Tuesday, June 25, 2013

post 32 अगस्त्य

३१ अगस्त्य
रत्नमान डंगोल
इन्द्रप्रस्थमा युधिष्ठिरसंग भएका ब्राह्मणहरु पनि उनकै साथमा जंगल आएका थिए । यस्तो ठूलो जमातलाई पालन पोषण गर्नु सहज थिएन । अर्जुन पशुपातको खोजमा गएको केही समय पछि लोमस नाम गरेका एउटा ब्रह्मऋषि पाण्डवहरुको वास स्थानमा आएका थिए । धेरै मानिस साथमा लिएर आनन्दले तीर्थ स्थल जान मुश्किल पर्ने भएकोले तीर्थ यात्रामा जानु अगाडि नै साथमा जाने मानिसहरु कम गर्न उनले युधिष्ठिरलाई सल्लाहा दिए । युधिष्ठिरलाई धेरै दिन देखि त्यस्ता गाह्रो परेको कुराहरु मनमा लागिरहेको थियो । उनले साथमा रहेका मानिसहरुलाई बोलाएर भने कि दु:ख कष्ट र सानो सफरमा जानुमा बानि नपरेका जस्ता र भक्ति देखाउनको लागि मात्र पछि लागेका मानिसहरु धृतराष्ट्र कहाँ फर्कि  जाने अथवा मन लागे पाञ्चाल राजा द्रुपद कहाँ जान भने । त्यस पछि धेरै कम मानिसहरु साथमा लिएर प्रत्येक तीर्थको परम्परा र कथाको जानकारी गर्दै पवित्र स्थलहरुमा तिर्थ यात्रा गर्न प्रस्थान गरे । अगस्त्यको कथा यस प्रकारको थियो । भनिएको छ, कुनै समय अगस्त्य मुनिले कुनै पुर्ख्यौलि पित्रृहरुले शिर तल पारी झुण्डिहेको देख्यो । तिनीहरु को थिए र त्यस्ता नराम्रा संकष्टमा कसरी पर्न आए भनि तिनीहरुसित उनले सोधे । तिनीहरुले जवाफमा भने – “प्रिय बालक हामी तिम्रो पुर्खाहरु हौँ । यदि तिमीले बिबाह गरी सन्तान जन्माई तिमीले ऋण चुकाएनौ भने तिम्रो शेष पछि हामीलाइ र तिमी स्वयंलाई तर्पण दिने कोही हुने छैन । त्यसैले हामीलाई तिमीले यो संकटबाट वचाउने गराउनको लागि यो तपस्यामा हामी लागेका छौँ ।” अगस्त्यले यो कुरा सुने पछि बिवाह गर्ने निश्चय गरे । बिदर्भ देशका राजाको सन्तान थिएन । त्यसैले उनीलाई चिन्ता परेको थियो । अगस्त्यको आशिर्बाद पाउन उनकहाँ गए । अगस्त्यले उनलाई बरदान दिएर सुनाए कि सो राजा एउटी सुन्दरी केटीको बाबु हुने छ र त्यो केटी उनै सित बिबाह गरी दिनु पर्ने छ भनि उनले राजालाई जमान गराए । चाँडैने रानीले एउटी केटी जन्माइन । उनको नाम लोपामुद्रा राखियो । तिनी यस्तो अपूर्ब शोभा र मोहिनीको कन्या भएर बढिन् कि तिनी क्षत्रिय लोकमा प्रसिद्ध भएकी थिइन् । तर कुनै पनि राजकुमारले अगस्त्यको डरले उनी सित बिबाह गर्ने आँट गर्न सकेनन् । पछिबाट अगस्त्य मुनि बिदर्भमा राजाको छोरीको पाणी ग्रहण गर्न मागे  । शुरु देखि नै जंगलको बास गरी रहेका ऋषि सित आफ्ना सुकुमारी स्वभावकी राजकुमारीलाई बिबाह गरी दिने राजाको इच्छा थिएन । नाई नास्ती ग-यो भने ऋषि रिसाउने डर भएर उनि शोकमा परे । लोपामुद्राले धेरै बिचार गरिन् । आमा बाबुको दु:खको कुरा पत्तालगाइन । इच्छा नभए पनि उनि ऋषि सित बिबाह गर्न  तयार भएको कुरा भनिन् । राजालाई आनन्द लाग्यो र अगस्त्य र लोपामुद्राको बिबाह बिधि पूर्बक सु-सम्पन्न भयो । राजकुमारी ऋषिको साथमा हिँडन थालिन् । बहुमूल्य