Monday, June 17, 2013

post 29 कृष्णको प्रतिज्ञा

२८  कृष्णको प्रतिज्ञा
RatnaMan Dongol
कृष्णले शिशुपाललाई मारेको कुरा शिशुपालको साथि सल्भ कहाँ पुग्ने बितिक्कै राजा सल्भ खूब रिसाए । बरिष्ठ फौज सहित द्वारिकामा घेरा लगाए । कृष्ण त्यस बेला सम्म फर्कि नसकेकाले (#कहाँ बाट ?) द्वारिकाको सुरक्षाको काम बृद्ध उग्रसेनको जिम्मामा थियो । महाभारतमा बर्णन गरिएको त्यस घेरा बारे आजकालको युद्धको घेरा जस्तो देखिएको छ । द्वारीका मजबुत किल्ला भएको एउटा टापु थियो । सुसज्जित थिए । रक्षाका सामान यथेष्ठ  जुटाइएको थियो । राम्रो प्रबन्ध गरिएका ठूला ठूला ब्यारेकहरु तयार गरिएका थिए । प्रसस्त खानाको ब्यबस्था गरिएको थियो । यथेष्ट हात हतियार राखिएको थियो । तालीम प्राप्त योग्य ठूला फौजहरुको तैनाथ गरिएको थियो । सुरक्षाको हिसाबले पूर्ण काम भएको थियो । खास गरेर सल्भले घेरामा पारेको बेला नगर भरि नै मदिरा पान निषेध गरिएको थियो । टापु जोडने सबै पुलहरु भत्काइको थियो । जहाजहरु आउन रोक लगाइएको थियो । सुरक्षाका पर्खालहरुको मरमत संभार गरिएको थियो । आवश्यक गल्लिहरुमा चुच्चे खम्बाहरु गाडिएको थियो । नगर भित्र पस्ने सबै नाकाहरुमा काँडे तारहरु लगाइएको थियो । आवत जावत गर्न अनुमति लिनु पर्ने नियम कडी कडाइका साथ लागु गरिएको थियो । प्राकृतिक रुपमा अजय भएका द्वारिका शहरलाई अझ मजबुत पार्न सकिने कुनै पनि उपाय छुटाइएको थिएन । सिपाहीहरुको तलब बृद्धि गरी दिए । स्वयंम सेवकहरुलाई सिपाहीमा लिनु अघि नै कडिकडाइ गरी परीक्षा लिइएको थियो । त्यस सुरक्षा घेरालाई सल्भले यस्तो कठोरले हमला गरे कि सुरक्षा सेनालाई ठूलो क्षति भोग्नु प-यो । कृष्ण फर्कि आउँदा आफ्नो प्यारो देशको दुर्गति देखे पछि दिल दुखाएर सल्भ माथि भएंकर आक्रमण गरी सल्भलाई हटेर भाग्न बाध्य गरी दिए । त्यस पछि मात्र हस्तिनापुरमा पासाको खेल र पाण्डवहरुको वनबासका घटनाहरु बारे पहिलो पटक सुने । उनि तुरुन्तै पाणडवहरु बसेको जंगल तिर गए । पाण्डवहरु प्रति निष्ठवान भोजका मानिसहरु, बृष्णी जाती, चेदीका राजा धृष्टकेतु र केकयहरु सबै कृष्ण संगै गएका थिए । जब तिनीहरुले दुर्योधनको बेईमानी सुने धर्मको आडमा रहेका तिनीहरु रीसले चूर भए । (#तर मूर्ख पाण्डवहरुलाई कसैले पनि धिकारेनन्)। पृथ्वी माताले साँच्चैनै त्यस्ता दुष्टहरुको रगत पिउने छन् भनि सबै जना कराउन थाले । द्रौपदी कृष्णको नजिकै गइन् । आँसु बगाएर हिक्का उठेको कोमल स्वर गरी आफुलाई गरेको अन्याएको कुरा सुनाउन थालिन् । तिनले भनिन् – “हे मधुसुदन, मेरो शरीरमा एक सरो मात्र लुगा भएको बेला दुशासनले मेरो कपाल समातेर मलाई सभामा घिच्याएर लगे । (#॥सो हुनाको जिम्मावार त पाण्डव नै होइन र ?॥)। धृतराष्ट्रका छोराहरुले अती रिसाएर मेरो बेइज्जत ग-यो, मेरो दु:खमा आनन्द माने । (#॥तिमीले पनि दुर्योधन र भाइहरुलाई इन्द्रप्रस्थ आएको बेला खिल्लि उडाएकी थियौ, बेइज्जत गरेका थियौ, धृतराष्ट्रलाई पनि ब्यंग हानेर अन्धोका छोराहरु पनि अन्धै भनेका थियौ॥)। म नोकर्नी भै सकेको थियो भनि सम्झेर तिनीहरुले मलाई ब्यंग गरी छेड हान्यो । मलाई नोकर्नीकै ब्यबहार गरेका थिए । (#ए नोकर्नीलाई त्यसरी ब्यबहार गर्छौ !॥)। भीष्म र धृतराष्ट्रले पनि मेरो कुल घराना तथा उनिहरु सितको मेरो नाता सम्बन्ध सबै बिर्सि दियो । (#॥