Tuesday, July 9, 2013

Post 38 ३८ म सारस होइन

Post 38 ३८ म सारस होइन
रत्नमान डंगोल
 एक दिन मार्कन्द्यय ऋषि पाणडवहरुलाई भेट्न आएको थियो । युधिष्ठिरले स्त्रीहरुको गुणहरुको कुरा उठाएर भने –“यस लोकमा आइमाईको पबित्रता र धैर्य भन्दा ठूलो आश्चर्यको कुरा अरु कुन छ ? स्त्रीहरुले आफ्नो प्राण भन्दा प्यारो सम्झी गर्भाधान गरी बच्चा जन्माउँ छिन् । तिन्ल दु:ख धन्दा लिएर सो बच्चालाई यस लोकमा पालन पोषण गरी हुर्काउने काम गर्छिन् । उस्को स्वास्थ र सुख चैनको बिचार पु-याउन लाग्छिन् (#एक दम ठिक) । उदार चित्त गरेर, धैर्य गरेर आइमाईले आफुलाई अनेक तरहले दु:ख दिने, परबाह नगरी छोडी हेल-चक्र्याईँ  गर्ने भएका दुष्ट पतिलाई पनि सहेर प्रेम गर्दै रहेकी हुन्छिन् । कस्तो गजब !” । (#आत्म निर्भर नभएमा बाध्यता बस, तर आफै गरी खाने आत्म निर्भर भएमा हाल सो कुरा लागु हँदैन) । मार्कन्द्ययले यो कथा सुनेर एउटा पबित्र कथा सुनाए । - कुनै समय ठूलो दृढता र भक्तिले ब्रह्मचर्यको ब्रत लिएका कौशिक नाम गरेका एउटा ब्राह्मण थिए । एक दिन उनि एउटा रुख मुनि बसी बेद पाठ गरी रहेका थिए । त्यसै रुखको टुप्पामा बसी रहेका एउटा सारसले गरेको बिष्टाले सो ब्राह्मणको टाउकोमा फोहोर गरी दिए । उनले त्यस सारसलाई हेरे । उनको क्रोधित आँखाले गर्दा सो सारसको मृत्यु भयो । सो चरो म-यो र तल खस्यो । मरेर खसेको त्यो सारसलाई देखेर त्यस ब्राह्मणलाई धेरै दु:ख लाग्यो । यदि मनसाय आफ से आफ पुरा भयो भने, यदि छिटो गरि अथवा रीसबाट आएको प्रत्येक मनसाय उत्निखेर प्रभावित वा पुरा भयो भने कस्तो भयानक हुने थियो होला । अनि पछिबाट कति अफसोच अथवा पछुताउ हुने थियो । हाम्रो निमित्त भाग्यको कुरा यो छ कि मनसायहरु पूरा हुनको लागि बाहिरको स्थितिमा निर्भर भएको हुन्छ ।  त्यसैबाट हामीलाई धेरै पापबाट वा दु:खवाट बचाव हुन्छ । रीसको बेला ऊठेको कुमतिले निर्दोष एउटी चरीलाई मारी दिएँ भनि कौशिक ऋषिलाई अफशोच भएको थियो । केही समय उप्रान्त उनि सदाझैँ भिक्षा माग्न गए । भिक्षा पाउनको लागि उनि एउटा घरको अगाडि ऊभिएका थिए । त्यस बेला त्यस घरकी गृहिणी भाँडा माझ्न लागेकी थिइन् । काम सिद्धिए पछि तिनी आई हाल्छिन् भनेर कौशिक पर्खेर बसे । त्यसै बेला घरका मालिक थाकेर भोकाएर आइपुगे । स्वास्नीलाई पतिको गोडा धुन, पुछ्न र उनलाई खाने कुरा ख्वाउन परेको थियो । यस प्रकार बिभिन्न कार्य गर्दा गर्दै तिनिले बाहिर भिक्षाको लागि पर्खेर बसेका भिक्षुलाइ बिर्से जस्तो भयो । आफ्नो पतिको टहल सेवा गरी उनलाई खाना खुवाई सके पछि तिनी भिक्षुलाई भिक्षा दिन बाहिर निस्किन । तिनिले भनिन् – “ तपाईँलाई धेरै बेर पर्खाई राख्नु परेकोमा मलाई दु:ख लागेको छ । मलाई क्षमा गर्नुहोला” । रीसले जलेर कौशिकले भने – “ लडकी, तिमीले मलाई यतिका बेर सम्म पर्खाएकी छौ । यो हेल चक्र्याईँ राम्रो होइन” । त्यस आइमाईले भनी – “ श्रेष्ठ ब्राह्मण, कृपया मलाई क्षमा गर । म मेरो पतिको सेवामा लागेको थिएँ । त्यसैले ढीलो हुन गयो ।” त्यस ब्राह्मणले भन्यो – “ पतिको सेवा गर्नु राम्रो र उचित हो । तर ब्राह्मणलाई पनि अनादर गर्नु नहुने हो । तिमी घमण्डी आइमाई जस्तो देखिएको छ ।” (#माग्नेलाई तातो भात ! किन घमण्डी ?) । तिनले जवाफ दिई –“ मसित नरिसाऊ, धर्म सम्झेर पतिको सेवामा लागिरहेकीले मात्र मैले तपाईँलाई पर्खाई राख्नु परेको भनि सम्झनु / बुझ्नु होला । म उत्तजित मतीले मारिने सारस होईन । तपाईँको रीसले पतिको सेवामा लागेका आइमाईलाई केही हानी गर्न सक्तैन ।” ब्राह्मण जिल्ल परे । सारसको घटना यस आइमाईलाई कसरी थाहा भयो भनि मागेर खाने ब्रह्मणलाई आश्चर्य लाग्यो ।

