Thursday, July 18, 2013

Post 44 वाञ्छनीय असल गुणको कदर (virtue vindicated) / किचक बध

Post 44  ४४ कार्य समर्थन
वाञ्छनीय असल गुणको कदर (virtue vindicated)
किचक बध
रत्नमान डगोल

युधिष्ठिरले सन्यासीको पोशाक लगाए, अर्जुनले नपुंसकको रुपमा आफुलाई ढाले, अरुहरुले पनि आ-आफ्नो काम संग मिल्ने गरी भेष बनाए । तर कुनै पनि भेषले उनिहरुको अनुहारको शोभा र हावभावमा भद्रता हराउन सकेन । नोकरी खोज्न बिराट राजा कहाँ गएको बेला, तिनीहरु नोकरी गर्ने भन्दा हुकुम चलाई राजकाज चलाउने खालका जस्तो देखिएका थिए । राजाले पहिले त नोकरी दिन अनकन्याएका थिए, तर उनिहरुको उत्सुकताको अनुरओधमा अन्तमा मानेर उनिहरुलाई मागे अनुसारको स्थानमा बिराट राजाले नियुक्त गरी दिए ।
युधिष्ठिर राजाको संगति भए । उनी सित पासा खेलेर दिन बिताउने गरे । भीमसेन भान्छाको नायक भएर काम गरे । दरबारमा आएका बलीष्ठ नामुद पहलमानहरु सित कुश्ति खेलेर, जंगली जनावरहरुलाई काबु गरेर राजालाई मनोरञ्जन पनि गरे । अर्जुनले बृहनला भन्ने नाम गरेर राजाको छोरी राजकुमारी उत्तरा र अरु केटीहरुलाई गाउने नाच्ने र बाजा बजाउने सिकाउने काम गरे । नकुलले घोडा-घोडीहरु र सहदेबले गाईहरु र साँढेहरुको रेखदेख गरे । तकदीर नबिग्रको भए अनेकौँ नोकर्नीहरु र चाकर्नीहरुले सेवा गरेकी हुनु पर्ने राजकुमारी द्रौपदीले गुप्तबासको बेला बिराटका महारानी सुदेस्नाको सेवा गरी दिन बिताउनु परेको थियो । उनी आफुलाई नसुहाउने कार्यमा लागेर चाकर्नी तथा सहचरी भई दरबारको भित्री खोपिमा बसेकी थिइन् ।
किचक बध -
सुदेस्नाको भाई किचक बिराटको फौजको सेनापति थियो । बिराट राजाले शक्ति र इज्जत सबै उनैलाई सुम्पेका थिए । किचक बास्तवमा यति शक्तिशालि थियो कि उसको प्रभावले गर्दा मानिसहरु भन्ने गर्दथे कि वास्तबमा किचक नै राजा हुन र राजा बिराट नामको मात्र राजा थियो ।
किचक राजा माथि प्रभावकारी भएकोले र आफ्नो बलमा बेपरवाहले घमण्डि भएको थियो । द्रौपदीको सुन्दरतामा उनी यस्तो मोहमा परे कि उनिबाट आफ्नो इच्छा मेटाउने बिचार गरे । किचकलाई पूरा बिश्वास थियो कि आफ्नो शक्ति र सामर्थ्यको अगाडि द्रौपदीले नाई नास्ति गर्ने छैन । तिनी नोकर्नी नै भएता पनि आफ्नो प्रस्तावलाई अस्वीकार गर्लिन भनेर किचकलाई पटकै लागेको थिएन ।  किचकले द्रौपदीसित प्रेमका कुराहरु गर्न लागे । यसले गर्दा  द्रौपदीलाई धेरै खिन्न पारेको थियो । द्रौपदीले यो कुरा रानी सुदेस्ना र अरुहरुलाई बताउन मनासिप ठानिनन् । चुप लागेर बसिन् । गन्धर्बहरु आफ्ना लोग्नेहरु हुन र उनलाई अनादर गर्ने हरुलाई आफ्ना लोगनेहरुले गुप्तरुपले मार्नेछ भनेर हल्ला गर्न थालिन् । उनको भद्र ब्यबहार र तेजले गर्दा द्रौपदीको गन्धर्बको कथामा सबैजनाले बिश्वास गरेका थिए । तर किचक त्यसै तर्सने वाला थिएन । कुनै न कुनै उपायले द्रौपदीमाथि अनिष्ट गर्न खोजि नै रहे । किचकले द्रौपदीलाई यस्तो पछ्याउन थाले कि द्रौपदीलाई असह्य भयो । आखिर तिनिले रानी सुदेस्नालाई  भन्न करै लाग्यो र रक्षा गरी दिन अनुरोध गरिन् ।
वास्तबमा आफ्नो दिदी माथि किचकको ठूलो प्रभाव थियो । उनले लाज नमानी उनको नोकर्नीसितको अवैध प्रेम लागेको कुरा बिश्वास गरेर सुदेस्नालाई भनिन् । र, आफ्नो इच्छा पूरा गर्न सहायता गरी दिन अनुरोध गरे । त्यस आकांक्षा पूरा गर्न आफु मरिमेट्न लागेको भनि देखाए । किचकले भन्यो –“ दिदी, मलाई यस्तो पीर परेको छ कि मैले तिम्रो नोकर्नीलाई देखेको दिन देखि मलाई कति पनि निद्रा लागेको छैन । मनमा शान्ति भएको छैन । उनिलाई मेरो इच्छा अनुसार मान्न लगाउन कुनै तरिका मिलाएर तपाईँले मेरो प्राण बचाई दिनु पर्छ ।”