सबै भन्दा नीच त उनिहरु नै न थिए॥)। ओ जनार्दन, मेरा पतिहरुले पनि ती दुष्ट पाजीहरुको हँसि र अवाच्य निन्दाहरुबाट मलाई छुटाएन । भीमको शारीरिक बल तथा अर्जुनको गान्धिव बेकारको भए । त्यस्ता अत्यधिक उत्तेजनाको बेलामा निर्धाहरुले पनि त्यस्ता बेकुफ निन्दकलाई बध गर्न सक्ने बल र साहस प्राप्त गर्दछन् । पाण्डवहरु प्रख्यात बीरहरु भएर पनि पापी दुर्योधन बाँचिरहेको छ । बादशाह पाण्डुका बुहारी भएका मलाई दुशासनले दुर्योधनको आदेशमा कपाल समाति घिच्याएका थिए । पाँच जना बीरहरुको पत्नी भएकी (#॥लाज लाग्दो कुरा॥) मलाई बेइज्जति गरेका थिए । मधुसुधन, तिमीले पनि मलाई छोडेका थियौ ।” द्रौपदी आफुले थाम्न नसकेर थर थर कामेर बसिन, किन भने बेइजतिको बेलाको सम्झनाले उनी कामेकी थिए । कृष्णलाई हृदय देखि नै गहिरो करुणा लाग्यो र रोई रहेकी द्रौपदीलाई धैर्य धारण गराए । उनले भने –“तिमीलाई दु:ख दिनेहरुलाई युद्धमा हराएर रगतको हिलोमा मारिने छ । (#॥दु:ख दिनेमा प्रमुख कारण त पाण्डवहरु नै हुन, होइन र ?॥)। आँशु पुछ । म दृढ प्रतिज्ञा गर्दछु कि  तिमीलाई गरेको दु:ख पूर्ण अन्यायको धुन्धान गरी बदला लिने छु । म पाण्डवहरुलाई हर तरहले पूरा सहायता गर्नेछु । तिमी फेरी बादशाही हुनेछौ । आकाश झर्न सक्छ, हिमालय पर्वत फाटेर दुई टुक्रा हुन सक्छ, पृथ्वी भासिन सक्छ, तर तिंमीलाई म आफै खूद भन्दछु – मेरो आफ्नो वचन रहनेछ । म किरिया खान्छु ।” यस प्रकार कृष्णले द्रौपदीको अगाडी प्रतिज्ञा गरेका थिए, जुन कुरा शास्त्रमा लेखिए अनुसार नै भएको पाइन्छ –“धर्मको रक्षा गर्न  दुष्टहरुको संहार गरी धर्मात्माहरुलाई रक्षा गरी कानुनी शासन कायम गर्न म युग युगमा अवतार लिनेछु” ।  धृष्टद्युम्नले पनि आफ्नो बहिनीलाई धैर्य गराए । बदला लिन दैबले कसरी मेटाउने छ, सो कुरा उनले सुनाए । धृष्टद्युम्नले भने –“मैले द्रोणलाई मार्ने छु । भीष्मको अन्तको कारण शिखण्डि बन्ने छ । भीमले दुर्योधन र उनका भाइहरुको अन्त गर्ने छ । अर्जुनले सारथिका छोरा कर्णको मिति पु-याउने छ ।” श्री कृष्णले भने – “तिमीलाइ यो विपद परेको बेला म द्वारिकामा थिइन (#कहाँ थियौ ? जहाँ भए पनि आउन त सक्थ्यौ॥) । म त्यहाँ भएको भए त्यो कपटी पासाको खेल कदापी हुन दिने थिइन । नबोलाए पनि जाने थिए । द्रोण, भीष्म, कृपा र अन्य मान्यजनहरुमा धर्मको भावना जगाई दिने थिएँ । (#॥किन उनिहरु त्यति पनि बुद्धि नभएका हुन र ?॥)। जसरी भए पनि त्यो सर्बनाशी खेल मैले रोकी दिन्थेँ । शकुनिले तिमीहरुलाई छल कपट गरी रहेको बेला म मेरो देशमा हमला गर्न आएका सल्भ राजा सित युद्ध गरी रहेको थिएँ (#॥त्यहाँ थिएन रे, युद्ध भने गरिरहेको – खै बुझ्न सकिँदैन॥)। मैले उनलाई पराजित गरी सके पछि मात्र पासाको खेल र छल कपट बारे थाहा पाएँ । तिम्रो दु:खहरु तुरुन्तै छुटाउन नपाएकोमा मलाई धेरै दु:ख लागेको छ । तर तिमीलाई थाहा छँदै छ भत्केको कुलो बनाउन नपाउँदै केही पानी बगेर खेर गै हाल्छ ।” त्यस पछि कृष्णले बिदा लिएर अर्जुनकी स्वास्नी सुभद्रा र उनिहरुका बालक अभिमन्युलाई साथमा लिएर द्वारिका फर्के । धृष्टद्युम्न पनि द्रौपदीका छोराहरुलाई लिएर पान्चाल देश फर्के ।
 
क्रमश:
२९ पशुपत
 

No comments:

Post a Comment