Monday, June 17, 2013

post 20 सारंग चराहरु

१९ सारंग चराहरु
Ratna Man Dongol
 
 
पुराणमा लेखिएका कथाहरुमा चराहरु र जीव जन्तुहरुलाई मान्छेले बोले जस्तै बोल्न सक्ने गरी प्रस्तुत गरिएका छन् । उनिहरुको मार्फत बोल्न लगाएर कहिले काँही उपदेश दिन्छन् भने आध्यात्मिक ज्ञान पनि सिकाउँछन् । तर जीवहरुको प्राकृतिक गुणहरु हेर्नलाई तिनीहरुलाई कथा मार्फत ढाकिएको पातलो पर्दालाई मानवले दक्षता पूर्बक चियाएर हेर्नु पर्ने हुन्छ । (त्यसको मतलब जीवहरुको स्वभाव र गुणहरु हामीले भित्री क्षमताले बुझ्नु पर्छ भन्नु हो) । पौराणिक (पुराण कालिन, धेरै पुरानो, कहिलेको थाहा छैन) साहित्यको एउटा चारित्रिक सुन्दरता के हो भने प्रकृति र कल्पनाको यो आनन्दको संगम हो । रामायणको एउटा रमाइलो चरणमा बुद्धिमान र ज्ञानी मानिएका ‘हनुमानले’ ‘रावणको’ भित्रको आँगनमा देखिएकी एउटी राम्री तरुनीलाई सीता भनि कल्पना गरेको बेला उन्को आफ्नै स्वभाविक आनन्दले उनि प्रफुल्ल भएको थियो । चराहरु र पशुहरुले बोल्ने गरेका कथाहरुले केटाकेटीहरुलाई मनोरन्जन गर्ने कुरा साधारण हो । तर पुराणका कथाहरु पाको मानिसहरुको लागि लक्षित गरिएका हुन् । ती कथाहरुमा मानिसका बोलि बोल्ने जीवहरुको बारे पृष्ठ भूमिको रुपमा केहि ब्याख्याहरु गरिएको वा दिइएको हुन्छ । पूर्ब जनममा मानिस हुँदा  बेलाको कुरासंग मिल्ने गरी त्यस घटनालाई लक्षित गरिएको हुन्छ । उदाहरणको लागि एउटा हरिण पूर्ब जनममा ऋषि थिए, एउटा फ्याउरो राजा थियो – त्यसो निम्न स्तरको हुनाको कारण सराप परकोले हो इत्यादी इत्यादी  । त्यस्तो अवस्थामा हिरणकै चाल चलन गरे पनि बोल्न चाहिँ ऋषिले जस्तै बोल्छन् । फ्याउरोमा बुद्धिमान राजाको जस्तै गुणहरु हुन्थ्यो । तिनीहरु मार्फत धेरै रमाइलो ढंगले ठूला ठूला साँचो कुराहरुलाई ब्यक्त गर्न कथाहरुलाई बाहकको रुपमा प्रयोग गरिएका हुन्छन् । पाणडवहरुले पाएको बेला खाणडवप्रस्थ काँडै काँडाले ढाकिएको, समथल जग्गा नभएको, भग्नावशेष शहरको रुपमा रहेको,  जताततै झारपात उम्रेको जंगल, डरलाग्दो थियो । चराहरु र जनावरहरु बस्ने ठाउँ भएको थियो । चोरहरु र दुष्ट मानिसहरु बस्ने ठाउँ भएको थियो । कृष्ण र अर्जुनले त्यहाँ आगो लगाउने र नयाँ शहर बसाउने निर्णय गरे । एउटा सारंग चरी आफ्ना चारवटा चल्लाहरु सहित त्यहाँ बास गरेर बसेका थिए । भाले चरो चाहिँ स्वास्नी र बाल बच्चाहरुलाई छाडेर अर्को एउटी चरी संग जंगलमा आनन्दले यताउति घुमिरहेका थिए । आमा चाहिँ चरीले चल्लाहरुको लालन पोषण गरी बसेका थिए । कृष्ण र अर्जुनको आदेश बमोजिम् त्यस जंगलमा आगो लागाइयो (#॥मूर्खहरुले गर्ने काम ॥)। आगोले चारै तिर जंगल ध्वस्त पार्दै आएको बेला आमा चरीले दु:ख मानि रुँदै भने – “सब थोक जलाएर आगो झन झन नजिक हुँदे आएको छ । यस्ले यहाँ आई पुगेर हामीलाई भष्म पार्ने छ । सबै जीवहरु निराश भै सकेका छन् । ढलेको रुखहरुबाट नरमाइलो काराक कुरुक आवाज आइरहेको छ । उड्न नसक्ने, प्वाँख नभएका बिचरा बच्चाहरु ! तिमीहरु आगोको शिकार हुने छौ । अब मैले के गर्ने ? तिम्रो बुबाले हामीलाई छाडि गएको छ । तिमीहरुलाई बोकी म उडेर जान सक्दिन ।” यसरी रोइरहेकी आमालाई बच्चाहरुले भने – “आमा हाम्रो लागि तपाईँले  खेद नगर्नुस् । हाम्रो तक्दीरमा जे छ त्यही हुन्छ । हामीलाई छोडेर जानु भए हुन्छ । हामी यहीँ म-यौँ हाम्रो अर्को जनम राम्रो हुने छ । हाम्रो लागि तपाईँले ज्यान फाल्नु भयो भने हाम्रो परिवार ध्वस्त हुने छ । बाँच्न सकिने ठाउँ तिर जानुस् । अर्को संग बिबाह गरेर बस्नुस् । सुखी हुनुस् । तपाईँको अर्को बच्चाहरु चाँडै हुनेछन् । हामीहरुलाई बिर्सने सक्ने हुनु हुनेछ । आमा, हाम्रो कुलको लागी जे राम्रो हुन्छ सोचेर त्यहि गर्नुहोस् ।” यस प्रकारको स्वच्छ मनले अनुरोध गरे तापनि आमाको उनिहरुलाई छाडेर जाने बिचार या मन भएन । तिन्ले भनिन् - ‘म यहिँ बसेर म पनि तिमीहरु संगै आगोमा जलेर ध्वस्त हुनेछु ।” यस कथाको पृऋठभूमिको कुरा यस् प्रकारको छ । “मन्दपाल नाम भएको इउटा ऋषि पूरा ब्रह्मचर्यको ब्रत लिएर धेरै बर्ष सम्म भक्त्तिले रहेका थिए । तर उनि स्वर्गमा जान खोज्दा द्वारपालले – “निसन्तानको लागि यहाँ स्थान छैन” - भनेर उनलाई फर्काई दिए । अनि उनले सारंग चराको जन्म लिए । जरिता नाम गरेकी सह चरीको साथमा बसेको थियो । तिनले चार वटा फुल पारिन् । त्यस पछि जरितालाई छाडेर लपिता भन्ने अर्को सह चरीलाई साथमा लिएर जंगल जंगलमा घुम्ने गरे । बेला पुगे पछि जरिताको फुलले बच्चा काटे । माथि बताइएका चारवटा बच्चाहरु तिनीहरु नै थिए । तिनीहरु ऋषिका सन्तानहरु भएकोले त्यसरी खुशि साथ आमालाई प्रोत्साहन गर्न सके । आमा चरीले बच्चाहरुलाई भने - “यो रुखको संगै मुसोको एउटा दुलो छ । मैले तिमीहरुलाई त्यहाँ राखि दिन्छु । तिमीहरु त्यहाँ बसेर आगोलाई छल्न सक्ने छौ  ।त्यस् प्वालको मुखलाई माटोले छोपी दिन्छु । आगोले तिमीहरुलाई छुने छैन । आगो निभे पछि तिमीहरुलाई बाहिर निकालि दिनेछु । तर बच्चाहरुले मानेका थिएनन् । उनिहरुले भने – “प्वालभित्रका मुसाले हामीहरुलाई खाइ हाल्छ नि । मुसोहरुलाई खान दिएर बेइज्जत हुनु भन्दा आगोको ज्वालामा परेर मर्नु धेरे राम्रो ।” माउ चरीले बच्चाहरुको डर छुटाउने प्रयास गरी भने –“मैले मुसो खाने एउटा चिल देखेको थिएँ । अब प्वाल भित्र तिमीहरुलाई केही डर छैन । “तर बच्चाचराहरुले भने –“प्वालमा अरु मुसाहरु हुने पक्का छ । चिलले एउटा मुसो मारेर हाम्रो डर जाने छैन । आगो हामी कहाँ नपुग्दै भागेर आफनो ज्यान बचाइ हाल्नुस् । हामी मुसोको दुलोमा जान्नौँ । हामीहरुको लागि तपाईँले जोगाउन सक्ने ज्यान किन फाल्नु हुन्छ ? तपाईँको लागि हामीले गर्न पो के सकेका थियौँ जसको लागि तपाईँ आफ्नो ज्यान गुमाउनु हुन्छ ? यस संसारमा आए देखि हामीले तपाईँलाई दु:ख मात्र दिएका छौँ । यदि हामी यस आगोमा भष्म भयौँ बने स्वर्ग प्राप्त गर्ने छौँ । यदि भगवानले हामीलाई बचाइ दिनु भयो भने तपाई यहाँ फर्केर आएर हाम्रो हेर बिचार गर्न सक्नु नै हुनु हुनेछ । ढीला नगर्नुस्, आगो रुख नजिकै पुगि सक्यो उडेर जानुस ।” भनि बच्चा चराहरुले अनुरोध गरे पछि आमा चरा उडेर गई । आगोको ज्वालाले रुख घेरी सक्यो, तर बच्चा चराहरु केही पनि बिचलित नभै कन  बसि राखे । । आमालाई बचाउन सकेकोमा आनन्दले आपसमा कुरा गरी