महारानीले त्यसो नगर्न किचकलाई सम्झाउन खोजिन तर किचकले कुरा मान्दै मानेन् । आखिरमा सुदेस्नाले किचकले भने अनुसार गर्न मानिन् । (#हाय ! रानी ) । दुबै जना मिलेर द्रौपदीलाई धरापमा पार्ने षदयन्त्र तयार पारे । एक दिन राति किचकको घरमा अनेक मिठाईहरु तयार पारी भब्य भोज तयार गर्न लागिरहेका थिए । सुदेस्नाले द्रौपदीलाई बोलाइन र एउटा राम्रो सुनको सुराही दिएर किचकको घरबाट एक सुराही रक्सी लिन जान द्रौपदीलाई अह्राइन् । द्रौपदी त्यस बेला मातिएको किचकको घरमा जान डराइन् , अरु कुनै नोकर्नीलाई पठाई दिए हुन्थ्यो भनि बिन्ति भाउ गरिन् ,तर सुदेस्नाले कुनै कुरा सुनिनन्  र रिसाएको जस्तो गरी कडा शब्दमा भनिन् –“ तिमी जानै पर्छ । म अरु कसैलाई पठाउन सक्तिन ।” अनि बिचरा द्रौपदी(सैरन्ध्री)ले मान्न करै लाग्यो । (#अरुलाई पनि साथमा लिएर जान सकिन्थ्यो नि !) ।
द्रौपदी(सैरन्ध्री)ले डराएको कुरा ठिकै मिल्न आयो । रक्सिले मात्तिएका र कामुक्ताले मस्त भएका किचक दुष्टले बिन्ति बिन्ति गर्दै द्रौपदी(सैरन्ध्री)लाई दु:ख दिन लागे । (#यस काममा रानी सुदेस्ना झन् बढी जिम्मेवार छिन् ) । द्रौपदी(सैरन्ध्री)ले किचकको अनुरोधलाई अस्वीकार गरेर भनिन् –“ भद्र राज खानदानका तीमी किन नीच जातमा जन्मेका मलाई चाहना गर्दछौ ? तिमी किन कुमार्गमा लागेका छौ ? म बिबाहिता आईमाईको नजिक तिमी किन आउँछौ ? तिंमी अवश्य मारिने छौ । मेरा संरक्षक गन्धर्बहरुले रिसाएर तिमीलाई मार्नेछन् ।
जब द्रौपदी(सैरन्ध्री)ले उनको अनुरोध मानेन् तब किचकले उनको हात समातेर यता उती तान्न खोज्यो । हातमा लिई राखेको भाँडो तल खसालेर द्रौपदी(सैरन्ध्री) किचकबाट फुस्केर भागिन् । जड्याँहा किचकले दौडेर लखेट्यो । द्रौपदी(सैरन्ध्री) चिच्याएर दरबारतिर भागिन् । तर त्यहाँ पनि रक्सि लागेकोले मात्र होइन बरु शक्ति र प्रभावले मात्तिएका किचक उनको पछि लागि जथा भावि गालि गर्दै सबैको अगाडि द्रौपदी(सैरन्ध्री)लाई लातले हान्यो । सर्व शक्तिमान सेनापति देखि सबैजना डराएका थिए । किचकलाई रोक्ने कसैको पनि साहस भएन ।
द्रौपदी(सैरन्ध्री)ले आफु माथि किचकले गरेको दुरब्यबहारमा असहय भएको बिचार गरिन र उठेको रीस र दु:ख सहन सकिनन् ।  उनको गहिरो बेदनाले  गर्दा पाण्डवहरु म्याद नपुग्दै देखापरे भने उनिहरुलाई पर्न आउने बिपद द्रौपदी(सैरन्ध्री)ले बिर्सिइन् । त्यही राती भीमसेन कहाँ गएर उनलाई जगाईन् र किचकको दुरब्यबहारबाट आफुलाई चित्त दुखेको बेदनाको बृतान्त सुनाईन् । किचकले पशुसमान भई कसरी उनलाई लखेटी बेइज्जत गरेको थियो त्यो भनि सके पछि तिनले रक्षा र बदला लिनको लागि भीम समक्ष करुणा लाग्ने गरी गुनासो गरिन् । द्रौपदी(सैरन्ध्री)ले सुस्केरा हाल्दै हिक्क हिक्क गरी भनिन् –
