एउटा सपना देखे । धेरै जसो सपना हाम्रो निद्राको शुरुमा वा अन्त तिर हुने गर्दछ । उनले सपनामा देखेका थिए कि जंगलका जंगली जनावरहरु आएर उनीहरु सबैलाई नाश नगर्न अर्को कुनै जंगलमा बस्न जान दया गरी पाउँ भनि अनुरोध गर्न आएका थिए । उनिहरुको कुरालाई मानेर पाण्डवहरु अर्को जंगलमा गएर बस्न गएका थिए । जंगलका जनावरहरुलाई नाश गर्न दिनु हुन्न भन्ने कुरा हाम्रा पुर्खाहरुलाई पनि थाहा थियो । एक दिन दुर्भाषा ऋषि दश हजार चेलाहरुलाई साथमा लिएर दुर्योधन कहाँ गए । ऋषिको मिजास जानेर पाहुना सत्कारमा गर्नु पर्ने सब कुरामा दुर्योधन आफैले सावधान भएर सेवा गरे । यस्तो फुक्का हातले अतिथि सत्कार भयो कि ऋषि खुशि भएर दुर्योधनलाई वर माग भने । दुर्योधनलाई आई परेको ठूलो बिपदबाट फुर्सत पाएकोमा धेरै आनन्द लाग्यो । ऋषिले वर माग भनेको बेला पाण्डवहरुबाट रीसाहा ऋषिको हवा फुस्काउने बेला आयो भनि दुर्योधनको मनमा लाग्यो । उनले भने – “ महान ऋषि महोदय, यहाँले हाम्रो सत्कार स्वीकार गरी हामीलाई आशिर्बाद दिनु भएको छ । हाम्रा दाजुभाइहरु जंगलमा बसेका छन् । कृपया उनिहरु कहाँ पनि जाने कष्ट गरी दिनुहोस् । तिनीहरु पनि तपाईँलाई सनमान गरी खुशि हुने छन् ।” पकाएका सबै खाना खाई सकेर अचानक आएका पाहुनाहरुको लागि कुनै खाना बाँकि नरहने बेला उनलाई थाहा थियो, त्यही बेला त्यहाँ पुग्ने गरी अनुरोध गरे ।
सदाकाल मनुष्यको परीक्षा लिन निको मान्ने दुर्भाषा ऋषिलाई दुर्योधनले अनुरोध गरे बमोजिम् गर्न स्वीकार गरे । दुर्योधनलाई निश्चित थियो कि जंगलमा हातमुख जोरी निर्बाह गरी रहेका पाण्डवहरुले त्यस ऋषि र उनका पछि लागेका चेलाहरुलाई खुवाई सत्कार गर्न सक्ने थिएनन् र सत्कारको अभावमा त्यस अति हडबडे रीसाहा ऋषिबाट भयानक सराप पाउने हुन्थ्यो । ऋषिले वरदान दिने भनेको बेला उनले मागेर पाएका कुनै फायदा हुने कुराले भन्दा ऋषिलाई सो गर्न लगाउन पाएकोमा धेरै खुशि लागेको थियो । पाण्डवहरु दिउँसोको भोजन गरेर आराम लिई बसेको बेला दुर्योधनले चाहेको जस्तै चेलाहरु सहित दुर्भाषा ऋषि त्यहाँ पुगे । दाजुभाइहरुले उनिहरुलाई स्वागत गरे । प्रणाम गरी सनमान गरे । त्यस पछि ऋषिले भने – “हामी छिटै फर्कने छौँ । त्यस बेला सम्ममा हाम्रो लागि भोजन तयार हुनै पर्छ । हामीलाई धेरै भोग लागेको छ ।” र, चेलाहरु सहित नदी तिर नुहाउन गए । युधिषठिरको तपस्याको फलस्वरुप पाण्डवहरु जंगलमा बसेको शुरु मै सूर्य देबताले उनिहरुलाई अक्षयपात्र भन्ने एउटा अदभुद्को भाँडो दिएको थियो । जुन भाँडोले चाहिएको जति खाना दैनिक कोटाको रुपमा आवश्यक जति पनि खाना उपलब्ध गराउँदथ्यो । आपुर्ति नहुहे भनेको हुँदैन थियो । त्यस भाँडो दिने बेलामा सूर्य देबताले भनेको थियो –“बाह्र बर्ष सम्मको लागि तिमीहरुलाई दिन दिनै चाहिने जति पनि खाना यस भाँडो मार्फत पु-याउने छु । सबैलाई भोजन खुवाएर द्रौपदीले आफ्नो भाग खाई सके पछि त्यस दिनलाई यो भाँडो खालि हुनेछ ।” (#दिनको कति पटक ? एक पटक मात्र खाने कि ?) । त्यसै अनुरुप ब्राह्मणहरु र पाहुनाहरुलाई पहिले भोजन गराउँदथे । पछिबाट पाण्डमव भाइहरुले भोजन गर्दथे । सबै भन्दा पछी द्रौपदीले आफ्नो भाग खाने गर्दथिइनन् । दुरभाषा ऋषि त्यहाँ  आइ पुगेको बेला द्रौपदी लगायत सबैले भोजन गरी सकेका थिए । त्यसैले  अक्षयपात्र खालि भएर त्यस दिनलाई भाँडाको प्रभाव सिद्धि सकेको थियो । ऋषि र चेलाहरु न्वाइ ध्वाई सकेर फर्कि आएका बेला भोजन गराउने खाना कहाँबाट पाउने भन्ने बिषयमा द्रौपदीलाई ठूलो चिन्ता र पीर परेको थियो । सो नैराश्यको बिपदको बेलामा सहायता गर्न र ऋषिको सरापबाट छुटकारा गर्न आउन तिनीले भान्छामा बसी उत्सुकता पूर्बक श्रीकृष्णको आराधना गरिन् । श्रीकृष्ण तुरुन्तै उनको अगाडि प्रत्यक्ष भए । “मलाई असाध्यै भोक लागेको छ, अबिलम्ब केही खाने कुरा देउ र अरु कुरा पछि गर्ने छु” भने ।

