३. भीष्मको प्रतिज्ञा
रत्नमान डंगोल
दिलै देखि खुशि भएर अति चहकिलो जवान त्यस राजकुमार देबब्रतलाई आफ्नो राज्यमा
ल्याई मुख्य उत्तराधिकारी बनाई युबराजधिराजको अभिषेक गरी दिए । चार बर्ष बित्यो ।
एक दिन राजा यमुना नदीको किनारमा टहली रहेको बेला अति मीठो बास्नाको मन्द हवा आयो
। राजाले त्यस बास्नाको तलासी गरे । एउटी देबी जस्तै देखिएकी मोहनी रुपकी कन्याबाट
त्यो बास्ना आएको भन्ने पत्ता लगाए । उनको शरीरबाट सुबास्ना आउने गरी उनलाई एउटा
ऋषीले वरदान दिएका थिए । त्यही बासना जंगल भरी ब्याप्त भैरहेको थियो । गंगा देबीले
छोडेर गए देखि राजाले ईन्द्रिय-निग्रह गरी बसेका थिए । तर त्यस सुन्दरी कन्याको
दृष्यले उनको संयमलाई भंग गरी दियो । उनलाई आफ्नो पत्नी बनाउने अति प्रबल आकांक्षा
राजामा जगाई दियो । कन्याले भन्यो – “म माझीका राजाकी छोरी हुँ । बुबा संग सोधेर
उनको सहमति लिनुहोस् ।” तिनको आवाज तिनको स्वरुप जस्तै मीठो थियो । उनका बाबु अति चलाख
मान्छे थिए । उनले भने – “महाराज, अरु कन्याको जस्तै यस कन्याको पनि कुनै न कुनै
केटा संग बिबहा हुनु पर्ने निश्चित छ । वास्तबमा उनको लागि तिमी सुयोग्य छौ । तै
पनि तिमीले उनको ग्रहण गर्नु भन्दा अघि मलाई एउटा वचन दिनु पर्छ ।” राजा सन्तनुले
भने – ‘उचित वचन छ भने म दिने छु ।’ माझीको नायकले भने – “यस कन्याबाट जन्मेको बालक
तिमी पछिको राजा हुनु पर्दछ ।” प्रेमको जोशले लट्ठ भएता पनि राजाले त्यो वचन दिन
सकेन । किन भने, युबराजको अभिषेक गरी सकेका गंगाको छोरा देबता जस्ता देबेन्द्र
देबब्रतलाई छोड्नु पर्ने हुन आयो । यो त शरम नमानि चुकाउनु पर्ने मूल्य थियो ।
त्यसैले राजा निरास भएर हस्तिनापुर फर्के । यो कुरा कसैलाई थाहा नदिई राजाले
चुपचाप भै दिन बिताई बसे । एक दिन देबब्रतले आफ्ना पितासंग सोधे- “पिताजी, मनले
चिताएको सबै कुरा हजुरको छँदै छ । किन यसरी पीर मानेर बस्नु भएको ? कुनै गुप्त
कारणले पिरली राखेको जस्तो गरी किन बस्नु भएको?” । राजाले भने – “तिमीले भनेको
कुरा साँचो हो । म साँच्चिनै मानसिक चिन्ता र पीरले दुखित छु । तिमी मेरो एक्लो
छोरा हौ, सैनिक बिद्याले भरिपूर्ण भएका छौ । संसारमा जीवनको केही ठेकान छैन । र,
युद्धहरु त निश्चीत हुन्छन् । यदि कुनै प्रकारको दुर्भाग्य तिमीमा पर्न आयो भने हाम्रो
कुल ध्वस्त हुने छ । वास्तवमा तिमी सयौँ छोराहरु समान छौ । तैपनि शस्त्र
बिज्ञहरुले भनेका छन् कि यस क्षणभंगुर जगतमा एउटा मात्र छोरा हुनु छोरै नभएको
बराबर हो । हाम्रो परिवारको स्थायित्व एउटा ब्यक्तिको भरमा हुनु उचित छैन ।
सर्बोपरि मेरो अभिलाषा हाम्रो परिवारको स्थिरता हो । मेरो मानसिक चिन्ताको कारण
यहि हो ।” बाबुले आफ्ना छोरालाई सबै ब्यहोरा स्पष्ट भन्न लाज मानेर छलछामका कुरा
मात्र गरेका थिए । आफ्ना बाबुको मानसिक चिन्ताको कारण अबश्य कुनै गोप्य कुरा हुनु
पर्छ भनेर बुद्धिमान देबब्रतले महसूस गरे । उनले राजाको सारथीसंग पूछताछ गर्दा
यमुनाको तटमा माझिनी कन्यासंग भेटघाट भएको कुरा उनलाई थाहा भयो । उनि माझीका नायक
कहाँ गए र आफ्नो पिताजीको लागी उनको छोरी कन्यादान गर्नको लागि माझी नायकसंग मागे
। त्यस माझी आदरणीय थियो । उनले भने –
“मेरो छोरी राजाको रानी हुन लायक कि छे, तर उस्को छोरो राजा हुन पाउने छैन ।
उत्तराधिकारी भै तिम्रो अभिषेक भै सकेको छ । तिम्रो बाबु पछि तिमी स्वत: राजा
बन्ने छौ । अवरोध यहि छ ।” देबब्रतले जवाफ दिए – ‘म वचन दिन्छु कि यस कन्याबाट
