Thursday, June 20, 2013

post 31 दु:ख भनेको कुनै नौलो कुरा होइन

३० दु:ख भनेको कुनै नौलो कुरा होइन
रत्नमान डंगोल
 
बलराम र कृष्ण आफ्ना मानिसहरु साथ लिएर पाण्डवहरु बसेको जंगलको ठाउँमा आई पुगे । बलरामले जे देखेको थियो त्यसमा धरै दु:ख मानेर उनले कृष्णलाई भने –“यस युगमा धर्म र पापले बिपरित परिणाम ल्याएको जस्तो देखिन्छ । हेर,  दुष्ट दुर्योधनले रेशमका पोशाकहरु लगाई, सुनको गहणाहरु पहिरी राज्य गरिरहेको छ भने धर्मात्मा युधिष्ठिर (#॥जुवा खेल्ने ?॥) चाहिँ रुखका बोक्रा पहिरी जंगलमा बसेको छ । (#॥पहिरणले राम्रो र नराम्रो हुने भए को राम्रो र को नराम्रो ? – वाहियात सोचाई !॥)। यस्ता नसुहाउने समृद्धि र अवान्छनीय (#॥किन ?॥) दु:ख कष्ट हेरेर मानिसहरुले भगवान प्रति बिश्वास गुमाएको छ ।  हामीले यस लोकमा सत् असत्को  परिणाम देखे पछि शास्त्रमा बताइएका धर्मको प्रशंसा हँस्सिको कुरा मात्र भएको जस्तो देखिन्छ । यमको सामुमा पर्ने बेला धृतराष्ट्रले आफ्नु ब्यबहारको यथार्थ बताएर कसरि बच्न सक्ने होला ? (#॥जुवा खेल हुन दिनुमा उसको केहि पनि दोष छैन – बढी जिम्मेवारी भीष्म, द्रोणाचार्य, कृपाचार्य जस्ता पात्रहरुको हुन आउँछ । राज्य सबै फिर्ता दिएका  धृतराष्ट्रलाई दोष दिनु बेकार छ,  पिता र राजाको स्थानमा बसेर हेर्यौ भने उसलाई दोषी मान्न मिल्दैन॥)। यज्ञ कुण्डवाट जन्मेकी (#॥क्या हो यस्तो ? अनाथ ? अपहरित ?॥) द्रौपदीलाई साथ लिएर वनमा बसिरहेका निरपराधी (#॥किन निरपराधी ?॥) पाण्डवहरुलाई देखेर पहाड पर्वतहरु र पृथ्वी पनि रोएका छन् । (#॥कि हाँसेका छन् ? ॥) नजिकै बसेका सत्यकिले भने –“ओ बलराम ! अब बिलौना गरेर बस्ने बेला छैन । पाण्डवहरुको पक्षमा कार्य गर्न युधिष्ठिरले नभने सम्म पर्खि रहनु पर्ने हो कि ? तिमी र कृष्ण तथा अरु नातेदारहरु जीवित छँदा छँदै पाण्डवहरुले जंगलमा बसी अमूल्य जीवन किन खेर फाल्नु परेको छ र ? (#॥खेर फालेको छैन, लडाईँ  अवश्य जित्नको लागि तयारी गर्नु परेको छ ॥।)। हामी सबैको फौजहरु जम्मा गरेर दुर्योधन माथि हमला गरौँ । बृषनिषका सेना हाम्रा पक्षमा भएकोले कौरबहरुलाई नाश गर्न हामी पक्कै पनि प्रसस्त मजबुत भएका छौँ । किनकि कर्णको घमण्ड पूर्ण धनुर्बिद्यालाई बिफल पारी उनका शिर छेदन गर्नु परको छ । दुर्योधन र उनका मानिसहरुलाई मारुँ र यदि पाणडवहरु करार पूरा गर्न जंगल मै बस्ने इच्छा गर्दछन् भने अभिमन्युलाई राज्य देउँ । तिनीहरुको लागि यहि राम्रो हुन्छ र हामीहरु जस्ता बहादुर मानिसहरुलाई यस्तो गर्न सुहाउँछ पनि । (#॥के गर्ने भीष्म, कर्ण, द्रोण जस्तालाई चिनेका रहेन छौ !॥) । यस कुरामा ध्यान दिएर सुनिरहेका वासुदेबले भने – “तिमीले भनेका कुरा ठिक त छ तर, पाण्डवहरुले आफ्नै कुदरतबाट नपाएको वस्तु आर्काको हातबाट लिन मन पराउँदैनन् । (#॥धृतराष्ट्रले फिर्ता दिएको कुराहरु चाहीँ  किन स्वीकारेको त ?॥)।  बीर कुलमा जन्मेकी द्रौपदी जस्ता कन्याले पनि यो कुरा मान्दैन होला । युधिष्ठिरले कहिल्यै पनि माया र डरले धर्मको बाटो (#॥