Monday, June 17, 2013

preface भुमिका

भुमिका

भारतीय संस्कृतिको संस्था – भारतीय बिद्याभवनमा उच्च शिक्षा प्रदान गर्ने हेतुले भारतको गहिरो उत्थानहरु वर्णन गरिएका जस्ता साहित्यका पुस्तकहरु चाहिएका थिए । त्यस्ता पुस्तकहरु अंग्रेजी भाषामा मात्र होईन हिन्दी, गुजराती, मराठी, तामिल, तेलगु, कन्नादा, र मलायलम ईत्यादि भाषाहरुमा पनि प्रकाश गर्ने बिद्याभवनको मनसाय भएको थियो ।

त्यसै अनुरुप महान साहित्यकार राजगोपालाचारीले अंग्रेजी भाषामा महाभारतको पुस्तक लेखी निकालेका थिए । गूढ तत्वको भण्डार भएको त्यस्ता पुस्तक चाखलिएर पढ्ने मेरो बानि परेको थियो । कर्मयोग तथा सांख्ययोगको रहस्य, बीरता र धैर्यले भोग्न पाएका सुख दु:ख र तिनीहरुबाट हुन आउने नतिजाको समेत स्पष्ट ज्ञान त्यस पुस्तकबाट प्राप्त गर्न सकिन्छ । क्रोध र सहनशिलताले पाउने फल त्यस पुस्तकबाट जानकारी हुन आउँछ । फेरि त्यस पुस्तकलाई साहितिक मामुलि कथाको रुपमा पढे पनि, या पौराणिक इतिहास मानी हेरेमा पनि पाठक वर्गलाई उतिकै आनन्ददायी नहोला जस्तो मलाई लाग्दैन । ज्ञान विज्ञान प्राप्तिको हेतुले पढे पनि त्यो उपयोगि नै देखिएको छ ।
भारतका मद्रास देश स्थित महान राजनितिज्ञ तथा विद्वान चक्रवर्ति राजागोपालाचारी महात्मा गान्धीजीको एकजना घनिष्ठ सहयोगि थिए । उनि स्वाधिनताको उत्साही संधर्षक थिए । उनले मूख्य मन्त्रि, गृहमन्त्री र गभर्नर जस्ता उच्च पदहरु ग्रहण गरी देशमा स्वयंसेवकको अनेक कार्य गरेर कहिल्यै नमेटिने जीवनको गौरबमय स्मृति छोडि गएका थिए ।

त्यस पुस्तकको अनुभव मेरो अन्तरात्मामा घुसेकोबाट यो ८१ (एकासी) बर्षको ऊमेरमा त्यसलाई नेपाली भाषामा प्रकाशन गर्ने भावुकता जाग्रत भएकोले जाने बुझे सम्म शब्द शब्दको भावना निकालि अनुवाद गरेको छु । लेखाईमा, अर्थमा र शुद्धा शुद्धीमा केही त्रुति हुन गएको रहेछ भने माफ गर्नु हुन पाठक वर्ग संग मेरो बिनम्र अनुरोध छ । साथै छाप्दा भूल हुन गएकोमा शुद्धीपत्र हेर्नु हुन पनि अर्ज गर्दछु ।

रत्नमान डंगोल
२०५० साल श्रावण ५ मंगलबार
1993 July 20 Tuesday
Blog created and edited by Dr. Dev Bahadur Dongol.
2013 June 17 Monday (after 20 years of publication).
I consider it a miraculous work done by an Eighty One years old person who had then very elementary (grade 7) knowledge of English. The book he had translated is of very high standard classical English. I still can’t explain how he could do this work. MIRACLE at that age.

No comments:

Post a Comment