Wednesday, July 3, 2013

post 36 ३६ अष्ट:बक्र (ASHTAH:VAKRA)

३६ अष्ट:बक्र (ASHTAH:VAKRA)
रत्नमान डंगोल

पाण्डवहरु जंगल, तिर्थ तिर्थ भ्रमण गर्दा गर्दा एक दिन उनिहरु उपनिषदका प्रशिद्ध महात्माहरुको आश्रममा आईपुगे । लोमसले युधिष्ठिरलाई त्यस स्थानको कथा सुनाए । उद्दलक नाम गरेका महान बेदाचार्य ऋषिको कगोल नाम गरको एउटा चेलो (शिष्य) थियो । उनि धर्मात्मा र भक्तिभावका थिए । तर उसले धेरै पढेका थिएन । त्यसैले उनिलाई अरु चेलाहरुले हाँसो गर्दथे । कगोलले धेरै नपढेकोमा उद्दलकलाई खासै चिन्ता लागेको थिएन । कगोलको धर्म, भक्ति र सदाचारलाई वास्तविक रुपमा प्रशंसा गर्दथे । उद्दलकले आफ्नी छोरी सुजातालाई उनिसंग बिबाह गरी दिए । तिनीहरुको एउटा छोरा भयो । त्यस बालकमा आमा बाबु दुबैको गुणहरुले सम्पन्न हुनु स्वभाविक नै थियो । तर भाग्यवश उद्दलकको नाती बाबु कगोल भन्दा धेरै बाजेको जस्तो गुणका भएका थिए । सो बालकले आमाको गर्भमा छँदा नै बेदहरु जानेका थिए । कगोलले बेद पढेको बेला गल्ति हुन गएमा गर्भमा रहेका सो बालकलाई पिडा हुन्थ्यो र शरीर वटार्द्थ्यो । त्यसैले उनि जन्मँदा शरीरमा आठ ओटा बक्र भएको शरीर लिएर जन्मेका थिए । अष्ट:बक्रको अर्थ आठ ठाँउमा बाँगिएको हुन्छ । (#त्यसैले हामी सबैले शरीको आठ ठाउँमा बँगाउन सक्छौँ – औँलाहरु, पाईताला, घुँडा, कम्मर, पँजा (नाडी), कुईनो, कुम र घाँटी) । यिनै बक्रहरुबाट उनको नाम अष्ट:बक्र रहन गएको थियो । दुर्भाग्यवश एक दिन कगोलले मिथिलाका बन्दि नाम गरेका दरबारी विद्वानलाई शास्त्रार्थ गर्न उक्साउन पुगे । फलस्वरुप हार खानु प-यो र उनि आफै पानीमा डुबेर मर्नु परेको थियो । त्यसै बिच अष्ट:बक्र लडक पन मै उच्च कोटीका विद्वान भएर आए । बाह्र बर्ष कै उमेरमा अष्ट:बक्रले बेद बेदान्तको अध्ययन पूरा गरी सकेका थिए । एक दिन मिथिला नरेशले महायज्ञ गरी रहेका थिए । यसै सिलसिलामा भेला भएका पण्डितहरुले सदा झैँ शास्त्रार्थ गर्दथे । सो कुरा अष्ट:बक्रले थाहा पाए । स्वेतकेतु नाम गरेका आफ्ना काकालाई साथमा लिएर अष्ट:बक्र मिथिला तिर प्रस्थान गरे । मिथिलाको बाटो जाँदा जाँदा उनिहरुले राजा र उनका मानिसहरु आएको भेटे । “ राजाको सवारी भयो” भन्दै राजाका मानिसहरु ठूलो स्वरले कराउँदै अगाडि अगाडि हिँडेका थिए । अष्ट:बक्रले हटनुको सट्टा बाटो नछोडि चाकडिमा बसेका मानिसहरुलाई भने –“  ओ राजाका मानिसहरु, धर्म निष्ठामा बसेका भए राजा स्वयंले नै अन्धो, लंगडो, आईमाई र भारी बोकेका मानिस र बेद पढेका ब्राह्मणहरुको लागि बाटो हटी जानु पर्छ । शास्त्रमा यही नियम बताएको छ ।” त्यस् ब्राह्मण लडकाको ज्ञानी कुराहरुमा राजा छक्क प-यो । त्यो कटु वचनलाई उचित सम्झी लियो । ‘ यस ब्राह्मण बच्चाले उचित भनेको छ, सानो होस या ठूलो होस आगो भनेको आगै हो यसमा भष्म गर्न सक्ने शक्ति हुन्छ’ आफ्ना मानिसहरुलाई भन्दै राजाले बाटो लिएर हिँडे । अष्ट:बक्र र स्वेतकेटु यज्ञ भई रहेको ठाउँमा पुगे । ढोका पालेले तिनीहरुलाई रोक्यो र भन्यो – “ लडकाहरु भित्र जान पाउँदैन । बेद पढेका बृद्ध ब्राह्मणहरु