Wednesday, July 10, 2013

Post 40 ४० दुर्योधनको बेइज्जती

४० दुर्योधनको बेइज्जती
रत्नमान डंगोल
कौरबहरु धेरै फौज र मानिसहरुको साथ द्वेतवनमा पुगे । पाण्डवहरुको दु:खपूर्ण अवस्था हेर्ने बिचार गरी दुर्योधन र कर्ण खुलम खुल्लाको हर्ष गरेर गएका थिए । पाण्डवहरु बसेको ठाउँ देखि चार माईल वर एउटा ठाउँमा ऐसो आरामको घरहरु सहित तिनीहरुले शिबिर बनाए । तिनीहरुले गाईको बथानको जाँच परताल गरे । गाईको मौजदात हेरे । गाई, साँढे, बाच्छा-बाच्छी हरुको गिन्ती गर्न सकिए पछि तिनीहरुले नृत्य, शिकार, जंगलका खेलहरु र आफुहरुको लागि प्रबन्ध गरेका मनोरन्जनहरुको मज्जा लिए । शिकार खेल्दा खेल्दै दुर्योधन र उनका दल पाण्डवहरुको कुटीहरुको नजिकैको रमणीय तलाउमा पुगे । त्यही तलाउको किनारमा शिबिर बनाउने आदेश दिए । गन्धर्व राजा चित्र सेन र उनका मानिसहरुले त्यस तलाउको नजिकमा अघिबाटै शिबिर बनाई सकेका थिए । तिनीहरुले दुर्योधनका मानिसहरुलाई शिबिर बनाउन दिएनन् । दुर्योधन कहाँ फर्केर आएर तिनीहरुले भने कि कुनै साना राज्यका मानिसहरुले उनिहरुलाई शिबिर बनाउन दिएनन् । त्यस कुरामा दुर्योधन जागे । त्यस गन्धर्ब राजालाई हटाएर पाल टाँग्न आदेश दिए । दुर्योधनका मानिसहरु त्यस ठाउँमा फर्केर आदेश बमोजिम गर्न खोजे । गन्धर्बहरु धेरै भएको देखेर पसिना चुहाएर दुर्योधनका मानिसहरु भागेर जानु परेको थियो । दुर्योधनले त्यो कुरा सुने पछि धेरै रिसाएर उन्ले ठूलो फौज लिएर आफ्नो मनोरञ्जनमा बाधा पु-याउनेहरुलाई दमन गर्न गए । गन्धर्व र दुर्योधनका मानिसहरु बिच ठूलो संघर्ष प-यो । त्यस युद्धमा पहिले कौरब तिर राम्रो भएको थियो । तर गन्धर्व राजाले मादक पदार्थमा मातिएर आएका कौरबहरु माथि टुना मुना गर्न सक्ने फौजहरु मार्फत लड्न थाले पछि परिस्थिति एकदम उल्टियो ।  कर्ण र अरु बीरहरु आफ्नो रथहरु र शस्त्रहरु गुमाई बेइज्जती भएर हस्यांग फस्यांग गरी भाग्न बाध्य भए । दुर्योधन एक्लै रणक्षेत्रमा फसे । (#वाह रे मित्र ! फौज !) । चित्रसेनले दुर्योधनलाई तुरुन्तै समातेर हात खुट्टा बाँधेर रथमा हाले । र, बिजयको संकेत गरी शंखध्वनि गरेका थिए । गन्धर्वहरुले धेरै जना प्रसिद्ध कौरबहरुलाई बन्दि गरेका थिए । (#शकुनि नि ?) । कौरब सेनाहरु सबै भागा भाग भए । त्यस मध्ये कोही कोहीले पाण्डवहरुको कुटीमा गई शरण लिएका थिए । दुर्योधनको हार भई गन्धर्बहरुको बन्दि भएकोमा भीमले चाख मानेर सुन्न लागे । उनले युधिष्ठिरलाई भने – “ यी गन्धर्बहरुले हाम्रो काम गरी दिएका छन् । दुर्योधन हामीलाई जिस्क्याउन यहाँ आएको हुनु पर्छ । ठिक स्वाद पायो । गएर हाम्रा गन्धर्ब साथिहरुलाई धन्यबाद दिउँ जस्तो लाग्छ ।” तर युधिष्ठिरले हप्काएर भने – “ प्यारो भाइ, अहिले हामी हाँस्ने बेला हैन । कौरबहरु हाम्रा दाजु भाइहरु हुन । अपरिचित ब्यक्तिहरुबाट भएको बेइज्जती हाम्रो बेइज्जती हो । हामीले सहेर चुप लागि बस्नु हँदैन । हामीले दुर्योधनलाई बचाउनु नै पर्छ ।” भीमले युधिष्ठिरको कुरालाई खास मनासिप ठानेन । भीमले भने – “ हामीलाई लाक्षा गृहमा जिउँदै पोल्न खोजेका त्यस पापिष्ठहरुलाई हामीले किन बचाउन पर्ने ? मेरो खाने कुरामा बिष हालेर ख्वाएर, मलाई हात खुट्टा बाँधेर नदीमा दुबाउन खोजेका मानिसको लागि तपाईँले दु:ख मान्नु पर्ने किन ? जुन दुष्ट पापीहरुले द्रौपदीलाई कपाल समाती घिच्याएर ल्याएर बेइज्जत गरे, त्यस्ताहरुलाई हामीले कसरी दाजु भाइको भवना राख्न सकिन्छ ? ”   त्यसै बेला दुर्योधन दु:खले रोइ काराएको आवाज टाढाबाट सुन्ने नसुन्ने गरी तिनीहरु भएको ठाउँ सम्म आइ पुग्यो । युधिष्ठिरलाई धेरै करुणा लाग्यो । भीमको बिरोधको परबाह नगरी उनले कौरबहरुको रक्षा गर्न जानु भनि भाइहरुलाई अह्राए । (#शत्रुलाई गुणले मार्न सकिन्छ कि ? असल शान्ति मय उपाय हो ) । उनको आज्ञा मानेर भीम र अर्जुनले भागेर बाटो लागि सकेका कौरब फौजहरुलाई बटुली गन्धर्बहरुसित लड्न पुगे । तर चित्रसेनले पाण्डवहरुसित लड्न चाहेन र पाण्डवहरु आइपुगे पछि घमण्डी कौरबहरुलाई पाठ सिकाउनु पर्ने सिकाई हलियो भनि दुर्योधन र अरु बन्दिहरुलाई पनि मुक्त गरी दिए । बदनाम भएका कौरबहरु आतिएर हस्तिनापुर फर्केर गए । कर्ण लगायत अरुहरु रणक्षेत्रबाट भागेकाहरुलाई बाटोमा भेट्टाए । ठूलो शरम र चिन्तामा परेका दुर्योधनलाई बरु उनलाई चित्रसेनले मारी नै दिएको भए हुने थियो भन्ने मनमा लाग्यो । दुर्योधनले आमरण अनसन गर्ने इच्छाको घोषणा गरे । उनले दुशासनलाई भने –“ राजाको अभिषेक लेउ र राज्य चलाउ । शत्रुहरुको अगाडि जिस्किने मानिस भएर अब म बाँचिरहन सक्दिन ।” आफु राजाहुन योग्य छैन भनि दुशासनले प्रतिपाद गरे । दजुको पाउ समातेर रोए । कर्णले भाइहरुको दु:ख हेर्न सकेन । कर्णले भने – “ यसो गर्नु कुरु बंशका बीरहरुलाई सुहाउँदैन । दु:खमा  डुबेर बस्नु सुहाउँदैन र  फायदा पनि छैन । यसले तिम्रा शत्रुहरुलाई हँसाउने मात्र हुने छ । पाण्डवहरुलाई हेर  आफ्नो बेइज्जत भएर पनि उनिहरुले अनसन लिएका छैन ।” शकुनिले कुरा काटी भने – “ कर्णको कुरा सुन । पाण्डवहरुबाट छिनेर लिएको राज्य भोग गर्ने बेला तिम्रो छँदा छँदै तिमीले प्राण त्याग गर्ने भनि किन भन्दछौ ? अनसनको केही मतलब छैन । किनभने, यदि तिमीले अहिले सम्ममा गेरको काममा साँचैनै पछुताउ गरेका छौ भने तिमीले पाण्डवहरुलाई  मित्र तुल्याई तिनीहरुको राज्य फिर्ता दिनु पर्छ ।” (#श्याबास शकुनि यस्तो बुद्धि पहिला नै दिने गरेको भए !)