कस्तो ?॥) छोड्ने छैन । वाचागरेको वन बासको समय बिते पछि पाण्डवहरुको शत्रुहरुलाई पराजित गर्न  उनिहरुलाई सहायता दिन पाञ्चाल, केकय र चेदीका राजाहरु र हामीहरु सबैले फौज जम्मा गर्ने छौँ” । कृष्णको यो कुरा सुनी युधिष्ठिर दंग भई भने - “ श्री कृष्णले मेरो मनको कुरा जानेको छ । सत्यता भनेको शक्ती अथवा अभ्युदय भन्दा धेरै  ठूलो छ । यसलाई राज्यको हिसाबले मात्र होईन सबै तरहबाट वचाई राख्नु पर्छ । कसैले हामी सित लड्न चाहेको बेला हामी तयार भएको उनले देख्न पाउने छ । बृशनिसका बीरहरु बेला भए पछि फेरि भेट्ने निश्चय गरी अहिलेलाई फर्के हुन्छ । यति भनि युधिष्ठिरले उनिहरुलाई फर्कने आज्ञा दिए । अहिले सम्म अर्जुन हिमालयमा नै थिए (#॥किन इन्द्रको रथ ल्याएर सारथिले इन्द्रपुरी लगेको होइन र ?॥) र, भीमको चिन्ता र जोश बेठेगान भएका थिए । उनले युधिष्ठिरलाई भने –“तपाईँलाई थाहा नै छ , हाम्रा जीवनको भरोसा अर्जुनमा छ । उनि धेरै टाढा गएको छ, हामीलाई उस्को केहि खै खबर छैन यदी हामीले उस्लाई गुमाउँछौँ भने , न पाञ्चालका राजा, न सत्यकि, न श्री कृष्णले नै हामीलाई बचाउन सक्नु हुनेछ । ऊनि गुम्यो भने म पनि कसरी बाँचिरहन सक्छु र ? यो सबै बहुलठ्ठी पासाको खेलले गर्दा हामीमा पर्न आएको हो । हामीमा दु:ख पर्न आएको हो । हामीलाई दु:ख कष्ठ हुनाको कारण पनि यहि हो । बनमा बसिरहनु क्षत्रिय कर्म होईन । हामीले छिटै अर्जुनलाई फर्काएर श्री कृष्णको सहायता लिई धृतराष्ट्रका छोराहरु सित युद्ध गर्नु पर्छ (#॥राजा त धृतराष्ट्र  हुन, अनि अरुहरु पनि छन्, अधिराज कुमार दुर्योधन भन्दा तल र उसको हुकुम मान्नु पर्ने हरु ? ॥) । दुष्ट शकुनि, कर्ण, (#॥आफ्नो पक्षमा नभएकोले ?॥) र दुर्योधनको प्राण लिए पछि मात्र मेरो चित्त बुझ्ने छ (#॥दुर्योधनले तिमीहरुको प्राणको बराबर त केहि गरेन कि कसो ?॥)। यस शुद्ध कर्म  (#॥कि पाप ? ॥) गरी सके पछि, तपाईँलाई मनलाग्छ भने जंगलमा फर्कि जोगी भएर बसे पनि हुन्छ । छल कपटमा लागेका शत्रुलाई छलकपटले मार्नु पाप होईन । (#॥पाप हो, छल कपट गरेर शकुनि र दुर्योधनले जस्तै गर न सक्छौ भने ॥) । मैले सुनेको छु कि अथर्वबेदमा समयलाई दबाई त्यसको बिस्तारलाई घटाउन सक्ने मंत्रहरु छन् । (#मूर्ख समय भनेको निस्चित  छ नघट्छ न बढ्छ ...... constant।।।।)   यदि हामीले यस्तै साधनले तेह्र बर्षलाई तेह्र दिन गरी छोट्याउन सक्यौँ भने हामीहरु यस्ता कार्यहरु गर्न पूर्ण योग्य हुने थियौँ र तपाईँले मलाई चौधौँ दिनमा दुर्योधनलाई मार्ने आज्ञा दिनु भए हुन्छ ।” (#यस्तै त हुन्छन् मूर्खका कुराहरु ! ॥)  