मात्र यज्ञशालामा जान पाउँछन्” । अष्ट:बक्रले भने –“ हामीहरु लडकै होइनौँ । हामीहरुले आवश्यकिय ब्रत लिएका छौँ । र बेदहरु पढेका छौँ । बेदान्तको तत्वहरु पढेकाहरुले उमेर र अनुहार मात्र हेरी अर्काको परिचय लिने गर्दैनन्” । ढोका पालेले भन्यो –“ चुप लाग् । गफी कुरा नगर । तिमी एउटा भर्खरको लडकोले कसरी बेदान्त पढेर जानी सकेको हुन सक्छ ?” अष्ट:बक्रले भने –“ मलाई भित्र केही नभएर बढेको तुम्बी जत्रो पनि ठूलो छैन भनि तिमीले ठानेका छौ । आकार भनेको ज्ञान र मूल्यको निशानी होइन, न उमेरै हुन्छ । धेरै अग्लो बुढा मान्छे नै अग्लो बुढो मूर्ख हुन सक्छ । मलाई जान दिनुस्” । ढोका पालेले भन्यो –“ तिमी बुढो पनि छैन, अग्लो पनि छैन । तै पनि कपाल फुलेका ऋषिहरुले जस्तै कुरा गर्छौ । निस्की जाऊ” । अष्ट:बक्रले जवाफ दिए – “ ढोके जी, फूलेको कपालले आत्मज्ञानी ठहर्दैन । वास्तविक पाको मान्छे ऊनै हुन्छ जस्ले बेद बेदाँगहरु पढेर त्यसको अर्थ बुझी तिनीहरुको सार कुरा निकाल्ने गरेको हुन्छ । दरबारिया पण्डित बन्दिलाई भेट्न म यहाँ आएको हुँ । मेरो आकाँक्षा राजा जनकलाई भनी देऊ” । त्यसै बेला राजा आफै त्यहाँ आईपुगे । पहिले भेटी सकेका धेरै पढेका ज्ञानी लडका अष्ट:बक्रलाई सजिलै सित चिने । राजाले सोधे –“ मेरो दरबारी पण्डितले पहिले धेरै जना बिद्वानहरुलाई बहसमा हराएर तिनीहरुलाई समुद्रमा फ्याँक्न लगाएको कुरा के तिमीलाई थाहा छ ? यस भयंकर कार्यमा के तिमीलाई डर लाग्दैन ?” अष्ट:बक्रले भने – “ तपाईँको प्रसिद्ध पण्डितले बेद बेदान्तमा पोख्त भएका म जस्ता मानिस सित मुकाबला गरेको छैन । उस्ले वास्तविक बिद्वान नभएका सिधासाधा मानिसलाई सजिलै पराजय गरी घमण्डी र दीमागी भएको छ । यस मानिसले मेरो पितालई पराजय गरी पानीमा डुब्न लगाएको थियो भन्ने कुरा मैले मेरो आमाबाट सुनेकोले बाबुको ऋण चुकाउन म यहाँ आएको छु । बन्दिलाई म अवश्य जित्ने छु । उनि पाँग्रा टुटेको गाडा जस्तै ढलमल हुने छ । तपाईँले देख्नु हुने छ । कृपया उहाँलाई बोलाई दिनुस” । अष्ट:बक्रले बन्दिलाई भेटे ।  तिनीहरुले बादबिवादका बिषयहरु राखे र बहस गर्न लागे । दुबैले एक अर्कालाई अलमल्याउने ऊच्च बुद्धीका विचारहरु अभिब्यक्त गरे । अन्तमा सभासदले एकै स्वरमा अष्ट:बक्रको जीत र बन्दि हारेको घोषणा गरे । मिथिलाका दरबारीया पण्डितले शिर झुकाएर समुद्रमा डुबी बरुणको घरमा पुगेर सजाय भोगेका थिए । (#किन त्यस्तो सजाय ?) । त्यति भए पछि अष्ट:बक्रको पिता कगोलाको प्रेतात्माले छोराको गौरवमा सुख शान्ति पाए । कगोलाको मुखबाट निस्केका यी कुराहरुबाट हामीलाई काब्य लेख्ने शिक्षा दिएको छ । - “ छोरा भनेको बाबु समान हुन पर्ने भन्ने छैन (#हुँदै हुँदैन) । शरीर कमजोर भएका बाबुले बलिष्ठ छोरा पनि पाउन सक्छ । अज्ञानी बाबुले विद्वान छोरा पनि पाउन सकिन्छ । शरीरिक रुप र उमेर हेरी मानिसको महत्वको मुल्यांकन गर्नु भुल हो । बाहिरको अनुहारले धोका हुन्छ” । यसबाट देखाएको छ कि कगोला बुद्धि हीन थिएन ।


३७ भीम र हनुमान
रत्नमान डंगोल

No comments:

Post a Comment