२६ द्रौपदीको पीडा / ब्यथा
Ratnaman
Dongol
आफ्नो मालिक
युबराजधिराज दुर्योधनले अह्राए बमोजिम द्रौपदी कहाँ गएर प्रथिकामिले भने –“ओ
आदरणीय राजकुमारी, पासाको खेलको टुनामा परेर युधिष्ठिरले जुवामा तपाईँलाई पनि बाजि
थापेर हारे । अब तपाईँ दुर्योधनकी हुनु
भएको छ । दुर्योधनको आदेशले उनको घरमा तिमीले नोकर भएर काम गर्न तिमीलाई लिन आएको
छु । अब उप्रान्त त्यो घर तिम्रो अफिस हुनेछ ।” राजसूय यज्ञ गरी सकेका बादशाहकी
रानी द्रौपदी जिल्ल परिन् । तिनले सोधिन -“प्रथिकामि, तिमीले के भनेको यो ? कुन
चाहिँ राजकुमारले आफ्नो अर्धाङ्गिनीलाई जुवामा थाप्छ ? के उनिसंग जुवामा थाप्न अरु
केही कुरा थिएन ?” । प्रथिकामिले जवाफमा भन्यो –“उनले आफुसंग भएभरको सबै हारी सके
पछि अरु केही नभएकोले तपाईँलाई बाजि थापेर खेलेका थिए ।” त्यस पछि कसरी
युधिष्ठिरले सबै धन हारे, भाइहरु र आफु समेत पहिले नै थापि सके पछि अन्त्यमा द्रौपदीलाई
बाजि थापेको सबै कुरा उनलाई सुनाए । त्यो खबर मुटु छिया छिया पार्ने र आत्मालाई नै
मार्ने खाल्को भएर पनि द्रौपदीले आफुलाई संयममा राख्न सके । आँखाबाट रीसको ज्वाला
निकाली भनिन् –“ओ सारथि फर्केर जाउ । त्यस जुवामा पहिल्यै आफु हारेको हो कि उनको
पत्नी, भनि जुवा खेल्नेहरु संग सोध्नु । यस प्रश्न
सबैको अगाडि सोध्नु, उनको जवाफ ल्याउनु । अनि मात्र तिमीले मलाई लैजान सक्ने छौ । प्रथिकामि
त्यस सभामा फर्के । युधिष्ठिरलाई हेरेर उनिसंग द्रौपदीको प्रश्न सोधे । युधिष्ठिर
केहि नबोलि चुप चाप बसिरहे । अनि प्रथिकामिलाई दुर्योधनले भने आफ्नो पति संग
प्रश्न आफै आएर सोध्नको लागि द्रौपदीलाई नै ल्याउनु भने । प्रथिकामि फेरि द्रौपदी कहाँ पुगे र नम्र
भएर भन्यो –“त्यस दुष्ट मति भएका दुर्योधनले तपाईँ आफै सभामा आएर आफ्नो प्रश्न आफै
गर्नुस भनेको छ” । द्रौपदीले जवाफ दिईन् –“हुन्न, सभामा फर्केर जाऊ, प्रश्न गर र
जवाफ माग ।” प्रथिकामिले त्यसै गरे ।
दुर्योधन क्रोधित
भएर दुशासन भाइ तिर हेरेर भने –“यो मान्छे मूर्ख छ, भीम देखि डराएको छ । जाउ र द्रौपदीलाई कपाल समाति
घिसारेर ल्याउनु परे पनि लिएर आउ ।” यसरी आदेश पाए पछि दुष्ट दुशासन खुशी भएर आफ्नो
कार्य गर्न तुरुन्तै हिँडे । द्रौपदी जहाँ थिइन् त्यहिँ पुगि उनले ठूलो स्वरमा
कराई भने –“आईहाल तिमी किन ढीलो गर्छौ ? अब तिमी हाम्रो भै सकेका छौ । सुन्दरी लाज
नमान । तिमीलाई हामीले जिति सकेकाले हामीले भनेको मान्ने होउ । सभामा आइ हाल” र
दुशासन रिसाएर जबर जस्ति द्रौपदीलाई लाने जस्तै गरी कराए । द्रौपदी डरले थरर्र
काँपेर, पीडाले मुटु छिया छिया परेको अवस्था लिएर संरक्षणको लागि धृतराष्ट्रकी