“अब म केही सहन सक्तिन । तिमीले त्यस पाजीलाई तुरुन्तै मार्नु पर्छ । तिम्रो कार्य गर्न तिम्रो सट्टा मैले पूजा कोठाको काम गरी दिन्छु । बिराटको लागि श्रीखण्ड पनि तयार गरी दिन्छु । म यस्ता कामलाई परबाह गर्ने छैन । म, आझ सम्म आफुले माया गरी मानि राखेका माता कुन्तीको अथवा तिम्रो मात्र सेवा गर्ने छु । तर अहिले मलाई बेइज्जती हुने नीच कामबाट क्षण क्षणमा डर लिई यिनी दुष्टहरुको सेवा गर।नु परेको छ  । मैले त्यस्ता काममा गाह्रो मानेको छैन । मेरा हातहरु हेर ।”  अनि तिनले नोकरीको कामबाट फुटी दाग परेका हातहरु देखाइन् । भीमले सन्मान पूर्बक उनका हातहरु आफ्नो गालामा, आँखाहरुमा लगाए । दु:ख,करुणा र मायाले बोल्न सकेन । उनले द्रौपदी(सैरन्ध्री)को आँखाका आँशु पुछी दिए । अन्तमा स्वर निकाली खस्रो बोलिमा बोले –“ युधिष्ठिरको प्रतिज्ञा अथवा अर्जुनको उपदेशलाई म परबाह गर्दिन । जे जे भए पनि म परवाह गर्दिन । तिमीले जे भन्छौ म त्यहि गर्छु । मैले किचक र उस्का बथानलाई अहिले नै मारी दिन्छु ।” भनि भीम जुरुक्क उठी हाले ।
 तर द्रौपदी(सैरन्ध्री)ले हत्तारो नगर्न सम्झाइन् । तिनीहरुले छलफल गरी अन्तमा यस्तो निर्णय गरे – किचकलाई नाच घरको एकान्त ठाउँमा राती एक्लै बोलाउने षडयन्त्र गर्ने । त्यहाँ उनको प्रतिक्षामा द्रौपदी(सैरन्ध्री) बसेकी भन्ने जस्तो पार्ने र सट्टामा भीमलाई आइमाईको भेषमा भेट्टाउने पार्ने । भोलि पल्ट बिहान किचकले फेरी घृणाको नजरले हेरी फुईँ फाँइ गरी द्रौपदी(सैरन्ध्री)लाई भने – “ओ सैरन्ध्री, मैले तिमीलाई राजाको अगाडि पछारेँ र लात मारेको थिएँ । तिमीलाई साथ दिन के कोही अगाडि सरेर आयो र ? बिराट यो मत्स्य देशको नाम मात्रको राजा हुन् । तर सेनापति भए पनि वास्तविक राजा म नै हुँ । अब मूर्ख नहोउ, बरु आएर राजकीय सनमानका साथ मसित जीवन बिताउ । म तिम्रो भक्ति गर्ने नोकर बन्ने छु ।” अनि किचकले राता आँखा गरी खाई हाल्ने जस्तो गरेर द्रौपदी(सैरन्ध्री)लाई मनाउन खोज्यो । जंगियो र चापलुसिको कुरा गर्न थाल्यो । द्रौपदी(सैरन्ध्री)ले मानेको जस्तो बहाना गरी भन्यो – “ किचक, मलाई बिश्वास गर, अब मैले तिम्रो आकाँक्षालाई रोक्न नसक्ने भएको छु । तर तिम्रो कुनै पनि संगातिहरुले र भाइहरुले हाम्रो सम्बन्ध बारे थाहा नपाउने गर्नु पर्छ । यदि तिमीले ईमान्दारीका साथ अरुहरुबाट हाम्रो सम्बन्ध गोप्य राख्न किरिया खान्छौ भने म तिम्रो इच्छा अनुसार गर्न तयार छु ।” किचकले दंग भएर द्रौपदी(सैरन्ध्री)को त्यस शर्तलाई तुरुन्त मन्जुर गरे । त्यसै दिनको राती द्रौपदी(सैरन्ध्री)ले भनेको ठाउँमा एक्लै आउने कबुल गरे । द्रौपदी(सैरन्ध्री)ले भनी – “ दिउँसो नाचघरमा आइमाईहरुले नृत्य सिकिरहेका हुन्छन् । रात परे पछि उनिहरु आ-आफ्नो डेरामा फर्कन्छन् । राती नाच घरमा कोही पनि हुँदैन । आजको रातीको लागि त्यहिँ नै आउनु । म त्यहाँ तिम्रो प्रतिक्षा गरी रहने छु । मबाट तिमीले आफ्नो इच्छा पुरा गर्न पाउने छौ ।”