यहाँ एउटा राम्रो तमाशा भयो ।  सहायताको लागि जस्लाई आराधना गरेको थिएँ उहि नै झन् बोझ पो भए जस्तो भयो । उनि अति नै हडबडाएर कराउन थालिन् –“ हरे,तिमी किन यसरी मेरो परीक्षा लिन खोज्छौ ? कृष्ण ! सूर्य देबले दिनुभएको यस भाँडोको प्रभाव आजलाई गइ सकेको छ र ऋषि दुर्भाषा आएको छ । मैले के गर्ने ? ऋषि चेलाहरु साथ तुरुन्तै आइ पुग्छन् । यस्तो बिपद परेको बेला मै तिमीलाई पनि भोक लागेको छ भनि आइपुगेका छौ ।”
श्रीकृष्णले भने –“ मलाई भयंकरको भोक लागेको छ, खानु परेको छ । अरु कुरै छैन । त्यो भाँडो लिएर आउ, म आफै हेर्छु ।”  द्रौपदीले भाँडो ल्याएर उनलाई दिइन् । पाकेको तरकारीको सानो टुक्रा र भातको एउटा गेडा भाँडोको घेरामा टाँसिएको देखे । बिश्वात्मा श्रीहरिले जस्तै ती चीजहरु लिनु भयो र श्रीकृष्णले तृप्त गरी खाई दिनु भयो । केही बाँकी नराखी भाँडो नमाझेर अल्छी गरेकोमा द्रौपदीलाई शरम लागेको थियो । एक गेडा बाकी रहेको पनि बासुदेबले खाइ हाले । त्यो बाकी रहेको गेडा खाए पछि श्रीकरष्णलाई सन्तोषले तृप्त भयो र भीमलाई बोलाई ‘भोजन तयार भयो’ पर्खि रहोको भनि नदीमा गएर आदरणीय ऋषिवरहरुलाई खबर देउ भनि भीमलाई श्रीकृष्णले आदेश दिए । भीमलाई आश्चर्य लाग्यो । तर श्रीकृष्णमा उनको पूरा विश्वास भएकोले दुर्भाषा र चेलाहरु स्नान गरीरहेको नदीमा हुर्रेर गए । बेसगरी खानु परेको भोक तृप्त भएको महसुस भएको देखेर  तिनीहरु छक्क परे । राम्ररी भोजन गरेका मानिसहरुको जस्तै उनिहरुको अनुहार उज्यालो भएको थियो । चेलाहरुले ऋषिलाई भने – “ हामीहरुको लागि भोजन तयार गरी राख्नु भनि युधिष्ठिरलाई भनेका थियौँ तर हामीलाई भरिपूर्ण गरी खाइ सकेको जस्तो लागेको छ र अब बढता केही खान सकौँला जस्तो छैन ।” जो भएको कुरा दुर्भाषाले थाहा पाए र  भीमलाई भने –“ हामीले भोजन गरी सकेका छौँ । हामीलाई क्षमा गर्न युधिष्ठरलाई भनि देउ ।” अनि ऋषिहरु त्यहाँबाट गई हाले । ब्याख्या यस्तो छ – बिश्व नै श्रीकृष्णमा रहेकोले एउटै गेडा अन्नले उनको तृप्ति भएबाट ऋषि लगायत सबै जनाको भोक त्यस बेलाको लागि मेटिएको थियो । (#कथा न हो ! जस्तो चाह्यो भगवानलाई त्यस्तै गराउन सकिन्छ !)। .....


४२ जादुको तलाउ
रत्नमान डंगोल

No comments:

Post a Comment