6 देबयानीको बिबाह
Ratna Man Dongol
गर्मी मौसममा
एकदिन दिउँसो देबयानी र राजा बृशबर्माका छोरी बनमा खेल्दा खेल्दै ठाकेर जंगलको
एउटा तलाउको किनारमा लुगाहरु राखि चिसो पानीमा नुहाउन गए । हुरी बतासले उडाएर सबै
लुगाहरु एकै ठाउँमा थुपारी दिए । तिनीहरु लुगा लगाउन जाँदा केहि गल्ति भयो । राजकी
छोरी शर्मिष्ठाले देबयानीको लुगा लगाई दिइन् । देबयानीले निन्याउरो मुख गरी चेलाको
छोरीले गुरुको छोरीको लुगा लगाउनु अनुचित भनि केहि ठट्टा गरि बोले । तर राज कुमारी
शर्मिष्ठाले रीसाई झोक्किएर भने – “तिम्रा बाबुले मेरो बाबु राजा भएकोले प्रत्यक
दिन निहुरेर सन्मान साथ प्रणाम गर्ने तँलाई थाहा छैन ? (#॥हैन, उल्टो कुरा
भनिस्॥)। तँ मेरा बाबुले दिएको भिक्षामा निर्बाह गर्ने भिक्षुको छोरी होईनस् ? म
गौरब पूर्ण दान दिने राज खान्दानको हुँ भने तिमी भिक्षा मागी खानेका सन्तान भनेर
तिमीले बिर्सि सकेका छौ । तिमीले म सित यसरी बोल्न फूर्ति गरेका छौ । शर्मिष्ठा झन्
झन् रिसाउँदै गई र झोँकले देबयानीलाई थप्पड हानी । र, घचाटेर देबयानीलाई पानी नभएको सुकेको इनारमा
खसालि दिए । असूर कन्याहरुले उनी मरी सके भन्ने ठानेर दरबारमा फर्केर गए । देबयानी
ईनारमा खसेर मरेकी थिइनन्, ठाडो गारो चढ्न नसकेर ठूलो पीर मानि बसेकी थिई । जंगलमा
शिकार खेल्दै गरेका भरतबंशका राजा ययाति तीर्खा मेटाउन पानी खोज्दै त्यस ठाउँमा
भाग्यले आइपुगे । उनले इनारमा नजर लगाउँदा एउटा चहकिलो बस्तु देखे । गहरिएर हेर्दा
हेर्दै त्यस इनारमा शोभाएमानकी एउटी कन्या देखेर उनलाई आश्चर्य लाग्यो । उनले सोधे
–“चहकिलो मुन्द्रि लगाएकी, नङहरु राता भएका, शोभावती कन्या तिमी को हौ ? इनारमा
कसरी खस्यौ ?” । देबयानीले जवाफ दिइन् –“म शुक्राचार्यकी छोरी, देबयानी हुँ । म
इनारमा खसेको उहाँलाई थाहा भएको छैन । मलाई माथि निकालि देउ” । भनि हात माथि
उठाईन् । ययातिले उनीलाई माथि निकालि दिए । देबयानीलाई असूर राजाको राजधानीमा
फर्केर जाने ईच्छा भएन । शर्मिष्ठाको ब्यबहार बारम्बार संझी आउँदा त्यहाँ गएर भलो
हुने छैन भन्ने उनको मनमा लाग्यो । ऊनीले ययातिलाई भनिन् – “तपाँईले कन्याको
दाहिने हात ग्रहण गरी सक्नु भएको छ । तपाईँले मसंग अवश्य पनि बिबाह गर्नु पर्ने छ
। मलाई लाग्छ कि तपाईँ हरेक कुरामा मेरो
पति हुन योग्य हुनुहुन्छ” । ययातिले भने –“प्रियतमा, म क्षत्रिय हुँ र तपाईँ ब्राह्मण कन्या, मैले तपाईँसंग कसरी बिबाह गर्न
सक्छु ? सब संसारको आचार्य हुन योग्य शुक्राचार्यकी छोरीले म जस्ता क्षत्रियकी
पत्नी हुन कसरी सहमत हुन सक्छु । आदरणीय कन्या कृपया घर फर्क” । ययाति आफ्नो देश