जन्मेको छोरा अवश्य राजा हुने छ र उनको लागि उत्तराधिकारीको मेरो हक म त्याग गर्दछु
।’ अनि त्यसैको लागि उनले प्रण पनि गरे । माझीका नायकले भने – “भरत बंशका श्रेष्ठ,
आज सम्म कसैले नगरेको प्रण तिमीले गरेका छौ । तिमी साँच्चिकै बीर हौ । तिमी आफैले
मेरी छोरीलाई राजा कहाँ लगि दिन सक्छौ । अझ पनि कन्याको बाउको हैसियतले म जे
भन्दछु ध्यान दिएर सुन । तिमीले तिम्रो वचन पालना गर्ने कुरामा मलाई केही शंका
छैन, तर तिमीबाट जन्मेका सन्तानहरुले पनि आफ्नो जन्म सिध्द हक त्याग गर्नेछ भन्ने
कुरामा मैले कसरी आशा लिन सक्छु ? । तिम्रा छोराहरु तिमी जस्तै वलबान बीर हुने स्वभाविक
छ, र तिनीहरुले बलजफत गरी राज्य लिन खोज्यो भने थाम्न मुश्किल पर्ने छ । यही
शंकाले मलाई पीर लागेको छ ।” जब केटीको बाबुले गरेको अपूर्ब प्रश्न सुने तब राजाका
आकाँक्षा पूरा गर्न तत्पर भएका देबब्रतले सर्बोतम त्यागको घोषणा गरे । उस्ले
केटीको पिताको अगाडि दुबै हात उठाएर प्रतिज्ञा गरे – “मैले कदापि बिबाह गर्ने छैन
र म अटुट ब्रह्मचार्यको जीवन पालन गर्ने छु ।” उनले यस त्यागको उच्चारण गर्ने बित्तिकै
स्वर्गका देबताहरुले ‘भीष्म भीष्म’ भन्ने ध्वनि गरी उनका शिरमा फुलहरु बर्षाए ।
अति टूलो प्रतिज्ञा गरी जस्ले यस्को पालना गर्दछ त्यसलाई “भीष्म” भन्दथे । त्यसै बेला
देखि देबब्रतको अर्को नाम “भीष्म” भएको थियो । अनि गंगा पुत्र देबब्रतले त्यस कन्या
सत्यवतीलाई आफ्ना बाबु कहाँ लगी दिए । सत्यबतीबाट राजा सन्तनुको चित्रांगत र
बिचित्रबीर दुईजना छोराहरु जन्मे । सन्तनु पछि चित्रांगत र त्यस पछि बिचित्रबीर
राजा भए । बिचित्र बीरको अम्बिका र अम्बालिका दुईजना रानीहरुबाट धृतराष्ट्र र
पाण्डु दुईजना छोराहरु जन्मे । धृतराष्ट्रका सयजना छोराहरु भए, जसलाई कौरब र
पाण्डुका स्वास्नीहरु कुन्ती र मादरीले अरु नाथो पोईहरुबाट जन्माएका पाँचजना
छोराहरुलाई पाण्डव भन्दथे । कुरु क्षेत्रको युध्दसम्म परिबारको थकाली भएर सबैको
सम्मानित भै भीष्म धेरै समय सम्म जीवित रहे ।
अगाडि पढ्नु भन्दा पहिले परिबारको मुख्य शाखाहरु बारे थाहापाउनुस्
सन्तनु – गंगाबाट भीष्म; सत्यवतीबाट - १(बिबाह अगाडि कोहि दैबसंगबाट
ब्यास) र २. राजा सन्तनुबाट चित्रांगत र
बिचित्रबीर(नपुंसक) (भन्दा पहिले पर पुरुषबाट ब्यास) । बिचित्रबीर नपुंसक भएकोले
सत्यवतीले ब्यासलाई बोलाएर ब्यासको मार्फत –आँखा चिम्लेकिले पत्नी अम्बिकाबाट अन्धो धृतराष्ट्र, पत्नी मुर्दा जस्तै भएकिले अम्बालिकाबाट
कमजोर पाण्डु र चाकर्नीबाट बिदुर (यमराज) (बिचित्रबीर नपुंसक भएकोले सत्यवतीको
योजना अनुरुप पहिलो पुत्र बास्तविक बाबु ब्यास॥) । धृतराष्ट्र- गान्धारीबाट
कौरबहरु, पाण्डु – (क) कुन्तीको बिबाह
अगाडि सूर्यबाट कर्ण र पाण्डुसंग बिबाह पछि १. यमराज बाट युधिष्ठिर २. पवनबाट भीम
३. इन्द्रबाट अर्जुन र (ख) मादरीबाट नकुल
र सहदेब (तर बाबु को ? गोप्य .... ) । अत: पाण्डवहरु कुरु बंशका नै होइनन् । कोहि
पनि सन्तनु बंशका होइनन् भने, पाण्डवहरु ब्यास बंशका नै होइनन् । यो महाभारतको
कथाले चापलुसि, चाकडी र शक्ति भएमा सत्यलाई झूठो र ठिकलाई बेठिक गर्न सकिन्छ
भन्नेकुराको पुष्टि गर्दछ । भीष्म र द्रोणले बेइमानी नगरेको भए युधिष्ठिर
(कौरबहरु)को हार हुँदैन थियो भने कृष्णले जाल झेल, छल कपट गरेर मात्र पाण्डवहरुले
महाभारत जिते । दुर्योधनले जस्तो हका हकि चुनौति कसैले पनि गर्न सकेन, हक दैया
नभएकालाई दिन्न भनेका थिए ।
क्रमश: 4 अमबा र भीष्म
रत्नमान डंगोल
No comments:
Post a Comment