क्रमश: किचक बध
त्यस दिन राति किचकले नुहाई-धुवाई गरे, अत्तर लगाए र श्रृंगार-पटार गरे । अनि नाचघरमा गए । नाचघरको ढोका खुलै देखेर हर्षले बिस्तारै नाच घर भित्र पसे । एक दमै कम उज्यालोमा अलि अलि देखिए जस्तो अँध्यारोमा त्यहाँ राखिएको सोफामा कोहि सुतिरहेको जस्तो उनले देखे । अबश्य पनि द्रौपदी(सैरन्ध्री) हुनु पर्छ भन्ने ठानेर किचकले बिस्तारै त्यसको अंगमा हात हाले । ओ हो ! यो त द्रौपदी(सैरन्ध्री)को नरम शरीर त होइन । यो त फलाम जस्तो साह्रो छ । त्यहाँ त भीम न सुतिरहेको थियो । सिँहले सिकारलाई झम्टे जस्तो गरी भिमले जुरक्क उठेर किचकलाई झम्टी हाले र भुइँमा पछारी दिए । तर किचकलाई जति आश्चर्य भए पनि उनि कायर भने थिएन । उनि कुश्तिमा बालवान नै थिए । द्रौपदी(सैरन्ध्री)को एक जना गन्धर्ब लोग्ने सित लड्नु परेको थियो भन्ने ठाने । दुबै जनाको बिच घमासान मल्ल युद्ध भयो । त्यस बेला किचक, भीम र बलराम तिनै जनालाई समान स्तरमा हेरिन्थ्यो । तर भीम र बलराममा भएको दैविक शक्ति बारे कसैलाई थाहा थिएन । सबै भन्दा कमजोर किचक थिए भने सबै भन्दा बलवान बलराम थिए । अत: किचकलाई वध गर्न सक्नेमा भीम वा बलराम मात्र थिए । भीम र किचक बिचको भिडन्त बालि र सुग्रीब बिचको लडन्त जस्तै थियो । अन्तमा भीमले किचकलाई मारी दिए । उनका शरीरलाई आकार रहित मासुको डल्लो बनाई दिए । अनि भीमले सो कार्य भएको बारे द्रौपदी(सैरन्ध्री)लाई सुनाएर छिटै भान्छाघरमा पुगे र नुहाई धुवाई गरेर शरिरमा श्रीखण्ड लगाएर शान्ति पूर्बक सुते । द्रौपदी(सैरन्ध्री)ले दरबारका पहरादार सिपाहिहरुलाई उठाएर भनिन् – “किचकले मलाई दु:ख दिन आएका थिए । उस्लाई मैले जनाउ दिए जस्तै मेरो एक जना लोग्ने गन्धर्बले उनको मिति पु-याई दिएको छ । मोहको शिकारमा परेको तिम्रा दुष्ट सेनापति मारिएको छ हेर ! ” । आकारै नभएको मानव जस्तो पनि नदेखिएको डल्लो परेको मासु, किचकको मृत शरिर तिनीहरु सबैलाई द्रौपदी(सैरन्ध्री)ले देखाई दिइन् ।

४४ मत्स्य देशलाई बचायो (Matysa Kingdom of King Birat was defended)
Ratna Man Dongol

No comments:

Post a Comment