तिर लागे । परम्परा अनुसार क्षत्रीय कन्याले ब्राह्मण सित बिबाह गर्न पाईन्थ्यो तर
ब्राह्मण कन्याले क्षत्रीय संग बिबाह गर्न अनुचित मानिएको थियो । महत्वपूर्ण कुरा यो थियो कि स्त्रीको जातिय
गौरबलाई तल्लो मानिएको जात हुन नदिनु थियो । जुन जातसंग बिबाह हुन्छ केटीको जात
त्यही हुन्छ । ठूला जात मानिएका संग बिबाह गर्ने प्रथालाई ‘अनुलोमा’ र साना जात
संग बिबाह गर्ने प्रथालाई ‘प्रतिलोमा’ भनिन्थ्यो । अनुलोमालाई कानुनि मान्यता थियो
र प्रतिलोमालाई मनाही थियो । देबयानीको घर फर्कने मन भएन । जंगलमा एउटा रूख मुनि
शोक ग्रस्त भएर बसि रहिन । साथिहरुसंग खेल्न गएकी प्राण भन्दा प्यारी छोरी देबयानी
फर्केर आउलान भनि धेरै बेर सम्म कुर्दा
पनि न आएकीले उनको खोजि गर्न शुक्राचार्यले एकजना आईमाईलाई पठाए । धेरै बेर खोज
तलास गरि सकि पछि आखिरमा उनले देबयानीलाई एउटा रुख मुनि झोक्रिएर बसि रहेकी देखी ।
रीस र शोकले देबयानीका आँखाहरु राता भएका थिए । त्यस आईमाईले के भएको भनि
देबयानीलाई सोधी । देबयानीले भनी – “साथि, तुरुन्त गएर मेरो बुबालाई भन कि अब मैले
बृशबर्माको राज्यमा पाइला हाल्ने छैन” । त्यस आईमाई फर्केर गइन् । छोरीको शोकपूर्ण
दुर्दशा सुनेर शुक्राचार्य अति दु:ख मानि हुर्रेर छोरी भएको ठाउँमा पुगे । माया
गरेर छोरीलाई शुक्राचार्यले भने –“मानिसहरु सुखि दुखि हुने आफ्नै कर्मले हो ।
अर्काको धर्म वा पापले हामीलाई केहि प्रभाव पार्ने छैन” । यस्ता ज्ञानका कुराले देबयानीलाई सम्झाउन खोजे
। देबयानीले शोक र दु:खले जवाफ दिइन् –“बुबा, मेरो आफ्नै बास्तविक गुण वा अवगुणहरु
छोडि दिनुस्, तर मलाई यो भन्नुस् कि तपाईँ राजाको गुण गाएर हिँडने एउटा गायक मात्र
त हौ बृशबर्माको छोरीले भनेको बेला के उनी ठीक थिइन् ? मागी ल्याएको भीक्षामा
निर्बाहा गरी आएका एउटा भिक्षुको छोरी भनि तिनले मलाई भनेकी थिई । यस्ता घमण्डि
निर्दयी वचनले नपुगि गाला चर्काएर नजिकको खाल्टामा घचाटेर खसालि दिए । उनका बाबुका
राज्य भित्र कुनै पनि जग्गामा म बस्न सक्दिन” । यति भनि देबयानी रुन थाली । शुक्राचार्यले
गौरबपूर्ण भएर आफ्नो बैभवताले भने – “ तिमी दरबारिया गाइनेको छोरी होइनौ । तिम्रो
बुबा चापलुसी गरी मागेर ल्याएको भिक्षामा निर्बाह गर्ने मगन्ते होइन । संसारले
पुजेका आदरणीय ब्यक्तिको छोरी हौ, यो कुरा देबराज इन्द्रलाई पनि थाहा छ ।
बृशपर्बालाई आफु मेरो ऋणि भएको कुरा थाहा नभएको पनि होइन । तर कुनै पनि योग्य
ब्यक्तिले आफ्नो गुण गान गर्दैन । म आफ्नो बारेमा धेरै कुरा गर्दिन । उठ तिमी
आफ्नो कुलको समृध्दि गर्ने नारीहरुमा अनुपम रत्न हौ । धैर्य गर, घर जाऔँ । यस
खण्डमा शुक्राचार्यले आफ्ना छोरीलाई भनेका