पोसाकहरु र जुहारतहरु छोड्नु भनि ऋषिको आज्ञा भयो । लोपामुद्राले तुरुन्तै आफ्ना अमूल्य जुहारतहरु र पोशाकहरु आफ्ना साथिहरु र नोकर चाकरहरुलाई बाँडि दिइन् । मृगछाला र बोक्राको पोसाक लगाई हर्ष गरी ऋषिको साथमा गइन् । लोपामुद्रा र अगस्त्यले गंगाद्वारमा तपस्या र ध्यान गरिरहेको बेला एउटा अचल मजबूति प्रेम तिनीहरुमा जाग्यो । जंगलको कुटीमा गोप्यता नभएकोबाट दाम्पत्य जीवनमा लोपामुद्राको शरम मान्ने बानी हराएको थियो । एक दिन लाजले मुख रातो पारी नम्र भएर उनले पतिलाई आफ्नो मनको कुरा ब्यक्त गरिन् । उनले भने-“ मैले चाहेकी छु कि म मेरो बाबुको दरबारमा छँदा मसित भएको राजकीय वर-बिछ्यौना, राम्रा पोशाकहरु र बहुमूल् जुहारत मैले पाउन सकोस् । अनि तिमीसित पनि उज्वल पोशाकहरु र गहनाहरु होस् । अनि हामीहरुले चित्त बुझ्ने गरी जीवनको सुख भोग गरेर जीवन बिताउन सक्ने छौँ ।” अगस्त्यले हाँसेर भने –“म सित न धन छ न तिमीले चाहेको कुरो पु-याउने साधन नै छ । के हामीहरु जंगलमा बस्ने भिक्षुहरु होइनौँ र ?” तर लोपामुद्रालाई पतिको योगको शक्ति थाहा थियो र भनिन् –“प्रभु, तपाईँ आफ्नो तपस्याहरुको प्रभावले सर्ब शक्तिमान हुनु हुन्छ । यदि तपाईँले इच्छा मात्र गर्नु भयो भने पनि बिश्वको धन पाउन सक्नु हुन्छ । तर अगस्त्यले भने कि त्यो कुरा नि:सन्देह ठिक छ, तर हामीले धन जस्ता क्षणिक बस्तु पाउनमा हामीले तपस्याहरु गुमायौँ भने हामीहरु तुरुन्तै बेकम्माको हुने छौँ । तिनले जवाफ दिइन् – “म त्यो कुरा इच्छा गर्दिन । मैले चाहेको कुरा यति मात्र हो कि हामीले सुबिस्ता साथ जीबिका चलाउन साधारण उपायले यथेष्ट धन तपाईँले उपार्जन गर्नु पर्छ” । अगस्त्यले मन्जुर गरे । साधारण ब्राह्मण बनेर अनेकौँ राजाहरु कहाँ गएर भिक्षा माग्न गए । अति धनि भनि नाम चलेका एकजना राजा कहाँ अगस्त्य मुनि गएर भने – “ म धन खोज्न आएको हुँ । अरुलाई नोक्सानि नपारिकन मैले मागेको देऊ” । राजाले राष्ट्रको यथार्थ आय ब्ययको बिबरण प्रस्तुत गरी भने कि “यस्मा आफुलाई उचित लागेको लिन सक्नु हुन्छ” । अगस्त्यले त्यस हिसाबबाट केही शेष नभएको देखे । राष्ट्रको ब्यय सदा कति पनि फरक नपर्ने गरी आयसंग बराबर हुन आउने रहेछ । परा पूर्ब कालमा पनि यस्तो भएको देखिएको छ । यो देखेर अगस्त्यले भने - “ यस राजाबाट केही लिनु नागरिकलाई दु:ख दिनु हो । यसैले म अरु कहिँ गएर धन खोज्ने छु” । भनि अगस्त्य त्यहाँबाट हिँड्न लागे । राजाले पनि उनि कै साथमा जान्छु भने र दुबै जना आर्को राष्ट्रमा गए । त्यहाँ पनि कारोबारको हाल त्यस्तै देखे । ब्यासजीले यस आहान(उदाहरण)लाई  दृस्टान्त दिई यसरी ब्याख्या गरेको छ कि राष्ट्रको धन उचित खर्चलाई चाहिने भन्दा बढी प्रजाहरुबाट कर उठाउनु हुँदैन र दुनियाँको आयबाट उपहार भनि केहि लिने ग-यो भने त्यति सम्म पनि दुनियाँको भारमा थपिने छ । अगस्त्यले दुष्ट राक्षस इल्बो कहाँ गएर भाग्य