महारानी गान्धारीको भित्रि कोठामा ओइरिएर भाग्ने कोशिस गरिन् । तर बिचैमा दुशासनले
कपालमा समातेर घिच्याउँदै उनलाई सभा स्थलमा लगे । धृतराष्ट्रका छोराहरुले यो नीच
भन्दा नीच कार्य गर्न कसरी सके भन्ने कुराको बर्णन मन नपर्ने भएकोले नै गरेका हौँ
। उनी सभा स्थलमा पुग्ना साथ रीसलाई संयम गरी द्रौपदीले त्यहाँ उपस्थित ठूला
बडाहरु संग बिन्ति भाव गरे । “आफै खेलको धरापमा परी त्यस खेलमा निपूर्ण भएका दुष्ट
मानिसहरुबाट आफै हारी सकेका राजाले मलाई बाजीमा थापिएको कुरामा तपाईँहरुले कसरी
सहमत गर्न सक्नु भयो ?” “ स्वतन्त्र ब्यक्ति नभै सकेकाले कसरी अरु कुनै बस्तु
बाजिमा थाप्न सक्यो ?” अनि तिनले हात फैलाएर दु:खले सिथिल भई आँसु बगेका आँखाहरुले माथि हेरी, हिक्काले भक
भकी भएको स्वरमा कराई भनी –“यदि तिमीहरुले आफुलाई जन्माएर दूध ख्वाएर चुसाएर
हुर्काएकी आमालाई माया गरेका छौ भने, आदर गरेको छौ भने, पूजा गर्छौ भने, यदि स्वास्नी, बहिनी, अथवा छोरीहरुको इज्जत
गर्छौ भने वा मन पर्छ भने, यदि तिमीहरुलाई भगवान र धर्मकोमा अनुभव र बिश्वास छ
भने, यो नर्क भन्दा पनि निचको बिपदको स्थलमा मलाई नराखी छोडि देउ । मर्न लागेको
बिचरी हरिणको बच्चा जस्तो यो हृदयमा चोट लागेको रुवाईमा मान्य जनहरुले शोक र लाज मानि
शिर झुकाए । (#॥वाह रे! अरु महान पात्रहरु जस्तै भीष्म, द्रोण, धृतराष्ट्र, बिदुर,
कृपाचार्य, इत्यादिहरुलाई किन बोल्न नलाएको हे महान लेखक ?॥)। भीमले आफुलाई थाम्न सकेन । उनका मनमा दु:खले
भरी रहेका कुराहरु गारोहरुनै थर्कने रीसको गर्जना मात्र भए र युधिष्ठिरलाई हेरी
कडा गरी भने –“सबै कुरा त्यागी ब्यबसायिक भई सकेका जुवाडेहरुले पनि आफ्ना साथमा
रहेका बेश्याहरुलाई बाजिमा थाप्दैन भने, तिनीहरु भन्दा बिग्रेका तिमीले द्रुपद
राजाकी छोरीलाई यी दुष्टहरुको शरणमा पारी दिएका छौ । यो अन्याय सहन सक्तिन । यस
ठूलो अपराधको कारण तिमी नै हौ । सहदेब भाइ आगो लिएर आउ । म त्यो पासा हान्ने
हातहरुमा आगो लगाइ दिन्छु ।” (#हे भीम पहिलै किन नरोकेको, तिमी पनि सहभागि हौ,
दोषी छौ । त्यतिबेला पनि बेश्या ॥?)। तर अर्जुनले नरम भएर भीमलाई रोकेर भने –“तपाईँले
यसरी पहिले कहिल्यै बोल्नु भएको थिएन । शत्रुहरुले रचेको षडयन्त्रले हामीहरुलाई अनिष्ट
कार्यमा लगाउने गरी यो फन्दामा पारेको छ । हामीहरु पराजित भएर उनिहरुको चाल बाजिमा
लाग्नु हुँदैन । होशियार हुनु ।” भीमले अपूर्व संग रीस थामे । धृतराष्ट्रका छोरा “बिकर्णले”
पाञ्चाली (द्रौपदी)को दु:ख सहन सकेन । जुरुक्क उठेर आवेशमा उनले भने –“ओ क्षत्रीय
बीरहरु, तिमीहरु किन चुप लागेको ? म एउटा सानो उमेरको लडका हुँ । मलाई थाहा छ । तर