सो आइमाईले फेरी भनिन् – “ ओ महापुरुष, तिमीलाई कर्मको गुह्य थाहा रहेनछ, रीस भनेको मानिसको महान शत्रु हो भन्ने कुरा पनि तिमीलाई थाहा रहेनछ । यहाँको सेवा गर्नमा ढीलो भएकोमा माफ गर्नुस । मिथिलामा जानुस् र त्यहाँ बसेका धर्मब्याधाबाट राम्रो जीवनको गुह्य कुराको ज्ञान सिक्नुस् । ब्राह्मणलाई आश्चर्य लाग्यो । उनले भन्यो – “ भरखर तिमीले दिएको नसिहत मलाई योग्य छ । यसले मलाई भलो गर्ने छ । सबैबाट तिम्रो कल्याण होस्” । यति भनिउनि मिथिलामा गए । कौशिक मिथिला पुगे । धर्मब्याधाको घर साधारण मानिस बसेका गञ्जागोलको ठाउँ देखि पर कुनै एकान्त कुटी होला भन्ने बिचार लिएर खोजी गर्न थाले । उनि त्यस बिशाल शहरमा राम्रा घरहरु र बगैँचाहरु भएका ठूला ठूला सडक भई हिँडे । उनि आखिर मासु बेची रहेका एउटा मानिस भएको कसाहीको पसलमा पुगे । त्यही मान्छे धर्मब्याधा थियो भनि थाहा पाउँदा उनलाई झन् आश्चर्य लाग्यो । त्यस ब्राह्मणलाई अति नै अत्यास लाग्यो र घिनाएर परै उभी रहे । त्यस कसाहीले एक्कासि बसेको ठाउँबाट उठ्यो र ब्राह्मण कहाँ आएर सोध पुछ गर्न थाल्यो । “आदरणीय हजुर, के तपाईँलाई सन्चै छ ? के त्यही पति ब्रता ब्राह्मिणीले तपाईँलाई म कहाँ पठाई दिई ?” । त्यस ब्राह्मण फेरी छक्क परे । “आदरणीय तपाईँ आउनु भएको कारण मलाई थाहा छ । घर जाउँ ।” भनी कसाहीले भन्यो । ब्राह्मणलाई घरमा लग्यो । त्यस घरमा ब्राह्मणले सुखी परिवार देखे । जुन भक्तिभावले त्यस कसाहीले आफ्ना मातापिताको सेवा गरेका थिए त्यो देखेर ब्राह्मण धेरै प्रभावित भए । कौशिकले त्यस कसाहीबाट धर्म, मानिसका ब्यबहार र कर्मको शिक्षा पाए । त्यस पछि ब्राह्मण घरमा गए । आमा बाबुको टहल सेवा गर्न लागे । ब्राह्मणले सो कर्मलाई परबाह नगरी छोडी / अथवा बिर्सी सकेका थिए । बेदब्यासले महाभारतमा यसरी दक्षताले बुनेको धर्मब्याधाको घत् लाग्दो कथाको सार जीवनमा जे जस्तो ब्यबहार आफ्नो भाग्य अनुसार पर्न आउँछ इमान्दारीका साथ त्यसैको अनुसरण गरी मानिसले मोक्ष प्राप्त गर्दछ । सर्बब्यापी सृष्टिकर्ता भगवानको वास्तविक अर्चना यहि हो भनि गीतामा बताएको शिक्षा जस्तै छ । रोजगार भनेको आफु जन्मेको समाजको हुन सक्छ । परिस्थितिले गर्न बाध्य गरेको हुन सक्छ । अथवा, सो इच्छाले पनि आवश्यकता अनुसार गर्नु पर्ने हुन्छ । तर निश्वार्थ र इमान्दारी भावनाले आफ्नो जीवनको जुन कर्म गरेको हुन्छ त्यही भावना नै वास्तविक तत्व हुन्छ । यस ज्ञान नजानेका ब्राह्मणलाई नीच जीवन (#किन नीच ?) गरेका कसाहीबाट ज्ञान दिलाएर बेदब्यासले यस तत्वलाई जोडदार गरी बयान गर्नु भएको छ । (#ज्ञान पाएकोलाई पो ब्राह्मण, नत्र किन ब्राह्मण ?)

३९ दुष्टहरु कहिले पनि चित्त बुझ्दैन
रत्नमान डंगोल



No comments:

Post a Comment