तलका उपदेशहरु भगवान ब्यासले सर्वसाधारणलाई लक्षित गरी भनेका हुन । “जसले
छरछिमेकीको गाली धैर्य गरी सहन्छ, त्यसले संसारलाई जित्छ । जसले बिना तालिमको
घोडालाई सम्हाल्छ, त्यहिनै बास्तबिक सारथि हो, लगाम समातेर घोडालाई जता मन लाग्यो
त्यता जान दिने चाहिँ होइन भने जस्तै जस्ले आफ्नो रीसलाई नियन्त्रण गर्छ, आफ्नो
रीसलाई सर्पले काँचुलि फेर्दा जस्तै झारेर पठाउन सक्ने नै बास्तविक रुपमा बीर हो ।
अरुहरुले दिएको अति धेरै दु:ख भएता पनि बिचलित नहुनेले नै आफ्नो लक्षलाई राम्ररी
बुझ्छ । जो कहिले पनि रिसाउँदैन उ सयौँ बर्ष सम्म शास्त्र बमोजिम् यज्ञ यज्ञादि
गर्नेहरु भन्दा महान हुन्छ । जो रिसाउँछ उस्लाई नोकर चाकर, स्वास्नी, साथिभाइहरु,
छोरा छोरीहरु, धर्म, सत्य, इज्जत ईत्यादि सबैले नै त्यागी दिन्छ । अल्लारे केटा
केटीहरुको कुरामा बुध्दिमान मानिसले ध्यान दिँदैन ।”
देबयानीले बिनम्र
भएर बाबुलाई भनिन् –“म वास्तबमा सानी एउटी केटी हुँ । तर तपाईँले दिनु भएको उपदेश
बुझेर फायदा नै लिन नसक्ने अबुझ पनि होईन भन्ने आशा गरेकी छु । तै पनि मलाई यस्तो
लाग्छ कि मानवताको मूल्य मान्यताको ज्ञान नभएका मानिसहरुका बिच बस्नु पनि ठिक
हुँदैन । जस्ले आफ्नो कुलको बर्ख्याँईँ गरेर हिँडछ वा भलो चिताउँदैन त्यस्ता
मानिसहरु सित संगत गर्दैन । जतिसुकै धनि भएता पनि नराम्रा चरित्र भएकाहरु मानिस
जातबाट पतित भएका पक्का चाण्डाल हुन्छन् । धर्मात्माहरु तिनीहरु संग मिलेर
बस्दैनन् । बृशपर्बाका छोरीहरुको ब्यंगात्मक
कुराहरुको कारणले उत्पन्न भएको रीसले मेरो मन जलेको छ । हात हतियारले
लागेको चोट पटक समयले निको पारी दिन्छ । घाउहरु बिस्तारै भरिँदै जान्छ । तर वचनले
पु-याएको दु:ख बाचुन्जेल सम्म मनमा बल्झिरहन्छ” ।
शुक्राचार्य बृशबर्मा
कहाँ गए र गम्भीर नजर गरी भने – “महाराज, कसैको पापले तुरुन्त सजाय भोग्न दिन नसके
तापनि, अघि या पछि तिनीहरुले समृद्धिको जरै देखि नाश गर्ने हुन्छ । बृहस्पतिका
छोरा कच ब्रह्मचारी थिए । उनले ईन्द्रीय संयम गरी पाप भनेको कुनै कहिल्यै गरेनन् ।
उनले भक्ति पूर्बक मेरो सेवा गरे । धर्मको बाटो कहिल्यै छाडेनन् । तिम्रा
असूरहरुले उस्लाई मार्न खोजेका थिए । मैले सबै सहेँ । ठूलो इज्जतमा बसेका मेरो
छोरीले तिम्रा छोरीको अनादरको वचन सुन्नु प-यो । त्यति मात्र होइन, तिम्रा छोरीले
उनलाई घचेटी गहिरो खाल्टोमा खसालि दिए । अब उनी तिम्रो राज्यमा बस्न सक्दिनन् ।
उनी बिना म पनि यहाँ बस्न सक्तिन । यसैले म तिम्रो राज्य देखि टाढा जान लागि
रहेछु” । यी कुराहरु सुनेर राज बृशपर्बा ज्यादै दुखित भए । र, भने –“मेरो थाप्लोमा लगाएको दोषहरु
मलाई थाहा छैन । यदि तपाईँ मलाई छाडेर जानु