हेर्ने बिचार गरे । ईल्बो र उनका भाइ बतापिको ब्राह्मणहरु सित शान्त नहुने वैमनश्यता रहि रहेको थियो । ब्राह्मणहरुलाई मार्ने तिनीहरुको अपूर्ब योजना थियो । इल्बोले प्रभावकारी अतिति सत्कार गरी ब्राह्मणलाई भोजनको लागि आमन्त्रित गर्दथ्यो । टुना गरी आफ्ना भाइ बतापिकालई बोका तुल्याउँथ्यो । बनाएको त्यस बोकालाई मारी खाना बनाई त्यसको मासु पाहुनालाई खान दिन्थ्यो । त्यस जमानामा ब्राह्मणहरुको मासु खाने चलन थियो ।  भोजन सकिए पछि इल्बोले भाइ बतापिलाई निस्कनु भनि बोलाउँदथ्यो, किनभने उनिसित आफुले मारेकालाई फेरि जियाउने बिद्या थियो । अनि खाना बनि बिचरा ब्राह्मणको पेट भित्र रहेका बतापि मजबुति र ज्युँका त्युँ भइ चल्न थाल्थे र हरर्र हाँसेर पेट फाटी बाहिर निस्कन्थे । यस्तै गरी धेरै ब्राह्मणहरुलाई मारी सकेका थिए । अगस्त्य मुनि नजिकै आई पुगेको सुने पछि इल्बो आति खुशि भयो, किनभने राम्रा ब्राह्मण उनका हातमा आए भन्ने उनलाई लागेको थियो । त्यसैले उनले साबिकका जस्तै गरी भोजन तयार गरे । बोका तुल्याएका बतापिलाई ऋषिले मज्जा संग खाइदिए । र, पेट फाट्ने नाटकमा बतापिलाई बोलाउने इल्बोको कार्य बाँकि रह्यो । अनि सदा झैँ इल्बोले टुनाको मंत्र पढेर करायो – ‘बतापि, निस्क’  । अगस्त्यले हाँसेर बिस्तारै पेट मिचेर भने – “ओ बतापि, संसारको कल्याण र आनन्दको लागि मेरो पेट भित्रै पचि जाउ” । इल्बो डरले ठूलो स्वर गरी बारंबार कराउन लाग्यो – “बतापि, छिटो निस्क “ । केही जवाफ भएन र ऋषिले कारण बताए कि बतापि पची सक्यो । त्यो खेलबाजि धेरै पटक भै सकेको थियो । त्यस असूरले अगस्त्यलाई ढोग गरेर उनको शरण परी उनले भने जति धन दिए । यसरी ऋषिले लोपामुद्राको इच्छा पु-याउन सके । साधारण गुण भएका दस जना छोराहरु वा दशै जनाको बल सहित सर्बोत्तम गुण भएका एउटा मात्र छोरामा कुन चाहिँ मन पराउँ छौ भनि ऋषिले लोपामुद्रालाई सोधे । बिशेष धर्मात्मा तथा विद्वान एउटै छोरा पाउने मन भएको कुरा उनले ब्यक्त गरिन् । तिनीलाई त्यस्तै नै सर्ब सम्पन्न गुण भएका छोरा दिएको कथा यहि थियो । कुनै बेला बिन्द्याचल पर्बतले मेरु पर्बतको रीस इबी गरेर चन्द्र र सूर्य र ग्रहहरुलाई छेक्न ठूलो आकार हुन खोजे ।  त्यो बिपद रोक्न नसकेर देबताहरुले अगस्त्यको सहायता मागे । त्यस ऋषिले बिन्द्याचल पर्बत कहाँ गए र भने – “ हे पर्बत श्रेष्ठ, म तिमीलाई पार गरेर जान लागेको छु । म उत्तर तिर फर्कि नआए सम्म तिमीले यो बढ्ने काम रोकी देउ । म फर्कि सके पछि जति मन लाग्छ उति बढ्न सक्ने छौ । त्यस बेला सम्म पर्खनु” । बिन्द्याचल पर्बतले अगस्त्यलाई मान गर्ने भएकोले उनको अनुरोधलाई मानेका थिए । अगस्त्य उत्तरतिर फर्कँदे नफर्कि दक्षिण मै बसी दिए । र, त्यसैले बिन्द्याचल पर्बत आज सम्म पनि नबढेर रहेको छ ।  महाभारतमा बताएको कथा यस्तै छ ।
 
 
क्रमश:
 
32 ऋष्यश्रृङ्गी

No comments:

Post a Comment