 जब दुर्योधनले शकुनिको यो कुरा सुने तब उनको दुष्ट स्वभाव फेरी प्रभावकारी भएर आयो । पाण्डवहरुलाई राज्य फिर्ता दिनु उनको लागि पराजय हुनु अथवा बेइज्जत हुनु भन्दा सय गुणा खराब थियो । उनले ठूलो स्वरले भन्यो - “मैले पाण्डवहरुलाई पराजय गर्नेछु ।” (#क्या मूर्खता ! गुण भनेको पनि नजानेको !) । कर्णले भन्यो –“ राजाले कुरा गर्ने यस्तै हो ।” उनले फेरि भन्यो – “ मर्नाले के मतलब हुन आउँछ ? बाँची मात्र रह्यौ भने तिमीले कुनै पनि कार्य गर्न सक्छौ ।” घर फर्किरहेको बेला कर्णले भनेका थिए – “ सत्य सत्य किरिया खाएर म तिमीलाई भन्दछु कि तेह्र बर्ष कबोल गरेको म्याद पूरा भए पछि मैले युद्ध गरी अर्जुनलाई मार्नेछु । अनि शपथको रुपमा कर्णले आफ्नो तरबार छोएका थिए । (#वाह रे ! साथिको नाममा कलंक भनेको यस्तै हो) ।

४१ कृष्णको भोक
रत्नमान डंगोल




No comments:

Post a Comment