तिमीहरुको मौनताले मलाई बोल्न कर लागेको छ । सुन । गहिरिएर गरिएको षडयन्त्र द्वारा
युधिष्ठिरलाई यस जालमा फसाएको थियो । त्यस स्त्री युधिष्ठिर एक जनाको मात्र
नभएकोले यसरी बाजिमा थाप्ने अधिकार नभएको बेला युधिष्ठिरले उनलाई बाजिमा थापेका
थिए । यसैले यो चाहिँ बाजि न्यायो चित छैन । त्यति मात्र होईन । युधिष्ठिरले
अघिबाटै आफ्नो स्वाधिनता हराई सकेका थिए । आफ्नो स्वाधिनता नभै सके पछि पनि
द्रौपदीलाई बाजिमा थाप्ने युधिष्ठिरलाई सुझाव दिने शकुनि थिए । यो खेलको नियमको
बिपरित छ । नियम अनुसार दुबै पक्षका खेलाडिहरु कसैले पनि कुनै पनि खास कुराको बाजि
राख्ने माग गर्न पाउँदैन । हामीहरुले यी सबै कुराहरुको यदि बिचार ग-यौँ भने
द्रौपदीलाई शकुनिले जितेको भनि मान्नु हुँदैन । मेरो राय यहि हो ।” (#॥वाह रे बीकर्ण
! श्याबास ! जुवाको नियम त थाहा भैसकेको रहेछ नि । पहिले नै भनेको भए झन् राम्रो
हुने थियो॥ ।)। त्यस नवयुवक बिकर्णले यसरी साहस गरी बोलेको बेला सभामा उपस्थित जन
समुदायमा दैबले प्रदान गरेको ज्ञानले तिनिहरुको मनमा पनि अचानक ज्योति फैलायो ।
तालिको ठूलो आवाज त्यहाँ गुन्जियो । तिनिहरुले स्वर मच्चाएर भने –“धर्मको रक्षा
भएको छ ! धर्मको रक्षा भएको छ !” त्यस बेला उठेर कर्णले भने –“ओ बिकर्ण, यस सभाका
गन्य मान्यहरुको परबाह नगरी तिमी एउटा सानो बालक भएर कानुनको ब्याख्या गर्दैछौ ।
तिम्रो मूर्खता र उत्ताउलो पनले आरनबाट निस्केको ज्वालाले आफैलाई सल्काउने
लठ्ठिलाई पनि भष्म गरे जस्तै तिमीलाई जन्माउने आफ्नै परिवारलाई नै नष्ट पार्न लागि
रहेका छौ । आफ्नै गुँडमा बिष्ट्याउने चरा नीच नै हुन्छ । युधिष्ठिर स्वाधिन भएकै
बेला शुरु मै आफ्नो सबै हारी सकेका थिए, त्यसमा द्रौपदी पनि पर्छ । यसर्थ उनी अघि
बाटै शकुनि की भै सकेकी थिइन् । अब यसबारे बढता कुरा गर्नु पर्ने केही छैन ।
उनिहरुले लगाएको लुगाहरु पनि शकुनिको भै सकेको छ । ओ दुशासन, पाण्डवहरु र
द्रौपदीको पोशाकहरु सबै खोसेर शकुनिलाई बुझाई देउ । कर्णको कठोर वचन सुन्ने
बित्तिकै पाणडवहरुले संकटको अन्त सम्म धर्मको परिक्षामा टेकेर रहनु पर्छ भन्ने
भावना लिएर कुनै पनि अवस्थामा पनि इज्जत र धर्मको बाटोमा लाग्न तयार भएको देखाउन
उपल्लो पोशाकहरु फुकालि फ्याँकि दिए । (#॥वाह ! जुवा खेल्ने र स्वास्नीलाई जुवामा
थाप्नु पनि धर्म कै बाटो हो कि ?॥)। तर द्रौपदीले त त्यसो गर्न सकेन, गरेनन् । यो
देखेर दुशासन द्रौपदी निर गएर बल जफतिले उनको लुगा खोस्न तयार भए । कसैको पनि
सहायता उनले पाउन सकिन । पूर्णतया असहाय
भइन । दु:खमा दैबको कृपा । संकटकालिन सहायताको पुकार गरिन् । (#॥वाह रे !