भीमका त्यस्ता कुराहरु सुनेर युधिष्ठिरले उनलाई प्रेम पूर्वक अंकमाल गरेर भने –“प्रिय भ्राता, तेह्र बर्ष बित्ने बितिक्कै बीर अर्जुन गान्धिव लिएर र तिमीले दुर्योधन संग लडने छ र उनलाई मार्ने छौ । त्यस बेला सम्म सहेर बस । पापमा डुबेका दुर्योधन र उनका अनुयायिहरु बच्न पाउने छैनन् । यहि आश्वासन लिएर बस्नु ।” भनी भीमको हतारो पनलाई रोके । दु:खमा परेका दाजु भाइहरु यसरी बादबिबादमा लागि रहेका बेला महान ऋषि बृहदश्व पाण्डवहरुको कुटीमा आइ पुगे र चलनानुसारको सन्मान गरी उनको स्वागत गरे । एक छिन पछि युधिष्ठिरले उनलाई भने – “आदरणीय मुनि वर, हाम्रा धोकेवाज शत्रुहरुले हामीलाई पासा खेल्न लगाएर हाम्रो राज्य धन सम्पति खोसी लिए र मेरो बीर भाइहरु तथा पाञ्चाली र मलाई जंगलमा धपाए । (#॥मूर्ख भए पछि यस्तै हो ।॥) । अर्जुन हामीलाई छोडी दिब्य अस्त्रहरु लिन गएको धैरै दिन भै सक्यो र अहिले सम्म पनि फर्केको छैन । हामीले उनलाई बिल कुलै भुलेका छौँ । के उनि दिब्यास्त्र प्राप्त गर्न सफल होला ? र सो लिएर फर्केर आउला ? र, कहिले फर्कने छ ? पक्का छ कि यस लोकमा मैले जस्तो दु:ख भोग्नु परेको मानिस कहिले पनि भएन होला ।”
महामुनिले जवाफ दिए – “मनमा दुख:ख नलेउ । अर्जुन दिब्यास्त्र लिएर फर्कने छ । समय आए पछि तिमीले शत्रुहरुलाई पराजय गर्ने छौ । तिमीले भन्यौ कि यस लोकमा तिमी जस्ता अभागि कोहि छैन भनेर । अहिले त्यो कुरा भन्नु ठिक छैन, सबै जनालाई दुर्भाग्यले सताएको बेला पनि दु:खमा पूर्ब सुखको दाबी गर्नमा लागेको हुन्छ । किनभने, देखे सुनेका कुराहरु भन्दा मनका  कल्पनाहर धेरै हुन्छन । तिमीले निशादका राजा नलको कुरा सुनेका छौ होला । उनले पनि जंगलमा तिमीले जस्तै जानु परेको थियो । उनलाई पासाको खेलमा पुस्करले हराएको थियो । ठगि गरी । उनले पनि धन सम्पति र राज्य हारेका थिए । तिमी भन्दा अभागि भएका  उनि सित भाइहरु तथा ब्राह्मण थिएन । कालो युगका अवतार कलिको प्रभावले उनलाई उनको विवक तथा राम्रो भावनाहरुबाट छुटाई दियो । उनले के गरी राखेको थियो भन्ने समेत ज्ञान नभएर आफ्ना साथमा लगेका पत्नी समेत छोडि दिए । प्राय बहुलाएर एक्लै जंगलमा घुमिरहेका थिए । अब उनको अवस्था संग तिम्रो अवस्था दाँजेर हेर । तिम्रो साथमा बीर भाइहरु र धर्म पत्नी छन् । केही बिद्वान ब्राह्मणहरुले तिमीलाई भरोसा दिएका छन । तिम्रो मन मजबुति र दृध छन् । आत्मीय दु:ख स्वभाविक छ तर तिमी वास्तवमा त्यतिका खराब अवस्थामा परेका छैनौ ।”  त्यस पछि ऋषिले नलका जीवनीको अठ्ठाइसौँ अध्याय भएको महाकाब्यको वर्णन सुनाए । उनले तलको कुरा भनि कथा टुँग्याए । “ओ पाण्डव, तिमीलाई भन्दा  नललाई दु:खले धेरै सताएको  थियो । तैपनि उनले त्यस दु:खहरुलाई जिती आखिर उनको जीवन सुखमा बिताए । तिमीमा स्वछन्द बुद्धि छ र तिम्रो प्यारा र नजिकका जन समाज छ । धर्मको धेरै चिन्तन गरी बेद बेदान्त जान्ने विद्वानहरु सित पवित्र कुरा गरी  तिमीले धेरै समय बिताएका छौ । तिमीले धैर्य गरी कडा यातना तथा दु:ख सहनु किनभने दु:ख भनेको तिमीलाई मात्र होइन, मानिसहरु सबैलाई पर्ने कुरा हो, कुनै नौलो कुरा होइन ।” यस्तै हिसाबले बृहदश्व मुनिले युधिष्ठिरलाई सम्झाए, बुझाए ।
 
क्रमश:
३१ अगस्त्य
 

No comments:

Post a Comment