भयो भने म आगोमा हाम फालेर मर्ने छु । शुक्राचार्यले भने –“तिमी र तिम्रा
असूरहरुको कल्याणको भन्दा म मेरो छोरीको सुखको धेरै परबाह गर्दछु । किन भने तिनी
मेरो प्राण भन्दा प्यारो भएको एउटा कुरा मात्र म संग छ । यदि तिमीले उनी संग कुरा
गरेर शान्त गर्न सक्छौ भने ठिक छ र राम्रो हो, नत्र म जान्छु” । बृशपर्बा र उनका
नोकर चाकरहरु देबयानी बसेको रुखमा गए र बिन्ति भाव गरी उनको पाऊ परे । देबयानीले
जिद्धि कसेर भने –“मलाई भिखारीको छोरी भन्ने शर्मीष्ठाले मेरो बाबुले मलाई बिबाह
गरी दिएको घरमा मेरो नोकर्नी भै मेरो सुसार गर्नु पर्ने छ ।” बृशपर्बाले मान्छे
पठाएर आफ्ना छोरीलाई लिन पठाए । शर्मिष्ठाले आफ्नो भूल स्वीकार गरे । निहुरेर
प्रणाम गरिन् र भनिन् –“मेरो साथिले जे छाहेको हो त्यही हुन दिनुस् । मैले गरेको
दोषमा मेरा बाबुले आफ्ना गुरुलाई गुमाउने छैन । म उनको चाकर्नी हुनेछु ।”
देबयानीलाई चित्त बुझ्यो र बाबु संग घर फर्क्यो ।
अर्को कुनै समयमा
फेरि पनि देबयानीको भेट ययातिसंग भयो । ययातिले
उनीसंग दाहिने हात मिलाई सकेकोले तिनीलाई आफ्नो पत्नी स्वीकार्नु पर्छ भनि
देबयानीले फेरि ययातिलाई दोह-याएर अनुरोध गरे । ययाति क्षत्री भएका र उनी ब्रह्मणी
भएकाले कानुनन् ययातिले देबयानी संग बिबाह गर्न नमिल्ने भनि उनले फेरि बिरोध गरे ।
अन्यमा दुबै जना शुक्राचार्य कहाँ गए । उनले दुबै जनाको बिबाहको स्वीकृति दिए । यो
असामान्यको प्रतिलोमा बिबाहको एउटा उदाहरण हो । शास्त्रले निश्चित गरी उचित कार्य
गर्ने र अनुचित कार्य नगर्ने भनि बताएको छ । तर भै सकेको बिबाहलाई पनि अमान्य गर्न
मिल्दैन पनि । ययाति र देबयानीले धेरै दिन सुखमा बिताए । शर्मिष्ठा त्यहाँ
देबयानीको चाकर्नी भएर बसेका थिए । एक दिन शर्मिष्ठाले ययातिलाई एकान्तमा भेटी
उनकी पत्नी हुने ईच्छा प्रकट गरिन् । सो कुरा स्वीकार गरी देबयानीलाई थाहा नै नदिइ
उनीसंग ययातिले बिबाह गरे । तर देबयानीले थाहा पाईन र धेरै रिसाइन । उन्ले यो कुरा
आफ्ना बाबुलाई बताइन । कलिलैमा बुढा होस् भनि शुक्राचार्यले ययातिलाई सराप दिए । जवानीमै
यसरी अचानक बृद्ध भएका यायतिले बिनम्रता पूर्बक शुक्राचार्यसंग माफि मागे । आफ्ना
छोरीलाई खाल्डोबाट ययातिले बचाएको गुण शुक्राचार्यले बिर्सेका थिएनन् । त्यसैले उक्त
सरापलाई कम गरी फुट्कने उपाय बताइ दिए । उनले भने –“राजन, तिमिले जवानिको शोभा
गुमाएका छौ सराप फिर्ता गर्न सकिँदैन । तर कसैलाई मनाउन सक्यौ भने तिमीले कसैको
जवानी संग आफ्नो बुढापा साट्न भने सक्ने छौ । सो काम पुरा हुनेछ । ययातिलाई यसरी
आशिर्बाद दिएर शुक्राचार्य बिदा भए ।
७ ययाति
No comments:
Post a Comment