धृतराष्ट्र, भीष्म, द्रोण, कृपा ई. कसैले पनि चाहेको भए सो दुष्काम रोक्न सक्थे,
सायद धर्मका ठेकेदार उनिहरुले पनि मज्जा नै सम्झे कि ॥?)। “ओ विश्व भगवान !, मैले
पूजा गरी मानेका भगवान ! यो भयंकर संकटबाट मलाई बचाउ !” अनि उनि बेहोस भइन । त्यस
पछि दुशासनले पान्चालीको सारी खिच्ने लाजमर्दो काम शुरु गरे । भद्र मानिसहरुले
कामेर नजर फर्कायो । (#॥किन ? सबैले चाहेको भए त रोक्न सकिन्थ्यो, अनि धृतराष्ट्र,
भीष्म, द्रोण, कृपा ई. ले चाहिँ के गरे ?॥)। त्यस बेला भगवानको कृपाले अपूर्ब
चमत्कार भयो । दुशासनले उनको सारी खिच्ने काम गरेर चाहेको नतिजा पाउन सकेन,
द्रौपदीलाई नांगो पार्न सकेन । किन भने, जति ताने पनि सारी सकिँदै सकेन । द्रौपदी
बस्त्र हीन हुँदै भइनन् । (#॥कथामा यो घटनालाई भगवानको चमत्कार अझ बढी प्रभावकारी
गराउन कसैलाई पनि द्रौपदीको नजिक नै जान नसकेको, छुन नै नसकेको भनि लेखिएको भए
राम्रो हुन्थ्यो॥)। सारी तान्दा तान्दा दुशासन लुत्रुक्क प-यो । सभा स्थलमा सारीको
थुप्रो भयो । यस चमत्कार देखेर सभाका सहभागिहरु डराए । भद्र मानिसहरुले भगवानको जय
जयकार गरेर रोए । (#॥धृतराष्ट्र, भीष्म, द्रोण, कृपा ई.ले के गरे ?॥)। काँपेका
ओँठहरु लिएर भीमले ठूलो स्वर गरी यो भयंकर प्रतिज्ञा गरे – “यदि मैले भरत बंशका
कुलङ्गार भएका यस पापिष्ट दुशासनको छाती फाटेर उनको मुटुको रगत पिएन भने म मेरो
पुर्खाले दिएको घरमा कहिल्यै पुग्न सक्ने छैन ।” अचानक श्यालहरु कराएको आवाज सुनिन
लाग्यो । गधाहरु र हिँसक चराहरुले अब आउने संकटको सूचना गरी सबै तिर बाट अलौकिक
रोदन गर्न थाले । यस घटनाले कुनै बेला बंशको
सर्बनाश हुने कारण बन्ने छ भन्ने चेतना पाएका धृतराष्ट्रले बुद्धिमानि र साहसी
कार्य गरे । उनले द्रौपदीलाई बोलाएर आफ्नो बगलमा राखे । नम्रता र मायाको कुरा गरी
उनलाई धैर्य दिलाउने प्रयत्न गरे । (#॥हे धृतराष्ट्र, पहिले नै किन निच काम
नरोकेको ?॥)। अनि युधिष्ठिर तिर हेरेर धृतराष्ट्रले भने –“तिमी यस्तो निरपराधी छौ
कि तिम्रो कोही पनि शत्रु हुन सक्तैन । दुर्योधनले गरेको यस अनिष्ट कामलाई तिम्रो
उदार चित्तले क्षमा गर र यसको सबै सम्झना तिम्रो मनमा नराख । तिम्रो राज्य, धन
सम्पति र अरु सबै थोक फिर्ता लेउ । स्वाधिन भएर भाग्यमानी हुनु । इन्द्रप्रस्थ
फर्केर जाउ” ।
त्यस पछि
पाण्डवहरु त्यस दुर्गतिका ठाउँ छोडेर हिँडे । दुर्भाग्यबाट अचानक छुटकारा पाएकोमा