समय बिताइ रहे । सब भन्दा जेठो चाहिँ बच्चा चराले भने -“बुद्धिमान मानिसले अघिबाटै विपदको सुईँको पाएको हुन्छ र बिपद परेको बेला नहडबडाई मनलाई संयम गर्छ । सब भन्दा कान्छो चराले भने तिमीहरु ठूलो भै ज्ञानि  भै सकेका छौ । आत्म ज्ञानी मात्र तिमीहरु जस्तै निडर हुन्छ । आगो नजिक आई पुगेको बेला तिनीहरु सबैले हँसिलो मुख गरी  अग्नि देवतालाई हँसिलो मुख गरी प्रणाम गरेर प्रार्थना गरे – “ओ अग्नि देबता ! हामीले जिद्धि गरेर हाम्रो आमालाई ज्यान जोगाएर पठाउन सफल भयौँ । हामीले हाम्रो बाबुलाई देखेका छैनौँ । हामी जन्मे पछि उनि बेपत्ता भएका थिए । परमेश्वर धुवाँ तपाईको झण्डा हो । निरपंखि अहाय भएका हामी जस्ताको मुख्य आधार तपाईँ नै हुनु हुन्छ । हामीहरुको हेर चाह गर्ने कोहि पनि छैन । हामी तपाईँ कै सरणमा छौँ ।” यस्तै गरी ब्रह्मचारिहरुले बेद पाठ गरे जस्तै गरी तिनीहरुले अग्नि देवताको प्रर्थना गरे । जम्मै जंगल डढाएका अग्निले त्यस बच्चो चरोहरुलाई केहि हानी नगरि दया मायाले छोडि दिए । आगो निभे पछि आमा चरी फर्केर आइ । । बच्चा चराहरु बाँचेर खुशिले कराई रहेको देखेर  ताजुब मानि हेरी रहे । तनीहरुलाई अंकमाल गरी धेरै खुशि भए । आगो दन्किरहेको बेला आफ्ना साना बच्चाहरुको बचावटको निम्ति चिन्तित् भएका बाबु चरोले आफ्नो प्रेमी चरी लपितालाई भने – आफ्ना दु:ख पोखे । अधैर्य भएर तिनले उनलाई झाँटिन । उनको बारंबारको बिलौना सुनेर तिनले भनिन्  - “यस्तै हो, मैले तिम्रो मन थाहा पाइसकेकी छु । मसंग प्रसस्त भोग गरी सकेर जरिता कहाँ फर्केर जाने तिम्रो इच्छा भए छ । किन झुठो बोलेर अग्नि र बच्चाहरुको कुरा ल्याउँछौ ? तिमी आफैले भनेका थियौ  कि अग्नि देवताले तिमीलाई वरदान दिएको हुनाले जरिताका बच्चाहरु आगोमा परेर कादापि मर्ने छैन । यदि तिमीले मन पराएका छौ भने साँचो कुर गरेर  तिम्रो प्यारी जरिता कहाँ जान सक्छौ । म बेइमानि पुरुषहरुले छाडेका मध्येका एउटी भएर जंगलमा भौँतारेर बस्ने छु । तिमी जान सक्छौ” । त्यस भाले चरो मन्दपालले भने –“तिम्रो धारणा असत्य छ । मैले सन्तान पाउनको लागि चराको जन्म लिएको थिएँ । स्वभवत: मलाई तिनीहरुको चिन्ता लागेको छ । अब गएर तिनीहरुलाई हेरी फेरि तिमी कहाँ नै फर्केर आउने छु ।” आफ्नो नयाँ स्वास्नीलाई चित्त बुझाएर उनि जरिता बसेको रुखमा गए । जरिताले आफ्नो पोई तिर हेर्दै हेरेनन् । आफ्नो बच्चाहरु बचेको पाएर खुशिले मग्न भएर मात्र बसिन् । तै पनि त्यस पछि तिनले आफ्नो लोग्ने तिर फर्केर दु:ख मानि किन आएको भनि सोधे । भाले चरोले स्नेह गरी सोधे –“तिम्रो बच्चाहरु सबैलाई आनन्दै छ ? तिनीहरुमा सबै भन्दा जेठो चाहिँ कुन हो ? । अनि जरिताले झपारेर कुरा काटी भनिन् - “तिमीले खूब हेर चाह गरेका छौ । जस्को लागि तिमीले हामीलाई त्यागेका थियौ उनि कहाँ नै फर्केर जाउ । उनि सित नै आनन्द गरेर बस ।” मन्दपालले दार्शनिक बिचार गरी भने –”आईमाईले  आमा भए पछि आफ्ना लोग्नेलाई न हेर्ने रहेछ । संसारको चलन यस्तै नै रहेछ । निरपराध बशिष्ठलाई पनि अरुन्धतिले यसै गरी छोडि दिएको थियो  ।”
 
२० जरासन्ध
 
 

No comments:

Post a Comment