Friday, June 28, 2013

post 34 ३४ यबक्रिडाको अन्त

३४ यबक्रिडाको अन्त
रत्नमान डंगोल
यबक्रिडाले बेदहरु पढेर विद्वान भए । मानिसको सिकाइले होइन इन्द्रको बरदानले बेदहरु जानेको भनी उनको घमण्ड थियो । (#॥उसो भए त मूर्खको मूर्ख नै रहेछ॥)। यबक्रिडाको बाबु भारद्वाजलाई सो कुरा मन परेन । छोराले रैभ्यलाई हेला गरेर आफ्नै नाश हुन सक्छ भनि डराएका थिए । यो कुरा यबक्रिडालाई सम्झाउन पर्छ भनी उनले सम्झेका थिए । भारद्वाजले भने – “पैसा लिएर मूर्खहरुलाई लागु पदार्थ बेचिदिए जस्तै लिँडे ढिपी गरेर तपस्या गर्ने मूर्ख मानिसहरुलाई देबताहरुले बरदान दिन्छन् । तिनीहरुले आत्म सम्मान हराउँछन् । जस्ले गर्दा उनको मन बिगारी दिन्छन् र नाश गरी दिन्छ” । उनले तल दिइएको पूराना कथाहरु भनी आफ्नो उपदेशको लागि दृष्टान्त दिए । - (“परापूर्ब कालमा बलाधि भन्ने एउटा नामी ऋषि थिए । उनका एउटा छोरा थिए । त्यस छोराको असामयिक निधन भएकोले उनलाई ठूलो दु:ख भयो । त्यस्कारण कहिल्यै नमर्ने एउटा छोरा पाउन उनले कडा तपस्या गरे । (#॥त्यसता मूर्खलाई पनि ऋषि भनिन्छ र ?॥) देबताहरुले त्यस ऋषिलाई भने कि त्यो त कहिल्यै हुन सक्ने कुरा होइन । किनभने मानव जाती अवश्य मर्नु पर्ने हुन्छ ।  मानवको जीवनमा समयको एउटा हद अवश्य हुन्छ । उनि आफैले भनेको उमेरको हद बनाई दिनको लागि देबताहरुले सो हद सोधे । ऋषिले जवाफ दिए – “उसो भए त्यो पर्बत रही रहे सम्म मेरो छोराको जीवन रहन सक्ने वरदान दिनुस्” । देबताहरुले उनलाई त्यो वरदान दिए । उचित समयमा माधवि नाम गरेका एउटा छोरा उनले प्राप्त गरे । त्यस पर्बत रही रहे सम्म बाँचिरहने भएकोले उनको कहिल्यै मृत्यु हुने छैन भन्ने बिचार गरेर माधविको गर्ब बढेको थियो । र, उनले सबै सित घमण्डको ब्यबहार गर्न थाले । एक दिन यस घमण्डि मानिस माधविले धनुसाक्ष भन्ने एउटा महान ऋषिलाई अपमान गरे । त्यस ऋषिले तुरुन्तै नास होस भनि माधविलाई सराप दिए । तर माधविलाई त्यस सराप लागेन । बिल्कुल तन्दुरुस्त भएर नै रहे । यो देखेर त्यस महात्मालाई अचम्म लाग्यो । माधवि जन्मदा देबताहरुले दिएको बरदानको सम्झना भयो । धनुसाक्षले जंगली अर्नाको रुप धारण ग-यो र तपस्याको प्रभावले त्यस पर्बतलाई हानी हानी चूर्ण पारी दियो । अनि माधवि ढलेर म-यो ।”)। छोरालाई यो गहिरो ज्ञान दिएर भारद्वाजले कथा टुंग्याएर भने – “यो पुरानो कथाबाट ज्ञान सिक । घमण्ड गरी नाश नहोउ । आत्मसंयम गर्ने बानी गर । राम्रो ब्यबहारलाई उलङ्घन नगर । त्यस महान रैभ्यलाई अनादर नगर्नु” । बसन्त ऋतुको समय थियो । फूल  फुलेर रूखहरु र लहराहरु सुन्दर भएका थिए । जम्मै वन चराहरुको गीतहरुले मनोहर र रंग बिरंगले उज्वल भएका थिए । पृथ्वी नै मायावी देबताको टुनाको वसमा भएको भान भएथ्यो । परवसुको स्त्री रैभ्यको कुटी निरको बगैँचामा एक्लै टहली रहेका थिए । उनमा भएको सुन्दरता, फुर्तिलो पन र पवित्रताको मीठो संगममा तिनी मानव भन्दा धेरै उच्च देखिएकी थिई । सोही बेला यबक्रिडा त्यहाँ आइपुगे । तिनको