Monday, June 17, 2013

post 11 पाण्डुको निधन

 
 
१० पाण्डुको निधन
 
Ratna Man Dongol
 
 एक दिनराजा पाण्डु शिकार खेलि रहेका थिए । एउटा ऋषि आफ्नी पत्नी सित मृगको रूपधारण गरेर वन क्रिडा गरी रहेका थिए । भेष बदलेका ऋषि भनि थाहा नपाएर राजा पाणडुले भाले मृगलाई बाण हाने । मर्न लागेका ऋषिले यसरी सराप दिए –“पापिष्ट, स्री संग संभोगको आनन्द लिने बेला नै तिम्रो मृत्यु हुने छ । पाण्डु यस सरापबाट बिचलित भएर राज पात सबै भीष्म र बिदुरलाई सुम्पी रानीहरु सहित वनतिर प्रस्थान गरे । तिनीहरु त्यहाँ पूर्ण त्यागी भएर बसे । ऋषिका सरापले सन्तान नहुने भएका पाण्डुलाई सन्तानको रहर भएको बुझेर कुन्तीले दुर्बाशा आषिबाट पाएको मंत्रको बर्णन राजालाई बिश्वास दिलाई भनिन् । राजाले कुन्ती र मादरीलाई त्यस मंत्रको प्रयोग गर्ने अनुमति दिए । सो मंत्र द्वारा कुन्ती र मादरीको गरी देवताहरुबाट पाँच जना पाण्डवहरु जन्मेका थिए । पाण्डवहरु जंगलमा ऋषि मुनिहरुको साथ संगतमा पालन पोषण भै हुर्के । पाण्डुले आफ्ना रानीहरु र बालबच्चाहरुको साथमा धेरै बर्ष जंगलमा बिताए । बसन्त ऋतुको समय थियो । एक दिन राम्रा राम्रा फूलहरु, लहराहरु, चराचुरुंगिहरु र जीव जन्तुहरुको माझ भएर आफ्नो जिवनको सुखमय समयमा सबै दु:खहरु बिर्सिदिए । मादरीले बिरोध गर्दा गर्दै पनि ऋतुको प्रवल प्रभावले पाण्डुको दृधता भंग भयो । ऋषिको सरापको प्रभावले पाण्डु तुरुन्तै ढलेर मरे । मादरीले पाण्डुको निधनको दु:ख सहन सकेन । उनको निधनको कारण आफैलाई ठानेर दुबै जना टुहुरा छोराहरु कुन्तीको जिम्मा गरी उनी पनि पति कै चितामा संगै सती भइन । जंगलका ऋषिहरुले शोक संतप्त कुन्ती र पाण्डवहरुलाई हस्तिनापुर लगि भीष्मको जिम्मामा बुझाइ दिए । त्यसबेला युधिष्ठिर भरखर १६ बर्ष पुगेका थिए । जब ऋषिहरु हस्तिनापुर आएर पाण्डुको निधन बारे बताए तब सारा देश दु:खमा दुबे । बिदुर, भीष्म, धृतराष्ट्र र सबैले गर्नु पर्ने कृया करम गरे । राज्यका सबैले आफ्नै क्षति भएको मानेर अफसोँच गरे । ब्यासले आफ्ना पुजनिय माता सत्यवती कहाँ गएर भने –“ जीवनको पूर्बार्ध सुखले बितिको छ । तर उत्तरार्ध धेरै दु:खमय हुने छ । संसार एउटा सुखमय सपना जस्तै भएर बितेको छ । अब यस संसार भ्रम, पाप, दु:ख कष्टमा फसिरहेको छ । समय बिग्रँदै आएको छ । यस बंशमा हुन आउने दुर्भाग्य र दु:खहरु हेरेर बस्नु तपाईँलाई आवश्यक छैन । देश छाडेर जंगलको एउटा कुटीमा बाँकी दिन बितउनुस् । तपाईँको लागि राम्रो हुनेछ ।” सत्यवतीले मञ्जुर गरिन । ऊनी अम्बा र अम्बालिकालाई साथमा लिएर जंगलमा गए । ती तिनै जना बृद्ध रानीहरुले पबित्र तपस्या गरी स्वर्ग प्राप्त गरे । आफ्ना बाल बच्चाहरुको दु:ख हेर्न परेन ।
 
क्रमश:
१० भीम
 

No comments:

Post a Comment