कसो कसो माने । होसै भएन । अपूर्ब कुरा जस्तो उनिहरुले थाने । तर सहनु अति नै
राम्रो थियो । युधिष्ठिर र उनका भाइहरु गै सके पछि कौरबहरुको दरबारमा लामो, गरमा
गरम बहस चल्यो । दुशासन, शकुनि र अरुहरुले शु-याएकोबाट सफल हुन लागेको राम्रो
मौकाको षडयन्त्रलाई बिफल गरी दिएकोमा बाबुसंग दुर्योधन खूब रिसाए । “भयानक
शत्रुलाई नाश गर्ने उद्देश्य भएको योजनालाई गलत सम्झन सकिँदैन भन्ने बृहस्पतिको
भनाइको उपमा दिए” (#॥हे किन शत्रु ?॥)। उनले पाण्डवहरुको प्रभावलाई धेरै बढाएर
कुरा गरे । पाण्डवहरुलाई पराजित गर्ने एउटा मात्र सम्भावित उपाय छलकपट गरी उनिहरुको गौरव र इज्जतको भावनाबाट फायदा
लिनु मात्र हो भनि आफ्नो बिश्वास ब्यक्त गरे । इज्जतदार कुनै पनि क्षत्रियले पासा
खेल्ने निम्तोलाई अस्विकार गर्न सक्दैन थियो । (#किन ?॥)। युधिष्ठिरलाई फेरी पासा
खेल्न लगाउने षडयन्त्रमा बुढो बाबुको अनिच्छा र हानि हुने संकेट सहित दुर्योधनले
अनुमति पाउन सफल भए । त्यसै अनुरुप इन्द्रप्रस्थ गएका युधिष्ठिरको पछि पछि एउटा
दूतलाई दौडाएर पठाए । युधिष्ठिर इन्द्रप्रस्थ पुग्नै पाएका थिएन त्यो दूतले उनलाई
बाटो मै भेट्टाए र हस्तिनापुर फर्कनु
भन्ने धृतराष्ट्रको निम्तो उनिहरुलाई दिए । त्यस निम्तो सुनेर युधिष्ठिरले भने –“असल
हुनु वा खराब हुनु तकदीरबाट हुन्छ । यसलाई मेटाउन सक्ने होईन / सकिँदैन । यदि हामीलाइ
खेल्नु पर्ने भए खेल्नै पर्छ । त्यत्ति नै हो । इज्जतले पासा खेल्ने आह्वानलाई
इन्कार गर्न सकिँदैन । मैले यसलाई स्वीकार गर्नै पर्छ ।” सुनको मृग कदापि थिन पनि
थिएन र हुन पनि सक्ने होइन । तै पनि रामले सुनको जस्तो लागेका त्यस मृगलाई पछ्याए
। संकट आउने बेला पहिले नै बुद्धि भ्रष्ट हुन्छ भनि ब्यासले भनेको कुरा साँचो हुन
आएको थियो । धर्म पुत्र हस्तिनापुर फर्के । सभाका सबैले उनलाई खेल्न नलागाउने
प्रयत्न गरे, तैपनि उनि शकुनिसंग पासा खेल्न बसे । उनि बिश्वको भार हटाउने कालीले
प्रभावित गरेका र बन्धनमा परेका एउटा ब्यक्ति जस्तो मात्र भए । हार्ने पक्षले
बाह्र बर्ष वनबास र तेह्रौँ बर्ष गुप्तवासमा बिताउनु पर्ने र गुप्तबासको बेला फेला
प-यो भने फेरि बाह्र बर्ष वन बास जानु पर्ने भन्ने खेलको बाजी भयो । युधिष्ठिरले यस
पटक पनि हार खाए । पाण्डवहरु वनमा जान तयार भए । सभाका सबै सदस्यहरुले लाज मानेर
टाउको
निहु-याएका थिए ।
क्रमश:
२७ कृष्णको प्रतिज्ञा
No comments:
Post a Comment