मोहले यबक्रिडाको मन यस्तो बहकीयो कि  उस्को होस हवास र आत्म संयम नै हरायो । उनि मोहले उन्मुक्त भएको जनावर जस्ता भए । उनले तिनी सित प्रेमको कुरा गर्न लागे । तिनको डर, त्रास, शर्म र बिलौनामा पशुत्वको फायदा लिएर सो स्त्रीलाई एकान्तको ठाउँमा घिसार्दै लगी उनको शरीरलाई लछार पछार गरे । रैभ्य कुटीमा आई पुगे । उनले दिल दु:खाएर सम्झाएर पनि नसम्झिने भएर रोई रहेका आफ्नो बुहारीलाई देखे । तिनी माथि गरेको सरम युक्त बलात्कार जानेर रैभ्यलाई रीस थाम्न नसक्ने भयो । उनले टाउकोबाट एउटा रौँ उखेले र मंत्र पढेर त्यसलाई आगोमा होम गरे । तुरुन्तै आफ्नै बुहारी जस्तै एउटी राम्री कन्या त्यस अग्नी कुण्डबाट निस्क्यो । त्यस ऋषिले आफ्नो टाउकोको जट्टाबाट अर्को रौँ उखेलेर आगोमा चढाए । त्यस अग्निबाट एउटा भयंकरको प्रेत प्रकट भयो । यबक्रिडालाई मार्ने आदेश ऋषिले तिनीहरुलाई दिए । दुबै जना मायाबीहरुले त्यस आदेशलाई शिरोधर गरे । यबक्रिडा बिहानको पाठ पुजा गरी रहेको बेला महिला प्रेत उनको नजिक गएर मुस्कान र मोहले उनको सुरक्षालाई हटायो र त्यहाँ भएको पानीको लोटा लिएर भाग्यो । पछि, पुरुष प्रेतले भाला उठाएर यबक्रिडा माथि हमला गरे । यबक्रिडा डरले उभिएर बसे । पानीले शुद्ध नगरे सम्म उनका मंत्रहरु सिद्ध नहुने भएर उनले पानीको लोटा खोज्न थाले । उनले लोटा नभएको देखेर पानीको लागी पोखरी तिर दौडे तर पोखरी पनि सुकेर गयो । उनलाई पानी कहिँ पनि प्राप्त भएन । त्यस भयंकर प्रेतले उस्लाई जहाँ कहिँ पछ्यायो । प्रेतबाट ज्यान बचाउन यबक्रिडा भाग्न थाले । पापले गर्दा उनका ब्रतहरु र बाँच्न सक्ने मन्त्रहरु सबैको सिद्धिहरु हराई सकेको थियो । आखिर उनले आफ्नो बाबुको यज्ञ स्थलमा गई शरण लिन खोजे । कुटीमा पहरा गरी रहेका अर्ध अन्धो मानिसहरुले यबक्रिडालाई चिन्न नसकेर उनलाई रोकि दिए । मर्ने डरले मुख बिगारेर बलजफ्ती उनि भित्र पस्न खोजे तर ठिक त्यसै बेला प्रेतले उनलाई भेट्टाई भालाले हानी  मारी दिए । भारद्वाज कुटीमा फर्केको बेला उनले छोराको लाशलाई देखे । रैभ्यलाई अनादर गरेकोबाट यो दुरदशा भएको हुनु पर्छ भनि बिचार गरे र भने – “ शिब शिब, मेरो बालक तिमी घमण्ड र अहँकारले म-यौ । कुनै ब्राह्मणले नलिएको मार्ग लिएर बेद पढ्न खोजेको यो ठूलो भूल भएन र ? त्यसरी सराप पाउने गरी तिमीले त्यस्तो कार्य किन गरेको ? मेरो एक मात्र छोराको मृत्यु गराउने रैभ्यको पनि उनका एउटा छोराबाट मृत्यु होस । दु:ख र क्रोधले गर्दा ऋषि भारद्वाजले आफ्ना परम मित्र  रैभ्यलाई यसरी सराप दिए । तुरुन्तै रीसलाई थामी, मनमा दु:ख लिएर बोल्न लागे –“ हरे छोराहरु नभएकाहरु नै भाग्यमानी रहेछन् । मैले छोरालाई मात्र गुमाएको होइन रहेछ, रीसको झोँकमा मेरो संगति साथिलाई समेत सरापे छु । मेरो प्राण राखि छाड्नु के फायदा भयो र ?” भनि उनले आफ्नो छोराको लाशलाई दाह गरे । त्यहि चितामा आफु पनि हामफालेर मरे ।
 
क्रमश: ३५ चान चुने ज्ञानले मात्र पुग्दैन
 
 
 

No comments:

Post a Comment